#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
५२.सवाल
शरीरमा आकाश तत्वको सन्तुलन र ज्ञानले जीवनका विविध आयामहरु व्यवस्थित गर्न मद्धत गर्दछ ।
जवाफ
आकाश तत्वबारे संक्षिप्त जानकारी
पंचतत्वहरुमा सबैभन्दा माथि रहेको आकाश तत्व मूल तथा प्रमुख हो किनकी आकाश तत्वबाट वायु तत्व बन्दछ, वायु तत्वबाट अग्नि तत्व बन्दछ, अग्नि तत्वबाट जल तत्व बन्दछ र जल तत्वबाट पृथ्वी तत्व बन्दछ । सबै तत्वहरुमा आकाश तत्वको अंश रहेको हुन्छ, यसकारण आकाश तत्वको सन्तुलित तथा असन्तुलित अवस्थाले तलका चार तत्वहरुलाई प्रभाव पर्दछ र तलका चार तत्वहरुको सन्तुलित तथा असन्तुलित अवस्थाले आकाश तत्वलाई प्रभाव पर्दछ । आकाश तत्व मनुष्यको स्थुल शरीर तथा सांसारिक जीवनसंग भन्दा निकै बढि सुक्ष्म शरीर तथा पारमार्थिक जीवन तथा आध्यात्मिक पाटोका सुक्ष्म आयामहरुसंग सम्वन्धित रहेको छ । आकाश तत्वलाई शुन्य तथा आकार नभएको निराकार मानिन्छ, परमात्मा शुन्य तथा निराकार छ, तसर्थ आकाश तत्व परमात्माको स्वरुप हो । रित्तो घडा तथा घैंटोभित्रको खालि स्थान तथा आकाशलाई घटाकास भनिन्छ, हाम्रो शरीर पनि एकप्रकारको घट हो, मनुष्यको अन्तरहृदयमा अनन्त खालिस्थान तथा आकाश रहेको छ, यो अनन्त छ, यहीं परमात्मा र ब्रम्हाण्ड प्रकट हुनछ, यसलाई हृदयकाश, चिताकाश तथा महाआकाश भनिन्छ । मनुष्यले आध्यात्मिक साधना तथा योग–ध्यान साधना गरेर हासिल गर्ने आन्तरिक खुशी, शान्ति, आनन्द, सिद्धि, निधि सबै आकाश तत्वसंग जोडिएका विषयहरु हुन् तथा प्रत्यक्ष सम्वन्धित रहेका छन् । शरीरमा आकाश तत्व सक्रिय भएको समयमा सांसारिक गतिविधिहरु भन्दा बढि आध्यात्मिक तथा धार्मिक साधनाका गतिविधिहरु गर्नुपर्दछ जसले विस्तारै मनुष्यलाई अकारण परमखुशी, परमशान्ति, परमआनन्द, परमसिद्धिमा स्थित गराइदिन्छ । आकाश तत्वको सम्वन्ध परमज्ञानको प्रतिक तथा कारक वृहस्पति ग्रहसंग रहेकोले आकाश तत्वले साधकलाई परमज्ञान, परमसत्य, परमात्मा, परब्रम्ह र ब्रम्हाण्डको अन्तिम सत्य तथा मूलश्रोतसम्म पुर्याउछ । शरीरमा आकाश तत्व सन्तुलित र जाग्रित गरेर आत्मवोध, आत्मज्ञान, परमज्ञान, तत्वज्ञान, ब्रम्हज्ञानलाई जान्न र परमात्मासंग साक्षातकार र उनैमा योगस्थ भएर मोक्षमा उपलव्ध हुन सकिन्छ ।
आकाश तत्वनै अबिनासि समष्टि तथा इश्वर, परब्रम्ह, परमात्माको स्वरुप भएकोले प्राय सबै सनातन मन्दिरहरुका छानाहरु डोम(घोप्टो कचौरा जस्तो) आकारमा बनाइएको हुन्छ, त्यसभित्र आकाश तत्व भरियोस र यसको सकारात्मक प्रभाव श्रद्धालुहरुको राम्रो भाव, भक्ति भाव, श्रद्धा भाव, आस्था भाव, समर्पण भावमा परोस र अझ बढेर जाओस भन्ने भावले यो आकारमा बनाइएको हुन्छ किनकी आकाश तत्वले नै मनुष्यलाई सांसारिक मोहमाया, मानवीय विकार, क्लेश तथा सबैप्रकारका नकारात्मकताहरुबाट वाहिर निकाल्छ । आकाश तत्वनै मनुष्य जीवनको सबैभन्दा शक्तिशाली र महत्वपूर्ण तत्व भएकोले यसलाई सन्तुलित तथा जाग्रित गरेर जन्म र मरणको बन्धन तोडेर सदाकोलागि मोक्षमा उपलव्ध हुन सकिन्छ । आकाश तत्वको तनमात्रा शव्द हो र संसारका सबैप्रकारका शव्द, आवाज, ध्वनिहरु आकाश तत्वबाट उत्पन्न भएका हुन् । शव्द नै नाद हो र नाद नै ॐकार परब्रम्ह हो, नादबाट नै ब्रम्हाण्डको सृष्टि तथा उत्पत्ति भएको हो । ‘यथा ब्रम्हाण्डे तथा पिण्डे, यथा पिण्डे तथा ब्रम्हाण्डे’ अर्थात ब्रम्हाण्डमा जे छ ब्रम्हाण्डका सबै साना–ठूला पिण्ड(स्थुल स्वरुप)हरुमा त्यहीनै छ र पिण्डहरुमा जे छ ब्रमहाण्डमा त्यही छ । शव्दबाट नै मनुष्यका मनका विचार, भावनात्मक संवेग तथा वुद्धिका सिर्जनशिलताहरु अरुसमक्ष प्रकट हुन्छन् । आकाश तत्वको सन्तुलनता तथा जागरणले मनुष्यको शव्दमा नियन्त्रण तथा सन्तुलनता, विचारमा संयमता, मनमा एकाग्रता, भावनामा शान्ति आउछ, विचार शुन्यता अर्थात अमनीे अवस्था अर्थात मनातीत अर्थात मनभन्दा पर तथा मनभन्दा माथिको अवस्थामा पुर्याउछ र आध्यात्मिक विकास तिव्रगतिमा गराउछ । यसकारण गहन योग साधना गर्ने योगी तथा तपस्वीहरु खुल्ला आकाशमुनि हिमालयमा, पहाडमा, नदीको तटमा, जंगलमा तथा कुनै विरानो स्थानमा तपस्या तथा साधना गर्दछन् आकाश तत्व पर्याप्त मिलोस र आफ्नो आध्यामिक साधनाले चाँढै गति तथा उचाई लिनसकोस भन्ने हेतुले । आकाश तत्वको सन्तुलनता, पर्याप्तता तथा जाग्रितीकरणले सहजै मनुष्यको मन खालि हुन्छ, विचारहरु शुन्य हुन्छन् र यो अवस्थामा उसलाई आत्मवोध, आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमज्ञानको यात्रा सहज हुन्छ र चाँढैनै उपलव्ध पनि हुनसक्छ । यो अवस्थामा साधकलाई आफ्नो सांसारिक जीवन रमाइलो तथा मजा अलग्ग प्रकारले आउछ र पारमार्थिक जीवनमा परमशान्ति तथा परमआन्नदको अनुभूति अलग प्रकारले हुन्छ ।
आकाश तत्वको प्रत्यक्ष सम्वन्ध मनुष्यको सुक्ष्म शरीर, पारमार्थिक जीवन तथा आध्यात्मिक गतिवितिहरुसंग बढि भएको भएपनि स्थुल शरीर तथा सांसारिक जीवनका गतिविधिहरुमा पनि प्रत्यक्ष प्रभाव रहेको हुन्छ । जहाँ पनि खालिपन, रिक्तता तथा शुन्यता हुन्छ त्यसलाई आकाश तत्व मानिन्छ । शारीरिक रुपमा आकाश तत्व मनुष्यको वाहिर देखिने शारीरिक आकर्षण र आन्तरिक अंगहरु र तिनका गतिविधहरुको कारक हो । रगत, रक्तनलिकाहरु, रक्त प्रवाह सन्तुलित राख्छ । मनुष्य स्वस्थ रहन आवश्यक पर्ने एक अंग र अर्को अंग विचको खालि ठाउँ(आकाश) तथा आवश्यक दुरी व्यवस्थापन गर्छ, मांसपेशीहरुको विचमा आवश्यक खालि ठाउँ(आकाश)को आवश्यक दुरी व्यवस्थापन गर्छ र एकआपसन जोडिन नदिकन सबै अंगहरुलाई आ–आफ्नो काम गर्न सहजता प्रदान गर्दछ । आकाश तत्व विशेषगरि मनुष्यको अन्तःकरण(मन, वुद्धि, चित्त, अहंकार) अन्तर्गत पर्ने हुनाले मानसिक रुपमा आकाश तत्व मनुष्यको सोच, विचार, मन तथा भावना र यिनलाई संसार समक्ष प्रकट गर्ने वाणी तथा अभिव्यक्तिको कारक हो जसले अरुसंग कसरी बोल्ने, आफूलाई अरु समक्ष कसरी अभिव्यक्त गर्ने, आफ्नो कुरा अरुलाई कसरी बुझाउने भन्ने विषयसंग सिधै सम्वन्ध राख्दछ र यी गतिविधिहरुको प्रत्यक्ष र महत्वपूर्ण प्रभाव मनुष्यको जीवनका विविध आयामहरुमा अत्यन्तै धेरै रहेको हुन्छ । आकाश तत्वले मनुष्यको मन बनाउछ, मनुष्यका राम्रा तथा नराम्रा र सकारात्मक तथा नकारात्मक सबैप्रकारका सोच, विचार, भावना, कल्पना, इच्छा, चाहना, अपेक्षा, लक्ष्य, योजनाहरु मनुष्यको मनमा निर्माण हुन्छन् शव्द तथा निशन्द हाउभाउहरुको माध्यमबाट वाहिरी संसारमा अरु समक्ष प्रकट भएर आउछन् । मनुष्यमा आउने दुःखी तथा सुखी, सन्तुष्ट तथा असन्तुष्ट, सकारात्मक तथा नकारात्मक, सन्तोष तथा असन्तोष, प्रशंसा तथा गुनासो, सफलता तथा असफलताका अवस्थाहरु सबै मनकै कारणले हुन्छन् ।
कुनैपनि ध्वनिको गुञ्जन तथा प्रसार आकाश तत्वमा वायुको समिश्रण तथा दुवै तत्वको माध्यमबाट हुन्छ । आकाश तत्व पर्याप्त भएकै कारण खालि कोठा तथा खालि स्थानमा आवाज गुञ्जिन्छ, एकआपसमा ठोकिन्छ र तरंग छरिएर आवाज ठूलो आउछ तथा दोहोरो आवाज सुनिन्छ । पृथ्वीमा जतिपनि नयाँ–नयाँ आविश्कारहरु भएका छन् या हुनेवाला छन् ती सबैको कारक आकाश तत्वनै हो किनकी आकाश तत्व नै सूचना, जानकारी, ज्ञान, विज्ञान, परमज्ञान हो । काल(समय)को ज्ञान, समयातीत, शव्दातीत, मनातीत, भावातीत अवस्था, अष्टसिद्धि तथा सबै सिद्धिहरु, नवनिधि तथा सबै निधिहरुको प्राप्ति आकाश तत्व जाग्रित भएर चैतन्य चेतनामा स्थित भएपछि प्राप्त हुन्छ । वाणी सिद्धि हुन्छ अर्थात जे बोल्यो त्यही पुग्नथाल्छ तथा बोलेको कुरा भएरै छाड्छ सकारात्मक तथा नकारात्मक जस्तो भएपनि । वाणी सिद्धि भएको व्यक्तिदे अरुलाई दिएको आशिर्वाद तथा श्राप लाग्छ अर्थात आशिर्वाद तथा श्रापमा बोलेको कुरा उसको जीवनमा वास्तविकतामा घटित हुन्छ तसर्थ यस्ता सिद्ध आत्मा तथा व्यक्तिहरुले आफ्ना सोच, विचार, भाव, शव्द तथा अभिव्यक्तिहरुमा सुक्ष्म रुपमा सावधानी अपनाउनु अनिवार्य हुन्छ अन्यथा यस्तो अवस्थाको नकारात्मक प्रभाव अरुमा भन्दा अघि आफूमै पर्दछ, साधना, उपलव्धिमा ह्रास आउनसक्छ तथा आध्यात्मिक उपलव्धिहरु क्षीण भएर जान्छन् । सम्यमित साधकहरुमा नयाँ–नयाँ दिव्य ज्ञान, परमज्ञान, सिद्धि, निधिहरु प्राप्त हुदै जान्छन् र झनझन बढ्दै जान्छन् । यसबाट मानसिक एकाग्रता तथा स्थिरता, भावनात्मक शान्ति प्राप्त हुन्छ र साधकको सांसारिक र पारमार्थिक तथा आध्यात्मिक दुवै जीवन व्यवस्थित र विकसित हुन्छ, उ महावीर बन्छ । शारीरिक शरीर स्वस्थ हुन्छ, मनबाट नराम्रा विचारहरु, भावबाट नराम्रा भावनात्मक संवेगहरुलाई दुर हुन्छन् ।
संक्षिप्तमा– आकाश तत्व अन्तर्गत गलाको विशुद्धि चक्र र गलाभन्दा माथिका दुईवटा चक्रहरु आज्ञा र सहश्रार चक्र पर्दछन् । आकाश तत्वले पिता तथा पुरुष तत्वलाई सम्वोधन गर्दछ । आकाश तत्वका पाँचप्रकारका क्लेशहरु(राग, लज्जा, द्वेश, भय, मोह) रहेका छन् । आकाश तत्वको स्थान– विशुद्धि चक्र, वास– कण्ठ र कण्ठ भन्दा माथि चेहरा तथा शिर, मन्त्र– हं, रंग– कालो, आकार– विन्दु, स्वाद– तितो, लम्बाइ– २ अम्मल, स्वभाव– स्थिर, देवता– सृष्टिकर्ता ब्रम्हा, त्रिदोष– वाथ, गुण– सात्विक, औंला– मध्यमा, मुद्रा– मध्यमा र औंठाको टुप्पाको जोड । आकाश तत्वको स्वाद तितो भएकोले शरीरमा आकाश तत्व चलिरहेको समयमा जिब्रोको टुप्पोमा हल्का तितो–तितो भएको अनुभव हुन्छ ।
सन्तुलित आकाश तत्व
शरीरमा आकाश तत्व सन्तुलित अवस्थामा रहेको छ भने आँखा, नाक, कान, गला(इ.एन.टी.), थाइरोइड तथा प्याराथाइरोड ग्रन्थीसंग सम्वन्धित स्वास्थ्य; वाथरोग तथा शरीरका हाडजोर्नीहरु र मांसपेशीहरु; ज्ञान इन्द्रियका कर्महरु आदि सबै सन्तुलित अवस्थामा रहन्छन् । मनुष्यको शरीरका सबै खुशीका ग्रन्थीरस अर्थात रसायनहरु(ह्याप्पि हर्मोन्स– डोपामिन, सेरोटोनिन, मेलाटोनीन, एन्डोर्फिन्स)को कारक आकाश तत्व हो । शरीरमा आकाश तत्व सन्तुलित मात्रामा छ भने हर्मोन्सको उत्पादन तथा उत्सर्जन पनि सन्तुलित हुन्छ र मनुष्यको स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु व्यविस्थित र विकसित हुन्छन् किनकी मनुष्यको शरीरका आयामहरुको सबै गतिविधिहरुमा रसायनहरुको महत्वपूर्ण धूकिा तथा योगदान र प्रभाव रहेको हुन्छ । योगी, साधु, सन्तहरुको आकाश तत्व सन्तुलित तथा जाग्रित रहने हुनाले ग्रन्थीरसको उत्पादन सन्तुलित हुन्छ र उनीहरु संधै आफ्नो धून तथा मस्तीमा मग्न रहन्छन् । बिरानो स्थानमा तपस्या गर्ने सिद्ध योगी, ऋषिमुनि तथा सन्तहरु आकाश तत्वबाट प्राप्त हुने अमृताहार तथा अमृत पोषणबाट नै आफ्नो आहारको आवश्यकताहरुको परिपूर्ति गर्दछन् तथा आफूलाई पोषित गर्दछन् र आकाश तत्वकै माध्यमबाट स्वाथ्य रहन आवश्यक पर्ने साधना गर्दछन् । हिमालय, पहाड, नदि, जंगल, गुफामा साधनारत रहदा लामोसमय भौतिक रुपमा तथा मुखबाट आहार तथा तरल खानपानका वस्तुहरु केहीपनि ग्रहण नगरिकन वर्षौं तपस्या गर्दछन् र तपस्या सम्पन्न हुदा उनीहरु पहिला भन्दा अझ हृष्टपुष्ट, सक्रिय र स्वस्थ हुन्छन् । आकाश तत्वको साधना गर्ने साधकको मन, भाव, वुद्धि र चेतना साधिन्छ र साधिएको मन, भाव, वुद्धि र चेतनाले उसलाई परमात्माको परमसत्यको परमज्ञानसम्म पुर्याउछ किनकी मन, भाव, वुद्धि र चेतनाको गति सर्वाधिक गतिमान भनिएको प्रकाशको भन्दा पनि तेज हुन्छ करोडौं गुणा बढि । आकाश तत्व जाग्रित भएपछि साधकको परमात्मा साक्षातकार र मोक्षतर्फको आध्यात्मिक यात्रा सुनिश्चित तथा तय हुन्छ, यो अवस्थामा आकाश तत्वले साधकलाई अनेक लोकको यात्रा गराउछ, साथै अरु व्यक्तिहरुको मस्तिष्क तथा विचार पढ्नसक्ने क्षमता पनि आकाश तत्वको सन्तुलित तथा जाग्रित अवस्थाले नै गराउछ ।
शरीरमा आकाश तत्व सन्तुलित छ भने शरीर हलुका हुन्छ, सबैभन्दा बढि आकाश तत्व बालबालिकाहरुको शरीरमा हुन्छ उनीहरुको सोच, विचार, मन, भाव, नियत, इच्छा, चाहना, अपेक्षाहरु स्वस्थ, सफा, निस्कपट तथा हलुका हुनेभएकोले । यसकारण बालबालिकाहरु लडे भने पनि खासै चोट लाग्दैन, आफैं शरीर टकटक्याउदै उठ्छन् । आकाश तत्वले हामीभित्रका नराम्रा सोच, विचार, व्यवहारहरुलाई हटाउछ र राम्रा विचारहरु बनाउछ तथा बढाउन मद्धत गर्दछ । सन्तुलित आकाश तत्वले हरप्रकारले मनुष्यलाई स्वतन्त्रता प्रदान गर्दछ किनकी आकाश सवयं स्वतन्त्र छ, आकाशमाथि कसैको नियन्त्रण छैन र आकाश स्वयं परम स्वतन्त्र परमात्मा हो । सांसाररिक जीवनमा दुःखहरुको निवृति र सुखको प्राप्ति गर्न आकाश तत्व सन्तुलित गर्नु अत्यावश्यक हुन्छ र पारमार्थि जीवनको विकास गरेर सदाकालागि मोक्षमा उपलव्ध हुन आकाश तत्व संन्तुलितका साथसाथ जाग्रित गर्नु अत्यावश्यक हुन्छ किनकी आकाश तत्व संन्तुलित गरेर मात्र जीवनमा पारमार्थिक तथा आध्यात्मिक विकासका उपलव्धिहरु हासिल गर्न पर्याप्त उर्जा पुग्दैन, आकाश तत्व जाग्रित भएपछि मात्र सम्भव हुन्छ । आकाश तत्वको सन्तुलनले मानसिक सन्तुलन हुन्छ, असन्तुलनले असन्तुलन हुन्छ, सबै ज्ञान इन्द्रियहरु खासगरि कानको सुन्ने र अरु इन्द्रियहरुको देख्ने, अनुभव गर्ने, स्वाद लिने, सुघ्ने र त्यमिाथि काम गर्ने क्षमता तिक्ष्ण हुन्छ । हरेक मनुष्यले सुनेर,देखेर, सुघेर, अनुभव गरेर तथा स्वाद लिएर नै धेरै प्रकारका ज्ञान, विज्ञानहरु आर्जन गर्दछ । ज्ञान इन्द्रियहरुको तिक्ष्ण क्षमता भएको मनुष्यलेनै जीवनमा वाहिरी तथा आन्तरिक, सांसारिक तथा पारमार्थिक विकास गर्न सक्षम हुन्छ किनकी ज्ञान इन्दियहरुले हाम्रो शरीरमा सबैप्रकारका सन्तुलन र व्यवस्थापनहरु मिलाएर राख्दछन् । आकाश तत्व सन्तुलित भएको मनुष्यमा निडरता आउछ किनकी उ सच्चा, इमान्दार, धैर्य, ज्ञानी हुन्छ र यस्तो व्यक्ति जीवनका उताचढावहरुसंग सितिमिति डराउदैन । यस्तो व्यक्तिलाई आकाश तत्वका पाँच विकारयुक्त गुणहरु– मोह, राग, द्वेश, भय, लज्जाको आशक्ति हुदैन, यसमाथि उसको नियन्त्रण हुन्छ र यही भावले उसको जीवन आवाद, व्यवस्थित र विकसित गरिदिन्छ ।
आकाश तत्व सोच, विचार, मन, भाव र पाँच ज्ञान इन्द्रियसंग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । आकाश तत्व सन्तुलित तथा जाग्रित भएपछि पाँच ज्ञान इन्द्रियहरुको का मगर्ने क्ष्क्षमता राम्रो हुन्छ, दृश्य, आवाज, गन्ध, स्वाद, अनुभवका अति सुक्ष्म संकेतहरु पनि थाहा पाउन सकिन्छ । ज्ञान इन्द्रियहरुको साथै अन्तरज्ञानको क्षमता समेत बढ्ने हुनाले अरुको मनको विचारको तरंग थाहा पाउन र कस्तो प्रकारको(सकारात्मक तथा नकारात्मक) तरंग हो भनेर समेत पत्ता लगाउन सकिन्छ अर्को व्यक्ति आफूबाट समुद्रपारीको दुरीमा भएपनि क्वान्टम इन्ट्यागंलमेन्टको थट कनेक्सन प्रक्रियाको माध्यमबाट । आकाश तत्व जाग्रित भएका कारण योगी, सन्त, पिर, फकिरहरु प्राणी, वनस्पति, पदार्थ, सुक्ष्म जिवाणुहरुसंग दोहोरो संवाद गर्दछन् र सबैको भाव बुझ्न सक्दछन् साथै आफ्नो भाव पनि उनीहरुसंग साझ ागर्न सक्दछन् । यो क्षमता उनीहरुलाई आकाश तत्व जाग्रित भएपछि प्राप्त हुन्छ । पारमार्थिक विकास तथा वितरागी जीवनशैलीका कारण उनीहरु काम, क्रोध, लोभ, मोहमा हुदैनन्, सांसारिक जीवनबाट अलग हुनछन्, उनीहरु सदा अकारण परमखुशी, परमशान्ति, परमआनन्द, परमभक्ति, परम ज्ञानमा मग्न हुन्छन् ।
आकाश तत्व हाम्रो स्मृतिको कारक हो, हाम्रा जन्म–जन्मका स्मृतिहरु, तिनका तरंगहरु, अनुभव र अनुभूतिहरु सबै आकाशमा तैरिरहेका हुन्छन् सूचना तथा जानकारीका रुपमा, हाम्रो शरीरमा आकाश तत्व सन्तुलन भएर पूर्ण सक्रिय तथा जाग्रित अववस्थामा पुग्यो भने हामी हाम्रा जन्म–जन्मका स्मृतिहरु थाहा पाउन सक्छौं ध्यान साधना, सपना आदिको माध्यमबाट । पूर्वजन्मका स्मृतिहरुबाट आफूले आफूलाई जानिन्छ, म कस्तो थिएं, कस्तो संस्कारमा थिएं, वर्तमान कस्तो प्रभाव रहेछ पूर्व जन्मको, अहिलेको जन्मका को–को व्यक्तिहरु अघिल्ला जन्महरुमा कुन–कुन सम्वन्ध तथा नाताहरुमा थिए, मेरो भविश्य र पुनर जन्महरु कस्तो हुनेवाला छन् आदि । यो सबै जानेपछि हामी हाम्रो यो जन्ममा वर्तमानको अवस्था तथा परिस्थितिमा आउनुको उद्देश्य तथा लक्ष्य के हो थाहा पाउन सक्छौं । म के गर्ने अठोट तथा संकल्प गरेर निश्चित भूगोल, सम्प्रदाय तथा परिवारमा जन्मिएको हुँ भन्नेबारे थाहा हुन्छ । यो थाहा पाएपछि हामी वर्तमान जीवनको भरपुर सदुपयोग गर्न सक्छौं, समग्र जीवन राम्रोसंग व्यवस्थापन तथा विकास गर्न सक्छौं, सांसारिक मुक्ति र पारमार्थिक मोक्ष हासिल गर्नका लागि सक्दो प्रयास गर्छौं, आफूलाई तपाउछौं, आलस्य त्यागछौं, जे गर्न हुने हो त्यो काम मात्र गर्छौं, जे गर्न नहुने हो त्यो काम केही पनि गर्दैनौं । आफ्नो जीवनमा जे विषय जानएिको छैन तथा जान्न बाँकी छ र जान्न योग्य छ त्यो सबै आकाश तत्व अन्तर्गत पर्दछ, ती विषयहरुबारे जान्ने भरपुर प्रयत्न गर्छौं, यो सबै आकाश तत्वको सन्तुलनता तथा जाग्रितीबाट पाप्त हुन्छ ।
असन्तुलित आकाश तत्व
शरीरमा आकाश तत्व असन्तुलित भएको छ भने आँखा, नाक, कान, गला(इ.एन.टी.), थाइरोइड तथा प्याराथाइरोड ग्रन्थीसंग सम्वन्धित अस्वस्थताहरु आउछन् । मनुष्य शरीरको त्रिदोषमा आकाश तत्व वाथ रोगको कारक भएकोले वाथरोग तथा शरीरका हाडजोर्नीहरु, मांसपेशीहरुमा दुखाइ तथा पिडा हुने अस्वस्थता हुन्छ । हाम्रो शरीरका सबै रिक्त स्थान तथा नाक, कान, मुखका प्वालहरु, हड्डीका जोर्नीका खालि स्थानहरु, मांसपेशीहरुका विचका खालि स्थानहरुमा आकाश तत्व रहेको हुन्छ । यी खालि स्थानहरु आवश्यकता भन्दा फराकिला भएभने त्यहाँ वायु तत्व भरिने र आवश्यकता भन्दा साघुरा भएभने एकअर्को अंग तथा कोषसंग छोइने, घोटिने तथा रगडिने हुनाले ती अंगहरुमा अस्वाभाविक दुखाई तथा पिडा हुने अस्वस्थता हुन्छ । आकाश तत्व असन्तुलित अर्थात बढि सक्रिय तथा कम सक्रिय भएको अवस्थामा वाथ रोग तथा हाडजोर्नी र मांसपेशीहरुको दुखाइका साथै ती क्षेत्रहरुमा धेरै दुखाइका कारण मांसपेशी तथा छाला सुन्निने, रातो हुने र विस्तारै निलो, हरियो हुने, चिलाउने, छाला फुस्रो हुने, छाला मर्ने आदि अस्वस्थताहरु आउछन् ।
मनुष्यको मन र भावको कारक आकाश तत्व सन्तुलित अवस्थामा छ भने मनुष्यको मन नियन्त्रणमा हुन्छ, नियन्त्रित मनले सुखी, खुशी, शान्त, आनन्दित बनाउछ तर आकाश तत्व असन्तुलित छ भने मन तथा भावहरु अनियन्त्रित हुन्छन् र अनियन्त्रित मनले दुःखी, बेखुशी, अशान्त बनाउछ । किनकी अनियन्त्रित मनका अपेक्षाहरु धेरै हुन्छन्, मनुष्यका सबै अपेक्षाहरु पूरा हुन सक्दैनन् र उसैले उसलाई दुःखी बनाउछ । यस्तो अवस्थामा मनले चोट दिरहन्छ, कहिं पनि उसलाई सुख, खुशी, शान्ति, आनन्द मिल्दैन र आफूलाई बाधिएको तथा जकडिएको अनुभव गर्दछ । बन्धन तथा जकडनका कारण कतिपय अवस्थामा आफ्नो जीवनसंग सम्वन्धित सबै सकारात्मक कुराहरु, गर्नुपर्ने तथा नगर्नुपर्ने सबै विषयहरु जानेर पनि अन्जान जस्तो हुन्छ, ज्ञानी भएर पनि अज्ञानी जस्तो बन्छ र अनावश्यक रुपमा दुःखी भैरहन्छ । आकाश तत्व मनुष्यको सोच, विचार, मन, भावनाको कारक भएकोले आकाश तत्वको असन्तुलनसंगै सोच, विचार, मन, भावनाहरुमा पनि असन्तुलन आउने हुनाले जीवनमा आइपर्ने असहजता तथा चुनौतिहरुको सामना गर्न नसक्ने, सबैकुरासंग डर लाग्ने, अत्यावश्यक अवस्थामा पनि अगाडि सर्न हिम्मत नहुने समस्या हुन्छ । आकाश तत्वका पाँच विकारयुक्त गुणहरु मोह, राग, द्वेश, भय, लज्जामा मनुष्यको आफ्नो नियन्त्रण नहुने हुनाले मनुष्यमा यसप्रकारका समस्याहरु देखा पर्दछन् जसले कहिलेकाहीं थाहानै नपाइकन जीवनको दौरका विभिन्न आयामहरुमा मनुष्यलाई निकै पछाडि पारिदिन्छ र जीवन कष्टकर तथा वरवाद गरिदिन्छ । हामीले नियमित बोल्ने शव्द, वाणी तथा अभिव्यक्तिहरुको कारक आकाश तत्व असन्तुलित भएको छ भने यसले मनुष्यलाई अनेक प्रकारका समस्याहरुमा उल्झाइदिन्छ तथा फसाइदिन्छ किनकी शव्द तथा वाणी अतिनै महत्वपूर्ण तथा जादुयिक हुन्छ, शव्दको प्रभाव अत्यन्तै महत्वपूर्ण र ठूलो हुन्छ सकारात्मक र नकारात्मक दुवै किसिमले, यसले मनुष्यको जीवनमा आवादी र वरवादी दुवै ल्याउछ । अधिकांश अवस्थाहरुमा उचित शव्दहरुको प्रयोगले नै मनुष्यलाई जीवनको उचाइमा पुर्याएको र अनुचित शव्दहरुको प्रयोगले नै उसलाई जीवनको उचाइबाट जमिनमा पछारिदिन्छ किनकी आकाश तत्व असुन्तुलित हुदा बोल्ने शव्दहरुको छनौटमा ढंग पुग्दैन र बेढंगका शव्दहरु तथा व्यवहारहरुको प्रयोगले सम्वन्धहरु, कारोबारहरु, सन्तुलनता, स्थिरता, मानप्रतिष्ठा, विश्वास सबैतिर गडबड गरिदिन्छ, नराम्रो तथा असहज अवस्था ल्याइदिन्छ र जीवनका विविध आयामहरुलाई असहज बनाइदिन्छ । आकाश तत्व सन्तुलित नहुदा शव्द उच्चाहरण तथा वाणी स्पष्ट हुदैन, बुझ्ने र बुझाउने क्षमता कमजोर हुन्छ, यस्तो अवस्थामा अर्थको अनर्थ लाग्न सक्छ जसले जीवनमा नसोचेको नकारात्मक प्रभाव ल्याइदिन सक्छ ।
आकाश तत्व असन्तुलन हुनुको कारण
सबै तत्वहरु अकाशबाटै सिर्जित भएका हुन्छन्, यसकारण सबैभन्दा माथि कण्ठ स्थानमा रहेको र चेहरा र शिरको पनि कारक आकाश तत्व सन्तुलित छ भने त्यसभन्दा तलका अरु चार तत्वहरु क्रमशः वायु, अग्नि, जल, पृथ्वी तत्वहरु पनि सन्तुलित हुदै जान्छन् र तलका चार तत्वहरु सन्तुलित छन् भने आकाश तत्व पनि संतुलित हुदै जान्छ किनकी सबै तत्वहरुमा आकाश तत्वको अंश रहेको हुन्छ । तर तलका तत्वहरु सन्तुलित छैनन् भने आकाश तत्व पनि असन्तुलित हुन्छ र आकाश तत्व सन्तुलित छैन भने अरु तत्वहरु पनि असन्तुलित हुन्छन् । आकाश तत्व मनुष्यको सांसारिक जीवनसंग भन्दा बढि पारमार्थिक तथा आध्यात्मिक जीवनसंग सम्वन्धित रहेकोले अरु समक्ष असहज लाग्ने प्रकारका आध्यात्मिक गतिविधिहरुले मनुष्यको शरीरमा आकाश तत्व असन्तुलन गराउछ । आध्यातिमक साधना तथा योग–ध्यान साधनाका क्रममा आफूलाई केही अलौकिक अनुभव तथा अनुभूति भएको छ र त्यसैको आडमा अरुलाई होच्याउने र आफूलाई ठूलो बनाउने तथा अव्वल ठान्ने, आफू परमात्माको नजिक भएको, आफू भगवान सरह भएको, अरुले यस्तो उपलव्धि हासिल गर्न सकेका छैनन्, आफू भन्दा असक्षम छन्, आफू आध्यात्मिक छु, धार्मिक छु भन्ने प्रकारका अहंकार तथा दम्बका कारण शरीरमा आकाश तत्व असन्तुलित हुन्छ । विभिन्न बहानामा इश्वरप्रति आस्था नराख्दा, आध्यात्मिक साधना तथा योग–ध्यान साधना नगर्दा, योगी, सन्त, गुरुहरुलाई उचित श्रद्धा नगर्दा, आफू भन्दा ठूलाको सम्मान नगदाए, अरुलाई दुःख दिदा, अरुको अपमान गर्दा तथा चित्त दुखाउदा, आफूलाई अनुशासनमा नराखी छाडा, अनैतिक तथा अमानवीय व्यवहार तथा आचरणहरु गर्दा, समय सान्दर्भिक मर्यादामा नबस्दा, आवश्यक र जायज विषयहरुको विद्रोह गरेर अरु र आफूलाई समेत हानि हुने कर्म गर्दा, अज्ञानता, आलस्यता आदि कारणहरुले मनुष्यको शरीरमा आकाश तत्वको असन्तुलन तथा कमी हुन्छ ।
आफू नियममित बस्ने कोठा, घर, कार्यलय, बजार तथा व्यवसायिक भवनहरुमा वास्तु दोष रहकेका छ भने आकाश तत्व असन्तुलित हुन्छ । त्यस्तै जन्म कुण्डलीमा आकाश तत्वसंग निकट सम्वन्ध रहेको वृहस्पति ग्रहको अवस्था कमजोर रहेको छ भने पनि आकाश तत्व असन्तुलित हुन्छ । हिजोआजका मन्दिर तथा घरहरुमा आकाश तत्व कम हुदैगैरहेको छ सानो जग्गामा सिमाना च्यापेर सलाईको बट्टा जस्तो घर बनाउने, छाना होचो राख्ने, कोठा साना–साना बनाउने, त्यमाथि कोठाभरि सामान नै सामान राख्ने र खालि ठाउँको कमी हुने भएका कारण आकाश तत्वको कमी हुन्छ । कोठामा भेन्टीलेसन झ्याल, ढोका भएपनि हावा कस्सिने प्रविधिका तथा उज्यालो र आकाशको दृष्य छोप्ने तथा छेक्ने प्रकारका कोठा, घर, कार्यलय, बजार तथा व्यवसायिक भवनहरुमा निस्सासिएको अनुभव हुन्छ । यी स्थानहरुमा आकाश तत्वको अपर्याप्तता हुन्छ र यस्तो स्थानमा बस्ने मनुष्यहरुमा आकाश तत्व असन्तुलित हुन्छ । आकाश तत्व असन्तुलित हुदा मनुष्यको स्वास्थ्य, शरीर र जीवनका विविध आयामहरुमा निम्न प्रकारका लक्षणहरु देखिन्छन्–
पाँच ज्ञान इन्द्रियहरुको सुक्ष्म रुपमा काम गर्ने क्षमता कमजोर हुनु; आँखाको दृष्टि कमजोर हुनु; कानको सुन्ने क्षमता कमजोर र पिडा तथा दुखाइ हुनु; गलामा समस्या हुनु; भकभकाउने समस्या हुनु; बोल्न मुस्किल हुनु तथा शव्द नफड्कालिनु; आवाज वाहिर राम्ररी ननिस्कीनु; बोल्नमा कठिनाइ हुनु तथा मुखबाट वाणी निकाल्नमा कठिनाइ हुनु; बोल्ने विषयको सन्दर्भमा शव्द छनौटमा कठिनाइ हुनु; बोल्न डराउनु, बोल्ने कामबाट पछि हटुनु; जीवनका उतार–चढाव, कठिनाइ, समस्या तथा चुनौतिहरुसंग डर लाग्नु तथा तिनको सामना गर्ने सामथ्र्यको कमी हुनु; शरीरका हाडजोर्नीमा तथा मांसपेशीमा पिडा तथा दुखाई हुनु; मनमा बेचैनी, दुःख, तनाव, चिन्ता हुनु; भावनामा अशान्ति, असन्तोष भएको अनुभव भैरहनु; बाँधिएको तथा स्वतन्त्रताको अनुभव नभएको तथा उकुशमुकुश भएको अनुभव हुनु; कुनै भौतिक वस्तु तथा सुख, सुविधासंग अधिक आशक्ती हुनु; आमरुपमा गर्न हुदैन भनिएका कर्महरु गर्ने बानी तथा आदतको दाष हुनु; नराम्रा आदतहरुबाट वाहिर निस्कन नसक्नु; काम, क्रोध, लोभ, मोह, राग, द्वेश, इष्र्यामा फसिरहनु; स्मरण शक्ति कमजोर हुनु; पूजापाठ भक्तिमा ध्यान नलाग्नु; चाहेर पनि अध्यात्म, धर्म, एश्वर भक्ति, संस्कृति, संस्कारप्रति आस्था तथा झुकाव राख्न नसक्नु; कसैलाई विश्वास गर्न नसक्नु; शरीरमा भारीपन भैरहनु; हडबडाउने तथा हडबड गर्ने बानी हुनु; उमेर पर्याप्त भइकन पनि परिपक्वता नआउनु, बच्पना तथा चन्चलता रहिरहनु; हरेक कुरामा असम्वेदनशील र असन्तुलित हुनु तथा गम्भिर हुन नसक्नु; अरुको समस्या तथा भावनालाई बुझ्न नसक्नु; महत्वहिन र अर्थहिन कुरा गर्नु; आफले बोलेको कुराको भाव आफैंलाई थाहा नहुनु; प्रेममा आफ्नो र अरुकोलागि सहि गलत नहेरी, समयको सान्दर्भिकता नहेरी एकोहोरो तथा अन्धो भएर लागिपर्नु र आफूले भनेकै हुनुपर्छ भन्ने भाव राख्नु आदि कठिनाई, समस्या तथा अस्वस्थताहरु शरीरमा आकाश तत्व असन्तुलित अर्थात बढि तथा कम सक्रिय हुदा देखा पर्दछन् ।
आकाश तत्व सन्तुलित गर्ने उपाय
शरीर, मन, भावनामा खालिपन व्यवस्थापन गर्न उत्तम उपायहरु मध्य अत्यन्तै महत्वपूर्ण स्वस्थ जीवनशैली बनाउनु हो । खासगरि आयुर्वेद विज्ञानले सुझाएका तीन प्रकारका ‘र’ अर्थात आहार, विहार, विचार र योग विज्ञानले सुझाएका तीन प्रकारका ‘स’ अर्थात सतसंग, साधना, सेवाले मनुष्यको जीवनशैली व्यवस्थित बनाउन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । व्यवस्थित जीवनशैलीले शरीर स्वस्थ र मन तथा भाव एकाग्र, शान्त बनाउछ, विचारमा सन्तुलन तथा विचार शुन्यता आउछ, परिणाम स्वरुप शरीर मन, भाव, वुद्धि, चेतना हलुका हुन्छ, जीवनमा अकारण खुशी, शान्ति, आनन्द बढ्छ र शरीरमा आकाश तत्व सन्तुलित हुन्छ । खासगरिकन आकाश तत्व मनुष्यको मस्तिष्क, सोच, विचारसंग बढि सम्वन्धित भएकोले मस्तिष्कलाई सक्दो सक्रिय राखेर; नयाँ–नयाँ कुराहरु सिक्ने प्रयास गरेर; मस्तिष्कलाई जटिल कुरा तथा कामहरु सुल्झाउने काममा लगाएर तथा सकारात्मक तनाव दिएर; आफूसंग सम्वन्धित हरेक कुराहरुलाई सम्झिने र बुझ्ने, स्मरण गर्ने प्रयास गरेर तथा मानसिक रुपले आफूलाई हरपल व्यस्त राखेर; मस्तिष्क र शरीरलाई पर्याप्त आराम दिएर तथा पर्याप्त निद्रा पुर्याएर; निद्रा राम्ररी पुगेको छैन भने ध्यान साधना बढाएर शरीरमा आकाश तत्व सन्तुलन गर्न सकिन्छ । मनुष्यको शारीरिक शरीरको मुख्य काम पाचन, पोषण र निस्कान हो, आकाश तत्व सन्तुलनमा भएमात्र यी कामहरु सन्तुलित ढंगले हुन सक्दछन् ।
निराहार उपवास बस्दा पेटमा आकाश तत्व सन्तुलित हुन्छ, सक्रिय हुन्छ तथा सकारात्मक किसिमले बढ्छ । निराहार उपवास वस्दा पेटको खालि क्षेत्र खानाले नभरिने र शून्यता तथा खालिपन बढ्ने हुनाले आकाश तत्व फैलिने अवसर मिल्छ र तत्व आफैं सन्तुलित हुदै तथा सकारात्मक किसिमले बढ्दै जानथाल्छ किनकी निराहार उपवास गर्दा शरीरको प्राकृतिक चिकित्सा तथा आत्म चिकित्सा(अटोफेजी) हुन शुरुहुने हुनाले शरीर आफ्नो चिकित्सक आफैं बन्न प्रारम्भ गर्दछ । सन्तुलित आकाश तत्वले शरीर सफाइ गर्छ, मन एकाग्र, स्थिर तथा भाव शान्त हुनेहुनाले धर्म, अध्यात्म, भक्ति, योग–ध्यानतिर मन लाग्न प्रारम्भ हुन्छ । तसर्थ, हप्तामा एक दिन नियमित रुपमा निराहार उपवास बसेर शरीरमा आकाश तत्व बढाउन(शरीरमा प्राय सबै तत्वहरुको कमीनै रहेको हुन्छ) तथा सन्तुलित गर्न सकिन्छ । उपवासमा रहदा शरीरको अत्यन्तै महत्वपूर्ण अंग पेटले पाचन र पोषणको प्रक्रियाबाट अवकास पाउने हुनाले पूरै उर्जा शरीरका खालि स्थानहरु जहाँ आकाश तत्व रहनु पर्ने हो उक्त स्थानमा जमेर तथा जकडिएर बसेका फोहोरमैला, रसायन, विषाक्तता तथा विजातीय तत्वहरु वाहिर निस्काशन गर्ने काममा पूर्णरुपमा लाग्दछ, पूरै शरीर सफा गर्दछ । उपवासको समयमा शरीर स्वयंले प्राकृतिक रुपमा शरीरमा जमेका फोहरहरु सफा गर्ने तथा जकडनहरु खोल्ने हुनाले आकाश तत्वकोका लागि स्थान बन्दछ र आकाश तत्व सन्तुलित हुन्छ । यसकासाथै उपवासको समयमा फोहरमैला र जकडनहरुमा साफाइसंगसंगै शरीरको उर्जा शरीरका अन्य अंगहरु, तिनका कामहरु, क्रिया तथा प्रणलीहरु सहि गरेर आन्तरिक व्यवस्थापन गर्ने अत्यन्तै महत्वपूर्ण काममा लाग्दछ र स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु व्यवस्थित तथा विकसित गर्न मद्धत मिल्छ । आकाश तत्वबाट नै सबै तत्वहरु निसर्मत हुने भएकाले सबै तत्वहरुमा धेरैथोरै आकाश तत्वको मात्रा रहेको हुन्छ, यसकारण निराहार उपवासको समयमा शरीरभित्र हुने प्राकृतिक प्रक्रिया तथा आत्म चिकित्साको माध्यमबाट शरीरमा आकाश तत्वसंगै तलका सबै तत्वहरु सन्तुलित हुदै जान्छन् ।
सनातन अध्यात्म दर्शनमा उल्लेख भए अनुसार शरीरमा आकाश तत्व विरलै चल्छ, तसर्थ शरीरमा आकाश तत्व चलेको समयमा कुनैपनि प्रकारका सांसारिक कार्यहरु गर्नुहुदैन किनकी यो समयमा गरिएका सांसारिक कार्यहरु निश्फल हुन्छन् तर आध्यात्मिक तथा धार्मिक कार्यहरु, योग–ध्यान साधनाका अभ्यासहरु जति बढि गर्यो उति नै आकाश तत्व सन्तुलित हुन्छ । शरीरमा आकाश तत्व नचलेको सामान्य अवस्थामा पनि धार्मिक तथा आध्यात्मिक कार्य तथा साधनाहरु र योग–ध्यान साधनाका प्रयोगात्मक अभ्यासका प्रक्रिया तथा विधिहरुको अनुशरण गरेर शरीरमा आकाश तत्व सन्तुलित गर्न सकिन्छ । वायु तत्व र आकाश तत्वका प्रकृति तथा गुणहरु उस्तै–उस्तै प्रकारका हुने भएकोले यी दुई तत्वको मुद्रा लगाउने तथा ध्यान साधना गर्ने काम दिनमा तथा सूर्यको उपस्थितिमा मात्र गर्नुपर्दछ साँझ तथा राति गर्नुहुदैन, साँझ तथा राति मुद्रा लगाउदा तथा ध्यान गर्दा विचित्रका डरलाग्दा दृश्यहरु आउन सक्दछन् र यसको नकारात्मक प्रभाव पर्न सक्दछ । विहान सबेरैको समयमा प्रकृति तथा ब्रम्हाण्डमा सकारात्मक उर्जाको प्रवाह र शुद्धता अधिक हुने भएकाले प्रातः काल ब्रम्ह मुहुर्तमा अध्यात्म, धर्म, भक्ति, योग–ध्यान साधना गर्नु अत्यन्तै राम्रो तथा प्रभावकारी मानिन्छ, यसप्रकारको साधनाले मनुष्यमा सदाचारको विकास गर्दछ । मानसिक तथा भावनात्मक सदाचार शरीरमा आकाश तत्व सन्तुलन गर्ने सबैभन्दा सहज उपाय हो जसले मनुष्यको स्वास्थ्य र शरीरका आयामहरु मात्र नभएर जीवनका सबै आयामहरुलाई सकारात्मक, व्यवस्थित र विकसित बनाउन मद्धत गर्दछ । सदाचारको दायरा फराकिलो छ जस अन्तर्गत आफ्नो भलाईलेख सारा संसार, प्रकृति तथा जगत कल्याणका काम, कर्तव्यहरु पर्दछन् । सदाचार अर्थात सत्य तथा ब्रम्हको आचरण(ज्ञान तथा कर्म इन्द्रियहरुको सदुपयोग) अनुशरण गरेर आफू र अरुको समेत कल्याण गरेर आफ्नो आकाश तत्व सन्तुलित मात्र नभएर जाग्रित समेत गरेर सांसारिक जीवनको साथसाथ पारमार्चिक तथा आध्यत्मिक जीवनको पनि विकास गर्न सकिन्छ । सबैकालागि सकारात्मक सोच्नु; निस्काम भावलृ तथा बिना कुनै स्वार्थ सेवा, सहयोग, उपकार, दान, पुण्यको काम गर्नु; अरुको उत्साह, प्रेरणा बढाउने काम गर्नु; प्रेम, सेवा, सदभाव, समभाव, प्रशंसा, धन्यता, कृतज्ञता जनाउने राम्रा शव्दहरुको प्रयोग तथा उच्चाहरण गर्नु सदाचारयुक्त आचरण मानिन्छन् जसले मनुष्यको मन, भाव, वुद्धि, चित्त, अहंकार र शरीर समेतलाई सन्तुलित गर्न मद्धत गर्दछ र यस्तो व्यक्तिको शरीरमा आकाश तत्व लगायत सबै तत्वहरु सन्तुलित हुन्छन् । विचार, शव्द, वाणीमा सैयम राखेर आफ्नो आकाश तत्व सन्तुलित गर्न सकिन्छ । शव्दमा ज्ञान हुन्छ, प्रेम हुन्छ, सदभाव हुन्छ, सकारात्मक शव्दहरुले मनुष्यलाई प्रेम, प्रेरणा, उत्साह, जीवन प्रदान गर्दछन्, शव्दहरु खासगरि गुरुवाणीहरु मनुष्यको इहलोक र परलोक समेत सुधार्ने प्रकारका अत्यन्तै प्रभावकारी हुन्छन् । आफूले पनि आफू स्वयंम र अरुकालागि गहकिला, अर्थपूर्ण, सकारात्मक उर्जा प्रदान गर्ने विचार, शव्द, वाणीको प्रयोग गरेर अफ्नो लगायत अरुको समेत आकाश तत्व सन्तुलन गर्न सक्दछौं ।
सनातन अध्यात्म दर्शनका संस्कृत भाषामा लेखिएका श्लोक वाचन, इश्वरका नाम जप तथा मन्त्रहरुको उच्चाहरण गरेर आकाश तत्व सन्तुलित गर्न सकिन्छ । यस्ता शक्तिशाली उर्जावान श्लोक, इश्वरका नाम तथा मन्त्रहरु वाचन गरिने, जपिने तथा उच्चाहरण गरिने स्थानहरुमा सकारात्मक उर्जा तथा आकाश तत्व उच्च हुन्छ । मन्दिर तथा देवालयहरु जस्ता पवित्र स्थानहरुमा सकारात्मक उर्जा तथा आकाश तत्वको उपलव्धता उच्च हुन्छ, यसकारण नै सबै सम्प्रदायहरुमा मन्दिर, देवालय, गुम्वा, गुरुद्वरा, चर्च, मस्जिद दर्शन गर्न जाने, यस्ता पवित्र स्थानहरुमा पूजा तथा अनुष्ठानहरु लगाउने संस्कार तथा संस्कृति बसालिएको हो ताकि यस्ता कर्महरुमा सालग्न हुने भक्त, साधक, तथा श्रद्धालुहरुको आकाश तत्व सन्तुलिन बनोस । मन्दिर, देवालय जस्ता पवित्र स्थलहरुको भ्रमण गरेर मात्र पनि आकाश तत्व सन्तुलित गर्न सकिन्छ । यसकासाथै आकाश मुद्रा लगाएर ध्यान गर्दा; हं मन्त्रोच्चाहरण गरेर चक्र साधना गर्दा; खुल्ला आकाशमूनि समय बिताउदा; हिमाल, पहाड, नदि तथा जलासयको तट, मरुभूमि, जंगलमा बसेर निलो आकाशको अवलोकन, त्राटक क्रिया तथा ध्यान गर्दा; योग–ध्यान साधना गर्दा; ब्रम्हचर्यको अनुसरण गर्दा; संधै सदाचारी तथा चरित्रवान बन्दा; सतविचार तथा सतकर्महरु गर्दा; सत्य बोल्दा; परमात्माप्रति आस्था र भक्ति राख्दा; योगी, सन्त, गुरुजनहरुप्रति श्रद्धा राख्दा; आफूभन्दा ठूला तथा जेष्ठ नागरिकहरुप्रति सम्मान भाव राख्दा; सेवा, सहयोग, दान, पुण्य, उपकारका सतकर्महरु गर्दा शरीरमा आकाश तत्व सन्तुलित हुन्छ । यस्ता सकारात्मक कर्महरु गर्दाको सांसारिक मजा तथा रमाइलो र पारमार्थिक परमशान्ति तथा परमआनन्दका अनुभव तथा अनुभूतिहरु लौकिक र अलौकिक अलग–अलग प्रकारका हुन्छन् । हामीले जस्तो व्यवहार आकाश तत्वसंग गर्छौं त्यस्तै व्यवहार आकाश तत्वले हामीसंग गर्दछ जसरी हाम्रो व्यवहार अनुसार नै अरु मनुष्य, प्राणी, वनस्पति, पदार्थहरु तथा समग्र प्रकृति र सृष्टिले हामीसंग गर्दछन् । हाम्रो सोच, विचार, मन, भाव, व्यवहार, आचरण, चरित्र अरुप्रति राम्रो तथा सकारात्मक भयो भने हामीलाई पनि त्यस्तै सकारात्मकता फिर्ता आउछ । सबै सम्वन्ध तथा मान्छेहरु ऐना जस्तै हुन्, म जस्तो छु ऐनाले मलाई त्यस्तै नै देखाइदिए जस्तै म ठिक छु अरुप्रति भने उनीहरु पनि मप्रति ठिक हुन्छन्, यसैकारण भनिएको हो आफू भलो त जगत भलो, त्यसैले सबैप्रति आफू राम्रो भावले भरिऔं तथा सकारात्मक बनौं हाम्रो आकाश तत्व स्वतः सन्तुलित हुन्छ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment