#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
६६.सवाल
भौतिक विज्ञान अध्यात्म विज्ञान कै निरन्तरता हो ।
जवाफ
अध्यात्म विज्ञान र भौतिक विज्ञान
अध्यात्म विज्ञान ब्रम्हाण्डका अदृश्य, सुक्ष्म, परालौकिक तथा पराभौतिक(मेटाफिजिकल) विषयहरुको अध्ययन गर्ने विज्ञान हो र भौतिक विज्ञान दृश्य, स्थुल, लौकिक तथा भौतिक विषय–वस्तु(फिजिकल)हरुको अध्ययन गर्ने विज्ञान हो । यी दुई विज्ञानहरुको अध्ययनको विषय फरक जस्तो देखिएको भएपनि भौतिक विज्ञानका अध्ययनका सबै विषयहरु अध्यात्म विज्ञान कै निरन्तरता हुन् किनकी सनातन अध्यात्म विज्ञानका महान षटदर्शनहरुमा खासगरि वेदान्त दर्शन(उत्तर मिमांसा)को अद्वेत सिद्धान्त(मोनजम)ले भौतिक विज्ञानको नवीनतम अत्याधूनिक शाखा प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)ले ब्रम्हाण्डको मूलश्रोत तथा अन्तिम सत्यको सन्दर्भमा गरेको पछिल्लो वैज्ञानिक खोजमूलक अध्ययनको नतिजा वायोसेन्ट्रिजम(जैवकेन्द्रवाद)ले उजागर गरेको विषय– ब्रम्हाण्डमा जेजे छन् ती सबै चेतना हुन्, चेतनाबाटै उर्जा र पदार्थ बन्छ भन्ने आजसम्मको अन्तिम नतिजा दशौं हजार वर्षअघिनै पूर्वीय सनातन अध्यात्म विज्ञानका खोजकर्ता तथा प्राचीन वैज्ञानिक ऋषिमुनिहरुले तत्कालीन परिवेश अनुसार वैज्ञानिक तवरबाट प्रयोगात्मक अभ्यासको माध्यमबाट शतप्रतिशत प्रामाणिकतामा अधारित भएर उजागर गरिसकिएको विषय हो । सनातन अध्यात्म विज्ञानको अद्वेत सिद्धान्तले दशौं हजार वर्षअघिनै स्थापित गरेको ब्रम्हाण्ड तथा अस्तित्वको महाज्ञान– ‘ ब्रम्हाण्डमा जेजे छन् ती सबै चेतना हुन्, ब्रम्हाण्डमा सबै एकत्वमा(अद्वेत) छ, कोहीबाट अलग छैन, केवल एक सामूहिक चेतना अर्थात परमचेतना(सुपरकन्सस) छ र यहीनै अस्तित्व हो, इश्वर अर्थात परमात्मा हो, सृष्टिमा रहेका सबै प्राणी, वनस्पति तथा पदार्थहरुको मूलस्वरुप हो, ब्रम्हाण्डको मूलश्रोत तथा अन्तिम सत्य हो, यही परमचेतना नै उर्जा र पदार्थ बन्छ’ भन्ने स्थापित सिद्धान्तलाई आजको युगको प्रमात्रा भौतिक विज्ञानले युग सान्दर्भिक हुनेगरि फरक प्रकारले तथा नयाँ किसिमका अत्याधूनिक वैज्ञानिक प्रविधि तथा उपकरणहरुको सहयोगमा थप अध्ययन, सोध, खोज, अनुसन्धान गरेर यो सत्यलाई पुनरताजगी गराएको हो, यसकारण पुरानो विषय नयाँ प्रारुप तथा स्वरुपमा आएको तथा ल्याइएको हो, विषय नयाँ होइन मात्र अध्ययनको तौरतरिका नयाँ हो । यसकारण अध्यात्म विज्ञान र भौतिक विज्ञान दवैको नतिजा तथा निष्कर्ष एकै प्रकारको आएको हो, एक सिक्काका दुईपाटा जस्तै ।
उर्जा र पदार्थको सिद्धान्त
सनातन अध्यात्म विज्ञानले दशौं हजार वर्षअघिनै उजागर गरेको तथा सैद्धान्तिक र प्रयोगात्मक रुपमा अध्ययन गर्दै तथा गराउदै आइरहेको छ कि ब्रम्हाण्डमा जम्मा दुई प्रकारका शक्तिहरु रहेकाछन्– ‘उर्जा र पदार्थ’ अर्थात ‘पुरुष र प्रकृति’ अर्थात ‘निराकार र आकार’ अर्थात ‘अव्यक्त र व्यक्त’ अर्थात ‘सुक्ष्म र स्थुल’ अर्थात ‘अदृश्य र दृश्य’ अर्थात ‘आत्मा र शरीर’ विभिन्न सम्वोधनका रुपमा । भौतिक विज्ञानका वैज्ञानिक तवरले प्रयोगात्मक अभ्यास गरेर प्रामाणिक रुपमा सार्वजनिक गरिएका नतिजाहरुले पनि यही विषयलाई उजागर गरेका छन् कि ब्रम्हाण्डमा जम्मा दुई प्रकारका शक्ति रहेकाछन्– ‘इनर्जी र म्याटर’ अर्थात ‘उर्जा र पदार्थ’ । १९औं शताव्दीका युग पुरुष तथा आजसम्मका सबैभन्दा ठूला आधूनिक वैज्ञानिक अल्वर्ट आइन्स्टीनको विश्वकै उत्कृष्ट नोवेल पुरस्कारले सम्मानित सापेक्षतावाद(थेयरी अफ रिलेटिभीटीले) यही विषय उजागर गरेको छ र यो सिद्धान्तले विशेष जोड दिदै भनेको छ कि इनर्जी अर्थात उर्जा र म्याटर अर्थात पदार्थ नष्ट गर्न सकिदैनन्, यी शाश्वत छन् किनकी इनर्जी नै ब्रम्हाण्डको विशेष प्रक्रिया(युनिभर्सल इकोसिस्टम) अनुसार म्याटर बन्छ तथा म्याटरमा रुपान्तरण हुन्छ र म्याटर नै ब्रम्हाण्डको विशेष प्रक्रिया अनुसार इनर्जी बन्छ तथा इनर्जीमा रुपान्तरण हुन्छ । यो भाव हुबहु सनातन वेदको सार महान ग्रन्थ श्रीमद् भगवद् गीतामा उल्लेख गरिएको सनातन अध्यात्मकै मूल भाव हो र अझ रोचक विषय के छ भने, सापेक्षतावादका प्रतिपादक महान वैज्ञानिक अल्वर्ट आइन्स्टीन स्वयंले नै आफूले सापेक्षतावादका विषयहरु श्रीमद् भगवद् गीताबाट प्रेरित भएर प्रतिपादन गरेको हुँ भन्नुभएका प्रमाणहरु पनि पढ्न तथा सुन्नमा भेटिएका छन् । श्रीमद् भगवद गीतामा भगवान श्रीकृष्णले वाचन गर्नुभएको श्लोक– “नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकस् ्र न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतस् ्र्र” (अध्याय २, श्लोक २३), अर्थात आत्मा उर्जा हो जो निराकार तथा अति सुक्ष्म हुन्छ, यो आकार रुप धारण गरेर तथा रुपान्तरण भएर शरीर तथा पदार्थको रुपमा व्यक्त हुन्छ तथा दृश्य रुवरुपमा यस पृथ्वीलोकमा अस्तित्वमा आउछ । पदार्थको स्वरुपमा रहेको शरीरको सीमित समय तथा आयु रहेको हुन्छ र जड पदार्थको रुपमा मानिन्छ किनकी यसको आफैं चल्नसक्ने शक्ति तथा क्षमता हुदैन । उर्जाको स्वरुपमा रहेको आत्मा अमर हुन्छ, यो कहिल्यै मर्दैन, अति सुक्ष्म हुन्छ, पदार्थहरुको पकडमा आउदैन तर आत्मा अर्थात चेतना स्वयं जिवात्माको रुपमा शरीर तथा पदार्थमा रुपान्तरण भएर अस्तित्वमा अृश्य रुपमा प्रकट हुन्छ । आत्मा सुक्ष्म तथा निराकार तत्व भएकोले यसलाई केही कुरा(अस्त्र, आगो, हावा, पानी)ले पनि नष्ट गर्न सक्दैन केवल यसको रुप परिवर्तन हुन्छ उर्जा अर्थात इनर्जी अर्थात आत्माबाट पदार्थ अर्थात म्याटर अर्थात शरीरमा । अर्को शाश्वत सत्य उर्जा र म्याटर सबै पंचतत्व अर्थात पंचमहाभूत(पृथ्वी, जल, अग्नि, वायु, आकाश)बाट निर्मित भएका हुन्छन् किनकी समुच्चा ब्रम्हाण्ड तथा ब्रम्हाण्डमा रहेका सबै सृष्टिहरु अर्थात यहाँ स्थित प्राणी, वनस्पति, पदार्थहरु पंचतत्वबाट निर्मित भएका हुन् र पंजतत्वको अन्तिम श्रोत तथा मूल स्वरुप सबैको सामुहिक चेतना, अस्तित्व अर्थात परमचेतना(सुपरकन्सस्) हो भन्ने नजिजामा पनि अध्यात्म विज्ञान र भौतिक विज्ञानको मतऐक्यता तथा समान मत रहेकोछ ।
छिट्टै,
उर्जा, पदार्थ र पंचतत्वविच रहेको अन्तरसम्वन्ध
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment