#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
६३.सवाल
सनातन वेद अन्तर्गत के–के विषयहरु पर्दछन् ?
जवाफ
सनातन वेदको आध्यात्मिक पृष्ठभूमि
प्राचीन भाषा संस्कृत वांगमयको वजनदार शव्द वेदको शाव्दिक अर्थ सनातन ज्ञान तथा विज्ञान हो, सनातन यस अर्थमा कि वेदको उत्पत्ति कहिले भयो र अत्य कहिले हुन्छ अर्थात न आलिकाल न अन्त्यकाल थाहा भएको गर्भमा रहेको विषय भएकोले । अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञानका अनुसार सनातन वेद नै ब्रम्हाण्डको सबैभन्दा उच्चतम ज्ञान तथा विज्ञान हो, वेद भन्दा माथि अर्को कुनै ज्ञान तथा विज्ञान छैन । मनुष्यको चेतना र सभ्यताको विकास हुने क्रममा भएका तथा गरिएका विभिन्न अध्ययन, अनुसन्धान तथा खोजका नतिजाहरु लिपिवद्ध गरेर आजसम्म लेखिएका तथा प्रतिपादन गरिएका सबै शास्त्र, सबै ग्रन्थ, सबै पुस्तक तथा सबै कितावहरु वेदबाट नै निसृत भएका हुन् र वेदमा समाहित रहेका ज्ञान तथा विज्ञानहरुकै विभिन्न दृष्किोणबाट गरिएका व्याख्या तथा विश्लेषणहरु हुन् । वेद अपौरुषिय शास्त्र तथा विज्ञान हो अर्थात वेदको सिर्जना तथा प्रतिपानद कोही निश्चित स्रष्टा तथा व्यक्तिद्वारा गरिएको होइन । सनातन अध्यात्म विज्ञानका अनुसार वेद निराकार, अव्यक्त तथा एक्लो परमात्माले आफूलाई आकार, व्यक्त र धेरै बनाउने इच्छा स्वरुप आफ्नो हिरण्य गर्भ प्रष्फुटन तथा महा विष्फोट(विग व्यांग) गर्नुहुदा आकार तत्व तथा पदार्थले युक्त ब्रम्हाण्डको उत्पत्ति हुदा प्रस्फुटित भएको ॐकार प्रणव ध्वनिसंगै परमात्माको मुखारविन्दबाट प्रष्फुटित भएको ब्रम्हाण्डलाई परिचालन गर्ने महाज्ञान तथा महाविज्ञान अर्थात ब्रम्हाण्डको मूलकानून हो । प्राचीन युगमा वेदको व्यवहारिक प्रयोगको अवस्था श्रुति स्वरुप अर्थात लिखित रुपमा विपिवद्ध थिएन, स्मृतिमा कण्ठाग्र गरेर मौखिक रुपमा वाचन गरिदै आइएको थियो पुस्ता दरपुस्तासम्म । पछिल्ला युगहरुमा मनुष्यको चेतना र सभ्यताको विकास हुदैजाने क्रममा कागज, कलम, मसिको आविस्कार तथा भौतिक विज्ञानको विकास भएपश्चात आगामी पुस्ताहरुले सहजै सनातन वेदको ज्ञान तथा विज्ञानहरु हासिल गरेर, आफ्नो जीवनमा वेदका ज्ञान तथा विज्ञानहरुको अनुशरण तथा साधना गरेर आफ्नो सांसारिक र पारमार्थिक जीवन उच्चतम ढंगले व्यतीत गर्न सकुन्, आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञानमा उपलव्ध भएर परमात्मामा योगस्थ हुन सकुन् र मोक्ष तथा निर्वाण प्राप्त गर्न सकुन् भन्ने पवित्र ध्ययले हाम्रा दुरदर्शी पुर्खा तथा प्राचीन वैज्ञानिक ऋषिमुनिहरुले अपौरुषिय सनातन वेदलाई कागज, कलम, मसिको सहायताले लिपिवद्ध गरेर ब्रम्ह अर्थात परब्रम्ह र ब्रम्हाण्डको ज्ञान तथा विज्ञानमा अधि+आत्म अर्थात परम+आत्म अर्थात परमात्मा साक्षातकारमा अध्यात्म अर्थात परमात्मा मुमुक्षुहरु सबैको सहज पहुच पुर्याएर सनातन अध्यात्म विकास तथा प्रवद्र्धन र मनुष्यको आत्मा अर्थात चेतनाको विकासमा अत्यन्तै महत्वपूर्ण योगदान पुर्याउनु भयो ।
प्रारम्भमा सनातन वेदका सबै ज्ञान तथा विज्ञानहरु एकै ठाउँमा समेटिएको ठूलो आकार एउटै स्वरुपमा थियो । सनातन वेदको ज्ञान जान्न अध्यात्म अर्थात परमात्मा मुमुक्षुहरुलाई सहजता प्रदान गर्ने सर्वकल्याणको उद्देश्य राखेर सबैको सरल पहुच होस् र सबैले सहजै सनातन वेदको महाज्ञान तथा महाविज्ञानबारे सुविधाजनक ढंगले जान्न र बुझ्न सकुन् भन्ने भावले महर्षि वेदव्यास(पद तथा उपमा, एक व्यक्ति होइन) ले सिंगो वेदमा रहेका ज्ञान तथा विज्ञानहरुलाई चार श्रेणी तथा तहहरुमा छुट्याएर चार वेदको नामाकरण गर्दै सनातन वेदका ज्ञान तथा विज्ञानहरुलाई लिखित स्वरुपमा संयोजन गर्नुभयो र (१)ऋगवेद, (२)यजुर्वेद, (३)सामवेद, र (४)अथर्व वेद लिपिवद्ध भएर सनातन अध्यात्मको आकाशमा अस्तित्वमा आए । सनातन वेदका ज्ञान तथा विज्ञानहरुलाई अझ सरलीकृत गर्ने उद्देश्यले चार वेदका चार उपवेदहरु– र छ अंगहरु प्रतिपानद गरिए । आजको दिनसम्म ऋगवेद सबैभन्दा पूरानो तथा पहिलो र सबैभन्दा ठूलो शास्त्र हो सनातन अध्यात्म विज्ञानका शास्त्र तथा ग्रन्थहरुमा । सनातन अध्यात्म विज्ञानले वेद र उपनिशदलाई मात्र शास्त्र अर्थात ज्ञान तथा विज्ञानको मान्यता दिएको छ र वेदपछि प्रतिपानद भएका तथा गरिएका सबै ज्ञान तथा विज्ञानहरु समेटिएका पाठ्य सामग्रीहरुलाई ग्रन्थ, पुस्तक तथा कितावका रुपमा मान्दछ किनकी यी सबै वेदबाटै निसृत भएका ज्ञान तथा विज्ञानहरु हुन् र यी सबैले सनातन वेदकै ज्ञान तथा विज्ञानलाई विभिन्न प्रकारले व्याख्या, विश्लेषण गर्दै अगाडि बढाउदै आइरहेका हुन् ।
सनातन वेदका प्रकार र यिनमा समाविष्ट विषयहरु
ऋगवेद
सबैभन्दा प्राचीन शास्त्र ऋगवेदको उपवेद आयुर्वेद हो । ऋगवेदमा अधि+आत्म अर्थात परम+आत्म अर्थात परमात्मा, इश्वर, ब्रम्ह, परब्रम्ह, ब्रम्हाण्ड तथा ब्रमहाण्डको सृष्टि, ब्रम्हाण्डको अन्तिम सत्य तथा ब्रम्हाण्डको मूलश्रोत तथा मूलस्वरुप, यसलाई जान्ने विधि अर्थात अध्यात्म साधना तथा योग–ध्यान साधना, साधनाबाट परमात्मा साक्षातकार, परमात्मामा यनेगस्थ र मोक्ष तथा निर्वाणमा उपलव्ध आदि दिव्य तथा परालौकिक विषयका महाज्ञान तथा महाविज्ञानहरु समेटिएका छन् । यी विषयहरु र यिनको साधना तथा सैद्धान्तिक र व्यवहारिक अभ्याहिरुले मनुष्यको चित्त, आत्मा अर्थात चेतना तथा सुक्ष्म शरीरको शुद्धिकरण, विकास तथा जागरण गरेर परमात्मामा योगस्थ भएर सदाकालागि मोक्ष तथा निर्वाणमा उपलव्ध भई पारमार्थिक तथा आध्यात्मिक जीवनमा उच्चता हासिल गर्न मनुष्यलाई मद्धत गर्दछ । ऋगवेदको उपवेद आयुर्वेदले मनुष्यको कायाशुद्धि तथा आरोग्यतामा वढि प्राथमिकता प्रदान गरेको छ ताकि मनुष्यका स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु अर्थात उसको सांसारिक जीवन सबै अवस्थाहरु हरप्रकारले आरोग्य, व्यवस्थित तथा विकसित रहुन् र परमात्मा प्राप्तिकालागि उसले अनिवार्य रुपमा गर्नुपर्ने अध्यात्म साधना तथा योग–ध्यानका विधि तथा पद्धतिहरुको निष्ठापूर्वक प्रयोगात्मक अभ्यास तथा अनुशरण गर्न उसलाई उसको शारीरिक शरीर, मानसिक शरीर, प्राणिक शरीर, भावनात्मक शरीर, वौद्धिक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरले साथ, सहयोग तथा सहजता प्रदान गरुन् र उसले सहज ढंगले साधना गर्दै आफ्नो सांसारिक जीवनको साथसाथ पारमार्थिक तथा आध्यात्मिक जीवनमा पनि उल्लेख्य प्रगति गर्न सकोस् ।
यजुर्वेद
सनातन वेदका चारवटै भाग तथा प्रकारहरुको मूलध्यय मनुष्यलाई अध्यात्म साधना तथा योग–ध्यान साधनामा अभ्यस्त गराएर उसको सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गराएर परमात्मा साक्षातकारसम्म पुर्याउनु र सदाकालागि परमात्मामा योगस्थ गराउनु रहेको छ । ऋगवेदमा निराकार परमात्मा अर्थात इश्वरको साधनाको विषय उल्लेख गरिएको छ तर फरक–फरक मनुष्यहरुको प्रकृति र उसको आत्मा अर्थात चेतनाको स्तर तथा विकासको अवस्था फरक–फरक प्रकार तथा तहको हुनेहुनाले सबैलाई निराकार परमात्माको उपासना गर्न सहज हुदैन, उनीहरुले निराकार परमात्मालाई अनुभव तथा अनुभूतिमा उतार्ननै सक्दैनन् र यस्तो अवस्थामा प्रभावकारी ढंगले निराकार परमात्मा प्राप्तिकालागि गरिने अध्यात्म साधना तथा योग–ध्यान साधनाका विधि तथा पद्धतिहरु प्रभावकारी ढंगले गर्न सक्दैन् । यस्ता प्रकारका मनुष्यहरुकालागि यजुर्वेदमा समाविष्ट विषयहरु सहज र सजिलै बुझिने प्रकारका रहेका छन् । यजुर्वेदमा निराकार, अव्यक्त तथा निर्गुण परमात्माका स्वरुपहरुलाई आकार, व्यक्त तथा गुण स्रुपमा प्रस्तुत गरिएको छ भगवान, देवी–देवता, अवतार आदिका रुपमा र परमात्माका यी आकार, व्यक्त तथा गुण स्वरुपका भगवान, देवी–देवता, अवतार पुरुषहरु (सिद्ध आत्मा अर्थात चैतन्य चेतना)को उपासना तथा पूजा–अनुष्ठानका साधना विधिहरु कर्मकाण्ड संस्कार तथा देवकार्य र पित्रीकार्यहरु मार्फत विभिन्न संस्कार, संस्कृति, परम्परा आदिका रुपमा अलग–अलग किसिमले अनुशरण गर्न सकिाइएका तथा बताइएका छन् ताकी अध्यात्मका मुमुक्षुहरुलाई कर्मकाण्डका साधना विधिहरु– यज्ञ, पूजा, अनुष्ठान, भक्ति, सेवा, उपकार, दान, पुण्य आदि मार्फत उनीहरुको सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास हुन सकोस् र यहि माध्यमबाट परमात्मामा एकाकार तथा योगस्थ भएर सदाकालागि मोक्ष तथा निर्वाणमा उपलव्ध हुन सकोस् ।
सनातन अध्यात्म विज्ञानको दोस्रो महानतम शास्त्र यजुर्वेदको उपवेद धनुर्वेद रहेको छ र यसको मूल विषय राजनीति, कुटनीति, युद्धनीति तथा धर्मनीति आदि रहेको छ जसको माध्यमबाट समाजमा धर्मको हानि हुनबाट बचाएर नराम्रा शक्ति तथा विषयहरुलाई दवाएर राम्रा शक्ति तथा विषयहरुलाई फैलाएर समाज, राज्य, विश्व, प्रकृतिमा अमनचयन कायम गर्नु रहेको छ किनकी समाजमा विद्यमान रहेका खराव शक्ति तथा विषयहरुले बढावा पाए भने मनुष्यको जीवन कष्टकर हुने र उसले आफ्नो दैनिक जीवनयापन तथा सांसारिक जीवन र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गरेर आकारमा रहनुभएका भगवान तथा देवी–देवताहरुको यज्ञ, पूजा, अनुष्ठान, उपासना, तीर्थ तथा साधना गरेर निराकार परमात्मासम्म पुग्न मुस्किल हुन्छ । यसकारण धनुर्वेदका नीतिहरु मार्फत परिवार, समाज तथा राज्यमा शान्ति तथा अमनचयन, धर्म तथा अनुसासन स्थापना गरेर अध्यात्म मुमुक्षुहरुको परमात्मा प्राप्तिको मार्ग सहज गर्नु रहेको छ । भगवान श्रीकृष्णले श्रीमद् भगवद् गीतामा भन्नुभएको महावाणी यही भावको सन्दर्भमा रहेको छ, “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥” अर्थात जवजव धर्तीमा खराव शक्तिहरुका कारण अध्यात्म मुमुक्षु अर्थात साधु, सन्तहरुमाथि अन्याय हुन्छ तथा अधर्म बढ्छ तवतव तिनको रक्षा गरि धर्मको पुनःस्थपना गर्न म निराकार परमात्मा अवतार लिएर आकार स्वरुपमा धर्तीमा अवतरण हुनेछु, अमनचयन तथा न्याय तथा युद्ध तथा धनुर्वेदको नीति अनुसार योगी, साधु, सन्तहरुको रक्षा र धर्मको पुनरस्थापना गर्नेछु ।
सामवेद
सनातन अध्यात्म विज्ञानको तेस्रो महानतम शास्त्र सामवेदको उपवेद गन्दर्भवेद रहेको छ । काव्य, छन्द, लय, पाठ, जप, उच्चाहरण, राग, ताल, संगीत, गायन, नृत्य, भजन, किर्तन तथा सात्विक प्रकारका मनोरञ्जनहरुको साधना गरेर पनि आफ्नो सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गरेर परमात्मा साक्षातकार गर्न तथा परमात्मामा योगस्थ भएर सदाकालागि मोक्ष तथा निर्वाणमा उपलव्ध हुन सकिन्छ भन्ने ज्ञान तथा विज्ञानका विषयहरु सामवेद र यसको उपवेद गन्दर्भवेदमा समाविष्ट गरिएका छन् ।
अथर्ववेद
सनातन अध्यात्म विज्ञानको चौथो तथा सबैभन्दा कान्छो महानतम शास्त्र अथर्ववेदको उपवेद स्थापत्यवेद रहेको छ । मनुष्यको चेतना र सभ्यताको विकासक्रमसंग मेल खाने तथा सभ्यता विकासक्रमसंगै मनुष्यले खोजेको युग सान्दर्भिक परिपर्तन तथा विकासका गतिविधिहरु समाविष्ट रहेका छन् अथर्ववेदको उपवेद स्थापत्यवेदमा । आफ्नो रुचि अनुसारको कार्य तथा पेशा, व्यवसाय, अध्ययनमा कार्यकुशलता हासिल गरेर पनि मनुष्यले आफ्नो सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गरेर सुख, खुशी, शान्ति, आनन्दको माध्यमबाट पनि परमात्मा साक्षातकार गर्न तथा परमात्मामा योगस्थ भएर मोक्ष तथा निर्वाणमा उपलव्ध हुन सक्दछ भन्ने ज्ञान तथा विज्ञानका विषयहरु अथर्ववेद र यसको उपवेद स्थापत्यवेदमा समाविष्ट गरिएका छन् । वर्तमान विश्वमा व्यवहारिक रुपमा अभ्यास गर्दै आइएका इन्जिजियरिंग, गणित, कम्प्युटिगं, वास्तु शास्त्र, ज्योतिष शास्त्र, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, भौतिक शास्त्र, जैव शास्त्र, रसायन शास्त्र, निर्माण शास्त्र आदि विषयहरु अथर्ववेद र यसको उपवेद स्थापत्यवेदबाट निसृत भएर आएका हुन् ।
वेदांग
वेदलाई सबैले सहजै बुझ्न सक्नेगरि तथा वेदको अध्ययन अझ सहज बनाउने उद्देश्यले ६ प्रकारका वेदागंहरु निर्धारण गरिएका छन्– (१)शिक्षा– वेदको उच्चाहरुण गर्ने तरिका, (२)कल्प– कर्मकाण्ड अनुष्ठानका विधिहरु, (३)व्याकारण– शुद्ध भाषा विज्ञान, (४)निरुक्त– शव्दहरुको सहि अर्थ, (५)ज्योतिष– खगोल विज्ञान, र (६)छंद– शास्त्र पाठ गर्ने नियम ।
वेदका चरण तथा उपश्रेणी
(१)संहिता (मन्त्र)- संहिता वेदको मूल तथा सबैभन्दा प्राचीन भाग हो जसमा देवताहरुको स्तुतिका मन्त्रहरु समावेश गरिएकाछन् ।
(२)ब्राम्हण (ग्रन्थ, कर्मकाण्ड)- ब्राम्हण संहिताका मन्त्रहरु गद्यमा गरिएको विवरण हो जसमा यज्ञ तथा अनुष्ठानहरुका विधि तथा विधानहरुका विस्तारमा व्याख्या गरिएको छ । वेदको ब्राम्हण चरण गराउने व्यत्तिलहरुनै पछिपछि गएर ब्राम्हण कहलाएका हुन् भन्ने तर्कसंगत मत रहदै आएकोछ ।,
(३)आरण्यक(रहस्य, दार्शनिक)- यी ग्रन्थहरुको अध्ययन वनमा गर्ने गरिन्थ्यो जसमा कर्मकाण्डहरुका उद्देश्य र प्रतीकवादका चर्चा गरिएकाछन्, र यी ग्रन्थहरु उपनिषदको पूर्वरुप मानिन्छ ।
(४)उपनिषद(वेदांत, दर्शन)- उपनिषद वेदका अन्तिम भाग हुन जहाँ यज्ञ भन्दामाथि उठेर आत्मा, ब्रह्म, मोक्षका दार्शनिक ज्ञान दिइएकाछन् । जसलाई वेदान्छ पनि भनिन्छ ।
छिट्टै,
सनातन धर्म विज्ञान अन्तर्गत के–के विषयहरु पर्दछन् ?
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment