Wednesday, 4 February 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ५०

                                   #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       



    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

५६.सवाल

प्रजनन् ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनका आयामहरुमा यसको भूमिका

जवाफ

मनुष्यको शारीरिक शरीरको मेरुदण्डको पुच्छारमा मूलाधार चक्रको क्षेत्रमा प्रजनन् ग्रन्थि तथा गोनाड्स ग्ल्याण्ड स्थित हेकोछ । पुरुष र महिला दुवैका प्रजनन् अंगहरुको विकास र प्रजनन् प्रक्रियासंग सम्वन्धित सबैप्रकारका गतिविधिहरु प्रजनन् ग्रन्थि तथा गोनाड्स ग्ल्याण्ड अन्तर्गत पर्दछन् र यस ग्रन्थिका गतिविधिहरुलाई शिरमा रहेका दुई प्रमुख पिनियल र पिटियोटरी ग्ल्याण्ड तथा ग्रन्थिहरुले नियन्त्रण गर्दछन् । महिलाको शारीरिक शरीरमा हुने प्रजनन्संग सम्वन्धित सबैप्रकारका गतिविधिहरु डिम्बासय(ओभरी) अन्तर्गत पर्दछन् र पुरुषको शारीरिक शरीरमा हुने प्रजनन्संग सम्वन्धित  सबैप्रकारका गतिविधिहरु अण्डकोश(टेस्टीस) अन्तर्गत पर्दछन् । प्रमुख प्रजनन् अंग ओभरी र टेस्टीसले सबैप्रकारका प्रजनन् ग्रन्थिरस तथा हर्मोन्स उत्पादन गर्दछन् र सबैप्रकारका प्रजनन् हर्मोन्स स्टेरायड ग्रन्थिबाट उत्पन्न हुन्छन् र सबै हर्मोनहरु शरीरको प्रोटीन तत्वबाट बन्ने गर्दछन् तर प्रजनन् हार्मोन्स मात्र स्टेरायडबाट बनेको हुन्छ । पुरुषको शरीरमा स्टेरायडबाट शरीर वाहिर रहेका दुई अण्डकोशको सहयोगमा टेस्टोस्टेरोन हर्मोन निस्कन्छ र यसबाट शुक्राणु(स्पर्म) बन्छ । महिलाको शरीरमा स्टेरायडबाट शरीर भित्र रहेका दुई डिम्बासयको सहयोगमा तीन प्रकारका प्रजनन्संग सम्वन्धित हर्मोन्स उत्पन्न हुन्छन्– (१)एस्ट्रोजिन हर्मोन, (२)प्रोजेस्टेरोन हर्मोन, र (३)रिलैक्सिन हर्मोन । एस्ट्रोजिन हर्मोनले महिलाहरुमा हुने मासिकधर्मको चक्र सन्तुलित तथा व्यवस्थित गर्न प्रमुख भूमिका निर्वाह गर्दछ र डिम्व(ओभम)को निर्माण गर्दछ । प्रोजेस्ट्रोन हर्मोनले महिलाको गर्भमा आएको भु्रणको संरक्षण र विकास गर्ने कार्य गर्दछ नौ महिनासम्म अर्थात बच्चा गर्भमा परिपक्व भएर आमाको शरीरबाट वाहिर नआउन्जेलसम्म । प्रोजेस्ट्रोन हर्मोनमा असन्तुलनता आयो, अस्वस्थ तथा कमजोर भयो भने भुणको किास हुन सक्दैन, यस्तो अवस्थामा समय अघिनै भ्रुण खेर जान्छ तथा तुहिन्छ कि अपांग बच्चा जन्मन्छ । रिलैक्सिन हर्मोनले बच्चा जन्मिने समयमा सम्वन्धित क्षेत्रका मांसपेसीहरुलाई फैलाउन मद्धत गर्दछ र प्रसव व्यथा सहज गर्नुको साथै बच्चा प्राकृतिक किसिमले जन्मिन्छ बिना सल्यक्रिया तथा यस समयमा गरिने अन्य अप्राकृतिक गतिविधहरु । 


हाम्रो जीवनशैली जति प्राकृतिक तथा प्रकृतिको नियम अनुसार सरल, सहज र व्यवस्थित हुन्छ उतिनै स्वास्थ्य, शरीर र समग्र जीवनका सबै आयामहरुलाई सअज, सरल, व्यवस्थित र विकसित बनाउन मद्धत गर्ने हाम्रो सुक्ष्म तथा स्थुल शरीरका अत्यन्तै महत्वपूर्ण अंगहरु– सात चक्र, पाँच कोष, पाँच तत्व तथा सात अन्तःश्राबि ग्रन्थिहरु शुद्ध, स्वस्थ, सक्रिय, जाग्रित, सन्तुलित, व्यवस्थित र विकसित हुन्छन् र हाम्रो स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु तथा समग्र जीवनशैली व्यवस्थित र विकसित हुन्छ । हाम्रो स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु तथा समग्र जीवनशैली व्यवस्थित र विकसित रहेको अवस्थामा मात्र प्रजनन् अंगहरु, प्रजनन् तन्त्र तथा प्रणालीहरु र प्रजनन्संग सम्वन्धित सबैप्रकारका आन्तरिक तथा वाहिरी क्रिया तथा गतिविधिहरु स्वस्थ, सक्रिय, सहज र मर्यादित हुन्छन् । मनुष्यको सुक्ष्म शरीरसंग सम्वन्धित रहेको सुक्ष्म अंग मूलाधार चक्र र अन्नमय कोश, र मनुष्यको स्थुल शरीरसंग सम्वन्धित रहेको स्थुल अंग पृथ्वी तत्व र प्रजनन् ग्रन्थि(डिम्बासय र अण्डकोश) असन्तुलित भयो भने महिला र पुरुष दुवैमा प्रजनन् क्रिया, प्रक्रिया तथा गतिविधहरुसंग सम्वन्धित कठिनाइ, शारीरिक तथा सामाजिक समस्याहरु र आन्तरिक तथा वाहिय प्रजनन् अंगहरुमा यससंग सम्वन्धित अस्वस्थता तथा बिमारीहरु देखिन्छन् जसले मनुष्यको शारीरिक स्वास्थ्यमा मात्र नभएर मानसिक, प्राणिक, भावनात्मक, वौद्धिक र चेतनात्मक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्दछन् र स्वास्थ्य, शरीर लगायत समग्र जीवनका आयामहरुमा विविध प्रकारका असहजता आउछन् । 


वर्तमान समयमा प्रजनन् अंग, प्रणाली तथा व्यवहारहरुसंग सम्वन्धित विविध प्रकारका सामान्य, असमान्य तथा अमर्यादित समस्याहरु बढ्दै गैरहेका छन् विश्वव्यापि रुपमा । यससंग सवन्धित शारीरिक, मानसिक तथा सामाजिक समस्याहरुको समाधान गर्न सबैभन्दा प्रभावकारी र महत्वपूर्ण ढंगले योग चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा विज्ञान र आधूनिक चिकित्सा विज्ञानले गर्न सक्दछ । योग चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा विज्ञान र आधूनिक चिकित्सा विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया तथा विधिहरुका सैद्धान्तिक र व्यवहारिक ज्ञान, विज्ञानहरुलाई राम्ररी जानेर र बुझेर निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गरेर हामी हाम्रो प्रजननसंग सरोकार रहेका सबैप्रकारका क्रिया, प्रणाली तथा गतिविधिहरुसंग प्रत्यक्ष सम्वन्ध राख्ने सुक्ष्म शरीरसंग सम्वन्धित रहेका सुक्ष्म अंगहरु मूलाधार चक्र र अन्नमय कोश; स्थुल शरीरसंग सम्वन्धित रहेका स्थुल अंगहरु पृथ्वी तत्व र प्रजनन् ग्रन्थि लगायत प्रजननसंग सम्वन्धित अन्य सुक्ष्म तत्व तथा अंगहरुलाई शुद्ध, सक्रिय, सन्तुलित, व्यवस्थित तथा विकसित गर्न र जीवनशैली सहज, सरल बनाउन सक्दछौं । योग साधना, आयुर्वेद चिकित्सा र आधूनिक चिकित्सा पद्धतिका सैद्धान्ति तथा व्यहारिक ज्ञान, विज्ञानहरुको अनुशरणबाट व्यवस्थित र विकसित भएका सुक्ष्म तथा स्थुल अंगहरुबाट नियन्त्रित हाम्रो शरीरका प्रजननसंग सम्वन्धित सबैप्रकारका क्रिया, प्रक्रिया, प्रणाली तथा गतिविधिहरु स्वस्थ, सक्रिय, सहज, सन्तुलित, व्यवस्थित र विकसित गरेर प्रजननसंग सम्वन्धित सबैप्रकारका कठिनाई, समस्या, अस्वस्थता, बिमारी तथा अमर्यादित अवस्थाहरुबाट छुटकारा पाउन सकिन्छ ।   


छिट्टै,

अधिवृक्क ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवन का आयामहरुमा यसको भूमिका


                                                                        शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ



No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...