डा. सिर्जना भण्डारी
#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
७७.पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको चौथो लहर: वेदान्त युग
सनातन हिन्दु समाजमा इस्लामको आगमन भन्दा ३–४ सय वर्षअघि अर्थात तेस्रो तथा चौथो शताव्दी र इस्लामको पतन तथा बहिरगमन भन्दा ३–४ सय वर्षपछि अर्थात लगभग १७औं शताव्दीको कालखण्डलाई पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको चौथो लहर तथा वेदान्त युग मानिदै आइएको छ । पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासको क्रममा आस्तिक धारका छ वटा सनातन दर्शन अर्थात षटदर्शन(सांख्य, योग, न्याय, वैशेषिक, मिमांसा, वेतान्त)पछि केही छिटफुट नयाँ प्रकारका अवधारणाहरु बाहेक गंभिर तथा विशेष प्रकारको दर्शनको रुपमा सातौं दर्शन आएको छैन अहिलेसम्म र नास्तिक धारमा पनि तीनवटा बौद्ध दर्शन, जैन दर्शन र चार्वाक दर्शनपछि चौथो दर्शन आएको छैन । सनातन हिन्दु समाजमा सनातन दर्शनको विकास क्रममा इस्लामको आगमन भन्दा ठिक अगाडिदेखि र इस्लामको पतन तथा बहिरगमन भन्दा ठिक पछाडिसम्मको समयलाई हेर्दा सनातन दर्शनमा अत्यन्तै महत्वपूर्ण धेरै काम तथा योगदानहरु भएको कालखण्डको रुपमा हेरिदै आइएको छ । धेरै प्रकारले वेदान्त सुत्र तथा वेदान्त दर्शनका सुत्रहरुको पर्याप्त खोज, अध्ययन तथा अनुसन्धानहरु गरेर यसउपर भाष्यहरु(इन्टरप्रेटेसन्स) लेखिए तथा व्याख्याहरु(एक्प्लानेसन्स) गरिए । सनातन दर्शनको विकासक्रमको तेस्रो लहर तथा सुत्र युगमा सुत्रहरु छोटकरीमा लेखिने तर तिनका अर्थ, परिभाषा तथा त्यस अन्तर्गत पर्ने विषयहरुको दायरा अत्यन्तै फराकिलो हुने इएकोले वेदान्त दर्शनका विषयहरु सबैलाई बुझ्न सहज गराउन भाष्य तथा व्याख्याको आवश्यकता टढकारो रुपमा देखिएको थियो । भाष्य तथा व्याख्या सनातन दर्शनका सुत्रहरुलाई विस्तारमा व्याख्या गरेर सहज किसिमले बुझ्नसक्ने बनाउने प्रक्रियाहरु हुन् किनकी आममनुष्यहरुले दर्शनका सुत्रहरु पढेर सुत्रका सबै कुरा बुझ्न सक्दैनन् । यसकारण केही सुधारवादी तथा उदारवादी ज्ञानी तथा ध्यानी व्यक्ततित्वहरुले दर्शनका सुत्रहरुको भाष्य तथा व्याख्या अर्थात तिनका विषयहरुमाथि सहज ढंगले सबैले बुझ्न सक्नेगरि टिका–टिप्पणीहरु लेख्न थाले ।
सनातन वेदान्त दर्शनलाई ठिकसंग भाष्य तथा व्याख्या गर्न सनातन दर्शनका प्रमुख तीन श्रोत तथा सामग्रीहरुको गहन अध्ययन गर्नुपर्दछ जसलाई प्रस्थानत्रयी अर्थात प्रस्थानका प्रमुख तीन मार्गहरु भनिन्छ । प्रस्थानत्रयी अन्तर्गत महान तीन सनातन ग्रन्थहरु– (१)प्रमुख उपनिषदहरु (१०–१२ वटा), (२)श्रीमद् भगवद् गीता, (३)ब्रम्हसुत्र । यी तीन सनातन महान ग्रन्थहरुको संम्योजनबाट वेदान्त दर्शनको भाष्य तथा व्याख्या प्रारम्भ हुन्छ तथा यी तीन प्रमुख ग्रन्थहरुको माध्यमबाट मात्र वेदान्तको मार्गमा हिड्न सकिन्छ । उपनिषहरुको संख्या कुल १०८ रहेका छन्, तीमध्य बृहदाहरण्य, छान्दोग्य, श्वेताश्वर, कठोपनिषद, कनोपलिषद, इशोपनिषद आदि प्रमुख तथा विशेष प्रकारका मानिन्छन् जसमा सनातन वेदका ज्ञान, विज्ञानहरु विस्तारमा समेटेर भाष्य तथा व्याख्या, विश्लेषणहरु गरिएकाछन् । श्रीमद् भगवद् गीता सनातन हिन्दु धर्मावलन्बिहरु सबैले मान्ने आफैंमा महान दर्शन हो । ॐकार परिवार अन्तर्गत नै पर्ने र विश्व अब्राहमिक परिवार तथा सिमेटिक धर्म, सम्प्रदायहरु(जैन, बौद्ध, चार्वाक, यहुदि, इसाइ, इस्लाम)का प्रमुख प्रवर्तक र प्रमुख ग्रन्थ एक–एक रहेकाछन् तर सनातन हिन्दु धर्ममा धेरै प्रकारका प्रवर्तक र ग्रन्थ(जैन–आगम सुत्र, वौद्ध–धम्मपद, शिख–गुरुग्रन्थ, यहूदी–तनख, इशाइ–वाइवल, इस्लाम–कुरान)हरु रहेकाछन् किनकी सनातन हिन्दु धर्मको ऐतिहासिक पृष्ठभूमि निकै लामो रहेकोछ । सनातन हिन्दु धर्म तथा सम्प्रदायमा सबैभन्दा बढि मूल्य तथा मान्यता प्रदान गरिएको ग्रन्थ श्रीमद् भगवद् गीता हो, यसैकारण सनातनीहरुले विदेशीहरुलाई सौहार्दपूर्ण सौजन्य उपहार स्वरुप श्रीमद् भगवद् गीतालाई सम्वन्धित भाषामा रुपान्तरित गरिएको ग्रन्थ दिने गर्दछन् । किनकी श्रीमद् भगवद् गीताले अत्यन्तै सहज भाषामा सनातन वेदका महाज्ञान तथा विज्ञानहरुलाई व्याख्या गरेर बुझाउने प्रयास गरेको छ जसलाई अत्यन्तै कठिन र क्लिष्ट प्रकारले उपनिषदहरुमा लेखिएका छन् । ब्रम्हसुत्र सुत्रवत रुपमा छ तर श्रीमद् भगवद् गीता सरल रुपमा छ सबैले सहज किसिमले बुझ्न सक्नेगरि महर्षि वेदव्यासले सरल भाषमा प्रस्ततु गर्नु भएकोछ । यी तीन ग्रन्थहरु तथा प्रस्थानत्रयीलाई मिलाएर जस–जसले सनातन दर्शनमा भाष्य तथा व्याख्या लेखेर प्रतिपादन गर्दछन् उनीहरुलाई वेदान्त दार्शनिक मानन्छि । यो कालखण्डमा वेदान्तका प्रमुख दुई प्रकारका भाष्य तथा व्याख्याहरु भए– (१)अद्वेत वेदान्त, र (२)वैष्णव वेदान्त ।
अद्वेत वेदान्त र यसको मूलविषय
अद्वेत वेदान्तको व्याख्या धेरै व्यक्तितत्वहरुले गरे तर सबैभन्दा प्रवल व्याख्या गर्ने प्रखर तथा महान व्यक्तित्व आदिगुरु शंकराचार्य हुनुहुन्थ्यो जसले केवल बत्तिस वर्षको सानै उमेरमा सनातन दर्शनको पुनरोत्थान, विकास तथा प्रवद्र्धनमा निकै ठूलो तथा महत्वपूर्ण योगदान पुर्याएर यस धर्तीबाट विदा हुनुभयो । यो समयमा वहाँले सनातन दर्शनको विकासकालागि गर्नु भएका काम तथा योगदानहरुको तोड आजसम्मका पूर्वीय दार्शनिकहरुले नयाँ किसिमले खोज्न तथा दिन सकेका छैनन् किनकी अद्वेत वेदान्तको गहिराइ छुनु चानचुने विषय होइन, बडो मुस्किल रहेकोछ यो काम । आदिगुरु शंकराचार्यद्वारा भाषित तथा लिखित अद्वेत वेदान्तमा प्रसिद्ध शव्दावलीहरु माया, मिथ्या आदि रहेकाछन् । वहाँले ‘ब्रम्ह सत्यम जगन मिथ्या’ भन्ने अत्यन्तै प्रसिद्ध भाष्यको प्रयोग गर्नुभएको छ जुन अत्यन्तै सनसनी फैलाउने अवधारण सावित भएको थियो तत्कालीन सनातन समाजमा । साथै वर्तमान समयमा अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)मा पनि यही भाष्यले सनसनी फैलाईरहेको छ र यसउपर अत्यन्तै वैज्ञानिक तवरले नयाँ–नयाँ वैज्ञानिक खोज, अध्ययन तथा अनुसन्धानहरु भैरहेका छन् कि वास्तवमा ब्रम्हाण्ड के हो, केले र कसरी बनेको छ तथा कसले बनायो, यसको बन्ने प्रक्रिया कसरी हो, मूल श्रोत तथा अन्तिम सत्य के हो, चेतना के हो, उर्जा के हो, पदार्थ के हो... ? आदि । आदिगुरु शंकराचार्यको प्रसिद्ध महावाक्य ‘ब्रम्ह सत्यम जगन मिथ्या’ मा रहेको मिथ्या शव्दको अर्थ असत्य तथा झुठ भन्न खोजिएको होइन भ्रम(इल्युजन) अर्थात न झुठो हो न साँचो भनिएको हो, र ब्रम्ह र ब्रम्हाण्ड सत्य र झुठको अवस्था भन्दा परको विषय हो भन्न खोजिएको हो किनकी साँचो भन्ने हो भने अनित्य छ अर्थात केही समयअघि अस्तित्वमा रहेको विषय तथा वस्तु केही समय अवधिपछि अस्तित्वबाट पूर्णतः नामेट हुन्छ र झुठो मान्ने हो भने प्रत्यक्ष रुपमा व्यवहारिक अनुभवमा तथा भोगाइमा आइरहेको छ र यी व्यवहारिक अनुभव तथा भोगाइहरुले मनुष्यको इहलोक तथा सांसारिक जीवनका सबै विषयहरु उसको शरीर, मन, भाव, वुद्धि र समग्र जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको छ र यिनै प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरुले उसको परलोक तथा पारमार्थिक जीवनका सबै विषय तथा घटनाहरु आत्मा अर्थात चेतनाको विकास, ध्यान, समाधि, मुक्ति, मोक्षका विषयहरुमा पारिरहेको छ ।
आदिगुरु शंकराचार्यद्वारा प्रतिपादित महान दर्शन अद्वेत वेदान्तको अध्ययन गरेपछि साँच्नै लाग्छकि हामी वर्तमान समयमा जुन संसारमा जस्तो प्रकारको दैनिक जीवनयापन गरिरहेका छौं सुख, खुशी तथा दुःख, पिडाकासाथ यो वास्तविक संसार होइन, मिथ्या तथा भ्रम हो । यही विषय प्रमात्रा भौतिक विज्ञानको पछिल्लो सनसनीपूर्ण ब्रम्हाण्डको मूल श्रोत तथा अन्तिम सत्य के हो भन्ने सन्दर्भमा गर्रिको वैज्ञानिक खोज वायोसेन्ट्रिजम तथा जैवकेन्द्रवादका नतिजाहरुले उजागर गरेका छन् कि ब्रम्हाण्ड सबै तरंगमय छ, ब्रम्हाण्ड चेतनाको तरंगले एकत्वमा जेलिएको, जोडिएको तथा अन्तरसम्वन्धित रहेकोछ, यहाँ हाम्रा छालाका आँखाहरुले जे वस्तु तथा घटनाहरु देखिरहेका छन् ती सबै भ्रम, माया तथा मिथ्या हुन् र जे देखिएका छैनन् ती अनन्त सत्य हुन किनकी ब्रम्हाण्डका सबै प्राणी, वनस्पति तथा पदार्थहरु निर्मित हुने अन्तिम कच्चा पदार्थ तथा पहिलो मूलश्रोत चेतनाको तरंग हो र यो एकत्वमा अर्थात सामुहिक रुपमा अर्थात अद्वेत स्वरुपमा परमचेतना(सुपरकन्सस)को रुपमा रहेकोछ । आदिगुरु शंकराचार्यले हजारौं वर्षअधिनै वहाँद्वारा प्रतिपादित महान सनातन दर्शन अद्वेत वेदान्तमा भन्नुभएको महान वाणी हुबहु यही नै हो कि केवल ब्रम्ह अथार्त सामुहिक तथा परमचेतना(सुपरकन्सस) मात्र सत्य छ र ब्रम्हाण्डमा देखिएका सबै विषय तथा तत्वहरु मिथ्या छन् किनकी ती सबै निराकार ब्रम्ह अर्थात परमचेतनाका उर्जा स्वरुपमा रहेका सुक्ष्म तरंगहरु हुन् जो मनुष्यका छालाका आँखाले देख्दा पदार्थ(पार्टिकल्स)का रुपमा देख्छ तर वास्तविकतामा ती सबै सुक्ष्म तरंगहरुमा रहेका हुन्छन् अदृश्य रुपमा र निरन्तर ब्रम्हाण्डको पारिस्थिकीय चक्र(इकोसिस्टम)को प्रक्रिया अनुसार कहिले उर्जा(आत्मा अर्थात चेतना) र कहिले पदार्थ(वस्तु तथा स्थुल शरीर)का स्वरुपमा आउने र जाने, बन्ने र भत्किने, आलय र प्रलय तथा जन्मिने र मर्ने गरिरहन्छन् । हामी सबै मनुष्यहरु, प्राणीहरु, वनस्पति तथा पदार्थहरुकोे वर्तमानको जीवनशैली देख्दा हामीलाई लाग्छ हामी एकअर्कोबाट भिन्न–भिन्न तथा अलग–अलग रहेकाछौं तर वास्तविकतामा हामी एकअर्कोबाट भिन्न तथा अलग छैनौं, यो हाम्रो अलमल(कन्फ्युजन) तथा भ्रम(इल्युजन)को अवस्था हो तथा हाम्रो गलत बुझाइ हो । वास्तवमा हामी सबै प्राणी, वनस्पति तथा पदार्थहरु परमचेतनाको अभिन्न अंश हौं, परमचेतना महासागर हो र हामी उक्त महासागरका एक–एक थोपा पानी हौं जो सागरमा मिलेपछि(शरीरको मृत्यु पश्चात) सागरनै बन्छ थोपाको रुपमा अलग अस्तित्वमा रहिरहदैन । अद्वेत वेदान्तका यस्ता तर्कसंगत शाश्वत तथ्यहरु अध्ययन गरेपछि मनुष्य भित्रैबाट हल्लिन्छ, उसका सबै मुल्य–मान्यताहरु डगमगाउछन र अलमल्लमा पर्छ जीवन र जगतको वास्तविक रहस्य के हो र जीवन र जगत के हो, आफू यस जगतमा किन छु, कसरी छु, कसको माध्यमबाट वर्तमानको अस्तित्वमा रहिरहेछु, कहाँबाट आएं, कहाँ जान्छु भनेर उभित्र अनेक लौकिक र परालौकिक सवालहरु जन्मिन्छन् ।
भक्ति अभियान तथा भक्ति आन्दोलन
आदिगुरु शंकराचार्यले अद्वेत वेदान्तमा अत्यन्तै प्राथमिकताकासाथ महत्वपूर्ण विषय उठान गर्दै भन्नुभएको छ केवल ब्रम्ह मात्र शाश्वत सत्य छ; इश्वर, भगवान, देवी–देवता, प्राणी, वनस्पति, पदार्थ केहीपनि सत्य होइनन्, यी केवल व्यवहारिक स्तरमा मात्र सत्य छन्, यसकारण जहिलेसम्म हामी यो व्यवहारिक संसारमा हुन्छौं तवसम्म यो सत्य छ जुन दिन यसबाट अलग हुन्छौं, विदा हुन्छौं तथा यहाँबाट वाहिर निस्कन्छौं(मृत्यु हुन्छ)सबै असत्य हुन्छ किनकी व्यवहारिक संसार केवल भ्रम, माया तथा मिथ्या हो र यो अनित्य छ, व्यवहारिक संसारबाट वाहिर निस्केपछि केवल एक ब्रम्ह मात्र शाश्वत सत्य रहन्छ किनकी हामीले जीवनयापन गरिरहेको व्यवहारिक संसार भन्दा पर अर्कोजगत(मेटाभर्स) तथा एउटा अलग रहस्यमय जगत छ अदृश्यमा, त्यहींबाट यो व्यवहारिक तथा दृश्य संसार संचालन भैरहेकोछ र त्यो परको अर्को जगत ब्रम्हको जगत हो किनकी यहाँ ब्रम्ह मात्र सत्य, अमर, अटल, नित्य, अमृत छ र दृश्यमा रहेका सबै विषयहरु भ्रम, माया तथा मिथ्या मात्र हुन् र अनित्य तथा अनिश्चित छन् । आदिगुरु शंकराचार्यले अत्यन्तै प्राथमिकताकासाथ सबै अद्वेत छ, आत्मा परमात्मा एकै हो, इश्वर, भगवान, देवी–देवता, प्राणी, वनस्पति, पदार्थ केहीपनि सत्य होइनन्, यी केवल व्यवहारिक स्तरमा मात्र सत्य छन् भन्नुभएपछि भक्तिमार्गी समुदायमा यो अवधारणाले एकप्रकारको जबरजस्त हलचल तथा तरंग ल्याइदियो किनकी भक्ति मार्गमा लागेका भक्तहरुले आफू र इश्वरलाई अलग–अलग मान्दै आइरहेका छन् इश्वरको उच्च तथा माथिल्लो सत्ता र भक्तहरुको निच तथा तल्लो सत्ता जो द्वेतवादमा आधारित रहेकोछ । यसप्रकारको द्वेतको अवस्थामा मात्र इश्वरसंग गहिरो प्रेम तथा भक्तिको सम्वन्ध बन्नसक्छ र आमरुपमा भक्तिमार्गीहरुले यसरीनै इश्वरको भक्ति गर्दै आइरहेका छन् । तर इश्वर र भक्त अलग होइन, एकै हो, अद्वेत हो, आफू स्वयं नै इश्वर तथा ब्रम्ह हो भन्ने अवधारणाले भक्तिमार्गीहरुमा चरम रुपमा असन्तुष्टि तथा बेचैनी बढाइदियो किनकी आदिगुरु शंकराचार्यले ज्ञान मार्गतिर जोड दिनुभयो र भक्ति मार्गतिर मुस्किल बढाइदिनु भयो । यसकारण भक्तिमार्गीहरुले विचको मार्ग अपनाउन भक्ति अभियान तथा भक्ति आन्दोलनका गतिविधिहरु प्रारम्भ गरे र आदिगुरु शंकराचार्यको कालखण्ड(सन् ७८८–८२०) पछि लगभग २–३ सय वर्षपछि दक्षिण भारतमा भक्तिमार्गीहरुले वैष्णव वेदान्तको अवधारणा व्यवहारमा प्रतिपादन गरे । वैष्णव भन्नाले भगवान श्रीहरी विष्णु र वहाँका अवतारहरुको भक्ति गर्ने तथा मान्नेहरुको समुदाय तथा सम्प्रदाय मानिन्छ । भक्तिमार्गी वैष्णवहरुले शंकराचार्यको ज्ञान मार्गप्रति असन्तुष्टि जाहेर गरेर भक्तिमार्गलाई निरन्तरता दिरहने अभिप्रायले वैष्णव वेदान्तको प्रारम्भ गरेका थिए ।
वैष्णव वेदान्तका चरणहरु
अद्वेत वेदान्तमा केन्द्रिय विषय ‘ब्रम्ह’ रहेको छ, वैष्णव परम्पराका भक्तिमार्गीहरुले वैष्णव परम्पराको प्रमुख ग्रन्थ पंचरात्र र वेदान्त दर्शनको परम्परालाई जोडेर विचको मार्ग निकाल्ने क्रममा एक यस्तो व्याख्या गरेकि कुनै किसिमले भक्तिमार्गीहरुका लागि भक्तिको मार्ग सहज बनोस् । अद्वेत वेदान्त दर्शनले भक्तिमार्गीहरुको मार्गमा खडा गरिदिएको यो चुनौतिलाई समाधान गर्ने कार्यमा सबैभन्दा पहिलो कदम (१)रामानुजाचार्यले उठाउनु भयो जसले आदिगुरु शंकराचार्यको अद्वेत वेदान्त दर्शनसंग सिधै विमति प्रकट गर्नुभयो र वहाँले आफ्नै अवधारणामा आधारित ‘विशिष्ट अद्वेतवाद’ प्रतिपादन गर्नुभयो । रामानुजाचार्यपछि भक्ति अभियान तथा भक्ति आन्दोलनलाई अगाडि बढाउने अर्को व्यक्ति (२)वल्लभाचार्य हुनुभयो र वहाँले आफ्नै अवधारणामा आधारित ‘शुद्ध अद्वेतवाद’ प्रतिपादन गर्नुभयो । वैष्णव परम्पराकै तेस्रा व्यक्ति (३)निम्वार्काचार्यले भक्ति अभियानलाई निरन्तरता दिनुभयो र वहाँले आफ्नै अवधारणामा आधारित ‘द्वेत–अद्वेतवाद’ प्रतिपादन गर्नुभयो । वहाँपछि वैष्णव परम्पराकै अर्का अत्यन्तै प्रखर व्यक्ति (४)माधनाचार्यले भक्ति अभियानलाई निरन्तरता दिनुभयो र वहाँले आफ्नै अवधारणामा आधारित ‘द्वेतवाद’ प्रतिपादन गर्नुभयो । वैष्णव परम्पराका भक्तिमार्गलाई प्राथमिकता प्रदान गर्ने विभिन्न कालखण्डका योगदानकर्ताहरु मध्य प्रखर व्यक्तित्व माधवाचार्य र वहाँको द्वेतवाद दर्शन बढि लोकप्रिय र प्रख्यात रह्यो भक्तिमार्गीहरुको समुदाय तथा सम्प्रदायमा । वैष्णव वेदान्तका माथि उल्लेखित १, २, र ३ नम्वरका दर्शनहरुमा कुनैनकुनै प्रकारले अदेवेतवाद प्रकट भएको छ किनकी यी दर्शनहरुले आदिगुरु शंकराचार्यको अद्वेत वेदान्तसंग आफ्नो व्याख्या जोडेकाछन् तर पछिल्ला दार्शनिक मााधवाचार्यको दर्शन ‘द्वेतवाद’ले अद्वेत वेदान्त भन्दा ठिक विपरित मत राखेको छ र भगवद्(भगवान) र भागवद्(भक्त) विचको भक्ति परम्परालाई विशेष प्राथमिकताका साथ निरन्तरता दिएको छ । ‘अद्वेतवाद’को अर्थ हो अन्तिम सत्ता तथा परमसत्य एक छ तर माधवाचार्यको द्वेतवाद दर्शन अद्वेतवाद दर्शनको ठिक विपरित हो किनकी यो दर्शनले अद्वेत तथा केवल एक सत्तालाई मान्दैन, दुई सत्ता छन् भगवद् र भागवद् अर्थात इश्वर र भक्त भन्नेमा आस्था तथा विश्वास राख्दछ । माधवाचार्यपछि वैष्णव परम्पराकै अर्का व्यक्तित्व (५)चैतन्य महाप्रभुले वैष्णव वेदान्तलाई निरन्तरता दिनुभयो र वहाँले आफ्नै अवधारणामा आधारित ‘अचिन्त्यवाद’ प्रतिपादन गर्नुभयो । अचिन्त्यवादको व्याख्या थियो जसको व्याख्या गर्न, सोच्न, अनुमान गर्न तथा चिन्तन् गर्न समेत सकिदैन, इश्वर यति विराट र अनन्त हुनुहुन्छ भन्ने हो ।
लगभग आठौं शताव्दीदेखि १४औं र १५औं शताव्दीसम्म पूर्वीय सनातन दर्शनको विकास प्रक्रिया भक्ति अभियान तथा भक्ति आन्दोलनको वरिपरि चलिरह्यो र वैष्णव वेदान्तका सबै दर्शन तथा दार्शनिकहरु सबैको प्रमुख उद्देश्य एकै थियो कि कुनैपनि प्रकारले भक्तिमार्गका परम्पराहरुलाई सनातन हिन्दु समाजमा स्थिापित गर्न सकियोस् र वहाँहरुले एकपछि अर्को अथक प्रयासले सनातन हिन्दु समाज तथा संस्कृतिमा भक्तिको परम्परालाई स्थापित गराएरै छाड्नुभयो । पूर्वीय सनातन दर्शनमा भक्ति आन्दोलनका महान अभियन्ताहरुमा कविर दाष जो रामानन्दनका अनन्य शिष्य हुनुहुन्थ्यो र रामानन्द रामानुजाचार्यका शिष्य हुनुहुन्थ्यो । पछि शुरदाष जोडिनुभयो, वहाँ वल्लभाचार्यका शिष्य हुनुहुन्थ्यो । पछि गएर तुलसीदाषको उदय भयो वहाँ रामानुज परम्पराकै शिष्य तथा अनुयायी हुनुहुन्छ । वैष्णव वेदान्तको प्रतिपादन गर्ने प्राय सबै महान व्यक्तित्वहरु दक्षिण भारतबाट हुनुहुन्थ्यो, आदिगुरु शैकराचाय पनि दक्षिण भारतबाट नै हुनुहन्थ्यो । दक्षिण भारतका वैष्णव वेदान्ती तथा भक्तिमार्गीहरुले नै भक्तिमार्गलाई दक्षिण भारतकाट उत्तर भारत र नेपालसम्म फैलाउनुभएको हो पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको चौथो लहर तथा वेदान्त युगमा । सनातन हिन्दु धर्म तथा सम्प्रदायमा भक्तिका सबै परम्पराहरु वैष्णव वेदान्तबाट प्रारम्भ तथा प्रतिपादन भएका हुन् जो अधिकांश भगवान श्रीहरि विष्णु र वहाँका अवतारहरुको बारेमा रहेकाछन् । सन् १५औं र १६औं शताव्दितिर जव वैष्णव वेदान्त परम्परामा कविरदाष सक्रिय हुनुहन्थ्यो ठिक त्यही समयमा एउटा अर्को नयाँ शिखिजम तथा शिख धर्म तथा सम्प्रदाय प्रारम्भ भयो र यसका प्रतिपादक गुरुनानक देवजी हुनुहुन्थ्यो । गुरुनानक देवजीको शिखिजम परम्परा कविरदाषको परम्परासंग केही मिल्दोजुल्दो रहेकोछ यसकारण शिखहरुको ‘गुरुग्रन्थ साहिव’मा कविरदाषका श्लोकका धेरै छन्दहरु सामेल गरिएका छन् । कविरदाषकै भाव निर्गुण, निराकार परमात्माकै अवधारणाको अनुशरण गर्दै गुरु नानक देवजीले पनि ‘एक ॐकार सतनाम(केवल ॐकार सत्य छ)’ को अवधारणा प्रतिपादन गर्नुभयो र निर्गुण, निराकार इश्वरको अवधारणालाई नै अगाडि बढाउनुभयो । आमरुपमा हेर्दा पूर्वीय सनातन दर्शनको विकासक्रममा शिख धर्म तथा सम्प्रदायसम्म मात्र सनातन ग्रन्थ तथा दर्शनहरु प्रतिपादित भएकाछन् र त्यसयता सन्नाटा रहेको पाइन्छ र यहाँबाट पूर्वीय सनातन विकासको चौथो लहर तथा वेदान्त युग समाप्त हुन्छ र यसपछि पाँचौं लहर तथा नवजागरण युग प्रारम्भ हुन्छ ।
No comments:
Post a Comment