Sunday, 22 February 2026

अध्यात्म मनुष्यलाई सर्वोत्कृष्ट जीवन जिउन सिकाउने कलाको विज्ञान

  डा. सिर्जना भण्डारी                      

                           #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      



    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

७१.अध्यात्म विज्ञान मनुष्यलाई सर्वोत्कृष्ट जीवन जिउन सिकाउने कलाको विज्ञान

कलाको विज्ञानको पृष्ठभूमि

जसरी महिनाभरिमा चन्द्रमाका विभिन्न आकारका कलाहरु, औंशी तथा पूर्णिमा हुन्छन् ठिक त्यसैगरि मनुष्यको जीवन पनि एक कला हो । मनुष्य पनि जन्मन्छ, किशोर हुन्छ, युवा हुन्छ, प्रौढ हुन्छ, वृद्ध हुन्छ र मृत्युवरण गर्छ अनि फेरी अर्को जन्ममा नयाँ जीवन लिएर आउछ नयाँ चन्द्रमा आए जस्तै । सामान्य अर्थमा संज्ञाको रुपमा कलाको शाव्दिक अर्थ विभिन्न आकार तथा आकृति भन्ने हो र क्रियाको अर्थमा आफ्नो जीवनका हरेक घटना तथा विषयहरुलाई सबैभन्दा कुशलतम तथा उत्कृष्टतम किसिमले प्रस्तुत गर्नु र त्यसबाट सुख, खुशी, शान्ति, आनन्द तथा आत्मसन्तुष्टि हासिल गर्नुकासाथै सफलता हासिल गर्नसक्नु हो । सनातन अध्यात्म विज्ञानले मनुष्यको जीवनका हरेक घटना तथा विषयहरुलाई सबैभन्दा कुशलतम तथा उत्कृष्टतम किसिमले प्रस्तुत गर्ने कलाका ज्ञान तथा विज्ञानहरु प्रदान गर्दछ तथा सिकाउदछ किनकी अध्यात्म विज्ञान एक अत्यन्तै विहंगम विषय हो र संसारभरि आजसम्म प्रतिपादन भएका तथा गरिएका सबै विद्या तथा विषयहरुका कलात्मकताको समष्टि स्वरुप हो जुन मनुष्यको क्षणक्षणका गतिविधिहरुसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्वन्धित रहेका हुन्छन् । मनुष्यको सभ्यताको विकासको क्रममा प्राचीनकालदेखि आजसम्म संसारमा भएका तथा प्रतिपादन गरिएका सबै शास्त्र, सिद्धान्त, सुत्र, ज्ञान, विज्ञान तथा नयाँ-नयाँ आविश्कारहरु अध्यात्म विज्ञानबाट निसृत भएका हुन् र यी सबै विद्या तथा विषयहरुको मूल उद्देश्य मनुष्यको जीवनका समग्र आयामहरुलाई हरप्रकारले सहज, सरल, व्यवस्थित, विकसित, सफल तथा उत्कृष्टतम बनाउनु हो । मनुष्यको जीवन हरप्रकारले सहज, सरल, व्यवस्थित, विकसित, सफल तथा उत्कृष्टतम बनाउन उसका दैनिक गतिविधिहरु, जीवनशैली तथा उसको जीवनका हरेक आयामहरु- स्वास्थ्य, सम्वन्ध, समृद्धि, मानप्रतिष्ठा, शान्ति आदि सबै सहि ढंगले सुचारु हुनु अत्यावश्यक हुन्छ । मनुष्यको जीवनशैली सहि बनाउन उसको जीवनका केवल एक वा दुई आयामहरु मात्र सहि भएर हुदैन, उसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सरोकार राख्ने उसको जीवनका सबै आयामहरु व्यवस्थित र विकसित हुन आवश्यक हुन्छ । 

हरप्रकारले मनुष्यको जीवनशैली व्यवस्थित र विकसित गर्नकालागि सर्वप्रथम हरेक मनुष्यले आफ्नो दैनिक गतिविधिहरुमा सनातन अध्यात्म विज्ञानको प्रमुख तथा अत्यन्तै महत्वपूर्ण विद्या योग विज्ञानका सैद्धान्तिक र व्याहारिक ज्ञान तथा विज्ञानका साधना विधिहरुलाई निष्ठापूर्वक मानसिक तथा शारीरिक अनुशरण र प्रयोगात्मक अभ्यास गर्नु अत्यावश्यक हुन्छ । योग विज्ञानका अन्तरविषय तथा प्रमुख आठ अंगहरु– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, (६)धारणा, (७)ध्यान, (८)समाधिले मनुष्यको जीवनका सबै आयामहरुलाई हरप्रकारले सहि ढंगले व्यवस्थित तथा विकसित बनाउन सक्नेगरि उसलाई सात किसिमले क्षमतावान बनाउछन्– (१)शारीरिक रुपले, (२)मानसिक रुपले, (३)प्राणिक रुपले, (४)भावनात्मक रुपले, (५)वौद्धिक रुपले, (६)आत्मिक अर्थात चेतनात्मक रुपले, र (७)आध्यात्मिक तथा पारमार्थिक रुपले । योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरुले मनुष्यको जीवनका सबै आयामहरुको सन्तुलित तथा व्यवस्थित विकासका लागि आवश्यक पर्ने शारीरिक, मानसिक, प्राणिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक र आध्यात्मिक तथा पारमार्थिक उर्जाको उपलव्धता उच्चतम किसिमले उपलव्ध गराउदछन् । पर्याप्त उर्जाको उपलव्धताले युक्त भएको मनुष्यनै शारीरिक रुपले स्थिर तथा धैर्यवान र उर्जावान; मानसिक रुपले सकारात्मक तथा एकाग्र र उर्जावान; प्राणिक रुपले आत्मबल तथा आत्मविश्वासले भरिएको र उर्जावान; भावनात्मक रुपले शान्त तथा प्रेमपूर्ण र उर्जावान; वौद्धिक रुपले वुद्धिमान, सिर्जनात्मक तथा रचनात्मक र उर्जावान; आत्मिक रुपले दृढता तथा संकल्पवान र उर्जावान; र आध्यात्मिक रुपले निरअहंकार, आस्थिक, स्वीकार तथा सेवा भावले भरिएको र उर्जावान हुन्छ । हरप्रकारले उर्जावान रहेको मनुष्यको आन्तरिक र वाहिरी विकास सन्तुलित रुपमा उच्चतम किसिमले भएको हुन्छ, उसको जीवनकालमा उभित्र उचित अवसरको अभावमा सुसुप्त अवस्थामा रहेका उसका जन्म-जन्मका क्षमता, प्रतिभा, सिर्जनशीलता तथा रचनात्मकता, नविनता, सकारात्मक गुणहरुको प्रष्फुटन हन्छ र यस्तो उच्चताले भरिएको अवस्थामा मनुष्यले आफ्नो जीवनका समग्र आयामहरुमा सहि ढंगले व्यवस्थापन गर्दै चौतर्फि विकास गर्न र आफूले इच्छ्याएको सफलता हासिल गर्न सक्दछ र चरित्रवान, असल नागरिक तथा मानवको रुपमा सबैमाझ आफ्नो छवि तथा व्यक्तित्व निर्माण गर्दछ । उ हरप्रकारले आफू र अरुकालागि काम लाग्ने बन्दछ, यसकारण अध्यात्म विज्ञान मनुष्यलाई सर्वोत्कृष्ट जीवन जिउन सिकाउने उच्चस्तरको कलाको विज्ञान हो ।

छिट्टै,
मनुष्यको उत्कृष्टतम जीवशैली निर्माणमा अध्यात्म ज्ञानको योगदान

शिवोहम् योगपीठ

No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...