Sunday, 1 March 2026

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

 डा. सिर्जना भण्डारी                                                      

                                        #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

७८.पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

इशाको १८औं शताव्दीको उत्तरार्धदेखि १९औं र २०औं शताव्दीमा दक्षिण एशिया क्षेत्रका भारत, नेपालका सनातन हिन्दु धर्म तथा सम्प्रदायमा पूनरजागरण(रेनेशा) तथा नवजागरणको युग प्रारम्भ भयो र यही कालखण्डलाई पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहरका रुपमा मानिएको छ । यूरोपमा १४औं शताव्दीमै आएको पूनरजागरण कालखण्ड दक्षिण एशिया खासगरि नेपाल र भारतमा किन १९औं शताव्दीमा यति ढिलो आयो भन्ने सवाल जोडिन पनि सक्छ । सबैभन्दा पहिला यूरोपको इटलीमा राजनीतिमा अत्यन्तै धेरै धर्म हावी भएको कारण राजनीतिलाई धर्मबाट अलग राख्न र धर्मलाई अलि उदारवादतिर ढाल्नका लागि पुनरजागरण अभियान प्रारम्भ भएको थियो । तर दक्षिण एशियाको सन्दर्भ यो भन्दा अलि फरक रहेको छ, अंग्रेजहरुको राजनीतिकका साथसाथ सांस्कृतिक विस्तारवाद तथा इशाइहरुको धर्म परिवर्तन गराउने बदनियत विरुद्ध लड्नका लागि दक्षिण एशियामा पुनरजागरणको अभियान प्रारम्भ भएको थियो । सर्वप्रथम व्यापार व्यवसाय गर्ने बहानामा अंग्रेजहरु दक्षिण एशियाको भूमिमा आएका थिए र यस क्षेत्रको सरलताको फाइदा उठाउदै ृनीहरुले आफ्नो प्रभाव तथा कब्जा बढाउदै लगे र विस्तारै आधूनिक आणविक र सैन्यशक्तिको बलले अधिकांस क्षेत्रफल हडपेर पूरै दक्षिण, दक्षिण–पूर्वी एशिया र पश्चिम एशियाका केही क्षेत्रहरुमा समेत आफ्नो औपनिबेसिक विस्तारवाद फैलाए र त्यस क्षेत्रका स्थाइ वासिन्दाहरुमाथि दमनको राजनीति बढाउदै क्रमशः राजनीतिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक औपनिवेशिक अभिष्ट बढाउदै पूर्वीय सनातन समाजमा अनियमितता, शोषण र अत्याचार बढाउदै लगे । सनातनीहरुमाथि अनियमितता, शोषण र अत्याचार गर्ने काममा विशेषगरि यस क्षेत्रमा आएका इशाइ मिसनरीहरुले इसाइ अर्थात क्रिश्चियन धर्मका गतिविधिहरुलाई सक्रिय बनाउदै लगे कल–छल–बल–प्रलोभनको रणनीति अपनाएर सनातन हिन्दुहरुलाई इशाइ धर्ममा रुपान्तरण गराएर । यसप्रकारको शक्ति र बदनियतको राजनीतिमा सनातन धर्मावलम्विहरु म्ुस्किलमा परे कि अव कसरी इशाइ बलमिच्याइपूर्ण हस्तक्षेपबाट आफू, आफ्ना नयाँ पुस्ता र आफ्नो आदर्श, धर्म–संस्कृति, आफ्ना मूल्य–मान्यताहरुलाई बचाउने र आफ्नो समुदाय तथा सम्प्रदायमा स्थापित गरिराख्ने भन्ने सन्दर्भमा । अंग्रेजहरुको चरम दबदबाका कारण तत्कालीन समयमा हरप्रकारले शक्तिशाली रहेको इशाइ धर्मसंग आफ्नो रक्षार्थ कसरी लड्ने, भिड्ने र आफ्ना सनातन धारणा, सिद्धान्त, दर्शनहरुलाई कसरी निरन्तरता दिरहने भन्ने अत्यन्तै ठूलो चुनौति तथा चिन्ता अगाडि आएको थियो सनातन समुदाय तथा सम्प्रदाय समक्ष र उपयुक्त चिन्तनको आवश्यकता थियो । इशाइहरुले सनातन समाजका विभिन्न जात–जाति, समुह, समाज तथा सम्प्रदायका मानिसहरुलाई निरन्तर भडकाइरहेका थिए हिन्दु धर्मबाट इशाइ धर्ममा धर्म परिवर्तन गराउनका लागि । यसक्रममा उनीहरुको पहिलो बदनियतपूर्ण रणनीति रहेको थियो तत्कालीन सनातन समाजको अनेकता अर्थात विभिन्न पन्थ तथा सम्प्रदायमा विभाजित रहेको अवस्था; ३३ कोटी देवीदेवता मान्ने तथा धर्म विभाजित रहेको तथा धर्ममा एकता नभएको अवस्था; जातिभेद, छुवाछुत, लिंगभेद, वर्गभेद आदि विषयहरु व्याप्त रहेको अवस्थामा विभिन्न तर्क तथा कुतर्कहरु गरेर सोझासादा सनातनीहरुलाई उनीहरुकै सनातन धर्म र सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यताहरु विरुद्ध अनावश्यक रुपमा भड्काएर; नभड्कीनेहरुलाई नगद तथा जिन्सीको प्रलोभन दिएर; प्रलोभनमा नआउनेहरुलाई दण्डीत गर्ने धम्की दिदै तर्साएर; धम्की तथा तसाईबाट पनि प्रभावित नहुनेहरुलाई हिंसा प्रयोग गरेर तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा दण्डित गरेर; सनातन धर्मका भगवान तथा देवी–देवतहरुको मौखिक र व्यवहारिक रुपमा अपमान गरेर; वैदिक यज्ञ तथा अनुष्ठानहरु विथोलेर; सनातन शास्त्रहरु च्यातेर तथा यज्ञमा डढाइदिएर नोक्सान पुर्याउदै उनीहरुले गर्नसक्ने जति सबैप्रकारका विनासकारी हतकण्डाहरु अपनाएर अत्यन्तै त्रासको अवस्था निर्माण गरेर क्रुर ढंगले सनातनीहरुलाई धमाधम हिन्दु धर्मबाट इशाई धर्ममा परिवर्तन गराइरहेका थिए तिब्रताकासाथ किनकी राजनीतिक विस्तारवादमा उत्रिएका अंग्रेज तथा इशाइहरुको मुख्य उदेश्य संसारभरि आफ्नो दबदबा बढाउनु र इशाइ अर्थात क्रिश्चियन धर्म तथा सम्प्रदायलाई विश्वभरि विस्तार गर्नु तथा फैलाएर अरु धर्महरुलाई निस्तेज गर्नु थियो । 


यस्तो अत्यन्तै मुस्किल घडिमा केही ज्ञानी तथा वौद्धिक बुज्रुक सनातनीहरुले सनातन धर्मलाई यस्तो अवस्थाबाट बचाएर आफ्ना मूल्य–मान्यताहरु अरुलाई मास्न दिनु हुदैन भन्ने दृढ संकल्पकासाथ सनातन धर्मलाई एउटा नयाँ स्वरुप प्रदान गर्ने ऐतिहासिक साहसिक निर्णय गरे ताकि पश्चिमी इशाइधर्मी, अंग्रेज तथा पाश्चात्य दर्शनको सामुन्य आफ्नो सनातन धर्म तथा सम्प्रदायका मूल्य–मान्यताहरु र आफ्ना धार्मिक तथा सांस्कृतिक विषयहरु राम्ररी, स्पष्टसंग, मजबुत ढंगले राख्न सकियोस् । सनातन धर्म तथा सम्प्रदायमाथि आएको यस्तो चुनौतिपूर्ण अवस्थाको सामना गर्न निर्माण गरिएका सनातनीहरुले सामुहिक रुपमा प्रारम्भ गरेका रणनीतिहरुलाई नव वेदान्त(नियो वेदान्त) तथा नव हिन्दुवाद(नियो हिन्दुइजम) शव्दावलीहरुले सम्वोधन गर्न थालियो । ‘नियो वेदान्त’ शव्दले सम्वोधन पहिलोपटक पश्चिमी विद्वान पौल हेकरले दिएका थिए व्यंग्यको रुपमा किनकी उनी सनातनीहरुको एकता तथा एकरुपताको गठबन्धनसंग रिसाएका थिए र रिसाएर खिस्याएको शैलीमा सनातनीहरुको तत्कालीन पुनरजागरण अभियानलाई नव वेदान्त तथा नव वेदान्तवाद भनेका थिए । यसप्रकारको एकजुटले इशाईहरुलाई सनातन हिन्दुहरुलाई इशाइमा धर्मान्तरण गर्न मुस्किल परिरहेको थियो अर्थात उनीहरुको अभिष्टमा ठेस लागिरहेको थियो । किनकी छरिएको अवस्थामा रहेका सनातन हिन्दुधर्मीहरुमा प्रभाव पार्न र धर्म परिवर्तन गर्न इशाईहरुलाई सजिलो थियो । पूनरजागरण तथा नव वेदान्त अभियानको सबैभन्दा पहिलो समुह ‘ब्रम्ह समाज’ थियो र यस समुहको नेतृत्व राममोहन रायले गर्नुभएको थियो । राम मोहन राय र वहाँले नेतृत्व गर्नुभएको ब्रम्ह समाज समुहमा इसाइ धर्म तथा सम्प्रदायको पनि प्रभाव रहेको थियो, वहाँले हिन्दु र इशाई धर्मका मूल्य–मान्यताहरु लिएर एउटा नयाँ सिद्धान्त बनाउनु भएको थियो र यस सिद्धान्त तथा अवधारणा अन्तर्ग रहेर ब्रम्ह समाज समुहले इशाई तथा अंग्रेजहरुले बारबार नकारात्मक किसिमले आवाज उठाइरहेका तथा उछालिरहेका सनातन हिन्दु धर्मका विषयहरु– सनातन समाज अनेकता अर्थात विभिन्न पन्थ तथा सम्प्रदायमा विभाजित रहेको; ३३ कोटी तथा करोड देवीदेवता मान्ने; धर्म विभाजित रहेको तथा धर्ममा एकता नभएको; जातिभेद, छुवाछुत, लिंगभेद, वर्गभेद व्यापक रहेको आदि भेदभाव, कुरीति तथा अन्धविश्वासका विषयहरुलाई क्रमशः खारेज गर्ने र त्यसमा सक्दो सुधार ल्याउने प्रयास प्रारम्भ गर्यो । यसपछि देबेन्द्रनाथ टैगोरले पुरनरजागरण अभियानलाई अगाडि बढाउनु भयो । समय बितेसंगै यो अभियान पुस्तानतरण हुदैगयो र पछिल्लो पुस्तामा केशव चन्द्र सेनको प्रादुर्भाव भयो जो यस पूनरजागरण अभियानका निकै प्रभावशाली र लोकप्रिय अभियन्ता बन्नुभयो । नव वेदान्तवाद तथा पूनरजागरणका यी तीन महानायकहरुको गठबन्धनको अभियानले बंगालमा पहिलो पटक एउटा सांगठनिक अवधारणा प्रतिपादन गर्यो जसले महान वक्तव्य जारी गर्दै भन्यो, सनातन समाजमा जतिपनि अलग–अलग समाज, समुदाय तथा सम्प्रदायहरु छन् ती अलग–अलग नभएर सबै एउटै सनातन हिन्दु धर्मका अभिन्न अंग हुन् । यसप्रकारको तर्कका कारण यो अभियानलाई नव हिन्दुवादको संज्ञा प्रदान गरियो । सबै समाज, समुदाय तथा सम्प्रदायहरुलाई एकत्वमा ल्याएर नव हिन्दुवादको अभियानमा समेटेपछि यसअघि रहदै आएका जात–जाति, लिंग–लैंगिकता, उच–निच तथा छुवाछुत जस्ता भेदभावहरु हटाएर सबैलाई समान व्यवहार गर्ने र सम्मान प्रदान गर्ने रणनीति प्रारम्भ गरियो ताकि सनातन हिन्दु धर्ममा कुनै छुवाछुत, भेदभाव, असमानता, कुरीति तथा अन्धविश्वास देखाएर तथा यिनै अवस्थाहरुलाई कारण बनाएर भड्काएर, झुक्याएर, प्रलोभन दिएर इशाईहरुले कोही सनातनीहरुलाई आफ्नो धर्म–संस्कृति त्यागेर इशाई धर्म धारण गर्न बाध्य बनाउने अवस्था अव आइन्दा नबनोस् किनकी यो समयमा अनेक हतकण्डाहरु अपनाएर इशाईहरुले सनातनीहरुको धर्म परिवर्तन गर्ने अभियानलाई तिब्र बनाएका थिए र यस नव हिन्दुवाद अभियानको मूल लक्ष्य यसरी जथाभावी किसिमले भैरहेको धर्म परिवर्तन रोक्नु थियो । नव हिन्दुवादको अवधारणा र प्रभावकारी कार्यसंगै सनातन समाजमा एकत्व बढ्दै गयो र देशभरिका सबै समुह, समाज, समुदाय तथा सम्प्रदायहरुले आफूहरु सबै एक रहेको र समग्र सनातन हिन्दु धर्मको अभिन्न अंग रहेको स्वीकार गरे र यस अभियानमा दृढ संकल्पकासाथ जोडिए र यो अभियान अझ जोडतोडको अभियान लिएर अगाडि बढ्यो । 



स्वामी विवेकानन्दको प्रादुर्भाव

पछिल्लो पुस्तामा नव वेदान्त तथा नव हिन्दुवादमा अर्को महत्वपूर्ण कडिका रुपमा यस अभियानका अत्यन्तै प्रखर अभियन्ता बनेर नरेन्द्रनाथ दत्तको प्रादुर्भाव भयो र वहाँले पुनरजागरण तथा नव वेदान्त अभियानमा निकै महत्वपूर्ण योगदान पुर्याउनु भयो । वहाँनै पछि गएर विश्वको पश्चिम भूगोलमा पूर्वीय सनातन दर्शनको विगुल फुक्ने र पाश्चात्य जगतमा पूर्वीय सनातन दर्शनको विस्तार गर्ने महान नायक तथा अभियन्ता स्वामी विवेकानन्दका रुपमा परिचित हुदै विश्वविख्यात र लोकप्रिय सनातनी एवं नव वेदान्त तथा नव हिन्दुवादका प्रमुख प्रतिकका रुपमा सावित हुनुभयो विदेशी तथा पश्चिमाहरुका लागि समेत । शुरुका दिनमा नरेन्द्रनाथले पुनरजागरण अभियानका समुहहरुसंग मिलेर काम गर्नुभयो र पछि सनातन हिन्दु धर्मका महान व्यक्तित्व परमहंस रामकृष्णसंग सहकार्य गरेर, वहाँका शिष्य स्वामी विवेकानन्दका रुपमा सनातन समाजको पुनरजगरण तथा पुनरउत्थानको अभियानमा समर्पित अवधारण नव वेदान्त तथा नव हिन्दुवाद अन्तर्गत रहेर पूर्वीय सनातन दर्शनको विकास तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनुभयो । आफ्ना गुरु परमहंस रामकृष्णसंग भेटदाको पहिलो संवाद नै निकै दार्शनिक शैलीबाट प्रारम्भ भएको वहाँहरुविच भएको दार्शनिक संवादको रोचक प्रसंग निकै चर्चित रहेको छ सनातन समाजमा । नव वेदान्त अवधारणमा स्वामी विकानन्दले अझ महत्वपूर्ण र धेरै सान्दर्भिक विषयहरु थप्नु भयो र पछि गएर वहाँलाईनै नव वेदान्त दर्शनका प्रणेताको श्रेय दिइयो र सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहरमा प्रतिपादित भएको नयाँ अवधारणा तथा सिद्धान्त नव वेदान्त दर्शनको रुपमा लोकप्रिय बन्यो । यसपश्चात पुनरजागरणबाट प्रारम्भ भएको नव हिन्दुवाद तथा नव वेदान्तमा धेरै व्यक्तित्वहरु जेडिनुभयो । सनातन समाजको उच्च व्यक्तित्व तथा स्वाधितनता संग्रामका नेतृत्वकर्ता स्वामी अरविन्द घोष नव वेदान्त अभियानमा जोडिनुभयो । वहाँको स्वाभाव दार्शनिक प्रकृतिको भएकोले पछि वहाँ आफैंले नयाँ अवधारणा तथा दर्शनको प्रतिपादन गर्नुभयो जुन ‘पूर्ण योग दर्शन’को नामबाट चिनिन्छ, कतैकतै वहाँको यो दर्शनलाई ‘पूर्ण अद्वेत दर्शन’ पनि भनिएको छ । यसपछि अर्को महान व्यक्तित्व सन्त राजनीतिज्ञ महात्मा गान्धी यस नव वेदान्त अभियानमा जोडिनु भयो । श्रीमद भगवद् गीताका अनन्य सेवक र यसउपर विभिन्न भाष्यहरु लेख्नुभएका प्रखर आध्यात्मिक तथा धार्मिक व्यक्तित्व महात्मा गान्धी दार्शनिक व्यक्तित्व हुनुहुन्छ र नव वेदान्त र वैष्णव वेदान्त दुवै दर्शनको सेवक रहनु भएको हुनाले वहाँको दर्शनले पनि नव वेदान्त दर्शनमा एक महत्वपूर्ण स्थान ओगटेको छ । यस पंतिmमा अर्को नाम जोडिन्छ डा. सवपली राधा कृष्णनको, वहाँको अवधारण तथा दर्शन पनि नव वेदान्तनै हो । केही हदसम्म ‘आर्य समाज’का संस्थापक र ‘सत्यार्थ प्रकाश’का प्रणेता दयानन्द सरस्वतीको दर्शन पनि नव वेदान्त तथा नव हिन्दुवादसंग निकट रहेको पाइन्छ ।


पूनरजागरणबाट प्रारम्भ भएको सनातन अभियान नव हिन्दुवाद तथा नव वेदान्तसम्म आइपुग्दा यसका सबै उपलव्धिहरुको नतिजास्वरुप अत्यन्तै महत्वपूर्ण विषय तथा नयाँ शव्दावली राष्ट्रियतावाद(नेसनालिजम) तथा समानतावाद(इक्वालिजम)को उदय भयो र यो तत्कालीन समाजको उत्थान तथा विकासका ालागि अत्यन्तै महत्वपूर्ण अवधारण थियो र स्वतन्त्रता संग्राममा विजयको महत्वपूर्ण सारथी पनि बन्न सफल भयो । यी सबै अभियान, अवधारणा तथा दर्शनहरुको मूल उद्देश्य अलग–अलग रुपमा छरिएर रहेका सबै सनातन हिन्दु धर्मावलम्विहरुलाई एकसुत्रमा ल्याएर आफ्नो समुह, समुदाय, समाज, सम्प्रदाय, धर्म, संस्कृति, संस्कार, परम्परालाई वाहिरीयाहरुको स्वार्थपूर्ण नजरबाट जोगाउनु र बलियो बनाउनु थियो र यहाँसम्म आइपुग्दा पूर्वीय सनातन दर्शनको विकास तथा प्रवद्र्धनमा सनातन समाजको यो महान र महत्वपूर्ण उद्देश्य पूरा भयो ।     
       

नव वेदान्तको आवश्यकता किन भयो

आदिगुरु शंकराचार्यको अद्वेत वेदान्त दर्शनलाई अनुशरण गर्ने धेरै अनुयायीहरु आफू जीवनयापन गरिहेको यस जीवन र जगतलाई भ्रम, माया, मिथ्या, निस्सार तथा बिना अर्थको मान्दथे । यदि यो जीवन र जगत सबै मिथ्या छ, असत्य छ, यसको कुनै अर्थ छैन भने जीवनमा केकोलागि मेहनेत गर्ने, किन संघर्ष गर्ने, व्यक्ति, समाज, धर्म–संस्कृति, देशलाई किन स्वन्त्रता चाहियो, किन विकास चाहियो, केको पीर, किन चिन्ता, के विदेशी, के स्वदेशी, के जात, के वर्ण, के वर्ग, के प्रगति, के सफलता, के साथीसंगत, के प्रेम, के परिवार, के सन्तान, के देश, के प्रकृति, के मानवीयता... आदिका विषयमा सबैतिर उदाषी तथा निराशा छायो किनकी जव केही पनि सत्य छैन भने जीवनमा केकोलागि दुःख तथा संघर्ष गर्ने, किन गर्ने । मानिसहरुको सोच तथा जीवन यस्तो निराशाजनक तथा लक्ष्यविहिन हुदैगएकोले सनातन समाजमा युग सान्दर्भिक हुनेगरि सुधारीएको अवधारणा नव वेदान्त दर्शनको आवश्यकता महसुस भयो किनकी जीवनमा स्वतन्त्रताको लडाइ लड्न, जीवनमा केही प्राप्तिको लागि अध्ययन गर्न, पेशा–व्यवसाय गर्न, मेहनत गर्न यो संसार तथा जगतमा जीवन जिउने हामी मनुष्यलाई आफ्नो जीवन र जगत सत्य लाग्नुपर्छ अनि बल्ल हरकोहीमा केही गर्ने जोश र प्रेरणा जाग्दछ, झूठो संसार, झुठो जीवनका लागि मेहनत तथा संघर्ष गर्न अन्तरमनदेखि अपनत्व भावका साथ कोही पनि तयार हुदैन । यसकारण सनातन समाजका सबै सनातनीहरुमा तत्कालीन परिस्थितिमा स्वतन्त्रताकालागि लड्न, सबैमा सन्तुलनता, समानता तथा व्यवस्थापन मिलाउनकालागि मानिसहरुमा जोश, प्रेरणा तथा आत्मवल जगाउन नव हिन्दुवाद, नव वेदान्तवाद, राष्ट्रियतावाद तथा समानतावादको अवधारणा तथा आवश्यकता महसुस भयो र यसको प्रादुर्भाव भयो । नव हिन्दुवाद, नव वेदान्तवाद, राष्ट्रियतावाद तथा समानतावादले देशको स्वतन्त्रता संग्रामको सफलतामा निकै बल पुर्यायो र देश तथा देशका नागरीकलाई २०० वर्ष पुरानो विस्तारवादी निरंकुश अंग्रेज सत्ता र मौका परस्त इशाईहरुको कुनियतबाट सदाकालागि स्वतन्त्रता मिल्यो र यो उपलव्धि संगै पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर यहीं समाप्त भयो र नयाँ प्रकारको छैठौं लहरको प्रारम्भ भयो स्वतन्त्र भएको नयाँ समाज संगसंगै ।    


छिट्टै, विस्तारमा

(६)छैठौं लहर– नवयान, जे. कृष्णमूर्ति, ओशो रजनीश लगायत (अंग्रेजबाट स्वतन्त्र भएपछि वर्तमानसम्म, सन् १९५० यता...)

                                                               शिवोहम् योगपीठ



   


No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...