Wednesday, 18 February 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ६२

                                         #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

६७.सवाल D
उर्जा, पदार्थ र पंचतत्वविच रहेको अन्तरसम्वन्ध

जवाफ
ब्रम्हाण्डमा जम्मा दुई प्रकारका शक्ति तथा महाशक्ति रहेका छन् जसलाई सनातन अध्यात्म विज्ञानले उर्जा र पदार्थ अर्थात पुरुष(सुक्ष्म परमचेतना) र प्रकृति(स्थुल ब्रम्हाण्ड)का रुपमा सम्वोधन गर्दछ र आधूनिक विज्ञानले इनर्जी(इनभिजिवल फोर्स) र म्याटर(भिजिवल अब्जेक्टस्)का रुपमा सम्वोधन गर्दछ । दुवै विज्ञानले एउटै तथ्य(प्रामाणिक विषय)लाई अनुशरण गर्दैआइरहेका छन् कि ब्रम्हाण्डका यी मूलभूत दुई महाशक्तिहरु उर्जा अर्थात इनर्जी तथा पदार्थ अर्थात म्याटर पाँच तत्वहरुको समिश्रणबाट बनेकाछन् र ती पाँच तत्वहरु तथा पंचतत्व अर्थात पंचमहाभूतहरु(फाइभ इलिमेन्ट्स) क्रमशः (१)पृथ्वी, (२)जल, (३)अग्नि, (४)वायु, र (५)आकाश हुन् । समुच्चा ब्रम्हाण्डमा यिनै पंचतत्व मात्र रहेका छन् र ब्रम्हाण्डमा स्थित सबै सृष्टिहरु पंचतत्वबाट नै निर्मित भएका छन् अर्थात ब्रम्हाण्डमा केवल पंचतत्व मात्र रहेकोछ, पंचतत्व बाहेक यहाँ केहीपनि छैन, अस्तित्व अर्थात परमचेतना(सुपरकन्सस) अर्थात परमात्मा अर्थात ईश्वर–गड–अल्ला पनि पंचतत्व अन्तर्गत नै पर्दछ । सनातन अध्यात्मको गहन शास्त्र तैत्तिरीय उपनिषदमा पंचतत्वका सन्दर्भमा विस्तृत विवरण दिइएको छ र सनातन वेद ऋगवेदको उपवेद आयुर्वेदमा पनि पंचत्वबारे गहन विश्लेषण गरिएको छ । सनातन अध्यात्म विज्ञानका अनुसार आकाश सबैभन्दा पहिलो तत्व हो, आकाशबाट अरु चार तत्वहरु– वायु, अग्नि, जल, पृथ्वी निसृत भएका तथा निर्मित भएका हुन् । आकाश निराकार तथा अति सुक्ष्म तथा अदृश्य स्वरुपमा छ, यो कुनैपनि भौतिक उपकारणहरुको पकडमा तथा मनुष्यको ज्ञान तथा कर्म इन्द्रियहरुको अनुभव तथा अनुभूतिमा आउन सक्दैन अर्थात इन्द्रिय, मन, भाव भन्दापनि पर तथा माथि इन्द्रियातीत, मनातीत, भावातीत अवस्थामा स्थित रहेकोछ । अदृश्य तथा सुक्ष्म स्वरुपमा रहेको यही आकाश तत्व नै ब्रम्हाण्डको मूलउर्जा(अल्टिमेट इनर्जी) अर्थात परमउर्जा अर्थात परमचेतना अर्थात निराकार परमात्मा अर्थात परब्रम्ह अर्थात ईश्वर–गड–अल्ला हो तर अरु चार तत्वहरु– वायु, अग्नि, जल, पृथ्वी आकार तथा स्थुल तथा दृश्य तथा संकेत स्वरुपमा छन्, यी तत्वहरु सजिलै भौतिक उपकारणहरुको पकडमा तथा मनुष्यको ज्ञान तथा कर्म इन्द्रियहरुको अनुभव तथा अनुभूतिमा आउन सक्छन् र आकार तथा स्थुल स्वरुपमा रहेका यिनै चार तत्वहरुनै ब्रम्हाण्डका मूलपदार्थहरु(अल्टिमेट म्याटर्स) अर्थात मूलप्रकृति हुन् । अध्यात्म विज्ञानले उर्जा र पदार्थ अर्थात पुरुष र प्रकृतिलाई एकै महाशक्ति परमचेतना अर्थात परमात्माका दुई स्वरुप मान्दछ निराकार अर्थात उर्जा अर्थात पुरुष(परमात्मा) र आकार अर्थात पदार्थ अर्थात प्रकृतिका रुपमा । अर्थात उर्जा परमात्माको नदेखिने अर्थात निराकार स्वरुप तथा पाटो हो र पदार्थ उही परमात्माको देखिने तथा आकार स्वरुप तथा पाटो हो । यस सन्दर्भमा अध्यात्म विज्ञान र भौतिक विज्ञानको मत एकै रहेकोछ किनकी भौतिक विज्ञान कुनै अलग विषय नभएर अध्यात्म विज्ञानकै निरन्तरता हो युग सान्दर्भिक हुने प्रकारले गरिएका वैज्ञानिक अध्ययन तथा अनुसन्धानहरुको अटुट श्रृंखला ।


आजसम्मका सारा अध्यात्म विज्ञानका वैज्ञानिक अध्ययन तथा विश्लेषणका विषयहरु यिनै पंचतत्वहरु तथा यिनका मूल दुई स्वरुप ‘निराकार उर्जा’ र ‘आकार पदार्थ’को वरिपरि घुमिरहेका छन् र सारा भौतिक विज्ञान तथा अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)का वैज्ञानिक तथा प्रयोगात्मक सोध, खोज, अनुसन्धान र प्रामाणिकरणका विषयहरु पनि यिनै फाइभ इलिमेन्ट्स(पंचतत्वहरु) तथा यिनका मूल दुई स्वरुप ‘इनभिजिवल इनर्जी(निराकार उर्जा)’ र ‘भिजिवल म्याटर(आकार पदार्थ)का वरिपरि घुमिरहेका छन् यिनै तत्वहरुलाई सानो–सानो अंशमा विभाजन गरेर अध्ययन, अनुसन्धान, खोज गरिदै आइएका छन् अणु, परमाणु अर्थात एटम, सवएटम, इलोक्ट्रोन, प्रोटोन, न्युट्रोन, क्वार्क, हेक्सबोजन(गड पार्टिकल्स)... आदिका रुपमा । अत्याधूनिक वैज्ञाननिक उपकरणहरुले प्रयुक्त पमात्रा भौतिक विज्ञानले यिनै पंचतत्व अर्थात फाइभ इलिमेन्टहरुको सुक्ष्म रुवरुपहरु उर्जा र पदार्थको अन्तिम श्रोत खोज्दै-खोज्दै जाने क्रममा नयाँ–नयाँ नतिजाहरु उजागर गरिरहेको छ । प्रमात्रा भौतिक विज्ञानले गरेका तथा गर्दै आइरहेका हालसम्मका वैज्ञानिक अध्ययन तथा अनुसन्धानहरुका आधारमा उजागर भएका नतिजाका अनुसार, 'ब्रम्हाण्ड पूरै तरंगले बनेको छ, यहाँ जे देखिएको छ त्यो वास्तममा अस्तित्वमा छैन र जे देखिएको छैन त्यो चाहिं अस्तित्वमा छ र सारा ब्रम्हाण्ड र ब्रम्हाण्डमा रहेका सबै प्राणी, वनस्पति तथा पदार्थहरुको मूलस्वरुप यही नदेखिने तत्व अर्थात तरंग अर्थात उर्जा अर्थात आकाश अर्थात परमचेतना अर्थात परमात्मा अर्थात इश्वर–गड–अल्ला हो ।' यही हुबहु तथ्यपरक विषय तथा ज्ञान सनातन अध्यात्म विज्ञानको वेदान्त दर्शनको अद्वेत वेदान्त सिद्धान्त(मोनिजम)ले दशौं हजार वर्षअघि नै उजागर गरिसकेको थियो कि– ‘ब्रम्ह सत्यं, जगन मिथ्या’ अर्थात ब्रम्हाण्डमा जे देखिदैन आकाश अर्थात परमउर्जा अर्थात परमात्मा केवल त्यही मात्र सत्य छ, त्यो परम चेतनाको रुपमा तरंग भएर ब्रम्हाण्डभरि तैरिरहेको तथा तरंगीत भैरहेको तथा ब्रोडकाष्ट भैरहेकोछ र सबै तत्वहरु यस अन्तर्गत पर्दछन् तथा सबै यसैभित्र अटाएका छन् र जे प्राणीहरुका ज्ञान इन्द्रियहरुले महसुुस गरिरहेका छन् ती सबै भ्रम, मिथ्या अर्थात असत्य हुन् किनकी ती जस्तो स्वरुप तथा आकारमा देखिएका छन् वास्तविकतामा त्यस्तो आकार तथा स्वरुपमा छैनन्, ती सबै तरंगका रुपमा रहेकाछन् र त्यी सबै प्रकारका तरंगहरु उही परचेतनाको फैलावट हुन्, तसर्थ ब्रम्हाण्ड एकत्वमा छ अर्थात अद्वेत छ, यहाँ कोहीबाट कोही र केहीबाट केही अलग छैनन् किनकी सबै उही परमचेतनाको तरंगबाट निर्मित तथा निसृत भएकाछन् र यही चेतनानै उर्जा अर्थात आकाश तत्व हो र यही नै पदार्थ अर्थात वायु, अग्नि, जल, पृथ्वी तत्व हुन् आकाश तत्व अर्थात पुरुष अर्थात आत्मा अर्थात चेतना अर्थात सुक्ष्म शरीरका रुपमा र वायु, अग्नि, जल, पृथ्वी तत्व अर्थात प्रकृति अर्थात स्थुल शरीरका रुपमा । 

छिट्टै,
ब्रम्हाण्डका सबै तत्वहरु चैतन्य छन् ।

                                                                    शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ

No comments:

Post a Comment

पूर्वीय सनातन दर्शन तथा धर्मले सामना गरेका चुनौतिहरु- १

  डा. सिर्जना भण्डारी                                                                                              #अध्यात्म_विज्ञान  # धर्म...