#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
५७.सवाल
अधिवृक्क ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनका आयामहरुमा यसको भूमिका
जवाफ
मनुष्यको शारीरिक शरीरको नाभि भन्दा मूनि स्वाधिष्ठान चक्रको क्षेत्रमा पर्ने आन्तरिक अंगहरु र यी अंगसंग सम्वन्धित सबै प्रक्रिया, प्रणाली तथा गतिविधिहरु अधिवृक्क ग्रन्थि तथा एड्रिनल ग्ल्याण्ड अन्तर्गत पर्दछन् । एड्रिनल ग्रन्थि मृगौला भन्दा ठिक्क माथि हुन्छ, यस ग्रन्थिको वाहिरी भाग(कोर्टेक्स)बाट तीन प्रकारका हर्माेन्स– (१)एल्डोस्टोरोन हर्माेन्स, (२)कोर्टीसोल हर्माेन्स, र (३)एन्ड्रोजिन हर्माेन्स र भित्री भाग(मेडुला)बाट दुई प्रकारका हर्मोन्स– (४)एड्रिनलिन हर्माेन्स, र (५)नोर एड्रिनलिन हर्माेन्स उत्पन्न हुन्छन् । एल्डोस्टोरोन हार्माेन्सले प्रमुख रुपमा शरीरमा नुन(सोडियम)को अवशोषण, रक्तचाप सन्तुलन, जलतत्व व्यवस्थापन र रगतना पोटासियम उत्सर्जन गर्दछ । कोर्टीसोल हर्माेन्सले ग्लुकोजको नियमन र संतुलन गर्दछ । एन्ड्रोजिन तथा सेक्स हर्मोन्सले पुरुषहरुमा यौनसंग सम्वन्धित गतिविधिहरु(सेक्स एक्टिभिटिज) सन्तुलनमा राख्दछ । महिलाहरुमा यौनसंग सम्वन्धित गतिविधिहरु सन्तुलनमा राख्ने काम गोनाड्स ग्रन्थिमा उत्पन्न हुने एस्ट्रोजिन तथा सेक्स हर्मोन्सले गर्दछ । एड्रिनलिन हर्माेन्सले शरीरभित्रका मुख्य गतिविधिहरु– श्वास–प्रश्वास, मुटुको धड्कन, रक्तचाप, तापक्रम आदिलाई बढाउने काम गर्दछ र नोर एड्रिनलिन हर्माेन्सले यी बढेका गतिविधहरुलाई घटाउने र सन्तुलनमा राख्ने काम गर्दछ ।
एड्रिनल ग्रन्थिका प्रमुख कार्यहरु
यो ग्रन्थिबाट उत्पन्न हुने हर्मोन्सले मुख्य रुपमा शरीरमा रहेको क्यालोरी संचालन(मेटाबोलिजम) तथा उर्जा व्यवस्थापनको काम गर्दछन्; शरीरभरि संचारित भएर काम गर्ने इलेक्ट्रोलाइट्स मिनरललाई सन्तुलित राख्दछ; शरीरको रक्तचाप तथा तापक्रम सन्तुलित गर्दछ; आपतकालीन समयमा आफ्नो बचाउ तथा सुरक्षाकालागि भिड्नेकी भाग्ने भन्ने निर्णय तुरुन्त लिन सहयोग गर्दछ; र तनाव व्यवस्थापन गर्न मद्धत गर्दछ । एड्रिनल ग्रन्थिबाट उत्पन्न हुने प्रमुख हर्मोन्स एड्रिनलिन हर्मोन्स बढि सक्रिय हुदा तथा कम सक्रिय हुदा दुवै अवस्थामा समस्या तथा अस्वस्थताका अवस्थाहरु देखापर्दछन् शारीरिक तथा मानसिक रुपमा महिला र पुरुष दुवैमा । महिलाहरुमा एड्रिनलिन हर्मोन्स ज्यादा उत्पादन तथा बढि सक्रिय हुदा महिलाहरुमा एन्ड्रोजिन(पुरुषमा बढि हुन्छ र हुनैपर्छ) हर्मोन्सको मात्रा बढ्छ र पुरुषहरुमा हुने शारीरिक तथा मानसिक विशेषताहरु देखिन्छन्– चेहरामा रौं आउने, चेहरा तथा शरीर पुरुषको जस्तो कडा हुने, आवाज पुरुषको जस्तो ध्वद्रो(ठूलो) हुने, यौनीक रुपमा महिला भएर महिलाप्रतिनै आकर्षित(समलिंगी/लेजबियन) हुने आदि समस्या तथा अस्वस्थताहरु देखापर्दछन् । पुरुषहरुमा एड्रिनलिन हर्मोन्स बढि सक्रिय हुदा पुरुषहरुमा एस्ट्रोजिन(महिलामा बढि हुन्छ र हुनैपर्छ) हर्मोन्सको मात्रा बढ्छ र महिलाहरुमा हुने शारीरिक तथा मानसिक विशेषताहरु देखिन्छन्– चेहरामा रौं नआउने, चेहरा तथा शरीर महिलाको जस्तो नरम तथा कोमल हुने, आवाज महिलाको जस्तो सुरिलो(सानो) हुने, यौनीक रुपमा पुरुष भएर पुरुषप्रतिनै आकर्षित(समलिंगी/गे) हुने समस्या तथा अस्वस्थताहरु देखापर्दछन् । यसकासाथै महिला र पुरुष दुवैमा शारीरिक रुपमा मोटोपन हुने, रक्तचाप उच्च हुने, रगतमा पोटासियम बढ्ने अर्थात हाइपो कलेमिया हुने, चेहरा फुल्ने तथा गल्फुलो हुने जस्ता समस्याहरु देखापर्दछन् । एड्रिनलिन हर्मोन्स कम उत्पादन हुदा महिला र पुरुष दुवैमा शरीरमा पानीको मात्रामा कमी तथा निर्जलीकरण(डिहाइड्रेसन) हुन्छ र यसको कारण शरीरको तापक्रम कम हुने, रक्तचाप घट्ने, भोक कम लाग्ने, उल्टी हुने, आलस्यता तथा बेचैनी बढ्ने जस्ता समस्याहरु हुन्छन् ।
एड्रिनल ग्रन्थिबाट उत्पन्न हुने सबैप्रकारका हर्मोन्सलाई समग्रमा जीवन रक्षक ग्रन्थि रसायन(लाइफ सेभिगं हर्माेन्स) भनिन्छ किनकी यस ग्रन्थिबाट उत्पन्न हुने एड्रिनलिन हर्मोन्सले आकस्मिक रुपमा जीवन संकटमा परेको समयमा जीवन रक्षा गर्न मद्धत गर्दछ खतरासंग भिड्ने कि खतराबाट भाग्ने सन्दर्भमा तुरुन्त निर्णय लिने क्षमता प्रदान गरेर । अन्य अन्तः श्राबित ग्रन्थिहरुको हर्मोन्स उत्पादन हुने प्रक्रिया र एड्रिनल ग्रन्थिको खासगरि मुख्य मानिने एड्रिनलिन हर्मोन्स उत्पादन हुने प्रक्रिया तथा प्रकृति अलि फरक प्रकारको रहेकोछ । अरु ग्रन्थिहरुबाट नियमित हर्मोन्स उत्पन्न भैरहन्छन् तर एड्रिनल ग्रन्थिबाट एड्रिनलिन हर्मोन्स तव मात्र उत्पन्न तथा श्राबित हुन्छ जव मनुष्यलाई डर,असुरक्षा तथा खतराको अनुभव हुन्छ र आफ्नो बचाउको लागि अव के गर्ने भन्ने अत्यन्तै अत्यासवाला आकस्मिक अवस्था आउछ र यस्तो अवस्थामा उसले उच्च तनोबल र मनोबलका साथ तुरुन्त निर्णय लिनुपर्ने हुन्छ कसरी आफ्नो सुरक्षा गर्ने भनेर । कसैको दुर्घटना हुन लागेको अवस्था, कोही आफूमाथि कुट्न तथा मार्न आइलागेको अवस्था, कसैले आफू तथा आफूसंग सम्वन्धितहरुलाई अपमान तथा हिंसा गरेको अवस्था, हिंसक जनावरहरुको डर भएको अवस्था तथा हिंसक जनावरले खेदेको अवस्था अर्थात कुनैपनि प्रकारका डर तथा असुरक्षा अनुभूत गराउने अवस्थाहरुमा सुरक्षा प्रदान गर्न एड्रिनल ग्रन्थिबाट एड्रिनलिन हर्मोन्स उत्पन्न हुन्छ जसले त्यस्ता आकस्मिक अवस्था तथा परिस्थितिहरुबाट आफूलाई बचाउन परिस्थितिको सामना गर्ने तथा परिस्थितिसंग जुध्ने(फाइट) या सामान गर्न तथा जुध्न नसकिने अवस्था छ तथा जित्न सकिदैन भने त्यो अवस्थाबाट आफूलाई बचाउन त्यहाँबाट भाग्ने तथा उड्ने(फ्लाइट) भन्ने निर्णय लिन शरीरका सम्वन्धित अंगहरुमा रगत पठाएर शरीरलाई तनोबल र मनमा हिम्मत भरेर मनलाई मनोबल प्रदान गर्दछ ।
मनुष्यले आफूलाई कुनै प्रकारले डर तथा असुरक्षा महसुस भैरहेको आकस्मिक परिस्थिति अनुभव गरेको अवस्थामा उसको मन, भाव, वुद्धि, अहंकारमा डर, क्रोध, घृणा, बदलाको भाव उठ्छ, दाह्रा किटिन्छ, भित्रबाट मुर्मरिन्छ, आँखा र शरीरको आउभाउ परिवर्तन हुन्छ । शरीर, मन, भाव, बुद्धि, अहंकारमा यस्ता प्रकारका भाव तथा अवस्थाहरु चलिरहेको बेलामा एड्रिनलिन र कोर्टिसोल हर्मोन्स उत्पन्न हुन्छन् । जतिजति डर, क्रोध, असुरक्षाको तोरा उच्च हुन्छ उतिनै तिब्रगतिमा एड्रिनलिन र कोर्टिसोल हर्मोन्स उत्पन्न हुन्छन् र शरीरभरि फैलिन्छन् । एड्रिनलिन र कोर्टिसोल हर्मोन्स उत्पन्न हुने समयमा यसले शरीरका अन्य ग्रन्थि तथा अंगहरुको जीवन उर्जा जबरजस्ति आफूतिर खिचेर लिन्छन् र ती अंगहरुलाई जीवन उर्जा बिहिन तथा कमजोर गरिदिन्छन् । एड्रिनलिन र कोर्टिसोल हर्मोन्सको उत्पादन आकस्मिक समयमा विशेष परिस्थितिबाट बच्नकोलागि अत्यावश्यक र लाभदायक भएपनि यसमा रहेका हानिकारक तथा विषाक्त तत्वहरुको व्यापकता र तिब्रताले शारीरिक शरीरका हरेक अंगहरुलाई हानि गर्दछन्, शरीरका असंख्य लाभदायक कोषिकाहरु मारिदिन्छन्, स–साना नशाहरु चुडालिदिन्, अल्झालाइ दिन्छन्, समवेदनशील तन्त्रिका प्रणालीहरु खलबलाइ दिन्छन्, मांसपेशीहरु च्यातिदिन्छन्, हड्डि र अस्थिमज्जाबाट रसहरु सोसेर लिन्छन् र शरीरलाई अस्वस्था तथा बिमारीको अवस्थामा पुर्याउछन् । यसकारण एड्रिनलिन र कोर्टिसोल हर्मोन्स उत्पन्न भएको समयमा शरीरमा रक्तचाप उच्च हुन्छ, मुटुको धड्कन छिटो–छिटो चल्छ, श्वास–प्रश्वास छिटो–छिटो तथा छोटो–छोटो हुन्छ, शरीरको तापक्रम बढ्छ, आँखा–कान–गाला–नाकहरु राताराता हुन्छन् यस क्षेत्रमा रगतको प्रवाह अत्यधिक बढेको कारण । यस्तो अवस्थामा व्यक्तिलाई भोक–प्यास नलाग्ने, पेट गडबढ हुने, टाउको तथा अधा दुख्ने, ज्वरो आउने, डर तथा असुरक्षाको महसुस भैरहने, मन बेचैन हुने, अशान्ति छाइरहने, स्मरण क्षमता क्षीण हुने, जोस–जाँगर–हिम्मत–उत्साह मर्ने जस्ता समस्याहरु देखिन्छन् । यसकारण, तत्कालीन समयको खतरा तथा आकस्मिक असुरक्षाको अवस्था टार्न तथा खतराको परिस्थितिबाट आफूलाई बचाउन तथा सुरक्षित अवस्थामा पर्याउनका लागि अत्यन्तै आवश्यक भएपनि शरीरमा लामो समयसम्म यस्तो अवस्था बनिरहनु तथा एड्रिनलिन र कोर्टिसोल हर्मोन्स उत्पन्न भैरहनु स्वास्थ्य, शरीर र समग्र जीवनका सबै आयामहरुका लागि अत्यन्तै हानिकारक हुन्छ किनकी यो अवस्थाले मनुष्यको शरीर, प्राण, मन, भाव, वुद्धि, चेतनाबाट जीवन उर्जाको तह तिब्रगतिमा क्षिण गर्दछ र पर्याप्त जीवन उर्जाको अभावमा तत् तत् अंगहरुसंग सम्वन्धित समस्या, असन्तुलन तथा अस्वस्थताका लक्षणहरु देखिन प्रारम्भ हुन्छन् र बिस्तारै व्यक्ति शारीरिक, मानसिक, वौद्धिक तथा चेतनात्मक रुपले बिरामी तथा रोगी हुन्छ ।
एड्रिनल ग्रन्थि सन्तुलित गर्ने उपाय
जीवनमा आफ्नो नियन्त्रणमा भएका घटना तथा विषयहरुबाट यस्ता प्रकारका डर, क्रोध, अपमान, घृणा, असुरक्षाका अवस्थाहरु सिर्जना गर्ने परिस्थिति बन्न नदिनु नै पहिलो उपाय तथा उपचार हो । यसकालागि जतिसक्दो आफ्नो जीवनशैली सहज, सरल, सफल, हरप्रकारले सुरक्षित, अनुशासित, मर्यादित, उत्तरदायि बनाएर आफूभित्र सतविचार, सत्कर्म, सवकल्याणको भाव भर्नु अत्यावश्यक हुन्छ । योग साधनाका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानहरुको अनुशरण गर्दै तीन ‘स’– सतसंग, साधना, सेवा र तीन ‘र’–आहार, विहार, विचार लाई सहि र सशक्त बनाएर आफ्ना हरप्रकारका बानी व्यवहारहरुमा सादगी ल्याएर र आफ्नो जीवनशैली सात्विक बनाएर सुक्ष्म शरीरका चक्रहरु, कोषहरु तथा स्थुल शरीरका तत्वहरु, ग्रन्थिहरु शुद्ध, स्वस्थ, सक्रिय, जाग्रित, सन्तुलित, व्यवस्थित तथा विकसित अवस्थामा राख्नु सबैभन्दा प्रभावकारी उपाय हो एड्रिनल ग्रन्थि तथा यसबाट उत्पन्न हुने हर्माेन्सलाई सन्तुलित अवस्थामा राख्न र आफ्नो स्वास्थ्य, शरीर र जीवनका समग्र आयामहरु व्यवस्थित र विकसित गर्नकालागि ।
छिट्टै,
अग्नासय ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनमा यसको भूमिका
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment