डा. सिर्जना भण्डारी
#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
७२.मानव सभ्यताको विकास र दर्शनको विश्वव्यापि संचार
प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)ले प्रतिपादन गरेको महाविश्फोट सिद्धान्त (विगव्यांग थेयौरी)का अनुसार ब्रम्हण्डको उत्पति भएको १३.८ करोड वर्ष अर्थात लगभग १४ अर्व वर्ष भयो । हामी वर्तमानमा स्थित रहेको पृथ्वी ग्रहको उत्पति भएको ४५० करोड वर्ष अर्थात साँढेचार अर्व वर्ष भयो, पृथ्वीमा होमोसेपियन्स अर्थात मानव प्रजातिको विकास निकै पछि भएको हो र मानव सभ्यताको विकास हुन लगभग आजभन्दा ७० हजार वर्षअघि ढुंगे तथा शिकारी युगबाट अलि विकसित भएर कृषिमा आधारीत जनजीवन तथा कृषि अर्थतन्त्रको प्रारम्भ भएपछि प्रारम्भ भएको हो । कृषि युग प्रारम्भ भए पश्चात मानव सभ्यताले निरन्तर विकास गर्दै आजको आधूनिक युगसम्म आइपुगेको छ र यसक्रममा सभ्यता विकास गर्न तथा मानवको जीवनयापनलाई थप सहज र सरल बनाउन मानव समाजमा निरन्तर सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा विज्ञानहरुको विकास गर्दै समाज अगाडि बढ्दै गयो र सभ्यता विकास निरन्तर चलिरहने प्रक्रिया भएकोले वर्तमानमा पनि चलिरहेकै छ आधूनिक विश्वको विकासका रुपमा विभिन्न प्रकारका शास्त्र, कला, आविस्कार, भौतिक संरचना, वैज्ञानिक उपकरणहरु, सूचना प्रविधि आदिको विकासका रुपमा ।
ज्ञान, विज्ञान तथा दर्शनको विश्वव्यापि संचार
प्राचीन कालदेखिनै मानव सभ्यताको विकासमा ज्ञान तथा विज्ञानको अत्यन्तै महत्वपूर्ण भूमिका रहदै आएको छ । प्रारम्भमा मनुष्यको जनसंख्या कम भएको कारण मानव समुदाय सानो थियो र छरिएको अवस्थामा थियो, एकअर्कोसंग सामित्यता त्यति सहज थिएन, तसर्थ सभ्यता विकासका क्रममा भएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा विज्ञानहरुको साटासाट तथा संचारको सुविधा थिएन तर पछिल्लो चरणमा खासगरि इशाको १८ औं शताव्दीयता भौतिक संरचाना र विज्ञान तथा प्रविधिमा भएका तथा गरिएका प्रगति तथा विकासका कारण संसारभरिका मानव समुदाय एकआपसमा झनझन नजिक भैरहेका छन् र विश्वभरिका मानव समाजमा प्रतिपादन गरिएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा विज्ञानहरु सबैतिर संचारित भैरहेका छन् क्रमिक रुपमा र सबैले आफूलाई उपयुक्त हुने प्रकारका सबैतिरका ज्ञान तथा विज्ञानका विषयहरु अनुशरण गर्दै मानव सभ्यताको विकासको गतिलाई अझ तिब्रगतिमा अगाडि बढाउदै लगिरहेका छन् ।
मानव सभ्यताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने तथा योगदान पुर्याउने ज्ञान तथा विज्ञान तथा दर्शनलाई विश्वव्यापि सन्दर्भमा प्रमुख दुई धारमा विभाजन गरिएको छ– (१)पूर्वीय ज्ञान तथा दर्शन(इस्टर्न फिलोसोफी), र (२)पाश्चात्य ज्ञान तथा दर्शन(वेस्टर्न फिलोसोफी) । मानव सभ्यताको विकासक्रमको दृष्टिकोणबाट प्रामाणिक तथ्य र विश्लेषणलाई आधार मान्दा पाश्चात्य दर्शनको तुलनामा पूर्वीय दर्शन निकै पूरानो र धेरै अगाडिदेखि विकास हुदै आइरहेको देखिन्छ यद्धपि पछिल्लो चरणमा पाश्चात्य दर्शनको विकास तिब्रगतिमा भएको पाइन्छ विकासक्रमको इतिहास छोटो भएको भएपनि । पाश्चात्य र पूर्वीय दर्शनको विकासक्रमलाई समयावधिको दृष्टिकोणबाट हेर्दा पाश्चात्य दर्शनको विकास इशापूर्व छैठौं शताव्दीका पहिलो दार्शनिक थेल्सबाट प्रारम्भ भएको इतिहासमा प्रामाणिक तथ्यांकहरुमा पाइएकाछन् भने पूर्वीय दर्शनको विकास कम्तिमा पनि इशापूर्व १५औंं शताव्दीदेखि भएको इतिहासका प्रामाणिक तथ्यांकहरुमा पाइएका छन् । अनुमानित रुपमा पूर्वीय दर्शनको विकास हजारौं–हजार वर्षअघिदेखि निरन्तर हुदै आएको भनिएको छ, केही अपुष्ट मतहरुका अनुसार श्रुतिका रुपमा ऋगवेदको प्रारम्भ भएको समय आजभन्दा ९५ हजार वर्षअघिदेखि हो भनिएको पाइन्छ, केही मतहरुले आजभन्दा ७० हजार वर्षअघिदेखि, केहीले आजभन्दा १८–२० हजार वर्षअघिदेखि, केहीले आजभन्दा १०–१२ हजार वर्षअघिदेखि, र केहीले इशापूर्व तथा आजभन्दा ५–६ हजार वर्षअघिदेखि हुदै आएको भन्दै आइरहेका छन् । वर्तमान समयमा विश्व प्रसिद्ध रहेको, विश्वमा सर्वाधिक प्रचलित रहेको र विश्वका ८० भन्दा वढि भाषाहरुमा अनुवाद गरिसकिएको कितावहरुको पनि किताव(बुक अफ दि बुक्स) को रुपमा विश्वले नै मान्यता दिदै आएको महान सनातन ग्रन्थ श्रीमद् भगवद् गीताको प्रादुर्भाव कतै इशापूर्व ५५०० वर्ष अघि भएको भनिएको पाइएको छ तर केही अलिक प्रामाणिक मतहरुलाई आधार मान्दा ३५०० वर्ष अर्थात इशापूर्व १५औंं शताव्दीमा महाभारतको महायुद्ध भएका केही प्रामाणिक तथ्यांकहरु पाइएका छन् र श्रीमद् भगवद् गीता महाभारतको युद्ध मैदानमा भगवान श्रीकृष्ण र सर्वश्रेष्ठ धनुरधर तथा महान योद्धा अर्जुनको विचमा भएको संवादको अंश रहेको र यस संवादलाई दिव्य दृष्टि भएका तत्कालिन महर्षि वेदव्यासले संकलित गरेर ग्रन्थको स्वरुपमा मानव समाजमा ल्याउनु भएको हो प्रामाणिक तथ्यांकहरु पाएएको दावी गर्दै आइएको पाइन्छ ।
छिट्टै,
पूर्वीय दर्शन र पाश्चात्य दर्शनको प्रादुर्भाव
No comments:
Post a Comment