#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
३१.सवाल
पाँच प्रकारका शरीर व्यवस्थापनका लागि योगीक साधनाका विधिहरु गर्नु अपरिहार्य ।
जवाफ
मनुष्यका शरीरका पाँच आयामहरु– (१)भौतिक शरीर, (२)मानसिक शरीर, (३)भावनात्मक शरीर, (४)वौद्धिक शरीर, र (५)चेतनात्मक शरीरलाई सनातन योग विज्ञानले प्रमुख रुपमा दुई प्रकारका शरीरमा विभाजन गरेको छ– (१)स्थुल शरीर, र (२)सुक्ष्म शरीर । स्थुल शरीर अन्तर्गत मनुष्यको भौतिक तथा दृश्य शरीरका विविध आयाम तथा अन्तरविषयहरु र तिनका व्यवस्थापन तथा विकासका सन्दर्भहरु विस्तारमा व्याख्या गरिएका छन् र सुक्ष्म शरीर अन्तर्गत मनुष्यको अभौतिक तथा अदृश्य शरीर– मन, भाव, वुद्धि, चेतनाका विविध आयाम तथा अन्तरविषयहरु र तिनका व्यवस्थापन तथा विकासका सन्दर्भहरु विस्तारमा व्याख्या गरिएका छन् । मनुष्यको स्थुल शरीर दृश्य स्वरुपमा रहेकोले यसका वाहिरी तथा आन्तरिक अंगहरुमा आएका राम्रा–नराम्रा, सुधार भएका, सुधार नभएका, अझ कमजोर भएका, अझ विग्रिएका, असन्तुलित तथा अव्यवस्थित भएका परिवर्तित अवस्थाहरु मनुष्यका नांगा आँखाले तथा विज्ञान प्रविधिका सुक्ष्मदर्शक यन्त्रहरुका माध्यमबाट थाहा पाउन, देख्न तथा अनुमान लगाउन सकिन्छ र कुन तहको, कति समयकालागि, कस्तो समाधान तथा उपचारको उपाय अपनाउने भन्नेबारे निक्र्यौल गर्न सकिन्छ तर मनुष्यको सुक्ष्म शरीर अदृश्य स्वरुपमा रहेको हुनाले यसका आयाम तथा अन्तरविषयहरुमा आएका राम्रा–नराम्रा तथा सकारात्मक–नकारात्मक परिवर्तनहरु थाहा पाउन तथा अनुमान लगाउन मुस्किल हुन्छ र कतिपय अवस्थामा सम्भवनै हुदैन । मनुष्यको सुक्ष्म शरीरमा आएका केही लक्षणहरुका आधारमा परिवर्तित अवस्था थाहा पाइहाले पनि मनुष्यको सुक्ष्म शरीरको उपचार वाहिरी प्रक्रिया तथा उपायहरुबाट गर्न सम्भव हुदैन किनकी सुक्ष्म शरीरका सबै गतिविधिहरु आन्तरिक हुन्छन् र यी आन्तरिक विकास प्रक्रियाबाट मात्र समाधन हुन सक्दछन् र मनुष्यको आन्तरिक विकास प्रक्रिया केवल योग साधनाका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानहरुका वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रायोगात्मक अभ्यमसबाट मात्र सहज ढंगले अगाडि बढाउन सकिन्छ ।
वर्तमान समयमा आधूनिक भौतिक विज्ञानको प्रगतिसंगै आधूनिक चिकित्सा विज्ञानले उच्चतम विकास हासिल गरेको त छ तर यसले प्रदान गर्ने सबैप्रकारका सेवा, सुविधाहरु केवल मनुष्यको स्थुल शरीरकालागि र केही हदसम्म मानसिक तथा वौद्धिक शरीरका चुनौतिहरुको समाधान, उपचार तथा विकास(अनुमानित ५–१०%)का लागि मात्र उपलव्ध रहेकाछन् किनकी मनुष्यको सुक्ष्म शरीर तथा यसका आयाम र अन्तरविषयहरु नितान्त रुपमा उसको आन्तरिक अवस्थाहरु हुन् जो एकअर्को मनुष्यसंग मिल्दैनन् र हरेकको आन्तरिक अवस्थाका चुनौति तथा कठिनाइहरुको समाधन तथा उपचारका आवश्यकता, मापदण्ड र उपायहरु फरक–फरक प्रकारका हुन्छन् । सुक्ष्म शरीरका आयाम तथा यसका अन्तरविषयहरु आन्तरिक अवस्था भएकाले यसको सहि व्यवस्थापन तथा विकासका उपाय तथा प्रक्रियाहरु पनि आन्तरिक रुपमै खोज्नु पर्ने हुन्छ, वाहिर खोजेर समाधान तथा उपचार पाउन मुस्किल मात्र होइन असम्भव नै हुन्छ र योग विज्ञान मात्र त्यस्तो प्रभावकारी साधना विधि तथा पद्धति हो जसले मनुष्यका आन्तरिक तथा वाहिय सबैप्रकारका चुनौतिहरुको समाधान आन्तरिक रुपमा खोज्ने वैज्ञानिक ज्ञान तथा विज्ञानका विषयहरु सिकाउदछ ।
हरेक मनुष्यको जीवनका प्रमुख पाँच आयामहरु– (१)स्वास्थ्य, (२)सम्वन्ध, (३)समृद्धि, (४)मानप्रतिष्ठा, (५)शान्ति मध्य स्वास्थ्य र समृद्धिका अन्तरविषयहरु यिनको व्यवस्थापन तथा विकासका लागि भौतिक संसारका वाहिरका उपायहरुमा केही हदसम्म भरपर्न सकिन्छ तर यसकालागि पनि मनुष्य आफूभित्रबाट मानसिक, भावनात्मक, वौद्धिक र चेतनात्मक रुपमा स्वस्थ, सक्रिय, सहज, सरल, आत्मविश्वासले भरिएको, सन्तुलित तथा व्यवस्थित हुनु अत्यावश्यक हुन्छ किनकी मनुष्यका आन्तरिक अवस्थाका आवश्यकताहरु पूरा गर्न सक्ने तथा आन्तरिक आयामका अन्तरविषयहरुलाई सुदृढ तथा विकसित राख्न सक्ने वाहिरको भौतिक संसारमा कुनै भरपर्दा उपायहरु नै छैनन् । उदाहरणका लागि मनुष्यको आपसि सम्वन्ध बिग्रियो, मानप्रतिष्ठामा हानि भयो, आन्तरिक शान्ति खलबलियो र यही कारणले मनुष्य मानसिक, भावनात्मक, वौद्धिक र चेतनात्मक रुपले असन्तुलित तथा अव्यवस्थित भयो भने यसको सहि तथा दिगो समाधान दिन सक्ने कुनै प्रकारको उपचारको उपाय वाहिरको संसारमा छैन तर योग विज्ञानका योगीक साधना पद्धतिहरुमा मनुष्यका यस्ता आन्तरिक र वाहिय सबैप्रकारका चुनौति, कठिनाइ तथा अस्वस्थताहरुको सहि र दिगो समाधान तथा उपचार दिन सक्ने भरपर्दा, प्रभावकारी, परिणाममुखी तथा उपलव्धिमूलक उपायहरु रहेकाछन् । आधूनिक चिकित्सा पद्धतिमा मनुष्यका सुक्ष्म शरीरका यस्ता अदृश्य चुनौति, समस्या तथा अस्वस्थताहरुको सहि र दिगो समाधान तथा उपचार गर्नसक्ने कुनै उपाय तथा प्रविधिको विकास भएको छैन आजसम्मको तथ्यांकमा । उपचारका रुपमा क्षणिक समाधान दिने प्रकारका औषधि तथा पिडा निरोधक(पेनकिल) औषधिहरु दिएर मनुष्यको मन, भावना, वुद्धि र चेतनालाई आलस्य बनाउने, निष्क्रिय तुल्याउजे तथा लठ्याएर समस्या तथा रोगलाई शरीरभित्रै दबाउने प्रक्रिया अपनायदै आइरहेको छ, जसले रोगलाई वाहिर फाल्नुको साटो शरीर, मन, भाव, वुद्धि, भेतनामै दबाइराख्दछ मनुष्यको शरीर र स्वास्थ्यका सबै आयामहरुलाई अझ कमजोर र अस्तव्यस्त बनाइरहेको छ किनकी आधूनिक चिकित्सा पद्धतिका उपचारका उपायहरु रोग लाग्नै नदिने भन्दा रोग लागेपछि उपचार गर्ने भन्ने सिद्धान्तमा आधारित रहेको छ र यसैकारण यसको मनुष्यको नभई रोगको उपचार गर्दछ र यस्तो अवस्थामा रोगको उपचार हुन पनि सक्छ नहुन पनि सक्छ किनकी रोगको कारण र निवारण दुवै पूर्णरुपमा मनुष्यको सुक्ष्म शरीरको आन्तरिक अवस्थामा निहीत रहेको हुन्छ जसको सहि व्यवस्थापन र उच्चतम विकास केवल योग विज्ञानका साधना पद्धतिहरुबाट मात्र सहत तथा सम्भव हुन सक्दछ ।
पुर्वीय सनातन ज्ञान ‘योग विज्ञान’का पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका विधि तथा पद्धतिहरुमा मनुष्यको सुक्ष्म शरीर लगायत स्थुल शरीरका यस्ता सबैप्रकारका गंभिर चुनौति, समस्या तथा अस्वस्थताहरुको सहज समाधान तथा उपचारका लागि आवश्यक पर्ने सबैप्रकारका अत्यन्तै प्रभावकारी उपायहरु रहेका छन् । सनातन अध्यात्म दर्शनको प्रमुख विद्या योग विज्ञानका अनुसार मनुष्यको स्थुल शरीर सुक्ष्म शरीरकै फैलावट तथा छायाँ हो, यसकारण स्थुल शरीरमा राम्रो–नराम्रो तथा सकारात्मक–नकारात्मक जस्ता प्रकारका परिवर्तनहरु देखिन्छन् ती सबै उसको सुक्ष्म शरीरमा आएका परिवर्तनका कारण आउने गर्दछन् किनकी स्थुल शरीर सुक्ष्म शरीरले आफूलाई व्यक्त गर्ने साधन, यन्त्र तथा माध्यम मात्र हो, तसर्थ मनुष्यको सुक्ष्म शरीर जति मात्रामा स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित, व्यवस्थित तथा विकसित हुन्छ त्यतिनै मात्रामा उसको स्थुल शरीर तथा वाहिर देखिने जीवनका सबै आयामहरु पनि स्वतः स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित, व्यवस्थित तथा विकसित हुन्छन् ।
श्रद्धेय खप्तड बाबाद्वारा प्रतिपादन गरिएको र भविस्यको अत्याधूनिक मनोविज्ञानको खाका समेत मानिएको ग्रन्थ ‘विचार विज्ञान’ले यही विषयलाई जोड दिएको छ कि, मनुष्यका जीवनका स्थुल तथा सुक्ष्म शरीरका सबै आयामहरुमा आइपर्ने सबैप्रकारका प्रगति, विकास, चुनौति, कठिनाइ, अस्वस्थता तथा रोगहरु सबै उसको विचार, सोच, भाव, नियतका कारण आउने गर्दछन् किनकी मनुष्यको विचार, सोच, भाव, नियतको प्रकृतिले नै उसको मन, भाव, वुद्धि र चेतनाको सकारात्मक तथा नकारात्मक वास्तविक प्रारुप तयार हुन्छ र उसको शरीर, सम्वन्ध, समृद्धि, मानप्रतिष्ठा, शान्ति, व्यक्तित्व, भविश्य तथा भाग्य पनि त्यस्तै प्रकारले निर्धारित हुदै जान्छ । मनुष्यका विचार, सोच, भाव, नियतहरु शुद्ध तथा सकारात्मक प्रकारका छन् भने उसको जीवनका सबै आयामहरु सकारात्मक किसिमले नै व्यवस्थित तथा विकसित हुदै जान्छन् तर यसको विपरित उसका विचार, सोच, भाव तथा नियतहरु शुद्ध तथा सकारात्मक प्रकारका छैनन् भने उसको जीवनका सबै आयामहरु नकारात्मक किसिमले असन्तुलित, अव्यवस्थित, अविकसित तथा अस्तव्यस्त हुदै जान्छन् र उसको स्वास्थ्य, सम्वन्ध, समृद्धि, मानप्रतिष्ठा, शान्ति सबैतिर ह्रास आउछ । भौतिक संसारमा कुनै त्यस्तो उपकरण तथा उपाय तथा उपचार पद्धति उपलव्ध र्भको पाइएको छैन आजसम्म कि त्यसले मनुष्यको विचार शुद्ध, मन सकारात्मक, भाव प्रेमल, वुद्धि सिर्जनशील र चेतना जाग्रित बनाउन सकोस् । बरु उल्टै यस सन्दर्भमा गरिएका वैज्ञानिकतामा आधारित धेरै खोज, अध्ययन तथा अनुसन्धानहरुले भौतिक संसारका सुख–सुविधाका चिजवस्तुहरुले मनुष्यको शरीर, मन, भाव, वुद्धि, चेतनालाई विकसित गर्नुको साटो झन कमजोर, विक्रित, तनावग्रस्त तथा रोगग्रस्त बनाउदै लगिरहेका छन् तर यी सबै चुनौति, कठिनाई तथा अस्वस्थताहरुको सामाधान र उपचार गर्नसक्ने एकामात्र भरपर्दो उपाय तथा उपचार पद्धति केवल सनात ज्ञान योग विज्ञानका योगीक साधना पद्धतिहरुमा रहेका छन् र योग साधनाको प्रभावकारिता र महत्वलाई आजको विश्वले कम्तिमा सैद्धान्तिक रुपमा राम्रोसंग बुझिसकेको छ र अव यो सर्वकल्याण गर्ने परमज्ञानका सैद्धान्तिक विषयहरुलाई प्रायोगात्मक अभ्यासको माध्यमबाट व्यवहारिक ज्ञानमा रुपान्तरण गर्ने अभ्यासमा अग्रसर भएकोछ र प्रायोगात्मक अभ्यासको कार्यगत प्रक्रियाको थालनी भएकोछ जुन २१ लाई 'अन्तराष्ट्रिय योग दिवस' र डिसेम्बर २१ लाई 'विश्व ध्यान दिवस'का रुपमा मनाउने विश्वव्यापि आव्हानसंगै ।
छिट्टै,
योग दर्शनका विषयहरु– चक्र विज्ञान, तत्व विज्ञान, कोष विज्ञान, ग्रन्थी विज्ञानले मनुष्यको जीवन व्यवस्थित गर्न सक्दछ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment