#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
३३.सवाल
सनातन योग दर्शनको मूलविषय चक्र विज्ञानले जीवनका सबै आयामहरुको विकास गर्न मद्धत गर्दछ ।
जवाफ
सात चक्रको पृष्ठभूमि
पूर्वीय सनातन अध्यात्म दर्शनका शास्त्रहरुमा उल्लेख गरिए अनुसार, मनुष्यको सूक्ष्म शरीरमा रहेका ऊर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरुले मनुष्यका सात शरीरलाई दर्शाउँछन् तर आधुनिक विज्ञानले यस विषय उपर पूर्ण रुपमा विश्वास गर्दैन किनकि आधुनिक विज्ञानले प्रमाण खोज्दछ तर मनुष्यको सूक्ष्म शरीरमा रहेका यी चक्रहरु आधुनिक विज्ञानका कुनै पनि अत्याधुनिक उपकरणहरूको पकडमा तथा दृश्यमा आउँदैनन् तर यसका वावजुद यी सात चक्र र सात शरीरहरु अस्तित्वमा छन् । जसरी खुर्सानीको मूलगुण पिरो हो तर खुर्सानीको शरीर तथा त्यसको रंग, आकार-प्रकार मात्रै नजर आउँछ, पिरो नजर आउँदैन । ज्ञान इन्द्रियहरुको अनुभवमा नआउने खुर्सानीको मूलगुण पिरोलाई जान्न हामीले त्यसको प्रयोग गरेर मात्र अनुभव गर्न सक्छौं पिरोको वास्तविक गुण तथा स्वाद कस्तो हुदोरहेछ भनेर थाहा पाउन । त्यस्तै कागती, उखु तथा अन्य वस्तुहरुको वास्तविक मूलगुण पनि ती वस्तुलाई प्रत्यक्ष प्रयोग गरेर मात्र अनुभव गर्न सकिन्छ । मनुष्यको शरीरमा रहेका सात चक्रहरुको पनि आफ्नै प्रकारका गुण, रंग तथा आकार-प्रकार रहेका हुन्छन् । चक्रहरुको गुण, रंग तथा आकार-प्रकार अनुभव गर्नकोलागि हामीले हाम्रो शरीरलाई नै प्रयोगशाला बनाएर प्रत्यक्ष प्रयोगमै जानुपर्छ, त्यसकालागि पूर्ण योग साधना(योगासन, प्राणायाम, ध्यान) का विधि तथा पद्धतिहरु अनुशरण गर्नु पर्दछ तव मात्रै चक्रका गुण, रंग तथा आकार-प्रकारहरु अनुभूतिमा तथा दिव्य चक्षु(आज्ञा चक्र)को दृश्यमा आउँछन् । त्यसैले सात चक्र अनुसारका सात शरीरहरूको सन्दर्भमा विश्वास तथा एकिन योग साधनाको बलले प्राप्त भएको हामी स्वयंमा आउने स्वअनुभूतिमा निर्भर गर्दछ । निष्ठापूर्वक नियमित रुपमा योग साधना गर्ने योग साधकले मात्र यी चक्रका गुण, रंग तथा आकार-प्रकारहरु र चक्र अनुसारका सात शरीरहरु देख्न तथा अनुभूति गर्न सक्छ । जव योग साधक आफैंलाई अनुभव हुन्छ मनुष्यको सूक्ष्म शरीरमा सात प्रकारका चक्र, सात प्रकारका शरीर तथा सात प्रकारका स्वास्थ्यहरू पनि छन् भनेर तवमात्र उ चक्रहरुको उपस्थित र मनुष्य जीवनमा तिनको महत्व तथा प्रभावलाई विश्वास गर्न थाल्छ र अरुलाई पनि यसबारे सिकाउन तथा ज्ञान बाँड्न थाल्छ ।
मनुष्यको शरीर विभिन्न बाह्य तथा आन्तरिक अंगहरुको सम्योजनबाट निर्मित भएको छ । मोटामोटी रुपमा मनुष्यका दुईवटा शरीर रहेकाछन्- (१)स्थुल शरीर, र (२)सुक्ष्म शरीर । मनुष्यको देखिने तथा दृश्य भाग स्थुल शरीर हो र नदेखिने तथा अदृश्य भाग सुक्ष्म शरीर हो । सुक्ष्म शरीरको मेरुदण्डमा सुसुप्त अवस्थामा उर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरु स्थित रहेका छन् । रातो रंगको मुलाधार चक्र सुक्ष्म शरीरको मेरुदण्डको पुछारमा स्थित रहेकोछ; सुन्तला रंगको स्वाधिष्ठान चक्र नाभि भन्दा २-३ इन्चमूनिको भागको सिधा पछाडि मेरुदण्डभित्र स्थित रहेकोछ; पहेंलो रंगको मणिपुर चक्र नाभि भन्दा २-३ इन्चमाथिको भागको सिधा पछाडि मेरुदण्डभित्र स्थित रहेकोछ; हरियो रंगको अनाहद चक्र दुई स्तनको विचमा तथा हृदयको सिधा पछाडि मेरुदण्डभित्र स्थित रहेकोछ; फिका निलो रंगको विशुद्धि चक्र घाँटीको रुद्रघण्टीको सिधा पछाडि मेरुदण्डभित्र स्थित रहेकोछ; गाडा निलो तथा प्याजी रंगको आज्ञा चक्र आँखीभौंको विच भाग तथा भ्रुमध्यको सिधा पछाडि मस्तिष्कमा स्थित रहेकोछ; र फिका गुलाफी तथा क्रिम रंगको सहश्रार चक्र तालु तथा भ्रमरन्द्रको सिधा तल मस्तिष्कमा स्थित रहेकोछ । चक्र विज्ञानले यी प्रमुख सात चक्रहरु अनुसारका मनुष्यका सात शरीर तथा शरीरका विविध आयामहरुको अध्ययन गर्दछ ।
सनातन योग दर्शनको प्रमुख विषय चक्र विज्ञानमा चक्र साधनालाई सबैभन्दा बढि महत्व र प्राथमिकता प्रदान गरिएको छ । चक्र साधना अत्यन्तै प्रभावकारी अध्यात्म साधना विधि हो जसले मनुष्यको स्वास्थ्य, शरीर र सांसारिक तथा पारमार्थिक जीवनमा सबै आयामहरुलाई उच्चतम किसिमले विकसित गर्न मद्धत गर्दछ । निष्ठापूर्वक दैनिक जीवनमा चक्र साधनाका पूर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यासले मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डमा रहेका ब्रम्हाण्डिय महाउर्जाका शक्तिकेन्द्र प्रमुख सात चक्रहरु सन्तुलित, सक्रिय तथा जाग्रित हुने हुनाले यसको सकारात्मक प्रभावका कारण मनुष्यको जीवनका सबै आयामहरुमा सकारात्मक परिणाम तथा उपलव्धिहरु हासिल हुन्छन् र उसको जीवन विकसित हुन्छ सांसारिक र पारमार्थिक दुवै किसिमले । तर चक्रहरु सन्तुलित, सक्रिय तथा जाग्रित छैनन्, जकडिएका तथा अवरुद्ध भएका छन् भने मनुष्यको स्वास्थ्य, शरीर, सांसारिक र पारमार्थिक दुवै जीवनका समग्र आयामहरु अविकसित, चुनौतिपूर्ण तथा समस्याग्रस्त हुन्छन्, उसको जीवन सुखी, खुशी, सरल, सहज, समृद्ध, सफल, शान्त, आनन्दित हुन सक्दैन, र शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक शरीरका आयामहरुको स्वास्थ्य तथा सबै अवस्थाहरु सअन्तुलित तथा अव्यवस्थित हुन्छन्, सम्वन्धहरु बिग्रिन्छन्, विपन्नताले घेर्छ, मानहानि हुन्छ, आन्तरिक रुपमा संधै अशान्त, नकारात्मक, वेचैन, असन्तोष, अस्वीकार, घृणा, इर्ष्या, क्रोध, लोभ, मोह आदि मानवीय विकार तथा क्लेशहरुले सताउछन् । सामान्यतया चक्रहरु तीन प्रकारले असन्तुलित हुन्छन्– (१)कम सक्रिय, निष्क्रिय तथा अति निष्क्रिय, (२)अति सक्रिय, र (३)अवरुद्ध ।चक्र असन्तुलित हुने कारणहरु विभिन्न हुन सक्छन् ।
चक्र असन्तुलित हुनुका कारण
चक्र असन्तुलित हुनुका कारणहरु धरै प्रकारका हुन सक्छन् । सबै मनुष्यहरुको जीवनयापनसंग मेलखाने केही मोटामोटी कारणहरुमा खासगरि उनीहरुको वाल्यकालदेखिको जीवनशैली तथा हुर्काइ प्रमुख रहेको हुन्छ । वाल्यकालको असन्तुलित हुर्काइ; हिंसक(ट्रमाटिक) माहोल; शारीरिक तथा मानसिक शोषण; भेदभाव, उपेक्षा, तिरस्कार, एक्लोपन, अपहेलना, मानहानि, अर्कोसंग तुलना, असुरक्षा, डर तथा त्रासको हुर्काइ; माता–पिता तथा परिवारमा झगडा, माता–पिताको पारपाचुके; प्रेम तथा भावनात्मक हेरविचारमा कमी; खराव साथीसंगत, खराव शिक्षक तथा गुरु, खराव समाज, अतिवादी संस्कृति, धर्म तथा सम्प्रदाय । आर्थिक अभाव, आर्थिक असुरक्षा तथा विपन्नता । जीवनमा आएका ठूला–ठूला बदलावहरु– प्रेममा धोका, परिवारमा मतभेद तथा धोका, सम्पत्ति विवाद, कारोबारमा छलि तथा धोकाधडी, पेशा छुट्नु, व्यवसायमा घाटा तथा दिवालिया हुनु, असफलता, जीवनका अपेक्षाहरु पूरा नहुनु; खराव सम्वन्ध, आफन्तसंग वियोग तथा प्रियजनको मृत्यु हुनु । बिनासोचीसम्झि अत्याधूनिक जीवनशैली, अस्वस्थ–प्रशोधित–अजैविक–रसायन–विशाक्ततायुक्त खानपान र उपभोग्य सामग्रीहरुको प्रयोग; अपर्याप्त शारीरिक तथा मानसिक व्यायाम; अति मोजमस्तीमा आशक्त, आलस्यता, अरुको अधिकारको हनन् गर्नु; अरुलाई दुःख–पिडा दिनु; आफ्नो कर्तव्य तथा उत्तरदायित्व पूरा नगर्नु; अप्राकृतिक जीवनशैली तथा जमिन, वनस्पति तथा हरियाली, ताजा हावा, सूर्यको किरण, पर्यावरणबाट टाढा हुनु; अति सुविधाभोगी शहरी जीवन, अति प्रदुषित पर्यावरण; अत्यन्तै डिजिटल जीवनशैली; अपर्याप्त आराम, असन्तुलित निद्रा; शरीरका आभारभूत आवश्यकताहरु पूरा नगर्नु; वाहिरका भौतिक सेवा, सुविधाप्रति अति लिप्त हुनु; देखासेखीको जीवन जिउनु; पैशा, धन, सम्पत्ति कमाउनमा अति आशक्त हुनु; काम, क्रोध, लोभ, मोह, घृणा, इष्र्या, अहंकार, भय आदि मानवीय विकार तथा क्लेशहरुले भरिनु; नकारात्मक सोच, भाव, व्यवहार, आचरण, खराव नियत; अति विचार तथा अनियन्त्रित भावनात्मक संवेगहरुमा हराइरहनु; अतीतका नराम्रा स्मृतिहरुबाट वाहिर आउन नसक्नु; भविश्यको असुरक्षा र चिन्तामा डुबिरहनु; आफ्नो असफलता तथा असहजताको कारण अरुलाई मान्नु; असन्तोष, अस्वीकार, निराशा, नास्तिकता, अविश्वास... आदि जस्ता दैनिकि जीवनका असन्तुलित तथा नकारात्मक गतिविधिहरुका कारण मनुष्यको आन्तरिक परिस्थिति तथा उसको मन, भाव, वुद्धि, चेतनामा असन्तुलनता आउछ, उसको अन्तःकरणमा हलचल आउछ तथा उतारचढावले भरिन्छ र यस्तो अवस्थाको प्रत्यक्ष नकारात्मक प्रभाव उसका चक्रहरुमा पर्दछ र चक्रहरु असन्तुलित, कम सक्रिय, निष्क्रिय, अति निष्क्रिय, बढि सक्रिय तथा अवरुद्ध हुन्छन् र यसको सिधा परिणाम मनुष्यको स्वास्थ्य तथा शरीर र जीवनका समग्र आयामहरुमा नकारात्मक किसिमले नै पर्दछ ।
कम सक्रिय तथा निष्क्रिय, अति निष्क्रिय, बढि सक्रिय तथा अवरुद्ध भएका चक्रहरुलाई योग विज्ञानको अत्यन्तै प्रभवशाली र प्रभावकारी चक्र साधनाका वैज्ञानिक प्रक्रिया, विधि तथा पद्धतिहरु– योगासन, प्राणायाम, मुद्रा, वन्द, धारणा, ध्यान, चक्रहरुको विज मन्त्र जप, चक्रहरुको रंग, आनापासती आदिलाई दैनिक जीवनमा निष्ठापूर्वक सैद्धान्तिमक तथा व्यवहारिक अनुशरण गर्दै प्रयोगात्मक अभ्यासहरु गरेर सक्रिय र जाग्रित गराएर चक्रहरु सन्तुलित गर्न सकिन्छ । चक्र परिचय, चक्रको सन्तुलित तथा असन्तुलित अवस्थाको परिणाम र सन्तुलित गर्ने उपायहरुको संक्षिप्त जानकारी यसप्रकार रहेको छ–
छिट्टै,
मूलाधार चक्र मनुष्यको जीवनको मूल आधारशिला हो ।
सात चक्रको पृष्ठभूमि
मूलाधार चक्रको परिचय
(१)सन्तुलित अवस्थाका परिणामहरु–
(२)असन्तुलित अवस्थाका परिणामहरु–
(३)सन्तुलित गर्ने उपायहरु–
योगासन–
प्राणायाम–
मुद्रा–
ध्यान–
विज मन्त्र जप–
चक्रको रंगको याद–
आनापान सती–
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment