#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
९. सवालः
ध्यान साधनामा बस्दा किन निद्रा लाग्छ ?
जवाफः
‘ध्यान साधनामा बस्दा किन निद्रा लाग्छ ?’ यो सबै साधकहरुको प्रतिनिधि सवाल हो किनकी अधिकांश साधकहरुलाई ध्यान साधनामा निद्रा लाग्छ र कतिपय ध्यान साधकहरुलाई निदाएं, ध्यान साधना भंग भयो तथा छुट्यो भनेर गल्ती गरेको जस्तो अपराधवोध भैरहेको हुन्छ तर ध्यान साधनामा निद्रा लाग्नु अत्यन्तै स्वाभाविक अवस्था हो तसर्थ ध्यानमा निदाएं भनेर आत्मग्लानीले विलकुल भरिनु पर्दैन किनकी यसको गहिरो र तार्किक बडो सान्दर्भिक अर्थ रहेकोछ कि ध्यान साधनामा निद्रा लाग्नु ध्यान साधनाको अत्यन्तै महत्वपूर्ण र सकारात्मक उपलव्धि हो । सामान्य अर्थमा आरामको दृष्टिकोणले ध्यान र निद्रा दुवै एकै अवस्था हुन्, निद्रा बेहोस तथा अचेत आरामको अवस्था हो र ध्यान होस तथा जाग्रित आरामको अवस्था हो । स्थुल शरीर, मन, भावकालागि ध्यान र निद्रा एकै अवस्था हुन् यिनले आराम पाउने अवस्था तर आत्मा अर्थात चेतनाकालागि भने ध्यान र निद्राको अवस्था र वास्तविकता निकै फरक हुन्छ । गहिरो, अटुट तथा सपनाबिहीन निद्रामा ब्रम्हाण्डबाट मनुष्यको समग्र जीवनको विकासका लागि अत्यावश्यक प्राण उर्जा प्राप्त हुन्छ । निद्रामा प्राप्त भएको प्राण उर्जाले मनुष्यको शरीर तथा स्वास्थ्यका सबै आयामहरु– शारीरिक शरीर तथा स्वास्थ्य, मानसिक शरीर तथा स्वास्थ्य, भावनात्मक शरीर तथा स्वास्थ्य, सचेतनात्मक तथा वौद्धिक शरीर तथा स्वास्थ्यमा अत्यन्तै प्रभावकारी सकारात्मक प्रभाव पार्दछ । तर निद्राबाट प्राप्त हुने प्राण उर्जा सीमित हुनेहुनाले यो मनुष्यको शरीर, मन, भाव, सचेतता तथा वुद्धिको विकाससम्म मात्र सीमित हुन्छ, आत्मा अर्थात चेतनाको विकासका लागि पर्याप्त हुदैन किनकी मनुष्यको आत्मा अर्थात चेतनाको विकासकालागि पर्याप्त ब्रम्हाण्डिय प्राण उर्जाको आवश्यकता पर्दछ र ध्यान साधनाबाट मात्र पर्याप्त मात्रामा ब्रम्हाण्डिय प्राण उर्जाको आपूर्ति हुनसक्दछ ।
ध्यान साधनामा साधकलाई निद्रा लाग्नु स्वभाविक प्रक्रिया हो किनकी जीवनयापनका क्रममा क्षणक्षण सक्रिय भएर विभिन्न प्रकारका शारीरिक, मानसिक, भावनात्मक, सचेततात्मक तथा वौद्धिक गतिविधिहरुमा समलग्न रहेका कारण प्राण उर्जाको खपत अत्यन्तै धेरै भएको हुन्छ र उसको शरीर, मन, भाव, वुद्धि थाकेको तथा गलेको हुन्छ । थाकेको तथा गलेको शरीर, मन, भाव, वुद्धिका सुक्ष्म प्रणाली, कोष तथा दृश्य-अदृश्य तत्वहरु अतिक्रमणमा परेका, टुटफुट भएका, चुडिएका, च्यातिएका, चयापिएका, क्षतविक्षत भएका तथा नष्ट भएका हुन्छन् । यसरी थाकेको शरीर, मन, भाव, वुद्धिलाई पुनरताजा गर्न तथा पूर्ववत स्फुर्तिको अवस्थामा आउन पर्याप्त प्राण उर्जाको आवश्यकता पर्दछ । ध्यान साधनामा बसेपछि साधकलाई ब्रम्हाण्डिय महाउर्जाका शक्तिकेन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)को माध्यमबाट गहिरो निद्रामा भन्दा धेरै गुणा बढि र गुणस्तरीय प्राण उर्जा प्राप्त हुन प्रारम्भ हुन्छ । प्राण उर्जाको प्रकृति तलबाट माथि जाने प्रकारको हुनेहुनाले जहाँ–जहाँ र जता–जता आवश्यकता छ पहिला त्यतै–त्यतै प्रवाह हुने उर्जाको सिद्धान्त अनुसार क्रमशः तलबाट माथि जाने क्रममा सबैभन्दा पहिला स्थुल शरीरको तहमा प्रवाहित हुन्छ र क्रमशः मन, भाव, वुद्धिको तहमा प्रवाहित हुदै जान्छ । ध्यान साधनामा रहेको अवस्थामा साधकले पर्याप्त प्राण उर्जा ग्रहण गर्न थालेपछि उसको थाकेको तथा गलेको शरीर, मन, भाव, वुद्धिमा पर्याप्त प्राण उर्जाको अभावका कारण शरीर, मन, भाव, वुद्धिका अतिक्रमणमा परेका, टुटफुट भएका, चुडिएका, च्यातिएका, च्यापिएका, क्षतविक्षत भएका तथा नष्ट भएका सुक्ष्म प्रणाली, कोष तथा दृश्य-अदृश्य तत्वहरु पर्याप्त प्राण उर्जाको आपूर्ति भएसंगै मर्मत हुन, जोडिन, पुनरनिर्मत हुन तथा पुनरताजगी हुन थाल्छन् अर्थात रिपेयर–रिकनेक्ट-रिबिल्ड–रिफ्रेस हुन थाल्दछन् ।
यसरी प्राण उर्जाको अत्यधिक खपत भएर पर्याप्त प्राण उर्जाको अभाव भएको कारण शरीरको तहमा आएका विचलन, टुटफुट, थकानको अवस्थालाई ध्यान साधनाबाट प्राप्त भएको पर्याप्त प्राण उर्जाले विस्तारै हटाउदै शरीरका सबै आयामहको मर्मत तथा उपचार गर्न प्रारम्भ गर्ने हुनाले ध्यान साधनाबाट प्राप्त प्राण उर्जा क्रमशः शरीर, मन, भाव, वुद्धिको तहमा गएर शरीर र स्वास्थ्यका सबै आयामहरुको मर्मत तथा उपचार प्रक्रिया शुरु भएको कारण शरीरका सबै आयामहरुले आराम, स्थिरता, एकाग्रता, शान्ति तथा आनन्दको महसुस गर्दछन् । शरीरका सबै आयामहरुमा आराम, स्थिरता, एकाग्रता, शान्ति तथा आनन्दको महसुस भएको समयमा साधकलाई उंग लाग्न थाल्छ र उ निदाउछ । ध्यान साधनामा रहेको बेला लागेको निद्रा तथा निदाएको अवस्थालाई निद्रा भनिदैन यो ‘योग निद्रा’ हो र ब्रम्हाण्डिय प्राण उर्जा हासिल गर्ने दृष्टिकोणबाट हेर्दा निद्राको अवस्थामा प्राप्त हुने प्राण उर्जाको तुलनामा योग निद्राबाट प्राप्त हुने ब्रम्हाण्डिय प्राण उर्जा तीन गुणा भन्दा बढि शक्तिशाली, प्रभावकारी तथा लाभकारी रहेको पाइएको छ विभिन्न वैज्ञानिक खोजमूलक अध्ययनका तथ्यांकहरुका अनुसार । यसकारण ध्यान साधनामा साधकलाई निद्रा लाग्नु स्वभाविक प्रक्रिया हो र यो सामान्य तथा राम्रो अवस्था हो । म ध्यान साधनामा निदाएं, ध्यान भंग भयो, पूरा भएन भनेर आत्मग्लानी तथा अपराधवोध मानेर ध्यान तथा योग निद्राबाट प्राप्त भएको प्राण उर्जाको यो अभुतपूर्व लाभलाई हानि गर्नुहुदैन किनकी आत्मग्लानी तथा अपराधवोधले प्राण उर्जाको तहलाई तिब्रगतिमा ह्रास गर्दछ तथा तलतिर झारिदिन्छ र फेरी शरीर तथा स्वास्थ्यका सबै आयामहरुलाई थकित तथा गलित बनाइदिन्छ । थाकेको तथा गलेको शरीर तथा स्वास्थ्यका सबै आयामहरुमा फेरी प्राण उर्जा भरिन सामान्य अवस्थामा लामो समय लाग्छ तर ध्यान साधना तथा योग निद्रामा उर्जा भरिन साधकको शरीर तथा स्वास्थ्यको अवस्था अनुसार औषतमा १५ मिनेट देखि आधा घण्टासम्म लाग्न सक्दछ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
***********************************************
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
१०. सवालः
सामान्य निद्रा भन्दा योग निद्रा किन महत्वपूर्ण हुन्छ ?
जवाफः
निद्राको समयमा भन्दा योग निद्राको समयमा मनुष्यको शरीर, मन, भाव, वुद्धि अधिक स्फुर्त र उर्जावान बन्दछ किनकी सामान्यतया निद्रामा प्रवेश गर्नुअघि अधिकांश मनुष्यको चेतन मन उसले थाहा नै नपाइकन बेहोसीमा विगतका अनावश्यक तथा अनुपयोगी र तनाव दिने नकारात्मक सोच, विचार, भावनात्मक संवेगका स्मृतिहरुमा र भविश्यका अनिश्चिता, डर तथा असुरक्षाका कल्पनाहरुमा रुमल्लिरहेको हुन्छ र उ यही अवस्थामा निदाउछ । आधुनिक मनोविज्ञानका अनुसार निदाउनु अघि मनुष्यको चेतन मनमा जे–जस्ता घटना तथा विषयहरु चलिरहेका तथा खेलिरहेका हुन्छन् निदाएपछि उसको चेतन मन त अचेत तथा बेहोस हुन्छ तर अर्धचेतन मन तथा पूर्णचेतन मन कहिल्यै नसुत्ने हुनाले यो निरन्तर चलिरहन्छ र निद्रा अवधिभर यसले तिनै अनावश्यक नकारात्मक अतिविचार, भावनात्मक संवेग तथा असुरक्षाका कल्पनाका घटना तथा विषयहरु लाई निरन्तर चलाईरहन्छ तथा तिनै विषयहरुलाई प्रोसेस गरिरहन्छ, मनलाई रिप्रोग्राम गरिरन्छ, मस्तिष्कमा प्याट्रन बनाइरहन्छ र व्यक्तिको सपनाका रुपमा अभिव्यक्त गरिदिन्छ । यस्तो अवस्थामा मनुष्यको अर्धचेतन तथा पूर्णचेतन मनमा निरन्तर चलिरहेका विचार, भावनात्मक संवेगहरु तथा सपनामा अभिव्यक्त भएका घटना तथा विषयहरुले निद्राबाट प्राप्त भएको प्राण उर्जाको ठूलो हिस्सा सोसेर लिन्छन् । अनावश्यक तथा अनुपयोगी घटना तथा विषयहरुले निद्राबाट प्राप्त भएको प्राण उर्जाको ठूलो हिस्सा सोसेर लिएका कारण शरीर, मन, भाव, वुद्धिको मर्मत तथा उपचारका लागि आवश्यक पर्ने प्राण उर्जाको आपूर्ति अपर्याप्त हुन्छ र यस्तो अवस्थामा शरीर तथा स्वास्थ्यका सबै आयामहरु पूनरताजा हुन सक्दैनन् र स्फुर्त रहन सक्दैनन् । पर्याप्त प्राण उर्जाको अभावका कारण व्यक्ति पुनः थकित, गलित, आलश्य नै रहिरहन्छ, यस्तो अवस्थामा उसले आफ्ना उत्तरदायित्वहरु सहि ढंगले निभाउन सक्दैन र उसको जीवनमा असहजता, कठिनाई तथा चुनौतिहरु आइपर्न थाल्छन् जसले अन्ततः उसलाई बारबार उही अस्वस्थता, तनाव, चिन्ता, बेचैनी, विषाद, अवषाद, थकित, गलितको अवस्थामा पुर्याइदिन्छ ।
तर योग निद्रामा मनुष्यको चेतन मन ध्यानका प्रक्रिया तथा विधिहरुका सकारात्मक घटना तथा विषयहरुमा एकाग्र हुने, सकारात्मक भावमा रहेर धारणा गर्ने, आफ्नो आराध्यदेवको छवि स्मरण, नाम जप तथा मन्त्र उच्चाहरणमा रहने हुनाले यो अवस्थामा साधक निदाएर उसको चेतन मन बेहोस भएपनि अर्धचेतन तथा पूर्णचेतन मन तिनै सकारात्मक दिव्य घटना तथा विषयहरुमा निरन्तर चलिरहन्छ तथा तिनै विषयहरुलाई प्रोसेस, प्याट्रन, रिप्रोग्राम गरिरहन्छ । ध्यान साधनाका प्रक्रिया तथा विधिहरुमा अनुशरण गरिने घटना तथा विषयहरु स्वयं परमात्मासंग प्रत्यक्ष सम्वन्धित हुनेहुनाले आध्यात्मिक रुपमा यी अत्यन्तै शक्तिशालि, प्रभावकारी, परिणाममुखी र उपलव्धिमूलक हुन्छन् र यस्तो महत्वपूर्ण समय तथा अवस्थामा अर्धचेतन तथा पूर्णचेतन मनमा चलेका दिव्य घटना तथा विषयहरुले सबैभन्दा धेरै ब्रम्हाण्डिय प्राण उर्जा प्रदान गर्दछन् । जति बढि प्राण उर्जा प्राप्त हुन्छ उतिनै शरीर, मन, भाव, वुद्धिको मर्मत तथा उपचारका लागि आवश्यक पर्ने प्राण उर्जाको आपूर्ति पर्याप्त हुनेहुनाले शरीर तथा स्वास्थ्यका सबै आयामहरु पूनरताजा हुन्छन् र हरपल स्फुर्त रहन्छन् । ध्यान साधना तथा योग निद्राबाट प्राप्त भएको पर्याप्त ब्रम्हाण्डिय प्राण उर्जाले जव साधकको शरीर, मन, भाव, वुद्धिको विकासका लागि आवश्यक पर्ने पर्याप्त प्राण उर्जाको परिपूर्ति भैसकेपछि तव उर्जाको प्रवाह आत्मा अर्थात चेतनाको विकासको तहमा प्रवाहित हुन थाल्छ, अव बल्ल साधकको वास्तविक आध्यात्मिक विकास हुन प्रारम्भ हुन्छ र उसलाई ध्यान साधनाका क्रममा दिव्य परालौकिक अनुभूतिहरु हुन प्रारम्भ हुन्छ जो स्वयं हरिगुरु तथा परमात्माको कृपा हो, आशिर्वाद हो, मोक्ष मार्गको मार्गनिर्देशन हो ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment