Saturday, 31 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४८

                                   #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

५४.सवाल

शरीरमा पंचतत्व असन्तुलनका कारण हुने अस्वस्थताहरु

जवाफ

सनातन अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञान दुवैको मतानुसार ब्रम्हाण्डमा जम्मा दुईवटा तत्वहरु मात्र रहेकाछन्– (१)प्रकृति तथा म्याटर(पदार्थ), र (२)पुरुष तथा इनर्जी(उर्जा) र यी दुई तत्व अन्तर्गत पाँच प्रकारका दृश्य तथा अदृश्य तत्वहरु(इलिमेन्ट्स) रहेका छन् जसलाई पंचमहाभूत तथा पंचतत्व भनिन्छ– (१)आकाश, (२)वायु, (३)अग्नि, (४)जल, र (५)पृथ्वी । यिनै पाँच तत्वहरुको समिश्रणबाट सबै प्राणि, वनस्पति तथा पदार्थहरुको स्थुल शरीर, प्रकृति अर्थात म्याटर बडी र सुक्ष्म शरीर, पुरुष–आत्मा–चेतना अर्थात इनर्जी बडी निर्मित भएको हुन्छ । पंचतत्व अर्थात पंचमहाभूतसंग मनुष्यको स्थुल र सुक्ष्म दुवै शरीरको सिधा सम्वन्ध रहेकोले शरीरमा यी तत्वहरुको आवश्यक मात्रा सन्तुलनमा छ भने उसको स्वास्थ्य र शरीरका सबै आयामहरु स्वस्थ तथा सक्रिय रहन्छन् तर यदि शरीरमा पंचतत्वको आवश्यक मात्रा सन्तुलनमा छैन भने मनुष्यको स्वास्थ्य र शरीरका सबै आयामहरु अस्वस्थ तथा निष्क्रिय हुन्छन् र परिणामस्वरुप विभिन्न प्रकारका शारीरिक, मानसिक, प्राणिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक अवस्थासंग सम्वन्धित अस्वस्थता तथा समस्याहरु देखिन्छन् । मनुष्यको शरीरमा पंचतत्वहरुको असन्तुलन हुदा अधिकांश अवस्थाहरुमा प्राय कमी हुने तथा तत्वको निश्क्रियता रहने गरेको पाइएको छ । पंचतत्वहरु एकआपसमा मिलेर शरीरमा काम गर्ने हुनाले एउटा मात्र तत्व असन्तुलित भयो भने त्यसले बाँकी चारवटा तत्वहरु लगायत शरीरका अन्य क्रिया तथा प्रणालीहरुलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असन्तुलित गर्दछ । कुन तत्वको आवश्यक मात्र असन्तुलित अर्थात कम सक्रिय तथा बढि सक्रिय भएको अवस्थामा कस्ता–कस्ता प्रकारका अस्वस्थताहरु देखा पर्दछन् भन्नेबारे संक्षिप्त जानकारी यसप्रकार रहेको छ–



(१)आकाश तत्वको असन्तुलनबाट हुने अस्वस्थताहरु

आकाश तत्व अर्थात शुन्यता तथा खालिपन सबै तत्वहरुको मूलश्रोत हो, सबै तत्वहरु आकाश तत्वको आधारमा एकअर्काको समिश्रणवाट निर्मित भएका हुन्छन् । सबैभन्दा पहिला आकाश तत्वको उत्पति भएको हो, क्रमशः आकाश तत्वबाट निसृत भएर वायु तत्वको निर्माण भएको हो; वायु तत्वबाट निसृत भएर अग्नि तत्वको निर्माण भएको हो; अग्नि तत्वबाट निसृत भएर जल तत्वको निर्माण भएको हो; र जल तत्वबाट निसृत भएर पृथ्वी तत्वको निर्माण भएको हो । यसकारण सबै तत्वहरुमा सबै तत्वहरुको मूलश्रोत आकाश तत्व र निर्माणका कारक तत्वहरुको अंश रहेको हुन्छ । मनुष्यको समग्र स्वास्थ्य र शरीरका आयामहरुमा यी पाँचै प्रकारका तत्वहरुले एकअर्कोसंग मिलेर काम गर्दछन् र शरीरको प्रकृति(वाथ, कफ, पित्त) अनुसारको लक्षण देखाउछन् स्वस्थता तथा अस्वस्थताका अवस्थाहरु ।


आकाश तत्व बढि सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा आकाश तत्व बढेको अवस्थामा पाँच ज्ञान इन्द्रियहरुका सुन्ने, बोल्ने, सुघ्ने, स्वाद लिने तथा अनुभव गर्ने क्षमतामा कमी आउछ; व्यक्ति विस्तारै लाटो, वहिरो, अलभेस्स्रो, गंध थाहा नपाउने, खानाको स्वाद थाहा नपाउने, रंगहरु नचिन्ने, आफ्नो वरिपरि भैरहेका गतिविधिहरु थाहा नपाउने प्रकारको होस नभएको अपांग जस्तो हुन्छ; शरीरमा कफ जम्मा हुन्छ; गला थाइरोइड तथा प्याराथाइरोइड ग्रन्थिको क्रियामा गडबडी आउछ र थाइरोइड हर्मोन असन्तुलित हुन्छ; बोली भकभकाउने, शव्द फडकालेर उच्चाहरण गर्न नसक्ने, अरुले सुन्नेगरि आवाज वाहिर ननिस्कीने समस्या हुन्छ; अरुले बोलेको कुरा सुन्न र बुझ्न नसक्ने समस्या हुन्छ; आफूलाई अरु समक्ष प्रस्तुत गर्ने र आफ्ना कुरा अरुलाई बुझाउने संवाद क्षमतामा कमी हुन्छ; सानो बच्चाको बोली ढिलो फुट्छ; कान दुख्ने, अमलपित्त, बारबार ज्वरो आइरहने आदि अस्वस्थता तथा समस्याहरु हुन्छन् ।  


आकाश तत्व कम सक्रिय हुदा हुने अस्वस्थता

आकाश तत्वले वायु तत्वसंग मिलेर शिरको क्षेत्रमा काम गर्ने हुनाले आकाश तत्वको कमीले मस्तिष्क तथा चेहरा सम्वन्धि अस्वस्थता आउछ– कमजोर स्मरण शक्ति, कमजोर दृष्टि, टाउको दुख्ने, पिनास हुने समस्या हुन्छ; आकाश तत्वले वायु तत्वसंग मिलेर हाडजोर्नीहरुमा कामगर्ने हुनाले वाथरोग(जोर्नीको दुखाइ) तथा हड्डी कमजोर हुने समस्या हुन्छ; हड्डीमा क्यालसियमको कमी हुन्छ; आकाश तत्वले अग्नि तत्वसंग मिलेर मुटुको क्षेत्रमा काम गर्ने हुनाले मुटुसंग सम्वन्धित रक्तचाप, रक्तसंचार, मुटुको धड्कन आदि अस्वस्थताहरु देखिन्छन्; आकाश तत्वले जल तत्वसंग मिलेर पेटको क्षेत्रमा काम गर्ने हुनाले पेटसंग सम्वन्धित मन्दाग्नि, भोक नलाग्ने, अरुची हुने, खाना नमिठो हुने, अपच तथा कव्जियत हुने जस्ता अस्वस्थताहरु देखिन्छन्; आकाश तत्वले पृथ्वी तत्वसंग मिलेर नितम्ब(हिप)को क्षेत्रमा काम गर्ने हुनाले हिप क्षेत्रसंग सम्वन्धित मृगौला, पिसाव, पाठेघर, प्रजनन् अंगमा अस्वस्थताहरु देखिन्छन् ।

आकाश तत्वको मूल स्वाभाव गति हो, बिनागति शरीरका कुनैपनि क्रिया, प्रक्रिया तथा प्रणालीहरु सुचारु तथा सक्रिय हुन सक्दैनन् । रक्तसंचार, मुटुको धड्कन, श्वास–प्रश्वासको आयाम, पाचन–पोषण–निस्कासन जस्ता शरीरका अत्यन्तै महत्वपूर्ण गतिहरु आकाश तत्वको अवस्था सन्तुलित भएमात्र स्वस्थ र सक्रिय हुन सक्दछन् । योग चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा विज्ञानका अनुसार आकाश तत्व सन्तुलित भएको मनुष्यको शरीर लचिलो हुन्छ र शरीरको लचकता नै स्वास्थ्यको मूलआधार हो, यी चिकित्सा विज्ञानका अनुसार भनिएको छ कि मनुष्यको शरीरमा लाग्ने ९९ प्रतिशत शारीरिक तथा मानसिक अस्वस्थताहरु आकाश तत्वको असन्तुलित अवस्थाबाट आउने गर्दछन् किनकी आकाश तत्वबाटै अरु तत्वहरु निर्माण भएका छन् र आकाश तत्वकै सहयोगमा शरीरमा अरु तत्वहरुले आ–आफ्नो काम गर्ने गर्दछन् । 


(२)वायु तत्वको असन्तुलनबाट हुने अस्वस्थताहरु

वायु तत्व बढि सक्रिय हुदा हुने अस्वस्थता
शरीरमा वायु तत्वको अधिकताले ग्याँस बन्ने प्रक्रिया तिब्र हुन्छ र ग्याँसजनित अस्वस्थताहरु देखिन्छन् । शरीरमा ग्याँस बढ्यो भने सबैभन्दा पहिला शरीरका खालि स्थान– हाडका जोर्नीहरु, पेट, नशा, मांसपेशीहरुमा ग्यास भरिन्छ र यी अंगहरुमा दुखाईको अनुभव हुन्छ, दुखाई भेरै भएको अवस्थामा सुन्निने तथा फुल्ने, चिलाउने, इन्फेक्सन हुने अस्वस्थताहरु आउछन्; यस्तो अवस्थामा पेट क्षेत्रको खुकुलोपन, रक्तसंचारको प्रवाह, जोर्नीहरुको खुकुलोपन तथा मांसपेसीको लचकतामा वाधा हुने हुनाले यससंग सम्वन्धित अरुप्रकारका अस्वस्थताहरु पनि थपिदै जान्छन् । हाडका जोर्नीहरुमा वायु तथा ग्यास भरिदा जोर्नीहरुको संस्तुलन बिग्रिने हुनाले कम्मरमा दुखाई, साइटिका तथा कम्मरदेखि तलको भागमा दुखाइ; सर्भाइकल, पोलियो, मांसपेसी जकडन(फ्रोजन) तथा दुखाई; मुटुमा दुखाई; हर्टअट्याक, प्यारालाइसिस जस्ता अस्वस्थताहरु देखिन्छन् ।  


वायु तत्व कम सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा वायु तत्वको कमी तथा कम सक्रियता हुदा छाति तथा श्वास–प्रश्वाससंग सम्वन्धित दम, श्वास–प्रश्वास छोटो हुने, श्वास भित्र तान्न कठिन हुने तथा निसास्सिने हुन्छ; शरीरमा अक्सिजनको कमी हुन्छ; रक्तचाप उच–निच भैरहने र रगतमा विकार आउने हुन्छ; रिंगटा लाग्ने; जठराग्नि मन्द हुने कारण पेट सफा नहुने र पेटका अनेक अस्वस्थताहरु हुन्छन्; मुटुका समस्या तथा हृदयघातको अवस्था आउनसक्छ; स्नायु तन्त्र तथा प्रणालीमा असन्तुलन आउने हुनाले स्मरण शक्ति कमजोर हुने, अनियन्त्रित विचार, बेचैनी, चन्चलता, मानसिक तनाव, विषाद, अवषाद जस्ता मानसिक तथा भावनात्मक अस्वस्थताहरु आइपर्दछन् ।


(३)अग्नि तत्वको असन्तुलनबाट हुने अस्वस्थताहरु

अग्नि तत्व बढि सक्रिय हुदा हुने शारीरिक अस्वस्थता

शरीरमा अग्नि तत्वको सक्रियता बढि हुदा त्वचा(छाला) सम्वन्धि एग्जिमा, सोराइसिस अर्थात घाउ, खटिरा, दाद, चिलाउने, दाग, धब्वा आदि सबै प्रकारका अस्वस्थताहरु हुन्छन्; पेटको तापक्रम बढ्ने हुनाले पेट फुल्ने, पोल्ने तथा अटसपटस हुने, छाति पोल्ने, मुखमा अमिलो पानी आउने अस्वस्थता हुन्छ; शरीरमा गर्मीको महसुस् हुन्छ; छिटो–छिटो ज्वरो आइरहने; उच्च रक्तचाप हुने; क्रोध, बेचैनी, अधैर्यता, मानसिक तनाव जस्ता अस्वस्थताहरु देखिन्छन् । 

 
अग्नि तत्व कम सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा अग्नि तत्वको कमी हुदा तथा शरीर ठण्डा भैरहने, हात, गोडा, छाला नतात्ने; शरीरमा पसिना नआउने; ठण्डी बढि लाग्ने र ठण्डीसंग सम्वन्धित रुघा, खोकी, पिनास, कफ, दम, ब्रोंकाइटिस, निमोनिया, उर्जाको कमी, आलस्य, थकान हुने; मन्दाग्नि(पेट तथा जठराग्निको सुस्तता); ग्यमस्ट्रिक बढ्ने, अपच हुने, भोक नलाग्ने, कव्जियत हुने, पेट र शरीरमा फोहोर जम्ने; न्यून रक्तचाप हुने; रगतमा विकार आउने; इन्सुलिन हर्मोनमा गडबडी आउने र डाइभिटिज हुने; शरीरमा मोटोपन तथा बोसो जम्ने; रक्तचाप न्युन हुने, शरीरमा रगतको कमी हुने; पहेंले रोग(जन्डिस) लाग्ने सम्भावना बढि हुने; ग्रन्थीरसमा(हर्मोन्स) गडबडी हुने, भिटामिन डी को कमी हुने, नेत्र ज्योति कमजोर हुने; आलस्यता, तनाव, इच्छा शक्तिमा कमी, मनोबल, आत्मविश्वास, जोश, जाँगर, उत्साह, उत्प्रेरणामा कमी जस्ता समस्याहरु देखिन्छन् ।   
 
  
(४)जल तत्वको असन्तुलनबाट हुने अस्वस्थताहरु

जल तत्व बढि सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा जल तत्वको सक्रिता बढ्यो भने शरीरका अंगहरु– फोक्सो, पेट, मस्तिष्क, घुँडा, हात, गोडामा पानी भरिन्छ तथा जम्छ; शरीर तथा निश्चित अंगहरु सुन्निन्छन्, नाक र आँखाबाट पानी बगिरहन्छ; शरीर भारी र असहज हुन्छ; जाडोको अनुभूति हुने, सर्दी तथा ठण्डी लागिरहने समस्याहरु हुन्छन् ।
  
जल तत्व कम सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा जल तत्वको कमी हुदा मस्तिष्कमा सुस्तता आउछ; डिहाइड्रेसन, त्वचामा सुख्खापन तथा फुस्रो छाला, छालामा दाग, धब्बा, डण्डिफोर आउछ; चेहरामा चाउरी, ओठ फुट्ने, आँखा, नाक, कान, मुख, गला सुख्खा हुने, थुक बाक्लो हुने, र्याल पर्याप्त नबन्ने हुन्छ; छाला छिप्पेको तथा उमेर भन्दा पाको देखिने हुन्छ; कपाल सुख्खा हुने, खस्ने, चाँढै फुल्ने हुन्छ; शरीरका द्रव्यहरुमा असन्तुलन आउछ; एन्जाइम्स र हर्मोनहरुको उत्सर्जनमा असन्तुलन हुन्छ; प्रजनन् शक्तिमा कमी तथा यौन दुर्वलता आउछ; मृगौला, मुत्रथैली, पित्तथैलीमा पत्थरी बन्ने; पिसाव नअडिने; पाठेघर तथा ओभरीमा शिष्ट पलाउने आदि अस्वस्थताहरु देखिन्छन् । 


(५)पृथ्वी तत्वको असन्तुलनबाट हुने अस्वस्थताहरु

पृथ्वी तत्व बढि सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा पृथ्वी तत्व बढि सक्रिय हुदा बोसो जम्ने र मोटोपन अत्यधिक बढ्ने र शरीर भद्धा हुन्छ; अति खुकुलो तथा फस्के मांसपेशी हुन्छस शरीरमा बलको कमी हुन्छ र आलस्यता आउछस मोटोपनसंग सम्वन्धित कोलेस्ट्रोल, टि.जी., मधुमेह जस्ता दिर्घ अस्वस्थताका लक्षणहरु देखिन्छन्; मनमा चन्चलता, बेचैनी, अस्थिरता आउने र मानसिक तनाव बढेसंगै विषाद, अवषादको समस्या बढ्दै जान्छ र जीवन शारीरिक तथा मानसिक दुवै किसिमले कष्टकर हुदै जान्छ । 


पृथ्वी तत्व कम सक्रिय हुदा हुने मानसिक अस्वस्थता

पृथ्वी तत्व कम सक्रिय हुदा शरीरमा पोषण, भिटामिन तथा खनिज पदार्थहरुको कमी हुन्छ; शारीरिक बलमा कमी तथा कमजोरीपन आउछ; अति दुब्लोपन, रक्तअल्पता, हेमोग्लोविनमा कमी आउछ; हड्डी तथा मांसपेसीहरु कमजोर हुन्छन्; आलस्यता तथा थकानको अनुभव भैरहन्छ; मांसपेसी तथा पुरै शरीरमा दुखाईको अनुभव हुनछ; हर्नियाको समस्या हुनु, बालबालिकाहरुको शारीरिक विकासमा अवरोध हुन्छ; अंगहरुको सामान्य वृद्धि विकासमा अवरोध आउछ; शरीरको अस्वाभविक आकार तथा पुड्कोपन हुन्छ; कपाल झर्ने, फुल्ने, नंग फुल्ने, भाँचिने तथा नंगको सतह उबडखावड हुन्छ; शरीरको रोग प्रतिरोधात्मक क्षमता क्षिण हुन्छ र वाहिरका सरुवा रोगहरुको प्रकोपले सताउछ ।

शरीरमा पंचतत्व सन्तुलन गर्ने सबै भन्दा प्रभावकारी उपाय व्यवस्थित जीवनशैली तथा तीन ‘र’ आहार–विहार–विचारमा सन्तुलनता, र तीन ‘स’ सतसंग–साधना–सेवामा सन्तुलनता ल्याउनु हो । 

                                                               शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ






Thursday, 29 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४७

                           #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

.सवाल

शरीरमा आकाश तत्वको सन्तुलन र ज्ञानले जीवनका विविध आयामहरु व्यवस्थित गर्न मद्धत गर्दछ ।

जवाफ   

आकाश तत्वबारे संक्षिप्त जानकारी

पंचतत्वहरुमा सबैभन्दा माथि रहेको आकाश तत्व मूल तथा प्रमुख हो किनकी आकाश तत्वबाट वायु तत्व बन्दछ, वायु तत्वबाट अग्नि तत्व बन्दछ, अग्नि तत्वबाट जल तत्व बन्दछ र जल तत्वबाट पृथ्वी तत्व बन्दछ । सबै तत्वहरुमा आकाश तत्वको अंश रहेको हुन्छ, यसकारण आकाश तत्वको सन्तुलित तथा असन्तुलित अवस्थाले तलका चार तत्वहरुलाई प्रभाव पर्दछ र तलका चार तत्वहरुको सन्तुलित तथा असन्तुलित अवस्थाले आकाश तत्वलाई प्रभाव पर्दछ । आकाश तत्व मनुष्यको स्थुल शरीर तथा सांसारिक जीवनसंग भन्दा निकै बढि सुक्ष्म शरीर तथा पारमार्थिक जीवन तथा आध्यात्मिक पाटोका सुक्ष्म आयामहरुसंग सम्वन्धित रहेको छ । आकाश तत्वलाई शुन्य तथा आकार नभएको निराकार मानिन्छ, परमात्मा शुन्य तथा निराकार छ, तसर्थ आकाश तत्व परमात्माको स्वरुप हो । रित्तो घडा तथा घैंटोभित्रको खालि स्थान तथा आकाशलाई घटाकास भनिन्छ, हाम्रो शरीर पनि एकप्रकारको घट हो, मनुष्यको अन्तरहृदयमा अनन्त खालिस्थान तथा आकाश रहेको छ, यो अनन्त छ, यहीं परमात्मा र ब्रम्हाण्ड प्रकट हुनछ, यसलाई हृदयकाश, चिताकाश तथा महाआकाश भनिन्छ । मनुष्यले आध्यात्मिक साधना तथा योग–ध्यान साधना गरेर हासिल गर्ने आन्तरिक खुशी, शान्ति, आनन्द, सिद्धि, निधि सबै आकाश तत्वसंग जोडिएका विषयहरु हुन् तथा प्रत्यक्ष सम्वन्धित रहेका छन् । शरीरमा आकाश तत्व सक्रिय भएको समयमा सांसारिक गतिविधिहरु भन्दा बढि आध्यात्मिक तथा धार्मिक साधनाका गतिविधिहरु गर्नुपर्दछ जसले विस्तारै मनुष्यलाई अकारण परमखुशी, परमशान्ति, परमआनन्द, परमसिद्धिमा स्थित गराइदिन्छ । आकाश तत्वको सम्वन्ध परमज्ञानको प्रतिक तथा कारक वृहस्पति ग्रहसंग रहेकोले आकाश तत्वले साधकलाई परमज्ञान, परमसत्य, परमात्मा, परब्रम्ह र ब्रम्हाण्डको अन्तिम सत्य तथा मूलश्रोतसम्म पुर्याउछ । शरीरमा आकाश तत्व सन्तुलित र जाग्रित गरेर आत्मवोध, आत्मज्ञान, परमज्ञान, तत्वज्ञान, ब्रम्हज्ञानलाई जान्न र परमात्मासंग साक्षातकार र उनैमा योगस्थ भएर मोक्षमा उपलव्ध हुन सकिन्छ ।


आकाश तत्वनै अबिनासि समष्टि तथा इश्वर, परब्रम्ह, परमात्माको स्वरुप भएकोले प्राय सबै सनातन मन्दिरहरुका छानाहरु डोम(घोप्टो कचौरा जस्तो) आकारमा बनाइएको हुन्छ, त्यसभित्र आकाश तत्व भरियोस र यसको सकारात्मक प्रभाव श्रद्धालुहरुको राम्रो भाव, भक्ति भाव, श्रद्धा भाव, आस्था भाव, समर्पण भावमा परोस र अझ बढेर जाओस भन्ने भावले यो आकारमा बनाइएको हुन्छ किनकी आकाश तत्वले नै मनुष्यलाई सांसारिक मोहमाया, मानवीय विकार, क्लेश तथा सबैप्रकारका नकारात्मकताहरुबाट वाहिर निकाल्छ । आकाश तत्वनै मनुष्य जीवनको सबैभन्दा शक्तिशाली र महत्वपूर्ण तत्व भएकोले यसलाई सन्तुलित तथा जाग्रित गरेर जन्म र मरणको बन्धन तोडेर सदाकोलागि मोक्षमा उपलव्ध हुन सकिन्छ । आकाश तत्वको तनमात्रा शव्द हो र संसारका सबैप्रकारका शव्द, आवाज, ध्वनिहरु आकाश तत्वबाट उत्पन्न भएका हुन् । शव्द नै नाद हो र नाद नै ॐकार परब्रम्ह हो, नादबाट नै ब्रम्हाण्डको सृष्टि तथा उत्पत्ति भएको हो । ‘यथा ब्रम्हाण्डे तथा पिण्डे, यथा पिण्डे तथा ब्रम्हाण्डे’ अर्थात ब्रम्हाण्डमा जे छ ब्रम्हाण्डका सबै साना–ठूला पिण्ड(स्थुल स्वरुप)हरुमा त्यहीनै छ र पिण्डहरुमा जे छ ब्रमहाण्डमा त्यही छ । शव्दबाट नै मनुष्यका मनका विचार, भावनात्मक संवेग तथा वुद्धिका सिर्जनशिलताहरु अरुसमक्ष प्रकट हुन्छन् । आकाश तत्वको सन्तुलनता तथा जागरणले मनुष्यको शव्दमा नियन्त्रण तथा सन्तुलनता, विचारमा संयमता, मनमा एकाग्रता, भावनामा शान्ति आउछ, विचार शुन्यता अर्थात अमनीे अवस्था अर्थात मनातीत अर्थात मनभन्दा पर तथा मनभन्दा माथिको अवस्थामा पुर्याउछ र आध्यात्मिक विकास तिव्रगतिमा गराउछ । यसकारण गहन योग साधना गर्ने योगी तथा तपस्वीहरु खुल्ला आकाशमुनि हिमालयमा, पहाडमा, नदीको तटमा, जंगलमा तथा कुनै विरानो स्थानमा तपस्या तथा साधना गर्दछन् आकाश तत्व पर्याप्त मिलोस र आफ्नो आध्यामिक साधनाले चाँढै गति तथा उचाई लिनसकोस भन्ने हेतुले । आकाश तत्वको सन्तुलनता, पर्याप्तता तथा जाग्रितीकरणले सहजै मनुष्यको मन खालि हुन्छ, विचारहरु शुन्य हुन्छन् र यो अवस्थामा उसलाई आत्मवोध, आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमज्ञानको यात्रा सहज हुन्छ र चाँढैनै उपलव्ध पनि हुनसक्छ । यो अवस्थामा साधकलाई आफ्नो सांसारिक जीवन रमाइलो तथा मजा अलग्ग प्रकारले आउछ र पारमार्थिक जीवनमा परमशान्ति तथा परमआन्नदको अनुभूति अलग प्रकारले हुन्छ ।
 

आकाश तत्वको प्रत्यक्ष सम्वन्ध मनुष्यको सुक्ष्म शरीर, पारमार्थिक जीवन तथा आध्यात्मिक गतिवितिहरुसंग बढि भएको भएपनि स्थुल शरीर तथा सांसारिक जीवनका गतिविधिहरुमा पनि प्रत्यक्ष प्रभाव रहेको हुन्छ । जहाँ पनि खालिपन, रिक्तता तथा शुन्यता हुन्छ त्यसलाई आकाश तत्व मानिन्छ । शारीरिक रुपमा आकाश तत्व मनुष्यको वाहिर देखिने शारीरिक आकर्षण र आन्तरिक अंगहरु र तिनका गतिविधहरुको कारक हो । रगत, रक्तनलिकाहरु, रक्त प्रवाह सन्तुलित राख्छ । मनुष्य स्वस्थ रहन आवश्यक पर्ने एक अंग र अर्को अंग विचको खालि ठाउँ(आकाश) तथा आवश्यक दुरी व्यवस्थापन गर्छ, मांसपेशीहरुको विचमा आवश्यक खालि ठाउँ(आकाश)को आवश्यक दुरी व्यवस्थापन गर्छ र एकआपसन जोडिन नदिकन सबै अंगहरुलाई आ–आफ्नो काम गर्न सहजता प्रदान गर्दछ । आकाश तत्व विशेषगरि मनुष्यको अन्तःकरण(मन, वुद्धि, चित्त, अहंकार) अन्तर्गत पर्ने हुनाले मानसिक रुपमा आकाश तत्व मनुष्यको सोच, विचार, मन तथा भावना र यिनलाई संसार समक्ष प्रकट गर्ने वाणी तथा अभिव्यक्तिको कारक हो जसले अरुसंग कसरी बोल्ने, आफूलाई अरु समक्ष कसरी अभिव्यक्त गर्ने, आफ्नो कुरा अरुलाई कसरी बुझाउने भन्ने विषयसंग सिधै सम्वन्ध राख्दछ र यी गतिविधिहरुको प्रत्यक्ष र महत्वपूर्ण प्रभाव मनुष्यको जीवनका विविध आयामहरुमा अत्यन्तै धेरै रहेको हुन्छ । आकाश तत्वले मनुष्यको मन बनाउछ, मनुष्यका राम्रा तथा नराम्रा र सकारात्मक तथा नकारात्मक सबैप्रकारका सोच, विचार, भावना, कल्पना, इच्छा, चाहना, अपेक्षा, लक्ष्य, योजनाहरु मनुष्यको मनमा निर्माण हुन्छन् शव्द तथा निशन्द हाउभाउहरुको माध्यमबाट वाहिरी संसारमा अरु समक्ष प्रकट भएर आउछन् । मनुष्यमा आउने दुःखी तथा सुखी, सन्तुष्ट तथा असन्तुष्ट, सकारात्मक तथा नकारात्मक, सन्तोष तथा असन्तोष, प्रशंसा तथा गुनासो, सफलता तथा असफलताका अवस्थाहरु सबै मनकै कारणले हुन्छन् ।


कुनैपनि ध्वनिको गुञ्जन तथा प्रसार आकाश तत्वमा वायुको समिश्रण तथा दुवै तत्वको माध्यमबाट हुन्छ । आकाश तत्व पर्याप्त भएकै कारण खालि कोठा तथा खालि स्थानमा आवाज गुञ्जिन्छ, एकआपसमा ठोकिन्छ र तरंग छरिएर आवाज ठूलो आउछ तथा दोहोरो आवाज सुनिन्छ । पृथ्वीमा जतिपनि नयाँ–नयाँ आविश्कारहरु भएका छन् या हुनेवाला छन् ती सबैको कारक आकाश तत्वनै हो किनकी आकाश तत्व नै सूचना, जानकारी, ज्ञान, विज्ञान, परमज्ञान हो । काल(समय)को ज्ञान, समयातीत, शव्दातीत, मनातीत, भावातीत अवस्था, अष्टसिद्धि तथा सबै सिद्धिहरु, नवनिधि तथा सबै निधिहरुको प्राप्ति आकाश तत्व जाग्रित भएर चैतन्य चेतनामा स्थित भएपछि प्राप्त हुन्छ । वाणी सिद्धि हुन्छ अर्थात जे बोल्यो त्यही पुग्नथाल्छ तथा बोलेको कुरा भएरै छाड्छ सकारात्मक तथा नकारात्मक जस्तो भएपनि । वाणी सिद्धि भएको व्यक्तिदे अरुलाई दिएको आशिर्वाद तथा श्राप लाग्छ अर्थात आशिर्वाद तथा श्रापमा बोलेको कुरा उसको जीवनमा वास्तविकतामा घटित हुन्छ तसर्थ यस्ता सिद्ध आत्मा तथा व्यक्तिहरुले आफ्ना सोच, विचार, भाव, शव्द तथा अभिव्यक्तिहरुमा सुक्ष्म रुपमा सावधानी अपनाउनु अनिवार्य हुन्छ अन्यथा यस्तो अवस्थाको नकारात्मक प्रभाव अरुमा भन्दा अघि आफूमै पर्दछ, साधना, उपलव्धिमा ह्रास आउनसक्छ तथा आध्यात्मिक उपलव्धिहरु क्षीण भएर जान्छन् । सम्यमित साधकहरुमा नयाँ–नयाँ दिव्य ज्ञान, परमज्ञान, सिद्धि, निधिहरु प्राप्त हुदै जान्छन् र झनझन बढ्दै जान्छन् । यसबाट मानसिक एकाग्रता तथा स्थिरता, भावनात्मक शान्ति प्राप्त हुन्छ र साधकको सांसारिक र पारमार्थिक तथा आध्यात्मिक दुवै जीवन व्यवस्थित र विकसित हुन्छ, उ महावीर बन्छ । शारीरिक शरीर स्वस्थ हुन्छ, मनबाट नराम्रा विचारहरु, भावबाट नराम्रा भावनात्मक संवेगहरुलाई दुर हुन्छन् ।  


संक्षिप्तमा– आकाश तत्व अन्तर्गत गलाको विशुद्धि चक्र र गलाभन्दा माथिका दुईवटा चक्रहरु आज्ञा र सहश्रार चक्र पर्दछन् । आकाश तत्वले पिता तथा पुरुष तत्वलाई सम्वोधन गर्दछ । आकाश तत्वका पाँचप्रकारका क्लेशहरु(राग, लज्जा, द्वेश, भय, मोह) रहेका छन् । आकाश तत्वको स्थान– विशुद्धि चक्र, वास– कण्ठ र कण्ठ भन्दा माथि चेहरा तथा शिर, मन्त्र– हं, रंग– कालो, आकार– विन्दु, स्वाद– तितो, लम्बाइ– २ अम्मल, स्वभाव– स्थिर, देवता– सृष्टिकर्ता ब्रम्हा, त्रिदोष– वाथ, गुण– सात्विक, औंला– मध्यमा, मुद्रा– मध्यमा र औंठाको टुप्पाको जोड । आकाश तत्वको स्वाद तितो भएकोले शरीरमा आकाश तत्व चलिरहेको समयमा जिब्रोको टुप्पोमा हल्का तितो–तितो भएको अनुभव हुन्छ ।


सन्तुलित आकाश तत्व

शरीरमा आकाश तत्व सन्तुलित अवस्थामा रहेको छ भने आँखा, नाक, कान, गला(इ.एन.टी.), थाइरोइड तथा प्याराथाइरोड ग्रन्थीसंग सम्वन्धित स्वास्थ्य; वाथरोग तथा शरीरका हाडजोर्नीहरु र मांसपेशीहरु; ज्ञान इन्द्रियका कर्महरु आदि सबै सन्तुलित अवस्थामा रहन्छन् । मनुष्यको शरीरका सबै खुशीका ग्रन्थीरस अर्थात रसायनहरु(ह्याप्पि हर्मोन्स– डोपामिन, सेरोटोनिन, मेलाटोनीन, एन्डोर्फिन्स)को कारक आकाश तत्व हो । शरीरमा आकाश तत्व सन्तुलित मात्रामा छ भने हर्मोन्सको उत्पादन तथा उत्सर्जन पनि सन्तुलित हुन्छ र मनुष्यको स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु व्यविस्थित र विकसित हुन्छन् किनकी मनुष्यको शरीरका आयामहरुको सबै गतिविधिहरुमा रसायनहरुको महत्वपूर्ण धूकिा तथा योगदान र प्रभाव रहेको हुन्छ । योगी, साधु, सन्तहरुको आकाश तत्व सन्तुलित तथा जाग्रित रहने हुनाले ग्रन्थीरसको उत्पादन सन्तुलित हुन्छ र उनीहरु संधै आफ्नो धून तथा मस्तीमा मग्न रहन्छन् । बिरानो स्थानमा तपस्या गर्ने सिद्ध योगी, ऋषिमुनि तथा सन्तहरु आकाश तत्वबाट प्राप्त हुने अमृताहार तथा अमृत पोषणबाट नै आफ्नो आहारको आवश्यकताहरुको परिपूर्ति गर्दछन् तथा आफूलाई पोषित गर्दछन् र आकाश तत्वकै माध्यमबाट स्वाथ्य रहन आवश्यक पर्ने साधना गर्दछन् । हिमालय, पहाड, नदि, जंगल, गुफामा साधनारत रहदा लामोसमय भौतिक रुपमा तथा मुखबाट आहार तथा तरल खानपानका वस्तुहरु केहीपनि ग्रहण नगरिकन वर्षौं तपस्या गर्दछन् र तपस्या सम्पन्न हुदा उनीहरु पहिला भन्दा अझ हृष्टपुष्ट, सक्रिय र स्वस्थ हुन्छन् । आकाश तत्वको साधना गर्ने साधकको मन, भाव, वुद्धि र चेतना साधिन्छ र साधिएको मन, भाव, वुद्धि र चेतनाले उसलाई परमात्माको परमसत्यको परमज्ञानसम्म पुर्याउछ किनकी मन, भाव, वुद्धि र चेतनाको गति सर्वाधिक गतिमान भनिएको प्रकाशको भन्दा पनि तेज हुन्छ करोडौं गुणा बढि । आकाश तत्व जाग्रित भएपछि साधकको परमात्मा साक्षातकार र मोक्षतर्फको आध्यात्मिक यात्रा सुनिश्चित तथा तय हुन्छ, यो अवस्थामा आकाश तत्वले साधकलाई अनेक लोकको यात्रा गराउछ, साथै अरु व्यक्तिहरुको मस्तिष्क तथा विचार पढ्नसक्ने क्षमता पनि आकाश तत्वको सन्तुलित तथा जाग्रित अवस्थाले नै गराउछ ।


शरीरमा आकाश तत्व सन्तुलित छ भने शरीर हलुका हुन्छ, सबैभन्दा बढि आकाश तत्व बालबालिकाहरुको शरीरमा हुन्छ उनीहरुको सोच, विचार, मन, भाव, नियत, इच्छा, चाहना, अपेक्षाहरु स्वस्थ, सफा, निस्कपट तथा हलुका हुनेभएकोले । यसकारण बालबालिकाहरु लडे भने पनि खासै चोट लाग्दैन, आफैं शरीर टकटक्याउदै उठ्छन् । आकाश तत्वले हामीभित्रका नराम्रा सोच, विचार, व्यवहारहरुलाई हटाउछ र राम्रा विचारहरु बनाउछ तथा बढाउन मद्धत गर्दछ । सन्तुलित आकाश तत्वले हरप्रकारले मनुष्यलाई स्वतन्त्रता प्रदान गर्दछ किनकी आकाश सवयं स्वतन्त्र छ, आकाशमाथि कसैको नियन्त्रण छैन र आकाश स्वयं परम स्वतन्त्र परमात्मा हो । सांसाररिक जीवनमा दुःखहरुको निवृति र सुखको प्राप्ति गर्न आकाश तत्व सन्तुलित गर्नु अत्यावश्यक हुन्छ र पारमार्थि जीवनको विकास गरेर सदाकालागि मोक्षमा उपलव्ध हुन आकाश तत्व संन्तुलितका साथसाथ जाग्रित गर्नु अत्यावश्यक हुन्छ किनकी आकाश तत्व संन्तुलित गरेर मात्र जीवनमा पारमार्थिक तथा आध्यात्मिक विकासका उपलव्धिहरु हासिल गर्न पर्याप्त उर्जा पुग्दैन, आकाश तत्व जाग्रित भएपछि मात्र सम्भव हुन्छ । आकाश तत्वको सन्तुलनले मानसिक सन्तुलन हुन्छ, असन्तुलनले असन्तुलन हुन्छ, सबै ज्ञान इन्द्रियहरु खासगरि कानको सुन्ने र अरु इन्द्रियहरुको देख्ने, अनुभव गर्ने, स्वाद लिने, सुघ्ने र त्यमिाथि काम गर्ने क्षमता तिक्ष्ण हुन्छ । हरेक मनुष्यले सुनेर,देखेर, सुघेर, अनुभव गरेर तथा स्वाद लिएर नै धेरै प्रकारका ज्ञान, विज्ञानहरु आर्जन गर्दछ । ज्ञान इन्द्रियहरुको तिक्ष्ण क्षमता भएको मनुष्यलेनै जीवनमा वाहिरी तथा आन्तरिक, सांसारिक तथा पारमार्थिक विकास गर्न सक्षम हुन्छ किनकी ज्ञान इन्दियहरुले हाम्रो शरीरमा सबैप्रकारका सन्तुलन र व्यवस्थापनहरु मिलाएर राख्दछन् । आकाश तत्व सन्तुलित भएको मनुष्यमा निडरता आउछ किनकी उ सच्चा, इमान्दार, धैर्य, ज्ञानी हुन्छ र यस्तो व्यक्ति जीवनका उताचढावहरुसंग सितिमिति डराउदैन । यस्तो व्यक्तिलाई आकाश तत्वका पाँच विकारयुक्त गुणहरु– मोह, राग, द्वेश, भय, लज्जाको आशक्ति हुदैन, यसमाथि उसको नियन्त्रण हुन्छ र यही भावले उसको जीवन आवाद, व्यवस्थित र विकसित गरिदिन्छ ।


आकाश तत्व सोच, विचार, मन, भाव र पाँच ज्ञान इन्द्रियसंग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । आकाश तत्व सन्तुलित तथा जाग्रित भएपछि पाँच ज्ञान इन्द्रियहरुको का मगर्ने क्ष्क्षमता राम्रो हुन्छ, दृश्य, आवाज, गन्ध, स्वाद, अनुभवका अति सुक्ष्म संकेतहरु पनि थाहा पाउन सकिन्छ । ज्ञान इन्द्रियहरुको साथै अन्तरज्ञानको क्षमता समेत बढ्ने हुनाले अरुको मनको विचारको तरंग थाहा पाउन र कस्तो प्रकारको(सकारात्मक तथा नकारात्मक) तरंग हो भनेर समेत पत्ता लगाउन सकिन्छ अर्को व्यक्ति आफूबाट समुद्रपारीको दुरीमा भएपनि क्वान्टम इन्ट्यागंलमेन्टको थट कनेक्सन प्रक्रियाको माध्यमबाट । आकाश तत्व जाग्रित भएका कारण योगी, सन्त, पिर, फकिरहरु प्राणी, वनस्पति, पदार्थ, सुक्ष्म जिवाणुहरुसंग दोहोरो संवाद गर्दछन् र सबैको भाव बुझ्न सक्दछन् साथै आफ्नो भाव पनि उनीहरुसंग साझ ागर्न सक्दछन् । यो क्षमता उनीहरुलाई आकाश तत्व जाग्रित भएपछि प्राप्त हुन्छ । पारमार्थिक विकास तथा वितरागी जीवनशैलीका कारण उनीहरु काम, क्रोध, लोभ, मोहमा हुदैनन्, सांसारिक जीवनबाट अलग हुनछन्, उनीहरु सदा अकारण परमखुशी, परमशान्ति, परमआनन्द, परमभक्ति, परम ज्ञानमा मग्न हुन्छन् ।


आकाश तत्व हाम्रो स्मृतिको कारक हो, हाम्रा जन्म–जन्मका स्मृतिहरु, तिनका तरंगहरु, अनुभव र अनुभूतिहरु सबै आकाशमा तैरिरहेका हुन्छन् सूचना तथा जानकारीका रुपमा, हाम्रो शरीरमा आकाश तत्व सन्तुलन भएर पूर्ण सक्रिय तथा जाग्रित अववस्थामा पुग्यो भने हामी हाम्रा जन्म–जन्मका स्मृतिहरु थाहा पाउन सक्छौं ध्यान साधना, सपना आदिको माध्यमबाट । पूर्वजन्मका स्मृतिहरुबाट आफूले आफूलाई जानिन्छ, म कस्तो थिएं, कस्तो संस्कारमा थिएं, वर्तमान कस्तो प्रभाव रहेछ पूर्व जन्मको, अहिलेको जन्मका को–को व्यक्तिहरु अघिल्ला जन्महरुमा कुन–कुन सम्वन्ध तथा नाताहरुमा थिए, मेरो भविश्य र पुनर जन्महरु कस्तो हुनेवाला छन् आदि । यो सबै जानेपछि हामी हाम्रो यो जन्ममा वर्तमानको अवस्था तथा परिस्थितिमा आउनुको उद्देश्य तथा लक्ष्य के हो थाहा पाउन सक्छौं । म के गर्ने अठोट तथा संकल्प गरेर निश्चित भूगोल, सम्प्रदाय तथा परिवारमा जन्मिएको हुँ भन्नेबारे थाहा हुन्छ । यो थाहा पाएपछि हामी वर्तमान जीवनको भरपुर सदुपयोग गर्न सक्छौं, समग्र जीवन राम्रोसंग व्यवस्थापन तथा विकास गर्न सक्छौं, सांसारिक मुक्ति र पारमार्थिक मोक्ष हासिल गर्नका लागि सक्दो प्रयास गर्छौं, आफूलाई तपाउछौं, आलस्य त्यागछौं, जे गर्न हुने हो त्यो काम मात्र गर्छौं, जे गर्न नहुने हो त्यो काम केही पनि गर्दैनौं । आफ्नो जीवनमा जे विषय जानएिको छैन तथा जान्न बाँकी छ र जान्न योग्य छ त्यो सबै आकाश तत्व अन्तर्गत पर्दछ, ती विषयहरुबारे जान्ने भरपुर प्रयत्न गर्छौं, यो सबै आकाश तत्वको सन्तुलनता तथा जाग्रितीबाट पाप्त हुन्छ ।
 

असन्तुलित आकाश तत्व  

शरीरमा आकाश तत्व असन्तुलित भएको छ भने आँखा, नाक, कान, गला(इ.एन.टी.), थाइरोइड तथा प्याराथाइरोड ग्रन्थीसंग सम्वन्धित अस्वस्थताहरु आउछन् । मनुष्य शरीरको त्रिदोषमा आकाश तत्व वाथ रोगको कारक भएकोले वाथरोग तथा शरीरका हाडजोर्नीहरु, मांसपेशीहरुमा दुखाइ तथा पिडा हुने अस्वस्थता हुन्छ । हाम्रो शरीरका सबै रिक्त स्थान तथा नाक, कान, मुखका प्वालहरु, हड्डीका जोर्नीका खालि स्थानहरु, मांसपेशीहरुका विचका खालि स्थानहरुमा आकाश तत्व रहेको हुन्छ । यी खालि स्थानहरु आवश्यकता भन्दा फराकिला भएभने त्यहाँ वायु तत्व भरिने र आवश्यकता भन्दा साघुरा भएभने एकअर्को अंग तथा कोषसंग छोइने, घोटिने तथा रगडिने हुनाले ती अंगहरुमा अस्वाभाविक दुखाई तथा पिडा हुने अस्वस्थता हुन्छ । आकाश तत्व असन्तुलित अर्थात बढि सक्रिय तथा कम सक्रिय भएको अवस्थामा वाथ रोग तथा हाडजोर्नी र मांसपेशीहरुको दुखाइका साथै ती क्षेत्रहरुमा धेरै दुखाइका कारण मांसपेशी तथा छाला सुन्निने, रातो हुने र विस्तारै निलो, हरियो हुने, चिलाउने, छाला फुस्रो हुने, छाला मर्ने आदि अस्वस्थताहरु आउछन् ।


मनुष्यको मन र भावको कारक आकाश तत्व सन्तुलित अवस्थामा छ भने मनुष्यको मन नियन्त्रणमा हुन्छ, नियन्त्रित मनले सुखी, खुशी, शान्त, आनन्दित बनाउछ तर आकाश तत्व असन्तुलित छ भने मन तथा भावहरु अनियन्त्रित हुन्छन् र अनियन्त्रित मनले दुःखी, बेखुशी, अशान्त बनाउछ । किनकी अनियन्त्रित मनका अपेक्षाहरु धेरै हुन्छन्, मनुष्यका सबै अपेक्षाहरु पूरा हुन सक्दैनन् र उसैले उसलाई दुःखी बनाउछ । यस्तो अवस्थामा मनले चोट दिरहन्छ, कहिं पनि उसलाई सुख, खुशी, शान्ति, आनन्द मिल्दैन र आफूलाई बाधिएको तथा जकडिएको अनुभव गर्दछ । बन्धन तथा जकडनका कारण कतिपय अवस्थामा आफ्नो जीवनसंग सम्वन्धित सबै सकारात्मक कुराहरु, गर्नुपर्ने तथा नगर्नुपर्ने सबै विषयहरु जानेर पनि अन्जान जस्तो हुन्छ, ज्ञानी भएर पनि अज्ञानी जस्तो बन्छ र अनावश्यक रुपमा दुःखी भैरहन्छ । आकाश तत्व मनुष्यको सोच, विचार, मन, भावनाको कारक भएकोले आकाश तत्वको असन्तुलनसंगै सोच, विचार, मन, भावनाहरुमा पनि असन्तुलन आउने हुनाले जीवनमा आइपर्ने असहजता तथा चुनौतिहरुको सामना गर्न नसक्ने, सबैकुरासंग डर लाग्ने, अत्यावश्यक अवस्थामा पनि अगाडि सर्न हिम्मत नहुने समस्या हुन्छ । आकाश तत्वका पाँच विकारयुक्त गुणहरु मोह, राग, द्वेश, भय, लज्जामा मनुष्यको आफ्नो नियन्त्रण नहुने हुनाले मनुष्यमा यसप्रकारका समस्याहरु देखा पर्दछन् जसले कहिलेकाहीं थाहानै नपाइकन जीवनको दौरका विभिन्न आयामहरुमा मनुष्यलाई निकै पछाडि पारिदिन्छ र जीवन कष्टकर तथा वरवाद गरिदिन्छ । हामीले नियमित बोल्ने शव्द, वाणी तथा अभिव्यक्तिहरुको कारक आकाश तत्व असन्तुलित भएको छ भने यसले मनुष्यलाई अनेक प्रकारका समस्याहरुमा उल्झाइदिन्छ तथा फसाइदिन्छ किनकी शव्द तथा वाणी अतिनै महत्वपूर्ण तथा जादुयिक हुन्छ, शव्दको प्रभाव अत्यन्तै महत्वपूर्ण र ठूलो हुन्छ सकारात्मक र नकारात्मक दुवै किसिमले, यसले मनुष्यको जीवनमा आवादी र वरवादी दुवै ल्याउछ । अधिकांश अवस्थाहरुमा उचित शव्दहरुको प्रयोगले नै मनुष्यलाई जीवनको उचाइमा पुर्याएको र अनुचित शव्दहरुको प्रयोगले नै उसलाई जीवनको उचाइबाट जमिनमा पछारिदिन्छ किनकी आकाश तत्व असुन्तुलित हुदा बोल्ने शव्दहरुको छनौटमा ढंग पुग्दैन र बेढंगका शव्दहरु तथा व्यवहारहरुको प्रयोगले सम्वन्धहरु, कारोबारहरु, सन्तुलनता, स्थिरता, मानप्रतिष्ठा, विश्वास सबैतिर गडबड गरिदिन्छ, नराम्रो तथा असहज अवस्था ल्याइदिन्छ र जीवनका विविध आयामहरुलाई असहज बनाइदिन्छ । आकाश तत्व सन्तुलित नहुदा शव्द उच्चाहरण तथा वाणी स्पष्ट हुदैन, बुझ्ने र बुझाउने क्षमता कमजोर हुन्छ, यस्तो अवस्थामा अर्थको अनर्थ लाग्न सक्छ जसले जीवनमा नसोचेको नकारात्मक प्रभाव ल्याइदिन सक्छ ।


आकाश तत्व असन्तुलन हुनुको कारण

सबै तत्वहरु अकाशबाटै सिर्जित भएका हुन्छन्, यसकारण सबैभन्दा माथि कण्ठ स्थानमा रहेको र चेहरा र शिरको पनि कारक आकाश तत्व सन्तुलित छ भने त्यसभन्दा तलका अरु चार तत्वहरु क्रमशः वायु, अग्नि, जल, पृथ्वी तत्वहरु पनि सन्तुलित हुदै जान्छन् र तलका चार तत्वहरु सन्तुलित छन् भने आकाश तत्व पनि संतुलित हुदै जान्छ किनकी सबै तत्वहरुमा आकाश तत्वको अंश रहेको हुन्छ । तर तलका तत्वहरु सन्तुलित छैनन् भने आकाश तत्व पनि असन्तुलित हुन्छ र आकाश तत्व सन्तुलित छैन भने अरु तत्वहरु पनि असन्तुलित हुन्छन् । आकाश तत्व मनुष्यको सांसारिक जीवनसंग भन्दा बढि पारमार्थिक तथा आध्यात्मिक जीवनसंग सम्वन्धित रहेकोले अरु समक्ष असहज लाग्ने प्रकारका आध्यात्मिक गतिविधिहरुले मनुष्यको शरीरमा आकाश तत्व असन्तुलन गराउछ । आध्यातिमक साधना तथा योग–ध्यान साधनाका क्रममा आफूलाई केही अलौकिक अनुभव तथा अनुभूति भएको छ र त्यसैको आडमा अरुलाई होच्याउने र आफूलाई ठूलो बनाउने तथा अव्वल ठान्ने, आफू परमात्माको नजिक भएको, आफू भगवान सरह भएको, अरुले यस्तो उपलव्धि हासिल गर्न सकेका छैनन्, आफू भन्दा असक्षम छन्, आफू आध्यात्मिक छु, धार्मिक छु भन्ने प्रकारका अहंकार तथा दम्बका कारण शरीरमा आकाश तत्व असन्तुलित हुन्छ । विभिन्न बहानामा इश्वरप्रति आस्था नराख्दा, आध्यात्मिक साधना तथा योग–ध्यान साधना नगर्दा, योगी, सन्त, गुरुहरुलाई उचित श्रद्धा नगर्दा, आफू भन्दा ठूलाको सम्मान नगदाए, अरुलाई दुःख दिदा, अरुको अपमान गर्दा तथा चित्त दुखाउदा, आफूलाई अनुशासनमा नराखी छाडा, अनैतिक तथा अमानवीय व्यवहार तथा आचरणहरु गर्दा, समय सान्दर्भिक मर्यादामा नबस्दा, आवश्यक र जायज विषयहरुको विद्रोह गरेर अरु र आफूलाई समेत हानि हुने कर्म गर्दा, अज्ञानता, आलस्यता आदि कारणहरुले मनुष्यको शरीरमा आकाश तत्वको असन्तुलन तथा कमी हुन्छ ।


आफू नियममित बस्ने कोठा, घर, कार्यलय, बजार तथा व्यवसायिक भवनहरुमा वास्तु दोष रहकेका छ भने आकाश तत्व असन्तुलित हुन्छ । त्यस्तै जन्म कुण्डलीमा आकाश तत्वसंग निकट सम्वन्ध रहेको वृहस्पति ग्रहको अवस्था कमजोर रहेको छ भने पनि आकाश तत्व असन्तुलित हुन्छ । हिजोआजका मन्दिर तथा घरहरुमा आकाश तत्व कम हुदैगैरहेको छ सानो जग्गामा सिमाना च्यापेर सलाईको बट्टा जस्तो घर बनाउने, छाना होचो राख्ने, कोठा साना–साना बनाउने, त्यमाथि कोठाभरि सामान नै सामान राख्ने र खालि ठाउँको कमी हुने भएका कारण आकाश तत्वको कमी हुन्छ । कोठामा भेन्टीलेसन झ्याल, ढोका भएपनि हावा कस्सिने प्रविधिका तथा उज्यालो र आकाशको दृष्य छोप्ने तथा छेक्ने प्रकारका कोठा, घर, कार्यलय, बजार तथा व्यवसायिक भवनहरुमा निस्सासिएको अनुभव हुन्छ । यी स्थानहरुमा आकाश तत्वको अपर्याप्तता हुन्छ र यस्तो स्थानमा बस्ने मनुष्यहरुमा आकाश तत्व असन्तुलित हुन्छ । आकाश तत्व असन्तुलित हुदा मनुष्यको स्वास्थ्य, शरीर र जीवनका विविध आयामहरुमा निम्न प्रकारका लक्षणहरु देखिन्छन्–

पाँच ज्ञान इन्द्रियहरुको सुक्ष्म रुपमा काम गर्ने क्षमता कमजोर हुनु; आँखाको दृष्टि कमजोर हुनु; कानको सुन्ने क्षमता कमजोर र पिडा तथा दुखाइ हुनु; गलामा समस्या हुनु; भकभकाउने समस्या हुनु; बोल्न मुस्किल हुनु तथा शव्द नफड्कालिनु; आवाज वाहिर राम्ररी ननिस्कीनु; बोल्नमा कठिनाइ हुनु तथा मुखबाट वाणी निकाल्नमा कठिनाइ हुनु; बोल्ने विषयको सन्दर्भमा शव्द छनौटमा कठिनाइ हुनु; बोल्न डराउनु, बोल्ने कामबाट पछि हटुनु; जीवनका उतार–चढाव, कठिनाइ, समस्या तथा चुनौतिहरुसंग डर लाग्नु तथा तिनको सामना गर्ने सामथ्र्यको कमी हुनु; शरीरका हाडजोर्नीमा तथा मांसपेशीमा पिडा तथा दुखाई हुनु; मनमा बेचैनी, दुःख, तनाव, चिन्ता हुनु; भावनामा अशान्ति, असन्तोष भएको अनुभव भैरहनु; बाँधिएको तथा स्वतन्त्रताको अनुभव नभएको तथा उकुशमुकुश भएको अनुभव हुनु; कुनै भौतिक वस्तु तथा सुख, सुविधासंग अधिक आशक्ती हुनु; आमरुपमा गर्न हुदैन भनिएका कर्महरु गर्ने बानी तथा आदतको दाष हुनु; नराम्रा आदतहरुबाट वाहिर निस्कन नसक्नु; काम, क्रोध, लोभ, मोह, राग, द्वेश, इष्र्यामा फसिरहनु; स्मरण शक्ति कमजोर हुनु; पूजापाठ भक्तिमा ध्यान नलाग्नु; चाहेर पनि अध्यात्म, धर्म, एश्वर भक्ति, संस्कृति, संस्कारप्रति आस्था तथा झुकाव राख्न नसक्नु; कसैलाई विश्वास गर्न नसक्नु; शरीरमा भारीपन भैरहनु; हडबडाउने तथा हडबड गर्ने बानी हुनु; उमेर पर्याप्त भइकन पनि परिपक्वता नआउनु, बच्पना तथा चन्चलता रहिरहनु; हरेक कुरामा असम्वेदनशील र असन्तुलित हुनु तथा गम्भिर हुन नसक्नु; अरुको समस्या तथा भावनालाई बुझ्न नसक्नु; महत्वहिन र अर्थहिन कुरा गर्नु; आफले बोलेको कुराको भाव आफैंलाई थाहा नहुनु; प्रेममा आफ्नो र अरुकोलागि सहि गलत नहेरी, समयको सान्दर्भिकता नहेरी एकोहोरो तथा अन्धो भएर लागिपर्नु र आफूले भनेकै हुनुपर्छ भन्ने भाव राख्नु आदि कठिनाई, समस्या तथा अस्वस्थताहरु शरीरमा आकाश तत्व असन्तुलित अर्थात बढि तथा कम सक्रिय हुदा देखा पर्दछन् ।


आकाश तत्व सन्तुलित गर्ने उपाय

शरीर, मन, भावनामा खालिपन व्यवस्थापन गर्न उत्तम उपायहरु मध्य अत्यन्तै महत्वपूर्ण स्वस्थ जीवनशैली बनाउनु हो । खासगरि आयुर्वेद विज्ञानले सुझाएका तीन प्रकारका ‘र’ अर्थात आहार, विहार, विचार र योग विज्ञानले सुझाएका तीन प्रकारका ‘स’ अर्थात सतसंग, साधना, सेवाले मनुष्यको जीवनशैली व्यवस्थित बनाउन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । व्यवस्थित जीवनशैलीले शरीर स्वस्थ र मन तथा भाव एकाग्र, शान्त बनाउछ, विचारमा सन्तुलन तथा विचार शुन्यता आउछ, परिणाम स्वरुप शरीर मन, भाव, वुद्धि, चेतना हलुका हुन्छ, जीवनमा अकारण खुशी, शान्ति, आनन्द बढ्छ र शरीरमा आकाश तत्व सन्तुलित हुन्छ । खासगरिकन आकाश तत्व मनुष्यको मस्तिष्क, सोच, विचारसंग बढि सम्वन्धित भएकोले मस्तिष्कलाई सक्दो सक्रिय राखेर; नयाँ–नयाँ कुराहरु सिक्ने प्रयास गरेर; मस्तिष्कलाई जटिल कुरा तथा कामहरु सुल्झाउने काममा लगाएर तथा सकारात्मक तनाव दिएर; आफूसंग सम्वन्धित हरेक कुराहरुलाई सम्झिने र बुझ्ने, स्मरण गर्ने प्रयास गरेर तथा मानसिक रुपले आफूलाई हरपल व्यस्त राखेर; मस्तिष्क र शरीरलाई पर्याप्त आराम दिएर तथा पर्याप्त निद्रा पुर्याएर; निद्रा राम्ररी पुगेको छैन भने ध्यान साधना बढाएर शरीरमा आकाश तत्व सन्तुलन गर्न सकिन्छ । मनुष्यको शारीरिक शरीरको मुख्य काम पाचन, पोषण र निस्कान हो, आकाश तत्व सन्तुलनमा भएमात्र यी कामहरु सन्तुलित ढंगले हुन सक्दछन् । 


निराहार उपवास बस्दा पेटमा आकाश तत्व सन्तुलित हुन्छ, सक्रिय हुन्छ तथा सकारात्मक किसिमले बढ्छ । निराहार उपवास वस्दा पेटको खालि क्षेत्र खानाले नभरिने र शून्यता तथा खालिपन बढ्ने हुनाले आकाश तत्व फैलिने अवसर मिल्छ र तत्व आफैं सन्तुलित हुदै तथा सकारात्मक किसिमले बढ्दै जानथाल्छ किनकी निराहार उपवास गर्दा शरीरको प्राकृतिक चिकित्सा तथा आत्म चिकित्सा(अटोफेजी) हुन शुरुहुने हुनाले शरीर आफ्नो चिकित्सक आफैं बन्न प्रारम्भ गर्दछ । सन्तुलित आकाश तत्वले शरीर सफाइ गर्छ, मन एकाग्र, स्थिर तथा भाव शान्त हुनेहुनाले धर्म, अध्यात्म, भक्ति, योग–ध्यानतिर मन लाग्न प्रारम्भ हुन्छ । तसर्थ, हप्तामा एक दिन नियमित रुपमा निराहार उपवास बसेर शरीरमा आकाश तत्व बढाउन(शरीरमा प्राय सबै तत्वहरुको कमीनै रहेको हुन्छ) तथा सन्तुलित गर्न सकिन्छ । उपवासमा रहदा शरीरको अत्यन्तै महत्वपूर्ण अंग पेटले पाचन र पोषणको प्रक्रियाबाट अवकास पाउने हुनाले पूरै उर्जा शरीरका खालि स्थानहरु जहाँ आकाश तत्व रहनु पर्ने हो उक्त स्थानमा जमेर तथा जकडिएर बसेका फोहोरमैला, रसायन, विषाक्तता तथा विजातीय तत्वहरु वाहिर निस्काशन गर्ने काममा पूर्णरुपमा लाग्दछ, पूरै शरीर सफा गर्दछ । उपवासको समयमा शरीर स्वयंले प्राकृतिक रुपमा शरीरमा जमेका फोहरहरु सफा गर्ने तथा जकडनहरु खोल्ने हुनाले आकाश तत्वकोका लागि स्थान बन्दछ र आकाश तत्व सन्तुलित हुन्छ । यसकासाथै उपवासको समयमा फोहरमैला र जकडनहरुमा साफाइसंगसंगै शरीरको उर्जा शरीरका अन्य अंगहरु, तिनका कामहरु, क्रिया तथा प्रणलीहरु सहि गरेर आन्तरिक व्यवस्थापन गर्ने अत्यन्तै महत्वपूर्ण काममा लाग्दछ र स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु व्यवस्थित तथा विकसित गर्न मद्धत मिल्छ । आकाश तत्वबाट नै सबै तत्वहरु निसर्मत हुने भएकाले सबै तत्वहरुमा धेरैथोरै आकाश तत्वको मात्रा रहेको हुन्छ, यसकारण निराहार उपवासको समयमा शरीरभित्र हुने प्राकृतिक प्रक्रिया तथा आत्म चिकित्साको माध्यमबाट शरीरमा आकाश तत्वसंगै तलका सबै तत्वहरु सन्तुलित हुदै जान्छन् । 


सनातन अध्यात्म दर्शनमा उल्लेख भए अनुसार शरीरमा आकाश तत्व विरलै चल्छ, तसर्थ शरीरमा आकाश तत्व चलेको समयमा कुनैपनि प्रकारका सांसारिक कार्यहरु गर्नुहुदैन किनकी यो समयमा गरिएका सांसारिक कार्यहरु निश्फल हुन्छन् तर आध्यात्मिक तथा धार्मिक कार्यहरु, योग–ध्यान साधनाका अभ्यासहरु जति बढि गर्यो उति नै आकाश तत्व सन्तुलित हुन्छ । शरीरमा आकाश तत्व नचलेको सामान्य अवस्थामा पनि धार्मिक तथा आध्यात्मिक कार्य तथा साधनाहरु र योग–ध्यान साधनाका प्रयोगात्मक अभ्यासका प्रक्रिया तथा विधिहरुको अनुशरण गरेर शरीरमा आकाश तत्व सन्तुलित गर्न सकिन्छ । वायु तत्व र आकाश तत्वका प्रकृति तथा गुणहरु उस्तै–उस्तै प्रकारका हुने भएकोले यी दुई तत्वको मुद्रा लगाउने तथा ध्यान साधना गर्ने काम दिनमा तथा सूर्यको उपस्थितिमा मात्र गर्नुपर्दछ साँझ तथा राति गर्नुहुदैन, साँझ तथा राति मुद्रा लगाउदा तथा ध्यान गर्दा विचित्रका डरलाग्दा दृश्यहरु आउन सक्दछन् र यसको नकारात्मक प्रभाव पर्न सक्दछ । विहान सबेरैको समयमा प्रकृति तथा ब्रम्हाण्डमा सकारात्मक उर्जाको प्रवाह र शुद्धता अधिक हुने भएकाले प्रातः काल ब्रम्ह मुहुर्तमा अध्यात्म, धर्म, भक्ति, योग–ध्यान साधना गर्नु अत्यन्तै राम्रो तथा प्रभावकारी मानिन्छ, यसप्रकारको साधनाले मनुष्यमा सदाचारको विकास गर्दछ । मानसिक तथा भावनात्मक सदाचार शरीरमा आकाश तत्व सन्तुलन गर्ने सबैभन्दा सहज उपाय हो जसले मनुष्यको स्वास्थ्य र शरीरका आयामहरु मात्र नभएर जीवनका सबै आयामहरुलाई सकारात्मक, व्यवस्थित र विकसित बनाउन मद्धत गर्दछ । सदाचारको दायरा फराकिलो छ जस अन्तर्गत आफ्नो भलाईलेख सारा संसार, प्रकृति तथा जगत कल्याणका काम, कर्तव्यहरु पर्दछन् । सदाचार अर्थात सत्य तथा ब्रम्हको आचरण(ज्ञान तथा कर्म इन्द्रियहरुको सदुपयोग) अनुशरण गरेर आफू र अरुको समेत कल्याण गरेर आफ्नो आकाश तत्व सन्तुलित मात्र नभएर जाग्रित समेत गरेर सांसारिक जीवनको साथसाथ पारमार्चिक तथा आध्यत्मिक जीवनको पनि विकास गर्न सकिन्छ ।  सबैकालागि सकारात्मक सोच्नु; निस्काम भावलृ तथा बिना कुनै स्वार्थ सेवा, सहयोग, उपकार, दान, पुण्यको काम गर्नु; अरुको उत्साह, प्रेरणा बढाउने काम गर्नु; प्रेम, सेवा, सदभाव, समभाव, प्रशंसा, धन्यता, कृतज्ञता जनाउने राम्रा शव्दहरुको प्रयोग तथा उच्चाहरण गर्नु सदाचारयुक्त आचरण मानिन्छन् जसले मनुष्यको मन, भाव, वुद्धि, चित्त, अहंकार र शरीर समेतलाई सन्तुलित गर्न मद्धत गर्दछ र यस्तो व्यक्तिको शरीरमा आकाश तत्व लगायत सबै तत्वहरु सन्तुलित हुन्छन् । विचार, शव्द, वाणीमा सैयम राखेर आफ्नो आकाश तत्व सन्तुलित गर्न सकिन्छ । शव्दमा ज्ञान हुन्छ, प्रेम हुन्छ, सदभाव हुन्छ, सकारात्मक शव्दहरुले मनुष्यलाई प्रेम, प्रेरणा, उत्साह, जीवन प्रदान गर्दछन्, शव्दहरु खासगरि गुरुवाणीहरु मनुष्यको इहलोक र परलोक समेत सुधार्ने प्रकारका अत्यन्तै प्रभावकारी हुन्छन् । आफूले पनि आफू स्वयंम र अरुकालागि गहकिला, अर्थपूर्ण, सकारात्मक उर्जा प्रदान गर्ने विचार, शव्द, वाणीको प्रयोग गरेर अफ्नो लगायत अरुको समेत आकाश तत्व सन्तुलन गर्न सक्दछौं । 


सनातन अध्यात्म दर्शनका संस्कृत भाषामा लेखिएका श्लोक वाचन, इश्वरका नाम जप तथा मन्त्रहरुको उच्चाहरण गरेर आकाश तत्व सन्तुलित गर्न सकिन्छ । यस्ता शक्तिशाली उर्जावान श्लोक, इश्वरका नाम तथा मन्त्रहरु वाचन गरिने, जपिने तथा उच्चाहरण गरिने स्थानहरुमा सकारात्मक उर्जा तथा आकाश तत्व उच्च हुन्छ । मन्दिर तथा देवालयहरु जस्ता पवित्र स्थानहरुमा सकारात्मक उर्जा तथा आकाश तत्वको उपलव्धता उच्च हुन्छ, यसकारण नै सबै सम्प्रदायहरुमा मन्दिर, देवालय, गुम्वा, गुरुद्वरा, चर्च, मस्जिद दर्शन गर्न जाने, यस्ता पवित्र स्थानहरुमा पूजा तथा अनुष्ठानहरु लगाउने संस्कार तथा संस्कृति बसालिएको हो ताकि यस्ता कर्महरुमा सालग्न हुने भक्त, साधक, तथा श्रद्धालुहरुको आकाश तत्व सन्तुलिन बनोस । मन्दिर, देवालय जस्ता पवित्र स्थलहरुको भ्रमण गरेर मात्र पनि आकाश तत्व सन्तुलित गर्न सकिन्छ । यसकासाथै आकाश मुद्रा लगाएर ध्यान गर्दा; हं मन्त्रोच्चाहरण गरेर चक्र साधना गर्दा; खुल्ला आकाशमूनि समय बिताउदा; हिमाल, पहाड, नदि तथा जलासयको तट, मरुभूमि, जंगलमा बसेर निलो आकाशको अवलोकन, त्राटक क्रिया तथा ध्यान गर्दा; योग–ध्यान साधना गर्दा; ब्रम्हचर्यको अनुसरण गर्दा; संधै सदाचारी तथा चरित्रवान बन्दा; सतविचार तथा सतकर्महरु गर्दा; सत्य बोल्दा; परमात्माप्रति आस्था र भक्ति राख्दा; योगी, सन्त, गुरुजनहरुप्रति श्रद्धा राख्दा; आफूभन्दा ठूला तथा जेष्ठ नागरिकहरुप्रति सम्मान भाव राख्दा; सेवा, सहयोग, दान, पुण्य, उपकारका सतकर्महरु गर्दा शरीरमा आकाश तत्व सन्तुलित हुन्छ । यस्ता सकारात्मक कर्महरु गर्दाको सांसारिक मजा तथा रमाइलो र पारमार्थिक परमशान्ति तथा परमआनन्दका अनुभव तथा अनुभूतिहरु लौकिक र अलौकिक अलग–अलग प्रकारका हुन्छन् । हामीले जस्तो व्यवहार आकाश तत्वसंग गर्छौं त्यस्तै व्यवहार आकाश तत्वले हामीसंग गर्दछ जसरी हाम्रो व्यवहार अनुसार नै अरु मनुष्य, प्राणी, वनस्पति, पदार्थहरु तथा समग्र प्रकृति र सृष्टिले हामीसंग गर्दछन् । हाम्रो सोच, विचार, मन, भाव, व्यवहार, आचरण, चरित्र अरुप्रति राम्रो तथा सकारात्मक भयो भने हामीलाई पनि त्यस्तै सकारात्मकता फिर्ता आउछ । सबै सम्वन्ध तथा मान्छेहरु ऐना जस्तै हुन्, म जस्तो छु ऐनाले मलाई त्यस्तै नै देखाइदिए जस्तै म ठिक छु अरुप्रति भने उनीहरु पनि मप्रति ठिक हुन्छन्, यसैकारण भनिएको हो आफू भलो त जगत भलो, त्यसैले सबैप्रति आफू राम्रो भावले भरिऔं तथा सकारात्मक बनौं हाम्रो आकाश तत्व स्वतः सन्तुलित हुन्छ ।

                                                                 शिवोहम् !

                                            डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ






Tuesday, 27 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४६

                #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       

    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

५१.सवाल

शरीरमा वायु तत्वको सन्तुलन र ज्ञानले जीवनका विविध आयामहरु व्यवस्थित गर्न मद्धत गर्दछ ।

जवाफ 

वायु तत्वबारे संक्षिप्त जानकारी

वायु तत्व हरेक मनुष्य तथा प्राणीहरुको श्वास–प्रश्वासको गतिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ । सनातन आयुर्वेद चिकित्सा विज्ञानका अनुसार मनुष्यको शरीरमा १० वर्षको उमेरदेखि १२ वर्षसम्म वायु तत्व चल्छ, १२ वर्षदेखि ३६ वर्षसम्म अग्नि तत्व चल्छ, ३६ वर्षदेखि ४८ वर्षसम्म पृथ्वी तत्व चल्छ, ४८ वर्षदेखि ६० वर्षसम्म आकाश तत्व चल्छ, र ६० वर्षदेखि १०० वर्षसम्म जल तत्व चल्छ । जुन उमेरमा जुन तत्वको अधिकता रहेको हुन्छ मनुष्यको स्वास्थ्य, शरीर र जीवनका विविध आयामहरुमा त्यही तत्व अनुसारका गुण भएका अवस्था तथा अस्वस्थताहरु देखिन्छन् ।  शारीरिक शरीरमा वायु तत्व मनुष्यको तन्त्रिका प्रणाली तथा मस्तिष्कसंग सम्वन्धित रहेको हुन्छ र मस्तिष्कले नै मनुष्यका सबैप्रकारका गतिविधिहरुलाई चलाउने हुनाले वायु तत्वको विशेष महत्व रहेको छ । वायु स्थिर हुदैन एक ठाउँबाट अर्को ठाउँ निमेसभित्रै पुग्ने तथा चलिरहने भएजस्तै मनुष्यको मस्तिष्क पनि विद्युतीय आवेग(इलेक्ट्रोनिक इम्पल्सेस)को आधारमा पूरै शरीरभरि तिव्र गतिमा दोहोरो किसिमले चलिरहन्छ । यी विद्युतीय आवेगहरुद्वारा मस्तिष्कले शरीरबाट(ज्ञान तथा कर्म इन्द्रियहरुबाट) सूचना लिने र शरीरलाई सूचना दिने कार्य निरन्तर चलिरहन्छ । 


हावा सामान्य अवस्थामा चलेको छ भने यो अवस्थालाई हावा भनिन्छ तर यही हावा तिब्रगतिमा चलेको छ भने वायु तथा पवन भनिन्छ, तेज वायुको गति अत्यन्तै धेरै तथा त्रिव्र हुन्छ । सनातन अध्यात्म दर्शनका अनुसार वायु तथा पवन देवताको रुपमा पूजा–उपासना गरिन्छ । सनातन शास्त्रहरुमा भनिएको छ, भगवान लक्ष्मी–नारायण जता–जता जानुहुन्छ वायु तथा पवनदेव पनि वहाँकै साथ त्यतै–त्यतै जानुहुन्छ । मनुष्यको शरीर जीवन वायुसंग वहने ब्रम्हाण्डिय उर्जा तथा प्राण उर्जा अर्थात जीवन उर्जाको आधारमा टिकेको तथा बाँचेको हुन्छ, शरीरबाट प्राण निस्कियो भने वायु तथा श्वास–प्रश्वासको क्रिया पनि वन्द हुन्छ अर्थात प्राण र वायु तत्व एकैपटक निस्किन्छन् र मनुष्य मृत हुन्छ किनकी मनुष्यको शरीरमा वायु तत्वकै कारण अन्य तत्वहरुले आ–आफ्ना कार्यहरु गर्दछन् । कुल दश प्रकारका वायुहरु रहेकाछन् र ती सबै हाम्रो शरीरभित्र सुक्ष्म रुपले रहेका हुन्छन् । १० प्रकार मध्य पाँच प्रकारका वायुहरुको मनुष्य शरीरमा विशेष भूमिका र महत्व रहेको हुन्छ । (१)प्राण वायु शिरबाट गलासम्म रहेको हुन्छ र प्राण वायुले यस क्षेत्रका सबै गतिविधिहरुलाई नियन्त्रण गर्दछ, (१)उदान वायु गलाबाट हृदयसम्म रहेको हुन्छ र उदान वायुले यस क्षेत्रका सबै गतिविधिहरुलाई नियन्त्रण गर्दछ, (३)समान वायु हृदयबाट नाभिसम्म रहेको हुन्छ र समान वायुले यस क्षेत्रका सबै गतिविधिहरुलाई नियन्त्रण गर्दछ, (४)अपान नाभिबाट मूलाधारसम्म रहेको हुन्छ र अपान वायुले यस क्षेत्रका सबै गतिविधिहरुलाई नियन्त्रण गर्दछ, र (५)व्यान सम्पूर्ण शरीरभरि फैलिएको हुन्छ र अपान वायुले शरीरभरिका सबै गतिविधिहरुलाई नियन्त्रण गर्दछ । व्यान वायुले मनुष्यलाई चेतनशील राखिराख्छ जाग्रित अवस्थामा पुर्याउछ । पवन तथा वायु तत्व मनुष्यको शरीरमा बल, वुद्धि, विवेक, वुद्धिमता, सोच, विचार, भावको कारक हो । वायु तत्वले मनुष्यका दैनिक गतिविधिहरु हिडडुल गर्न, खेल्न, चल्न, काम गर्न, दौडिनकालागि आवश्यक पर्ने क्षमता प्रदान गर्दछ । मनुष्यको मनमा विचार आउने तथा जाने, स्थिर तथा अस्थिर रहने, नियन्त्रित तथा अनियन्त्रित हुने, शुन्य तथा चन्चल हुने सबै वायु तत्वमा निर्भर गर्दछ । विचार मनुष्यको मस्तिष्क तथा मनमा आउछ तर यसलाई कहिले, कसरी, कहाँ पुर्याउनु पर्छ यो सबै कार्य वायु तत्वले गर्दछ । 


संक्षिप्त– वायु तत्व आकाश तत्वबाट बन्छ, यसको रंग निलो र हरियो मानिएको छ । हरियो रंग प्रेम, सदभाव, दया, करुणा सेवाको प्रतिक हो र निलो रंग ज्ञान, प्रज्ञा, वुद्धि, विवेक, गहिराई, रहस्य, कुनै विषयमा गहिरो जानु आदिको प्रतिक हो खासगरि योग–ध्यान साधनामा गहिरिनु ।  औंला– तर्जनि, स्वाद– तितो, स्थान– छाति, चक्र– अनाहद, लम्बाई– ८ अम्मल, दिशा– उत्तर(धन र वुद्धिको दिशा), तनमात्रा– स्पर्श, गुण– शव्द र स्पर्श(देख्न सकिदैन तर प्रत्यक्ष सुन्न र महसुस गर्न सकिन्छ) । ज्ञान इन्द्रिय– त्वचा, कर्म इन्द्रिय– हात, आकार– षटकोण, मूलस्थान– नाभी, मन्त्र– यं, दोष– वाथ, गुण– रजो, वायु– प्राण, स्वभाव– शत्रुता, शरीरमा तत्वको अंश– ६ देखि ८ प्रतिशत, वायुका पाँच गुण हुन्छन् बस्नु, हिंड्नु, दौडिनु, फैलिनु, साँघुरिनु ।  


सन्तुलित वायु तत्व

शरीरमा वायु तत्व सन्तुलित भएको मनुष्यको शारीरिक शरीरमा वायु जनित शारीरिक अस्वस्थता वाथ, सर्दी–रुखा–खोकी–ज्वरो, दम, फोक्सोको टि.बी., छोटो श्वास–प्रश्वासका समस्या तथा अस्वस्थताहरु कम हुन्छन् तथा हुदैनन् । छाति तथा छातिमा स्थित आन्तरिक अंगहरु मुटु, फोक्सो, श्वास नलि, खाना निल्ने नलि, मुटुबाट शरीरमा रगत प्रवाह गर्ने धमनी तथा रगत मुटुमा फर्काउने नशाहरु स्वस्थ हुन्छन् । यस्तो व्यक्ति जति मेहनेत गरेपनि थाक्दैन, म्याराथुन, शारीरिक बल प्रयोग हुने खेलकुदका गतिविधिहरु तथा कामहरुमा राम्रो गर्नसक्छ । यस्तो व्यक्तिको जीवनमा सक्रियता धेरै हुन्छ, उसको मन, भावना हलुका र छिटो, छरितो हुन्छ, उसको शरीर, मन, भाव कोमल हुन्छ, आफ्नो र अरुका लागि सकारात्मक उद्देश्य राखेर सर्वकल्याण तथा सेवाका कार्यहरु गर्न अग्रसर हुन्छ । वायु तत्व विशेषगरि छाति क्षेत्रका अंगहरु र अदृश्य अंग हृदय लगायत मनुष्यको सोच, विचार, मन, भावनाको कारक भएकोले शरीरमा वायु तत्व सन्तुलित छ भने मनुष्यमा आफ्नो मन र भावमाथि आफूले चाहे अनुसार नियन्त्रणमा राख्न सक्ने क्षमता रहेको हुन्छ र यस्तो अवस्थामा  उसका सोच, विचार, मन, भावनात्मक संवेगहरु सौम्य र स्थिर हुन्छन् । भनिन्छ युद्ध जित्ने मनुष्य वीर कहलाउछ तर आफ्नो मन तथा भावनालाई जित्ने र जीवनलाई सकारात्मक मार्गमा लगाउने मनुष्य महावीर कहलाउछ किनकी जसले आफ्नो मन तथा भावनालाई जित्न सक्छ तथा नियन्त्रणमा राख्न सक्छ उसले संसार जित्न सक्छ । सन्तुलित वायु तत्वले हामीलाई जीवन दिन्छ, शान्ति दिन्छ, आनन्द दिन्छ । शरीरमा वायु तत्व शुद्ध तथा सन्तुलित छ भने मनुष्यको मन शुद्ध हुन्छ, वुद्धि तिक्ष्ण हुन्छ, प्रेम, दया, करुणा, भावुकता, सहयोग, सेवा, दान गर्ने, शान्तिप्रिय, राम्रो चरित्र, बोली, व्यवहार, आचरण भएको राम्रो तथा सकारात्मक प्रकारको व्यक्ति हुन्छ । स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरुमा वायुको माध्यमबाट शरीरमा प्रवेश गर्ने प्राण उर्जा तथा जीवन उर्जाको आपूर्ति पर्याप्त हुनेहुनाले मनुष्य शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक सम्पूर्ण रुपमा स्वस्थ रहन्छ । वायुले आफ्ना सबै कामहरु स्वतन्त्र रुपमा गर्दछ, यसलाई कसैले बाध्न तथा रोक्न सक्दैन, यसकारण शरीरमा वायु तत्व सन्तुलित तथा मजबुत भयो तथा सकारात्मक किसिमले बढ्यो भने (प्राय सबै तत्वहरुको मात्रा कमी नै हुन्छ अधिकांश मनुष्यहरुको शरीरमा) मनुष्य आफूलाई अरु केहीबाट नबाधिएको, स्वतन्त्र, हलका महसुस गर्दछ । 


वायु तत्वको गुण शव्द पनि भएकोले यदि हाम्रो शरीरमा वायु तत्व सन्तुलित रहेको छ भने यसले हामीभित्र अरुसंग मिठासपूर्ण तथा प्रभावकारी ढंगले वातचित गर्नसक्ने कला र क्षमता प्रदान गर्दछ, हाम्रो सोच, विचार, भावना, ज्ञान, वुद्धि, विवेक स्पष्ट बनाउछ र यी आयामहरुको क्षमता पूर्णतामा बढाइदिन्छ । आफ्ना कुरा अरुलाई स्पष्ट रुपमा बुझाउन सक्ने र अरुका कुरा आफूले सहजै बुझ्न र सुन्न सक्ने सक्षमता आउछ । हिजोआजको समयमा सपष्ट र सौहार्दपूर्ण संवाद नै सबैभन्दा महत्वपूर्ण विषय बन्दै गैरहेको छ हरेक मनुष्यको जीवनमा । मनुष्यका हरेक प्रकारका कला, सिर्जनशिलता, रचनात्मकता तथा ट्यालेन्टको क्षेत्र मनुष्यको सोच, विचार, भावना, ज्ञान, वुद्धि, विवेक, वुद्धिमतासंग प्रत्यक्ष रुपमा जोडिएका हुन्छन् । शरीरमा वायु तत्व सन्तुलित छ भने आफ्नो कलालाई अझ तिखार्न, बढाउन र सबैमाझ लोकप्रिय बनाउन सक्षम हुन्छ, प्रसिद्धि कमाउन सक्छ, वायुको गुण जस्तै उसको कलाकारिताको यस र महत्व पनि टाढा–टाढासम्म फैलिन्छ । वायु जस्तै संसारभरि फैलिएर सबैको प्यारो, लोकप्रिय, प्रेरणाको श्रोत तथा अरुको रोलमोडल समेत बन्नसक्छ । यसकासाथै वायु तत्वको सन्तुलनताले मनुष्यलाई समुहमा रहेर कामगर्ने क्षमताको विकास गराउछ । यस्तो मनुष्यमा अरुलाई आफ्ना कुरा बताएर, बुझाएर, सन्तुष्ट गरेर आफ्नो काम निकाल्ने अदभूत क्षमता हुन्छ । 


शरीरमा वायु तत्व सन्तुलित छ भने मनुष्यमा सांसारिक सुख, सुविधाका विषय तथा चिजहरु प्राप्त गर्ने, भोग गर्ने र त्यसको आनन्द लिने क्षमता प्रवल हुन्छ । वास्तविक प्राप्ति, भोग र भोगको आनन्द सर्वाधिक महंगा, गतिला, सर्वश्रेष्ठ सामग्रीहरु संग्रह गर्नु तथा आफूसंग त्यसको पर्याप्तता तथा मौजदात हुनु, धनी हुनु, उपाधि पाउनु, मान बढ्नु तथा बढाउनुसंग हुदैन, ती सामग्रीहरुको सदुपयोगबाट आनन्द लिनसक्नुसंग हुन्छ र यो वास्तविक भोग हो, ती सामग्रीहरुको सदुपयोग गरेर तीबाट आनन्द लिन नसक्नु भोग होइन । आफ्नो र अरुको खुशी, भलाइ तथा विकासका लागि आफूसंग भएका चिजवस्तु तथा सुख सुविधाहरुको सदुपयोग गर्नु र त्यसबाट खुशी तथा आनन्द लिन सक्नु वास्तविक भोग हो । त्यस्ता प्रकारका चिज–वस्तुहरु चाहे त्यसको मूल्य सस्तो नै होस्, सित्तैमा पाइयोस्, जताततै उपलव्ध हुने प्रकारको होस् तर आफूलाई तीनको प्रयोग गर्दा सुख, खुशी, शान्ति आनन्द आउछ भने त्यो वास्तविक भोग र आनन्द हो जुन वायु तत्वको सन्तुलनताबाट प्राप्त हुन्छ । एक कप कफीमा पनि मनुष्यले असीम आनन्द लिन सक्छ, आफूलाई मनपरेको पहिरन लगाउदा, रुचि भएको स्थानमा घुमघाम गर्न जाँदा, एकान्तमा बसेर खुल्ला प्रकृतिको अवलोकन गर्दा, संगीत सुनेर त्यसको भावमा झुम्दा, साहित्य सिर्जनामा डुव्दा, गहिरो प्रेम भएको व्यक्तिसंगको संवाद, सानिध्यतामा रहदा आदिबाट शव्दमा अव्यक्त आनन्द लिनसक्छ । जे कुराले आफ्नो मन, भावनालाई आनन्द दिन्छ त्यसको सहि सदुपयोग नै वास्तविक भो भएकोले यस्तो व्यक्ति साना–साना कुरा तथा उपलव्धिहरुमा पनि खुशी र आनन्दित हुनसक्छ । 


वायु तत्वको सम्वन्ध शनि ग्रह(न्याय, सेवा), वुध ग्रह(वुद्धि, विवेक), शुक्र ग्रह(सुन्दरता, सम्पन्नता), राहु ग्रह(सिर्जनशीलता, आविस्कार)संग पनि रहेकोछ । यसकारण वायु तत्व सन्तुलित भएको मनुष्यको स्वभाव, बानी–व्यवहार तथा प्रकृतिमा यी ग्रहहरुको सकारात्मक प्रभावहरु देखिन्छन् । वायु तत्व मनुष्यको वुद्धि, विवेक, वुद्धिमता, सोच, विचार, भावको कारक भएकोले वायु तत्व सन्तुलित भएको मनुष्यको स्वास्थ्य, शरीर, सांसारिक जीवन र पारमार्थि जीवनका अधिकांश आयामहरु व्यवस्थित र विकसित हुन्छन् । यसकारण खासगरि मनुष्यको प्रगतिको पमुख आधार रचनात्मकता, सिर्जनशीलता, व्यापार–व्यवसाय, सेवाका कामहरु तथा व्यक्तित्व विकास र नेतृत्व विकास गर्नकालागि मनुष्यको वायु तत्व मजबुत हुनु अत्यावश्यक हुन्छ । यी अवस्था तथा कार्यहरु अरुसंग सम्वन्ध बनाउने तथा सम्वन्धको संजाल बढाउने र सामजिकीकरण गर्ने कार्यहरु हुन् जसमाथि वायु तत्व, अनाहद चक्र तथा भावनात्मक संवेगहरुको प्रत्यक्ष भूमिका रहेको हुन्छ । मनुष्यले बोल्ने शव्दमा जादु हुन्छ, शव्दले नै उसको जीवन माथि उचाइमा उठाउछ, अरुको नजरमा राम्रो र नराम्रो छवि पनि मनुष्यले बोद्यने शव्दले नै तय गर्दछ, यसकारण बोल्दा सावधानी अपनाइएन भने शव्दले नै मनुष्यलाई पातालमा धसाइदिन्छ । आफ्नो जीवन र अरुको जीवनमा दुरगामी परिवर्तन पार्छ, सम्वन्धमा गहिरो उतार–चढाव ल्याउछ । आफूले बोल्ने शव्दमा आफूलाई महत्वमा राख्दा तथा अहंकार देखाउदा त्यसले आफ्नो मानसम्मान बढाउनुको साटो घटाउछ । मनुष्यको शव्द तथा वाणिको कारक वुधग्रह हो, वायु र बुध ग्रहको नजिकको सम्वन्ध रहेको हुन्छ, मनुष्यलाई सोचेर सहि शव्द, सहि भाव र सहि हाउभाउमा बोल्ने क्षमता वायु तत्व र बुध ग्रहले प्रदान गर्दछ । वायु तत्वमा शनि ग्रहको निकटता रहेकोले शरीरमा वायु तत्व सन्तुलित भएको मनुष्यमा शनि ग्रहको गुणहरु– लगनशील भएर कर्म गर्ने क्षमता, धैर्यता, न्याय, सेवा भाव तथा सहयोगको गुण आउछ । सबै काम सोचे अनुरुप सहजै र छिटा सम्पन्न हुदैनन्, कतिपय कामहरु सम्पन्न हुन वर्षौं लाग्न सक्छ, धैर्यताको आवश्यकता पर्दछ, लामो समयसम्म निरन्तर काम गरिरहने उर्जा, सहनशिलता सन्तुलित वायु तत्वले प्रदान गर्दछ । धैर्य रहनसक्ने मनुष्यको जीवनमा आफूले इच्छा अपेक्षा गरेका जीवनका सबै चाहनाहरु ढिलो–चाँढो पूरा हुन्छन् । यसकारण मनुष्यको शरीरमा वायु तत्व सन्तुलित हुनु अत्यावश्यक हुन्छ ।


असन्तुलित वायु तत्व 

शरीरमा वायु तत्व असन्तुलित भएको छ भने वायु तत्व कारक रहेका वाहिरी तथा आन्तरिक शारीरिक अंगहरुमा विभिन्न प्रकारका ज्ञात–अज्ञात अस्वस्थता तथा समस्याहरु देखा पर्दछन् किनकी वायुको गुण, वेग र प्रभाव अदृश्य हुन्छ । छातिका अस्वस्थताहरु, श्वास–प्रश्वास छोटो हुने, दम, शरीरमा अक्सिजनको कमी हुने, मस्तिष्कका सबै प्रकारका अस्वस्थताहरु, टाउको दुख्ने, अधा तथा माइग्रेनको दुखाइ, रक्तचापको असन्तुलन(उच्च तथा न्यून रक्तचाप), रगतसंग सम्वन्धित अस्वस्थता तथा विकारहरु, वाथ तथा हाडजोर्नीका दुखाइहरु, पेट सफा नहुने, शरीरको अस्वाभाविक संरचना(डिफोरमिटीज), कम्मर तथा ढाडको दुखाई, प्यारालाइसिसको अधिक सम्भावना आदि अस्वस्थता समस्या तथा असहजताहरु देखिन्छन् । वायु तत्वको अधिक सक्रियताले मनुष्यमा हृदयधात पनि आउन सक्छ किनकी वायु तत्वले वुद्धिलाई बढाउछ, वुद्धि धेरै तेज छ भने खराव नियत भएको मनुष्य जालसाजी, धोकाधडी गर्न, अरुलाई ठग्ने कर्ममा लाग्छ, अरुलाई सताएपछि प्राकृति न्यायको सिद्धान्त अनुसार त्यसको पहिलो शिकार मनुष्य आफैं हुन्छ र आफ्नो विनास आफैंले गर्छ । शरीरमा वायु तत्व बढ्यो तथा ज्यादा सक्रियता भयो भने ग्यासको प्रकोप बढ्छ यसका कारण धेरै प्रकारका अस्वस्थता तथा असहजताका लक्षणहरु शरीर, मन, भाव, वुद्धि, चेतनामा देखा पर्दछन् । यसको नकारात्मक परिणामका कारण शारीरिक रुपमा शिरमा रिंगटा लाग्छ, मानसिक रुपमा मनमा बेचैनी तथा दिक्क लाग्छ, भावनात्मक रुपमा भावना अशान्त हुन्छ, वौद्धिक रुपमा वुद्धि भ्रष्ट हुन्छ, चेतनात्मक रुपमा सचेतना वोधो हुन्छ र यस्तो अवस्थामा कोहीपनि व्यक्ति थाहानै नपाएकन शारीरिक अस्वस्थता, मानसिक तनाव, अशान्ति, चिन्तामा जान सक्छ । यस्तो अवस्थामा सबैभन्दा बढि नकारात्मक प्रभाव मस्तिष्कका तन्त्रिका प्रणालीहरुमा, शरीरको रोगप्रतिरक्षा प्रणालीमा पर्दछ किनकी वायु समष्टि ब्रम्हाण्डिय महाउर्जाको व्यष्टि रुवरुप प्राण उर्जा तथा जीवन उर्जा तथा कुण्डलिनी उर्जाको संवाहक भएकोले शरीरका सबै आयामहरुको पूरै उर्जा प्रणाली असन्तुलित हुन्छ तथा बिग्रिन्छ । 


वायु तत्व मनुष्यको मानसिक तथा भावनात्मक शरीरका आयामहरु सोच, विचार, भावनात्मक संवेगहरुको कारक भएकोले बेचैनी, तनाव, चिन्ता, एकाग्रताको कमी, अशान्ति, बेखुशी, असन्तोष, क्रोध, घृणा, वदला, गुनासो, अनिद्रा, विषाद, अवषाद, विक्षिप्तता, एकोहोरोपन, पागलपन आदि मनुष्यको मन तथा भावनासंग सम्वन्धित सबैप्रकारका अस्वस्थताहरु तथा समस्याहरु देखा पर्दछन् । शरीरमा वायु तत्व सन्तुलित छैन भने शरीर र विशेषगरि रगतमा सन्तुलनता आउदैन, रगतको तापक्रम उचनीच हुने कारणले उच्च हुदा तथा रगतमा गर्मी बढ्दा मनुष्य छिटो रिसाउछ तथा प्रतिक्रियात्मक हुन्छ, धैर्यता तथा स्थिरता रहदैन र तुरुन्तै तनाव तथा तनावजनित अस्वस्थताहरुले ग्रसित हुन्छ र यसको विपरित रगतमा तापक्रम न्यून छ भने व्यक्ति आलस्य हुन्छ, उसको शरीर, मन, भावमा केही गर्ने बल, उत्साह, जोश, प्रेरणा हुदैन, उसलाई तमसले घेर्छ र यस्तो अवस्थामा वायु तत्व अझ असन्तुलित हुन्छ । वायु तत्वको अर्को गुण ग्यास भएकोले शरीरमा वायु तत्व सन्तुलनमा छैन भने शरीरभरि वायु घुम्ने र घरि कता घरि कता दुख्ने, शरीर असहज हुने, अस्वाभाविक डकार आउने प्रकारका अस्वस्थता तथा अप्ठ्याराहरु आइपर्छन र यसरी दुखाइ एकैठाउँमा नभई सरी–सरी दुख्ने हुनाले लक्षणहरुका आधारमा शरीरको कुन अंगमा कस्तो प्रकारको अस्वस्था भएको भनेर आधूनिक चिकित्सा विज्ञानका अत्याधूनिक उपकरणहरुलाई समेत पत्ता लगाउन मुस्किल पर्छ, अनुमानको भरमा चिकित्सकहरु औषधि तथा उपायहरु बताउन बाध्य हुन्छन् जसको शारीरक तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्दछ । 


वायु तत्वको असन्तुलनले मनुष्यको विचार र भावनात्मक संवेगहरुलाई असन्तुलित गरिदने हुनाले मनुष्य सहि किसिमले सोच्न र उचित निर्णय लिन तथा दिन असक्षम हुन्छ । निर्णय लिए पनि त्यसलाई व्यवहारमा उतार्न हिचकिचाउछ, अलमलिन्छ, मुस्किल हुन्छ, हिम्मत गर्दैन, पछाडि हट्छ पछि गर्छु भनेर काम पन्साइ रहन्छ र पन्साउने बहाना बनाइरहन्छ तथा खोजिरहन्छ । निर्णय सहि छ भन्ने थाहा हुदाहुदै पनि वायु तत्वको असन्तुलनताका कारण उ आफ्नो निर्णयमा स्थिर भएर अडिन सक्दैन किनकी उसको मन, मनका विचारहरु, भाव, भावनात्मक संवेगहरु उसको नियन्त्रणमा हुदैन, यस्तो अवस्थामा निर्णय कार्यान्वयन गर्यो भनेपनि विचारको वेगमा तथा भावनात्मक संवेगहरुमा बहेर गर्दछ र आफू र अरुलाई समेत हानि गर्ने व्यवहार तथा कामहरु गर्दछ । यसकासाथै शरीरमा वायु तत्वको असन्तुलन तथा ज्यादा सक्रियता भएको तथा वायु तत्व असन्तुलित किसिमले बढेको अवस्थामा मस्तिष्क, मन तथा भावनामा उठ्ने सोच, विचार तथा भावनात्मक संवेगहरुले हाम्रो मन, भाव, वुद्धि, चेतना, शरीरमा नसोचेको उतार–चढाव ल्याउछ र मनुष्यमा काम, क्रोध, लोभ, मोह, कपट, बदला, घृणा, षडयन्त्र, जालसाजी जस्ता मानवीय विकार, क्लेश तथा दुर्गुणहरु आउने गर्दछन् । यस्ता मानवीय विकार, क्लेश तथा दुर्गुणहरुले मनुष्यको स्वास्थ्य, शरीर र जीवनका विविध आयामहरुमा आफूले नसोचेको उथल–पुथल ल्याइदिन्छ र मनुष्यको जीवन थाहानै नपाइकन कहाँबाट कहाँ पुयाइदिन्छ । 


शरीरमा वायु तत्व असन्तुलित छ भने आफूसंग भएका सर्वोत्कृष्ट मानिएका चिज वस्तुहरुको भोग गर्न, जीवनका ठूला ठूला उपलव्धिहरुबाट समेत खुशी, आनन्द लिन सक्दैन । हडबढ, अधैर्य निद्रामा असन्तुलन, सानोसानो कुरामा रिसाउनु, विचार मनमा नअडिनु प्याच्च बोदिहाल्नु, समयमै निर्णय दिन तथा दिन नसक्नु, अनुशरणमा ल्याउन नसक्नु, वुध ग्रहको प्रभाव भएकोले तत्व खराव छ भने कुवुद्धि, कुतर्क, भाँड्न् प्रवृत्ति हुन्छ ।  असन्तुलित छ भने हिड्न, दौडिन, सक्रिय हुन, खेलकुद गर्न सक्दैन, आलस्य हुन्छ । बल र वुद्धि दुवैले गर्ने कार्य गर्न सक्दैन, नबोल्नु परे हुन्थ्यो, अरु मान्छेहरुलाई नभेट्नु परे हुन्थ्यो, केही जिम्मा नलिनुपरे हुन्थ्यो भन्छ, काम टाल्ने बहाना गर्छ, उत्तरदायित्व पूरा गर्नबाट पछाडि हट्छ र मानसिहरु तथा समुहबाट दुर भाग्छ । अधिक अमिलो मनपर्नु, अरुले नबुझ्नेगरि बोल्नु, नरोकिइकन बोलेको बोल्यै गर्नु, के बोलेको भनेर आफैंले थाहा नपाउनु, भकभकाउनु, बोल्नु पर्ने कुरा समयमै याद नआउनु, पछि सम्झेर यसो भन्नु पथ्र्यो भन्ने याद हुनु, दुःखमा आत्तिनु, सुखमा मात्तिनु, सानो–सानो कुरामा तनाव लिनु, बेचैन हुनु, उमेर तथा समयअघि कपाल झर्नु, कपाल फुल्नु, शरीको छाला र शारीरिक अंगहरु उमेर अगावै परिपक्व तथा बुढो देखिनु, धैर्यता, स्थिरता नहुनु, संवाद गर्न नजान्नु, अरुले बोलेको कुरा निधो नपाउनु, दोहोर्याएर सोधिरहनु, नयाँ सम्वन्ध बनाउन र भएका सम्वन्धहरु टिकाउन नसक्नु शरीरमा वायु तत्व असन्तुलित लक्षणहरु हुन् । 


वायु तत्व असन्तुलन हुनुको कारण

दिनभरिमा अधिकांश ताजा वायु, सुर्यको ताप तथा प्रकाश, खुल्ला आकाशमुनिको वातावरण, प्रकृतिदेखि टाढा रहने र धेरै समय टेवल, कुर्शिमा बसेर काम गर्ने मनुष्यहरुमा प्रकृति तथा पंचतत्वसंगको सानिध्यता र शरीरका गतिविधिहरु कम हुने हुनाले उनीहरुमा श्वास–प्रश्वास छोटो हुने समस्या देखिन्छ । श्वास–प्रश्वासमा आएको असन्तुलनताको कारण शरीरमा शरीरमा वायु तत्व असन्तुलित हुन्छ र पुरै शरीरको उर्जा प्रणाली प्रभावित हुन्छ तथा बिग्रिन्छ । हिजोआजको अव्यवस्थित शहरीकरण र औधोगिकीकरणले निम्त्याएको अति वायु प्रदुषणका कारण हामीलाई आवश्यक पर्ने ताजा तथा अक्सिजन पर्याप्त भएको वायुको मात्रा श्वास–प्रश्वासको लय तथा आयाममा जतिनै सावधानी अपनाएपनि प्राप्त हुन सक्दैन । प्रदुषित पर्यावरणमा लिइएको श्वाससंग वायुमा रहेका धूलो, धूवा, शिशाका कण तथा प्रदुषणका हानिकारक फोहोरहरु फोक्सोमा जान्छन् र यिनले फोक्सोका श्वास फेर्ने छिद्रहरु टालिदिन्छ, विश्व स्वाथ्य संगठनको एक प्रतिवेदन अनुसार वर्तमान समयमा खासगरि भौतिक संरचनाका आधारमा विकसित शहरहरुमा बस्ने अकिांश मनुष्यहरुको फोक्सोका छिद्रहरु ५० देखि ९० प्रतिशतसम्म टार्लिएका छन् र ३–४ लिटर वायु अट्ने फोक्सो साघुरिएर डेढ–दुई लिटरमा सीमित भएको छ । यसको नकारात्मक परिणामस्वरुप शरीरमा वायु तत्व हदैसम्म असन्तुलित भएका कारण श्वास–प्रश्वासका अनेक प्रकारका ज्ञात–अज्ञात अस्वस्थता र केही हदसम्म स्वास्थ्यका दृष्टिकोणले महामारीको अवस्था आइपरेको छ । यस्तो अवस्थामा फोक्सो कमजोर हुन्छ र शरीरमा लाग्ने अन्य प्रकारका अस्वस्थाता तथा बिमारीहरुलाई बढावा मिल्छ र वायु तत्व अझ असन्तुलित हुन्छ र यससंगसंगै शरीरका अरु तत्वहरु पनि असन्तुलित हुन शुरु हुन्छन् किनकी वायु तत्वबाटै अग्नि तत्व, अग्नि तत्वबाट जल तत्व र जल तत्वबाट पृथ्वी तत्वको निर्माण भएको हुन्छ प्राकृतिक रुपमा र वायु तत्व आकाश तत्वबाट निर्मित भएको हुन्छ । 


झुठ बोलेर, ज्यादा चलाखी तथा जालसाजी तथा षडयन्त्र, घृणा, निन्दा गरेर अरुलाई दुःख दिदा तथा सताउदा यो मानवीय विकार तथा दुर्गुणको प्रभाव सबैभन्दा पहिला आफैंमाथि पर्ने हुनाले शरीरमा वायु तत्व असन्तुलित हुन्छ । घरको कक्ष, कार्यालयको कक्ष तथा संरचनाको वास्तु नमिलेको तथा वास्तु दोष परेको कारणले पनि वायु तत्व असन्तुलित हुन्छ । उत्तरतिर सिरानी गरेर सुत्दा वायु तत्व असन्तुलित हुन्छ, सनातन अध्यात्म विज्ञानले नगर्नु भनेका कुराहरु वास्ता नगर्दा तथा पालना नगर्दा शरीरमा वायु तत्व असन्तुलित हुन्छ।  जन्म कुण्डलीमा वायु तत्वको कारक ग्रह राहुको अवस्था कमजोर छ तथा कुण्डलीमा राहु दोष देखिएको छ भने पनि शरीरमा वायु तत्व असन्तुलित हुन्छ । 


वायु तत्व सन्तुलित गर्ने उपाय

शरीरमा वायु सन्तुलन गर्न सबैभन्दा पहिलो र अत्यन्तै भरपर्दो उपाय होसपूर्वक श्वास लिनुपर्दछ र सकेसम्म श्वास–प्रश्वासको लय तथा प्राणको आयाम निलाउने प्रयास गर्नुपर्दछ । यसकारण  शरीरमा वायु तत्व सन्तुलन गर्ने मुख्य र अत्यन्तै भरपर्दो योगीक साधना विधि श्वास–प्रश्वासको लय तथा प्राणको आयाम ‘प्राणायाम’को प्रयोगात्मक अभ्यासलाई अनुशरण गर्दै आइएको छ सनातन योग विज्ञानमा । वायुका गति तीन प्रकारका हुन्छन्– तिब्र, सामान्य र सुस्त र प्राणायाम योगी साधनाका क्रियाहरुका गति पनि तीन प्रकारकै हुन्छन् र प्राणायामका प्रयोगात्मक अभ्यासहरु तीन प्रकारले नै गर्ने गरिन्छ– तिब्र, सामान्य र सुस्त । सकेसम्म खुल्ला आकाशमुनि, खुल्ला स्थान, स्वच्छ पर्यावरण तथा प्राकृतिक वातावरणमा प्राणायामका प्रयोगात्मक अभ्यासहरु गर्नुपर्दछ ताकि ताजा हावाको साथमा प्रसस्त अक्सिजन र ब्रम्हाण्डिय महाउर्जा(ग्रह–तारा, वनस्पति, खनिज, पदार्थहरुका औषधिय गुण) शरीरभित्र प्रवेश गर्न सकोस्, वायु तत्व पूर्णरुपमा सन्तुलनमा आओस्  र स्वास्थ्य र शरीरका सबै आयामहरु स्वस्थ, सक्रिय र व्यवस्थित हुन सकुन् । 


दुवै हातमा तर्जनि औंला हत्केलातिर दोबारेर औंठाले थिचेर वायु मुद्रा लगाएर यं विज मन्त्रोच्चाहरण गर्दै तथा मनमनै स्मरणमा दोहोर्याएर हृदयमा रहेको अनाहद चक्रको ध्यान गर्नु पर्दछ । वायु मुद्रा सूर्यको उपस्थितिमा मात्र लगाउनु पर्दछ । विशेष गरि बज्र आसनमा बसेर वायु मुद्रा, अन्य आसनमा पनि गर्न सकिन्छ । वायु तत्व संतुलित गर्न ध्यान साधना दिनमा तथा सूर्यको उपस्थितिमा मात्र गर्नुपर्दछ । साँझ परेपछि वायु तत्वको गति बढ्ने भएकोले अदृश्य राम्रा तथा नराम्रा रहस्यमयि उर्जाहरुको उपस्थिति बढ्न थाल्छ र यस्तो समयमा वायु तत्वसंग सम्वन्धित ध्यान साधनामा अनेक अनेक प्रकारका रहस्यमय र डरलाग्दा दृश्यहरु आउन सक्छन् र वायु तत्वमा अझ असन्तुलन बढ्नसक्छ । विहानको समयमा गरिने प्रातः भ्रमण गर्दा; खुल्ला वातावरणमा प्राकृतिक रमण गर्दा; जंगल सफारी गर्दा; फूलविरुवा लगाउदा, हुर्काउदा, हेरविचार गर्दा; हरियालीमा सयर गर्दा; लामो गहिरो श्वास–प्रश्वास लिदा र छोड्दा; प्रकृतिमै विद्यमान प्राकृतिक सुगन्धहरु(सुगन्धित फूल, वनस्पतिहरु) सुघ्दा; घर तथा कोठा वाहिर खुल्ला ठाउँमा, स्वच्छ वातावरणमा बसेर योग–ध्यान साधना गर्दा; खासगरि आफू र आफ्नो परिवारसंग प्रत्यक्ष रुपमा सम्वन्धित स्थानहरुको वास्तु दोषको उचित उपचार तथा व्यवस्थापन गर्दा; जन्म कुण्डलीमा राहु ग्रहलाई मजबुत, सकारात्मक बनाउने उपायहरु गर्दा शरीरमा वायु तत्व सन्तुलित हुन्छ । गुलाफी रंगको सानो बललाई दुई हत्केलाको विचमा दिनमा पटक–पटक एक पटकमा कम्तिमा दुई मिनेट गोलोगोला घुमाउदा शरीरमा वायु तत्व सन्तुलनमा आउछ । गुलाफी बलको उपचारले शरीरमा वायु तत्व सकारात्मक किसिमले बढ्छ तथा सन्तुलनमा आउछ र असन्तुलित वाुय तत्वका कारण स्वास्थ्य, शरीर र जीवनका विविध आयामहरुमा भएका नयाँ, पुराना शारीरिक अस्वस्थता, मानसिक तनाव, चिन्ता, भावनात्मक अशान्तिहरु नियन्त्रण आउछन् । वायु तत्वको सन्तुलनसंगै मनुष्यको निर्णय लिने तथा दिने क्षमतामा वृद्धि हुन्छ र जीवन व्यस्थित र विकसित हुन्छ ।


                                                                 शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ






Sunday, 25 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४५

                                  #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

५०.सवाल

शरीरमा अग्नि तत्वको सन्तुलन र ज्ञानले जीवनका विविध आयामहरु व्यवस्थित गर्न मद्धत गर्दछ । 


अग्नि तत्वबारे संक्षिप्त जानकारी

सनतान वैदिक धर्ममा अग्निको महत्व र महिमा अत्यन्तै ठूलो रहेको छ किनकी अग्निबिना कुनै अनुष्ठानहरु पूरा हुदैनन् । महान सनातन शास्त्र, सबैभन्दा पूरानो तथा जेठो वेद ऋगवेदको पहिलो अध्ययायको पहिलो शव्द ‘अग्नि’ तथा अग्नि स्तुतिबाट प्रारम्भ भएको छ । सनातन शास्त्रहरुमा उल्लेख भए अनुसार भगवान यमराजले नचिकेतासंगको संवादमा भन्नु भएकोछ, “ब्रम्हाण्डका सबै तत्वहरुमा अग्नि तत्व विद्यमान रहेको हुन्छ, मनुष्यको बुद्धिमा पनि अग्नि तत्व विद्यमान रहेको छ, जव यो तत्व जाग्रित हुन्छ तव मनुष्य स्वर्गको अधिकारी हुन्छ ।” अग्नि तत्व पनि जल तत्व जस्तै भावना, ग्रहणशीलता र स्मृति भएको सजिव तत्व हो, यसकारण नै मनुष्यले गर्ने संस्कार तथा कर्म–काण्डहरुमा अग्नि र जल तत्वलाई साक्षी खाखिन्छ, सबै महत्वपुर्ण घटना तथा विषयहरुमा तथा धार्मिक अनुष्ठानहरुमा अग्नि र जल तत्वलाई साक्षी राखेर यी तत्वहरुको अगाडि राम्रा कामहरुको शुरुआतको संकल्प लिने गरिन्छ । अग्नि तत्वलाई प्रकाशको स्वरुप मानिन्छ, आत्मा र परमात्मालाई पनि प्रकाशको स्वरुपमा मानिन्छ, आत्मा र परमात्मा ब्रम्हाण्डका महाउर्जा हुन् र अग्नि तत्व पनि ब्रमहाण्डको अत्यन्तै महत्वपूर्ण उर्जा हो । व्यायाम गर्दा शरीर तात्छ, पसिना आउछ, श्वास, रक्तसंचार तथा रक्तचाप, मुटुको धड्कन बढ्छ यी सबै क्रियाहरु अग्नि तत्वको सक्रियताका कारण भएका हुन् । अग्नि तत्वको मूलश्रोत सूर्य हो, सूर्य चमत्कारिक ग्रह तथा देवता हुन जसले नराम्रा कुराहरुलाई जलाउछन् तथा दबाउछन् र राम्रा कुराहरुलाई अझ राम्रो बनाउछन् तथा बन्न बढावा दिन्छन् र मनुष्यका सबै विकारहरु नाश गरेर मनुष्यलाई शुद्ध गरिदिन्छन् किनकी अग्नि तत्व तथा सूर्यको ताप, प्रकाश स्वयंमा औषधि हो, यसको ताप, प्रकाश र किरणहरुले मनुष्यको जीवनका धेरै प्रकारका अस्वस्थता, असन्तुलनता तथा अव्यवस्थाहरुलाई सहि दिशा प्रदान गर्दछ ।


अग्नि तत्व मनुष्यको ज्ञान, वुद्धि, विवेक, जोश, जाँगर, उत्साह, साहस, प्रेरणा, इच्छाशक्ति, मनोबल, आत्मबल, आत्मविश्वास, आन्तरिक क्षमता, निडरता, क्रोध आदिको को मूलश्रोत तथा मूलकारक हो । अग्नि तत्व नै मनुष्यको प्राण उर्जा, जीवन उर्जा तथा उर्जा शरीर हो, उर्जा शरीर नै उसको आभामण्डल(औरा) तथा उर्जा क्षेत्र(इलेक्ट्रो मेग्नेटीक फिल्ड) हो । मनुष्यको शरीर हरप्रकारले स्वस्थ र जीवनका सबै आयामहरु व्यवस्थित र विकसित गर्नकालागि अग्नि तत्व अत्यन्तै प्रभावकारी र महत्वपूर्ण उर्जा हो । अग्नि तत्व मनुष्यको प्राण उर्जा तथा जीवन उर्जा भएकोले यसले स्वास्थ्य, शरीर तथा जीवनका सबै आयामहरुलाई सहि ढंगले आ–आफ्ना जिम्ममेदारीका कार्यहरु गर्न आवश्यक जीवन उर्जा प्रदान गर्दछ र शरीरका आयामहरु सहज ढंगले नियमित रुपमा सुचारु हुन्छन् । अग्नि तत्व तथा प्राण उर्जा यति सशक्त र अत्यावश्यक पौष्टिक तत्व हो जसलाई जहाँ खर्च गर्यो त्यही आयामको सहि व्यवस्थापन र विकास हुन्छ । हामीले आफ्नो अग्नि तत्व तथा प्राण उर्जालाई सहि तथा सकारात्मक ठाउँमा लगायौं भने जीवन सहज, सरल, सफल, सन्तुलित, व्यवस्थित र विकसित बन्छ तर यसको विपरित गलत, नराम्रो तथा नकारात्मक ठाउँमा लगायौ भने हम्रो जीवन असहजता, असफलता, दुःख, पिडा, असुरक्षा, अन्श्चिितता, डर, अशान्ति, अस्थिरतातिर जान्छ । प्राण उर्जा सबै मनुष्यसंग एउटै हुन्छ र उस्तै हुन्छ, प्राण उर्जालाई कुण्डलिनी उर्जा पनि भनिन्छ, यसको सदुपयोगले मनुष्य जीवनको महत्वपूर्ण उचाइमा पुग्न सक्छ र दुरुपयोगले जीवनमा असफलता तथा विनासतर्फ उन्मुख हुन्छ । उदाहरणले बुझौं, प्राण उर्जालाई सहि दिशामा लगाउने तथा सदुपयोग गर्ने व्यक्ति डाक्टर बन्छ र गलत दिशामा लगाउने तथा दुरुपयोग गर्ने व्यक्ति डाकु बन्छ, दुवैको हातमा चक्कु हुन्छ तर डाक्टरको हातको चक्कुले मानवीता तथा सर्वकल्याणको काम गर्छ र डाकुको हातको चक्कुले दानवीयता तथा सर्वविनासको काम गर्छ अर्थात प्राण तथा जीवन उर्जाले सहि दिशा पक्ड्यो भने उक्त मनुष्य मानव बन्छ र यसको विपरित गलत दिशा पक्ड्यो भने दानव बन्छ । 


संक्षिप्तमाः अग्नि तत्वको प्रकृति– गर्मी तातो, उष्ण, रंग– रातो, आकृति– त्रिकोण, चक्र– मणिपुर, मन्त्र– रं, शरीरको अंग– काँध, ग्रह– सूर्य, दिशा– दक्षिण, गुण– शात्विक र रजस, देवता– माता श्रीदेवी, वास्तु– आग्न्याय कोण(पूर्व–दक्षिण कुनो), ज्ञानइन्द्रिय– आँखा, कर्मइन्द्रिय–पाउ, स्वाद– पिरो, अंश– ४ प्रतिशत, नाडी– इडा, राशि– सिंह, मेष, धनु, शरीरको त्रिदोष– पित्त, उमेर– जवानी, त्रिगुण– शव्द, रुप, स्पर्श(सुन्न, देख्न, छुन सकिने) आदि उल्लेख गरिएको छ । औंलो– औंठा(उर्जा, इच्छाशक्तिको प्रतिक), मुद्रा– अनामिकालाई दोबारेर त्यसमाथि औंठा राख्ने तथा औंठाले दबाउने । दुवै हातका बुढी औंला तथा औंठा अग्नि तत्वका संवाहक भएकाले अत्यन्तै महत्वपूर्ण रहेका छन्, जुन तत्वको औंलासंग यसलाई जोडिन्छ यसले समान रुपमा सबैलाई प्राण उर्जा तथा जीवन प्रदान गर्दछ किनकी ब्रम्हाण्डमा स्थित सबै तत्वहरुमा अग्नि तत्वको अंश विद्यमान रहेको हुन्छ र हरेक तत्वको सक्रियताका लागि अग्नि उर्जा तथा प्राण उर्जाको आवश्यकता अधिक रहेको हुन्छ । अग्नि तत्वका मूलकारक सूर्य ग्रह तथा सूर्य देवता वुद्धि, विवेक, उर्जा, आत्माका कारक हुन् र मंगल ग्रह तथा मंग देवता साहस, उर्जा, आत्मबल, हिम्मत, क्रोधका कारक हुन् । अग्नि तत्वका पाँच प्रकृति– भोक, प्यास, निद्रा, आलस्य, क्रोध हुन् । अग्नि तत्व सन्तुलित रहदा मनुष्यका यी सबै प्रकृतिहरु सन्तुलित रहन्छन् र मनुष्यको जीवन सहज, व्यवस्थित तथा विकसित हुन्छ र अग्नि तत्व असन्तुलित भए मनुष्यका यी सबै प्रकृतिहरुमा पनि असन्तुलन आउछ र जीवन असहज, अव्यवस्थित तथा अविकसित हुन्छ । अग्नि तत्वको मनुष्यको शारीरिक शरीरको नाभि क्षेत्र अन्तर्गत पर्ने पेट, पाचन क्रिया, पाचन प्रणाली तथा उक्त क्षेत्रका अन्य प्रणालीहरुका साथै उसको मन, भावनाको स्थिति र वुद्धि–विवेकसंग पनि सिधा तथा प्रत्यक्ष सम्वन्ध रहेको हुन्छ । अग्नि तत्वले मनुष्यलाई सांसारिक जीवनमा भौतिक सामग्रीहरु हासिल गर्न साहस, बल, उत्साह तथा उत्प्रेरणा प्रदान गर्दछ र हासिल गराइदिन्छ साथै अग्नि तत्वले मनुष्यको आध्यात्मिक जीवनलाई पनि अगाडि बढ्न, बढाउछ तथा विकसित गर्न मद्धत गर्दछ । अग्नि चार प्रकारका हुन्छन् र यसको प्रकृृति अनुसार नै मनुष्यहरु पनि प्राण उर्जाको दृष्टिकोणले चार प्रकारकै हुन्छन्– 

(१)सम अग्नि– शरीरमा सम तथा सन्तुलित अग्नि तत्वको प्रधानता भएको मनुष्य समयको पक्का हुन्छ, उसले हरेक काम समयमा पूर्ण गर्नसक्छ र गरेर देखाउछ । यस्तो व्यक्तिमा भोक, प्यास, निद्रामा सन्तुलन रहेको हुन्छ, स्वस्थ हुन्छ, हरेक काम गर्न उत्साह, जोश, जाँगर, प्ररणा हुन्छ, काम गर्न अघि सर्छ, कामको नेतृत्व लिन्छ, कामका गंभिर हुन्छ, असावधानी, हेलचेक्राइ तथा उत्तौलोपन हुदैन । 

(२)तिसर अग्नि– शरीरमा तिसर अग्नि तत्वको प्रधानता भएको मनुष्यको पाचन क्रिया तथा जठराग्नि अत्यन्तै मजबुत हुन्छ, जे खाएको छ सबै कुराहरु राम्रोसंग समयमै पचाउछ, उसको शरीरमा पौष्टिकता अवस्था सन्तुलित रहने हुनाले सक्रिय, उत्साहित, उर्जावान, शारीरिक, मानसिक तथा भावनात्मक बल उच्च भएको हुन्छ । एकै समयमा धेरै काम गर्न, लगातार काममा खट्न सक्ने प्रकारको हुन्छ । पाचन प्रणाली तन्दुरुस्त भएकोले शरीर, मन, भावना, वुद्धिमा प्रर्याप्त उर्जा, बल, शक्ति हुन्छ, सितिमिति थाक्दैन तत्कालका लागि । नथाक्ने हुनाले आराम नै नगर्ने प्रकृतिको हुन्छ, आफूले जीवनमा यो गर्नु छ, यति कमाउनु छ, घर बनाउनु छ, प्रगति गर्नु छ भन्ने हुटहुटी भैरहन्छ, अत्यन्तै चन्चल र अधैर्य प्रकृतिको हुन्छ । आफू अत्यन्तै जागरिलो र उत्साहित भएकोले अरुलाई आलस्य र अल्छि देख्छ । आफ्नो पुरै उर्जा यस्तै प्रकारले खर्च गर्छ तर जीवनको एक अन्तरालपछि उ नराम्रोसंग थाक्छ, जीवनका अरु आयामहरुलाई बेवास्ता गरेर आफ्नो जीवनको सारा उर्जा र समय एकोहोपनमा खर्च गरेको कारण उसको जीवनमा एक्लोपन आउछ मानसिक तथा भावनात्मक रुपमा । उसको गडा सम्वन्धहरु नभएको कारण यस्तो अवस्था आउछ जीवनमा किनकी उसको एकोहोरो प्रकारको विचार तथा भावनात्मक संवेगहरुमा कसैले निरन्तर साथ दिदैनन् । यस्तो व्यक्ति जीवनमा सफल हुन्छ तर सन्तुष्ट हुदैन, उसमा सफलतासंगै घमण्ड पनि उच्चतामै बढ्दै जान्छ । आफूलाई विशेष प्रकारको र अरुभन्दा फरक तथा उच्च वर्गको ठान्छ । कसैलाई भरोसा गर्दैन, पत्याउदैन, अरुलाई आफूभन्दा कम क्षमताको आँक्छ र सबैतिर आफैं उपस्थित हुन्छ, आफैं खट्छ, म, मैले, मेरो, मलाइ भन्ने प्रवृत्ति उच्च हुन्छ र यस्तै भनिरहन्छ बारबार । यस्तो व्यक्तिको जीवन सम्पन्न, सुखी, सफल भएपनि मनमा शान्ति हुदैन, सम्वन्धहरु राम्रा हुदैनन्, जीवनमा सुखी, खुशी, शान्त, आनन्द महसुस गर्न सक्दैन । 

(३)मन्द अग्नि– तिसर अग्निको ठिक विपरित जीवनमा असफ भएको र जीवनबाट हारेको हुन्छ । 

(४)विसम अग्नि– विसम अग्नि तत्व भएको मनुष्य मौसमी प्रकारको हुन्छ, केही दिन भिडेर धेरै काम गर्छ आफ्नो क्षमता भन्दा बढि अनि केही दिन पूर्ण रुपमा सुस्त रहन्छ, केही नगरी यसै समय बिताउछ, आलस्य हुन्छ, सुतेर समय बिताउछ । एकपटक टन्न खानपिन गर्छ अनि लामो समयसम्म खादैन । कहिले अत्यन्तै उत्साहित, खुशी हुन्छ र कहिले अत्यन्तै निराश, उदाष, दुःखी हुन्छ । यस्तो हुनु अग्नि तत्वको असन्तुलित अवस्था हो, सहज, सरल, सफल जीवनयापनका लागि अग्नि तत्व सन्तुलित गर्नु आवश्यक हुन्छ 

 

सन्तुलित अग्नि तत्व

अग्नि देवतालाई ज्ञान, वुद्धि, विवेकको देवताको रुपमा मानिन्छ, यसकारण शरीरमा अग्नि तत्व सन्तुलित छ भने यस्तो मनुष्य ज्ञानी, वुद्धि, विकेकले पूर्ण हुन्छ, यस्तो व्यक्तिमा सबै प्रकारका विद्याहरु जान्न तथा ग्रहण गर्ने क्षमता हुन्छ । अग्नि तत्वको उर्जाले शरीर, मन, भावना, वुद्धि र चेतनाका पुराना तथा काम नलाग्ने नराम्रा विषयहरु जलाएर नयाँ विषयहरु जाग्रित गरिदिन्छ ।

पंचतत्वहरुको प्रत्यक्ष सम्वन्ध मनुष्यको शरीरका त्रीदोष प्रकृति(वाथ, कफ, पित्त) र ज्ञान इन्द्रियहरुसंग रहेको हुन्छ । शरीरमा पंचतत्वहरु जति बढि सन्तुलित हुन्छन् त्यतिनै त्रिदोष र ज्ञान इन्द्रियहरुको कार्य क्षमता राम्रो हुन्छ र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनका सबै आयामहरु व्यवस्थित र विकसित हुन्छन् । अग्नि तत्व खासगरि मनुष्यको स्थुल शरीरमा नाभि क्षेत्रका आन्तरिक अंगहरु– जठराग्नि, पेट, पाचन क्रिया, पाचन प्रणाली, कलेजो आदिसंग प्रत्यक्ष सम्वन्धित रहेकोले शरीरमा अग्नि तत्व सन्तुलित छ भने जठराग्नि, पाचन क्रिया, पाचन प्रणाली, कलेजो मजबुत र सक्रिय हुन्छन् । भोक–प्यास समयमा लाग्छ; खाना मिठो हुन्छ, राम्ररी पच्छ, शरीर फुर्तिलो र स्वस्थ रहन्छ; शरीरमा रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ । यस्तो व्यक्ति हरप्रकारले सक्रिय हुन्छ, सफा तथा चम्किलो चेहरा भएको सुगठित तथा आकर्षक हुन्छ । उसको मन, भाव, वुद्धि, चेतना प्रवुद्ध हुन्छ; जोश, जाँगर, उत्साह, साहस, प्रेरणा, आत्मबल, आत्मविश्वास, आत्मसम्मानले भरिएको हुन्छ; इन्द्रियहरुमाथि नियन्त्रण तथा प्रत्याहारको क्षमता हुन्छ; आलस्य थकान डर कमजोरी सबै दुर हुन्छन्; शरीर, मन, भाव, वुद्धि र चेतनाका सबै क्रियाहरु सन्तुलित, नियमित र समय अनुसार परिचालित हुन्छन् । शरीरमा अग्नि तत्व सन्तुलित भएको व्यक्ति जीवनका चुनौति तथा समस्याहरुसंग लड्न हिम्मत राख्छ; सुखमा मात्तिदैन र दुःखमा आत्तिदैन; आफ्नोलागि आवश्यक विषयहरुको खोज गर्छ, नयाँ–नयाँ सिर्जना, रचना तथा आविस्कारहरु गर्छ; सबैलाई काम लाग्ने प्रकारका सर्वनजहिताय कामहरु गर्छ; आफू सकारात्मक, मेहनती हुन्छ, अरुलाई पनि यस्तै बन्ने प्रेरणा दिन्छ र त्यस्तै बनाइदिन्छ; आफू सहि बाटोमा हिड्छ र अरुलाई पनि सहि बाटोमा हिड्न प्रेरणा दिन्छ र आवश्यक मद्धत गर्दछ; आफू कहिल्यै निराश हुदैन र अरुलाई पनि निराश हुन दिदैन; अरुको सहजता तथा विकासको लागि सहयोग गर्न सदा तत्तपर रहन्छ; काम गर्ने क्रममा केही गल्ती भयो तथा नोक्सान भयो भने सामान्य रुपमा लिन्छ, त्यसैमा अड्केर बस्दैन र गल्ती सुधारेर अगाडि बढ्छ; अरुलाई पनि यो सुविधा दिन्छ, मनुष्यले गल्तीबाट नै सिक्ने हो भन्ने भाव राख्छ; गल्तीहरुलाई गुरु, पाठ तथा सिकाइ मानेर धन्यवाद दिदै नयाँ अवसरहरुको सदुपयोग गर्छ; उसका सबै सम्वन्धहरु सहज र सुमधूर हुन्छन्; घरपरिवारमा धनसम्पति, उत्साह, सुख, शान्ति, मधुरता, सदभाव, सामनजस्यता बनिरहन्छ । यस्तो व्यक्तिको आभामण्डल मजबुत हुन्छ, आभामण्डल नै अग्नि तत्व हो, अग्नि तत्व सन्तुलित भएको व्यक्तिप्रति सबैको आकर्षण हुन्छ, उसका कुरा, योजना तथा निर्णयहरु सुनिन्छन् र अनुशरण गरिन्छन्; आफ्नो आत्मबल र अरुको चाहना अनुसार सर्वकल्याणको काममा नेतृत्व लिन्छ; उसको जीवनमा कुनै प्रकारको कमीकमजोरी रहदैन; जीवन सहज, सरल तथा विकसित हुन्छ र मानप्रतिष्ठा तथा सफलताले उचाइ चुमेको हुन्छ ।


असन्तुलित अग्नि तत्व  

पंचतत्व मध्य शरीरमा एउटा मात्र तत्व असन्तुलित भयो भने त्यसले बाँकी चारवटा तत्वहरु लगायत शरीरका अन्य क्रिया तथा प्रणालीहरुलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असन्तुलित गर्दछ । अग्नि तत्वको असन्तुलनले जठराग्निमा प्रत्यक्ष प्रभाव पार्दछ, अग्नि तत्वको उच्चता जठराग्निलाई बढि सक्रिय गराइदिन्छ तथा अग्नि तत्वको कमीले जठराग्निलाई कम सक्रिय गराइदिन्छ । यी दुवै अवस्थाले पाचन क्रिया र पाचन प्रणालीमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछन् । अग्नि तत्वले खासगरि मनुष्य शरीरको तापमान, पाचन क्रिया, पाचन प्रणाली, भोक–प्यास, निद्रालाई नियन्त्रण गर्दछ तथा सन्तुलनमा राख्दछ । अग्नि तत्वले जठर अग्नि अर्थात जठराग्नि(ग्यमस्ट्रिक ग्ल्याण्ड) मार्फत शरीरमा सहि ढंगले काम गर्दछ । जठराग्निको प्रत्यक्ष सम्वन्ध शरीरको पेट, पाचन क्रिया, पाचन प्रणाली, शरीरका आन्तरिक अंगहरुमा रहेका विषाक्तता तथा फोहमैलाहरु सफाइसंग रहेको हुन्छ । अग्नि तत्व असन्तुलित भएको कारण जठराग्नि कम सक्रिय तथा मन्द(अन्डर एक्टिभ) भयो या बढि सक्रिय(ओभर एक्टिभ) भयो भने मनुष्यको शारीरिक स्वास्थ्यमा समस्याहरु देखा पर्न थाल्छन् र यसको असहज तथा नकारात्मक प्रभाव प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शरीरका अन्य आयामहरु मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक स्वास्थ्यमा पनि पर्दछ । जठराग्नि मन्द भयो भने पाचन क्रिया तथा पाचन प्रणालीमा गडबडी हुने, ग्यास्ट्रिक बढ्ने, पेट डम्म भैराख्ने, समयमा भोक–प्यास नलाग्ने, खाना मिठो नलाग्ने, अपच हुने, पातलो दिशा हुने, कव्जियत हुने, रक्तचाप न्युन हुने, शरीरमा रगतको कमी हुने, पहेंले रोग(जन्डिस) लाग्ने सम्भावना बढि हुने, ग्रन्थीरसमा(हर्मोन्स) गडबडी हुने, भिटामिन डी को कमी हुने, मधुमेह राृग लाग्ने, हाड–जोर्नीहरु कमजोर हुने, हृदयघात, प्यारालाइसिस हुने सम्भावना बढि हुन्छ शरीर कमजोर तथा आलस्य हुने जस्ता अस्वस्थता तथा समस्याहरु देखिन्छन् । अग्नि तत्व रुप(दृश्य) तथा आँखाको कारक भएकोले असन्तुलित भएको अवस्थामा नेत्र ज्योति कमजोर हुन्छ । शारीरिक अंग आँखा हुनु एउटा कुरा हो तर आँखामा तिक्ष्ण देख्ने क्षमता हुनु अर्को कुरा हो जुन अग्नि तत्वको संतुलनबाट प्राप्त हुन्छ, अग्नि तत्व असन्तुलित भएको अवस्थामा आँखाको देख्ने तथा ठम्याउने क्षमतम कम हुनुको साथै आँखामा मोतिविन्दु तथा अन्य प्रकारका अस्वस्थताहरु आउन सक्छन् । 


खाना घण्टौंसम्म नपचेको कारण आवश्यक भोक–प्यास लाग्दैन, यस्तो अवस्थामा बिना भोक–प्यास जबरजस्ती खाना तथा पानी ग्रहण गर्दा मन्द भएको जठराग्निमा झन मन्दि आउछ र यससंग सम्वन्धित बिमारीहरु अझ बढेर जान्छन् । कव्जियतले पेटको स्वास्थ्यमा अत्यन्तै नकारात्मक प्रभाव पार्छ, कव्जियत धेरै रोगहरुको कारण हो र केही हदसम्म परिणाम पनि हो । खाएको खाना पचेर समयमै तथा नियमित रुपमा वाहिर जानुपर्ने फोहरहरु शरीरबाट वाहिर निस्कन नसकेको कारण पेटबाट उत्सर्जन हुने बिमारीहरुलाई कव्जियतले अझ बढावा दिन्छ । पेटबाट उत्सर्जन हुने बिमारीहरुले शरीरमा असहजता, बेचैनी, कमजोरी आलस्यता बढाउने हुनाले यसको प्रत्यक्ष तथा अप्रत्क्ष प्रभाव मन, मस्तिष्क, भावना, वुद्धि, चेतनामा पनि पर्छ जसले मनुष्यका दैनिक जीवनयापनका गतिविधिहरुलाई असन्तुलित गरिदिन्छ र जीवन असहज, अव्यवस्थित तथा अविकसित हुन्छ । अग्नि तत्व असन्तुलनले जीवन असहज, अव्यवस्थित तथा अविकसित भएको कारण आर्थिक अवस्था कमजोर हुने र यसको प्रत्यक्ष प्रभाव मनुष्यको शरीरिकसाथै मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक आयामहरुमा पनि पर्ने हुनाले यस्तो मनुष्यमा आँट, हिम्मत, जोश, जाँगर, प्रेरणा, रचनात्मकता, सिर्जनात्मकता, आत्मबल, आत्मविश्वास, आत्मसम्मानमा कमी आउन थाल्छ र व्यक्तिमा निश्क्रियता तथा आलस्यता बढ्न थाल्छ । यस्तो अवस्थाको नकारात्मक प्रभावका कारण जीवनमा धेरै प्रकारका डरहरु लागिरहन्छन्, केही नयाँ काम आँट्न नसक्ने, केही गर्न अगाडि नै नसर्ने, बोली लरबराउने, शरीर काम्ने आदि समस्याहरु देखिन्छन् । अरुसमक्ष आफ्नो कुरा स्पष्ट रुपमा राख्न, निर्धक्क भएर बोल्न, सामुहिक काम गर्न, नयाँ सम्वन्धहरु बनाउन, सम्वन्धहरु टिकाउन तथा अरुसंग मिलेर काम गर्न हिम्मत तथा उत्साह हुदैन, डर तथा धकका कारण थाके जस्तो भैरहन्छ, केही काम गर्न मन लाग्दैन, शरीर, मन, भाव, वुद्धि, चृतना सबैतिर आलस्यता छाउछ, कुनै काम थाल्नै सक्दैन र थालिहाल्यो भने पनि थालेको काम पूरा गर्न नसकेर अधूरै छोडिदिन्छ । अग्नि तत्व अति असन्तुलित तथा अति निश्क्रिय भयो भने निराश भएर जीवनबाट नै हार्ने, एक्लै बस्न रुचाउने, अन्याय सहेर बस्ने, निराश हुने, रोइरहने, हाँस्न तथा खुशी हुन नसक्ने, आफैंमाथि विश्वास हराउने, आफैंलाई गाली गर्ने, आफूलाई असफल तथा निकम्मा ठान्ने, म किन बाचिरहेको छु, म बाचेर केही अर्थ छैन भन्ने मनमा लाग्ने र आफ्नो जीवनलाई नै अन्त्य गरिदिने सोच आउने हुन्छ र आत्महत्यको प्रयास गर्छ तथा आत्महत्य नै गर्छ । 


अग्नि तत्व धेरै बढ्यो भने जठराग्नि बढि सक्रिय हुने र अमलपित्त(एसिडिटी) तथा अमिलो पानी मुखमा आउने, पेट र छाति पोल्ने तथा असहज हुने, रक्तचाप उच्च हुने, बारबार ज्वरो आइरहने, गीजाबाट रगत आउने, श्वास गन्हाउने, श्वास–प्रश्वासमा समस्या, गलामा समस्या जस्ता शारीरिक अस्वस्थताहरु देखिन्छन् । अग्नि तत्व तथा जठराग्निको असन्तुलनका कारण पेटको स्वास्थ्यमा गडबडी आउदा शरीरमा खासगरि त्वचासंग सम्वन्धित समस्याहरु देखिन्छन्– डण्डीफोर, घाउ, खटिरा, फोका, डाबरहरु आउने, रातो हुने, दाग तथा पोतो देखिने, चिलाउने तथा एलर्जी हुने आदि अस्वस्थता तथा समस्याहरु देखिन्छन् । यस्ता प्रकारका समस्याहरु सबै अपच भएका खानाका फोहरहरुको परिणाम हो । खाएको खाना पचेर सहि मार्ग अर्थात दिशा, पिसावबाट निस्कन नसकेका कारण शरीरका अन्य अंगहरुमा निस्किएका हुन् अर्थात प्रत्यक्ष रुपमा अपचको नकारात्मक प्रभाव त्वचामा देखिएको हो । अग्नि तत्व धेरै बढ्यो तथा अति सक्रिय भयो भने व्यक्ति सानो तथा ठूलो आतंककारी, हत्यारा, बलत्कारी बन्छ । यस्तो व्यक्तिमा लडाइ, झगडा, मारपिट, हिंसा, षड्यन्त्र, जालसाजी तथा अरुलाई सताउने, दुःख दिने प्रवृत्ति अधिक हुन्छ किनकी उसको शरीरका सबै आयामहरुमा प्राण उर्जाको प्रवाह अधिक हुन्छ तर समयमै यो उर्जाको सदुपयोग गर्न मद्धत मिल्ने सहि दिशानिर्देश गर्ने अभिभावक, गुरु तथा अवसर मिलेन भने यो उर्जाले खराव दिशा पक्डिने सम्भावना अधिक हुन्छ । यसकारण अत्यधिक प्राण उर्जा हुने उमेर बाल, किशोर र युवा अवस्थाका मनुष्यहरुको उर्जालाई, उचित दिशानिर्देश गर्न तथा सहि बाटो दिन सहि शिक्षा, सहि गुरु, सहि शैक्षिक प्रणाली, सहि शैक्षिक संस्था तथा सहि गुरुकुलको आवश्यकता पर्दछ । अग्नि तत्व कमजोर तथा निष्क्रिय भएको अवस्थामा आलस्यपन तथा निश्क्रियता बढि हुन्छ तर यसको ठिक विपरित अग्नि तत्व बढि सक्रिय भएको अवस्थामा मनुष्यमा अत्यन्तै एकोहोरोपन, काम टार्ने तथा पन्सिने बहना, जिद्धिपन, घमण्डीपन, अहम तथा अहंकार ज्यादा हुन्छ । आफ्नै कुरा र आफूले जानेकै मात्र सही ठान्छ, आफूलाई अरु भन्दा जान्ने, अरुभन्दा बढि काम गर्ने, अरु भन्दा माथि रहेको तथा अरुभन्दा आफू अव्वल किसिमले अलग रहेको ठान्छ र आफूलाई सबैभन्दा उच्चस्तरको देखाउने प्रयास गर्छ, लोभ–मोहले ग्रस्त हुन्छ, अरुको अत्यन्तै इष्र्या गर्छ, देखासेखी, तुलना, प्रतिस्पर्धा गर्छ, आफ्नो आलोचना पटक्कै सुन्न सक्दैन, आफ्नो कमजोरी देखाइदिनेसंग लडाइ–झगडा गर्छ, रिसाउछ, मलाई त्यस्तो भन्ने भनेर बदलाको भाव राख्छ, घृणा गर्छ, षडयन्त्र गर्छ, अरुको भावना पटक्कै बुझ्दैन, मुखमा जे आयो त्यही बोल्छ ।


अग्नि तत्व असन्तुलन हुनुको कारण

अग्नि तत्वको मूलश्रोत सूर्यको ताप, प्रकाश र किरण हो तर हिजोआज अति व्यस्तता र कृत्रिम सौन्दर्य सावधानीका कारण प्रत्यक्ष सूर्यको प्रकाश तथा तापमा बस्ने तथा सूर्य स्नान गर्ने गतिविधिहरु कम हुदै तथा हराउदै गएका छन् । यो अवस्थाले शरीरका अंगहरुले नियमित काम गर्न तथा सक्रिय रहनकालागि अत्यावश्यक पर्ने विभिन्न पोषक तत्व तथा भिटामिनहरुको कमी आएका कारण त्यसै अनुसारका अस्वस्थता तथा रोगका लक्षणहरु देखिदै आएका छन्, हिजोआज केही बिमारी तथा समस्याहरु त महामारीकै रुपमा देखिन थालेका छन् जस्तो भिटामिन डी को कमी, बिक्रित चेहरा, त्वचाको असन्तुलन र क्यान्सर आदि । शारीरिक रुपमा सूर्यको सामित्यताको कमी तथा आहारमा असन्तुलन तथा अति प्रशोधित, विषाक्त र अखाद्य आहारहरुको अत्यधिक सेवनको र अपर्याप्त व्यायामको कारण अग्नि तत्व असन्तुलित हुनेगरेको देखएिको छ । मानसिक तथा भावनात्मक रुपमा असत्य बोल्दा, गलत कार्यहरु गर्दा, आफ्नो कर्तव्य तथा जिम्मेदारीहरुबाट पन्सिदा अग्नि तत्व असन्तुलित भैरहेको छ किनकी अग्नि तत्व पनि जल तत्व जस्तै भावना, ग्रहणशीलता र स्मृति भएको साक्षी र सजिव तत्व हो । मनुष्यको जीवनमा अग्नि ज्ञान, वुद्धि, विवेक, सत्यताको कारक तत्व र साक्षी भएकोले यसले गलत सोच, अनुचित कार्य तथा अन्याय सहदैन र त्यको नकारात्मक प्रभाव व्यक्ति स्वयंले नै बेहोर्छ अग्नि तत्वको असन्तुलनका रुपमा । जन्म कुण्डलीमा अग्नि तत्वका कारक ग्रहहरु सूर्य र मंगलको स्थिति कमजोर छ भने पनि मनुष्यको शरीरका आयामहरुमा अग्नि तत्व तथा प्राण उर्जाको अवस्था कमजोर तथा असन्तुलित हुन्छ । 


अग्नि तत्व सन्तुलित गर्ने उपाय

मनुष्यको शरीरका सबै आयामहरु– शारीरिक शरीर, मानसिक शरीर, प्राणिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर, चेतनात्मक शरीर, आध्यात्मिक शरीरले गर्ने सबै कामहरु मनुष्यको शरीरको उर्जाको मद्धतले गर्ने हो र उर्जाको प्राप्ति पृथ्वी उर्जा, जल उर्जा, अग्नि उर्जा, वायु उर्जा र आकाश उर्जाको रुपमा पृथ्वी तत्व, जल तत्व, अग्नि तत्व, वायु तत्व, र आकाश तत्वबाट प्राप्त हुन्छ । स्वस्थ, सरल, सहज, सफल, सुखी, खुशी, शान्त जीवन निर्माण गर्नकालागि तथा हरप्रकारले आफ्नो स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु व्यवस्थित तथा विकसित राख्नका लागि शरीरमा पंततत्व तथा जीवन उर्जा सन्तुलित गर्नु अत्यावश्यक हुन्छ । योग साधना, चक्र साधना, तत्व साधना, बहुमूल्य पत्थरहरुको ग्रहण, रंग चिकित्साको माध्यमबाट पंचतत्व सन्तुलनमा राखेर शरीरका विविध आयामहरुका जीवन उर्जाको प्रवाह बढाउन र सन्तुलित राख्न सकिन्छ । शरीरमा अग्नि तत्व सन्तुलित राख्न सबैभन्दा भरपर्दो, प्रभावकारी, परिणाममुखी र उपलव्धि मुलक उपाय सूर्य स्नान र योग विज्ञानको योगीक साधनाको प्रमुख विषय श्वास–प्रश्वाकिो लय मिलायने क्रिया तथा प्राणको आयाम अर्थात प्राणायामको निष्ठापूर्वक प्रयोगात्मक अभ्यास हो । 


अग्नि तत्वको असन्तुलन तथा उच्चता र न्यूनताले जठराग्निमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले यी दुवै अवस्थाले पाचन क्रिया र पाचन प्रणालीमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछन् । जठराग्नि बढि सक्रिय छ भने शरीरलाई शितलता मिल्ने प्रकारका रसयुक्त खानेकुरा, चिसो पानी सेवन गर्नु, नियमित स्नान गर्नु पर्दछ । सकेसम्म प्राकृतिक वतावरणमा प्रातः भ्रमण गर्नुपर्दछ, नाभि क्षेत्र केन्द्रित व्यायामहरु तथा योगीक साधनामा सौम्य गतिका इडा नाडी प्रधान प्राणायामका विधिहरुको प्रयोगात्मक अभ्यास गर्नु पर्दछ । अग्नि तत्व कम सक्रिय छ भने शरीरलाई तापक्रम प्रदान गर्ने खानेकुरा, तातो पानीको सेवन तथा शरीरलाई तापक्रम प्रदान गर्ने प्रकारका व्यायाम, योगासन तथा पिंगला नाडी प्रधान प्राणायामका विधिहरुको प्रयोगात्मक अभ्यास गर्नुपर्दछ । योगीक साधना प्राणायामका प्रयोगात्मक अभ्यासहरुले पेटसंग सम्वन्धित अस्वस्थताहरु र शरीरमा सबैप्रकारका अस्वस्थताहरु भित्र्याउने मूल जननी मधुमेह लगायत शरीरका अन्य ज्ञात–अज्ञात धेरै अस्वस्थताहरुको प्रकोप कम गर्न अत्यन्तै ठूलो सहयोग गर्दछ । 

शरीरमा अग्नि तत्व सन्तुलित राख्नकालागि आफ्नो शरीरको अवस्था तथा सामर्थ्य अनुसार १०-१६-२४-३६-४८-६०-७२ घण्टाका व्रत, उपवास तथा आहार ग्रहणमा अन्तराल(इन्टरमिटेन्ट फास्टींग) अत्यन्तै लाभदायक आत्म चिकित्सा(अटोफेजी) तथा शरीर आफैंले गर्ने प्राकृतिक चिकित्सा पद्धति हो । व्रत तथा उपवासको वास्तविक अर्थ र मान्यता खासगरि पेट, पाचन क्रिया तथा पाचन प्रणाली र पूरै शरीरलाई आराम प्रदान गर्नु हो । जव पेट, पाचन क्रिया तथा पाचन प्रणालीले आराम पाउछ तव यी गतिविधिहरुमा खर्च भैरहेको उर्जालाई शरीर आफैंले शरीरमा रहेका विकार, विषाक्तता, रसायन तथा फोहोरमैलाहरु सफा गर्न उपयोग गर्दछ र शरीर सफा गर्न प्रारम्भ गर्दछ । शरीरका मांसपेशी तथा कोषिकाहरुले जति बढि भोक लागेको महसुस गर्छन उतिनै तिब्रगतिमा तिनले शरीरमा रहेका विकार, विषाक्तता, रसायन तथा फोहोरमैलाहरु खान थाल्छन् र शरीर अझ छिटो र प्रभावकारी ढंगले सफा, शुद्ध, स्वस्थ, उर्जावान, सक्रिय र रोग प्रतिरोधि बन्छ । उपवासले जठराग्नि स्वस्थ, सक्रिय र मजवुत राख्न मदत गर्दछ, जति जठराग्नि स्वस्थ र सक्रिय हुन्छ उतिनै अग्नि तत्व सन्तुलित हुन्छ र नाभि क्षेत्र, पेट तथा पेटसंग सम्बन्धित सबै अस्वस्थता तथा बिमारीहरु निको हुन्छन, फेरी दोहोरिएर नआउने गरि स्थाइ समाधान हुन्छ । व्रत, उपवास, आत्म चिकित्सा तथा शरीरको प्राकृतिक चिकित्साले शरीरमा अग्नि तत्वकोसाथै सबै तत्वहरु सन्तुलन गर्न अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गर्दछ, यसकारण कम्तिमा हप्तामा एकदिन पेटलाई आराम पुग्नेगरि व्रत तथा उपवास गर्नु अत्यावश्यक हुन्छ ।


शरीरमा क्याससियम पचाउन तथा घोल्न(डाइलुट हुन) भिटामिन डी को पर्याप्त मात्रा आवश्यक हुन्छ र यो अग्नि तत्वको मूलश्रोत सूयको ताप तथा प्रकाशबाट प्रचुर मात्रामा प्राप्त हुन्छ । सूर्यको ताप, प्रकाश र किरणहरुले मात्र पनि मनुष्यको शरीरका धेरै विकार, विषाक्तता, फोहरमैला र यसका कारणबाट उत्पन्न भएका अस्वस्थता तथा बिमारीहरु सफा र निको हुन्छन् । प्राय हिउँदको मौसममा, अति ठण्डा हुने भौगोलिक क्षेत्रहरुमा शरीरमा अग्नि तत्व असन्तुलित तथा कम सक्रिय हुन्छ, यस्तो अवस्थामा सन्तुलित गर्न सुठो, गुढ, मरिच, ल्वांग, दालचीनी तथा सबैप्रकारका गरम मसालाहरु सेवन गर्नुपर्दछ, यसले शरीरमा गर्मी तथा तापक्रम बढाउछ र अग्नि तत्व सन्तुलनमा ल्याउछ । खाना खानुअघि, खाना खाँदा र खाना खाइसकेपछि अपनाउनै पर्ने सावधानीहरुको पालन गर्नुपर्दछ । खाना खानु एक घण्टाअघि र खाना खाएको एक घण्टापछि मात्र सादा पानी पिउनु पर्दछ, यसविचमा मोही, लस्सी, दही, ताजा फलफूलको रस थोरै सेवन गर्न सकिन्छ तरल पदार्थको रुपमा जसले जठराग्निलाई मन्द हुन दिदैन र अपचको समस्या आउदैन । खाना खाइसकेपछि सामान्य स्वास्थ्य भएका व्यक्तिहरुले ५–१० मिनेट बज्र आसनमा बस्नु पर्दछ तथा आफ्नो कक्ष तथा घरभित्र हिड्डुल गर्नुपर्दछ र पेटको समस्या भएका व्यक्तिहरुले अनिवार्य रुपमा बज्र आसनमा बस्नु पर्दछ ५–१० मिनेटसम्म ताकि पिडौलामा भएको ५०० एम.एल. रगत पेटमा जाओस् र पाचन क्रियालाई सहज गर्न मद्धत गरोस् । बज्र आसनमा बस्दा गोडा निदाउछन् तथा असहज हुन्छ भने हिप र पिडौलाको विचमा पातलो सिरानी तथा कुशन राख्न सकिन्छ ।  


विहान सबेरै उठेर सूर्योदय हेरौं, सकेसम्म उदाउदो सुर्यलाई जल चढाउँ, जल चढाउदा जलको धारामा सूर्यको प्रकाशमा जलधाराबाट इन्द्रेनीका किरणहरुको रंग देख्ने प्रयास गरौं । साथै सूर्य नमस्कार योगासन गरौं; नाभि भन्दा २–३ अम्मल माथि रहेको पहेंलो रंगको मणिपुर चक्रको ध्यान गरौं; मणिपुर चक्रबाट प्राण तथा कुण्डलिनी उर्जा उठिरहेको र प्राण उर्जाले माथिका चक्रहरु भेदन गरिरहेको दृश्य कल्पना गरौं; दक्षिण दिशातिर फर्केर वायु मुद्रा लगाएर(तर्जनीलाई हत्केलातिर दोबारेर त्यसमाथि औंठाले थिचेर) ‘रं’ विज मन्त्र स्मरण तथा उच्चाहरण गरौं; तीनमुखे रुद्राक्ष धारण गरौं; गायत्री मन्त्र शुद्धसंग छन्द तथा लयमा उच्चाहरण गरौं । जन्म कुण्डली हेराएर मंगल ग्रहको मजबुतिका लागि मुगा पत्थर र सूर्य ग्रहको मजबुतिका लागि रुबि अर्थात माणिक धारण गरौं; रवीबार नुन नखाइकन, चोखो सात्विक खाएर सूर्य ग्रह तथा देवताको उपवास तथा उपासना र मंगबार मंगल ग्रह तथा देवताको उपवास तथा उपासना गरौं र आफ्नो सयन कक्ष, कार्य कक्ष तथा समग्र घरको दक्षिणपूर्वको वास्तु मिलाउँ ।


दुई हत्केलाको विचमा सानो निलो रंगको बल दिनमा पटक–पटक र कम्तिमा एकपटकमा २ मिनेट गोलागोेलो घुमाउँ । यसो गर्दा शरीरमा अग्नि तत्वको प्रवाह बढ्छ, ठण्डीका कारण हुने अस्वस्थताहरु जो शरीरमा तापक्रम बढाएर तथा सेकाइबाट निको हुन्छन् त्यस्ता प्रकारका स्वास्थ्य समस्याहरु समाधान हुन मद्धत मिल्छ । शरीरमा बढेको कोलेस्ट्रोल, टिजी, मधुमेह, कव्जियतमा निलो रंगको बलको उपचार पद्धति अपनाउनु लाभकारी हुन्छ । 


अग्नि तत्व सन्तुलित गर्ने यी उपाय तथा गतिविधिहरु गर्दा शरीरका मांसपेशी, हाड, जोर्नी, रगत तथा शरीरका द्रव्यहरु शुद्ध, स्वस्थ, सक्रिय हुन्छन्, शरीरमा जमेर रहेका नयाँ तथा पुराना सबै विकार, रसायन, विषाक्तता तथा फोहरमैलाहरु वाहिर निस्कन्छन्, शरीर भित्रबाट नै पूर्णतः सफा हुन्छ, शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ, अग्नि तत्व, प्राण उर्जा तथा जीवन उर्जाको प्रवाहमा वृद्धि र सन्तुलन आउछ । यसका साथै अग्नि तत्वको सन्तुलनले व्यक्तिको सोच, विचार, मन, भाव तथा भावनात्मक संवेगहरु सकारात्मक हुन्छन् । मनुष्यको स्वभाव सौम्य, धैर्य, एकाग्र, शान्त, स्थिर, सहनशील हुन्छ, उसका सम्वन्धहरुमा सुधार आउछ तथा सम्वन्धहरु सुमधूर बन्छन् । 

                                                                 शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ











पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...