#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सनातन अध्यात्म, धर्म, संस्कृतिबारे हामी नयाँ पुस्ताले बुझ्नेगरि विश्लेषण गरिदिनुहोस् न ।
-आरती खतिवडा !
धन्यवाद आरती, सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
६२.सवाल
सनातन अध्यात्म विज्ञान अन्तर्गत के-के विषयहरु पर्दछन् ?
जवाफ
विश्वकै (सायद ब्रमहाण्डकै)सबैभन्दा प्राचीन भाषा संस्कृति वांगमयको अत्यन्तै वजनदार शव्द ‘अध्यात्म’ संज्ञा(नाउन) र क्रिया(भर्ब) दुवै हो । संज्ञाको परिभाषामा अध्यात्मको सोझो अर्थ परमात्मा अर्थात इश्वर हो । दुई शव्द अधि+आत्म=अध्यात्म मिलेर बनेको यो शव्दलाई सन्धि बिच्छेद गरेर अर्थ लगाउदा ‘अधि’ को अर्थ श्रेष्ठतम अर्थात उच्च अर्थात परम हो र आत्माको अर्थ हरेक मनुष्य तथा प्राणीहरुको मूलस्वरुप तथा प्रमुख उर्जा आत्मा अर्थात चेतना हो, र आत्माहरुको पनि नियमक तथा नियन्त्रक अर्थात आत्माहरुको मूलश्रोत परमआत्मा अर्थात परमचेतना हो । क्रियाको परिभाषामा अध्यात्मको सोझो अर्थ निराकार तथा अव्यक्त परमात्मा आकार तथा व्यक्त हुने क्रममा वहाँको हिरण्य गर्भको प्रसव अर्थात अध्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)का अनुसार तथा महाविष्फोट(विगव्यांग) पश्चात हामी परमात्माबाट वियोग भएका हौं, वियोग भएका कारण हामीले परमात्मालाई भूलेका तथा बिर्सेका छौं, यसैकारण बारबार जन्म र मृत्युको चक्रमा घुमिरहेका छौं तथा सांसारिक जीवनको भवसागरमा रुमल्लिरहेका छौं, यो भवसागर पार गरेर पुनः आफ्नो मूलश्रोत तथा परमपिता परमात्मामा योगस्थ हुन गरिने सबै प्रकारका क्रिया, प्रक्रिया, विधि तथा पद्धतिहरु योग साधना हुन् र योग साधनाका सबै विषयहरु सनातन अध्यात्म विज्ञान अन्तर्गत पर्दछन् ।
मनुष्यको पुरै जीवन(जन्मौजन्म) योग साधना हो किनकी हरेक मनुष्यको जीवनको प्रमुख उद्देश्य तथा लक्ष्य आन्तरिक सुख, खुशी, शान्ति र आनन्दको प्राप्ति र दुःख तथा पिडाहरुबाट विवृत्ति हो । सुख, खुशी, शान्ति र आनन्द सबै परमात्माका गुण हुन् किनकी परमात्मा सतचितआनन्द(चित्त संधै आनन्दमा रहने) हो । आफ्नो जीवनमा यिनै गुणहरु हासिल गर्न हरेक मनुष्यले अनेक–अनेक प्रयत्नहरु गरिरहेको हुन्छ दैनिक रुपमा तथा जीवन भरिनै र जीवनका विविध आयामहरुसंग जोडिन्छ तथा योग हुन्छ, यहाँबाट–त्यहाँबाट–वहाँबाट कहाँ–कहाँबाट आफ्नो जीवनमा आन्तरिक सुख, खुशी, शान्ति र आनन्दको प्राप्ति हुनसक्छ त्यसकैलागि सारा मेहनत, प्रयत्न, कोशिस, तपस्या, साधना गर्दछ र उसले आफ्नो तन–मन–धन सबै लगाएर गरेका यी सबै प्रयत्नहरु योग साधना हुन् । मनुष्यले जीवनभर गरेका सबै प्रकारका यो साधनाहरु सनातन अध्यात्म विज्ञान अन्तर्गत रहेर गरिने क्रिया, प्रक्रिया, विधि तथा पद्धतिहरु तथा साधनाहरु हुन् । यसकारण सनातन अध्यात्म विज्ञानको प्रमुख विषय योग साधना हो र योग साधनाभित्र नै मनुष्यले गर्ने सबैप्रकार साधनाहरु– अध्ययन, खोज, अनुसन्धान, विचार, कर्म, आविस्कार, रचनात्मकता, सिर्जनशीलता, क्षमता, प्रतिभा, सकारात्मक गुण आदि सबै पर्दछन् । सामान्य मनुष्यको मूल खोज आफ्नो भौतिक तथा सांसारिक जीवनमा हरहालमा सुख, खुशी, शान्ति, आनन्द हासिल गर्नु र आफ्नो सांसारिक जीवनलाई सहज बनाउनु हो र यही नै उसको योग साधना तथा अध्यात्म साधना हो । तर आत्मा अर्थात चेतनाको विकास भएको अलि विशेष प्रकारको मनुष्यले आफ्नो सांसारिक जीवन सहज बनाउनुका साथसाथ आफ्नो आत्मा अर्थात चेतनाको विकास गरेर सनातन अध्यात्म विज्ञानका मूल विषयहरु ब्रम्हाण्डको अस्तित्व(एग्जिसटेन्स) र आफ्नो अस्तित्व अर्थात आफू यो संसारमा हुनुको कारण, ल्याइनुको कारण, ल्याउनेवाला अर्थात आफ्नो मूलश्रोत परमपिता परमात्माको खोज गरेर आफ्नो पारमार्थिक तथा आध्यात्मिक जीवनलाई विवेकशिल प्रज्ञा तथा अन्तरज्ञानले भरेर आफूलाई आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञानमा उपलव्ध गराउनु हो र यही नै उसको योग साधना तथा अध्यात्म साधना(क्रिया) हो ।
अध्यात्म विज्ञानलाई अंग्रेजीमा भाषामा स्प्रिचुअल साइन्स भनेर सम्वोधन गर्ने गरिएको भएपनि अध्यात्म शव्दको हुबहु अर्थ लाग्ने अंग्रेजी शव्द अंग्रेजी भाषा वांगमयमा छैन । अंग्रेजी भाषामा लेखिएको क्रिश्चियन सम्प्रदाय(रिलिजन) महान ग्रन्थ पवित्र वाइवलमा ‘होलि स्प्रिट’ शव्दको प्रयोग बारबार गरिएको छ तर होलि स्प्रिटको शाव्दिक अर्थ ‘पवित्र आत्मा’ हो परमात्मा होइन, परमात्मा आत्माहरुको पनि मूलश्रोत हो अर्थात ‘अधि+आत्म’ अर्थात श्रेष्ठतम आत्मा तथा ‘परम+आत्मा’ हो । पवित्र वाइवलमा भगवान जिससलाई ‘सन अफ दि गड’ भनेर बारबार सम्वोधान गरिएको छ; त्यस्तै पवित्र ग्रन्थ कुरानमा भगवान मोहम्मदलाई ‘मेसेन्जर आफ दि गड’ भनिएको छ र हिन्दु धर्मग्रन्थहरुमा भगवानहरुलाई ‘इनकारनेसन आप दि गड’ भनिएको छ । यसको सिधा अर्थ हो सन अर्थात छोरो, मेसेन्जर अर्थात सन्देश संवाहक, र इनकारनेसन अर्थात अवतार पुरुषहरु(सिद्ध आत्मा अर्थात चैतन्य चेतनाहरु) पवित्र आत्मा हुनुहुन्छ र वहाँहरुको पिता तथा मूलश्रोत गड अर्थात इश्वर अर्थात परमपिता परमेश्वर अर्थात परमात्मा हुनुहुन्छ । परमात्मा पवित्र आत्माहरु को पनि मुलश्रोत हुनुहुन्छ यसकारण अध्यात्म अर्थात अधि+आत्म भनिएको हो र अध्आत्म अर्थात परमात्मासंग सम्वन्धित सारा आकार–निराकार, व्यक्त–अव्यक्त, गुण–निर्गुण, दृश्य–अदृश्य, शक्ति–शिव, प्रकृति–पुरुष, पदार्थ–उर्जा अर्थात म्याटर–इनर्जी सबै विषयहरु अध्यात्म विज्ञान अन्तर्गत पर्दछन् हुन् । अध्यात्म विज्ञान स्वयं परमात्माबाट प्रष्फुटि भएको महाज्ञान तथा वेद तथा विज्ञान हो जो अपौरुषिय(स्रष्टाबिहिन स्वयं सिर्जित) छ र यो ब्रम्हाण्डको मूलकानून तथा सम्विधान हो, यही मूलकानूनको व्याख्यामा सारा शास्त्र, ग्रन्थ, पुस्ता तथा कितावहरु ल्ेखिएका छन् अर्थात सबै ज्ञानहरु महाज्ञान वेदबाट निसृत भएका हुन्, वेद भन्दामाथि ब्रम्हाण्डमा कुनै ज्ञान छैन, कुनै विज्ञान छैन किनकी वेदको स्रष्टा परमात्मा स्वयंनै हुनुहुन्छ ।
छिट्टै,
सनातन वेद अन्तर्गत के-के विषयहरु पर्दछन् ?
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment