#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
७. सवालः D
निद्रा र ध्यान साधनामा केके समानता तथा असमानताहरु रहेकाछन् ?
जवाफः
निद्रा र ध्यान साधनाका गुण तथा विशेषताहरु धेरै हदसम्म समान प्रकारका रहेकाछन् र यी एकअर्कोसंग धेरै हदसम्म अन्तरसम्वन्धित पनि रहेकाछन् । यसको वावजुद निद्रा र ध्यान साधनाका प्रक्रिया, प्रभावकारिता, परिणाम तथा उपलव्धिहरु फरक–फरक प्रकारका रहेकाछन् । निद्रा अचेतता तथा बेहोसीमा अनुभव हुने आरामको अवस्था हो र ध्यान सचेतता तथा होसमा अनुभव हुने आरामको अवस्था हो । मनुष्यको शरीर, मन, भावको विकासकालागि निद्रा र ध्यान दुवै अवस्था एकै हुन् तर आत्मा अर्थात चेतनाको विकासका लागि एकदमै फरक अवस्था हुन् तसर्थ ध्यानको अवस्थालाई राम्ररी बुझ्नका लागि सर्वप्रथम निद्राको अवस्था अवस्थालाई राम्ररी बुझ्नु आववश्यक हुन्छ । निद्रा एक प्राकृतिक प्रक्रिया हो र मनुष्यको शारीरिक तथा मानसिक सबैप्रकारको विकासका लागि प्रकृति तथा परमात्माको अनुपम वरदान हो किनकी गहिरो निद्राको अवस्थामा मनुष्यको शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाको समग्र विकासकालागि अत्यावश्यक पर्ने प्राण उर्जा तथा जीवन उर्जा प्राप्त हुन्छ । गहिरो, अटुट तथा सपनाबिहिन निद्राको अवस्थामामा मनुष्यको होसपूर्ण मन अर्थात चेतन मन पूर्णतः बेहोस तथा अचेत हुने हुनाले उसको शरीर स्थिर हुन्छ, विचार शुन्य हुन्छ, मन खालि हुन्छ, भावनात्मक संवेगहरु शान्त हुन्छन् र यो अवस्थामा उसको शरीर, मन, भाव, वुद्धि र सचेतना पूर्णरुपमा आरामको अवस्थामा प्रवेश गर्दछन् । आरामको अवस्थामा प्रवेश गरेको मस्त निद्राको समयमा प्राप्त हुने प्राण उर्जाको मद्धतले दिनभरि शारीरिक, मानसिक, भावनात्मक तथा वौद्धिक रुपमा सक्रिय रहदाका विविध गतिविधिहरुका कठिनाइ, समस्या तथा चुनौतिहरुको कारण शरीर, मन, भावना, वुद्धिमा आएका टुटफुट, अस्वस्थता, थकान, बेचैनी, विचलनहरुको शारीरिक, मानसिक, भावनात्मक तथा वौद्धिक तहमा मर्मत, उपचार तथा समाधान हुन प्रारम्भ हुन्छ । मर्मत, उपचार तथा समाधानका प्रक्रियाहरुमा मनुष्यको शरीर र स्वास्थ्यका सबै आयामहरु– शारीरिक शरीर तथा स्वास्थ्य, मानसिक शरीर तथा स्वास्थ्य, भावनात्मक शरीर तथा स्वास्थ्य, वौद्धिक शरीर तथा स्वास्थ्य, र आत्मिक अर्थात चेतनात्मक शरीर तथा स्वास्थ्यमा पुनरताजगी तथा रिचार्ज हुने प्रक्रियाहरु प्रारम्भ हुन्छन् र विहान बिउझदा आफू अत्यन्तै ताजा र स्फुर्त रहेको अनुभव हुन्छ । विहान उठ्दा ताजा र स्फुर्त महसुस भएको अवस्थामा मात्र त्यस दिनभरि आइपर्ने सहज तथा असहज सबैप्रकारका गतिविधिहरु सरल र सहज ढंगबाट सन्तुलित तथा व्यवस्थित किसिमले सम्पन्न गर्न सकिन्छ । निद्रा जति गहिरो, अटुट तथा सपनाबिहिन हुन्छ उतिनै निद्राबाट शरीर र स्वास्थ्यका सबै आयामहरुको सहि किसिमले मर्मत, उपचार, पुनरताजगी तथा विकासका लागि आवश्यक पर्ने पर्याप्त प्राण तथा जीवन उर्जाको प्राप्ति हुन्छ र उपचार तथा समाधानका क्रिया तथा प्रक्रियाहरु प्रभावकारी तथा उपलव्धिमूलक हुन्छन् । यस अर्थमा निद्रा मनुष्यकालागि नियमित सेवा प्रदान गर्ने अत्यन्तै भरपर्दो नि:शुल्क आन्तरिक चिकित्सक, औषधालय, औषधि तथा व्यवस्थापक हो, यसकारण निद्रा अत्यन्तै महत्वपूर्ण छ ।
निद्राको अवस्थामा व्यक्तिको चेतन मन बेहोस हुने हुनाले यो समयमा आफूभित्रका मन र भावनाका सुक्ष्म अवस्थाहरु र आफू वाहिरका सबै गतिविधिहरु थाहा पाउन सकिदैन तर ध्यानको अवस्थामा व्यक्तिको चेतन मन होसमा तथा जाग्रित अवस्थामा रहने हुनाले आफूभित्र र आफू वाहिरका सबै गतिविधिहरु थाहा पाउन सकिन्छ । आफूभित्र हेर्नु भन्नाले आफूभित्र सुक्ष्म रुपमा मनमा चलिरहेका सोच, विचारहरु तथा भावमा खेलिरहेका भावनात्मक संवेगहरुलाई तटस्थ रहेर अर्थात तिनीहरुमा आफू नउल्झिकन ती आइरहेका र गैरहेका सबै विचार तथा संवेगहरुलाई एकएक गरि अवलोकन र अनुभव गर्नु हो । ध्यान साधनालाई राम्ररी गहिराइमा बुझ्नका लागि आफ्नो मन तथा भावका आयाम तथा उपआयामहरुबारे विस्तारमा राम्ररी बुझ्नु आवश्यक हुन्छ । सनातन अध्यात्म दर्शनका अनुसार मनुष्यको मनका सात तह तथा अवस्थाहरु रहेकाछन् र आधूनिक मनोविज्ञानका अनुसार मनका तीन तह रहेकाछन्– (१)चेतन तथा होसपूर्ण मन, (२)अवचेतन तथा अर्धचेतन मन, र (३)अचेतन तथा पूर्णचेतन मन । मनुष्यको चेतन मनले पलपलका घटना तथा विषयहरुको अवलोकन र अनुभव गर्ने र तिनका अनुभवहरुलाई तत्कालका लागि याद गर्ने काम गर्दछ । अर्धचेतन मनले पलपलका घटना तथा विषयका अनुभवहरुलाई संग्रहित गर्दै जाने र आवश्यकता परेको बेलामा याद दिलाउने काम गर्दछ । र पूर्णचेतन मनले अर्धचेतन मनमा संग्रहित हुदै गरेका तत्काल आवश्कता नभएका सबै घटना तथा विषयका का अनुभवतथा अनुभूतिका सूचना तथा जानकारीहरुलाई संग्रहित गरेर राख्ने र कहिलाकाहीं आवश्यक परेको बेलामा स्पष्ट तथा अस्पष्ट किसिमले स्मृतिमा ल्याइदिने काम गर्दछ । मनुष्यको पूर्णचेतन मन अत्यन्तै शक्तिशाली हुन्छ किनकी यसमा मनुष्यका यस जन्म र यसअघिका जन्म–जन्मका सबैप्रकारका घटना तथा विषयहरुका अनुभव तथा स्मृतिहरु संग्रहित भएर रहेका हुन्छन् । ध्यान साधनाको प्रमुख उदेश्य मनुष्यको आध्यात्मिक विकासका लागि उसको मनका यिनै तहहरुलाई शुद्ध र सक्रिय गर्दै आत्मा अर्थात चेतनाको विकास गर्नु हो । जन्म–जन्मका सकारात्मक तथा नकारात्मक स्मृतिहरु संग्रहित भएर रहेका कारण शक्तिशाली पूर्णचेतन मनले मनुष्यको वर्तमान जीवनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । पूर्णचेतन मनलाई राम्ररी नजानीकन आत्मा अर्थात चेतनाको विकास गरेर आध्यात्मिक जीवन मोक्ष उन्मुख बनाउन सकिदैन र पूर्णचेतन मनलाई राम्ररी जान्न तथा भेदन गर्नकालागि गहिरो ध्यान साधनामा जानु अत्यावश्यक हुन्छ जसले पूर्णचेतन मनमा रहेका जन्मजन्मका कर्मबन्धनहरु घटाउछ तथा जलाउछ र बारबार जन्म लिएर आइरहनु पर्ने कर्मबन्धनका खाताहरु शुन्य बनाएर मनुष्यलाई मोक्षको मार्गमा अग्रसर गराउन मद्धत गर्दछ । यसकारण निद्रा भन्दा धेरै दृष्टिकोणले धेरै गुणा बढि ध्यान साधनाको महत्व र प्रभावकारीता रहदै आएको छ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
***************************************************
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
८. सवालः D
निद्रा भन्दा ध्यान साधना किन महत्वपूर्ण छ ?
जवाफः
मनुष्यलाई ध्यान साधना र गहिरो निद्राबाट एकै प्रकारको उर्जा हासिल हुन्छ जसलाई प्राण उर्जा, जीवन उर्जा तथा कुण्डलिनी उर्जा भनिन्छ र यो ब्रम्हाण्डिय महाउर्जा अर्थात समष्टि उर्जाको व्यष्टि स्वरुप हो । मनुष्यको शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाको सहि प्रकारले संचालन तथा विकास गर्नकालागि अत्यावश्यक प्राण उर्जा खाना, निद्रा, मनको खुशी, भावनाको शान्ति, वुद्धि-विवेकको उचित उपयोय र सबैभन्दा बढि ध्यान साधनाबाट प्राप्त हुन्छ र उसको शरीर तथा स्वास्थ्यका पाँचवटै आयामहरु– शारीरिक शरीर तथा स्वास्थ्य, मानसिक शरीर तथा स्वास्थ्य, भावनात्मक शरीर तथा स्वास्थ्य, वौद्धिक शरीर तथा स्वास्थ्य, र आत्मिक अर्थात चेतनात्मक शरीर तथा स्वास्थ्यका सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको सहज प्रक्रियाबाट उपचार तथा समाधान हुन्छन् । निद्राको समयमा चेतन मन मात्र बेहोस हुन्छ तथा निदाउछ तर अर्धचेतन मन र पूर्णचेतन मन पूर्णतः होसमा रहन्छन् तथा जागिरहन्छ र निरन्तर आफ्नो काम गरिरहन्छन् । गहिरो निद्राको अवस्थामा सबै मनुष्यको मन सुक्ष्म संसारमा प्रवेश गर्दछ र ध्यानको अवस्थामा पनि मन सुक्ष्म संसारमा प्रवेश गर्दछ । ध्यान साधनामा रहदा चेतन मन होसपूर्ण तथा जाग्रीत हुने हुनाले साधकले उसको सुक्ष्म शरीर अर्थात मन, वुद्धि, चित्त, अहंकारमा संग्रहित भएर रहेका नयाँ तथा पूराना(जन्म-जन्मका) स्मृतिहरु विचार तथा भावनात्मक संवेगहरुका रुपमा प्रकट भएर आउछन् र निद्रा तथा बेहोसीको अवस्थामा यिनै संगहित भएर रहेका स्मृतिहरु सपनाहरुका रुपमा प्रकट भएर आउछन् । यस सन्दर्भमा निद्रा र ध्यान दुवै अवस्थाहरुको प्रक्रिया एकै हो तसर्थ निद्रा र ध्यानविच अन्तरसम्वन्ध र केही समानताहरु रहेकाछन् ।
मनुष्यको विचार, भावनात्मक संवेग तथा सपनाहरुमा आउने हरेक सकारात्मक तथा नकारात्मक घटना तथा विषयहरु जन्म–जन्मदेखि उसको अर्धचेतन तथा पूर्णचेतन मनमा संग्रहित भएर रहेका नयाँ तथा पूराना स्मृतिहरुका सूचना तथा अनुभवहरु हुन् । खुशी प्रदान गर्ने सकारात्मक अनुभवका नयाँ तथा पूराना स्मृतिहरुले मनुष्यको जीवनलाई स्वस्थ, सहज, सरल, सफल बनाउछन् तर पिडा अनुभूति गराउने नकारात्मक स्मृतिहरुले मनुष्यको स्वास्थ्य तथा शरीरलाई अस्वस्थ, कष्टकर र उसको जीवनलाई असहज, असफल बनाउछन् । मनुष्यको स्वस्थ शरीर, सहज जीवन र आध्यात्मिक विकासका लागि उसको अर्धचेतन तथा पूर्णचेतन मनमा रहेका स्मृतिहरुको श्रृंखलाबाट पिडाको अनुभूति दिने नकारात्मक घटना तथा विषयका संग्रहित अनुभवका स्मृतिहरु घटाउनु, हटाउनु, मेटाउनु तथा जलाउनु अपरिहार्य हुन्छ । केवल गहन ध्यान साधनाबाट प्राप्त हुने उर्जाले मात्र जन्म–जन्मदेखि मनुष्यको अर्धचेतन तथा पूर्णचेतन मनमा संग्रहित भएर रहेका नकारात्मक अनुभवका स्मृतिहरु घटाउन, हटाउन, मेटाउन तथा जलाउन सकिन्छ, निद्राबाट प्राप्त हुने उर्जाले मात्र सकिदैन किनकी निद्राको प्रभाव सीमित र छोटो हुन्छ र निद्राबाट प्राप्त हुने उर्जा स्वास्थ्य र शरीरको व्यवस्थापनका लागि मात्र ठिक्क हुन्छ तर ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय महाउर्जाको प्रभाव दुरगामी र प्रगाढ हुन्छ, यसकारण निद्रा भन्दा ध्यान साधना फरक र अत्यन्तै धेरै महत्वपूर्ण छ मनुष्यको सांसारिक र पारमार्थिक दुवै जीवनको सहि व्यवस्थापन र विकासका लागि ।
चेतन मनले सहि गलतमा फरक गर्दछ, तर्क, सवाल, प्रश्न, प्रतिप्रश्न गर्दछ तर अर्धचेतन तथा पूर्णचेतना मन २४ घण्टा नै निरन्तर जाग्रित भएर चलिरहने भएपनि सहि गलतको फरक गर्दैन, तर्क, सवाल, प्रश्न, प्रतिप्रश्न केहीपनि गर्दैन, उसको स्मृतिमा संस्कार बनेर जे जस्ता घटना तथा विषयका अनुभवहरु संग्रहित भएर रुहेका छन् स्मृतिका रुपमा तिनैलाई बारबार प्रशोधन गरिरहन्छ मनुष्यले गरेको सोच, विचार, इच्छा तथा अपेक्षा अनुसार । मनुष्यका इच्छा तथा अपेक्षाहरु अर्धचेतन तथा पूर्णचेतन मनमा संग्रहित भएर रहेका नकारात्मक प्रकारका सूचना तथा अनुभवहरुमा केन्द्रित भयो तथा त्यहाँ गएर अड्कीयो भने उसको स्वास्थ्य तथा शरीर अस्वस्थ तथा कष्टकर र जीवन असहज, असन्तुलित, अव्यवस्थित, असफल तथा अविकसित हुन्छ तर यसको विपरित उसका इच्छा तथा आकांक्षाहरु सकारात्मक प्रकारका सूचना तथा अनुभवहरुमा केन्द्रित भयो तथा त्यस्ता घटना तथा विषयहरुमा अडियो भने उसको स्वास्थ्य तथा शरीर स्वस्थ, सरल तथा सक्रिय र जीवन सहज, सन्तुलित, व्यवस्थित, सफल तथा विकसित हुन्छ हरप्रकारले । ध्यान साधनाबाट प्राप्त हुने अत्यन्तै शक्तिशाली उर्जाको माध्यमबाट अर्धचेतन तथा पूर्णचेतन मनमा संग्रहित भएर रहेका मनुष्यका नकारात्मक अनुभवका खराव प्रकारका स्मृतिका सूचना तथा जानकारीहरुलाई सकारात्मक प्रकारका सूचना तथा जानकारीहरुबाट ध्यान साधनाकै अत्यन्तै प्रभावकारी विधि न्यूरो लिंग्वीस्टीक प्रोग्राम अर्थात एन.एल.पि. पद्धतिका तौरतरिकाहरु अपनाएर प्रतिस्थापन गरेर जीवनलाई नयाँ दिशामा रुपान्तरण गर्न र विकसित बनाउन सकिन्छ तर निद्राबाट प्राप्त भएको उर्जाले यस्तो रुपान्तरण ल्याउन सक्दैन, यसकारण निद्रा भन्दा ध्यान साधना निकैनै फरक, अत्यन्तै परिणाममुखी, उपलव्धिमूलक र महत्वपूर्ण छ ।
मनुष्यको स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरुको सन्तुलित र व्यवस्थित विकासका लागि निद्रा एक पूर्वनिर्धारित प्रकृति प्रदत्त वरदान हो तर ध्यान साधना प्रकृति तथा परमात्माको अझ ठूलो र महत्वपूर्ण वरदान हो किनकी ध्यान साधना पूर्वनिर्धारित हुदैन, यसमा आवश्यकता अनुसार फेरवदल गर्न र अझ प्रभावकारी ढंगबाट फरक–फरक प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण गरेर अझ राम्रो, प्रभावकारी, परिणाममुखी उपलव्धिहरु हासिल गर्न सकिन्छ, यसकारण निद्रा भन्दा ध्यान साधना निकैनै फरक, अत्यन्तै परिणाममुखी, उपलव्धिमूलक र महत्वपूर्ण छ ।
ध्यानको गहन अवस्था घटित भएका साधकहरुले उनीहरुको अर्धचेतन तथा पूर्णचेतन मनमा संग्रहित भएर रहेका जन्म–जन्मका अनुभवका स्मृतिहरु जान्न सक्छन्; तिनीहरुमा फेरवदल गरेर आवश्यक तथा उपयोगी अनुभवका स्मृतिहरुलाई आफ्नो जीवनमा उपयोग गर्न सक्छन् र अनावश्यक तथा अनुपयोगी अनुभवका स्मृतिहरुलाई अर्धचेतन तथा पूर्णचेतन मनको संग्रहबाट हटाइदिन सक्छन्, यो प्रक्रिया निद्राबाट सम्भव हुन सक्दैन, यसकारण निद्रा भन्दा ध्यान साधना निकैनै फरक, अत्यन्तै परिणाममुखी, उपलव्धिमूलक र महत्वपूर्ण छ ।
ध्यानको गहन अवस्था घटित भएका साधकहरुले आफ्नो जन्म–जन्मका जीवनका उपयोगी अनुभवका स्मृतिहरुलाई वर्तमानको जन्ममा उतार्न पनि सक्छन् र अर्धचेतन तथा पूर्णचेतन मनमा रहेका जन्म–जन्मका नकारात्मक, अनावश्यक, अनुपयोगी नकारात्मक अनुभवका स्मृतिहरुलाई हटाएर जीवनमा परिरहेका तिनका नकारात्मक प्रभावहरु– अस्वस्थता, शारीरिक पिडा, मानसिक तथा भावनात्मक बेचैनी, अशान्ति, अवषादहरुबाट संधैकालागि मुक्ति पाउन सक्दछन् जुन निद्राबाट प्राप्त गर्न सकिदैन, यसकारण निद्रा भन्दा ध्यान साधना निकैनै फरक, अत्यन्तै परिणाममुखी, उपलव्धिमूलक र महत्वपूर्ण छ ।
ध्यान साधनाबाट मनुष्यको शरीर, मन, भाव, वुद्धि, सचेतता र आत्मा अर्थात चेतना सबै आयामहरुको सन्तुलित विकास तिब्रगतिमा हुन्छ तर निद्राबाट हुन सक्दैन, यसकारण निद्रा भन्दा ध्यान साधना निकैनै फरक, अत्यन्तै परिणाममुखी, उपलव्धिमूलक र महत्वपूर्ण छ ।
ध्यान साधनाको माध्यमबाट मनुष्यका शरीर र स्वास्थ्यका सबै आयामहरुको अस्वस्थता तथा विभिन्न प्रकारका समस्याहरुको उपचार तथा समाधान सहज ढंगले, छोटो समयमा तिब्र गतिमा गर्न सकिन्छ तर निद्राबाट सबै बिमारीहरुको उपचार गर्न सकिदैन, यसकारण निद्रा भन्दा ध्यान साधना निकैनै फरक, अत्यन्तै परिणाममुखी, उपलव्धिमूलक र महत्वपूर्ण छ ।
लामो समयको निद्राबाट प्राप्त हुने प्राण उर्जा ध्यानबाट छोटो अवधिमै हासिल गर्न सकिन्छ तसर्थ ध्यान साधना गर्नेहरुले धेरै घण्टा निद्रामा बिताउनु पर्दैन, यसकारण निद्रा भन्दा ध्यान साधना निकैनै फरक, अत्यन्तै परिणाममुखी, उपलव्धिमूलक र महत्वपूर्ण छ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment