#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
मनुष्यको जीवन व्यवस्थित तथा सार्थक बनाउन पंचतत्वको कस्तो
योगदान रहेको हुन्छ ?
जवाफ तथा प्रारम्भ:
योग साधनाको पाँचौ दिनको कक्षामा हार्दिक स्वागत
छ कुञ्जना !
सर्वप्रथम १० मिनेट जीवन व्यवस्थापनका
सन्दर्भमा केही सनातन ज्ञान, विज्ञानका विषयहरुबारे बुझौं त्यसपछि योग साधनाको पाँचौ
दिनको प्रयोगात्मक अभ्यासमा प्रवेश गर्नेछौं ।
पंचतत्वको साधनाले जीवन व्यवस्थित
तथा सार्थक बन्छ
ब्रम्हाण्डमा दृश्य तथा अदृश्य
जति पनि चिज, वस्तुहरु छन् ती सबै पंचतत्व हुन् । ठोस कुराहरु पृथ्वी तत्वसंग सम्वन्धित
छन्; तरल कुराहरु जल तत्वसंग; उर्जा तथा ताप अग्नि तत्वसंग; गति वायु तत्वसंग; र खालि
तथा खुल्लापन आकाश तत्वसंग सम्वन्धित रहेका छन् । सबै प्राणी, वनस्पति तथा पदार्थहरुको
जीवन चक्र यिनै पंचतत्वको आधारमा चलिरहेको हुन्छ । मनुष्य दृश्य रुपमा स्थुल शरीरमा
अस्तित्वमा छ तर मनुष्यको समग्र जीवन चक्रलाई सुक्ष्म रुपमा हेर्ने हो भने मनुष्य भन्ने
यही नै हो भनेर चिनाउने एकिन अंग तथा स्थान केही पनि छैन उसको शरीरमा किनकी उसको शरीर
सम्पूर्ण रुपमा पंचतत्वहरुको सशक्त समिश्रणको उपस्थिति हो । मनुष्य सबैभन्दा शुरुमा
आमाको गर्भमा भ्रुणको रुपमा जन्मिन्छ तथा उम्रिन्छ र आमाले खाएको खाना, पिएको पानी,
लिएको वायु तथा श्वास–प्रश्वास, सूर्यको ताप तथा प्रकाशबाट हुर्कदै जान्छ । जव आमाको
गर्भमा भ्रुण करिव तीन महिनाको हुन्छ तव भ्रुणमा आकाश तत्व, स्वयं परमात्माको अभिन्न
अंश आत्मा अर्थात चेतना प्रवेश गर्दछ तथा संचारित हुन्छ र भ्रुणको मन, मस्तिष्क, हृदय
सक्रिय हुन प्रारम्भ हुन्छ । यो सबै प्राकृतिक प्रक्रिया हो, यो प्रक्रिया रचाउने प्रकृति
नै परमात्मा हो, प्रकृतिले आमाको गर्भमा मनुष्यको भ्रुण परिपक्व हुन तय गरेको नौ महिनाको
समयअवधि पूरा भएपछि आमाको गर्भबाट हुर्किएको भ्रुण तथा बच्चा वाहिरको संसार तथा पृथ्वीलोकमा
आउछ र यसअघिसम्म आमाको माध्यमबाट अप्रत्यक्ष रुपमा ग्रहण गरिरहेको पंचतत्व अव प्रत्यक्ष
रुपमा आफ्नै शरीरको माध्यमबाट ग्रहण गर्न थाल्दछ । पंचतत्वको ग्रहणसंगै ग्रहण गरेको
अवस्था अनुरुप उसको शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाको विकास हुदै जान्छ
। पृथ्वी तत्व तथा माटोमा उब्जिएका अन्न, फल, तरकारी खाएर उसको मांसपेसी, नशा, हड्डि
आदि बन्छन् तथा विकास हुन्छन्; जल पिएर उसको शरीरका सबै तरल तथा द्रव्यहरु बन्दछन्;
सूर्यको ताप, प्रकाश तथा किरणहरुले उसले खाएका आहार तथा तरल द्रव्यहरुलाई निश्चित क्रिया
तथा प्रक्रिया गरि शरीरमा सबैतिर सन्तुलित रुपमा संचारीत गर्दछन्; वायु तत्व तथा श्वास–प्रश्वासको
माध्यमबाट प्राण उर्जा तथा जीवन उर्जा शरीरका नश–नाडीहरु हुदै शरीर भरि संचारित हुन्छन्;
आकाश तत्वको माध्यमबाट मनुष्यको मनमा विचार, भावमा भावनात्मक संवेग, वुद्धिमा वौद्धिकता,
तर्क, वितर्क र सचेतनामा होस तथा जागरुकता संचारित भएर पंचतत्वका सबै आयामहरुको संयोगबाट
अनेक अंश तथा भागका रुपमा मनुष्यको सिंगो स्थुल शरीर निर्मित भएको हुन्छ ।
यसकारण मनुष्य भनेको यो चाहिं
अंग तथा भाग हो भन्ने केही पनि छैन, उसको शरीका सबै कुराहरु सबै नै पंचतत्व हो, पंचतत्व
बाहेक हामीभित्र, वाहिर तथा समुच्चा ब्रम्हाण्डमै केही पनि छैन । मनुष्यको स्थुल र
सुक्ष्म दुवै शरीर पंचतत्वको समिश्रणको समग्र स्वरुप भएकोले पाँच वटा तत्वहरु मध्य
कुनै एक तत्व मात्र पनि असन्तुलित भयो भने मनुष्यको जीवन नै असन्तुलित हुन्छ विभिन्न
प्रकारले– शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक रुपमा । पृथ्वी
तत्व तथा आहार असन्तुलित भयो भने शरीरमा पौष्टिक तत्वको अपर्याप्तता तथा अभाव हुन्छ
र यसका अनेकौं नकारात्मक प्रभावहरु देखिन्छन् अस्वस्थता, रोग तथा समस्याहरुका रुपमा
। जल तत्व तथा पानी असन्तुलित भयो भने शरीरले ग्रहण गरेको आहारको सहि ढंगले प्रक्रिया
तथा प्रशोधन हुन सक्दैन र यसका अनेकौं नकारात्मक प्रभावहरु देखिन्छन् अस्वस्थता, रोग
तथा समस्याहरुका रुपमा । अग्नि तत्व तथा सूर्यको ताप, प्रकाश, किरण असन्तुलित भयो भने
शरीरले ग्रहण गरेको आहार र पानीको सहि ढंगले प्रक्रिया तथा प्रशोधन हुन सक्दैन र यसका
अनेकौं नकारात्मक प्रभावहरु देखिन्छन् अस्वस्थता, रोग तथा समस्याहरुका रुपमा । वायु
तत्व तथा अक्सिजन तथा प्राण उर्जा अर्थात जीवन उर्जा असन्तुलित भयो भने शरीरले ग्रहण
गरेको आहार, पानी र सूर्यबाट प्राप्त ताप, प्रकाश, किरणको सहि प्रक्रिया हुन सक्दैन
र यसका अनेकौं नकारात्मक प्रभावहरु देखिन्छन् अस्वस्थता, रोग तथा समस्याहरुका रुपमा
। त्यस्तै आकाश तत्व तथा स्वयं परमात्माको अभिन्न अंश आत्मा अर्थात चेतना असन्तुलित
भयो भने शरीरले ग्रहण गरेको आहार, पानी, सुर्य, वायुका सबै प्रक्रियाहरु सहि ढंगले
सुचारु हुन सक्दैनन् किनकी मनुष्यको मन, भाव, वुद्धि, सचेतनालाई सहि ढंगले चलाउने आत्मा
अर्थात चेतनाले हो र शरीरलाई चलाउने मन, भाव, वुद्धि, सचेतनाले हो । यसकारण पंचतत्व
मध्य कुनै एक तत्वलाई पनि आफ्नो शरीरमा असन्तुलित हुनदिनु हुदैन र यसकालागि जीवन जीउने
कलाका विभिन्न साधना विधिहरु– योग तथा ध्यान साधना, आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्सा,
मर्म चिकित्सा, ध्वनि चिकित्सा, सुगन्ध चिकित्सा आदिको अनुशरण गर्नु पर्दछ । जीवन जीउने
कलाका यी साधना विधिहरुको अपर्याप्त ज्ञान तथा अन्य कारणले साधनाका प्रक्रिया तथा विधिहरु
मिलेनन् तथा गलत किसिमले गरियो भने पंचतत्व सन्तुलनमा आउन सक्दैन र कतिपय अवस्थामा
त झन विग्रन पनि सक्छ । यस्तो अवस्थामा मनुष्यको समग्र जीवन असन्तुलित तथा अव्यवस्थित
हुने सम्भावना अझ बढेर जान्छ र उसको शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाका नियमित
प्रक्रियाहरु अवरुद्ध हुन सक्छन् र यसका अनेकौं नकारात्मक प्रभावहरु देखिन्छन् अस्वस्थता,
रोग तथा समस्याहरुका रुपमा । यसप्रकार मनुष्यको जीवन स्वस्थ, सक्रिय, सहज, सरल, विकसित,
समृद्ध, सफल, सन्तुलित तथा व्यवस्थित गर्न र सार्थक बनाउनका लागि पंचतत्वको अत्यन्तै
महत्वपूर्ण भूमिका तथा योगदान रहेको हुन्छ । तसर्थ पंचतत्व र शरीरको सन्तुलनमा हरेक
व्यक्ति आफू स्वयं नै सचेत हुनु अत्यावश्यक हुन्छ ।
सनातन धर्म र पंचतत्व सन्तुलन
मनुष्यको जीवन सहि ढंगले व्यवस्थापन
गर्नकालागि सनातन धर्ममा गर्भ संस्कारदेखि मृत्यु संस्कारसम्म अनेकौं प्रकारका संस्कारहरु
धर्म तथा संस्कृतिका रुपमा सदियौंदेखि अनुशरण गर्दै आइएका छन् । यी सबै संस्कार, धर्म
तथा संस्कृतिका व्यवस्था तथा प्रक्रियाहरु मनुष्यको स्थुल र सुक्ष्म शरीरको पंचतत्वको
समिश्रण संतुलित तथा व्यवस्थित राख्नका लागि नै अनुशरण गरिएका हुन् । यी धर्म, संस्कृति,
संस्कार, परम्परा, चालचलन, रहनसहनहरु आदि सबै मनुष्यको शरीर निमाएणको मूलस्वरुप पंचतत्वलाई
संतुलनमा राखेर उसको जीवनको विकास गर्न तथा जीवनको मूल्य बढाउनका लागि गरिएका हुन्
। मनुष्यको शरीरमा पंचतत्व संतुलन गरेर उसको जीवनको विकास गर्न र जीवनको मूल्य बढाउन
विभिन्न उपाय तथा साधना विधि, प्रक्रिया तथा तौरतरिहरुका सैद्धान्तिक तथा व्यवहारिक
ज्ञान, विज्ञानहरुका विषयहरुको प्रयोगात्मक अभ्यास गर्दै आएको छ प्राचीन काल तथा ऋषिमुनिहरुको
सभ्यता कालदेखिनै अध्यात्म साधना, योग साधना, ध्यान साधना आदिका रुपमा । सनातन अध्यात्म
दर्शनले मनुष्यको जीवनको विकास र जीवनको मूल्य तथा महत्वबारे अझ प्रष्ट पार्ने प्रयास
गरेको छ बडो रोचक ढंगले विभिन्न प्रकारले उपमा, उदाहरण, चरित्र चित्रणहरु गरेर । सनातन
अध्यात्मका अनुसार मनुष्य ८४ लाख प्रकारका योनी तथा जुनी पार गरेर बल्ल अन्तिममा मनुष्यको
योनीमा जन्म लिन्छ, यसकारण मनुष्यको योनी अत्यन्तै मूल्यवान र महत्वपूर्ण छ । यो महत्वलाई
कायम राख्न मनुष्यको शरीरका सबै आयामहरु जो प्रत्यक्ष रुपमा पंचतत्वको समिश्रणबाट बनेका
छन्, यसलाई संतुलित तथा व्यवस्थित राख्नु अपरिहार्य हुन्छ र यसकालागि जसरी तथा जुन
विधिबाट हुन्छ शरीरमा पंचतत्वको मात्रा मिलाउनु तथा संतुलनता कायम राख्नु नै एक मात्र
विकल्प हो । मनुष्य योनी तथा मानव जीवनको महत्व अझ प्रष्ट हुनेगरि भगवान श्रीकृष्णले
श्रीमद् भगवद् गीतामा भन्नु भएकोछ, “मनुष्य सबै योनीहरुमा उत्कृष्ट योनी हो त्यसैले
सबै योनीहरुको चक्र पूरा गरिसकेपछि सबैभन्दा अन्तिममा आउछ । मनुष्य योनीमा जन्न लिनुको
प्रमुख लक्ष्य अध्यात्म साधना गरेर आफ्नो शरीर, मन, भाव, वुद्धि, सचेतना अर्थात समग्रमा
पंचतत्वलाई शुद्ध, पवित्र, सक्रिय, जाग्रित, संन्तुलित तथा व्यवस्थित बनाएर आफ्नो वास्तविक
जन्मदाता परमपिता तथा आफ्नो वास्तविक मूलस्वरुप परमात्मामा योगस्थ भएर विभिन्न योनीमा
जन्मिरहनु र मरिरहनु पर्ने जन्म–मृत्युको चक्रबाट मुक्त भएर मोक्ष तथा निर्वाणमा उपलव्ध
हुनु हो । यसकारण मनुष्यको जीवनको क्षणक्षणको समय र जीवन अत्यन्तै महत्वपूर्ण छ, यी
महत्वपूर्ण क्षणहरुलाई त्यसै खेर नफाल । तसर्थ, हे मनुष्य, तिमी आफ्नो शरीरका सबै आयामहरु
तथा पंचतत्व संतुलित तथा व्यवस्थित गरेर, आफूलाई संधै शुद्ध, आरोग्य, उर्जावान, सक्रिय
बनाएर परमात्मा प्राप्तिको मार्ग सहज बनाउने सतविचार, सतकर्म, सर्वकल्याण, दया, करुणा,
दान, पुण्य, परोपकार, श्रद्धा, भक्ति, योग, ध्यान, अध्यात्म, धर्म, संस्कार, संस्कृति,
साधनाका गतिविधिहरुमा लगाउ ।”
शरीरमा पंचतत्व सन्तुलन गर्ने उपाय तथा विधिहरु
मनुष्यले आफ्नो दैनिक जीवनयापनका क्रममा गर्ने गतिविधिहरु कुनैनकुनै प्रकारका साधनानै हुन् तसर्थ मनुष्यको पुरै जीवन एकप्रकारले साधना नै हो, तसर्थ मानव जीवन साधना र साधन दुवै हो । मनुष्यले गर्ने हरेक गतिविधि तथा साधनाहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष उद्देश्य जानेर तथा नजानेर उसको स्थुल र सुक्ष्म शरीर निर्माणका मूलश्रोतहरु पंचतत्व संतुलित तथा व्यवस्थित गर्नकैलागि गरिएका हुन्छन् । हामीले ग्रहण गरेको सन्तुलित आहारबाट हाम्रो शरीरमा पृथ्वी तत्व सन्तुलित हुन्छ; सन्तुलित पेयबाट शरीरमा जल तत्व सन्तुलित हुन्छ; आवश्यकता अनुसार पर्याप्त समय घाममा बस्दा शरीरमा अग्नि तत्व सन्तुलित हुन्छ; खुल्ला तथ स्वस्थ पर्यावरणमा श्वास लिदा तथा रहदा शरीरमा वायु तत्व सन्तुलित हुन्छ; आफ्नो मन, भाव शुद्ध हुने, खुशी, शान्त तथा आनन्दित हुने कामहरु गर्दा शरीरमा आकाश तत्व सन्तुलित हुन्छ र मनुष्य हरप्रकारले आरोग्य, सक्रिय, समृद्ध, सफल, शान्त, आनन्दित रहन्छ र उसको जीवनका सबै आयामहरुको समान किसिमले विकास हुन्छ तथा जीवन हरप्रकारले व्यवस्थित हुन्छ । विकसित तथा व्यवस्थित जीवनकालागि आफ्नो जीवनको मूलश्रोत पंचतत्वलाई हरप्रकारले सम्भव भएसम्म बारबार व्यवहारमा, यादमा, प्रयोगमा ल्याउनु पर्दछ र वाहिरबाट मात्र नभइ भित्रैबाट सुन्दर बनाउनु पर्दछ । यसकालागि हामी आफ्नो दैनिक जीवनमा जतिसक्दो पंचतत्वका विविध आयामहरुको सानिध्यमा तथा सम्पर्कमा आउने प्रयास गर्नुपर्दछ र जतिसक्दो पंचतत्वबाट हामीलाई प्राप्त हुने प्राण उर्जा तथा जीवन उर्जा ग्रहण गर्ने प्रयास गर्नुपर्दछ किनकी हाम्रो स्थुल र सुक्ष्म शरीरमा जति बढि प्राण उर्जा तथा जीवन उर्जाको उपलव्धता हुन्छ उतिनै उत्कृष्ट ढंगले हाम्रो जीवन विकसित र व्यवस्थित हुन्छ हरप्रकारले ।
छोटकरीमा बारबार पंचतत्व संतुलित गर्ने विधि
आकाश तत्वः बारबार आफ्नो जीवनको मूलश्रोतको रुपमा मनमा स्वीकार भाव राखेर आत्मा तथा परमात्मालाई याद गर्दा शरीरमा आकाश तत्व संन्तुलित हुन्छ ।
वायु तत्वः बारबार प्राण तथा जीवन उर्जाको मूलश्रोतको रुपमा मनमा स्वीकार भाव राखेर श्वास–प्रश्वासलाई याद र अवलोकन गर्दा तथा हावाको सम्पर्कमा आइरहदा शरीरमा वायु तत्व संन्तुलित हुन्छ ।
अग्नि तत्वः बारबार प्राण तथा जीवन उर्जाको मूलश्रोतको रुपमा मनमा स्वीकार भाव राखेर सूर्यको ताप, प्रकाश, किरणको सम्पर्कमा आइरहदा शरीरमा अग्नि तत्व संन्तुलित हुन्छ ।
जल तत्वः बारबार प्राण तथा जीवन उर्जाको मूलश्रोतको रुपमा मनमा स्वीकार भाव राखेर पानी पिउदा तथा पानीका क्रियाकलापहरु गर्दा तथा पानीको सम्पर्कमा आइरहदा शरीरमा जल तत्व संन्तुलित हुन्छ ।
पृथ्वी तत्वः बारबार
प्राण तथा जीवन उर्जाको मूलश्रोतको रुपमा मनमा स्वीकार भाव राखेर सन्तुलित खाद्य आहारहरु
ग्रहण गर्दा र माटोमा गरिने क्रियाकलापहरु गर्दा तथा माटो, पर्यावरण, प्रकृतिको सम्पर्कमा
आइरहदा शरीरमा पृथ्वी तत्व संन्तुलित हुन्छ । स्थुल तथा सुक्ष्म शरीरमा पंचतत्व संतुलित
राख्न केही थप उपायहरु निम्नानुसार रहेकाछन्–
पृथ्वी तत्व संतुलित राख्न
सन्तुलित आहार मात्र ग्रहण गरेर; खाद्य आहार ग्रहण र अखाद्य आहारको त्याग गरेर; संतुलित आहारको पोषणबाट मेरो शरीर, मन, भाव, वुद्धि, सचेतनालाई प्राण उर्जा अर्थात जीवन उर्जा मिल्छ भन्ने अन्तरभाव सहितको स्वीकार भाव राखेर; औषधिय गुण भएका आहार, वनस्पति, खनिजहरुको अधिक प्रयोग गरेर; धेरै प्रशोधन नगरिएका खाद्य आहारको अधिक प्रयोग गरेर; स्थानीय क्षेत्रमा फलेका, विषादी न्यूनतम भएका, राम्ररी स्टोर गरिएका, सहि भाँडाकुडामा पकाइएका, सहि तरिकाले पकाइएका, सहि भाँडाकुडामा पस्किएका, ताजा, मौसमी आहार, फल, तरकारीहरुको सहि किसिमले, सहि मात्रामा प्रयोग गरेर; आफ्नो प्रकृति, अवस्था, उमेर तथा आवश्यकता अनुसार सहि प्रकारले, सहि मात्रामा आहार ग्रहण गरेर; साथै सहि तथा स्वस्थकर वासस्थान तथा घर, सहि कोठा हावा खेल्ने, घाम लाग्ने स्थानमा बसेर; कौशी तथा करेसाबारीमा पर्याप्त वनस्पति तथा हरियाली, स्वच्छ तथा सुगन्ध वातावरण बनाएर तथा लगाएर; शरीर, मन, भाव, वुद्धि, चेतनालाई राम्रो लाग्ने, फाइदा पुर्याउने, सुन्दर दृश्य, सुगन्धित वातावरण, सुविधा जनक स्थान, सुविधा प्रदान गर्ने सामग्रीहरुको प्रयोग... आदि गतिविधिहरुबाट शरीरमा पृथ्वी तत्व संतुलित गर्न सकिन्छ ।
जल तत्व संतुलित राख्न
सन्तुलित रुपमा पानी पिएर; शुद्ध
तथा पियन योग्य पेय ग्रहण र अशुद्ध तथा अयोग्य पेयको त्याग गरेर; पानीबाट प्राप्त हुने
पोषणले मेरो शरीर, मन, भाव, वुद्धि, सचेतनालाई प्राण उर्जा अर्थात जीवन उर्जा मिल्छ
भन्ने अन्तरभाव सहितको स्वीकार भाव राखेर; पानीमा गर्ने सबै गतिविधिहरु सन्तुलित मात्रामा
गरेर; वरिपरिको वातावरण अनुसार पानीको तापक्रम मिलाएर पिउने तथा प्रयोग गर्ने गरेर;
दैनिक स्नान गरेर तथा अन्य प्रकारले पानीको सम्पर्कमा आएर; आफू बस्ने कक्षमा आद्रताको
संतुलन मिलाएर; साथै जलबाट प्राण उर्जा प्राप्त हुन्छ, जसबाट जीवनको अमृत रस बन्छ,
अष्ट भातुको प्रक्रिया चल्छ जसले शरीरका सबै रसहरु बनाउन मद्धत गर्दछ, जीवनको रस सन्तुलन
भएन भने जीवन अव्यवस्थित हुन्छ, प्रसस्त पानी पिउनु पर्छ, दैनिक नुहाउनु सरसफाई गर्नु
पर्छ भन्ने आधारभूत ज्ञान जानेर त्यसै अनुसार जीवनशैली सहि गरेर.... आदि गतिविधिहरुबाट
शरीरमा जल तत्व संतुलित गर्न सकिन्छ ।
अग्नि तत्व संतुलित राख्न
प्राण ब्रम्हाडिय महाउर्जा तथा
जगत उर्जा हो, सबै अकागगां, तारापञ्ज, सौर्यमण्डल, ग्रह, नक्षेत्र, पिण्ड तथा प्रकृतिहरुको
एकमुष्ट उर्जा हो । हामी मिल्किवे आकाश गंगाको नौ ग्रह र धेरै उपग्रहहरु भएको सौर्य
मण्डल अन्तर्गत रहेको पृथ्वी ग्रहमा वास गर्दछौं । हाम्रो नजिक जेजे छ त्यसले हामीलाई
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । यसकारण हामीबाट सबै भन्दा
नजिकका नव ग्रहहरुलाई सनातन ज्योतिष विज्ञानले हाम्रो जन्म कुण्डलिमा समेटेको छ । हामी
जन्मलिदाको अवस्थामा ग्रहहरुको दिशा, गति तथा अवस्था अनुसार तिनको प्रभाव हाम्रो जन्मदेखि
मृत्युसम्म जीवनभरि क्षणक्षण परिरहेको हुन्छ । हाम्रो सौर्य मण्डलको सबै भन्दा ठूलो
ग्रह सूर्य हो र अरु आठ वटा ग्रहहरु सूर्यको परिपरि परिक्रमा गर्दछन् । सूर्य ग्रहको
सानिध्यमा रहदा सूर्यको यर्जासंगै प्राप्त हुने जगत उर्जाले केवल अग्नि तत्व मात्र
नभएर संतुलित जीवनकालागि अत्यावश्यक पर्ने अरु अनन्त प्रकारका हामीले थाहानै नपाएका
अत्यन्तै उपयोगी तत्वहरु प्राप्त हुन्छन् । तसर्थ हामी सूर्यलाई बारबार याद गरौं, सूर्यलाई
हेरौं, सूर्यको सानिध्य प्राप्त हुनसक्ने सबै प्रकारका आध्यात्मिक, धार्मिक, सांस्कृतिक,
व्यवहारिक गतिविधिहरु गरौं; सूर्यको प्रकाश, किरण, ताप हाम्रो शरीरमा पर्न दिउँ हरप्रकारले;
आवश्यकता अनुसार सूर्य स्नान गरौं .... आदि गतिविधिहरुबाट शरीरमा अग्नि तत्व संतुलित
गर्न सकिन्छ ।
वायु तत्व संतुलित राख्न
वायु तथा हावाले ब्रम्हाण्डिय
प्राण उर्जाको प्रवाह, लय तथा आयाम मिलाउने हुनाले हावा तथा हावामा रहेको अक्सिजबाट
प्राप्त हुने पोषणले मेरो शरीर, मन, भाव, वुद्धि, सचेतनालाई प्राण उर्जा अर्थात जीवन
उर्जा मिल्छ भन्ने अन्तरभाव सहितको स्वीकार भाव राखेर; आफ्नो श्वास–प्रश्वासलाई बारबार
याद गरेर; श्वास–प्रश्वासलाई बारबार लामो र गहिरो बनाएर; घरि एक नाक थुनेर अर्कोबाट
मात्र श्वास–प्रश्वास तान्ने र फाल्ने गरेर; श्वास–प्रश्वास तान्दा तथा फाल्दा छाति
फूलेको तथा खुम्चिएको, नाभि उठेको तथा भित्र पसेको याद गरेर... आदि गतिविधिहरुबाट शरीरमा
वायु तत्व संतुलित गर्न सकिन्छ ।
आकाश तत्व संतुलित राख्न
रुतुतुतु रुतुतुतु सांतगीतिक धून योगासन गर्नुअघि शरीर तताउन र खुलाउनका लागि
https://www.youtube.com/watch?v=B_bI_nffLLo
(२)शरीर खुलाउन ३ मिनेट उभिएर घुँडा, कम्मर, कुम, हात, गर्धन घुमाउँ, दुई हातका हत्केला भुईंतिर फर्काएर छाति अगाडि राखौं र शरीरलाई दायाँ-बायाँ घुमाउँ तथा बटारौं कम्मरसम्म जोड पर्ने गरेर । हत्केला झनन्न हुनेगरि अगाडि र पछाडि छिटोछिटो ताली बजाउँ । उच्च बास भएको संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।
(३)शरीर तन्काउन ५ मिनेट उत्तानो पल्टेर सेतुबन्द आसन गर्नेछौं । ढाडको बलमा उत्तानो परेर लम्सामर बनौं, विस्तारै दुवै कुर्कुच्चालाई हिपको नजिकै ल्याउँ, दुवै हात कुर्कुच्चाको नजिक राखौं, अव पैताला र कुमको बलले हिपलाई माथि आकाशतिर उठाउँ, एकछिन त्यही अवस्थामा अडिराखौं र फेरी पूर्ववत लम्पसार अवस्थामा फर्कौं । यो प्रक्रिया तथा विधि जम्मा ६ पटक गरौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।
(४)शरीर तन्काउन ५ मिनेट उत्तानो पल्टेर
पवनमुक्त आसन गर्नेछौं ।
(१)पुतली प्राणायाम- ४ मिनेट कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र दुवै हात छाति अगाडि जोडेर हातका औंलाका टुप्पा जोडेर दुवै हातलाई चराले पखेटा चलाए जसरी तथा कसैलाई खिस्याउदा खुचिगं पर्यो भनरे शरीरले हाउभाउ गरेको जसरी सकेसम्म छिटो-छिटो श्वास वाहिर फाल्दै पाखुरा माथि-तल गरिराखौं कम्तिमा ५० पटकसम्म वा अझ बढि पटक पनि गर्न सकिन्छ । यसलाई हात तथा पाखुरामा गरिने पुतली प्राणायाम भन्ने गरिन्छ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मन एकाग्र हुन मद्धत गर्दछ।
(२)पूरक-कुम्भक-रेचक प्राणायाम- ४ मिनेट पूरक-कुम्भव-रेचक प्राणायाम स्वास्थ्यको लागि अत्यन्तै लाभदायक मानिन्छ । यसकालागि कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र दुवै हातका बुढी र चोरी औंलाका टुप्पा जोडेर ज्ञान मुद्रा बनाएर आकाशतिर फर्काएर घुँडामाथि राखौं । लामो श्वास भित्र लिनु पूरक क्रिया हो; श्वास भित्र रोक्नु अन्तर कुम्भक क्रिया हो; गहिरो श्वास वाहिर फाल्नु रेचक क्रिया हो; र श्वासलाई वाहिर फालेर रोक्नु वहिर कुम्भक हो । सबैभन्दा पहिला लामो श्वास भित्र लिएर ४-५ सेकेण्ड वा बढि समय श्वासलाई भित्र रोकौं र गहिरो श्वास वाहिर फालौं लिएको भन्दा डेढ गुणा बढि तथा ४-६ को अनुपातमा । गहिरो श्वास वाहिर फ्याकेपछि ४-५ सेकेण्ड वा बढि समय श्वासलाई वाहिरै रोकौं । फेरी यही प्रक्रिया अनुसार लामो श्वास भित्र लिउँ, रोकौं, गहिरो श्वास वाहिर फालौं र फेरी श्वास वाहिर रोकौं । यही प्रक्रिया तथा विधि आफ्नो अवस्था र आवश्यकता अनुसार दोहोर्याइ राखौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मन एकाग्र हुन मद्धत गर्दछ ।
(३)नाडीसोधन प्राणायाम- ७ मिनेट कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र नाडी सोधन प्राणायाम गरौं, नाडीसोधन प्राणायाम अनुलोम-विलोम प्रायायामकै अर्को अत्यन्तै प्रभावकारी र परिणाममुखी प्रकार हो । यसकालागि दाहिने हातको बुढी औंलोले दाहिने नाक बन्द गरेर देब्रे नाकबाट लामो श्वास भित्र तानौं, अव दाहिने हातको साहिंली अर्थात औंठी लगाउने औंलोले देब्रे नाक बन्द गरेर दाहिने नाकबाट गहिरो श्वास वाहिर फालौं र अव श्वास फालेकै नाकबाट लामो श्वास भित्र लिएर, केही सेकेण्ड त्यही अवस्थामा रोकिएर अर्को नाकबाट गहिरो श्वास वाहिर फालौं, फेरी फालेकै नाकबाट लामो श्वास लिएर अर्को नाकबाट गहिरो श्वास वाहिर फालौं । यही प्रक्रिया दोहोर्याइ राखौं १०-१५-२० पटकसम्म तथा अझ बढि पटकसम्म आफ्नो आवश्यकता तथा अवस्था अनुसार । प्रारम्भमा देब्रे नाक तथा शितल चन्द्र नाडीबाट श्वास लिनुपर्दछ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मन एकाग्र हुन मद्धत गर्दछ ।
(ग)२० मिनेट ध्यान साधना
(१)आधा समय तथा १० मिनेट मैले बजाएको मध्यम लयमा रहेको मूलाधार चक्रको ‘लं~~’ विज मन्त्र एकसाथ उच्चाहरण गरौं र मूलाधार चक्र स्थित रहेको स्थान जनेन्द्रिय क्षेत्र तथा मेरुदण्डको पुच्छारमा रातो रंगको बिजुलीको चम्किलो बल्बको रुपमा मूलाधार चक्र तथा पृथ्वी तत्वलाई याद गरौं ।
(२)बाँकी आधा समय तथा १० मिनेट मैले बजाएको अर्को लामो लयमा रहेको मूलाधार चक्रको ‘लं~~’ विज मन्त्र सुन्दै मूलाधार चक्र स्थित रहेको स्थान जनेन्द्रिय क्षेत्र तथा मेरुदण्डको पुच्छारमा रातो रंगको फुटबल आकारको चम्किला किरणहरु प्रज्वलित भैरहेको प्रकाश पुञ्जको रुपमा मूलाधार चक्र तथा पृथ्वी तत्वलाई याद गरौं अत्यन्तै ध्यान दिएर मन कतै नभड्काइकन, मन भड्कियो भने लामो श्वास भित्र तानौं र लामो श्वास वाहिर फालौं, मन तुरुन्तै मूलाधार चक्रको ‘लं~~’ विज मन्त्रको लयमा तथा वर्तमानमा फर्किनेछ... ।
‘लं~~’ विज मन्त्र लयात्मक उच्चाहरण
र तरंग ध्वनि
https://www.youtube.com/watch?v=WwTNGJXYOf8
‘लं~~’ विज मन्त्र लयात्मक उच्चाहरण र तरंग ध्वनि
https://www.youtube.com/watch?v=0KhsBveTzMo
कामदं मोक्षदं चैव ॐकाराय नमो नमः॥
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
दुवै हातका हत्केलालाई एकआपसमा रगडौं, घर्षणबाट न्यानो भएका हत्केला को दिव्य उर्जालाई हल्कासंग आँखामाथि राखौं र हत्केला का रेखाहरु हेर्दैहेर्दै विस्तार आँखा खोलौं र सामान्य बनौं, विस्तारै गोडा खोलौं, पसरौं तथा पूरै शरीर चलाउँ ।
प्रश्नः कस्तो अनुभव भयो ५० मिनेटको योगासन, प्राणायाम र ध्यान साधनापछि ?
उत्तरः शरीरमा एकदम फरक प्रकारको अनुभव भैरहेको छ, आरामको महसुस भैरहेको छ, श्वास-प्रश्वासमा सजिलो भएको छ, मन अलि सहज भएको छ, जीवनशैली पनि पहिलाको भन्दा सकेसम्म परिवर्तन गर्ने प्रयास गरिरहेको छु । राति सुत्ने र विहान उठ्ने, विहान आफ्नोलागि समय दिने गर्न थालें व्यायाम गर्न, खानपानमा सुधार गर्दैछु, नचाहिने साथीसंगत, भेटघाट, अनावश्यक खर्च तथा नगरे पनि हुने कामकुराहरु का गर्ने प्रयास गरिरहेको छु, मेरो समय वचत भैरहेको छ । त्यसैले, एउटा जिज्ञासा आएको छ मनमा- म एकल त होइन तर एक्लै छु श्रीमान विदेशमा रहनु भएकोले, मलाई आफैं केही काम शुरु गर्न मन लागिरहेको छ उपयोगी व्यस्ताको लागि, मसंग लगानी गर्ने पाँजी पनि छ तर के गर्ने र कसरी गर्ने भन्ने पर्याप्त ज्ञान तथा योजना छैन, उत्साह छ तर हात हाल्ने हिम्मत भएको छैन, अर्को कक्षामा यसबारे सल्लाह पाउने अपेक्षा गर्छु गुरुवर… ।
अवश्य कुञ्जना, जे काम गरे पनि प्राकृतिक स्वभाव तथा आफ्नो रुचि भएको काम गर्नुपर्छ र त्यसबारे पूरा जानकारी लिएर मात्र प्रारम्भ गर्नुपर्दछ सहजता र सफलताका लागि ।आजको योग साधनाको पाँचौं कक्षा यहीं सम्पन्न भएको छ ।आजकै समयमा भोलि जुम अनलाइमा फेरी भेटौंला छैठौं कक्षामा योग साधनाको सैद्धान्तिक ज्ञानको श्रवण १० मिनेट र प्रयोगात्मक अभ्यास ६० मिनेट गरि १ घण्टा र १० मिनेट योग साधना गर्नेछौं । संधै सुखी, खुशी र शान्त रहनुस्, वास्तविक समृद्धि तथा सफलता आन्तरिक सुख, खुशी, शान्ति र आनन्द हो यो आफैंभित्र छ, वाहिर खोजेर पाइदैन, वाहिर खोज्ने प्रयास गर्यौं भने हामीसंग भएको सुख, खुशी, शान्ति र आनन्द पनि क्षय भएर जान्छ, तपाईंलाई त्यही भएको हो र क्रमिक रुपमा तपाईंको स्वास्थ्य र शरीर व्यवस्थित हुदै गैरहेको छ, सबै सहि हुन्छ अव विस्तारै, आस्था राख्नुस् । शुभदिन !
हस्, शुभदिन ! गुरुवर !! धेरै धन्यवाद !!!
हरि ॐ तत्सत् !
हे ॐकार स्वरुप हरि, केवल तिमी सत्य छौ !!
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment