Friday, 6 February 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ५२

                                      #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

५७.सवाल

अग्नासय ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनमा यसको भूमिका

जवाफ

मनुष्यको शारीरिक शरीरको नाभिभन्दा २-३ अम्मलमाथि मणिपुर चक्रको क्षेत्रमा अग्नासय ग्रन्थि तथा पेंक्रियाज ग्ल्याण्ड स्थित रहेकोछ । पेंक्रियाज ग्रन्थि नाभि क्षेत्रमा देब्रे भागमा मुखबाट खाएको खाना जम्मा हुने पेट तथा आमासयको ठिक्क पछाडिपट्टी सानो आँत(आन्द्र)को प्रारम्भ हुने स्थानमा रहेको हुन्छ । पेंक्रियाज ग्रन्थिको आकार देवनागरी अक्षरमा आधा ‘न्’ जस्तो चेप्टो हुन्छ र यस ग्रन्थिको तौल ७० देखि १०० ग्रामसम्म रहेको हुन्छ । सात प्रमुख अन्तः श्राबित ग्रन्थिहरुमा पेंक्रियाज ग्रन्थि मात्र त्यस्तो ग्रन्थि हो जो अन्तः श्राबित र वहिर श्राबित दुवै प्रणाली अन्तर्गत पर्दछ र यसले अन्तः श्राबित ग्रन्थिरस तथा हर्मोन्स र वहिर श्राबित ग्रन्थिरस तथा एन्जाइम्स दुवै उत्पादन गर्दछ । हर्माेन्स र एन्जाइम्स दुवै ग्रन्थिरस उत्पादन गर्ने हुनाले यसलाई मिश्रित ग्रन्थि भन्ने गरिन्छ, अरु अन्तः श्राबित ग्रन्थिहरुले हर्मोन्स मात्र उत्पादन गर्दछन्, एन्जाइम्स उत्पादन गर्दैनन् । 


पेंक्रियाजको वहिर श्राबित ग्रन्थिबाट उत्सर्जित एन्जाइम्स

पेंक्रियाज ग्रन्थिका २ भाग रहेका हुन्छन्– (१)वाहिरी भाग जसबाट एन्जाइम्स उत्पादन हुन्छन, र (२)भित्रि भाग जसबाट हर्मोन्स उत्पादन हुन्छन् । पेंक्रियाज ग्रन्थिको वाहिरी भाग तथा वहिर श्राबित ग्रन्थिबाट ३ प्रकारका पेंक्रियाटिक ग्रन्थिरसहरु तथा एन्जाइम्स निस्कन्छन्– (१)एमाइलेज, (२)ट्रिपसिन, (३)लाइपेज । पेंक्रियाज ग्रन्थिको वाहिरी भाग र यसबाट उत्पन्न हुने यी ३ प्रकारका पेंक्रियाटिक ग्रन्थिरस तथा एन्जाइम्स प्रत्यक्ष रुपमा मुखबाट ग्रहण गरिएका भोजनहरु पचाउने प्रक्रिया पाचन क्रिया तथा पाचन प्राणालीसंग सम्वन्धित रहेका हुन्छन् । एमाइलेज स्टार्च पचाउन मद्धत गर्दछ, टिपसिनले प्रोटीन पचाउन मद्धत गर्दछ, र लाइपेजले भोजन पचाउन मद्धत गर्दछ ।


पेंक्रियाजको अन्तः श्राबित ग्रन्थिबाट उत्सर्जित हर्मोन्स

पेंक्रियाज ग्रन्थिको भित्रि भाग तथा अन्तः श्राबित ग्रन्थिमा भएका साना–साना सेल तथा कोषिकाहरुले मुख्य ४ प्रकारका सेलहरु उत्पादन गर्दछन्– (१)अल्फा सेल जसले गुल्कागोन हर्मोन उत्पादन गर्दछ, (२)विटा सेल जसले इन्सुलिन हर्मोन उत्पादन गर्दछ, (३)गामा तथा डेल्टा सेल जसले सोमेटो स्टेमिन हर्मोन उत्पादन गर्दछ, र (४)पि.पि. सेल जसले पेंक्रियाटिस पोलिपेप्राइट्स हर्मोन उत्पन्न गर्दछ जसले पेंक्रियाजबाट निस्कने अरुप्रकारका हर्माेन्सलाई सन्तुलनमा राख्ने काम गर्दछ । 


इन्सुलिन हर्मोन

विटा सेलबाट उत्पन्न हुने इन्सुलिन हर्मोनले रगतमा ग्लुकोजको मात्रा घटाउने, नियमन गर्ने तथा सन्तुलन गर्ने काम गर्दछ अर्थात रगतमा ग्लुकोजको मात्रा कम तथा बढि हुन दिदैन । इन्सुलिन हर्मोन्स पानीमा घुल्ने प्रकृतिको हुन्छ र यस हर्मोनमा जिंक(जस्ता) मिनरल(खनिज) पाइन्छ । जिंक एकप्रकारको प्रोटीन हो जसले इन्सुलिन हर्मोनका गतिविधिहरु गर्नमा मद्धत गर्दछ । मुखबाट शरीरमा भोजन ग्रहण भएपछि पेंक्रियाजको वहिर श्राबित ग्रन्थिबाट उत्पन्न भएका ३ प्रकारका एन्जाइम्सले खाना पचाउछन् र खानाको रस ग्लुकोजमा रुपान्तरण गरेर रगतमा मिसाइदिन्छन् । यो समयमा रगतमा ग्लुकोजको मात्रा धेरै हुन्छ, रगतमा ग्लुकोजको धेरै मात्रा शरीरमा लामोबेर रहनु हुदैन तसर्थ रगतमा ग्लुकोज मिसिने बित्तिकै विटा सेलले इन्सुलिन हर्मोन उत्पालन गर्दछ र इन्सुलिन हर्मोनले रगतमा आवश्यक भन्दा बढि मात्रामा रहेको ग्लुकोजलाई ग्लाइकोजिनमा रुपान्तरण गरेर कलेजो तथा शरीरका अन्य मांसपेसीहरुमा जम्मा गरेर राख्दछ आकस्मिक अवस्थामा पुनः उपयोग गर्न मिल्नेगरि र रगतमा ग्लुकोजको मात्रा न कम न बढि राखेर सन्तुलित गर्दछ । यसकारण इन्सुलिन हर्मोनको उत्पादन कम तथा बन्द भयो भने रगतमा ग्लुकोजको मात्रा बढि हुन्छ अर्थात सन्तुलनमा आउन सक्दैन । आफूले ग्रहण गरेको आहारबाट प्राप्त भएको रस तथा ग्लुकोजको मात्रा रगतमा बढ्नु भनेको रगत गुलियो हुनु हो र यही अवस्था नै मधुमेह तथा चीनी रोग भएको अवस्था हो अर्थात इन्सुलिन हर्मोनले गर्ने काममा असन्तुलन आउनु नै शरीरमा उत्पन्न हुने सबै प्रकारका बिमारीहरुको जननी मधुमेह तथा डाइभिटिज हुनु हो । 


गुल्कागोन हर्मोन

अल्फा सेलबाट उत्पन्न हुने गुल्कागोन हर्मोनले रगतमा ग्लुकोजको मात्रा बढाउने, नियमन गर्ने तथा सन्तुलन गर्ने काम गर्दछ तथा रगतमा ग्लुकोजको मात्रा कम तथा बढि हुन दिदैन । लामो समयदेखि केही खाएको छैन भने रगतमा ग्लुकोजको मात्रा घट्छ र भोक लागेको, कमजोरी भएको, आलस्य भएको तथा थाकेको जस्तो अनुभव हुन्छ उर्जाको कमीका कारण किनकी भोक लाग्नु भनेको शरीरमा उर्जाको कमी भएको अवस्था हो । भोक लाग्यो तर भोक लागेको समयमा तत्काल केही खान पाइएन भने यस्तो अवस्थामा रगतमा कम भएको ग्लुकोजको मात्रा बढाउन रगतमा ग्लुकोजको मात्रा बढि भएको समयमा(खाएको खाना पचेर रस रगतमा मिसिएपछि) इन्सुलिन हर्मोनले रगतमा धेरै मात्रामा रहेको ग्लुकोजलाई ग्लाइकोजिनमा रुपान्तरण गरेर कलेजो तथा शरीरका अन्य मांसपेसीहरुमा जम्मा गरेर राखेको ग्लाइकोजिनलाई फेरी ग्लुकोजमा रुपान्तरण गरेर रगतमा मिसाउछ र रगतमा ग्लुकोजको मात्रा सन्तुलित गर्दछ । यसकारण लामो समय भोजन नगर्दा तथा उपवास बस्दा शरीरमा बल रहन्छ, शरीर फूर्तिलो तथा सक्रिय रहिरहन्छ, उर्जाको कमी भएको तथा उति भोक लागेको महसुस हुदैन गुल्कोगान हर्मोनको यही प्रक्रियाको कारण ।


सोमेटो स्टेमिन हर्मोन

गामा तथा डेल्टा सेलबाट उत्पन्न हुने सोमेटो स्टेमिन हर्मोनले पेंक्रियाज ग्रन्थिबाट उत्पन्न हुने एन्जाइम्स र हर्मोन्सको नियमन गर्दछ र तिनका कार्यहरु सहज ढंगले हुन सहयोग गर्दछ । एन्जाइम्सले मुखबाट ग्रहण गरिएका भोजनहरुलाई स्वागीकरण गर्ने, नियमन गर्ने तथा पचाउने काम गर्दछन् । सोमेटो स्टेमिन हर्मोनले इन्सुलिन हर्मोन र गुल्कोगान हर्मोनलाई सहजतापूर्वक आ–आफ्नो कामहरु गर्न मद्धत गर्दछ ताकि रगतमा ग्लुकोजको मात्रा बढेको समयमा इन्सुलिनले ग्लुकोजको मात्रा घटाएर रगतको अवस्थालाई सन्तुलित राख्न सकोस् र रगतमा ग्लुकोजको मात्रा घटेको समयमा गुल्कोगानले ग्लुकोजको मात्रा बढाएर रगतको अवस्थालाई सन्तुलित राख्न सकोस् र शरीरको पाचन क्रिया तथा पाचन प्रणाली अर्थात पाचन तन्त्र सन्तुलित किसिमले चलिरहोस् तथा व्यवस्थित रहिरहोस् ।


पेंक्रियाटिक पेप्टाइन

पि.पि. सेलबाट उत्पन्न हुने पेंक्रियाटिक पेप्टाइन हर्मोनले पेंक्रियाजबाट निस्कने अरुप्रकारका हर्माेन्स तथा ग्रन्थिरसहरु के–कति–कसरी उत्पन्न भैरहेका छन् र आ–आफ्नो काम के–कसरी गरिरहेका छन् या छैनन् आदिबारे तिनका गतिविधिहरुलाई सन्तुलनमा राख्ने काम गर्दछ ।   

 

अग्नासय ग्रन्थि तथा पेंक्रियाज ग्ल्याण्डमा आएको असन्तुलनका कारण पेटसंग सम्वन्धित विभिन्न प्रकारका अस्वस्थाहरु हुने गर्दछ । पेट मनुष्यको त्यस्तो अंग हो जहाँबाट मनुष्यको शरीरमा लाग्ने लगभग ८० प्रतिशत बिमारीहरुको उत्सर्जन हुन्छन् । पेटबाट उत्सर्जित हुने विभिन्न अस्वस्थताहरु मध्य विशेष गरिकन इन्सुलिन हर्मोनको कमीका कारण रगतमा ग्लुकोजको मात्रा बढेपछि तथा अनियन्त्रित भएपछि धनीमानीहरुको रोग भनिने मधुमेह रोगले पछिल्लो समयमा महामारीको रुप धारण गर्दै गैरहेको देखिन्छ सबै उमेर समुहका मनुष्यहरुमा । उमेर जतिसुकै भएपनि एकपटक मधुमेहको समस्या भैसकेपछि यसलाई फेरी स्थाइ किसिमले तथा पूर्णरुपमा निको गर्न तथा पूर्ववत स्वस्थ आस्थामा ल्याउन सकिदैन । विभिन्न प्रकारका वाहिरी उपायहरु गरेर मधुमेह रोगका नकारात्मक प्रभावहरुलाई केही हदसम्म नियन्त्रण तथा रोकथाम मात्र गर्न सकिन्छ । मधुमेह रोगलाई शरीरभित्रबाट उब्जिने तथा नसर्ने सबै रोगहरुको जननीका रुपमा मानिन्छ किनकी आधूनिक चिकित्सा विज्ञानका अनुसार मधुमेहको बिमारी भएको व्यक्तिमा अरु नसर्ने प्रकारका शरीरबाटै उब्जिने बिमारीहरु छिटो आउछन् र ती बिमारीहरुलाई सितिमिति क मगर्न तथा निको गर्न सकिदैन, यी संधैकालागि शरीरमा रहिरहन्छन् र मनुष्यको स्वस्थ्य, शरीर र उसको जीवनका समग्र आयामहरुलाई नकारात्मक किसिमले प्रभाव पार्दछन् । तर मनुष्यलाई उत्कृष्ट जीवन जियन सिकाउने कलाको विज्ञान(दि आर्ट अफ लिभिगं) सनातन अध्यात्म दर्शनले सुझएका विभिन्न साधना विधिहरुले यस्ता समस्याहरुबाट पार पाउनसक्ने धेरै प्रकारका उपाय तथा उपचार पद्धतिहरु सुझाएको छ । सनातन अध्यात्म दर्शनका प्रमुख विषयहरु योग–ध्यान साधना गरेर आफ्नो जीवनशैली सुधारेर; र आयुर्वेदिक चिकित्सा, प्राकृतिक चिकित्सा तथा अन्य प्राचीन मौलिक चिकित्साहरुको अनुशरणको माध्यमबाट पेंक्रियाज ग्ल्याण्ड तथा अग्नासय ग्रन्थिको स्वास्थ्य, शुद्धता, सक्रियता तथा सन्तुलनतासंग प्रत्यक्ष सम्वन्ध रहेका मणिपुर चक्र, अग्नि तत्व तथा प्राणमय कोषलाई शुद्ध, स्वस्थ, सक्रिय, जाग्रित, सन्तुलित, व्यवस्थित तथा विकसित बनाएर मधुमेह लगायत पेंक्रियाज ग्रन्थिसंग सम्वन्धित सबै प्रकारका बिमारीहरुलाई नियन्त्रण गर्न, रोकथाम गर्न तथा पूर्णतः निको गर्न सकिन्छ । 


छिट्टै,

वक्ष ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनमा यसको भूमिका


                                                                शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ



No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...