#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रींखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
२५.सवाल
“हजूरको दुरदर्शन उपयोगी लाग्यो, अध्यात्मबारे संक्षिप्त गरेर श्रृंखलामा बुझाइदिनुहोस् न ।”
जवाफ
हस्, धन्यवाद मुकुन्द गौतमज्यू ! म प्रयास गर्नेछु छोटकरीमा श्रृंखलावद्ध गरेर ।
सनातन अध्यात्म दर्शन के हो ?
‘सनातन’ संस्कृत वांगमयको शव्द हो, यसको शाव्दिक अर्थ न शुरु न अन्त्य तथा अनादि(न आदि न अन्त्य) अर्थात कहिलेबाट शुरु भएको भन्ने पनि एकिन तथ्यांक उपलव्ध नभएको र कहिले अन्त्य हुन्छ भन्ने पनि थाहा नभएको भन्ने अर्थमा बुझिन्छ । सनातन अध्यात्म दर्शन तथा सनातन अध्यात्म विज्ञान पूर्वीय ज्ञान तथा महाज्ञान(उच्चतम ज्ञान अर्थात यो भन्दामाथि अरु कुनै ज्ञान छैन) हो । ‘अध्यात्म’ संस्कृत वाङमयको शव्द हो, यो शव्दको अंग्रेजीमा ठ्याक्क उस्तै अर्थ लाग्ने शव्द छैन । स्प्रिचुअल साइन्स तथा आत्मा विज्ञान स्प्रिट तथा आत्मा मात्रको अध्यनन गर्ने विज्ञान हो तर अध्यात्म आत्मा लगायत यस भन्दापनि माथि परमात्मा, परब्रम्हको अध्ययन गर्ने विज्ञान हो । अध्यात्म दुई शव्द अधि+आत्म=अध्यात्म मिलेर बनेको सिंगो शव्द हो । अधिको शाव्दिक अर्थ उच्चतम, श्रेष्ठ तथा परम हो र परम+आत्म=परमात्मा बनेको हो । अध्यात्म विज्ञान अन्तर्गत भौतिक संसारका दृश्य, लौकिक तथा सहजै अनुभवमा आउन सक्ने विषयहरुको नभइ भौतिक संसार भन्दा परका पराभौतिक, अदृश्य तथा बिना साधना सहजै अनुभवमा आउन नसक्ने परालौकिक तथा भावातीत(भाव तथा हाउभाउमा व्यवक्त गर्न नसकिने अनुभूति) विषयहरुको अध्ययन गरिने हुनाले अध्यात्म विज्ञानलाई पराभौतिक विज्ञान तथा मेटाफिजिक्स पनि भन्ने गरिन्छ । परमात्मा, परब्रम्ह, इश्वर, ब्रम्हाण्ड, अस्तित्व, चेतना, आत्मा, योग, ध्यान, समाधि, सिद्धि, निधि आदि परालैकिक तथा मेटाफिजिकल विषयहरुको ज्ञान तथा विज्ञानको गहन विश्लेषण अध्यात्म विज्ञानका प्रमुख विषयहरु हुन् । वास्तविक ‘म’ को हुँ भनेर खोजि गर्न र वास्तविक ‘म’ आत्मा हुँ भनेर जान्न मद्धत गर्ने र मेरो वास्तविक मुलस्वरुप आत्माको पनि आत्मा तथा अधिपति अधि+आत्म अर्थात परम+आत्मा=परमात्मा रहेछ भनेर जान्न मद्धत गर्ने विज्ञान अध्यात्म विज्ञान हो । योग विज्ञानका प्रमुख आठ अंगहरु– (१)यम, (२)नियम, (३)योगासन, (४)प्राणायाम, (५)प्रत्याहार, (६)धारणा, (७)ध्यान, र (८)समाधि का सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र विज्ञानहरुलाई निश्चित प्रक्रिया, विधि तथा पद्धतिको प्रयोगात्मक अभ्यास तथा योग साधनाको माध्यमबाट वास्तविक ‘म’ आत्मा हुँ भन्ने आत्मज्ञान र मेरो वास्तविक मुलस्वरुप आत्माको पनि आत्मा ‘परमात्मा’ रहेछ भन्ने परमात्मा ज्ञान तथा ब्रम्हज्ञान र तत्वज्ञान अर्थात म र म स्थित रहेको ब्रम्हाण्ड तथा सृष्टि निर्माणको अन्तिम श्रोत मेरै आत्मा अर्थात चेतना रहेछ भन्ने महाज्ञान हासिल गरि परमात्मा साक्षातकार गरेर तथा परमात्मामा योगस्थ भएर मोक्ष तथा निर्वाणमा उपलव्ध हुन सकिन्छ र जन्म–मृत्युको चक्रबाट सदाकालागि मुक्त भएर वैकुण्ठ(जहाँ कुनै कुण्ठा तथा दुःख छैन) प्रस्थान गर्न सकिन्छ किनकी सनातन अध्यात्म दर्शन प्रमाणिक विज्ञान हो ।
छिट्टै,
२६.सवालः
अध्यात्म, धर्म, संस्कृतिमा के समानता र के फरक छ ?
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment