Sunday, 11 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३४

                                 #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

.सवाल

आज्ञा चक्र मनुष्यको अन्तरज्ञान र संकल्पशक्तिको मूल आधारशिला हो

जवाफ

प्रमुख रुपमा मनुष्यको अन्तरज्ञान(इन्ट्युसन), विचारशक्ति, इच्छापूर्ति, संकल्पशीलता  कार्यसिद्धिमा आज्ञा चक्रको विशेष प्रकारको महत्व सकारात्मक प्रभावकारीता रहेको हुन्छ पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित ; दोस्रो स्वाधिष्ठान चक्र मनुष्यको मानसिक शरीरको खुशी शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित ; तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, संकल्पशक्ति, पराक्रम, साहससंग सम्वन्धित ; चौथो अनाहद चक्र मनुष्यको प्रेम केन्द्रित भावशक्ति, मैत्रीभाव, सम्बन्धसंग प्रत्यक्ष रुपमा सम्वन्धित ; पाँचौ विशुद्धि चक्र मनुष्यको सिर्जनशिलता, वाक पटुता तथा वौद्धिकतासंग प्रत्यक्ष रुपमा सम्वन्धित छैठौं आज्ञा चक्र मनुष्यको अन्तरज्ञान, विचारशक्तिइच्छापूर्ति, संकल्पशीलता  कार्यसिद्धिसंग प्रत्यक्ष रुपमा सम्वन्धित

 

आज्ञा चक्रको परिचय

तलबाट माथितिरको क्रमसंख्यामा छैठौं आज्ञा चक्रलाई सन्तहरूको मतअनुसार दिव्य चक्षुशिव नेत्र, तेस्रो आँखा(थर्ड आइ) तथादशम द्वारपनि भनिन्छ आज्ञा चक्र दुई चर्म चक्षु(छालाका आँखा) तथा दुई आँखीभौं अर्थात भ्रुमध्यको विचको सिधा मेरुदण्डको सबैभन्दा माथिल्लो भाग मस्तिष्को केन्द्रमा स्थित हुन्छ आज्ञा चक्र मूलरुपमा मनुष्यको अन्तरज्ञान, इच्छापूर्ति संकल्पशीलताको केन्द्रविन्दु हो आज्ञा चक्रलाई दृश्य रुपमा दुईवटा कमल पत्रको प्रतिकको रुपमा देखाइन्छ तर त्यसको पछिाडि ९८ वटा कमलपत्रहरु अदृश्य रुपमा रहेका हुन्छन्  यी सबै पत्रहरुको आ-आफ्नै अर्थ, मन्त्र, सिद्धिहरु र महत्व रहेका छन्  आज्ञा चक्रले आत्म तत्व तथा प्रकाश तत्वको प्रतिनिधित्व गर्दछ यो चक्रको वीज मन्त्र सर्वव्यापक, सर्वशक्तिमान स्वयं परमात्मा अर्थात परब्रम्हको प्रणव ध्वनि तीन अक्षरको सम्योजन(++), ‘अक्षर ब्रम्ह’, ‘शव्द ब्रम्हतथानाद ब्रम्ह’ ‘कार हो आज्ञा चक्रले सात प्रमुख योगमध्य ध्यान योग, पंचकोषमा आनन्दमय कोष, त्रिगुणमा सत्व गुण, नवग्रहमा शनि ग्रह, बाह्र राशिमा कर्कट सिंह राशि, स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुममा तेस्रो चक्षु ग्रन्थी(पिनियल ग्ल्यान्ड) आत्मिक स्वास्थ्यको प्रतिनिधित्व गर्दछ आज्ञा चक्रको रङ्ग गाडा निलो(निर तथा प्याजी) हुन्छ शरीरका अङ्गहरूमा आँखा, नाक, टाउको, मस्तिष्क तथा स्नायु प्रणली, पिनियल ग्ल्यान्ड आदि आज्ञा चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन्


(१)आज्ञा चक्रको असन्तुलित अवस्थाका परिणामहरु

लुकिछिपि, अरुबाट लुकाएर, छलेर तथा चोरीको शैलीमा गरिएका गलत तथा अनैतिक, अपराध बोध हुने, आत्मग्लानी हुने, प्राश्चियत हुने जस्ता काम, व्यवहार तथा गतिविधिहरुले आज्ञा चक्रमा ऊर्जाको नकारात्मक प्रवाह बढाउछ र चक्र असन्तुलित, अस्वस्थ, निष्क्रिय तथा अति सक्रिय हुन्छ । आज्ञा चक्र कमजोर, असन्तुलित तथा निष्क्रिय छ भने शारीरिक रुपमा हात, पाखुरा काम्ने र आँखा, नाक, टाउको, मस्तिष्क, स्नायु प्रणाली तथा मानसिक अवस्थासंग सम्वन्धित समस्या, विकार, अस्वस्थता तथा रोगहरू देखा पर्दछन् । मानसिक समस्या अन्तर्गत सामान्यतया अति धेरै नकारात्मक विचारहरु आउने, सबैकुरा भुल्ने बिमारी(अल्जाइमर), तनाव, चिन्ता, विषाद, अवषादको अवस्था आउने र निन्द्रामा समस्या देखिन सक्छ । आज्ञा चक्र जाग्रित गर्ने क्रममा जबरजस्ती तथा असावधानीका कारण  नकारात्मक किसिमले उर्जाको प्रवाह ज्यादा भयो भने चक्र ज्यादा सक्रिय हुन्छ र यस्तो अवस्थामा व्यक्ति क्रोधि, कामुक हुन सक्छ, भावनात्मक रुपले समवेदनाहिन हुनसक्छ । यस्तो व्यक्तिले आफ्नो मात्र भलाई हेर्ने, अरुको भावनाको संवेदना नबुझ्ने तथा अरुको भावनाको कदर नगर्ने, अरुको भावनाको संवेदना बुझ्न प्रयास नै नगर्ने स्वार्थी प्रकारको हुन्छ। आज्ञा चक्र वुद्धिको केन्द्र हो, चक्र ज्यादा सक्रिय भएको अवस्थामा व्यक्तिमा अति अहंकार, अहमता तथा म नै सर्वेसर्वा हुँ भन्ने मपाईंवादी व्यवहार देखिन सक्छ । आज्ञा चक्र ज्यादा सक्रिय भएको व्यक्ति रुखो बोल्ने, कठोर व्यवहार भएको, दिमागबाट चल्ने, भावना शुन्य भएको, अरुलाई होच्याएर र आफूलाई अत्यन्तै बढाइचढाइ गरेर बोल्ने प्रवृत्तिको हुन्छ । यस्तो व्यक्तिलाई टाउको दुख्ने, काम्ने, बिर्सिने, मानसिक तथा भावनात्मक असन्तुलन हुने जस्ता समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखिन्छन् । 


()आज्ञा चक्रको सन्तुलित अवस्थाका परिणामहरु

आज्ञा चक्र सन्तुलित, सक्रिय तथा जाग्रित छ भने यस्तो व्यक्ति अन्तरज्ञानी, दूरदर्शी, कुशल र संकल्पवान हुनुका साथै ज्ञानवान, प्रज्ञावान, विवेकशील तथा कुशाग्र वुद्धि भएको हुन्छ । उसको सोच्ने, विचार गर्ने, कल्पना गर्ने शक्ति, क्षमता तथा कार्यकुशलता उच्च हुन्छ र उसले गरेका हरेक निर्णय, योजना र कार्यहरुको प्रभावकारीता उच्चतम हुन्छ । उसका ज्ञान इन्द्रियहरुको देख्ने, सुन्ने, सुघ्ने, स्पर्श अनुभव गर्ने, स्वाद लिने क्षमता प्रवल हुन्छ । उसमा आफूले गरेका कल्पना, आफूले देखेका सपना तथा निर्माण गरेका योजनाहरु पूरा गर्ने अदम्य साहस र भरपुर क्षमता हुन्छ । चेहरा चम्किलो, उज्यालो, सुन्दर र उच्च व्यक्तित्व भएको हुन्छ । यस्तो व्यक्ति अत्यन्तै चलाख तथा जागरुक(अवेर) हुन्छ र उसमा एकाग्र हुने र शान्त रहने क्षमता, हरपल होसपूर्ण रहन सक्ने क्षमता, साक्षीभाव(माइन्डफुलनेस) तथा वर्तमानमा रहन सक्ने क्षमता अत्यन्त राम्रो हुन्छ । जति मात्रामा व्यक्ति एकाग्र, शान्त, जागरुक, साक्षी तथा वर्तमानमा रहन सक्छ उसको आज्ञा चक्र उति नै सन्तुलित, सक्रिय तथा जाग्रित हुन्छ । आज्ञा चक्र सक्रिय तथा जाग्रित भएको व्यक्तिमा सांसारीक जगतसंग सम्वन्धित धेरै प्रकारका शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक क्षमताहरु प्रष्फुटित हुनुको साथसाथ  पराभौतिक जगतसंग सम्वन्धित परालौकिक दिव्य शक्ति तथा सिद्धिहरू अनुभूतिमा आउन थाल्छन् । यस्तो व्यक्तिले सजिलै आफ्ना कुरा अरुलाई सम्झाउन, बुझाउन र मनाउन सक्छ । सजिलै अरुको मस्तिष्क, विचार तथा मनका कुरा पढ्न तथा जान्न सक्छ । परालौकिक दिव्य शक्ति हासिल हुनेहुनाले सुक्ष्म शरीरको माध्यमबाट आकाशिय यात्रा(एष्ट्रल ट्राभल) गर्न सक्षम हुन्छ ब्रम्हाण्डका अनन्त ज्ञानहरु जान्ने अवसर प्राप्त गर्छ ।


(३)आज्ञा चक्र सन्तुलित गर्ने उपाय

मनुष्यका सारा सम्भावना, क्षमता, प्रतिभा तथा सिर्जनशीलताहरु उसको सुक्ष्म शरीरमा रहेका उर्जाका मूलशक्ति केन्द्र सात चक्रहरुमा उचित वातावरणको अभावमा निष्क्रिय तथा सुसुप्त अवस्थामा रहेका हुन्छन् । यी सात चक्रहरु मनुष्यको उमेर सात वर्षको हुन्जेलसम्म खुल्ला अवस्थामा रहेका हुन्छन् र सात वर्षपछि प्राकृतिक रुपमा स्वतः बन्द हुन्छन् तर सात वर्षभित्रै तथा वाल्यावस्थामै चक्र जागरणको प्रक्रिया शुरु गराइदिने हो भने चक्र जागरण प्रक्रियाले निरन्तरता पाउछ र चक्र सधैं खुलिरहन्छन् साथै निरन्तर सन्तुलित, सक्रिय तथा जाग्रित भैरहन्छन् र जाग्रित चक्रहरुको सकारात्मक लाभ उसलाई जीवनभर प्राप्त भैरहन्छ । मनुष्यको सात वर्षको उमेरपछि चक्रहरु प्राकृतिक रुपमा  स्वतः बन्द भएपनि यी चक्रहरु केही मात्रामा सक्रिय तथा जाग्रित अवस्थामा नै हुन्छन् र यीनमा प्रकृति प्रदत्त आधारभूत ऊर्जा संचारीत भैरहेको हुन्छ । तसर्थ सबैले यो थाहा पाउनु अनिवार्य हुन्छ कि सनातन पुर्वीय अध्यात्म दर्शनले दशौं हजार वर्षअघिनै उजागर गरिसकेको सर्वकाल सान्दर्भिक भैरहेको अत्यन्तै महत्वपूर्ण विषय विभिन्न योगीक साधना का विधि तथा पद्धतिहरुको माध्यमबाट चक्रहरुमा सकारात्मक ऊर्जाको प्रवाह बढाएर चक्रमा निहीत निष्क्रिय तथा सुसुप्त अवस्थामा रहेका सबै प्रकारका सम्भावना, क्षमता, प्रतिभा, सकारात्मक गुण, रचनात्मक तथा सिर्जनशीलताहरु जाग्रित गर्न र जीवनमा त्यसको उच्चतम सदुपयोग गर्न सकिन्छ । जुनसुकै उमेर, लिंगका व्यक्तिहरुले जुनसुकै समयमा यसरी चक्रहरुमा सकारात्मक उर्जाको प्रवाह बढाएर चक्र सन्तुलित, सक्रिय तथा जाग्रित गरि आफ्ना सारा सकारात्मक गुणहरु स्वस्फुर्त रुपमा वाहिर प्रष्फुटित गर्न सकिन्छ । आज्ञा चक्र सन्तुलित, सक्रिय तथा जाग्रित गर्ने केही विधिहरु निम्नप्रकार रहेका छन्-


योगासन– शिर्ष आसन, शसक आसन, शिर, निधार तथा गर्धन झुक्ने आसनहरुको अभ्यास गर्नु पर्दछ । 

प्राणायाम– नाडीसोधन प्राणायाम, अन्तर र वहिर कुम्भक प्राणायाम, भ्रामरी प्राणायाम, उज्जायी प्राणायाम आदिको अभ्यास गर्नु पर्दछ ।

मुद्रा– ज्ञान मुद्रा, ध्यान मुद्रा, शाम्भवी मुद्रा आदिको अभ्यास गर्नु पर्दछ ।

क्रिया– बत्ती त्राटक, निलो अकाश त्राटक क्रियाको अभ्यास गर्नु पर्दछ । 

ध्यान– ‘ उँ’ वीज मन्त्रको ध्वनि उच्चाहरण गर्दै तथा सुन्दै मन्त्रमा एकाग्र भएर ध्यान गर्नु पर्दछ र आफ्नो आयाध्य देवको नाम तथा मन्त्र पज गर्नु पर्दछ । 

चक्रको रंगको कल्पना– गाडा निलो तथा प्याजी रंग, निलों कालोंप्याजी रंगका फूल–फल–तरकारी, गाडा निलो तथा प्याजी रंगका पहिरनको प्रयोग र ध्यान साधनामा रहदा यिनै विषयहरुको याद गर्नु पर्दछ ।

आनापान सती– लामो श्वास आज्ञा चक्रलाई याद गर्दै लिनु पर्दछ र आज्ञा चक्रलाई याद गरेर र यही  चक्रबाटै लामो गहिरो श्वास वाहिर छोड्नु पर्दछ ।

जीवनशैली– शुद्ध, ताजा, पोषणयुक्त आहार ग्रहण र पर्याप्त व्यायाम तथा विहार गर्नुका साथै खुल्ला आकाश, सूर्य, चन्द्रमा, तारा, नक्षेत्र, प्रकृतिको सम्पर्कमा आउनु पर्दछ विभिन्न प्रकारका काम तथा गतिविधिहरु गर्दै तथा फुर्सद निकालेर प्रकृतिको सयर गरेर । संधै सकारात्मक सोच, विचार, भाव, बोलि, कर्म, व्यवहार, चरित्र तथा आचरण गर्नु पर्दछ र आफूलाई संधै सिर्जनशील काममा लगाउनु पर्दछ, आफूले आफैंलाई सकारात्मक सुझाव तथा आन्तम सन्देश प्रदान गर्नु पर्दछ ।


छिट्टै,

सहस्त्रार चक्र मनुष्यको अध्यात्म जागरण तथा मोक्षको मूल आधारशिला हो ।


शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...