डा. सिर्जना भण्डारी
#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
८०.पूर्वीय सनातन दर्शन तथा धर्मले सामना गरेका चुनौतिहरु
(१)वैदिककालको अन्त्यमा वर्णव्यवस्था र जातियताका चुनौतिहरु आइपरे
(लगभग इशापूर्व १५००–१०००)
सनातन दर्शन, सनातन धर्म र हिन्दु धर्मको अन्तरसम्वन्ध
सनातनको शव्दको भावार्थ तथा शाव्दिक अर्थ हो कहिल्यै शुरु नभएको र कहिल्यै अन्त्य नहुने तथा कहिले शुरु भएको हो भन्ने थाहा नभएको र कहिले अन्त्य हुन्छ भन्ने पनि थाहा नभएको अवस्था हो अर्थात न आदि न अन्त्य दुवै अवस्थाको जानकारी नभएको परिस्थिति हो । सनातन दर्शनको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा सनातन धर्मबाट हिन्दु धर्ममा रुपान्तरण भएको इतिहास र ती कालखण्डमा भएका गतिविधिहरु बडो रोचक रहेका छन् । लगभग आजभन्दा ४००० वर्ष अघितिरको कालखण्डमा सनातन दर्शन तथा धर्मका मूल्य–मान्यताहरुका आधारमा जीवनयापन गरिरहेका सनातन समाजको सभ्यता विकसित थियो, मनुष्यहरु समृद्ध थिए, यसकारण संसारका अरु समाजका मनुष्यहरु यसप्रति आकर्षित थिए । तत्कालीन समयमा सनातन समाजको स्थाइ बसोवास वर्तमान समयमा दक्षिण एशियाली मुलुक पाकिस्तानको भौगोलिक सिमानाभित्र पर्ने सिन्धुनदि(इन्डुस रिभर पनि भनिन्छ)को आसपास रहेको सिन्धु उपत्यका(इन्डुस भ्याल्ली पनि भनिन्छ)मा रहेको थियो । फारसी(पर्सियन वर्तमामा इरानी)हरुले सिन्ध उपत्यकामा रहेको समृद्ध सनातन मानव समाज र उक्त भौगोलिक क्षेत्रलाई हत्याउने दृष्टिकोणले आक्रमण गर्यो र तहसनहस तथा अस्थिर पारिदियो । तत्कालीन युद्धकालमा पहिलो पटक फारसीहरुले हिन्दु शव्दको प्रयोग गरेका थिए किनकी उनीहरुको भाषामा ‘स’ अक्षर तथा उच्चाहरण थिएन ‘ह’ उच्चाहरण गर्थे । उनीहरुले सिन्धु नदि आसपास रहेको सिन्धु उपत्यकालाई ‘हिन्दु’ उपत्यका भनेर उच्चाहरण गरे र त्यस क्षेत्र तथा स्थानलार्ई हिन्दुस्थान उच्चाहरण गरे, यसैकारण भारतको अर्को नाम हिन्दुस्तान रहेको भनिन्छ र इन्डुस उपत्यकासंग सम्वन्धित रहेको छ इन्डिया र इन्डियन उच्चाहरण चलनचल्तीमा रहनुमा । फारसीहरुले हिन्दुस्थानमा बसोवास गर्ने मानव समुदायलाई हिन्दुस्थानी उच्चाहरण गरे र उनीहरुले अनुशरण गर्दै आइरहेका सनातन मूल्य–मान्यताहरुलाई हिन्दु मूल्य–मान्यता तथा हिन्दु धर्मको नामले उच्चाहरण तथा सम्वोधन गरे । यसप्रकार सनातन धर्म हिन्दु धर्ममा रुपान्तरण भयो । यो रुपान्तरणमा केवल नाम मात्र परिर्वतन नभएर क्रमिक रुपमा सनातन दर्शन तथा धर्मका मूल्य–मान्यताहरुमा पनि रुपान्तरण आउदै गयो । कतैकतै अपुष्ट रुपमा सुन्नमा आएको पनि पाइन्छकि फारसीहरुले हिन्दु शव्द प्रयोग गर्नुअघिनै सनातन शास्त्रहरुमा हिन्दु शव्द लेखिएको छ भनेर तर यसको ऐतिहासिक प्रामाणिकता पाइएको छैन । फारसीहरुले सनातनीहरुलाई हिन्दु शव्दले सम्वोधन गरेपश्चात विस्तारै मुगल, अरवी, अंग्रेज तथा पुरै विश्वले सनातनीहरुलाई हिन्दु र उनीहरुका मूल्य–मान्यता तथा जीवनशैलीका प्रवृत्ति तथा प्रकृतिहरुलाई हिन्दु धर्मका रुपमा सम्वोधन गर्न प्रारम्भ गरे । यसप्रकार वर्तमान समयमा हिन्दु शव्दनै बढि प्रचलन तथा लोकप्रियतामा रहेको छ र कतिपय मनुष्यहरुलाई खासगरि आफूलाई आधूनिक भन्न रुचाउने युवा पुस्ताहरुलाई सनातन शव्दको अर्थ, स्वामित्व, उपादयताबारे थाहा नहुन सक्छ र कतिपयले त सनातन शव्दनै नसुनेको पनि हुनसक्छ ।
सनातन दर्शन, सनातन धर्मको प्राचीन पृष्ठभूमि
वर्तमान समयसम्म उपलव्ध भएका धेरै–थोरै ऐतिहासिक प्रमाणहरुका अनुसार आजभन्दा करिव ५५०० तथा ५०००(कतैकतै १०,००० वर्षअघि पनि भनिएको पाइन्छ) वर्षअघिको कालखण्डलाई वैदिक काल मानिएको छ र यो समयमा ऋषिमुनि तथा ब्रम्हणहरुलाई मुखाग्र कण्ठ रहेका तथा श्रुतीका रुपमा रहेका र पुस्तानतरण हुदै आइरहेका सनातन वेदका ज्ञान तथा विज्ञानहरुलाई मानव सभ्यताको विकासक्रम संगै लिपिवद्ध गर्ने प्रक्रिया प्रारम्भ गरिएको थियो । आज भन्दा ४००० वर्षअघि पहिलो लिखित सनातन वेदका रुपमा ऋगवेद प्रतिपादन गरिएको थियो । ऋगवेदमा उल्लेख भए अनुसार आज भन्दा ५००० वर्ष अघिसम्म सनातन मानव समुदायमा धर्म, भगवान, मूर्ति, मन्दिर, पूजापाठ केहीको पनि प्रचलन थिएन, सिर्फ प्रकृति थियो(प्राणी, वनस्पति, पदार्थ, सूर्य–चन्द्र–ग्रह–तारा–नक्षेत्र), प्रकृतिलाई नै सबैथोक मानिन्थ्यो र तत्काली अवस्था अनुसार त्यहीताकाको संस्कारका आधारमा प्रकृतिको उपासना गरिन्थ्यो । तत्कालीन समाजका जान्ने–सुन्ने–बुझ्ने व्यक्तिहरु ऋषिमूनिहरु हुन्थे, लिपिवद्ध भएको ऋगवेदमा उल्लेख गरिएका ज्ञान तथा विज्ञानका विषयहरु ऋषिमूनिहरुका आफ्नै प्रकारका अध्ययन र साधनाबाट हासिल गरिएका स्वअनुभव तथा स्वअनुभूतिहरु थिए र ती प्रकृतिका गहन नियमहरुबारे थिए । प्रकृतिका नियमहरु बुझ्ने र आम मनुष्यहरुलाई सहज ढंगले बुझाउने काम ऋषिमूनिहरुले गनेगर्थे जसलाई प्राचीन वैज्ञानिकका रुपमा पनि सम्वोधन गर्ने गरिन्छ । ऋषिमूनिहरुले आफ्नो जीवनका भोगाई, तप तथा साधनाहरुबाट जे अनुभव गरे, जे बुझे त्यसलाई आफ्नो मन, मस्तिष्कमा याद राख्दै गए र आगामी पुस्ताहरुलाई त्यही बोलेर, संकेत गरेर, गाएर, सुनाएर सिकाउदै गए । यसरी सुनाएर दिने तथा लिने ज्ञानलाई श्रुती ज्ञान भनियो अर्थात सुनेर लिइएको ज्ञान । यही श्रुती ज्ञानलाई सभ्यताको विकास हुदैजाने क्रममा कागज, कलम, मसीको आविस्कार भएपछि पछिल्लो चरणमा विस्तारै लिपिवद्ध गर्दै लेखियो र यही लिपिवद्ध लेखाइको संकलनलाई सनातन वेद शास्त्र भनियो । पहिलो र सबैभन्दा पूरानो सनातन शास्त्र ऋगवेद हो जो उपलव्ध भएका ऐतिहासिक तथ्यांकहरुका अनुसार आजभन्दा ४००० वर्षअघि लिपिवद्ध गरेर वैदिक संस्कृति भाषामा लेखिएको तथा प्रतिपानदन गरिएको थियो ।
ऋगवेदमा ब्रम्हाण्ड र जीवनको रहस्यका विषयहरुबारे लेखिएका छन् र केवल अग्नि, इन्द्र, वरुण, सोम आदि देवताहरुका स्तुतिहरु मात्र उल्लेख गरिएका छन् । पहिलो ऋगवेदपछि दोस्रो यजुरवेद लिपिवद्ध गरेर लेखियो, यजुरवेदमा यज्ञ र हवनका विषयहरुबारे उल्लेख गरिएका छन् । यसपछि तेस्रो वेदको रुपमा सामवेद लिपिवद्ध गरेर लेखियो, सामवेदमा संगीत र स्तुति तथा मन्त्रहरुको छन्दवद्ध ध्वनि तथा उच्चाहरणका विषयहरुमा जोड दिइएको छ । र अन्त्यमा अथर्ववेद लिपिवद्ध गरेर लेखियो, अथर्ववेदमा बहुआयामिक किसिमले जीवन जिउने नियम तथा कला र औषधोपचारका विषयहरु उल्लेख गरिएका छन् । सनातन दर्शन तथा सनातन धर्मले किन धेरै प्रकारका उतारचढाउ, कठिनाइ तथा चुनौतिहरुको सामना गर्नुपर्यो भन्ने सन्दर्भमा बुझ्नुपर्ने विषय यही विन्दु तथा वेदहरुको रचना पछिको समयबाट प्रारम्भ हुन्छ । सनातन दर्शन तथा धर्मले विभिन्न कालखण्डहरुमा पटक–पटक किन विभिन्न प्रकारका उतारचढाउ, कठिनाइ तथा चुनौतिहरुको सामना गर्नुपर्यो भन्ने सवालका कारणहरु यहींबाट प्रारम्भ हुन्छन् किनकी शुरुआतमा श्रुतिमा रहेका र पछि लिपिवद्ध गरिएका तथा शास्त्रका रुपमा प्रतिपादित भएका सनातन शास्त्रहरु वेदमा भगवान, मूर्ति, मन्दिर आदिको उल्लेख भएको पाइदैन सिर्फ देवताहरु मात्र उल्लेख गरिएका छन् । तत्कालीन सनातन समाजका मनुष्यहरुलाई थाहा थिएन भगवान जस्तो कुनै तत्वको अस्तित्व छ भनेर तर उनीहरु मान्थे र आस्था राख्थेकि कुनै अदृश्य शक्ति(डिभाइन फोर्स) रहेको छ जसले उनीहरुको जीवन तथा समग्र प्रकृति(समस्त प्राणी, वनस्पति, पदार्थ, आकाश) लाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित गरिरहेको छ । यसैकारण संसारका सबै प्राचीन सभ्यताहरु– सिन्धुघाटी, मिश्र, हरप्पा, ह्वांग हो, मेसोपोटामिया आदिमा सूर्य, चन्द्रमा, वायु, अग्नि, जल, पृथ्वी आदि सबै तत्वहरुलाई देवता मानेर प्रकृति पूजाको प्रचलन तथा संस्कृति बनाइएको थियो ।
वैदिककाल र चुनौतिको पहिलो कारण वर्णव्यवस्था
वैदिककालको प्रारम्भिक समय लगभग ४००० वर्षअघिसम्म समाजमा जन्मका आधारमा वर्णव्यवस्था र जातिप्रथाको कुनै प्रावधान नै थिएन तर वैदिककालकै दौरान आजभन्दा ३५०० – ३००० वर्षअघि तत्कालीन समाजमा जातिय व्यवस्था तथा जातिप्रथा प्रारम्भ भैसकेको थियो र वर्णव्यवस्था जन्मको आधारमा कायम हुन प्रारम्भ भैसकेको थियो । ऋगवेदको मण्डल– १०, सूक्त– ९० को १२औं मन्त्रमा वर्ण व्यवस्थाको सबैभन्दा पुरानो सन्दर्भ भेटिन्छ(यसलाई पुरुष सुक्त भनिन्छ) । ऋगवेदमा उल्लेखित वर्णव्यवस्था अन्तर्गत मनुष्यले आफ्नो जीवनकालमा गर्ने कर्मका आधारमा समाजलाई चारवर्ण(ब्र्राम्हण, क्षेत्री, वैश्य, शुद्र)मा विभाजन गरिएको विषय समावेश गरिएको छ । तत्कालीन समयमा सनातन समाजमा वर्णव्यवस्था जन्ममा आधारित थिएन, ब्राम्हणहरु वेदको अध्ययन गर्थे र समाजमा मनुष्यहरुलाई वेदका ज्ञान तथा विज्ञानहरुको ज्ञान दिन्थे, शिक्षा प्रदान गर्थे तथा सिकाउथे उनीहरुले बुझ्ने लवज तथा सहज, सरल भाषाशैलीमा । क्षेत्रीहरु राज्य, शासन, युद्ध गर्थे र राज्य तथा आफ्ना नागरिक र धन–सम्पत्तिहरुको संरक्षण गर्थे । वैश्यहरु कृषि, पशुपालन तथा व्यापार गर्थे र शुद्रहरु अरुकालागि सेवाका कार्यहरु गर्थे । वैदिककालमा आफ्नो भैरहेको वर्ण बदल्न सम्भव थियो, आफ्नो योग्यता, कर्म र कार्य क्षमताका आधारमा आफूलाई रुचि लागेको वर्ण तथा वर्णव्यवस्थामा जुनसुकै उमेर तथा अवस्थामा प्रवेश गर्नसक्ने अनुमति तथा सुविधा थियो र उनीहरुलाई पर्याप्त अवसर समेत प्रदान गर्ने गर्दथ्यो तत्कालीन समाज व्यवस्थाले । ऋषि वालमिकी र महर्षि विश्वामित्र प्राचीन वर्णव्यवस्थाका ज्वलन्त उदाहरण हुनुहुन्छ । वहाँहरुले आफ्नो वर्ण बदलेर ब्राम्हण तथा ऋषिहरुले गर्ने वेदको अध्ययनमा रुपान्तरण गर्नुभएको थियो । तर वैदिककालको अन्त्यसम्ममा यसअघि कर्ममा आधारित वर्णव्यवस्था विस्तारै जन्ममा आधारित हुनलाग्यो र वर्णहरुविचको सामाजिक भेदभाव तथा दुरी बढ्दै गयो, यसकै आडमा जातिय भेदभाव तथा जातियताका उत्पिडनहरु बढ्दै जानथाले र प्राचीन समाजबाट नै द्वन्दको शुरुआत भयो कर्ममा आधारित वर्ण व्यवस्थालाई तत्कालीन समाजका शक्तिशाली तथा प्रभावशाली वर्गहरुले जन्ममा आधारित गराएर मनुष्यहरुले आफ्नो कर्म, योग्यता तथा कार्य क्षमताको आधारमा वर्ण परिवर्तन तथा वर्णव्यवस्थामा प्रवेश गर्न पाउने नैसर्गिक अधिकार खोसेर सीमित गरिएको कारण विद्रोह र द्वन्द प्रारम्भ भयो सनातन समाज भित्रैबाट प्राचीन तथा वैदिक युगको उत्तरार्धतिर । पछिपछि समाजमा वर्णव्यवस्था बिथोलिएको र जातियतावाद र जातिय भेदभावमा अझ विकृति बढ्दै जानथाल्यो र यसबाट असन्तुष्ट भएका पिडित पक्षहरुले भित्रभित्रै विद्रोहका गतिविधिहरु बढाउदै लगे । वैदिक युगपछिको कर्मकाण्ड विस्तारको युगमा सनातन समाजमा अझ बढि अनियमितता तथा विकृतिहरु आएका कारण सनातन दर्शन तथा धर्मले झन बढि उतारचढाउ, कठिनाइ तथा चुनौतिहरु बेहोर्नु पर्यो वैदिक विषयका मूल्य–मान्यताहरुको विरोधमा असन्तुष्ट वर्ग तथा सनातन वेदका विषयहरुलाई प्रामाणिक नमान्ने नास्तिकहरुले जोडतोडले आवाज उठाएका तथा विद्रोह गरेका कारण ।
छिट्टै, विस्तारमा
(२)कर्मकाण्ड विस्तारका कारण आइपरेका चुनौतिहरु (लगभग इशापूर्व ६००–७००)
(३)इस्लामको हमलाका कारण आइपरेका चुनौतिहरु (लगभग सन् ७००–१८००)
(४)इशाईको चलखेलका कारण आइपरेका चुनौतिहरु (लगभग सन् १७५७–१९४०)
(५)आधूनिक सांस्कृतिक विस्तारवाद कारण आइपरेका चुनौतिहरु (लगभग १९५० देखि यता...)
शिवोहम् योगपीठ
No comments:
Post a Comment