#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
२९.सवाल
जीवनका सबै आयामहरुको उच्चतम विकास गर्न योग साधना अपरिहार्य ।
जवाफ
सनातन अध्यात्म दर्शन अन्तर्गत पर्ने प्रमुख विद्याहरु चक्र विज्ञान, तत्व विज्ञान, कोष विज्ञानका अनुसार मनुष्यका शरीरका आयामहरु प्रमुख रुपमा पाँच प्रकारका रहेका छन् । मनुष्यको भौतिक शरीर दृश्यमा छ तर अदृश्यमा रहेका थप चारप्रकारका शरीरहरु गरि कुल मिलाएर प्रमुख पाँच प्रकारका शरीरहरु निम्नानुसार रहेका छन्– (१)स्थुल शरीर, (२)मानसिक शरीर, (३)भावनात्मक शरीर, (४)वौद्धिक शरीर, (५)चेतनात्मक शरीर । सनातन अध्यात्म दर्शनका प्रमुख विद्याका महान ग्रन्थहरु चक्र विज्ञान, तत्व विज्ञान, कोष विज्ञानले मनुष्यको दृश्यमा रहेको भौतिक शरीरलाई (१)स्थुल शरीरको रुपमा परिभाषित गरेका छन् र अदृश्यमा रहेका मानसिक शरीर, भावनात्मक शरीर, वौद्धिक शरीर, चेतनात्मक शरीरलाई (२)सुक्ष्म शरीरको रुपमा परिभाषित गरेका छन् । मनुष्यको जीवनका सबैप्रकारका घटना तथा विषयहरु यिनै पाँच प्रकारका शरीरका विविध आयामहरु अन्तर्गत पर्दछन् र प्राचीनकालदेखि आजसम्म संसारमा जेजति मानव सभ्यता विकासका गतिविधिहरु भएका तथा गरिएका छन् ती सबै मनुष्यका यिनै पाँच प्रकारका शरीरका विविध आयामहरुको सहि व्यवस्थापन र उच्चतम विकास गर्नकालागि गरिदै आइएका हुन् चाहे भौतिक विज्ञानको उपलव्धि होस् या संचार माध्यम या चिकित्सा क्षेत्र या मनोरञ्जन क्षेत्र या सौन्दर्य क्षेत्र आदि हरेक क्षेत्रहरु ।
मानव सभ्यताको विकासक्रममा सबैभन्दा पहिला मानव जीवनका सबै आयामहरुको अध्ययन सनातन पूर्वीय अध्यात्म विज्ञानले गरेको हो चक्र विज्ञान, तत्व विज्ञान, कोष विज्ञानका विषयहरु अन्तर्गत रहेर । चक्र विज्ञानका अनुसार मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डमा ब्रम्हाण्डिय महाउर्जाका मूल शक्तिकेन्द्र प्रमुख सात प्रकारका चक्रहरु रहेका छन्– (१)मुलाधार चक्र(रातो रंग), (२)स्वाधिष्ठान चक्र(स्वाधिष्ठान रंग), (३)मणिपुर चक्र(पहेंलो रंग), (४)अनाहद चक्र(हरियो रंग), (५)विशुद्धि चक्र(निलो रंग), (६)आज्ञा चक्र(प्याजी रंग), (७)सहश्रार चक्र(गुलाफी रंग) र यिनै सात चक्रहरुसंग सम्वन्धित मनुष्यका शरीरका आयामहरु पनि सात प्रकारका नै रहेका छन्– (१)भौतिक शरीर, (२)मनस शरीर, (३)प्राणिक शरीर, (४)भावनात्मक शरीर, (५)वौद्धिक शरीर, (६)आत्मिक शरीर, र (७)पारमार्थिक तथा आध्यात्मिक शरीर । तत्व विज्ञानका अनुसार मनुष्यको शरीरका सबै आयामहरुको मूलश्रोत पाँच प्रकारका तत्वहरु रहेका छन्– (१)पृथ्वी तत्व, (२)जल तत्व, (३)अग्नि तत्व, (४)वायु तत्व, (५)आकाश तत्वका साथै पारमार्थिक रुपमा छैठौं आत्मा तत्व र सातौं परमात्मा तत्वको गहन रुपमा व्याख्या र विश्लेषण गरिएको पाइन्छ र यिनै पाँच तथा सात तत्वहरुसंग सम्वन्धित मनुष्यका शरीरका आयामहरु पनि पाँच तथा सात प्रकारका नै रहेका छन् । कोष विज्ञानका अनुसार मनुष्यका पाँच प्रकारका शरीर तथा कोषहरु रहेका छन्– (१)अन्नमय कोष, (२)प्राणमय कोष, (३)मनोमय कोष, (४)विज्ञानमय कोष, र (५)आनन्दमय कोष । सनातन अध्यात्म विज्ञानका यिनै प्रमुख विद्याहरुमा गरिएका मनुष्यको शरीर तथा स्वास्थ्य विज्ञानका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा विज्ञानहरुलाई नै अनुशरण गर्दै समय सान्दर्भिक हुनेगरि परिमार्जन तथा विकास गरेर त्यसकै निरन्तरताका रुपमा विकास भएको आधूनिक चिकित्सा विज्ञान(मोर्डन मेडिकल साइन्स)का अनुसार पनि मनुष्यको शरीरका आयामहरु सात प्रकारकै बताइएको पाइन्छ छ ग्रन्थी विज्ञान(ग्ल्याण्ड साइन्स)का रुपमा– (१)गोनाड्स ग्ल्याण्ड(मूलाधार चक्र, पृथ्वी तत्व, अन्नमय कोष), (२)एडर्नलिन ग्ल्याण्ड(स्वाधिष्ठान चक्र, जल तत्व, प्राणमय कोष), (३)पेंक्रियाज ग्ल्याण्ड(मणिपुर चक्र, अग्नि तत्व, प्राणमय कोष नै), (४)थाइमस ग्ल्याण्ड(अनाहद चक्र, वायु तत्व, मनोमय÷भावमय कोष), (५)थाइरोइड ग्ल्याण्ड(विशुद्धि चक्र, आकाश तत्व, विज्ञानमय कोष), (६)पिटियोटरी ग्ल्याण्ड(आज्ञा चक्र, आत्मा तत्व, आनन्दमय कोष), र (७)पिनियल ग्ल्याण्ड(सहश्रार चक्र, परमात्मा तत्व, आनन्दमय कोष नै) । सनातन अध्यात्म विज्ञान र यसैका ज्ञान तथा विज्ञानका विषयहरुलाई आधार मानेर समय सान्दर्भिक हुनेगरि परिमार्जन गर्दै विकास भएको आधूनिक चिकित्सा विज्ञानले निर्धारण र अध्ययन गर्दै आएको मनुष्यको शरीरको गोनाड्स ग्ल्याण्ड; चक्र विज्ञानले निर्धारण र अध्ययन गर्दै आएको मनुष्यको शरीरको मूलाधार चक्र; तत्व विज्ञानले निर्धारण र अध्ययन गर्दै आएको मनुष्यको शरीरको पृथ्वी तत्व; र कोष विज्ञानले निर्धारण र अध्ययन गर्दै आएको मनुष्यको शरीरको अन्नमय कोष स्थुल तथा दृश्य शरीरसंग सम्वन्धित छन् र बाँकी सबै ग्ल्याण्ड, चक्र, तत्व तथा कोषहरु मनुष्यको सुक्ष्म तथा अदृश्य शरीरसंग सम्वन्धित रहेका छन् ।
मनुष्यको जीवनसंग सम्वन्धित सबै घटना तथा विषयहरुका सुखद तथा दुःखद, सकारात्मक तथा नकारात्मक, राम्रा तथा नराम्रा सबै प्रकारका गतिविधिहरु यिनै सात तथा पाँच प्रकारका शरीरका विविध आयामहरुसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्वन्धित तथा अन्तर–सम्वन्धित रहेका छन् । मनुष्यको जीवनका यी सबै आयामहरुको सहि ढंगले व्यवस्थापन तथा उच्चतम विकास गर्नकालागि विभिन्न प्रकारका साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अनुशरण गर्नु अत्यावश्यक हुन्छ । विभिन्न प्रकारका साधना र तिनका प्रक्रिया, विधि तथा पद्धतिहरु मध्य सबैभन्दा उत्कृष्ट, सरल, सहज, व्यवहारिक र सबैप्रकारका मनुष्यकालागि उपयुक्त तथा व्यवहारिक हुनेगरि हाम्रा होनहार पूर्खा तथा प्राचीन वैज्ञानिक ऋषिमुनिहरुले हजारौं वर्ष लगाएर, हजारौं खोज, अध्ययन, अनुसन्धान तथा प्रयोगात्मक अभ्यासहरु गरेर प्रतिपादन गर्नुभएको सनातन ‘योग दर्शन’ रहेको प्रामाणिक तथ्य, विश्वास तथा मान्यता पछिल्लो दशकमा योग साधना(प्रमुख रुपमा– योगासन, प्राणायाम, ध्यान)का सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा विज्ञानहरुका पूर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुलाई पूरै विश्वले अनुशरण गर्दै आइरहेको तथा पूर्वीय सनातन ज्ञान तथा विज्ञानको लोकप्रियता बढ्दै गैरहेको र विश्वकै छाता संगठन तथा विश्वको केन्द्रिय सरकार संयुक्त राष्ट्रसंघले नै योग र ध्यानको महत्व र प्रभावकारीतालाई गहन रुपमा बुझेर यो महान ज्ञानलाई विश्वका सबै मनुष्ययहरुले अनुशरण गरुन र आफ्नो शरीर तथा जीवनका सबै आयामहरुको सहि व्यस्थापन तथा उच्चतम विकास गरुन भन्ने भावले विश्वव्यापि रुपमा मनाउने गरि जुन २१ लाई ‘अन्तरराष्ट्रिय योग दिवस’ र डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’को रुपमा घोषणा गरेको अत्यत्नै सह्रानिय कदमबाट पनि सहजै अनुमान लगाउन र विश्वास गर्न सकिन्छ कि योग विज्ञान अन्तर्गतका योगीक साधनाका अत्यन्तै प्रभावकारी, परिणाममुखी र उपलव्धिमूलक प्रक्रिया, विधि तथा पद्धतिहरु नै मनुष्यको जीवनका सबै आयामहरुको सहि व्यवस्थापन गर्ने र उच्चतम विकास गर्न सहयोग गर्ने एक मात्र भरपर्दो साधनाको विज्ञान हो ।
छिट्टै,
योग साधनाले मनुष्यको स्थुल र सुक्ष्म शरीरको उच्चतम विकास गर्दछ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment