#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
६०.सवाल
चक्षु ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनमा यसको भूमिका
जवाफ
पिनियल ग्रन्थिलाई अनेक नामले सम्वोधन गर्ने गरिएको पाइन्छ । सनातन अध्यात्म दर्शनका अनुसार आज्ञा चक्र भु्रमध्य, शिव नेत्र, तेस्रो आँखा भन्ने गरिन्छ । आधूनिक विज्ञान अनुसार पिनियल ग्रन्थिलाई जैविक ग्रन्थि(बायोलााजिकल ग्ल्याण्ड), जैविक घडी(बायोलााजिकल क्लक), स्यान्ड अफ ब्रेन भन्ने गरिएको पाइन्छ । पिनियल ग्रन्थि दुई आँखीभौंको विचको स्थानबाट सिधा मस्तिष्कको भित्र मध्य भागमा स्थित रहेको हुन्छ । यसको तौल १०० देखि १५० ग्राम रहेको पाइएको छ । पिनियल ग्रन्थिले मुख्यतया मनुष्यका दैनिक गतिविधिहरुको रुटिन सेट तथा व्यवस्थित गर्ने काम गर्दछ । मनुष्यको सात वर्षको उमेरसम्म पिनियल ग्रन्थिको विकास हुन्छ, ७ देखि १४ वर्षमा यसको आकार घट्दै जान्छ र १४ वर्षपछि यो ग्रन्थि बिलय भएर मस्तिष्कमा क्यालसियम कार्बोनेट्स र क्यालसियम फस्फेट तथा धूलोका कण अर्थात वालुवामा रुपान्तरण हुन्छ, यसकारण पिनियल ग्रन्थिलाई मस्तिष्कको बालुवा पनि भन्ने गरिन्छ ।
पिनियल ग्रन्थिबाट उत्पन्न हर्मोन्सका कार्यहरु
पिनियल ग्रन्थिले मुख्य रुपमा तीन प्रकारका हर्मोन्सको उत्पादन गर्दछ– (१)सेरोटानीन तथा खुशीको हर्मोन, (२)मेलाटोनीन तथा निद्राको हर्मोन, (३)एन्टी गोनाडियल तथा प्रजनन्का क्रियासंग सम्वन्धित हर्मोन । पिनियल ग्रन्थि तथा यसबाट उत्पादन हुने हर्मोन्सको अवस्था सन्तुलनमा रहेका व्यक्तिहरु जस्तोसुकै समस्या तथा चुनौतिहरु झेलिरहेको अवस्थामा पनि आफूलाई सामान्य राख्न सक्छन्, सामान्य व्यवहार गर्न, हाँस्न, आराम गर्न, राम्ररी निदाउन सक्छन्, आफूलाई परिस्थिति अनुकुल नियन्त्रण तथा अनुशासनमा राख्न र आफ्नो जीवनको मूल उद्देश्यमा एकाकार रहिरहन सक्छन् ।
सेरोटानीन हर्मोन
मनुष्यलाई सहज तथा असहज अवस्थाहरुमा खुशी, शान्ति, आनन्दको अनुभूति गराउनु, प्रतिकुल अवस्थाका चुनौतिहरुको सामना गर्नसक्ने उत्साह प्रदान गर्नु, सुखमा मात्तिने र दुःखमा आत्तिने अवस्थाबाट सन्तुलनमा राख्नु । मनुष्य जीवनका विविध आयाम र तिनका घुम्ति तथा मोहरुमा प्रत्यक्ष रुपमा जोडिएको हुन्छ, उ जुन समयमा जस्ता विषय तथा घटनाहरुसंग जोडिएको हुन्छ उसको शरीरका ग्रन्थिहरुले त्यस्तै प्रकारका हर्मोनहरुको उत्पादन गर्दछन् र त्यसै अनुसार उसले जीवनका ती विषय तथा घटनाहरुलाई सुख तथा दुःखको रुपमा अनुभव गर्दछ । प्रकृतिको सयरमा रमाउदा, परिवार तथा साथी–सम्वन्धिहरुसंग रमाइलो भेटघाट गर्दाको अवस्थामा पिनियल ग्रन्थिले सेरोटोनीन हर्मोन उत्पादन गर्दछ र उसले खुशीको अनुभूति गर्दछ ।
मेलाटोनीन हर्मोन
शरीरका दिन र रातका गतिविधिहरु व्यवस्थि तगर्नु, शरीरको मेटाबोलिजम सक्रिय बनाइराख्नु, निद्रा र जागरणको लय मिलाउनु, त्वचाको रंग व्यवस्थि तगर्नु तथा मुलायम बनाउनु, महिलाहरुको रजश्वला सन्तुलित राख्नु आदि । मेलाटोनीन हर्मोनले मनुष्यलाई निद्रा लागेको अनुभूति दिन्छ र निद्रा लगाउछ । जवसम्म आँखामा उज्यालो प्रकाश परिरहन्छ मेलाटोनीन हर्मोन उत्पादन हुदैन निद्रा लाग्दैन, लागिहाले पनि गहिरो हुदैन । बाल्यकालमा पिनियल ग्रन्थि बढि सक्रिय हुन्छ । सानो बच्चालाई सुतसुत भनेर हल्लाएपछि नै उसको पिनियल ग्रन्थिबाट मेलाटोनीन उत्पादन हुन्छ र बच्चा छिट्टै निदाउछ । मनुष्य हुर्कदै जाने क्रममा पिनियल ग्रन्थिको काम गर्ने क्षमतामा ह्रास आउदै जान्छ, यसकारण उमेर बढ्दै जाने क्रममा निद्रा पनि कम हुदै जान्छ र वृद्धावस्थामा निद्रा अतिनै कम लाग्ने गर्दछ, यो मनुष्यको शरीरको प्राकृतिक अवस्था तथा प्रकृतिक नियम हो, हरेक मनुष्य तथा प्राणीहरुमा यस्तो हुन्छ । पिनियल ग्रन्थि पिटियोटरी तथा पियूष ग्रन्थिको नियन्त्रणमा हुदैन, यो मनुष्यको शरीरको तन्त्रिका प्रणाली(नर्भस सिस्टम) द्वारा नियन्त्रित तथा संचालित हुन्छ । विहान सूर्योदय भएपछि वाहिरको उज्यालो प्रकाशको किरण आँखाको रेटीनामा पर्छ आँखा चिम्लिएकै अवस्थामा आँखाको ढक्कन तथा छाला वाहिरैबाट तव उज्यालो भएको संकेत मस्तिष्कको सबै भन्दा पमुख तथा सबै ग्रन्थिहरुलाई नियन्त्रण गर्ने (मास्टर अफ दि मास्टर) हाइपोथेलेमस ग्रन्थिमा पुग्छ र यहाँबाट सिम्पथेटिक नर्भको माध्यम हुदै यो सूचना पिनियल ग्रन्थिमा आउछ र पिनियल ग्रन्थिले मेलाटोनीन हर्मोन उत्पादन गर्न कम तथा बन्द गर्दछ र व्यक्ति निद्राबाट जाग्छ आफ्नै शरीरको जैविक प्रक्रियाबाट, यो प्रक्रियालाई अंग्रजीमा सर्केडियन रिदम भनिन्छ, मेलाटोनीन हर्मोनको सूर्यको प्रकाशसंग विपरित सम्वन्ध(नेगेटिभ रिलेसन) रहेको हुन्छ । मनुष्यको शरीरका हरेक अंगहरु सूर्य, चन्द्र र ब्रम्हाण्डका अरु पिण्डहरुको चक्र तथा गतिविधिहरुसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्वन्धमा रहेका हुन्छन् र सबैमा भएको सानो–सानो हलचलको प्रत्यक्ष प्रभाव ब्रम्हाण्डका सबैमा पर्दछ । यही भन्छ सन् २०२२ मा नोवेल पुरस्कारबाट सम्मानित भएको क्वान्टम साइन्सको सिद्धान्तहरुमा आधारित ‘बडरफ्लाइ इफेक्ट थेयौरी’ले । र ब्रम्हाण्डको यही चक्रसंगको लय(रिदम)मा मनुष्यको पिनियल ग्रन्थिका गतिविधिहरु चलेका हुन्छन् ।
एन्टी गोनाडियल हर्मोन
१४ वर्षमुनिका बालबालिकाहरुको मस्तिष्कको समुचित विकासमा मद्धत गर्न यौन परिपक्वता (सेक्स म्याचुरीटी इन टेस्टीस और ओभरी) नियन्त्रणमा राख्नु ।
पिनियल ग्रन्थि आकारमा निकै सानो हुन्छ तर मनुष्यको स्थुल शरीर तथा सांसारिक जीवन र सुक्ष्म शरीर तथा पारमार्थिक जीवन र आध्यात्मिक विकासका लागि यो अत्यन्तै महत्वपूर्ण हुन्छ । मनुष्यको स्थुल शरीर तथा सांसारिक जीवनमा पिनियल ग्रन्थिको अलग प्रकारको प्रभाव र कार्यहरु रहेका हुन्छन् शरीर, मन, भाव, वुद्धिसंग सम्वन्धित र पारमार्थिक तथा आध्यात्मिक जीवनमा अलग प्रकारका प्रभाव र कार्यहरु रहेका हुन्छन् सुक्ष्म शरीर, आत्मा अर्थात चैतन्य चेतनासंग सम्वन्धित । स्थुल शरीर तथा सांसारिक जीवन र पिनियल ग्रन्थिको सम्वन्ध यसप्रकार रहेको हुन्छ–
जैविक घडी र मेलाटोनीन हर्मोन उत्सर्जन
पिनियल ग्रन्थिले शरीरको जैविक घडीलाई नियमन गर्ने काम गर्दछ अर्थात मनुष्यको शरीरमा रात र दिनको चक्रमा हुने गतिविधिहरुलाई नियन्त्रण तथा नियमन गर्ने भएकोले यसलाई जैविक घडी(बायोलोजीकल क्लक) भन्ने गरिएको हो । मनुष्यका ज्ञान र कर्म इन्द्रियहरुले गर्ने शरीरका सबै प्रकारका गतिविधिका अनुभवहरु जस्तै भोक, निद्रा, दिशा–पिसाव लागेको सबै अवस्थाहरु थाहा पाउने पिनियल ग्रन्थिको माध्यमबाट हुने गर्दछ अर्थात यी सबै क्रियाकलापहरु शरीरको जैविक घडीको प्रक्रिया अन्तर्गत रहेर पिनियल ग्रन्थिले तय गर्दछ । पिनियल ग्रन्थि फोटो सेन्सेटीभ हुने हुनाले यसले मनुष्यलाई अध्यारोमा निद्रा लगाउने र उज्यालोमा जगाउने काम गर्दछ । मेलाटोनीन हर्मोन अध्यारोमा बढि उत्पन्न हुन्छ त्यसैले मध्यरात्रिमा मनुष्य मस्त निदाउछ र विहान सूर्योदय भएपछि स्वस्फुर्त रुपमा जाग्छ मेलाटानीन उत्पादनको मात्रा घटेको कारण । मेलाटोनीन हर्मोन सूर्यको प्रकाश तथा उज्यालो, अध्यारो तथा समयको गतिसंग चल्ने, मनुष्यको निदाउने तथा जाग्ने र २४ सै घण्टाका अरु गतिविधिहरुबारे जान्ने र तिनको सहि समय निर्धारण गर्न जिम्मेदार रहेकोले यो ग्रन्थिलाई जैविक घडी भनिएको हो । पिनियल ग्रन्थिले राति मेलाटोनीन हर्मोनको उत्पादन बढाएपछि शरीरको तापक्रम घट्छ, व्यक्तिलाई उंग तथा निद्रा लाग्छ, आलस्य हुन्छ, मस्तिष्क र शरीरका हाउभाउ तथा गतिविधिहरु सुस्त हुन थाल्छन्, मेटाबोलोकि प्रक्रिया(शरीरका आन्तरिक प्रणालीहरुको काम) सुस्त हुन्छ र व्यक्ति निदाउछ । यी सबै कामहरु शरीरको जैजिक घडीले गर्दछ ।
बायोलोजीकल सेक्सुअल क्लक र एन्टीगोनाडीयल हर्मोन
पिनियल ग्रन्थिले एन्टीगोनाडीयल हर्मोन उत्पादन गरेर किशोरावस्था शुरु नहुन्जेल बालबालिकाहरुमा यौन चाहना तथा यौन उत्तेजनाका गतिविधिहरुलाई नियन्त्रण गर्ने काम गर्दछ उनीहरुको मस्तिष्कको सहि विकासका लागि, यसकारण पिनियल ग्रन्थिलाई (बायोलोजीकल सेक्सुअल क्लक पनि भनिन्छ) । किशोरावस्था(प्युवर्टी) अवस्थासम्म यौन चाहनामा नियन्त्रण गर्दछ तथा यौन गतिविधिहरुमा परिपक्वता(सेक्सुअल म्याचरीटी) आउन दिदैन, रोकेर राख्दछ । यो अवस्थामा पियुस ग्रन्थिसंग पिनियल ग्रन्थिले विरोधिको काम गर्दछ किनकी पियुस ग्रन्थिले मनुष्यमा सेक्सुअल म्याचुरीटी ल्याउने भूमिका गर्दछ तर १४ वर्षको उमेरसम्म पिनियल ग्रन्थि क्याल्सियम कण तथा वालुवामा रुपान्तरण नहुन्जेलसम्म सेक्सुअल म्याचुरीटी आउनबाट रोक्छ बालबालिकाहरुको मस्तिष्किको सन्तुलित विकास होस भन्ने उद्देश्यका कारण र १४ वर्षपछि तथा किशोर अवस्थामा प्रवेश पश्चात सेक्सुअल म्याचुरीटी आउन प्रारम्भ हुन्छ । उमेर बढ्दै जाँदा मेलाटानीनको उत्पादन र एन्टीगोनाडीयल हर्मोनको उत्पादन घट्दै जाने हुनाले व्यक्तिमा निद्रा कम हुदै जानुका साथै सेक्सुअल म्याचरीटी बढ्दै जान्छ ।
सुक्ष्म शरीर तथा पारमार्थिक जीवन र पिनियल ग्रन्थिको सम्वन्ध यसप्रकार रहेको हुन्छ–
पिनियल ग्रन्थि र आध्यात्मिक पाटो
अध्यात्म विज्ञानले त संधै भन्दै आइरहेकै छ र पछिल्लो समयमा गरिएका आधूनिक विज्ञानका वैज्ञानिक खोजहरुले पनि त्यही कुरा भन्दै आइरहेकाछन् जुन कुरा दशौं हजार वर्षअघि अध्यात्म विज्ञानले उजागर गरिसकेको थियो । मनुष्यको पिनियल ग्रन्थि तथा आज्ञा चक्र अर्थात शिव नेत्र जाग्रित भएपछि यसले एन्टेनाको काम गर्दछ र ब्रम्हाण्डमा भएका तथा तैरीरहेका सूचनाका तरंगहरुसंग सम्वन्ध बनाउन तथा तिनलाई पक्डिन प्रारम्भ गर्दछ । ब्रम्हाण्डमा सनातनदेखिका सबै वास्तविक सत्यहरु फ्रिक्वेन्सी तथा तरंगका रुपमा घुमिरहेका तथा ब्रोडकाष्ट भैरहेका हुन्छन् र जाग्रित पिनियल ग्रन्थिको माध्यमबाट मनुष्यको मस्तिष्कले आफूले चाहेका ब्रम्हाण्डका ती सूचनाका तरंगहरु सुन्न, जान्न, सुघ्न, देख्न, स्वाद लिन, अनुभव तथा अनुभूति गर्न सक्दछ । यो अलौकिक तथा चमत्कारिक काम मनुष्यको सुक्ष्म शरीरका आन्तरीक ज्ञान इन्द्रियहरु(सेन्सरी अग्र्यान्स)ले गर्दछन् जो प्रत्यक्ष रुपमा ब्रम्हाण्डको परम चेतना(सुप्रिम कन्सस)संग जोडिएका हुन्छन्, यो काम मनुष्यको भौतिक तथा स्थुल शरीरका ज्ञान इन्द्रियहरुले गर्न सक्दैनन् किनकी भौतिक शरीरका ज्ञान इन्द्रियहरुको क्षमता सीमित हुन्छ तर सुक्ष्म शरीरका ज्ञान इन्द्रियहरुको क्षमता असीम तथा अनन्त हुन्छ ।
तेस्रो आँखा र यसको आध्यात्मिक शक्ति
वास्तवमै पिनियल ग्रन्थि तेस्रो आँखा तथा शिव नेत्र हो । सनातन अध्यात्म दर्शनका अनुसार सदाशिव निराकार परमात्मा हुन्, स्वयं ब्रम्ह र ब्रम्हाण्डका सर्जक हुन्, उनै ब्रम्हाण्डका दुई स्वरुप– ‘निराकार र आकार’ अर्थात ‘अव्यक्त र व्यक्त’ अर्थात ‘शिव र शक्ति’ अर्थात ‘पुरुष र प्रकृति’ अर्थात ‘भवं र भवानी’ अर्थात ‘यिन र यान’ अर्थात ‘उर्जा र पदार्थ’ अर्थात ‘इनर्जी र म्याटर’ हुन् । मनुष्य स्वयं यिनै दुई स्वरुपमा रहेको छ, उसको पिनियल ग्रन्थि तथा तेस्रो आँखा जाग्रित भएपछि तथा शिव नेत्र खुलेपछि ब्रम्हाण्डमा निरन्तर तैरिरहेका तथा ब्रोडकाष्ट भैरहेका सारा ज्ञानहरु आफू स्वयंले जान्न सकिन्छ, यसकारण पिनियल ग्रन्थि तथा आज्ञा चक्र तथा तेस्रो आँखालाई शिव नेत्र भनिएको हो, शिव यानी ब्रम्ह र ब्रम्हाण्डको सर्जक । पिनियल ग्रन्थि तथा तेस्रो आँखा मनुष्यको निराकार अर्थात अव्यक्त अर्थात शिव अर्थात पुरुष अर्थात भवं अर्थात उर्जा अर्थात इनर्जी अर्थात समग्रमा सुक्ष्म शरीरको आँखा अर्थात नेत्र हो, यसको क्षमता र दायरा असीमित हुन्छ । मनुष्यले योग–ध्यान साधना(खासगरि योगासन, प्राणायाम, ध्यान)को प्रयोगात्मक अभ्यासको माध्यमबाट आफूतिर फर्किएर, आफूभित्रको अन्तरयात्रा गरेर आफ्नो पिनियल ग्रन्थि तथा तेस्रो आँखा जाग्रित गर्न सक्दछ । पिनियल ग्रन्थि तथा तेस्रो आँखा जाग्रित भएपछि मनुष्यलाई स्वस्फुर्त रुपमा ब्रम्हाण्डका चमत्कारिक परालौकिक दिव्य ज्ञान तथा सूचनाहरु प्राप्त हुन प्रारम्भ हुन्छन् । पिनियल ग्रन्थि तथा तेस्रो आँखा तथा शिव नेत्र मनुष्यको आध्यत्मिक शक्तिको केन्द्र हो, हरेक मनुष्यमा पिनियल ग्रन्थि तथा तेस्रो आँखा उसको आन्तरिक शक्ति अर्थात ब्रम्हाण्डिय शक्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेको हुन्छ र ब्रम्हाण्डको आध्यात्मिक शक्ति अर्थात भगवद् चेतना तथा ब्राम्ही चेतना तथा परमचेतनासंग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । जव पिनियल ग्रन्थि तथा तेस्रो आँखा तथा शिव नेत्र जाग्रित हुन्छ तव मनुष्यको आन्तरिक शक्तिको महाविश्फोट हुन्छ, ब्रम्हाण्डिय, रहस्यमय, चमत्कारिक ज्ञानहरु उसको ज्ञातमा आउन थाल्छन् जो सामान्य व्यक्तिहरु अर्थात पिनियल ग्रन्थि तथा तेस्रो आँखा जाग्रित नभएका व्यक्तिहरुमा आउदैनन् ।
पिनियल ग्रन्थि, अध्यात्म विज्ञान र भौतिक विज्ञान
भगवान श्रीशिवको युगमा आजको भौतिक विज्ञान थिएन तर आजको भौतिक विज्ञानको पनि विज्ञान अध्यात्म महाविज्ञान(साइन्स अफ दि साइन्सेस) थियो र आजको आधूनिक भौतिक विज्ञान अलग विषय नभएर सनातन अध्यात्म विज्ञानकै निरन्तरता हो । यस समयको अध्ययन तथा खोजमा पाइएका परालौकिक नतिजाहरु जो प्रभु श्रीशिवद्वारा रचित विज्ञान भैरव तन्त्र, श्वर विज्ञान जस्ता महान ग्रन्थहरुमा उल्लेख गरिएका चक्र तथा ग्रन्थिका ज्ञान, विज्ञान तथा महाज्ञान, विज्ञानकै विषयहरुलाई आजको आधूनिक तथा अत्याधूनिक विज्ञान तथा प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)ले विभिन्न कोणबाट विविध प्रकारले वैज्ञानिक भौतिक प्रयोगहरु(ल्याब्रोटरी टेस्टस्) गरेर बारबार प्रमाणित गरेर देखाएको छ कि शिव नेत्र अर्थात तेस्रो आँखा अर्थात दिव्य चक्षु अर्थात आज्ञा चक्र नै पिनियल ग्ल्याण्ड हो ।
पिनियल ग्रन्थि र व्यक्तिको आन्तरिक क्षमतामा प्रभाव
जो मनुष्य जन्मदै आँखा नदेख्ने(अन्धा) तथा कान नसुन्ने(वहिरा) हुन्छन् तथा पछि विविध कारणले अन्धा तथा बहिरा भएका हुन्छन् उनीहरुको पिनियल ग्रन्थि अत्यन्तै सक्रिय अवस्थामा रहेको हुन्छ । यसकारण उनीहरुलाई एकपटक हिंडेको बाटो, एकपटक लिएको अनुभव, स्वाद, दृश्य, ध्वनि, आहट, आवाज, गन्ध, अनुभव संधै याद रहन्छ, जति ढिलो भएपनि उनीहरुको मस्तिष्कमा ती घटना तथा विषयहरु रेकर्ड भएर रहिरहने कारण उनीहरुले सजिलै थाहा पाउन र पत्ता लगाउन सक्छन् । सेतो छडि लिएर सामान्य मनुष्य झैं हिडिरहेका, पैशाको नोट छामेर बजारमा मोततोल गरिरहेका तथा सरसामग्रीहरु खरीद–बिक्रि गरिरहेका, सार्वजनिक सवारी साधानहरुमा यात्रा गरिरहेका यस्ता फरक प्रकारले सक्षम धेरै व्यक्तिहरु हामी स्वयंले पनि धेरै देख्दै आइरहेका छौं । यो उनीहरुको आन्तरिक क्षमाता उनीहरुमा तेस्रो चक्षु ग्रन्थि तथा पिनियल ग्ल्याण्ड सक्रिय भएको कारणले सम्भव भएको हो । यस्ता गतिविधि तथा यसप्रकारका क्षमता देख्दा हामी सामान्य व्यक्ति अर्थात भौतिक ज्ञान इन्द्रियहरु सक्रिय रहेकाहरुलाई अचम्म र चमत्कारिक लाग्छ तर उनीहरुका लागि यो अत्यन्तै सामान्य विषयहरु हुन् । यसकारण उनीहरुलाई अपांग नभनेर फरक क्षमता भएका मनुष्यहरु भनिएको हो जो अवसर पाएको अवस्थामा सामान्य तथा सपांग व्यक्तिहरु भन्दा निकै तेज, चलाख, वुद्धिमान र विद्वान बन्न सक्छन् र बनेका धेरै उदाहरणहरु हाम्रै समक्ष प्रसस्त छन् ।
पिनियल ग्रन्थिको विकास तथा जागरण
सात वर्षको उमेरसम्म मनुष्यको मस्तिष्क विकासको अत्यन्तै उर्वर समय हो, यो समयमा बालबालिकाहरुलाई योग साधना(योगासन, प्राणायाम, ध्यान) गराइयो भने उनीहरुको मस्तिष्कको विकास अझ चाँढो र प्रभावकारी ढंगले हुन्छ र पिनियल ग्रन्थि सक्रिय तथा जाग्रित हुन अत्यन्तै ठूलो मद्धत मिल्छ । सात वर्षको उमेरसम्म बालबालिकाहरुको अन्तरज्ञानको क्षमता तिब्रगतिमा वृद्धि हुन्छ, यो समयमा सिकाइएको योग साधनाको प्रत्यक्ष सकारात्मक प्रभाव उसको सांसारिक जीवनको विकासमा स्पष्ट रुपमा देखिन्छ । पिनियल ग्रन्थि सक्रिय तथा जाग्रित भएका बालबालिकाहरुमा उसका जन्म–जन्मका प्रतिभा, क्षमता, खुवी, सिर्जनातकता, रचनात्मकता तथा सकारात्मक गुणहरु पनि जाग्रित भएर आउछन् र उसको दैनिक जीवनमा प्रष्फुटित हुदै जान्छन् । उसको जीवन व्यवस्थित, विकसित हुन्छ, उसमा व्यक्तित्व, नेतृत्वको क्षमताको विकास हुन्छ, उसको विचार, आचरण, अनुशासनमा सादगी आउछ, सतकर्म गर्छ, सहयोगी, परोपकारी, सर्वकल्याणको लागि काम गर्ने, सबैलाई आफू सरह ठान्ने, अहंकारीता न्यून भएको एक अत्यन्तै फरक प्रकारको आध्यात्मिक व्यक्तित्वको विकास भएको हाम्रा वैज्ञानिक पुर्खा ऋषिमुनिहरुले परिभाषा गर्नुभएको असल नागरिक बन्छ । हरप्रकारले उसको सांसारिक जीवन पूर्ण बन्छ र यससंगै उसको पारमार्थिक तथा आध्यात्मिक जीवन पनि विकसित हुदै जान्छ र उ क्रमशः आत्मज्ञान, तत्वज्ञान र ब्रम्हज्ञानमा उपलव्ध हुन सक्षम हुन्छ । सात वर्षको उमेरसम्म बालबालिकाहरुलाई गराइएको योग साधनाको प्रभाव अत्यन्तै गहन हुनेहुनाले यो समयमा हासिल गरेको मस्तिष्क तथा पिनियल ग्रन्थिको विकासको उपलव्धि उसको जीवनभरि र जन्म–जन्मसम्मका लागि उपयोगी बन्छ र सदाकालागि उसको आत्मा अर्थात चेतनामा रहिरहन्छ ।
पिनियल ग्रन्थि असन्तुलित हुनुको कारण
हिजोआजको असन्तुलित जीवनशैली– अबेर रातिसम्म बस्ने; अति स्क्रीन सम्वन्धि कामहरुगर्ने तथा स्क्रिनमा आफूलाई व्यस्त राखिरहने; उज्यालोमा बढि बस्ने; बत्ति बालेर उज्यालोमा सुत्ने; राति नसुतेर रातिको साटो स्लीप क्याचअप गर्ने बहानामा दिउसो सूर्य सक्रिय रहेको समयमा सुत्ने जस्ता असन्तुसलित बानी व्यवहारहरु तथा खराव जीवनशैलीका कारण वर्तमान समयका मनुष्यहरुको पिनियल ग्रन्थि असन्तुलित भएको छ तथा बिग्रिएको छ । पिनियल ग्रन्थि असन्तुलित भएको कारण मनुष्यको स्थुल शरीरको जैविक घडी बिग्रिएको छ; निद्रा तथा सुत्ने–जाग्ने समयको लय बिग्रिएको छ र शरीरको प्राकृतिक स्वभाव अलमलिएको छ; किशोर अवस्था १४ वर्ष भन्दा ढिलो तथा चाँढो आउन थालेको छ; प्रजनने तथा यौनका सुस्त तथा अनियन्त्रित हुन थालेको छन्; जीवनबाट खुशी हराउदै गएको छ या ज्यादा तथा असन्तुलित खुशीका कारण आमोद–प्रमोदमा जीवनको अमूल्य समय वरवाद भैरहेको छ आदि । त्यस्तै पिनियल ग्रन्थिको असन्तुलनताले मनुष्यको सुक्ष्म शरीरमा परेको नकारात्मक प्रभावका कारण जीवनमा उत्साह मरेको छ; जीवनको लक्ष्य तथा उद्देश्य हराएको छ; जीवन योजना तथा लक्ष्य विहिन भएको छ; असत्य बोल्ने र मिथ्यालाई साथ दिने बानी बढेको छ; काम थाल्ने तर पूरा नगर्ने तथा काम छल्ने, भोलि–भोलि गर्छु भन्ने र काम टार्ने बानी बढेको छ; संकल्प शक्ति क्षीण हुदै गैरहेको छ जसका जसले जीवनलाई अस्वस्थता, असहजता र असफलता बढिरहेको छ हिजोआजका मनुष्यहरुको जीवनमा ।
पिनियल ग्रन्थि सन्तुलित तथा जाग्रित गर्ने उपाय
योग साधनाका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानहरुको निष्ठापूर्वक प्रयोगात्मक अभ्यास गरेर; जीवनशैली सकारात्मक र व्यवस्थित बनाएर; आफू हरप्रकारले खानपान, विचार तथा कर्ममा शात्विक बनेर; शरीरका ब्रम्हाण्डिय महाउर्जाका मूलशक्ति केन्द्र चक्रहरुको जागरण गरेर; शरीरमा पंचतत्व खासगरि आकाश तत्व सन्तुन तथा जाग्रित गरेर पिनियल ग्रन्थि सन्तुलन गर्न र यसबाट स्वास्थ्य, शरीर र सांसारिक जीवनका विविध आयामहरुको विकास गर्नुका साथै आफ्नो पारमार्थिक तथा आध्यात्मिक जीवनको उच्चतम विकास गर्न सकिन्छ ।
छिट्टै
पियूष ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनमा यसको भूमिका
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment