#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
६१.सवाल
पियूष ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनमा यसको भूमिका
जवाफ
मनुष्यको मस्तिष्कमा एकआपसमा अत्यन्तै नजिकै मुख्य तीन वटा ग्रन्थिहरु रहेका हुन्छन् जसले हाम्रो स्वास्थ्य, शरीर, सांसारिक जीवन र पारमार्थिक जीवनलाई प्रत्यक्ष रुपमा समन्वय र नियन्त्रण गरिरहेका तथा चलाइरहेका हुन्छन्– (१)पियूष तथा पिट्युटरी ग्रन्थि, (२)पिनियल ग्रन्थि, (३)हाइपोथेलामस ग्रन्थि । पिनियल ग्रन्थि दुई आँखीभौंको विच भागको सिधाभित्र मध्य मस्तिष्कमा स्थित रहेको हुन्छ र यसकै छेउछाउमा पियूष तथा पिट्युटरी ग्रन्थि र हाइपोथेलामस ग्रन्थि स्थित रहेका हुन्छन् । सात अन्तः श्राबित ग्रन्थिहरु मध्य पिट्युटरी सबैभन्दा सानो ग्रन्थि हो तर मनुष्यको सांसारिक र पारमार्थिक जीवनको विकास र उसका समग्र गतिविधिहरुमा पिट्युटरी ग्रन्थिको सबैभन्दा बढि र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
पिट्युटरी ग्रन्थि
पिट्युटरी ग्रन्थिको आकार मटरको दाना जस्तो र जत्रो गोलो र सानो हुन्छ, हाइपोथेलामस ग्रन्थिबाट आएको पातलो मांसपेशीको डोरीमा झुण्डिएको यस ग्रन्थिको तौल महिलाहरुमा ०.६ देखि ०.७ ग्राम र पुरुषहरुमा ०.५ देखि ०.६ ग्राम रहेको हुन्छ र सुरक्षाको लागि यसको वरिपरि हड्डीले घेरेर राखेको हुन्छ । पिट्युटरी ग्रन्थिले शरीरका सबै कार्यहरुलाई एकआपसमा समन्वय तथा नियमन गर्दछ, नियमित नियमन गर्दछ र नियन्त्रणमा राख्दछ । शरीरमा रहेका सातवटै अन्तः श्राबित ग्रन्थिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नियमन र नियन्त्रण गर्ने हुनाले पिट्युटरी ग्रन्थिलाई ग्रन्थिहरुको गुरु(मास्टर अफ ग्ल्यान्ड्स) भनिन्छ । पिट्युटरी गन्थिका दुई पिंड(लोब) र दुई भाग हुन्छन्– (१)अग्र भाग, यसले हर्मोन्स उत्पादन गर्छ प्रत्यक्ष रुपमा र (२)पश्च भाग, यो नर्भस टिस्युहरुसंग सम्वन्धित रहेको हुन्छ, यसले हाइपोथेलामसले बनाएका हर्मोन्सलाई आफ्नो माध्यमबाट श्राबित गरेर र शरीरमा संचारित गर्दछ । पिट्युटरी ग्रन्थिको अग्र भागबाट ७ प्रकारका हर्मोन्स उत्पादन हुन्छन् स्वतन्त्र रुपमा र पश्च भागबाट २ प्रकारका हर्मोन्स उत्पादन हुन्छन् हाइपोथेलामस ग्रन्थिको सहयोगमा ।
(१)ग्रोथ हर्मोन(जि.एच.)– पिट्युटरी ग्रन्थिबाट मनुष्यको वृद्धि तथा विकासका लागि अत्यावश्यक पर्ने ग्रोथ हर्मोन(वृद्धि ग्रन्थिरस) उत्पादन हुन्छ र शरीरभरि संचारित हुन्छ । यसले मनुष्यको शारीरिक तथा मानसिक शरीरको वृद्धि तथा विकासमा मद्धत गर्दछ । ग्रोथ हर्मोन कम श्राबित भयो भने व्यक्ति होचो तथा पुड्को हुन्छ र मन्द वुद्धि तथा सुस्त प्रकारको हुन्छ । यो बढि श्राबित भयो भने व्यक्ति ७–८ फिटसम्म अग्लो तथा अजंगको हुन्छ र तेज वुद्धि भएको, चन्चल तथा हिंसक स्वभावको हुनसक्छ ।
(२)थाइरोट्रोपिक हर्मोन(टी.एस.एच.)– यो हर्मोनले थाइरोइड ग्रन्थिलाई थाइरोग्जिन हर्मोन उत्पादन गर्न निर्देशन दिन्छ जसले टी३, टी४ हर्मोन्स उत्पादन गर्दछ । रगतमा थाइरोट्रोपिक(टी.एस.एच.) हर्मोनको श्राब तथा उत्पादन बढ्यो भने थाइरोइड ग्रन्थि बढ्छ र गलामा गलगाँड निस्कन्छ । यो कम उत्पादन भयो भने शरीरमा कमजोरी हुन्छ, ठण्डा सहन नसक्ने तथा जाडो लनगिरहने हुन्छ, त्वचा सुख्खा हुन्छ, कपाल खस्छ, कान नसुन्ने समस्या हुन्छ, मांसपेसी तथा जोर्नीहरुमा दुखाई हुन्छ ।
(३)एड्रिनो कोरटिको ट्रोपिक हर्मोन(ए.सि.टी.एच.)– एड्रिनल ग्रन्थिलाई नियमन गर्दछ र ग्लोको कोर्टीकोइस तथा एड्रिनलिन हर्मोन उत्पानदन गर्न निर्देशन दिन्छ । ए.सि.टी.एच. हर्मोनको उत्पादनमा कमी भयो भने एड्रिनल ग्रन्थिको कार्य क्षमता घट्छ, एड्रिनलिन हर्मोन उत्पादनमा असन्तुलन आउछ र आफूलाई असुरक्षा भएको समयमा व्यक्तिले समस्यासंग लड्ने(फाइट) कि भाग्ने(फ्लाइ) भन्ने सहि निर्णय तुररुन्तै लिन सक्दैन र सुस्त तथा बेहोस(फ्रिज) हुन्छ, साथै ए.सि.टी.एच. हर्मोनको उत्पादनमा कमीले त्वचा पहेंलो हुन थाल्छ, रक्तचाप घट्छ । यसको उत्पादन बढि भयो भने चेहरा फुल्छ, नशा फुल्छन्, रक्तचाप बढ्छ, आन्तरिक रक्तश्राव भएर वाहिरबाट त्वचाको रंग निलो देखन्छि ।
(४)फोलिकल स्टिमुलेटिंग हर्मोन(एफ.एस.एच.)– महिलाहरुको मासिक चक्रमा ओभरीमा हुने नियमित गतिविधिहरुको नियमन र नियन्त्रण गर्दछ र महिलाहरुको यौन गतिविधिसंग सम्वन्धित एस्ट्रोजिन हर्मोन श्राबित गर्न र पाठेघरमा (ओभरी) डिम्बको निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पुरुषहरुको यौन गतिविधिसंग सम्वन्धित एन्ड्रोजिन हर्मोन श्राबित गर्न र टेस्टिस(अण्डकोष) शुक्राणु निर्माणको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
(५)ल्युटीनाइजिगं हर्मोन(एल.एच.)– महिलाहरुमा यौन गतिविधिसंग सम्वन्धित स्ट्रोजिन, प्रोजिस्टोन हर्मोन्सको नियमन तथा नियन्त्रण गर्छ, उत्पादन गर्न निर्देशन दिन्छ, यौन इच्छा बढाउछ र पाठेघरमा डिम्ब उत्सर्जन(ओभलेसन) प्रक्रियालाई उत्प्रेरित गर्दछ । पुरुषहरुमा यौन गतिविधिसंग सम्वन्धित टेस्टोरोन हर्मोनको नियमन तथा नियन्त्रण गर्छ, उत्पादन गर्न निर्देशन दिन्छ, यौन इच्छा बढाउछ र यससंग मिलेर टेस्टिसमा शुक्राणुहरुको उत्पादन प्रक्रियालाई उत्प्रेरित गर्दछ ।
(६)लेक्टोजेनिक तथा प्रोलेक्टिन हर्मोन– यो हर्मोनले एस्ट्रोजिन हर्मोनसंग मिलेर महिलाहरुमा गर्भरहेको समयमा स्तनमा नलीहरुको निर्माण, स्तनको विकास गर्दछ र प्रसव तथा प्रजनन्पछि बच्चाको लागि दुध उत्पादन गर्न प्रेरित गर्दछ ।
(७)मेलेनोसाइट स्टिमुलेटिंग हर्मोन– यो हर्मोनले मनुष्यको त्वचाको रंग नियन्त्रण गर्दछ, यसको उत्पादन बढि भयो त्वचा हल्का कालो तथा गाडा रंगको हुन्छ र कम उत्पादन भयो भने त्वचा गोरो तथा फिका रंगको हुन्छ ।
(८)एड्रिनोहाइपो फाइसिस हर्मोन(ए.डि.एच.)– पिट्युटरी ग्रन्थिको पश्च भागबाट श्राबित हुने यो हर्मोन प्रत्यक्ष रुपमा नर्भस टिस्युहरुसंग सम्वन्धित हुन्छ । यसले मृगौलामा भएको पानी र इलेक्ट्रोलाइटलाई अवशोषण गर्दछ र शरीरभरि पानीको मात्रा सन्तुलन गर्दछ अर्थात शरीरमा तरल तथा द्रव्य पदार्थहरुको मात्रा कम तथा बढि हुन दिदैन । यसको उत्पानमा असन्तुलन आयो भने मुख सुकिरहने, तिर्खा लागिरहने, पिसाब लागिरहने समस्या हुन्छ ।
(९)ओक्सिटोसिन हर्मोन– यसलाई लभ(प्रेम) हर्मोन पनि भनिन्छ र हाइपोथेलामसमा उत्पन्न हुने प्रेमसंग सम्वन्धित भावनात्मक गतिविधिहरुसंग यसको प्रत्यक्ष सम्वन्ध रहेको हुन्छ । लभ हर्मोन मनुष्यको जीवनका गतिविधिहरुमा खासगरि प्रेम, यौन, विवाह, गर्भ, प्रसब, प्रजनन्, स्तनपान आदि गतिविधिहरु र यी घटना तथा विषयहरुसंग सम्वन्धित भावनात्मक जुडाउमा प्रत्यक्ष रुपमा जोडिएको हुन्छ र यी घटना तथा विषयहरुबाट मनुष्यलाई आन्तरिक सुख, खुशी, शान्ति, आनन्द प्रदान गर्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अक्सिटोसिन हर्मोनले मनुष्यको जीवनका अत्यन्तै महत्वपूर्ण गतिविधिहरु– प्रेम+यौन+विवाह+गर्भ+प्रसब+प्रजनन्+स्तनपानका घटना तथा विषयहरुबाट मनुष्यलाई जीवन जिउन उत्साहित तथा प्रेरित गरिरहेको हुन्छ र आन्तरिक खुशी तथा आनन्द प्रदान गरिरहेको हुन्छ ।
सामान्य अवस्थामा मनुष्यको शरीरमा हर्मोन्स श्राब तथा उत्पादनको अवस्था बढि भन्दा प्राय कम नै हुने गर्दछ र हर्मोन्सको आवश्यक मात्रा कमी हुदा देखिने समस्या तथा अस्वस्थताका लक्षणहरु धेरैजसो देखा पर्दछन् । यसकारण हर्मोन्सहरुको सन्तुलित उत्पादन, स्वस्थ शरीर र व्यवस्थित जीवनकालागि पिट्युटरी ग्रन्थि अत्यन्तै महत्वपूर्ण अंग हो मनुष्यको स्थुल शरीरको किनकी पिट्योटरी ग्रन्थिबाट उत्पन्न हुने यी ९ प्रकारका हर्मोन्समध्य केहीले सोझै रगतमा मिसिएर तथा घुलित भएर शरीरभरि संचारित भएर प्रत्यक्ष रुपमा काम गर्दछन् भने केहीले सबै अन्तः श्राबित ग्रन्थिहरु र इ िग्रन्थिका कार्यहरु तथा तिनबाट उत्पन्न हुने विभिन्न हर्मोन्सको समन्वय तथा नियमन गर्दछ र तिनलाई नियन्त्रण तथा निर्देशित गर्दछ । पिट्युटरी ग्रन्थिले मुख्य रुपमा मनुष्यको शारीरिक शरीरको वृद्धि तथा विकास गर्दछ र भएको वृद्धि विकासलाई सन्तुलित तथा व्यवस्थित गर्दछ; शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र प्रतिरोधात्मक क्षमता सन्तुलित तथा व्यवस्थित राख्न पिट्युटरी ग्रन्थिको अहम भूमिका रहेको हुन्छ र यो काम थाइमस ग्रन्थिसंग मिलेर गर्दछ; प्रजननका सबै गतिविधिहरुलाई समन्वय, नियमन र नियन्त्रण गर्दछ; सबै अन्तः श्रावित ग्रन्थिहरुका हर्मोन्स अलग–अलग प्रकारका हुन्छन् र अलग–अलग प्रकारले आ–आफ्ना कामहरु गर्दछन् तर यी ग्रन्थिहरुले आफ्नो अधिकार क्षेत्रभित्रका हर्मोन्स कहिले, कति, कसरी उत्पादन गर्ने, नगर्ने तथा उत्पादन कम–बढि–बन्द गर्ने भन्ने निर्देशन र तिनका अवस्था तथा गतिविधिहरुको समन्वय, नियमन र नियन्त्रण गर्दछ । समग्रमा पिट्योटरी ग्रन्थिबाट श्राबित हुने यी ९ प्रकारका हर्मोन्सको माध्यमबाट पिट्युटरी ग्रन्थिले मनुष्यको शरीरका सबै नियमित गतिविधिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समन्वय, नियमन तथा नियन्त्रण गरेर मनुष्यको शारीरिक स्वास्थ्य लगायत मानसिक, प्राणिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य अवस्थालाई समेत चुस्त, सक्रिय, सन्तुलित तथा व्यवस्थित र विकसित राख्ने काम गर्दछ अर्थात मनुष्यको सांसारिक जीवन र पारमार्थिक तथा आध्यात्मिक दुवै प्रकारका जीवनका हरप्रकारका गतिविधिहरुलाई सन्तुलित तथा व्यवस्थित राख्न जिम्मेदार भूमिका निर्वाह गर्दछ ।
हाइपोथेलामस ग्रन्थि
हाइपोथेलामस ग्रन्थिलाई मनुष्यको शरीरमा रहेका सबै ग्रन्थिहरुमध्य सबैभन्दा महत्वपूर्ण ग्रन्थिको रुपमा मानिन्छ । हरेक मनुष्यकोजीवनका सबै आयामहरु स्थुल शरीर(भौतिक शरीर) र सुक्ष्म शरीर(मन, भाव, वुद्धि, अहंकार)को माध्यमबाट संचालित भैरहेको हुन्छ । सुक्ष्म शरीर अन्तर्गत पर्ने विशेषगरि मनुष्यका मानसिक तथा भावनात्मक गतिविधिहरु– कसैलाई चाहने, मन पराउने, प्रेम गर्ने, प्रेममा चुर्लुम्म डुब्ने, अत्यन्तै लगाव राख्ने, आफ्नो मन तथा भावनामा नियन्त्रण राखेर यी अवस्थाहरुमा खुशी, शान्त तथा आनन्दित हुने, साथै आफ्नो मन तथा भावामा नियन्त्रण राख्न असक्ष भएर मरिहत्ते गर्ने, प्रेममा पागल हुने, विक्षिप्त हुने, विषाद, अवषादमा जाने, आफैं र अरुप्रति निर्दयि तथा हिंसक हुने, आत्महत्या तथा हत्या गर्ने जस्ता अति सुक्ष्मदेखि अति ठूला विषय, घटना तथा गतिविधिहरु हाइपोथेलामस ग्रन्थिको नियन्त्रणमा रहेका हुन्छन् । स्थुल शरीरको सन्दर्भमा शरीरमा रहेका सातवटै अन्तः श्राबित ग्रन्थिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समन्वय, नियमन र नियन्त्रण गर्ने पियूस ग्रन्थिलाई समेत नियमन र नियन्त्रण गर्ने हुनाले हाइपोथेलामस ग्रन्थिलाई ग्रन्थिहरुको गुरुको पनि गुरु(मास्टर अफ मास्टर ग्ल्यान्ड्स) मानिन्छ । प्रविधिको विकास नहुदा सबै काम पिट्युटरी तथा पियूष ग्रन्थिले गर्छ भन्ने मान्यता थियो तर प्रविधिको विकाससंगै मनुष्यको मस्तिष्कमा अर्को अझ महत्वपूर्ण सबै अन्तः श्राबित ग्रन्थिहरुको समन्वय, नियमन र नियन्त्रण गर्ने हाइपोथेलामस ग्रन्थि पत्ता लागेको हो तर ग्रन्थिहरुको गुरुको पनि गुरु भनिएतापनि हाइपोथेलामस ग्रन्थिलाई अन्तः श्राबित ग्रन्थि अन्तर्गत राखिएको छैन, मस्तिष्कको एक भागको रुपमा मात्र लिने गरिएको छ ।
पिट्युटरी ग्रन्थि असन्तुलन हुने कारण र लक्षण
खराव जीवनशैली; अनियमित आहार–विहार–विचार; खराव सम्वन्ध; मानप्रतिष्ठामा हाजि; बेचैनी, अशान्ति, तनाव, चिन्ता, विषाद, अवषाद, समाधान गर्न सकिने तर नगरिएका जीवनका साना–ठूला समस्या तथा चुनौतिहरु आदिले पिट्युटरी ग्रन्थिलाई असन्तुलित गर्दछन् । पिट्युटरी ग्रन्थि असन्तुलित भएको अवस्थामा शारीरिक रुपमा यसको नियमन तथा नियन्त्रणमा रहेका अरु अन्तः श्राबित ग्रन्थिहरु र यिनले उत्पादन गर्ने हर्मोनहरु पनि असन्तुलित अर्थात कम तथा बढि श्राबित हुने हुन्छन् र यस्तो अवस्थाले मनुष्यको शारीरिक तथा मानसिक स्वास्थ्य र शरीरका सबै आयामहरुका साथै समग्रतामा मनुष्यको सांसारिक तथा पारमार्थिक जीवनमै गहिरो किसिमले नकारात्मक प्रभाव पर्दछ जसको परिणाम स्वरुप सन्तुलित किसिमले शारीरिक तथा मानसिक विकास नहुने, ग्रोथ हर्मोन कमी हुदा होचो, पुड्को अर्थात बाउन्ने हुने, मानसिक रुपमा सुस्त तथा मन्दवुद्धि भएको हुने र ग्रोथ हर्मोन बढि हुदा अत्यन्तै अग्लो हुने र मानसिक रुपमा अति चन्चल तथा हिंसक हुने; हड्डी, जोर्नी, मांसपेसी, नशाहरु कमजोर हुने; रगत दुषित हुने, श्वास–प्रश्वासमा समस्या आउने, माइग्रेन अर्थात आधा तथा पूरा टाउको दुख्ने; उज्यालोसंग कठिनाई हुने; अति थकान हुने, निद्रामा गडबडी तथा अनिद्रा बढ्ने; नशा तथा नाडीहरुमा समस्या हुने जस्ता समस्या तथा अस्वस्थताहरु देखापर्दछन् । पिट्युटरी ग्रन्थि सबै ग्रन्थिहरुको गुरु तथा मालिक भएकोले यसमा आएको गडबडी तथा असन्तुलनता पुरै एन्डोक्राइन सिस्टम (अन्तः श्राबित प्रणाली) मा असन्तुलनता आउछ र एन्डोक्राइन रोगको समस्या बढेर जान्छ र यसैबाट अरु प्रकारका रोगहरु निस्कन्छन् । पिट्युटरी ग्रन्थि असन्तुलित भएको अवस्थामा मनुष्यमा मानसिक रुपमा मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनासंग सम्वन्धित असन्तुलनता तथा बिमारीहरु– तनाव, चिन्ता, विषाद, अवषाद, विक्षिप्तता, दया, मायाँ, सहानुभूतिको अभाव, उद्देश्य तथा लक्ष्यबिहिन जीवन, नवीनतामा उदाषिनता, नयाँ कुरा सिक्न नसक्ने तथा नयाँ कुरा सिक्नमा रुचिनै नहुने, सिर्जनशील हुन नसक्ने, एक्लोपनको अनुभूति, उदाषि, गुनासो, नशा तथा कुलतको शिकार हुने, नास्तिक, अहंकारी, सानो चित्त(न्यारो माइन्ड), आफूलाई बढि जान्ने सुन्ने ठान्ने, अलमलमा रहने तथा निर्णय लिन तथा दिन नसकेर अनिर्णयको बन्दि बन्ने जस्ता विभिन्न प्रकारका शारीरिक र मानसिक समस्या तथा अस्वस्थताहरु देखा पर्दछन् ।
पिट्युटरी ग्रन्थि सन्तुलन गर्ने उपाय
मनुष्यको शारीरिक तथा मानसिक स्वास्थ्य पूर्ण रुपमा स्वस्थ तथा आरोग्य राख्न र सांसारिक तथा पारमार्थिक जीवन व्यवस्थित र विकसित राख्न पिट्युटरी ग्रन्थि सन्तुलित राख्नु साथै सहश्रार चक्र जाग्रित गर्नु अत्यावश्यक हुन्छ । सन्तुलित आहार–विहार–विचार; हरप्रकारले व्यवस्थित जीवनशैली; सात्विक र सकारात्मक विचार तथा कर्महरु; योग साधना(योगासन, प्राणायाम, ध्यान)को नियमित प्रयोगात्मक अभ्यास; सकेसम्म मौन रहने, कम बोल्ने, सत्य र वास्तविक कुरा बोल्ने र त्यस्ता घटना तथा विषयहरुलाई साथ दिने अभ्यास; सबैको हित हुने प्रकारका सर्वकल्याणका कामहरु गरेर; एकान्तमा बस्ने, साक्षी भावमा रहने, आफूले आफूलाई आन्तरिक रुपमा आफू कस्तो प्रकारको व्यक्ति हुँ, आफूलाई के मनपर्छ, जीवनको प्रमुख उद्देश्य के हो, मेरो सम्वन्धहरु कस्ता छन्, म कस्तो अवस्था तथा माहोलमा छु, कस्तो अवस्थामा हुनुपर्ने हो आदिबारे विश्लेषण गर्ने, आफ्ना रुचि तथा शोखका कार्यहरु गर्ने, सक्दो गुणस्तरिय समय बिताउने, आफूलाई मनपर्ने सामग्रीहरुको प्रयोग गरेर कोठा तथा घरको सजावट गर्ने; आफू नियमित रहने स्थानमा मिठो सुगन्ध, ताजा फूलको सजावट, तस्वीरहरु राख्ने; यसका साथै धार्मिक तथा आध्यात्मिक गतिविधिहरु– ॐकार उच्चाहरण; संस्कृतका मन्त्र तथा श्लोकहरुको शुद्ध उच्चाहरण; इश्वरको नाम जप आदि दिव्य कर्महरुको माध्यमबाट पिट्युटरी ग्रन्थि स्वस्थ, सक्रिय तथा सन्तुलित राख्न सकिन्छ र सहस्रार चक्र जाग्रित गर्न सकिन्छ ।
पिट्युटरी ग्रन्थि, सहस्रार चक्र र मनुष्यको आध्यात्मिक विकास
पिट्युटरी तथा पियूष ग्रन्थि मनुष्यको सुक्ष्म शरीरमा रहेका ब्रम्हाण्डिय महाउर्जा तथा महाशक्तिका मूलश्रोत तथा प्रमुख केन्द्रहरु सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहद, विशुद्धि, आज्ञा, सहस्रार)मध्य सबैभन्दा माथि शिरको भागमा रहेको र आध्यात्मिक दृष्टिकोणले सबैभन्दा महत्वपूर्ण सहस्रार चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेको छ । यो विषय अध्यात्म विज्ञानको सुक्ष्म तथा निराकार विज्ञान अन्तर्गत पर्ने विषय भएकोले आधूनिक भौतिक विज्ञानको वर्तमान समयमा यो बहस जोडतोडले चल्दै आइरहेको छ कि मनुष्यको शिर तथा मस्तिष्कमा पिनियल, पिट्युटरी र हाइपोथेलामस ग्रन्थि त छ दृश्य तथा आकार र स्थुल स्वरुपमा तर के सनातन अध्यात्म विज्ञानले दाबि गर्दै आइरहेको जस्तो आज्ञा चक्र र सहस्रार चक्र साँच्चै छ त मनुष्यको मस्तिष्कमा, छ भने कहाँ छ, किन देखिदैन उच्चस्तरिय प्रविधि भएका भौतिक विज्ञानका अत्याधूनिक उपकरणहरुको पकडमा किन आउदैन । यस विषयमा विगत लामो समयदेखि अध्यात्म विज्ञान र भौतिक विज्ञान तथा अध्यात्मवादी र भौतिकवादी(पदार्थवादी)हरुविच गहन मतभेद तथा वैचारीक दुरी रहदै आइरहेको छ । मतभेद तथा वैचारीक दुरी रहिरहेकै अवस्थामा आधूनिक भौतिक विज्ञानको अत्याधूनिक शाखा तथा प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)ले समय–समयमा गरेका गहन वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजका नतिजाहरुले यसप्रकारको मतभेद तथा वैचारीक दुरी कम गर्न कोशेढुंगाको कामगर्दै आइरहेका छन् र पछिल्ला वैज्ञानिक अध्ययन तथा खोजका नतिजाहरुका अनुसार आधूनिक भौतिक विज्ञान पनि सनातन अध्यात्म विज्ञानको कित्तातिर विस्तारै कदम राख्दै गैरहेको छ र अध्यात्म विज्ञान र भौतिक विज्ञान तथा अध्यात्मवादी र भौतिकवादीहरुविच रहेको मतभेद मेटिदै गैरहेको छ तथा वैचारीक दुरी कम हुदै गैरहेको छ । यो मतभेद तथा वैचारीक दुरीलाई कम गर्ने अत्याधूनिक प्रमात्रा भौतिक विज्ञानको सबैभन्दा पछिल्लो सनसनीपूर्ण पूर्णतः वैज्ञानिक अध्ययन तथा खोज ‘बायोसेन्ट्रिजम’ अर्थात ‘जैवकेन्द्रवाद’ को नतिजालाई मानिएको छ ।
सहस्रार चक्र मनुष्यको स्थुल र सुक्ष्म शरीरका सातवटै आयामहरु– (१)शारीरिक शरीर, (२)मानसिक शरीर, (३)प्राणिक शरीर, (४)भावनात्मक शरीर, (५)वौद्धिक शरीर, (६)आत्मिक अर्थात चेतनात्मक शरीर, र (७)पारमार्थिक तथा आध्यात्मिक शरीरहरुको उर्जाको मूलकेन्द्र हो र मनुष्यको सुक्ष्म शरीरमा रहेका तलका सबै चक्रहरु सहस्रार चक्रको समन्वय, नियमन तथा नियन्त्रणमा रहेका हुन्छन् अन्तः श्राबित ग्रन्थिहरुको विज्ञानकै जस्तोगरि । सहस्रार चक्र मनुष्यको चेतना जागरण, विवेकपूर्ण प्रज्ञा, अन्तरज्ञानसंग प्रत्यक्ष सम्वन्धित रहेको हुन्छ र यसले मनुष्यलाई दिव्य शक्ति(डिभाइन इनर्जी)संग जोड्छ, ब्रम्हाण्डसंग एकाकार गराउछ र परम+आत्मा=परमात्मा (हाइयर सेल्फ) संग योगस्थ गराउछ । पूर्वीय अध्यात्म दर्शनका अनुसार सहस्रार चक्र हाइयर सेल्फ अर्थात आफ्नै चैतन्य चेतना अर्थात परमात्मासंग प्रत्यक्ष सम्वन्धित रहेकोछ । परमात्मामा योगस्थ भैसक्नु भएका योगी, सन्त, सिद्ध आत्मा तथा चैतत्य चेतनाहरुको आफू स्वयंले व्यवहारिक रुपमा हासिल गर्नुभएका तथा वहाँहरुको अन्तरज्ञान तथा विवेकशिल प्रज्ञामा अनुभूतिमा आएका ज्ञान तथा विज्ञानहरुका अनुसार परमात्मा व्यक्ति स्वयंनै हो, जव उसको आत्मा अर्थात चेतनाको विकास भएर चेतना भगवद् चेतना, ब्राम्ही चेतना, परम चेतनामा एकाकार तथा स्थित हुन्छ तव उसको चेतना तथा चैतन्य चेतनामा रुपान्तरण हुन्छ, यो अवस्थामा उभित्र उसको अन्तरहृदयमा स्थित रहेको हरिगुरु अर्थात परमात्मा जाग्रित हुन्छ र व्यक्ति स्वयं परमात्मा, परब्रम्ह तथा ब्रम्ह बन्छ जसरी नदि समुद्र तथा महासागरमा मिसिएपछि नदिको अस्तित्वमा रहिरहदैन स्वयंनै महासागर बन्छ, ठिक त्यसैगरि मनुष्यको चेतना ब्रम्हाण्डको परमचेतना(सुपरकन्सस)मा मिसिएपछि उ अव एउटा व्यक्ति, आत्मा अर्थात चेतनाको अस्तित्वमा रहिरदैन उ परमचेतना अर्थात परमात्माको हिस्सा अर्थात स्वयं परमात्मा बन्छ । मनुष्यको सुक्ष्म शरीरमा रहेका तलका सबै चक्रहरुको क्रमिकरुपमा जाग्रित हुदैजाने क्रममा अन्तिममा सबैभन्दा माथि शिरमा रहेको उसको सहस्रार चक्र जाग्रित हुन्छ र सहस्रार चक्रको जाग्रितीले मनुष्यलाई यो उपलव्धिमा स्थित गराइदिन्छ ।
सहस्रार चक्र मनुष्यको अन्तरज्ञान तथा विवेकपूर्ण प्रज्ञासंग प्रत्यक्ष रुपमा सम्वन्धित भएकोले यसले मनुष्यमा आफ्नो अस्तित्व तथा आफू हुनुको कारण तथा आफ्नो मूलश्रोतको खोजि गर्न उत्प्रेरणा र उत्साह प्रदान गर्दछ । यस संसारमा आफ जन्मिनु तथा आउनुको कारण के हो; मनुष्य योनीमा आउनुको कारण के हो; म किन यहाँ यो अवस्थामा छु; म कसरी आएं तथा को द्वारा ल्याइएं, किन ल्याइएं, मेरो मूलस्वरुप के हो अर्थात म को हुँ, के हुँ, किन छु; मेरो वरिपरि तथा मसंगै यो प्रकृति तथा ब्रम्हाण्ड किन छ; मेरो वरिपरि म जस्तै मनुष्यहरु किन छन्; यिनीहरु को हुन; प्रकृति तथा पर्यावरण के हो; यसमा रहेका अनन्त कोटी प्राणीहरु, वनस्पतिहरु, पदार्थहरु के हुन्; यी किन यस्तो स्वरुपमा छन्; किन म यिनीहरुको सेवन तथा उपयोग गर्छु; पारिस्थिकिय प्रणाली के हो; इश्वरको सृष्टि भनेको के हो; सबै कसरी इश्वरका अंश भए; परमात्मको म कस्तो तथा कत्रो अंश हुँ आदि अत्यन्तै गहन पारमार्थि तथा अलौकिक विषयहरुमा खोज गर्ने तथा जान्ने उत्सुकता भर्दछ र व्यक्ति आफूभन्दा वाहिर रहेको संसार बहिरजगत र आफूभित्र रहेको संसार अन्तरजगतमा यी विषयहरुको शाश्वत जानकारी, यी सबै हुनुको मूल श्रोत तथा अन्तिम कारण, अन्तिम सत्य खोज्न प्रारम्भ गर्दछ र यही खोजको क्रममा उर्जा र ज्ञान तथा महाज्ञानका मूलकेन्द्र प्रमुख ७ चक्रहरु एकपछि अर्को गर्दै भेदन गर्दै सहस्रार चक्रमा पुगेपछि उभित्र उठेका सबै सवाल, प्रश्न तथा जिज्ञासाहरुको अन्तिम जवाफसम्म उ स्वयंनै पुग्दछ । आफ्नो चेतनालाई चैतन्यतामा पुर्याउछ र आफू स्वयं परमात्मा अर्थात परमचेतनामा एकाकार तथा स्थित हुन्छ र स्वयंनै परमचेतनामा रुपान्तरण हुन्छ । यसप्रकारको आफ्नो अस्तित्वको खोजको प्रक्रियाले मनुष्यको चेतनामा विश्व–ब्रम्हाण्डलाई हेर्ने, बुझ्ने तथा परिभाषित गर्ने दृष्टिकोण तथा तौरतरिका आमूल परिवर्तन ल्याइदिन्छ, उसको व्यक्तित्व क्रमशः आध्यात्मिक तथा धार्मिक किसिमको निर्माण हुदै जान्छ । मनुष्यभित्र यो अवस्थाको विकास हुदैजाने क्रमसंगै उभित्र तथा उसको अन्तरज्ञान अर्थात विवेकशील प्रज्ञामा ब्रम्हाण्ड तथा अस्तित्वका अत्यन्तै गहन लुकेर रहेका विभिन्न प्रकारका दृश्य तथा अदृश्य, आकार तथा निराकार, व्यक्त तथा अव्यक्त, स्थुल तथा सुक्ष्म उर्जा तथा पदार्थहरुका ज्ञान र विज्ञानका रहस्यहरु अनुभव तथा अनुभूतिमा आउदै जान्छन् र क्रमशः उ आत्मसाक्षातकार, आत्मवोध, आत्मज्ञान हुदै ब्रम्हाण्ड तथा अस्तित्वको तत्वज्ञान तथा ब्रम्हज्ञानमा स्थित हुन्छ र ब्रम्हाण्ड तथा अस्तित्वलाई समग्रतामा बुझ्न सक्षम हुन्छ, ब्रम्हाण्ड तथा अस्तित्वको अन्तिम सत्य तथा अन्तिम श्रोतसम्मको जानकारी हासिल गर्दछ र ब्रम्हाण्ड तथा अस्तित्व सबै एक तथा अद्वेत रहेछ भन्ने निष्कर्षमा पुग्छ तथा अद्वेतमा उपलव्ध हुन्छ । सनातन अध्यात्म दर्शनका ६ प्रमुख दर्शहरु(सांख्य, न्याय, वैशेषिक, पूर्व मिमांसा, योग दर्शन र उत्तर मिमांशा अर्थात वेदान्छ)मध्य सबैभन्दा कान्छो वेदान्त दर्शन अन्तर्गत पर्ने अद्वेतवाद सिद्धान्त(मोनिजम)का सबै विषयहरु ब्रम्हाण्ड तथा अस्तित्वका यिनै शाश्वत तथा परम ज्ञान तथा विज्ञानहरुसंग सम्वन्धित रहेको छ र यही विषयलाई आजको अत्याधूनिक प्रमात्रा भौतिक विज्ञानले गहनताकासाथ वैज्ञानिक रुपमा अध्ययन गरिरहेको छ विभिन्न कोणहरुबाट र पछिल्ला दशकहरुमा क्रमशः प्रमात्रा भौतिक विज्ञानका खोजहरु पनि अद्वेतवाद सिद्धान्तकै कित्तामा प्रवेश गरिरहेका छन् । पछिल्लो अध्ययन बायोसेन्ट्रिजम तथा जैवकेन्द्रवाद सिद्धान्तले यही विषयहरुलाई स्पष्टताकासाथ सबैसामु उजागर गरेको छ कि ब्रम्हाण्ड तथा अस्तित्व एक छ, अदेवेत छ, यहाँ कोहीबाट कोही अलग छैनन्, सबैको चेतना एकआपसमा जोडिएको छ र यो सामुहिक चेतनानै ब्रम्हाण्ड तथा अस्तित्वको अन्तिम सत्य हो, मूलश्रोत हो, यही सामुहिक चेतनाबाट नै ब्रम्हाण्डको सबैप्रकारको उर्जा बनेकोछ र यही चेतनानै सबैप्रकारको पदार्थ बन्छ र यही साहुहिक चेतनानै परमचेतना(सुपरकन्सस) अर्थात परमात्मा अर्थात परब्रम्ह अर्थात अस्तित्व अर्थात इश्वर–गड–अल्ला–वाहेगुरु, ब्रम्हा–विष्णु–महेश, इलोक्ट्रो–प्रोटाने–न्युट्रोन... हो ।
छिट्टै,
सनातन अध्यात्म, धर्म, संस्कार, संस्कृतिबारे हामी नयाँ पुस्ताले बुझ्नेगरि विश्लेषण गरिदिनुहोस् न ।
-आरती खतिवडा
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment