Tuesday, 20 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४२

                                      #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

.सवाल

तत्व विज्ञानका अन्तरविषयहरुले जीवनका सबै आयामहरुलाई व्यवस्थित गर्न मद्धत गर्दछ 

जवाफ

तत्व विज्ञान र मनुष्यको शरीरका आयामहरुको अन्तरसम्वन्ध

ब्रम्हाण्डमा दृश्य तथा अदृश्य जति पनि चिज, वस्तुहरु छन् ती सबै पंचतत्व- तलदेखि माथि क्रमशः (१)पृथ्वी, (२)जल, (३)अग्नि, (४)वायु, (५)आकाश हुन् ठोस कुराहरु पृथ्वी तत्वसंग सम्वन्धित छन्; तरल कुराहरु जल तत्वसंग; उर्जा तथा ताप अग्नि तत्वसंग; गति वायु तत्वसंग; खालि तथा खुल्लापन आकाश तत्वसंग सम्वन्धित रहेका छन् सबै प्राणी, वनस्पति तथा पदार्थहरुको जीवन चक्र यिनै पंचतत्वको आधारमा चलिरहेको हुन्छ मनुष्य दृश्य रुपमा स्थुल शरीरमा अस्तित्वमा तर मनुष्यको समग्र जीवन चक्रलाई सुक्ष्म रुपमा हेर्ने हो भने मनुष्य भन्ने यही नै हो भनेर चिनाउने एकिन अंग तथा स्थान केही पनि छैन उसको शरीरमा किनकी उसको शरीर सम्पूर्ण रुपमा पंचतत्वहरुको सशक्त समिश्रणको उपस्थिति हो मनुष्य सबैभन्दा शुरुमा आमाको गर्भमा भ्रुणको रुपमा जन्मिन्छ तथा उम्रिन्छ आमाले खाएको खाना, पिएको पानी, लिएको वायु तथा श्वासप्रश्वास, सूर्यको ताप तथा प्रकाशबाट हुर्कदै जान्छ जव आमाको गर्भमा भ्रुण करिव तीन महिनाको हुन्छ तव भ्रुणमा आकाश तत्व, स्वयं परमात्माको अभिन्न अंश आत्मा अर्थात चेतना प्रवेश गर्दछ तथा संचारित हुन्छ भ्रुणको शरीर, मन, मस्तिष्क, हृदय सक्रिय हुन प्रारम्भ हुन्छ यो सबै प्राकृतिक प्रक्रिया हो यो सबै प्रक्रिया प्रकृतिले रचाउछयही रचनाकार प्रकृति नै परमात्मा हो  प्रकृतिले आमाको गर्भमा मनुष्यको भ्रुण परिपक्व हुन तय गरेको नौ महिनाको समयअवधि पूरा भएपछि आमाको गर्भबाट हुर्किएको भ्रुण तथा बच्चा वाहिरको संसार तथा पृथ्वीलोकमा आउछ यसअघिसम्म आमाको माध्यमबाट अप्रत्यक्ष रुपमा ग्रहण गरिरहेको पंचतत्व अव प्रत्यक्ष रुपमा आफ्नै शरीरको माध्यमबाट ग्रहण गर्न थाल्दछ पंचतत्वको ग्रहणसंगै ग्रहण गरेको अवस्था अनुरुप उसको शरीरप्राण उर्जामन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाको विकास हुदै जान्छ पृथ्वी तत्व तथा माटोमा उब्जिएका अन्न, फल, तरकारी खाएर उसको मांसपेसी, नशाअस्थि आदि बन्छन् तथा विकास हुन्छन्; जल पिएर उसको शरीरका सबै तरल तथा द्रव्यहरु बन्दछन्; सूर्यको ताप, प्रकाश तथा किरणहरुले उसले खाएका आहार तथा तरल द्रव्यहरुलाई निश्चित क्रिया तथा प्रक्रिया गरि शरीरमा सबैतिर सन्तुलित रुपमा संचारीत गर्दछन्; वायु तत्व तथा श्वासप्रश्वासको माध्यमबाट प्राण उर्जा तथा जीवन उर्जा शरीरका नशनाडीहरु हुदै शरीर भरि संचारित हुन्छन्; आकाश तत्वको माध्यमबाट मनुष्यको मनमा विचार, भावमा भावनात्मक संवेग, वुद्धिमा वौद्धिकता, तर्क, वितर्कसिर्जनशीलता  सचेतनामा होस तथा जागरुकता संचारित भएर पंचतत्वका सबै आयामहरुको संयोगबाट अनेक अंश  तथा भागहरु एकआपसमा मिलेर मनुष्यको सिंगो स्थुल शरीर निर्मित भएको हुन्छ  


यसकारण मनुष्य भनेको यो चाहिं अंग तथा भाग हो भन्ने केही पनि छैन, उसको शरीरका दृश्य-अदृश्य सबै कुराहरु सबै नै पंचतत्व हुन्, पंचतत्व बाहेक हामीभित्र, वाहिर तथा समुच्चा ब्रम्हाण्डमै केही पनि छैन मनुष्यको स्थुल सुक्ष्म दुवै शरीर पंचतत्वको समिश्रणको समग्र स्वरुप भएकोले पाँच वटा तत्वहरु मध्य कुनै एक तत्व मात्र पनि असन्तुलित भयो भने विभिन्न प्रकारले मनुष्यको समग्र जीवन नै असन्तुलित हुन्छशारीरिक, मानसिकप्राणिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक  पारमार्थिक रुपमा पृथ्वी तत्व तथा आहार असन्तुलित भयो भने शरीरमा पौष्टिक तत्वको अपर्याप्तता तथा अभाव हुन्छ यसका अनेकौं नकारात्मक प्रभावहरु देखिन्छन् अस्वस्थता, रोग तथा समस्याहरुका रुपमा जल तत्व तथा पानी असन्तुलित भयो भने शरीरले ग्रहण गरेको आहारको सहि ढंगले प्रक्रिया तथा प्रशोधन हुन सक्दैन यसका अनेकौं नकारात्मक प्रभावहरु देखिन्छन् अस्वस्थता, रोग तथा समस्याहरुका रुपमा अग्नि तत्व तथा सूर्यको ताप, प्रकाश, किरण असन्तुलित भयो भने शरीरले ग्रहण गरेको आहार पानीको सहि ढंगले प्रक्रिया तथा प्रशोधन हुन सक्दैन यसका अनेकौं नकारात्मक प्रभावहरु देखिन्छन् अस्वस्थता, रोग तथा समस्याहरुका रुपमा वायु तत्व तथा अक्सिजन तथा प्राण उर्जा अर्थात जीवन उर्जा असन्तुलित भयो भने शरीरले ग्रहण गरेको आहार, पानी सूर्यबाट प्राप्त ताप, प्रकाश, किरणको सहि प्रक्रिया हुन सक्दैन यसका अनेकौं नकारात्मक प्रभावहरु देखिन्छन् अस्वस्थता, रोग तथा समस्याहरुका रुपमा त्यस्तै आकाश तत्व तथा मनुष्यको मन तथा भाव  स्वयं परमात्माको अभिन्न अंश आत्मा अर्थात चेतना असन्तुलित भयो भने शरीरले ग्रहण गरेको आहार, पानी, सुर्य, वायुका सबै प्रक्रियाहरु सहि ढंगले सुचारु हुन सक्दैनन् किनकी मनुष्यको मन, भाव, वुद्धि, सचेतनालाई सहि ढंगले चलाउने आत्मा अर्थात चेतनाले हो शरीरलाई सहि ढंगले चलाउने मन, भाव, वुद्धि, सचेतनाले हो यसकारण पंचतत्व मध्य कुनै एक तत्वलाई पनि आफ्नो शरीरमा असन्तुलित हुनदिनु हुदैन यसकालागि जीवन जीउने कलाका विभिन्न साधना विधिहरुयोग-ध्यान साधना तथा चिकित्सा, आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्साप्रकृति चिकित्सा, मर्म चिकित्सा, ध्वनि चिकित्सा, सुगन्ध चिकित्सा आदिको अनुशरण गर्नु पर्दछ जीवन जीउने कलाका यी साधना तथा चिकित्सा विधिहरुको अपर्याप्त ज्ञान तथा अन्य कारणले साधना तथा चिकित्साका प्रक्रिया तथा विधिहरु मिलेनन् तथा गलत किसिमले अभ्यास गरियो भने पंचतत्व असन्तुलित हुन्छन् तथा सन्तुलनमा आउन सक्दैन कतिपय अवस्थामा अझ बिग्रन पनि सक्छन्  यस्तो अवस्थामा मनुष्यको समग्र जीवन असन्तुलित तथा अव्यवस्थित हुने सम्भावना अझ बढेर जान्छ उसको शरीर, मनप्राण उर्जाभाव, वुद्धि, आत्मा अर्थात चेतनाका नियमित प्रक्रियाहरु अवरुद्ध हुन सक्छन् यसका अनेकौं नकारात्मक प्रभावहरु देखिन्छन् विभिन्न ज्ञात-अज्ञात अस्वस्थता, रोग तथा समस्याहरुका रुपमा यसप्रकार मनुष्यको जीवन स्वस्थ, सक्रिय, सहज, सरल, विकसित, समृद्ध, सफल, सन्तुलित तथा व्यवस्थित गर्न सार्थक बनाउनका लागि पंचतत्वको अत्यन्तै महत्वपूर्ण भूमिका तथा योगदान रहेको हुन्छ, तसर्थ पंचतत्व शरीरको सन्तुलनमा हरेक व्यक्ति आफू स्वयं नै सचेत हुनु अत्यावश्यक हुन्छ


सनातन धर्म र पंचतत्व सन्तुलनको अन्तरसम्वन्ध

मनुष्यको जीवन सहि ढंगले व्यवस्थापन गर्नकालागि सनातन धर्ममा गर्भ संस्कारदेखि मृत्यु संस्कारसम्म अनेकौं प्रकारका संस्कारहरु धर्म तथा संस्कृतिका रुपमा सदियौंदेखि अनुशरण गर्दै आइएका छन् । यी सबै संस्कार, धर्म तथा संस्कृतिका व्यवस्था तथा प्रक्रियाहरु मनुष्यको स्थुल र सुक्ष्म शरीरको पंचतत्वको समिश्रण संतुलित तथा व्यवस्थित राख्नका लागि नै अनुशरण गरिएका हुन् । यी धर्म, संस्कृति, संस्कार, परम्परा, रीतिरीवाज, चालचलन, रहनसहनहरु आदि सबै मनुष्यको शरीर निमाएणको मूलस्वरुप पंचतत्वलाई संतुलनमा राखेर उसको जीवनको विकास गर्न तथा जीवनको मूल्य बढाउनका लागि गरिएका हुन् । मनुष्यको शरीरमा पंचतत्व संतुलन गरेर उसको जीवनको विकास गर्न र जीवनको मूल्य बढाउन विभिन्न उपाय तथा साधना विधि, प्रक्रिया तथा तौरतरिहरुका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानहरुका विषयहरुको प्रयोगात्मक अभ्यास गर्दै आइएको छ प्राचीन काल तथा ऋषिमुनिहरुको सभ्यता कालदेखिनै अध्यात्म साधना, योग साधना, ध्यान साधना आदिका रुपमा । सनातन अध्यात्म दर्शनले मनुष्यको जीवनको विकास र जीवनको मूल्य तथा महत्वबारे अझ प्रष्ट पार्ने प्रयास गरेको छ बडो रोचक ढंगले विभिन्न प्रकारले उपमा, उदाहरण, चरित्र चित्रणहरु गरेर । सनातन अध्यात्मका अनुसार मनुष्य ८४ लाख प्रकारका योनी तथा जुनी पार गरेर बल्ल अन्तिममा मनुष्यको योनीमा जन्म लिन्छ, यसकारण मनुष्यको योनी अत्यन्तै मूल्यवान र महत्वपूर्ण छ । यो महत्वलाई कायम राख्न मनुष्यको शरीरका सबै आयामहरु जो प्रत्यक्ष रुपमा पंचतत्वको समिश्रणबाट बनेका छन्, यसलाई संतुलित तथा व्यवस्थित राख्नु अपरिहार्य हुन्छ र यसकालागि जसरी तथा जुन विधिबाट हुन्छ शरीरमा पंचतत्वको मात्रा मिलाउनु तथा संतुलनता कायम राख्नु नै एक मात्र विकल्प हो । मनुष्य योनी तथा मानव जीवनको महत्व अझ प्रष्ट हुनेगरि भगवान श्रीकृष्णले श्रीमद् भगवद् गीतामा भन्नु भएकोछ, “मनुष्य सबै योनीहरुमा उत्कृष्ट योनी हो त्यसैले सबै योनीहरुको चक्र पूरा गरिसकेपछि सबैभन्दा अन्तिममा मनुष्य योनी आउछ । मनुष्य योनीमा जन्म लिनुको प्रमुख लक्ष्य अध्यात्म साधना गरेर आफ्नो शरीर, मन, प्राण उर्जा, भाव, वुद्धि, सचेतना अर्थात समग्रमा पंचतत्वलाई शुद्ध, पवित्र, सक्रिय, जाग्रित, संन्तुलित तथा व्यवस्थित बनाएर आफ्नो वास्तविक जन्मदाता परमपिता तथा आफ्नो वास्तविक मूलस्वरुप परमात्मामा योगस्थ भएर विभिन्न योनीमा जन्मिरहनु र मरिरहनु पर्ने जन्म–मृत्युको चक्रबाट मुक्त भएर मोक्ष तथा निर्वाणमा उपलव्ध हुनु हो । यसकारण मनुष्यको जीवनको क्षणक्षणको समय र जीवन अत्यन्तै महत्वपूर्ण छ, यी महत्वपूर्ण क्षणहरुलाई त्यसै खेर नफाल । तसर्थ, हे मनुष्य, तिमी आफ्नो शरीरका सबै आयामहरु तथा पंचतत्व संतुलित, व्यवस्थित र विकसित गरेर, आफूलाई संधै शुद्ध, आरोग्य, उर्जावान, सक्रिय बनाएर परमात्मा प्राप्तिको मार्ग सहज बनाउने सतविचार, सतकर्म, सर्वकल्याण, दया, करुणा, दान, पुण्य, सेवा, परोपकार, श्रद्धा, भक्ति, योग, ध्यान, अध्यात्म, धर्म, संस्कार, संस्कृति, साधनाका गतिविधिहरुमा लगाउ ।” 

छिट्टै,

पृथ्वी तत्व सन्तुलन र यस तत्वका अन्तरविषयहरुले जीवनका विविध आयामहरुलाई व्यवस्थित गर्न मद्धत गर्दछ 


                                                                   शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ



No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४२

                                       #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान              सवाल जवाफ श्रृंखला सवालकर्तालाई धन्यवाद ...