Wednesday, 14 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                 #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान        


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

४३.सवाल D

प्राणमय कोले मनुष्यको प्राण उर्जाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।

जवाफ

उर्जाको शाव्दिक अर्थ बल तथा शक्ति हो । ब्रम्हाण्डमा स्थित हरेक वस्तु तथा पदार्थहरुको आ–आफ्नै प्रकारका उर्जा, बल तथा शक्ति हुन्छन् । सूर्य तथा अग्निको उर्जा ताप, प्रकाश र यसभित्र रहेका अनन्त प्राकृतिक गुणहरु हुन्; पानी तथा हावाको उर्जा शितलता, वहाव(करेन्ट) र यसभित्र रहेका अनन्त प्राकृतिक गुणहरु हुन्; खुर्सानी, कागती, उखुको उर्जा पिरो, अमिलो, गुलियो र यसभित्र रहेका अनन्त प्राकृतिक गुणहरु हुन्; र मनुष्यको उर्जा समग्रतामा प्रेम, शान्ति र यसभित्र रहेका अनन्त प्राकृतिक गुणहरु तथा प्रेम र शान्तिका प्राकृतिक गुण तथा अन्तरवस्तुहरु हुन् जसले मनुष्यलाई पूर्णतामा जीवन जिउन मद्धत गर्दछन् । जीवन जिउन मद्धत गर्ने उर्जालाई जीवन उर्जा(भाइटल फोर्स), प्राण तत्व तथा प्राण उर्जा भनिन्छ र सनतान अध्यात्म दर्शनको महत्वपूर्ण विषय कोष विज्ञानले मनुष्यको प्राण उर्जालाई प्राणमय कोश तथा उर्जा शरीर(इनर्जी बडी, एस्ट्रल बडी)को रुपमा व्याख्या तथा विश्लेषण गरेको छ । उर्जा शरीरको फैलावट नै मनुष्यको तेजो बलय(शरीरको प्रकाश) तथा आभामण्डल(औरा) हो । प्रमात्रा भौतिक विज्ञानको भाषामा क्वान्टम फिल्ड तथा इलेक्ट्रो मेग्नेटीक फिल्ड हो, यो मनुष्यको शरीरको वाहिर वरिपरि केही इन्चदेखि केही फिटसम्म सात रंगमा फैलिएको हुन्छ अदृश्य रुपमा, हाम्रा नांगा आँखाले देख्न सकिदैन तर भौतिक विज्ञानको विशेष प्रविधि(किर्लियन फोटोग्राफी)को माध्यमबाट देख्न सकिन्छ । सनातन अध्यात्म दर्शनको साधनाको मूल विज्ञान योग साधना(खासगरि योगासन, प्राणायाम, ध्यान)को माध्यमबाट पाँचवटै कोश विकसित भएको साधकले आफ्नो शरीरको प्रकाश, तेजो बलय तथा आभामण्डलको आकार र रंगहरु देख्न सक्दछ । जसको आभामण्लको रंग स्पष्ट तथा सफा छ र शरीरबाट वाहिर धेरै फैलिएको हुन्छ त्यस्तो व्यक्तिका सबै कोश तथा शरीरका सबै आयामहरु हरप्रकारले स्वस्थ, शुद्ध, सक्रिय, सनतुलित, व्यवस्थित, आरोग्य तथा विकसित रहेका हुन्छन् र जसको आभामण्लको रंग स्पष्ट तथा सफा छैन र शरीरबाट वाहिर धेरै फैलिएको छैन त्यस्तो व्यक्तिका कोश तथा शरीरका आयामहरु अस्वस्थ, अशुद्ध, निष्क्रिय, असन्तुलित, अव्यवस्थित तथा अविकसित रहेका हुन्छन् । मनुष्यको शारीरिक तथा मानसिक शरीरमा अस्वस्थतता तथा रोगहरु देखिनुपूर्व त्यसको संकेत तथा लक्षण उसको उर्जा शरीर तथा आभामण्डलमा आउछ हुन्छ र विस्तारै शरीर, मन, भावना, वुद्धि तथा चेतनामा प्रकट हुन्छ । 


सनातन अध्यात्म विज्ञानका प्रमुख विद्याहरु मध्य एक अत्यन्तै महत्वपूर्ण विषय कोश विज्ञानका अनुसार हरेक मनुष्य पाँच प्रकारका कोश तथा पाँच प्रकारका शरीरका आयामहरुको समग्र स्वरुप हो । मनुष्यको जीवनका सबै आयामहरुलाई हरप्रकारले सन्तुलित, व्यवस्थित तथा विकसित गर्न सबै कोश तथा शरीरका आयामहरुको उत्तिकै प्रभावकारी र महत्वपूर्ण भूमिका रहेको हुन्छ । अन्नमय कोशपछि दोस्रो तथा अर्को महत्वपूर्ण प्राणमय कोश हो जो एकप्रकारको चार्जर हो र यसको माध्यमबट अन्नमय कोशको क्षमता, प्रस्तुति, प्रभावकारिता, महत्व र मूल्य बढ्छ साथै भित्रका अरु कोशहरु– मनोमय कोश, विज्ञानमय कोश र आनन्दमय कोशको पनि क्षमता, प्रस्तुति, प्रभावकारिता, महत्व र मूल्य बढ्छ । दैनिक जीवनयापन गर्ने क्रममा विभिन्न क्रिया तथा गतिविधिहरुमा हरेकक्षण अन्नमय कोशको माध्यमबाट जीवन उर्जा तथा प्राण उर्जा खर्च भैरहेको हुन्छ र शरीर खालिहुदै गैरहेको हुन्छ, यसैकारण लगातार शारीरिक तथा मानसिक कामहरु गरिरहदा हामी थकित तथा गलित हुन्छौं र आरा मगर्ने इच्छा गर्छौं । यसरी शारीरिक शरीरबाट खर्च भएको उर्जाको निरन्तर आपूर्ति गर्ने काम प्राणमय कोश तथा प्राणीक शरीरले गर्ने गर्दछ र अन्नमय कोश तथा शारीरिक शरीरलाई उर्जाबिहिन भएर धेरै थकित तथा गलित हुन दिदैन, निरन्तर शक्ति तथा उर्जा प्रदान गरिरहन्छ ।  


प्रकृति तथा ब्रम्हाण्डमा दृश्यरुपमा अनन्त पदार्थहरु स्थित भए जस्तै अदृश्य रुपमा प्राण उर्जा पनि अनन्त रुपमा स्थित रहेको छ । मनुष्यले अदृश्य रुपमा श्वास–प्रश्वासको क्रिया अन्तर्गत अदृश्य वायुको माध्यमबाट अदृश्य प्राण उर्जा तथा जीवन उर्जा निरन्तर आफूभित्र लिरहेको हरेक श्वासमा ग्रहण तथा अवशोषण गरिरहेको हुन्छ र यही प्राण उर्जा नै मनुष्यको शरीरको वास्तविक उर्जा, बल तथा शक्ति हो र अन्य गतिविधिहरु जस्तो खानपान, व्यायाम आदिबाट प्राप्त गर्ने सहायक उर्जा हुन् जसले शरीरका आयामहरुलाई अझ सहजता प्रदान गर्न मद्धत गर्दछ । ब्रम्हाण्डबाट प्राप्त ब्रम्हाण्डिय महाशक्ति तथा प्राण उर्जाले मनुष्यको शारीरिक शरीरका साथै मानसिक, प्राणीक, भावनात्मक, वैद्धिक, आत्मिक अर्थात चेतनात्मक शरीरलाई सहि र सन्तुलित किसिमले आ–आफ्ना काम गर्न उर्जा तथा शक्ति प्रदान गर्दछ । सामान्य अवस्थामा सामान्य किसिमले श्वासको माध्यमबाट प्राण उर्जा हाम्रो शरीरले ग्रहण गरिरहेको हुन्छ तर योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका प्रयोगात्मक अभ्यासहरु खासगरि प्राणायाम साधनाका विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगातमक अभ्यासहरुको माध्यमबाट निरन्तर ग्रहण भैरहने प्राण उर्जाको आपूर्ति, गुणस्तर र प्रभावकारिता अझ धेरै बढाउन सकिन्छ । 


मनुष्यको कोश तथा शरीरका आयामहरुमा जति बढि गुणस्तरिय प्राण उर्जाको आपूर्ति र उपयुक्त प्रवाह हुन्छ उतिनै उसको शरीर स्वस्थ, मन एकाग्र, प्राणमा उमंग, भावना प्रेमल, वुद्धि सिर्जनशील, आत्मा अर्थात चेतना जाग्रित हुन्छ, साथै चेहरामा चमक, आँखमा तेज, स्वभावमा साहस, प्रकृतिमा मिलनसार, प्रवृत्तिमा पराक्रम आदि सकारात्मक गुणहरुले भरिदै जान्छ । जीवन स्वस्फुर्त ढंगले चल्न थाल्छ, हरप्रकारले सन्तुलित, व्यवस्थित र विकसित हुन्छ र यस्तो अवस्थामा व्यक्तिभित्र उचित अवसरको अभावमा सुसुप्त अवस्थामा रहेका उसको लुकेका प्रतिभा, क्षमता, सिर्जनशीतला, रचनात्मकता, नवीनताहरु प्रष्फुटित हुन्छन् र जीवका सबै आयामहरु पूर्णतामा विकास हुन्छन् । मनुष्यको जीवनमा यस्तो दिव्य अवस्था हासिल गर्न अन्नमय कोश र प्राणमय कोश भन्दा माथि तथा भित्रको अर्को तेस्रो मनोमय कोश तथा मानसिक र भावनात्मक शरीरको अत्यन्तै महत्वपूर्ण तथा प्रभावकारी भूमिका रहेको हुन्छ ।     


छिट्टै,

मनोमय कोशले मनुष्यको मनोदशा तथा भावदशाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।


शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ




No comments:

Post a Comment

पूर्वीय सनातन दर्शन तथा धर्मले सामना गरेका चुनौतिहरु- १

  डा. सिर्जना भण्डारी                                                                                              #अध्यात्म_विज्ञान  # धर्म...