#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
५८.सवाल
वक्ष ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनमा यसको भूमिका
जवाफ
मनुष्यको शारीरिक शरीरको छातिमा अनाहद तथा हृदय चक्रको क्षेत्रमा फोक्सोको माथिल्लो भागको विचमा बक्ष ग्रन्थि तथा थाइमस ग्ल्याण्ड स्थित रहेको हुन्छ । प्रमुखरुपमा थाइमस ग्रन्थिले शरीरको वृद्धि तथा विकासका लागि अत्यावश्यक प्रोटिन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न अत्यावश्यक लिम्फोसाइड निर्माण गर्दछ, र धेरै प्रकारका बिमारीहरुको संक्रमण हुनबाट संरक्षण प्रदान गर्दछ । थाइमस ग्रन्थिका दुई पिंड(लोव) हुन्छन्, भित्रको भागमा अझै धेरै पिण्डहरु हुनछन् । ग्रन्थिका दुई भाग हुन्छन्– (१)वाहिरी भाग कोर्टेक्स्ट जसमा अपरिपक्व कोषिकाहरु(इम्याचुअर सेल्स) संग्रहित भएर रहेका हुन्छन्, र (२)भित्रि भाग मेडुला जसमा परिपक्व कोषिकाहरु(म्याचुअर सेल्स) संग्रहित भएर रहेका हुन्छन् । थाइमस ग्रन्थिका यी सेलहरुले थाइमोजिम हर्मोन उत्पादन गर्दछन्, थाइमोजिम हार्मोनले शरीर भित्रबाट तथा शरीर वाहिरबाट आउने प्रतिकुलताहरुसंग लड्न तथा शरीरको रक्षा गर्न अत्यावश्यक पर्ने बल अर्थात प्रतिरक्षा शक्ति(एन्टीबडी) बनाउन मद्धत गर्दछ, यसकारण थाइमस ग्रन्थिलाई प्रतिरक्षा प्रणालीको सिहासन(दि थ्रोन अफ इम्युनिटी) पनि भनिन्छ । थाइमस ग्रन्थिका सेलहरु तथा सेलहरुबाट उत्पन्न हुने थाइमोजिम हर्मोन आफैं अत्यन्तै वुद्धिमान हुन्छ, यसले विभिन्न प्रकारका रोगहरुको संक्रमणबाट शरीरको प्रतिरक्षा गर्ने क्रममा आफ्नो शरीरका सेलहरुलाई नोक्सान गर्दैन तथा नष्ट गर्दैन, वाहिरबाट प्रवेश गरेका शरीरकालागि हानिकारक एन्टिजेन सेलहरु मात्र नष्ट गर्दछ तथा मार्दछ, कुन आफ्नो सेल हो र कुन वाहिरबाट प्रवेश गरेको सेल हो भन्ने सजिलै थाहा पाउन तथा पत्ता लगाउन सक्छ र अटो इम्युन रोग(आफ्नै प्रतिरक्षा प्रणालीले आफ्नै सेलहरु नष्ट गर्ने)को बिमारीबाट रक्षा गर्दछ किनकी थाइमोजिम हर्मोनको मुख्य कामनै वाहिरका रोगका संक्रमणहरुबाट बचाव गर्ने तथा शरीरको प्रतिरक्षा गर्ने सेलहरुको उत्पादन बढाउन मद्धत गर्नु तिनलाई स्वस्थ तथा जागरुक राख्नु हो ।
मनुष्यको शरीरमा थाइमस ग्रन्थिको आकार र प्रभाव आमाको गर्भमा भ्रुण अवस्थामा रहदा सबैभन्दा ठूलो र धेरै हुन्छ, यसले भ्रुणको स्वस्थ किसिमले विकास गर्दछ र आवश्यकता अनुसारको वृद्धिमा तिब्रता ल्याउछ । मनुष्यको शरीरमा भू्रणदेखि १५ वर्षको उमेरसम्म घट्दो तथा साँघुरिदो क्रममा थाइमस ग्रन्थि सक्रिय रहन्छ र उमेर बढेसंगै यो निश्क्रिय हुदैजान्छ र वृद्ध अवस्थामा यो बोसो(फ्याट)मा रुपान्तरण हुन्छ । बाल्यवस्थामा सक्रिय रहने ग्रन्थि भएकोले यसलाई बाल ग्रन्थि पनि भनिन्छ । बाल्यवस्थादेखि किशोरावस्थासम्म थाइमस ग्रन्थिको सक्रियता रहने भएकोले यो समयमा शरीरमा प्रोटिनको मात्रा पर्याप्त हुने, शरीरमा पर्याप्त तागत हुने र रोग प्रतिरोधात्मक क्षमता पनि राम्रो हुने भएकोले यो उमेरमा सितिमिति रोगको संक्रमण नहुने, प्रोटिनको पर्याप्त आपूर्तिका कारण खानामा पर्याप्त रुचि हुने, जतिपनि खान सक्ने र जे खाए पनि पच्ने हुन्छ तर उमेर बढेसंगै शरीरमा यो अवस्थामा ह्रास आउदै जान्छ र शरीरको वृद्धि तथा विकास रोकिएर परिपक्वता आउन थाल्छ, विस्तारै युवापन, प्रौढतासंगै वृद्धावस्था आउछ र थाइमस हर्मोनको अभावका कारण बढ्दो उमेरसंगै प्रोटिन र लिम्फोसाइडमा कमी आउने हुनाले शरीरको वृद्धि, विकास र रोग प्रतिरक्षा प्रणाली कमजोर हुदैजान्छ र विभिन्न प्रकारका उमेरजन्य रोगहरुको संक्रमण हुने संभावना बढ्दै जानुका साथै शरीर, मन, भाव, वुद्धि, चेतनामा उमेर अनुसार आउने परिवर्तन, दुर्वलता तथा असहजताहरु देखिन थाल्छन् । यसको अतिरिक्त थाइमस ग्रन्थि खराव, असन्तुलित तथा निष्क्रिय भयो भने यसबाट उत्पन्न हुने थाइमोजिम हर्मोन असन्तुलित हुने हुनाले शरीरकालागि आवश्यक पर्याप्त प्रोटिन र लिम्फोसाइडको अभावका कारण शरीरको आन्तरिक क्षमता र वाहिरबाट आउने रोगहरुको संक्रमणबाट गर्ने प्रतिरक्षा प्रणाली कमजोर हुन्छ र बारबार साना–ठूला सबै प्रकारका रोगहरुका आक्रमणका कारण संक्रमित हुने, अस्वस्थ भैरहने तथा बिरामी परिरहने समस्या हुन्छ । यसो हुनु सामान्य अवस्था हो, प्रौटता तथा बुढ्यौलीसंगै सबैको जीवनमा अनिवार्य रुपमा आउछ यो अवस्था तर यो अवस्थालाई योग–ध्यानका प्रयोगात्मक अभ्यासहरु गरेर, जीवनशैली सुधारेर तथा सक्दो सात्विक बनाएर, शरीरको उर्जाका प्रमुख केन्द्र सात चक्रहरु, पंच कोषहरु, पंच तत्वहरु तथा सात अन्तः श्राबित ग्रन्थिहरुलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित गरेर आफ्नो स्वास्थ्य, शरीर र समग्र जीवनलाई सहज तथा सरल बनाउन सकिन्छ ।
छिट्टै,
अवटु ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनमा यसको भूमिका
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment