Friday, 2 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- २५

                                       #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !


३०.सवाल D
योग साधनाले मनुष्यको स्थुल र सुक्ष्म शरीरको उच्चतम विकास गर्न मद्धत गर्दछ । 

जवाफ
मनुष्य दृश्य रुपमा स्थुल तथा भौतिक शरीरको स्वरुपमा मात्र देखिएपनि उसको (१)स्थुल शरीरलाई सुक्ष्म शरीर– (२)मानसिक शरीर तथा मन, (३)भावनात्मक शरीर तथा भाव, (४)वौद्धिक शरीर तथा वुद्धि, र (५)चेतनात्मक शरीर तथा सचेतताले सहि ढंगले चलाइरहेको तथा व्यवस्थापन गरिरहेको हुन्छ । सनातन अध्यात्म विज्ञानका अनुसार मनुष्यको स्थुल शरीर जड(निर्जिव) वस्तु तथा पदार्थ हो, यसलाई सजिवता तथा गतिशिलता सुक्ष्म शरीरले प्रदान गरिरहेको हुन्छ । मनुष्यको सुक्ष्म शरीर– मन, भाव, वुद्धि, चेतना उसको स्थुल शरीरको माध्यमबाट प्रकट हुने गर्दछ, यसकारण मनुष्यको स्थुल र सुक्ष्म शरीर एकअर्काका परिपुरक तथा अपरिहार्य आयामहरु हुन् किनकी सुक्ष्म शरीर बिना स्थुल शरीर आफैं जिवन्त तथा गतिशिल भएर चल्न सक्दैन र स्थुल शरीर बिना सुक्ष्म शरीरका विविध आयामहरु– मनका विचारहरु, भावका भावनात्मक संवेगहरु, वुद्धिका तर्क, योजना तथा सिर्जशशिलताहरु, र चेतनाका सूचना तथा जागरुकताहरु चाहे अनुरुप वाहिर प्रकट हुन सक्दैनन् । तसर्थ सधिा अर्थमा भन्नु पर्दा मनुष्यको सुक्ष्म शरीर मालिक तथा चालक हो र स्थुल शरीर उसको सवारी साधन हो अनि मनुष्यको जीवन एक रहस्यमय यात्रा हो जहाँ क्षण–क्षण किसिम–किसिमका राम्रा–नाराम्रा, मिठा–नमिठा, सकारात्मक–नकारात्मक, सहज–असहज, सुख–दुःखका आकस्मिक अनुभव तथा अनुभूतिहरु भैरहन्छन् ।  


मनुष्य भौतिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर, वौद्धिक शरीर, चेतनात्मक शरीरका विविध आयामहरुको समिश्रण तथा संयुक्त रुप र्भकोले उसले पूर्ण मानव भएर पूर्णताको जीवनयापन गर्नकालागि कुनै एक आयाममा मात्र मेहनत गरेर तथा त्यसको मात्र व्यवस्थापन तथा विकास गरेर हुदैन, शरीरका सबै आयामहरुको समान किसिमले एकसाथ सहि व्यवस्थापन तथा उचित विकास गरेर स्थुल शरीरलाई स्वस्थ, मानसिक शरीरलाई सकारात्मक, भावनात्मक शरीरलाई प्रेमल, वौद्धिक शरीरलाई विवेकशील, र चेतनात्मक शरीरलाई जाग्रित तथा सचेत राख्नु अत्यावश्यक हुन्छ । वर्तमान समयमा विश्वभरिनै गरिएका विभिन्न वैज्ञानिक खोज, अध्ययन तथा अनुसन्धानका नतिजा तथा तथ्यांकहरुले उजागर गरे अनुसार मनुष्यका यी पाँचै प्रकारका शरीरका विविध आयामहरुलाई केवल सनातन अध्यात्म दर्शनको प्रमुख विषय सनातन योग दर्शन तथा योग विज्ञान अन्तर्गत गरिने योगीक साधना(प्रमुखतः योगासन, प्राणायाम, ध्यान)का पूर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरु सहि ढंगले व्यवस्थापन र उच्चतम विकास गर्न सकिन्छ । 


केही दशक यता आधूनिक भौतिक विज्ञानमा भएको उच्चतम प्रगति तथा विकास खासगरि– (१)संरचनागत तथा भौतिक पूर्वाधारमा भएको विकास, (२)उपभोग्य सामग्रीहरुको उत्पादनमा भएको विकास, (३)आधूनिक चिकित्सा पद्धतिमा भएको विकास, (४)सूचना तथा प्रविधिमा भएको विकासले मनुष्यको जीवनलाई विभिन्न प्रकारले धेरै हदसम्म सहजता तथा सुविधा प्रदान गरेको छ र यी सबै प्रकारका विकासका उपलव्धिहरुले मनुष्यको स्थुल शरीरको र केही हदसम्म(अनुमानित १० प्रतिशत) मानसिक शरीर तथा वौद्धिक शरीरको विकासमा सहजता प्रदान गरेकोछ तर मनुष्यको भावनात्मक शरीर र चेतनात्मक शरीरको विकास तथा मनुष्यको आन्तरिक विकास(इन्टरनल डेभलपमेन्ट) प्रक्रियाको सन्दर्भबारे कोट्याउन पनि सकेको छैन बरु विभिन्न कारणले आधूनिक भौतिक विकासका उपलव्धिहरुले मनुष्यको जीवनशैलीलाई आधूनिक बनाउने ध्याउन्नमा उसका पाँचवटै शरीरका आयामहरुमा नजनिदो प्रकारले अझ बढि असन्तुलन, अस्तव्यस्तता तथा ह्रास ल्याइरहेको छ । यसैकारण आजको मनुष्य मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक रुपले अशान्त छ र शारीरिक रुपले अस्थिर, अस्वस्थ तथा रोगी हुदै गएकोछ । बेचैनी, अशान्ति, तनाव, चिन्ताले मानसिक अवस्था असन्तुलित भएको कारण अधिकांश मनुष्यहरुमा आफू, परिवार, समाज, विश्व समाज, मानवीयता तथा प्रकृतिमै नकारात्मक प्रभाव पर्नेगरि असन्तोष, अस्वीकार, क्रोध, घृणा, बदला, विषाद, अवषाद, विक्षिप्तता, हत्या, आत्महत्या जस्ता अपुरणिय क्षति गर्ने अत्यन्तै गंभिर प्रकारका अस्वस्थता तथा रोगको अवस्थाहरु बढ्दै गैरहेका छन् र रोगको यस्तो प्रकोपले दिनदिनै विश्वभरिनै महामारीको स्वरुप धारण गर्दै गैरहेकोछ । विश्वको छाता संगठन तथा विश्वकै सामुहिक केन्द्रिय सरकार संम्युक्त राष्ट्रसंघको विश्वको स्वास्थ्यसंग सरोकार राख्ने विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा तनावले विश्वका सबै मानिसहरुलाई गाँज्ने छ, तनावले महामारीको रुप लिनेछ र तनावका कारण सन् २०४० सम्ममा हरेक तीनजना मध्य एकजना कुनैनकुनै प्रकारको मानसिक स्वास्थ्य समस्याले ग्रसित हुनेछ भन्ने डरलाग्दो प्रक्षेपण गरेकोछ । वर्तमान समयमा विश्वकै स्वास्थ्य समस्या बन्दै गएको तनाव रोगको उपचार, समाधान तथा निवारण योग विज्ञानका योगीक साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको निष्ठापूर्वक दैनिक जीवनमा प्रयोगात्मक अभ्यास गरेर मात्र गर्न सकिन्छ भन्ने गहिरो बुझाइकासाथ पछिल्लो समय संयुक्त राष्ट्रसंघ सवयंले पूर्वीय सनातन ज्ञान ‘योग विज्ञान’लाई मनुष्यको शरीरका सबै आयामहरुको उच्चतम विकास गर्ने पूर्ण विज्ञान मान्यता प्रदान गरेर विशेषगरि योगासन, प्राणायाम र ध्यान साधनालाई विश्वव्यापिकरण गर्ने अत्यन्तै सह्रानिय कदम चालेको छ ११ वर्षअघि जुन २१ लाई ‘अन्तरराष्ट्रिय योग दिवस’ मनाउने र २ वर्षअघि डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ मनाउने विश्वव्यापि घोषणा गरेर । संयुक्त राष्ट्रसंघलाई यो युगान्तकारी निर्णयमा पुग्न तथा मानवीय कल्याण हुने यस्तो अत्यन्तै सह्रानिय कार्य गर्न पछिल्लो समय विश्कै ठूला तथा विश्वविख्यात शैक्षिक प्रतिष्ठान तथा संगठनहरु र आधूनिक चिकित्सा विज्ञानका शैक्षिक प्रतिष्ठान तथा संगठनहरुले पूर्णतः वैज्ञानिकतामा आधारित रहेर मनुष्यको जीवनका सबै आयामहरुको उच्चतम विकास गर्न योग साधनाको प्रभावकारीताको सन्दर्भमा गरिएका थुप्रै खोज, अध्ययन तथा अनुसन्धानका प्रयोगात्मक अभ्यासहरुबाट प्रामाणिक रुपमा प्रतिपादन गरिएका अत्यन्तै धेरै सकारात्मक उपलव्धिहरुका नतिजाका तथ्यांकहरुले गरेको थियो । 

छिट्टै,
पाँच प्रकारका शरीर व्यवस्थापनका लागि योगीक साधनाका विधिहरु 

शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ




No comments:

Post a Comment

पूर्वीय सनातन दर्शन तथा धर्मले सामना गरेका चुनौतिहरु- १

  डा. सिर्जना भण्डारी                                                                                              #अध्यात्म_विज्ञान  # धर्म...