Sunday, 1 March 2026

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

 डा. सिर्जना भण्डारी                                                      

                                        #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

७८.पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

इशाको १८औं शताव्दीको उत्तरार्धदेखि १९औं र २०औं शताव्दीमा दक्षिण एशिया क्षेत्रका भारत, नेपालका सनातन हिन्दु धर्म तथा सम्प्रदायमा पूनरजागरण(रेनेशा) तथा नवजागरणको युग प्रारम्भ भयो र यही कालखण्डलाई पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहरका रुपमा मानिएको छ । यूरोपमा १४औं शताव्दीमै आएको पूनरजागरण कालखण्ड दक्षिण एशिया खासगरि नेपाल र भारतमा किन १९औं शताव्दीमा यति ढिलो आयो भन्ने सवाल जोडिन पनि सक्छ । सबैभन्दा पहिला यूरोपको इटलीमा राजनीतिमा अत्यन्तै धेरै धर्म हावी भएको कारण राजनीतिलाई धर्मबाट अलग राख्न र धर्मलाई अलि उदारवादतिर ढाल्नका लागि पुनरजागरण अभियान प्रारम्भ भएको थियो । तर दक्षिण एशियाको सन्दर्भ यो भन्दा अलि फरक रहेको छ, अंग्रेजहरुको राजनीतिकका साथसाथ सांस्कृतिक विस्तारवाद तथा इशाइहरुको धर्म परिवर्तन गराउने बदनियत विरुद्ध लड्नका लागि दक्षिण एशियामा पुनरजागरणको अभियान प्रारम्भ भएको थियो । सर्वप्रथम व्यापार व्यवसाय गर्ने बहानामा अंग्रेजहरु दक्षिण एशियाको भूमिमा आएका थिए र यस क्षेत्रको सरलताको फाइदा उठाउदै ृनीहरुले आफ्नो प्रभाव तथा कब्जा बढाउदै लगे र विस्तारै आधूनिक आणविक र सैन्यशक्तिको बलले अधिकांस क्षेत्रफल हडपेर पूरै दक्षिण, दक्षिण–पूर्वी एशिया र पश्चिम एशियाका केही क्षेत्रहरुमा समेत आफ्नो औपनिबेसिक विस्तारवाद फैलाए र त्यस क्षेत्रका स्थाइ वासिन्दाहरुमाथि दमनको राजनीति बढाउदै क्रमशः राजनीतिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक औपनिवेशिक अभिष्ट बढाउदै पूर्वीय सनातन समाजमा अनियमितता, शोषण र अत्याचार बढाउदै लगे । सनातनीहरुमाथि अनियमितता, शोषण र अत्याचार गर्ने काममा विशेषगरि यस क्षेत्रमा आएका इशाइ मिसनरीहरुले इसाइ अर्थात क्रिश्चियन धर्मका गतिविधिहरुलाई सक्रिय बनाउदै लगे कल–छल–बल–प्रलोभनको रणनीति अपनाएर सनातन हिन्दुहरुलाई इशाइ धर्ममा रुपान्तरण गराएर । यसप्रकारको शक्ति र बदनियतको राजनीतिमा सनातन धर्मावलम्विहरु म्ुस्किलमा परे कि अव कसरी इशाइ बलमिच्याइपूर्ण हस्तक्षेपबाट आफू, आफ्ना नयाँ पुस्ता र आफ्नो आदर्श, धर्म–संस्कृति, आफ्ना मूल्य–मान्यताहरुलाई बचाउने र आफ्नो समुदाय तथा सम्प्रदायमा स्थापित गरिराख्ने भन्ने सन्दर्भमा । अंग्रेजहरुको चरम दबदबाका कारण तत्कालीन समयमा हरप्रकारले शक्तिशाली रहेको इशाइ धर्मसंग आफ्नो रक्षार्थ कसरी लड्ने, भिड्ने र आफ्ना सनातन धारणा, सिद्धान्त, दर्शनहरुलाई कसरी निरन्तरता दिरहने भन्ने अत्यन्तै ठूलो चुनौति तथा चिन्ता अगाडि आएको थियो सनातन समुदाय तथा सम्प्रदाय समक्ष र उपयुक्त चिन्तनको आवश्यकता थियो । इशाइहरुले सनातन समाजका विभिन्न जात–जाति, समुह, समाज तथा सम्प्रदायका मानिसहरुलाई निरन्तर भडकाइरहेका थिए हिन्दु धर्मबाट इशाइ धर्ममा धर्म परिवर्तन गराउनका लागि । यसक्रममा उनीहरुको पहिलो बदनियतपूर्ण रणनीति रहेको थियो तत्कालीन सनातन समाजको अनेकता अर्थात विभिन्न पन्थ तथा सम्प्रदायमा विभाजित रहेको अवस्था; ३३ कोटी देवीदेवता मान्ने तथा धर्म विभाजित रहेको तथा धर्ममा एकता नभएको अवस्था; जातिभेद, छुवाछुत, लिंगभेद, वर्गभेद आदि विषयहरु व्याप्त रहेको अवस्थामा विभिन्न तर्क तथा कुतर्कहरु गरेर सोझासादा सनातनीहरुलाई उनीहरुकै सनातन धर्म र सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यताहरु विरुद्ध अनावश्यक रुपमा भड्काएर; नभड्कीनेहरुलाई नगद तथा जिन्सीको प्रलोभन दिएर; प्रलोभनमा नआउनेहरुलाई दण्डीत गर्ने धम्की दिदै तर्साएर; धम्की तथा तसाईबाट पनि प्रभावित नहुनेहरुलाई हिंसा प्रयोग गरेर तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा दण्डित गरेर; सनातन धर्मका भगवान तथा देवी–देवतहरुको मौखिक र व्यवहारिक रुपमा अपमान गरेर; वैदिक यज्ञ तथा अनुष्ठानहरु विथोलेर; सनातन शास्त्रहरु च्यातेर तथा यज्ञमा डढाइदिएर नोक्सान पुर्याउदै उनीहरुले गर्नसक्ने जति सबैप्रकारका विनासकारी हतकण्डाहरु अपनाएर अत्यन्तै त्रासको अवस्था निर्माण गरेर क्रुर ढंगले सनातनीहरुलाई धमाधम हिन्दु धर्मबाट इशाई धर्ममा परिवर्तन गराइरहेका थिए तिब्रताकासाथ किनकी राजनीतिक विस्तारवादमा उत्रिएका अंग्रेज तथा इशाइहरुको मुख्य उदेश्य संसारभरि आफ्नो दबदबा बढाउनु र इशाइ अर्थात क्रिश्चियन धर्म तथा सम्प्रदायलाई विश्वभरि विस्तार गर्नु तथा फैलाएर अरु धर्महरुलाई निस्तेज गर्नु थियो । 


यस्तो अत्यन्तै मुस्किल घडिमा केही ज्ञानी तथा वौद्धिक बुज्रुक सनातनीहरुले सनातन धर्मलाई यस्तो अवस्थाबाट बचाएर आफ्ना मूल्य–मान्यताहरु अरुलाई मास्न दिनु हुदैन भन्ने दृढ संकल्पकासाथ सनातन धर्मलाई एउटा नयाँ स्वरुप प्रदान गर्ने ऐतिहासिक साहसिक निर्णय गरे ताकि पश्चिमी इशाइधर्मी, अंग्रेज तथा पाश्चात्य दर्शनको सामुन्य आफ्नो सनातन धर्म तथा सम्प्रदायका मूल्य–मान्यताहरु र आफ्ना धार्मिक तथा सांस्कृतिक विषयहरु राम्ररी, स्पष्टसंग, मजबुत ढंगले राख्न सकियोस् । सनातन धर्म तथा सम्प्रदायमाथि आएको यस्तो चुनौतिपूर्ण अवस्थाको सामना गर्न निर्माण गरिएका सनातनीहरुले सामुहिक रुपमा प्रारम्भ गरेका रणनीतिहरुलाई नव वेदान्त(नियो वेदान्त) तथा नव हिन्दुवाद(नियो हिन्दुइजम) शव्दावलीहरुले सम्वोधन गर्न थालियो । ‘नियो वेदान्त’ शव्दले सम्वोधन पहिलोपटक पश्चिमी विद्वान पौल हेकरले दिएका थिए व्यंग्यको रुपमा किनकी उनी सनातनीहरुको एकता तथा एकरुपताको गठबन्धनसंग रिसाएका थिए र रिसाएर खिस्याएको शैलीमा सनातनीहरुको तत्कालीन पुनरजागरण अभियानलाई नव वेदान्त तथा नव वेदान्तवाद भनेका थिए । यसप्रकारको एकजुटले इशाईहरुलाई सनातन हिन्दुहरुलाई इशाइमा धर्मान्तरण गर्न मुस्किल परिरहेको थियो अर्थात उनीहरुको अभिष्टमा ठेस लागिरहेको थियो । किनकी छरिएको अवस्थामा रहेका सनातन हिन्दुधर्मीहरुमा प्रभाव पार्न र धर्म परिवर्तन गर्न इशाईहरुलाई सजिलो थियो । पूनरजागरण तथा नव वेदान्त अभियानको सबैभन्दा पहिलो समुह ‘ब्रम्ह समाज’ थियो र यस समुहको नेतृत्व राममोहन रायले गर्नुभएको थियो । राम मोहन राय र वहाँले नेतृत्व गर्नुभएको ब्रम्ह समाज समुहमा इसाइ धर्म तथा सम्प्रदायको पनि प्रभाव रहेको थियो, वहाँले हिन्दु र इशाई धर्मका मूल्य–मान्यताहरु लिएर एउटा नयाँ सिद्धान्त बनाउनु भएको थियो र यस सिद्धान्त तथा अवधारणा अन्तर्ग रहेर ब्रम्ह समाज समुहले इशाई तथा अंग्रेजहरुले बारबार नकारात्मक किसिमले आवाज उठाइरहेका तथा उछालिरहेका सनातन हिन्दु धर्मका विषयहरु– सनातन समाज अनेकता अर्थात विभिन्न पन्थ तथा सम्प्रदायमा विभाजित रहेको; ३३ कोटी तथा करोड देवीदेवता मान्ने; धर्म विभाजित रहेको तथा धर्ममा एकता नभएको; जातिभेद, छुवाछुत, लिंगभेद, वर्गभेद व्यापक रहेको आदि भेदभाव, कुरीति तथा अन्धविश्वासका विषयहरुलाई क्रमशः खारेज गर्ने र त्यसमा सक्दो सुधार ल्याउने प्रयास प्रारम्भ गर्यो । यसपछि देबेन्द्रनाथ टैगोरले पुरनरजागरण अभियानलाई अगाडि बढाउनु भयो । समय बितेसंगै यो अभियान पुस्तानतरण हुदैगयो र पछिल्लो पुस्तामा केशव चन्द्र सेनको प्रादुर्भाव भयो जो यस पूनरजागरण अभियानका निकै प्रभावशाली र लोकप्रिय अभियन्ता बन्नुभयो । नव वेदान्तवाद तथा पूनरजागरणका यी तीन महानायकहरुको गठबन्धनको अभियानले बंगालमा पहिलो पटक एउटा सांगठनिक अवधारणा प्रतिपादन गर्यो जसले महान वक्तव्य जारी गर्दै भन्यो, सनातन समाजमा जतिपनि अलग–अलग समाज, समुदाय तथा सम्प्रदायहरु छन् ती अलग–अलग नभएर सबै एउटै सनातन हिन्दु धर्मका अभिन्न अंग हुन् । यसप्रकारको तर्कका कारण यो अभियानलाई नव हिन्दुवादको संज्ञा प्रदान गरियो । सबै समाज, समुदाय तथा सम्प्रदायहरुलाई एकत्वमा ल्याएर नव हिन्दुवादको अभियानमा समेटेपछि यसअघि रहदै आएका जात–जाति, लिंग–लैंगिकता, उच–निच तथा छुवाछुत जस्ता भेदभावहरु हटाएर सबैलाई समान व्यवहार गर्ने र सम्मान प्रदान गर्ने रणनीति प्रारम्भ गरियो ताकि सनातन हिन्दु धर्ममा कुनै छुवाछुत, भेदभाव, असमानता, कुरीति तथा अन्धविश्वास देखाएर तथा यिनै अवस्थाहरुलाई कारण बनाएर भड्काएर, झुक्याएर, प्रलोभन दिएर इशाईहरुले कोही सनातनीहरुलाई आफ्नो धर्म–संस्कृति त्यागेर इशाई धर्म धारण गर्न बाध्य बनाउने अवस्था अव आइन्दा नबनोस् किनकी यो समयमा अनेक हतकण्डाहरु अपनाएर इशाईहरुले सनातनीहरुको धर्म परिवर्तन गर्ने अभियानलाई तिब्र बनाएका थिए र यस नव हिन्दुवाद अभियानको मूल लक्ष्य यसरी जथाभावी किसिमले भैरहेको धर्म परिवर्तन रोक्नु थियो । नव हिन्दुवादको अवधारणा र प्रभावकारी कार्यसंगै सनातन समाजमा एकत्व बढ्दै गयो र देशभरिका सबै समुह, समाज, समुदाय तथा सम्प्रदायहरुले आफूहरु सबै एक रहेको र समग्र सनातन हिन्दु धर्मको अभिन्न अंग रहेको स्वीकार गरे र यस अभियानमा दृढ संकल्पकासाथ जोडिए र यो अभियान अझ जोडतोडको अभियान लिएर अगाडि बढ्यो । 



स्वामी विवेकानन्दको प्रादुर्भाव

पछिल्लो पुस्तामा नव वेदान्त तथा नव हिन्दुवादमा अर्को महत्वपूर्ण कडिका रुपमा यस अभियानका अत्यन्तै प्रखर अभियन्ता बनेर नरेन्द्रनाथ दत्तको प्रादुर्भाव भयो र वहाँले पुनरजागरण तथा नव वेदान्त अभियानमा निकै महत्वपूर्ण योगदान पुर्याउनु भयो । वहाँनै पछि गएर विश्वको पश्चिम भूगोलमा पूर्वीय सनातन दर्शनको विगुल फुक्ने र पाश्चात्य जगतमा पूर्वीय सनातन दर्शनको विस्तार गर्ने महान नायक तथा अभियन्ता स्वामी विवेकानन्दका रुपमा परिचित हुदै विश्वविख्यात र लोकप्रिय सनातनी एवं नव वेदान्त तथा नव हिन्दुवादका प्रमुख प्रतिकका रुपमा सावित हुनुभयो विदेशी तथा पश्चिमाहरुका लागि समेत । शुरुका दिनमा नरेन्द्रनाथले पुनरजागरण अभियानका समुहहरुसंग मिलेर काम गर्नुभयो र पछि सनातन हिन्दु धर्मका महान व्यक्तित्व परमहंस रामकृष्णसंग सहकार्य गरेर, वहाँका शिष्य स्वामी विवेकानन्दका रुपमा सनातन समाजको पुनरजगरण तथा पुनरउत्थानको अभियानमा समर्पित अवधारण नव वेदान्त तथा नव हिन्दुवाद अन्तर्गत रहेर पूर्वीय सनातन दर्शनको विकास तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनुभयो । आफ्ना गुरु परमहंस रामकृष्णसंग भेटदाको पहिलो संवाद नै निकै दार्शनिक शैलीबाट प्रारम्भ भएको वहाँहरुविच भएको दार्शनिक संवादको रोचक प्रसंग निकै चर्चित रहेको छ सनातन समाजमा । नव वेदान्त अवधारणमा स्वामी विकानन्दले अझ महत्वपूर्ण र धेरै सान्दर्भिक विषयहरु थप्नु भयो र पछि गएर वहाँलाईनै नव वेदान्त दर्शनका प्रणेताको श्रेय दिइयो र सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहरमा प्रतिपादित भएको नयाँ अवधारणा तथा सिद्धान्त नव वेदान्त दर्शनको रुपमा लोकप्रिय बन्यो । यसपश्चात पुनरजागरणबाट प्रारम्भ भएको नव हिन्दुवाद तथा नव वेदान्तमा धेरै व्यक्तित्वहरु जेडिनुभयो । सनातन समाजको उच्च व्यक्तित्व तथा स्वाधितनता संग्रामका नेतृत्वकर्ता स्वामी अरविन्द घोष नव वेदान्त अभियानमा जोडिनुभयो । वहाँको स्वाभाव दार्शनिक प्रकृतिको भएकोले पछि वहाँ आफैंले नयाँ अवधारणा तथा दर्शनको प्रतिपादन गर्नुभयो जुन ‘पूर्ण योग दर्शन’को नामबाट चिनिन्छ, कतैकतै वहाँको यो दर्शनलाई ‘पूर्ण अद्वेत दर्शन’ पनि भनिएको छ । यसपछि अर्को महान व्यक्तित्व सन्त राजनीतिज्ञ महात्मा गान्धी यस नव वेदान्त अभियानमा जोडिनु भयो । श्रीमद भगवद् गीताका अनन्य सेवक र यसउपर विभिन्न भाष्यहरु लेख्नुभएका प्रखर आध्यात्मिक तथा धार्मिक व्यक्तित्व महात्मा गान्धी दार्शनिक व्यक्तित्व हुनुहुन्छ र नव वेदान्त र वैष्णव वेदान्त दुवै दर्शनको सेवक रहनु भएको हुनाले वहाँको दर्शनले पनि नव वेदान्त दर्शनमा एक महत्वपूर्ण स्थान ओगटेको छ । यस पंतिmमा अर्को नाम जोडिन्छ डा. सवपली राधा कृष्णनको, वहाँको अवधारण तथा दर्शन पनि नव वेदान्तनै हो । केही हदसम्म ‘आर्य समाज’का संस्थापक र ‘सत्यार्थ प्रकाश’का प्रणेता दयानन्द सरस्वतीको दर्शन पनि नव वेदान्त तथा नव हिन्दुवादसंग निकट रहेको पाइन्छ ।


पूनरजागरणबाट प्रारम्भ भएको सनातन अभियान नव हिन्दुवाद तथा नव वेदान्तसम्म आइपुग्दा यसका सबै उपलव्धिहरुको नतिजास्वरुप अत्यन्तै महत्वपूर्ण विषय तथा नयाँ शव्दावली राष्ट्रियतावाद(नेसनालिजम) तथा समानतावाद(इक्वालिजम)को उदय भयो र यो तत्कालीन समाजको उत्थान तथा विकासका ालागि अत्यन्तै महत्वपूर्ण अवधारण थियो र स्वतन्त्रता संग्राममा विजयको महत्वपूर्ण सारथी पनि बन्न सफल भयो । यी सबै अभियान, अवधारणा तथा दर्शनहरुको मूल उद्देश्य अलग–अलग रुपमा छरिएर रहेका सबै सनातन हिन्दु धर्मावलम्विहरुलाई एकसुत्रमा ल्याएर आफ्नो समुह, समुदाय, समाज, सम्प्रदाय, धर्म, संस्कृति, संस्कार, परम्परालाई वाहिरीयाहरुको स्वार्थपूर्ण नजरबाट जोगाउनु र बलियो बनाउनु थियो र यहाँसम्म आइपुग्दा पूर्वीय सनातन दर्शनको विकास तथा प्रवद्र्धनमा सनातन समाजको यो महान र महत्वपूर्ण उद्देश्य पूरा भयो ।     
       

नव वेदान्तको आवश्यकता किन भयो

आदिगुरु शंकराचार्यको अद्वेत वेदान्त दर्शनलाई अनुशरण गर्ने धेरै अनुयायीहरु आफू जीवनयापन गरिहेको यस जीवन र जगतलाई भ्रम, माया, मिथ्या, निस्सार तथा बिना अर्थको मान्दथे । यदि यो जीवन र जगत सबै मिथ्या छ, असत्य छ, यसको कुनै अर्थ छैन भने जीवनमा केकोलागि मेहनेत गर्ने, किन संघर्ष गर्ने, व्यक्ति, समाज, धर्म–संस्कृति, देशलाई किन स्वन्त्रता चाहियो, किन विकास चाहियो, केको पीर, किन चिन्ता, के विदेशी, के स्वदेशी, के जात, के वर्ण, के वर्ग, के प्रगति, के सफलता, के साथीसंगत, के प्रेम, के परिवार, के सन्तान, के देश, के प्रकृति, के मानवीयता... आदिका विषयमा सबैतिर उदाषी तथा निराशा छायो किनकी जव केही पनि सत्य छैन भने जीवनमा केकोलागि दुःख तथा संघर्ष गर्ने, किन गर्ने । मानिसहरुको सोच तथा जीवन यस्तो निराशाजनक तथा लक्ष्यविहिन हुदैगएकोले सनातन समाजमा युग सान्दर्भिक हुनेगरि सुधारीएको अवधारणा नव वेदान्त दर्शनको आवश्यकता महसुस भयो किनकी जीवनमा स्वतन्त्रताको लडाइ लड्न, जीवनमा केही प्राप्तिको लागि अध्ययन गर्न, पेशा–व्यवसाय गर्न, मेहनत गर्न यो संसार तथा जगतमा जीवन जिउने हामी मनुष्यलाई आफ्नो जीवन र जगत सत्य लाग्नुपर्छ अनि बल्ल हरकोहीमा केही गर्ने जोश र प्रेरणा जाग्दछ, झूठो संसार, झुठो जीवनका लागि मेहनत तथा संघर्ष गर्न अन्तरमनदेखि अपनत्व भावका साथ कोही पनि तयार हुदैन । यसकारण सनातन समाजका सबै सनातनीहरुमा तत्कालीन परिस्थितिमा स्वतन्त्रताकालागि लड्न, सबैमा सन्तुलनता, समानता तथा व्यवस्थापन मिलाउनकालागि मानिसहरुमा जोश, प्रेरणा तथा आत्मवल जगाउन नव हिन्दुवाद, नव वेदान्तवाद, राष्ट्रियतावाद तथा समानतावादको अवधारणा तथा आवश्यकता महसुस भयो र यसको प्रादुर्भाव भयो । नव हिन्दुवाद, नव वेदान्तवाद, राष्ट्रियतावाद तथा समानतावादले देशको स्वतन्त्रता संग्रामको सफलतामा निकै बल पुर्यायो र देश तथा देशका नागरीकलाई २०० वर्ष पुरानो विस्तारवादी निरंकुश अंग्रेज सत्ता र मौका परस्त इशाईहरुको कुनियतबाट सदाकालागि स्वतन्त्रता मिल्यो र यो उपलव्धि संगै पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर यहीं समाप्त भयो र नयाँ प्रकारको छैठौं लहरको प्रारम्भ भयो स्वतन्त्र भएको नयाँ समाज संगसंगै ।    


छिट्टै, विस्तारमा

(६)छैठौं लहर– नवयान, जे. कृष्णमूर्ति, ओशो रजनीश लगायत (अंग्रेजबाट स्वतन्त्र भएपछि वर्तमानसम्म, सन् १९५० यता...)

                                                               शिवोहम् योगपीठ



   


Saturday, 28 February 2026

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको चौथो लहर: वेदान्त युग

 डा. सिर्जना भण्डारी                                                      

                                        #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

७.पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको चौथो लहर: वेदान्त युग

सनातन हिन्दु समाजमा इस्लामको आगमन भन्दा ३–४ सय वर्षअघि अर्थात तेस्रो तथा चौथो शताव्दी र इस्लामको पतन तथा बहिरगमन भन्दा ३–४ सय वर्षपछि अर्थात लगभग १७औं शताव्दीको कालखण्डलाई पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको चौथो लहर तथा वेदान्त युग मानिदै आइएको छ । पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासको क्रममा आस्तिक धारका छ वटा सनातन दर्शन अर्थात षटदर्शन(सांख्य, योग, न्याय, वैशेषिक, मिमांसा, वेतान्त)पछि केही छिटफुट नयाँ प्रकारका अवधारणाहरु बाहेक गंभिर तथा विशेष प्रकारको दर्शनको रुपमा सातौं दर्शन आएको छैन अहिलेसम्म र नास्तिक धारमा पनि तीनवटा बौद्ध दर्शन, जैन दर्शन र चार्वाक दर्शनपछि चौथो दर्शन आएको छैन । सनातन हिन्दु समाजमा सनातन दर्शनको विकास क्रममा इस्लामको आगमन भन्दा ठिक अगाडिदेखि र इस्लामको पतन तथा बहिरगमन भन्दा ठिक पछाडिसम्मको समयलाई हेर्दा सनातन दर्शनमा अत्यन्तै महत्वपूर्ण धेरै काम तथा योगदानहरु भएको कालखण्डको रुपमा हेरिदै आइएको छ । धेरै प्रकारले वेदान्त सुत्र तथा वेदान्त दर्शनका सुत्रहरुको पर्याप्त खोज, अध्ययन तथा अनुसन्धानहरु गरेर यसउपर भाष्यहरु(इन्टरप्रेटेसन्स) लेखिए तथा व्याख्याहरु(एक्प्लानेसन्स) गरिए । सनातन दर्शनको  विकासक्रमको तेस्रो लहर तथा सुत्र युगमा सुत्रहरु छोटकरीमा लेखिने तर तिनका अर्थ, परिभाषा तथा त्यस अन्तर्गत पर्ने विषयहरुको दायरा अत्यन्तै फराकिलो हुने इएकोले वेदान्त दर्शनका विषयहरु सबैलाई बुझ्न सहज गराउन भाष्य तथा व्याख्याको आवश्यकता टढकारो रुपमा देखिएको थियो । भाष्य तथा व्याख्या सनातन दर्शनका सुत्रहरुलाई विस्तारमा व्याख्या गरेर सहज किसिमले बुझ्नसक्ने बनाउने प्रक्रियाहरु हुन् किनकी आममनुष्यहरुले दर्शनका सुत्रहरु पढेर सुत्रका सबै कुरा बुझ्न सक्दैनन् । यसकारण केही सुधारवादी तथा उदारवादी ज्ञानी तथा ध्यानी व्यक्ततित्वहरुले दर्शनका सुत्रहरुको भाष्य तथा व्याख्या अर्थात तिनका विषयहरुमाथि सहज ढंगले सबैले बुझ्न सक्नेगरि टिका–टिप्पणीहरु लेख्न थाले । 


सनातन वेदान्त दर्शनलाई ठिकसंग भाष्य तथा व्याख्या गर्न सनातन दर्शनका प्रमुख तीन श्रोत तथा सामग्रीहरुको गहन अध्ययन गर्नुपर्दछ जसलाई प्रस्थानत्रयी अर्थात प्रस्थानका प्रमुख तीन मार्गहरु भनिन्छ । प्रस्थानत्रयी अन्तर्गत महान तीन सनातन ग्रन्थहरु– (१)प्रमुख उपनिषदहरु (१०–१२ वटा), (२)श्रीमद् भगवद् गीता, (३)ब्रम्हसुत्र । यी तीन सनातन महान ग्रन्थहरुको संम्योजनबाट वेदान्त दर्शनको भाष्य तथा व्याख्या प्रारम्भ हुन्छ तथा यी तीन प्रमुख ग्रन्थहरुको माध्यमबाट मात्र वेदान्तको मार्गमा हिड्न सकिन्छ । उपनिषहरुको संख्या कुल १०८ रहेका छन्, तीमध्य बृहदाहरण्य, छान्दोग्य, श्वेताश्वर, कठोपनिषद, कनोपलिषद, इशोपनिषद आदि प्रमुख तथा विशेष प्रकारका मानिन्छन् जसमा सनातन वेदका ज्ञान, विज्ञानहरु विस्तारमा समेटेर भाष्य तथा व्याख्या, विश्लेषणहरु गरिएकाछन् । श्रीमद् भगवद् गीता सनातन हिन्दु धर्मावलन्बिहरु सबैले मान्ने आफैंमा महान दर्शन हो । ॐकार परिवार अन्तर्गत नै पर्ने र विश्व अब्राहमिक परिवार तथा सिमेटिक धर्म, सम्प्रदायहरु(जैन, बौद्ध, चार्वाक, यहुदि, इसाइ, इस्लाम)का प्रमुख प्रवर्तक र प्रमुख ग्रन्थ एक–एक रहेकाछन् तर सनातन हिन्दु धर्ममा धेरै प्रकारका प्रवर्तक र ग्रन्थ(जैन–आगम सुत्र, वौद्ध–धम्मपद, शिख–गुरुग्रन्थ, यहूदी–तनख, इशाइ–वाइवल, इस्लाम–कुरान)हरु रहेकाछन् किनकी सनातन हिन्दु धर्मको ऐतिहासिक पृष्ठभूमि निकै लामो रहेकोछ । सनातन हिन्दु धर्म तथा सम्प्रदायमा सबैभन्दा बढि मूल्य तथा मान्यता प्रदान गरिएको ग्रन्थ श्रीमद् भगवद् गीता हो, यसैकारण सनातनीहरुले विदेशीहरुलाई सौहार्दपूर्ण सौजन्य उपहार स्वरुप श्रीमद् भगवद् गीतालाई सम्वन्धित भाषामा रुपान्तरित गरिएको ग्रन्थ दिने गर्दछन् । किनकी श्रीमद् भगवद् गीताले अत्यन्तै सहज भाषामा सनातन वेदका महाज्ञान तथा विज्ञानहरुलाई व्याख्या गरेर बुझाउने प्रयास गरेको छ जसलाई अत्यन्तै कठिन र क्लिष्ट प्रकारले उपनिषदहरुमा लेखिएका छन् । ब्रम्हसुत्र सुत्रवत रुपमा छ तर श्रीमद् भगवद् गीता सरल रुपमा छ सबैले सहज किसिमले बुझ्न सक्नेगरि महर्षि वेदव्यासले सरल भाषमा प्रस्ततु गर्नु भएकोछ । यी तीन ग्रन्थहरु तथा प्रस्थानत्रयीलाई मिलाएर जस–जसले सनातन दर्शनमा भाष्य तथा व्याख्या लेखेर प्रतिपादन गर्दछन् उनीहरुलाई वेदान्त दार्शनिक मानन्छि । यो कालखण्डमा वेदान्तका प्रमुख दुई प्रकारका भाष्य तथा व्याख्याहरु भए– (१)अद्वेत वेदान्त, र (२)वैष्णव वेदान्त ।


अद्वेत वेदान्त र यसको मूलविषय

अद्वेत वेदान्तको व्याख्या धेरै व्यक्तितत्वहरुले गरे तर सबैभन्दा प्रवल व्याख्या गर्ने प्रखर तथा महान व्यक्तित्व आदिगुरु शंकराचार्य हुनुहुन्थ्यो जसले केवल बत्तिस वर्षको सानै उमेरमा सनातन दर्शनको पुनरोत्थान, विकास तथा प्रवद्र्धनमा निकै ठूलो तथा महत्वपूर्ण योगदान पुर्याएर यस धर्तीबाट विदा हुनुभयो । यो समयमा वहाँले सनातन दर्शनको विकासकालागि गर्नु भएका काम तथा योगदानहरुको तोड आजसम्मका पूर्वीय दार्शनिकहरुले नयाँ किसिमले खोज्न तथा दिन सकेका छैनन् किनकी अद्वेत वेदान्तको गहिराइ छुनु चानचुने विषय होइन, बडो मुस्किल रहेकोछ यो काम । आदिगुरु शंकराचार्यद्वारा भाषित तथा लिखित अद्वेत वेदान्तमा प्रसिद्ध शव्दावलीहरु माया, मिथ्या आदि रहेकाछन् । वहाँले ‘ब्रम्ह सत्यम जगन मिथ्या’ भन्ने अत्यन्तै प्रसिद्ध भाष्यको प्रयोग गर्नुभएको छ जुन अत्यन्तै सनसनी फैलाउने अवधारण सावित भएको थियो तत्कालीन सनातन समाजमा । साथै वर्तमान समयमा अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)मा पनि यही भाष्यले सनसनी फैलाईरहेको छ र यसउपर अत्यन्तै वैज्ञानिक तवरले नयाँ–नयाँ वैज्ञानिक खोज, अध्ययन तथा अनुसन्धानहरु भैरहेका छन् कि वास्तवमा ब्रम्हाण्ड के हो, केले र कसरी बनेको छ तथा कसले बनायो, यसको बन्ने प्रक्रिया कसरी हो, मूल श्रोत तथा अन्तिम सत्य के हो, चेतना के हो, उर्जा के हो, पदार्थ के हो... ? आदि । आदिगुरु शंकराचार्यको प्रसिद्ध महावाक्य ‘ब्रम्ह सत्यम जगन मिथ्या’ मा रहेको मिथ्या शव्दको अर्थ असत्य तथा झुठ भन्न खोजिएको होइन भ्रम(इल्युजन) अर्थात न झुठो हो न साँचो भनिएको हो, र ब्रम्ह र ब्रम्हाण्ड सत्य र झुठको अवस्था भन्दा परको विषय हो भन्न खोजिएको हो किनकी साँचो भन्ने हो भने अनित्य छ अर्थात केही समयअघि अस्तित्वमा रहेको विषय तथा वस्तु केही समय अवधिपछि अस्तित्वबाट पूर्णतः नामेट हुन्छ र झुठो मान्ने हो भने प्रत्यक्ष रुपमा व्यवहारिक अनुभवमा तथा भोगाइमा आइरहेको छ र यी व्यवहारिक अनुभव तथा भोगाइहरुले मनुष्यको इहलोक तथा सांसारिक जीवनका सबै विषयहरु उसको शरीर, मन, भाव, वुद्धि र समग्र जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको छ र यिनै प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरुले उसको परलोक तथा पारमार्थिक जीवनका सबै विषय तथा घटनाहरु आत्मा अर्थात चेतनाको विकास, ध्यान, समाधि, मुक्ति, मोक्षका विषयहरुमा पारिरहेको छ । 


आदिगुरु शंकराचार्यद्वारा प्रतिपादित महान दर्शन अद्वेत वेदान्तको अध्ययन गरेपछि साँच्नै लाग्छकि हामी वर्तमान समयमा जुन संसारमा जस्तो प्रकारको दैनिक जीवनयापन गरिरहेका छौं सुख, खुशी तथा दुःख, पिडाकासाथ यो वास्तविक संसार होइन, मिथ्या तथा भ्रम हो । यही विषय प्रमात्रा भौतिक विज्ञानको पछिल्लो सनसनीपूर्ण ब्रम्हाण्डको मूल श्रोत तथा अन्तिम सत्य के हो भन्ने सन्दर्भमा गर्रिको वैज्ञानिक खोज वायोसेन्ट्रिजम तथा जैवकेन्द्रवादका नतिजाहरुले उजागर गरेका छन् कि ब्रम्हाण्ड सबै तरंगमय छ, ब्रम्हाण्ड चेतनाको तरंगले एकत्वमा जेलिएको, जोडिएको तथा अन्तरसम्वन्धित रहेकोछ, यहाँ हाम्रा छालाका आँखाहरुले जे वस्तु तथा घटनाहरु देखिरहेका छन् ती सबै भ्रम, माया तथा मिथ्या हुन् र जे देखिएका छैनन् ती अनन्त सत्य हुन किनकी ब्रम्हाण्डका सबै प्राणी, वनस्पति तथा पदार्थहरु निर्मित हुने अन्तिम कच्चा पदार्थ तथा पहिलो मूलश्रोत चेतनाको तरंग हो र यो एकत्वमा अर्थात सामुहिक रुपमा अर्थात अद्वेत स्वरुपमा परमचेतना(सुपरकन्सस)को रुपमा रहेकोछ । आदिगुरु शंकराचार्यले हजारौं वर्षअधिनै वहाँद्वारा प्रतिपादित महान सनातन दर्शन अद्वेत वेदान्तमा भन्नुभएको महान वाणी हुबहु यही नै हो कि केवल ब्रम्ह अथार्त सामुहिक तथा परमचेतना(सुपरकन्सस) मात्र सत्य छ र ब्रम्हाण्डमा देखिएका सबै विषय तथा तत्वहरु मिथ्या छन् किनकी ती सबै निराकार ब्रम्ह अर्थात परमचेतनाका उर्जा स्वरुपमा रहेका सुक्ष्म तरंगहरु हुन् जो मनुष्यका छालाका आँखाले देख्दा पदार्थ(पार्टिकल्स)का रुपमा देख्छ तर वास्तविकतामा ती सबै सुक्ष्म तरंगहरुमा रहेका हुन्छन् अदृश्य रुपमा र निरन्तर ब्रम्हाण्डको पारिस्थिकीय चक्र(इकोसिस्टम)को प्रक्रिया अनुसार कहिले उर्जा(आत्मा अर्थात चेतना) र कहिले पदार्थ(वस्तु तथा स्थुल शरीर)का स्वरुपमा आउने र जाने, बन्ने र भत्किने, आलय र प्रलय तथा जन्मिने र मर्ने गरिरहन्छन् । हामी सबै मनुष्यहरु, प्राणीहरु, वनस्पति तथा पदार्थहरुकोे वर्तमानको जीवनशैली देख्दा हामीलाई लाग्छ हामी एकअर्कोबाट भिन्न–भिन्न तथा अलग–अलग रहेकाछौं तर वास्तविकतामा हामी एकअर्कोबाट भिन्न तथा अलग छैनौं, यो हाम्रो अलमल(कन्फ्युजन) तथा भ्रम(इल्युजन)को अवस्था हो तथा हाम्रो गलत बुझाइ हो । वास्तवमा हामी सबै प्राणी, वनस्पति तथा पदार्थहरु परमचेतनाको अभिन्न अंश हौं, परमचेतना महासागर हो र हामी उक्त महासागरका एक–एक थोपा पानी हौं जो सागरमा मिलेपछि(शरीरको मृत्यु पश्चात) सागरनै बन्छ थोपाको रुपमा अलग अस्तित्वमा रहिरहदैन । अद्वेत वेदान्तका यस्ता तर्कसंगत शाश्वत तथ्यहरु अध्ययन गरेपछि मनुष्य भित्रैबाट हल्लिन्छ, उसका सबै मुल्य–मान्यताहरु डगमगाउछन र अलमल्लमा पर्छ जीवन र जगतको वास्तविक रहस्य के हो र जीवन र जगत के हो, आफू यस जगतमा किन छु, कसरी छु, कसको माध्यमबाट वर्तमानको अस्तित्वमा रहिरहेछु, कहाँबाट आएं, कहाँ जान्छु भनेर उभित्र अनेक लौकिक र परालौकिक सवालहरु जन्मिन्छन् ।


भक्ति अभियान तथा भक्ति आन्दोलन

आदिगुरु शंकराचार्यले अद्वेत वेदान्तमा अत्यन्तै प्राथमिकताकासाथ महत्वपूर्ण विषय उठान गर्दै भन्नुभएको छ केवल ब्रम्ह मात्र शाश्वत सत्य छ; इश्वर, भगवान, देवी–देवता, प्राणी, वनस्पति, पदार्थ केहीपनि सत्य होइनन्, यी केवल व्यवहारिक स्तरमा मात्र सत्य छन्, यसकारण जहिलेसम्म हामी यो व्यवहारिक संसारमा हुन्छौं तवसम्म यो सत्य छ जुन दिन यसबाट अलग हुन्छौं, विदा हुन्छौं तथा यहाँबाट वाहिर निस्कन्छौं(मृत्यु हुन्छ)सबै असत्य हुन्छ किनकी व्यवहारिक संसार केवल भ्रम, माया तथा मिथ्या हो र यो अनित्य छ, व्यवहारिक संसारबाट वाहिर निस्केपछि केवल एक ब्रम्ह मात्र शाश्वत सत्य रहन्छ किनकी हामीले जीवनयापन गरिरहेको व्यवहारिक संसार भन्दा पर अर्कोजगत(मेटाभर्स) तथा एउटा अलग रहस्यमय जगत छ अदृश्यमा, त्यहींबाट यो व्यवहारिक तथा दृश्य संसार संचालन भैरहेकोछ र त्यो परको अर्को जगत ब्रम्हको जगत हो किनकी यहाँ ब्रम्ह मात्र सत्य, अमर, अटल, नित्य, अमृत छ र दृश्यमा रहेका सबै विषयहरु भ्रम, माया तथा मिथ्या मात्र हुन् र अनित्य तथा अनिश्चित छन् । आदिगुरु शंकराचार्यले अत्यन्तै प्राथमिकताकासाथ सबै अद्वेत छ, आत्मा परमात्मा एकै हो, इश्वर, भगवान, देवी–देवता, प्राणी, वनस्पति, पदार्थ केहीपनि सत्य होइनन्, यी केवल व्यवहारिक स्तरमा मात्र सत्य छन् भन्नुभएपछि भक्तिमार्गी समुदायमा यो अवधारणाले एकप्रकारको जबरजस्त हलचल तथा तरंग ल्याइदियो किनकी भक्ति मार्गमा लागेका भक्तहरुले आफू र इश्वरलाई अलग–अलग मान्दै आइरहेका छन् इश्वरको उच्च तथा माथिल्लो सत्ता र भक्तहरुको निच तथा तल्लो सत्ता जो द्वेतवादमा आधारित रहेकोछ । यसप्रकारको द्वेतको अवस्थामा मात्र इश्वरसंग गहिरो प्रेम तथा भक्तिको सम्वन्ध बन्नसक्छ र आमरुपमा भक्तिमार्गीहरुले यसरीनै इश्वरको भक्ति गर्दै आइरहेका छन् । तर इश्वर र भक्त अलग होइन, एकै हो, अद्वेत हो, आफू स्वयं नै इश्वर तथा ब्रम्ह हो भन्ने अवधारणाले भक्तिमार्गीहरुमा चरम रुपमा असन्तुष्टि तथा बेचैनी बढाइदियो किनकी आदिगुरु शंकराचार्यले ज्ञान मार्गतिर जोड दिनुभयो र भक्ति मार्गतिर मुस्किल बढाइदिनु भयो । यसकारण भक्तिमार्गीहरुले विचको मार्ग अपनाउन भक्ति अभियान तथा भक्ति आन्दोलनका गतिविधिहरु प्रारम्भ गरे र आदिगुरु शंकराचार्यको कालखण्ड(सन् ७८८–८२०) पछि लगभग २–३ सय वर्षपछि दक्षिण भारतमा भक्तिमार्गीहरुले वैष्णव वेदान्तको अवधारणा व्यवहारमा प्रतिपादन गरे । वैष्णव भन्नाले भगवान श्रीहरी विष्णु र वहाँका अवतारहरुको भक्ति गर्ने तथा मान्नेहरुको समुदाय तथा सम्प्रदाय मानिन्छ । भक्तिमार्गी वैष्णवहरुले शंकराचार्यको ज्ञान मार्गप्रति असन्तुष्टि जाहेर गरेर भक्तिमार्गलाई निरन्तरता दिरहने अभिप्रायले वैष्णव वेदान्तको प्रारम्भ गरेका थिए । 


वैष्णव वेदान्तका चरणहरु

अद्वेत वेदान्तमा केन्द्रिय विषय ‘ब्रम्ह’ रहेको छ, वैष्णव परम्पराका भक्तिमार्गीहरुले वैष्णव परम्पराको प्रमुख ग्रन्थ पंचरात्र र वेदान्त दर्शनको परम्परालाई जोडेर विचको मार्ग निकाल्ने क्रममा एक यस्तो व्याख्या गरेकि कुनै किसिमले भक्तिमार्गीहरुका लागि भक्तिको मार्ग सहज बनोस् । अद्वेत वेदान्त दर्शनले भक्तिमार्गीहरुको मार्गमा खडा गरिदिएको यो चुनौतिलाई समाधान गर्ने कार्यमा सबैभन्दा पहिलो कदम (१)रामानुजाचार्यले उठाउनु भयो जसले आदिगुरु शंकराचार्यको अद्वेत वेदान्त दर्शनसंग सिधै विमति प्रकट गर्नुभयो र वहाँले आफ्नै अवधारणामा आधारित ‘विशिष्ट अद्वेतवाद’ प्रतिपादन गर्नुभयो । रामानुजाचार्यपछि भक्ति अभियान तथा भक्ति आन्दोलनलाई अगाडि बढाउने अर्को व्यक्ति (२)वल्लभाचार्य हुनुभयो र वहाँले आफ्नै अवधारणामा आधारित ‘शुद्ध अद्वेतवाद’ प्रतिपादन गर्नुभयो । वैष्णव परम्पराकै तेस्रा व्यक्ति (३)निम्वार्काचार्यले भक्ति अभियानलाई निरन्तरता दिनुभयो र वहाँले आफ्नै अवधारणामा आधारित ‘द्वेत–अद्वेतवाद’ प्रतिपादन गर्नुभयो । वहाँपछि वैष्णव परम्पराकै अर्का अत्यन्तै प्रखर व्यक्ति (४)माधनाचार्यले भक्ति अभियानलाई निरन्तरता दिनुभयो र वहाँले आफ्नै अवधारणामा आधारित ‘द्वेतवाद’ प्रतिपादन गर्नुभयो । वैष्णव परम्पराका भक्तिमार्गलाई प्राथमिकता प्रदान गर्ने विभिन्न कालखण्डका योगदानकर्ताहरु मध्य प्रखर व्यक्तित्व माधवाचार्य र वहाँको द्वेतवाद दर्शन बढि लोकप्रिय र प्रख्यात रह्यो भक्तिमार्गीहरुको समुदाय तथा सम्प्रदायमा । वैष्णव वेदान्तका माथि उल्लेखित १, २, र ३ नम्वरका दर्शनहरुमा कुनैनकुनै प्रकारले अदेवेतवाद प्रकट भएको छ किनकी यी दर्शनहरुले आदिगुरु शंकराचार्यको अद्वेत वेदान्तसंग आफ्नो व्याख्या जोडेकाछन् तर पछिल्ला दार्शनिक मााधवाचार्यको दर्शन ‘द्वेतवाद’ले अद्वेत वेदान्त भन्दा ठिक विपरित मत राखेको छ र भगवद्(भगवान) र भागवद्(भक्त) विचको भक्ति परम्परालाई विशेष प्राथमिकताका साथ निरन्तरता दिएको छ । ‘अद्वेतवाद’को अर्थ हो अन्तिम सत्ता तथा परमसत्य एक छ तर माधवाचार्यको द्वेतवाद दर्शन अद्वेतवाद दर्शनको ठिक विपरित हो किनकी यो दर्शनले अद्वेत तथा केवल एक सत्तालाई मान्दैन, दुई सत्ता छन् भगवद् र भागवद् अर्थात इश्वर र भक्त भन्नेमा आस्था तथा विश्वास राख्दछ । माधवाचार्यपछि वैष्णव परम्पराकै अर्का व्यक्तित्व (५)चैतन्य महाप्रभुले वैष्णव वेदान्तलाई निरन्तरता दिनुभयो र वहाँले आफ्नै अवधारणामा आधारित ‘अचिन्त्यवाद’ प्रतिपादन गर्नुभयो । अचिन्त्यवादको व्याख्या थियो जसको व्याख्या गर्न, सोच्न, अनुमान गर्न तथा चिन्तन् गर्न समेत सकिदैन, इश्वर यति विराट र अनन्त हुनुहुन्छ भन्ने हो ।


लगभग आठौं शताव्दीदेखि १४औं र १५औं शताव्दीसम्म पूर्वीय सनातन दर्शनको विकास प्रक्रिया भक्ति अभियान तथा भक्ति आन्दोलनको वरिपरि चलिरह्यो र वैष्णव वेदान्तका सबै दर्शन तथा दार्शनिकहरु सबैको प्रमुख उद्देश्य एकै थियो कि कुनैपनि प्रकारले भक्तिमार्गका परम्पराहरुलाई सनातन हिन्दु समाजमा स्थिापित गर्न सकियोस् र वहाँहरुले एकपछि अर्को अथक प्रयासले सनातन हिन्दु समाज तथा संस्कृतिमा भक्तिको परम्परालाई स्थापित गराएरै छाड्नुभयो । पूर्वीय सनातन दर्शनमा भक्ति आन्दोलनका महान अभियन्ताहरुमा कविर दाष जो रामानन्दनका अनन्य शिष्य हुनुहुन्थ्यो र रामानन्द रामानुजाचार्यका शिष्य हुनुहुन्थ्यो । पछि शुरदाष जोडिनुभयो, वहाँ वल्लभाचार्यका शिष्य हुनुहुन्थ्यो । पछि गएर तुलसीदाषको उदय भयो वहाँ रामानुज परम्पराकै शिष्य तथा अनुयायी हुनुहुन्छ । वैष्णव वेदान्तको प्रतिपादन गर्ने प्राय सबै महान व्यक्तित्वहरु दक्षिण भारतबाट हुनुहुन्थ्यो, आदिगुरु शैकराचाय पनि दक्षिण भारतबाट नै हुनुहन्थ्यो । दक्षिण भारतका वैष्णव वेदान्ती तथा भक्तिमार्गीहरुले नै भक्तिमार्गलाई दक्षिण भारतकाट उत्तर भारत र नेपालसम्म फैलाउनुभएको हो पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको चौथो लहर तथा वेदान्त युगमा । सनातन हिन्दु धर्म तथा सम्प्रदायमा भक्तिका सबै परम्पराहरु वैष्णव वेदान्तबाट प्रारम्भ तथा प्रतिपादन भएका हुन् जो अधिकांश भगवान श्रीहरि विष्णु र वहाँका अवतारहरुको बारेमा रहेकाछन् । सन् १५औं र १६औं शताव्दितिर जव वैष्णव वेदान्त परम्परामा कविरदाष सक्रिय हुनुहन्थ्यो ठिक त्यही समयमा एउटा अर्को नयाँ शिखिजम तथा शिख धर्म तथा सम्प्रदाय प्रारम्भ भयो र यसका प्रतिपादक गुरुनानक देवजी हुनुहुन्थ्यो । गुरुनानक देवजीको शिखिजम परम्परा कविरदाषको परम्परासंग केही मिल्दोजुल्दो रहेकोछ यसकारण शिखहरुको ‘गुरुग्रन्थ साहिव’मा कविरदाषका श्लोकका धेरै छन्दहरु सामेल गरिएका छन् । कविरदाषकै भाव निर्गुण, निराकार परमात्माकै अवधारणाको अनुशरण गर्दै गुरु नानक देवजीले पनि ‘एक ॐकार सतनाम(केवल ॐकार सत्य छ)’ को अवधारणा प्रतिपादन गर्नुभयो र निर्गुण, निराकार इश्वरको अवधारणालाई नै अगाडि बढाउनुभयो । आमरुपमा हेर्दा पूर्वीय सनातन दर्शनको विकासक्रममा शिख धर्म तथा सम्प्रदायसम्म मात्र सनातन ग्रन्थ तथा दर्शनहरु प्रतिपादित भएकाछन् र त्यसयता सन्नाटा रहेको पाइन्छ र यहाँबाट पूर्वीय सनातन विकासको चौथो लहर तथा वेदान्त युग समाप्त हुन्छ र यसपछि पाँचौं लहर तथा नवजागरण युग प्रारम्भ हुन्छ ।         



छिट्टै, विस्तारमा

(५)पाँचौ लहर– नव वेदान्त तथा नव हिन्दुवाद (इशाइको सक्रियता, पुनरजागरण तथा नवजागरण, १८औं शताव्दीको उत्तरार्ध, १९औं र २०औं शताव्दी)

(६)छैठौं लहर– नवयान, जे. कृष्णमूर्ति, ओशो रजनीश लगायत (अंग्रेजबाट स्वतन्त्र भएपछि वर्तमानसम्म, सन् १९५० यता...)

                                                               शिवोहम् योगपीठ

Friday, 27 February 2026

पूर्वीय सनातन दर्शनको विकासक्रमको तेस्रो लहर- सुत्र युग

 डा. सिर्जना भण्डारी                                                      

                                        #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

७६.पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको तेस्रो लहर: सुत्र युग

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको दोस्रो लहर तथा कर्मकाण्ड युगमा वैदिक कर्मकाण्डहरुको विस्तारसंगै उदय भएका सनातन वेद तथा वेदको अन्तिम हिस्सा उपनिषदका विषय तथा मूल्य–मान्यताहरुलाई प्रामाणिक नमान्ने अवैदिक तथा नास्तिक समुदायहरुले मानव समाजमा खडा गरेका अव्यवस्था, अराजकता तथा खल्बल्याएको नाजुक परिस्थिति ठिक गर्न तथा सहि व्यवस्था मिलाउन सनातन वेद र उपनिषदको पुनरव्याख्या गर्दै त्यस अन्तर्गत रहेर नयाँ–नयाँ प्रकारका वैदिक मत, अवधारणा, सुत्र तथा दर्शनहरुको प्रतिपादन गर्दै फेरी वैदिक तथा आस्तिक दर्शनको लहर चल्न प्रारम्भ भयो जस अन्तर्गत अवैदिक बौद्ध दर्शन, जैन दर्शन र चार्वाक दर्शनको खिलाफ खडा भएर सनातन वेदको मूल्यलाई फेरी स्थापित गर्ने प्रयास गरिएको थियो । सनातन दर्शनको पुनरोत्थानको यो युग तथा कालखण्डलाई पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको तेस्रो लहर तथा सुत्र युग मानिन्छ । यो कालखण्ड अर्थात सुत्र युगका विद्वान तथा दार्शनिकहरुले सनातन वेद र उपनिषदका आध्यात्मिक साहित्यहरुको नयाँ प्रकारले व्याख्या, विश्लेषण तथा चिन्तन गर्न प्रारम्भ गरे र आफूहरुले यस कार्यमा अतुलनिय योगदान गरेर तत्कालीन मानव समाजमा पुनः पूर्वीय सनातन दर्शनको कदलाई माथि उठाए । यो समयमा सनातन ग्रन्थहरुको रचना तथा प्रतिपादन सुत्रमा अर्थात संक्षिप्तमा गरिएको कारण यस समयावधिलाई सुत्र युग भनिएको हो । यो कालखण्डमा रचना गरिएका तथा प्रतिपादन भएका सुत्र तथा दर्शनहरु पूर्णरुपमा वेद र उपनिषदमा आधारित नभएका भएपनि कमसेकम वेद र उपनिषदलाई नै प्रमाण मानेर यही परिस्थितिमा आस्तिकतामा आधारित भएर ६ वटा पूर्वीय सनातन दर्शनहरु अर्थात षटदर्शन प्रतिपादन गरिएका थिए– (१)सांख्य दर्शन, (२) योग दर्शन, (३)न्याय दर्शन, (४)वैशेषिक दर्शन, (५) मिमांसा दर्शन अर्थात पूर्व मिमांसा तथा कर्मकाण्ड, र (६)वेदान्त दर्शन तथा उत्तर मिमांसा र यसअधि स्थापित भएका अवैदिक तथा नास्तिक तीन दर्शनहरु– (७)बौद्ध दर्शन, (८)जैन दर्शन, र (९)चार्वाक दर्शन हुन् । यसप्रकार पूर्वीय सनातन दर्शनमा आस्तिक र नास्तिक दुवै मिलाएर प्रमुख रुपमा नौ प्रकारका पूर्वीय सनातन अवधारणा तथा दर्शनहरु रहेकाछन् । यही समयको हाराहारी तथा चोरै अघि–पछि पूर्वी एशिया प्राचीन चीनमा कन्फ्युसियस दर्शन र ताव दर्शनको प्रादुर्भाव भएको थियो ।


आस्तिक तथा वेदलाई प्रामाणिक मान्ने षटदर्शनहरुले एक्लै–एक्लै काम नगरेर दुई–दुईको समुहमा मिलेर सनातन दर्शनको खोज, अध्ययन तथा अनुसन्धानको काम साझेदारीमा अगाडि बढाएका थिए र एउटा अवधारणाले एकप्रकारको विषयमा गहन खोज तथा अध्ययन, अनुसन्धान गर्ने र अर्को अवधारणाले अर्को विषयमा गहन खोज तथा अध्ययन, अनुसन्धान गर्ने र दुवैको नजिता दुवैले मान्ने तथा स्वामित्व ग्रहण गर्ने समझदारी गरेका थिए र यही समझदारी अनुसारनै नतिजामा आएका विषयहरुलाई साझेदारी गर्दै एकले अर्कोको नतिजालाई अंगिकार गरेर अगाडि बढ्दै, नयाँ–नयाँ अवधारणाहरु प्रतिपादन गर्दै बढाउदै अन्तिममा सनातन सुत्र तथा सनातन दर्शनको रुवरुपमा प्रतिपादन गरेका थिए । सनातन षटदर्शनहरुको विचमा यसप्रकारको साझेदारी रहेको थियो– (१)सांख्य दर्शन र योग दर्शन, (२)न्याय दर्शन र वैशेषिक दर्शन, र (३)मिमांसा दर्शन र वेदान्त दर्शन ले एकासाथ आपसमा मिलेर खोज, अध्ययन तथा अनुसन्भान गरेका थिए । पूर्वीय सनातन षटदर्शन सबैले वेदका विषयहरुमा आधारित मूल्य–मान्यताहरुलाई प्रामाणिक मानेका भएपनि यी सबै दर्शनहरुको अवधारणा एकसमान रहेकोछैन, खोजका नतिजाहरु फरक–फरक आएका छन् र मान्यताहरु पनि अलग–अलग रहेकाछन् खासगरि वेदको उत्पति कसरी भयो तथा कसले गर्यो भन्ने सन्दर्भमा । यस कालखण्डका विद्वान तथा दार्शनिकहरुले सनातन वेद र उपनिषद आध्यात्मिक साहित्यहरुको नयाँ प्रकारले व्याख्या तथा विश्लेषण गरेका थिए किनकी षटदर्शन अलग युगमा तत्कालीन युग सान्दर्भिक हुनेगरि नयाँ प्रकारले व्याख्या विश्लेषण गरिएको वेद र उपनिषदकै निरन्तरता हो । यिनै षटदर्शनहरु नै वास्तविक हिन्दु दर्शन तथा सनातन दर्शन हुन् । कोही व्यक्तिले आफूलाई सनातनि तथा हिन्दु धर्मबाट हुँ भन्ने मान्छ भने उसले षटदर्शनका विषय तथा मूल्य–मान्यताहरु प्रामाणि रुपमा मान्दछ, ती विषयहरुमाथि आस्था राख्दछ र स्वीकार गर्दछ । 

(१)सांख्य सुत्र तथा दर्शन– सनातन षटदर्शनहरुमा सबैभन्दा पुरानो तथा पहिलो सांख्य सुत्र तथा सांख्य दर्शनलाई मान्दै आइएको छ, यसको रचना तथा प्रतिपादन कपिलमूनिले गर्नुभएको थियो, सांख्य दर्शनका प्रणेताले सनातन वेदको प्रमुख विषय मोक्षलाई विशेष प्राथमिकता दिनुभएको छ । यो ग्रन्थको सक्कली स्वरुप अहिलेसम्म पाइएको छैन, यसको सन्दर्भमा लेखिएका सन्दर्भ सामग्रीहरु मात्र पाइएका छन् तर अरु सबै सुत्र तथा दर्शनहरुका सक्कली स्वरुपहरु पाइएकाछन् । 

(२)सांख्य सुत्र तथा सांख्य दर्शनपछि योग सुत्र तथा योग दर्शनको संकलन तथा प्रतिपादन गरियो महर्षि पतंजलिद्वारा । महर्षि पतंजलि योग दर्शनका रचइता हुनुुन्न संलनकर्ता मात्र हुनुहुन्छ किनकी योग दर्शन निकै पूरानो सनातन ज्ञान हो, वहाँले विभिन्न नाम तथा शिर्षकहरुमा छरिएर रहेका ज्ञान तथा विज्ञानहरुलाई एकसुत्रमा बाँधिदिनु भएको हो सबैको सहजताको लागि । योग सुत्र तथा योग दर्शनका संकलनकर्ता योग–ध्यान साधनाको व्यवहारिक अभ्यास, चित्तशुद्धि र समाधिमा उपलव्धताको अवस्थालाई विशेष प्राथमिकता दिनुभएको छ ।

(३)न्याय सुत्र तथा न्याय दर्शन अक्षपाद गौतम अर्थात गौतममुनिले रचना गर्नुभएको हो । न्याय दर्शनका अनुसार विराट ज्ञान सनातन वेदको रचना परमात्मा स्वयंले नै गर्नुभएको हो किनकी वेदको ज्ञान यति विहंगम तथा विराट छ कि यो मानव सिर्जित, पौरुषिय तथा कृर्तिक हुनै सक्दैन । यिनै विषयहरुलाई समेटेर न्याय दर्शनले ज्ञान मिमांसामा बढि खोज, अध्ययन तथा अनुसन्धानको काम गरेको थियो । न्याय दर्शनका प्रणेताले सनातन वेदको ज्ञान तथा विज्ञानमा आधारित रहेर परमात्माको अस्तित्व रहेको सन्दर्भमा तर्क तथा प्रमाणका विषयहरुलाई विशेष प्राथमिकता दिनुभएको छ ।

(४)वैशेषिक सुत्र तथा वैशेषिक दर्शन कणादमुनिले रचना गर्नुभएको हो । वैशेषिक दर्शनले तत्व मिमांसा तथा विज्ञान विषयहरुको खोज, अध्ययन तथा अनुसन्धानमा बढि काम गरेको थियो । वैशेषिक दर्शनका प्रणेताले सनातन वेदको ज्ञान तथा विज्ञानमा आधारित रहेर अणु, परमाणु, अन्तिम श्रोत, माया तथा भ्रम आदिबारेका विषयहरुलाई विशेष प्राथमिकता दिनुभएको छ ।

(५)मिमांसा सुत्र तथा दर्शन जैमिनी ऋषिले रचना गर्नुभएको हो । मिमांसा दर्शनका अनुसार वेदको रचना परमात्माले पनि गर्नुभएको होइन, वेद अकिर्तिक हो अर्थात कसैले पनि रचना गरेको होइन, यो प्राकृतिक तथा नैसर्गिक छ, नित्य छ, वेदको विराट ज्ञानलाई विद्वान युगपुरुषहरुले संकलित गरिदिनु भएको हो । मिमांसा दर्शनको यस्तो मत रहनुको कारण यसले परमात्त्मा अर्थात इश्वरलाई मान्दैन । परमात्मा तथा इश्वरको सन्दर्भमा सनातन वेदमा समेत अलमलको अवस्था रहेकोछ किनकी धेरै प्रकारका अर्थात ३३ कोटी इश्वर, भगवान तथा देवी देवताहरु मानिएका छन् तर धेरै इश्वर, भगवान तथा देवीदेवताहरु मानिएका भएपनि प्रथम सनातन विराट ज्ञान तथा विज्ञान ऋगवेदमा भनिएको छ जुन भगवान, जुन देवीदेवता तथा जुनसुकै नामले पुकारे पनि अन्तिम सत्य एक छ, सबै नामहरु त्यही अन्तिम सत्यका हुन् र सबै त्यही अन्तिम सत्यसंग जोडिएका छन् र त्यो अन्तिम सत्य परमात्मा अर्थात परब्रम्हच अर्थात परमचेतना(सुपरकन्सस) हो किनकी अन्तिम सत्य विराट तथा अनन्त छ अर्थात नइति–नइति(नेति–नेति), परमात्मा यो पनि होइन त्यो पनि होइन, यति मात्रमा पनि सिमित छैन, त्यति मात्र पनि सिमित छैन । 

(६)वेदान्त सुत्र तथा वेदान्त दर्शन आचार्य वादरायणले रचना गर्नुभएको हो र सनातन साहित्यमा मान्यता रहदै आएको छ कि ऋषि वादरायण नै महर्षि वेदव्यास हुनुहुन्थ्यो जसले ब्रम्हसुत्रको रचना गर्नुभएको थियो र यही ब्रम्हसुत्र नै वेदान्त सुत्र तथा वेदान्त दर्शनको मूलआधार हो किनकी वेदान्त दर्शनमा रहेका सारा सुत्रहरु ब्रम्हसुत्रमा रहेकाछन् । पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रममा पछिगएर पुर्वीय सनातन दर्शनको पूरै परम्परामा सबैभन्दा महत्वपूर्ण अवधारणा तथा दर्शन वेदान्त सुत्र तथा वेदान्त दर्शनको रुपमा स्थापित भयो । यसकारण कसैले कुन दर्शन मान्नुहुन्छ भनेर सोधेभने हरेक सनातनी तथा हिन्दुत्वमा आस्था राख्नेहरुले आँखा बन्द गरेर वेदान्त दर्शन भनेहुन्छ किनकी कोहीपनि सानातनी तथा हिन्दुधर्मी व्यक्तिले आफ्नो जीवनकालमा जतिपनि अवधारणा, मूल्य–मान्यताहरु मान्दछ तथा अनुशरण गर्दछ ती सबै तथा लगभग ९०–९५ प्रतिशत वेदान्त दर्शन अन्तर्गत नै पर्दछन् । सनातनी तथा हिन्दुधर्मावलम्विहरुको महान ग्रन्थ, वेदको मूलसार र विश्वले नै सर्वोच्च वैज्ञानिक ग्रन्थको रुपमा मान्यता प्रदान गरेको र सबैले कितावहरुको पनि किताव(बुक्स अफ दि बुक) मान्दै आएको विराट ज्ञानको भण्डार सनातन ग्रन्थ श्रीमद् भगवद् गीता वेदान्त दर्शन तथा ज्ञान र विज्ञानको महान ग्रन्थ हो जसको मूलसार रहेको छ ब्रम्हाण्ड सबै एकत्वमा छ, अद्वेत छ, सबै परमात्माका निराकार र आकार स्वरुप हुन् र अभिन्न अंश हुन, यहाँ कोहीबाट कोहीपनि अलग छैनन्, सबै एक सुत्रमा एकअर्कोसंग अन्योन्यास्रित ढंगले गाँसिएका छन् किनकी परमात्मा केवल एक सत्य हो, उ एउटा मात्र छ र सबै प्राणी, वनस्पति, पदार्थहरु उसैका उर्जा(इनर्जी) र पदार्थ(म्याटर) रुवरुप हुन् । 


षटदर्शन सुत्र ग्रन्थका रुपमा कसरी र किन ल्याइए

षटदर्शन कहाँबाट आए, यिनको मूलआधार कहाँ हो र के हो भन्ने अत्यन्तै सान्दर्भिक जिज्ञासा रहेको पाइन्छ । प्राचीन कालमा भाषा, लिपि तथा व्याकरणको त्यति विकास भएको थिएन, मनुष्यहरु वेदका विषयहरु मुखाग्र याद गर्ने तथा मनमनै कण्ठ पार्जे गर्थे, यसकारण सकेसम्म संक्षेपमा तथा सुत्रको रुपमा कुनै कुरा तथा विषय भनिन्थ्यो, जस्तो ‘अहं ब्रम्हास्मि’ अर्थात मै ब्रम्ह हुँ, ‘तत्वमसि’ अर्थात त्यो तिमी नै हौ आदि । यी सुत्र शव्दावलि तथा वाक्यहरु हुन्, सुत्रका रुपमा संक्षेपमा केही भनिन्छ र यसभित्रै सारा कुरा तथा विषयहरु समेटिएका हुन्छन् । यी शव्दावलिहरु अत्यन्तै छोटा छन् तर यिनको वास्तविक अर्थ विराट छ, यस्ता प्रकारका सुत्र वाला शव्दावलिहरु पुर्वीय सनातन दर्शको ऐतिहासिक विकासक्रमको तेस्रो लहरमा धेरै बने । यसकारण पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको तेस्रो लहरमा प्रतिपादन गरिएका षटदर्शनका ग्रन्थहरुलाई सुत्र भनिएको र यो कालखण्डलाई सुत्र युग भनिएको हो । सुत्रवत स्वरुपमा रचना गरिएका षटदर्शनका सुत्र(फरमूला)हरु छोटकरीमा रचना गरिएका छन् जो बुझ्न उति सजिलो हुदैनन् किनकी सुत्रको अन्तरवस्तुसम्म पुग्न, त्यसलाई राम्ररी जान्न र त्यसलाई प्रमाणित गरेर हरप्रकारले बुझ्नसक्ने स्वरुपमा ल्याउन एउटा लामो प्रक्रिया तय गर्नुपर्दछ । बुझेपछि आनन्द आउछ तर नबुझुन्जेल चुनौति, कठिनाई तथा बेचैनि रहिरहन्छ । वेदान्त दर्शनको सम्पूर्णता पश्चात पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको तेस्रो लहर समाप्त भएर चौथो लहरको प्रारम्भ हुन्छ भक्ति आन्दोलन तथा पुनरोत्थानको कालखण्डका रुपमा । यो अवधिलाई भारतवर्षमा इस्लामहरुको आगमन र बहिर्गमनको समय मानिन्छ जुन मोटामोटी रुपमा लगभग सन् ७००–१७००को विचको समय तथा अंग्रेजको हस्तक्षेप भन्दा अगाडिको समयलाई मानिन्छ ।


पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको दोस्रो लहर तथा कालखण्डमा प्रादुर्भाव भएका बौद्ध, जैन, चार्वाक यी तीन सनातन दर्शनहरुले वेद र वेदको अन्तिम हिस्सा उपनिषदका विषयका मूल्य–मान्यताहरुलाई प्रामाणिक मान्दैनन् किनकी यी दर्शनहरु सनातन वेदको विरोध गरेर तथा वेदका विषयका मूल्य–मान्यताहरु विरुद्ध आन्दोलन गरेर सनातन मानव समाजमा स्थापित भएका दर्शनहरु हुन्, यसकारण यिनलाई षटदर्शन अन्तर्गत सामेल नगराइएको हो । 


छिट्टै, विस्तारमा

(४)चौथोे लहर– भक्ति आन्दोलन तथा पुनरोत्थान (इस्लाम आगमन र बहिर्गमनको कालखण्ड, लगभग सन् ७००–१७००)


(५)पाँचौ लहर– नव वेदान्त तथा नव हिन्दुवाद (इशाइको सक्रियता, पुनरजागरण तथा नवजागरण, १८औं शताव्दीको उत्तरार्ध, १९औं र २०औं शताव्दी)

(६)छैठौं लहर– नवयान, जे. कृष्णमूर्ति, ओशो रजनीश लगायत (अंग्रेजबाट स्वतन्त्र भएपछि वर्तमानसम्म, सन् १९५० यता...)

                                                        शिवोहम् योगपीठ


Thursday, 26 February 2026

पूर्वीय सनातन दर्शन विकासक्रमको दोस्रो लहर: कर्मकाण्डको विस्तार र नास्तिक धार

 डा. सिर्जना भण्डारी                                                      

                                       #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

७५.पूर्वीय सनातन दर्शन विकासक्रमको दोस्रो लहर: कर्मकाण्डको विस्तार र नास्तिक धार

विश्वकै दर्शन शास्त्र तथा फिलोसोफीको ऐतिहासिक विकासक्रमको पृष्ठभूमिको सन्दर्भमा हालसम्म प्राप्त भएका प्रामाणिक तथ्यांकहरुका अनुसार प्राचीन तथा वैदिक कालदेखि आजभन्दा ३५०० वर्षअघि अर्थात इशापूर्व १५औं शताव्दीसम्म आइपुग्दा पूर्वीय सनातन दर्शनका प्रमुख र महानतम शास्त्र तथा ग्रन्थहरु विराट सनातन वेद, उपनिषद, रामायण, पुराण, श्रीमद् भागवद् महापुराण तथा महाभारत, श्रीमद् भगवद् गीता लगायत थुप्रै ग्रन्थहरु पूर्णरुपमा संग्रहित तथा प्रतिपादित भैसकेका थिए र एकप्रकारले सनातन वैदिक समाज आध्यात्मिक तथा धार्मिक लयमा आइसकेको थियो । यहाँसम्मको कालखण्डलाई पूर्वीय सनातन दर्शनको विकासक्रमको पहिलो लहरको मान्यता दिइयो र यसपछिदेखि अर्को निश्चित समयअवधि(लगभग इशापूर्व ३०००–२०००)सम्म सनातन अध्यात्म तथा धर्म अन्तर्गत रहेर गरिएका तथा भएका गतिविधिहरुलाई दोस्रो लहरको मान्यता दिइयो । पूर्वीय सनातन शास्त्र तथा ग्रन्थहरुको संकलन, रचना र प्रतिपादन पश्चात सनातन समाजमा यी शास्त्र तथा ग्रन्थहरुमा आधारित रहेर वैदिक कर्मकाण्डहरुको व्यवापक विस्तार तथा प्रचार भयो, यसकारण यो कालखण्डलाई कर्मकाण्ड युग तथा सनातन दर्शनको ऐतिहासिक विकासक्रमको दोस्रो लहरको मान्यता दिइएको पाइन्छ । 


कर्मकाण्ड युग तथा दोस्रो लहरको प्रारम्भिक चरणका क्रियाकलापहरु राम्रा तथा उत्साहप्रद थिए, आध्यात्मिक तथा धार्मिक रुपमा सकारात्मक गतिविधिहरु नै भैरहेका थिए तर विस्तारै सनातन वैदिक कर्मकाण्डका विधि–विधान तथा परम्परा अन्तर्गत रहेर गरिने वैदिक कर्मकाण्डका गतिविधिहरुमा निश्चित स्वार्थ भएका समुहहरुको हालिमुहाली बढ्दैगयो र उनीहरुले आ–आफ्नो स्वार्थ तथा बदनियतपूर्ण उद्देश्य अनुसार वैदिक शास्त्रमा उल्लेखित विधि, विधान, परम्परा, संस्कार तथा संस्कृतिहरुको अर्थको आफुखुशी बंग्याएर तथा तोडमरोड गरेर वास्तविक अर्थ लुकाएर अनर्थ लगाउन थाले । विशेषगरिकन धर्म–अधर्म, पुण्य–पाप, स्वर्ग–नर्क, जन्म–मृत्यु, जन्मकुण्डली–ग्रहशान्ति, तन्त्र–मन्त्र, पशुवलि–दानवलि, कर्म–अकर्म, कर्मबन्धन–मोक्ष तथा इश्वर साक्षातकार तथा प्राप्ति जस्ता भौतिक रुपमा अप्रामाणिक देखिने तर परम शाश्वत रहेका पारमार्थिक तथा आध्यात्मिक परालौकिक विषयहरुमाथि छेडखानी गरेर तिनलाई विकृत बनाए, समाजमा अराजकता फैलाए, नयाँ–नयाँ अस्वाभाविक परम्परा तथा मान्यताहरु आफूखुशी चलाए र आम सर्वसाधारणहरुको चरम शोषण गर्नथाले । निश्चित प्रकारका नापाक स्वार्थ तथा अघोर अभिष्ट भएका तत्कालिन पंडित, पुरोहित तथा गुरुहरुबाट गरिएका तथा मच्चाइएका यस्ता चरम विकृतियुक्त अनियमितता तथा अराजकताका कारण सनातन समाजमा चरम अधर्म, अनुशासानहिनता, अनैतिकता, अव्यवस्था, उच–निच, वर्ग विभेद, जाति विभेद, लिंग तथा लैंगिक विभेद, शोषण, हिंसा, पशुहत्या, मनुष्यहत्या जस्ता अपराधहरु बढ्दै जानथाले । यस्ता नसोचिएका विकृत गतिविधिहरुबाट आजित भएका आम सर्वसाधारणहरुमा विस्तारै सनातन वैदिक कर्मकाण्ड र यस अन्तर्गत रहेका विषयहरुका मूल्य–मान्यताहरुप्रति रुचि, आस्था, विश्वास र इश्वरप्रतिको समर्पण भावमा समेत कमी आउदै जानथाल्यो ।  


यतिबेलासम्म तत्कालिन मानव समाज कृषिमा आधारित अर्थव्यवस्थाका रुपमा समृद्ध र संरचनागत तथा केही हदसम्म प्राविधिक रुपमा समेत विकसित हुदैगैरहेको थियो, सामाजिक र राजनीतिक व्यवस्थाहरुले पनि एक किसिमको लय पक्डिसकेको अवस्था थियो । निरन्तर समाजमा बढ्दै गैरहेको वैदिक कर्मकाण्डहरुको विस्तारको नकारात्मक फाइदा उठाउने नियतले दुरुपयोग गरेर स्वार्थी गुरु, पंडित तथा पुरोहितहरुले समाजमा फैलाएका कुप्रथा, कुरीति, विकृति, अराजकता तथा त्रासहरुका कारण आमजनमानसहरुमा एक किसिमले सामाजिक रुपमा पक्ष र विपक्षमा मतहरु बाझिदै र विभाजित हुदै जानथाल्यो खासगरि पशुबलि दिइने तथा चढाइने यज्ञ तथा कर्मकाण्डहरुको सन्दर्भलाई लिएर । स्वार्थ समुहद्वारा बदनियत राखेर मनोमानी किसिमले चलाइएका यस्ता कुप्रथा तथा कुरीतिहरु विरुद्धमा सामाजिक असन्तुष्टि र विरोधका आवाजहरु उठ्न थाले, समाजमा निरन्तर विरोध, बहस, विवाद, असन्तुष्टि, अस्वीकारका आवाजहरु निरन्तर बढ्दै गए र विस्तारै तत्कालिन समाज तथा समाजका सदस्यहरुको धारणा तथा पूर्वीय सनातन दर्शन दुई धारमा विभाजित देखियो– (१)आस्तिक दर्शन, र (२)नास्तिक दर्शन अर्थात सनातन वेद र वेदको अन्तिम हिस्सा उपनिषदका विषय तथा मूल्य–मान्यताहरु मान्ने आस्तिक धार(अर्थोडक्स) र नमान्ने नास्तिक धार(हेट्रोडक्स) अर्थात इश्वर मान्ने(थिस्ट) र इश्वर नमान्ने(अथिस्ट) । पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको दोस्रो लहरमा नास्तिक तथा सनातन वेद र वेदको अन्तिम हिस्सा उपनिषदका विषय तथा मूल्य–मान्यताहरु नमान्ने अवैदिक मत तथा नास्तिकहरुको उदय र बोलवाला बढि भएको र वैदिक मत तथा आस्तिकहरुको स्थिति खस्केको कारण यो समयावधिलाई नास्तिक काल पनि भन्ने गरिन्छ । यस नास्तिक काल तथा सनातन वैदिक विधि–विधानहरुलाई नमान्ने तथा विरोध गर्ने नास्तिक धारतिर लाग्ने तथा सनातन धर्म त्याग गरेर अवैदिक मतको समर्थन गर्ने आममानिसहरुको संख्या बढ्दै जानथाल्यो । यसैक्रममा इशापूर्व ६०० र ५००को विचमा पूर्वीय सनातन दर्शनमा तीन प्रकारका नास्तिक मत तथा दर्शनहरु– (१)जैन दर्शन, (२)बौद्ध दर्शन, (३)चार्वाक दर्शनको प्रादुर्भाव भयो । पश्चिम एशिया अर्थात अरव क्षेत्रहरुमा पनि सनातन वैदिक कर्मकाण्ड गराउने स्वार्थी गुरु, पंडित तथा पुरोहितहरुले आम जनमानसमा फैलाएको विकृतिका कारण अवैदिक इस्लाम दर्शन तथा धर्म खडा भएको थियो सन् ७०० को कालखण्डमा ।


जैन, बौद्ध र चार्वाक यी तीन मत तथा दर्शनले सनातन वेद र वेदको अन्तिम हिस्सा उपनिषदका विषय तथा मूल्य–मान्यताहरुलाई सत्य र प्रमाणिक मान्दैनन् । चार्वाक दर्शन पूर्णरुपमा भौतिकवादी दर्शन भएकोले यसले आत्मा, परमात्मा, परलोक, मोक्ष तथा निर्वाण केहीपनि मान्दैन, सबै यही भौतिक संसारमात्र हो यो भन्दा पर केही पनि छैन, मृत्युपश्चात केहीपनि छैन, मरेपछि सकियो त्यसैले जीवनमा आफूलाई इच्छा लागेका कुरा जीवन छदै गर्नुपर्छ भन्ने मत राख्दछ । पराभौतिक तथा परालौकिक विषयहरुको सन्दर्भमा भगवान बुद्धबाट प्रादुर्भाव भएको बौद्ध दर्शन र भगवान महावीरबाट प्रादुर्भाव भएको जैन दर्शन मध्यमार्गी रहेका मानिन्छन् । बौद्ध दर्शनले आत्मा भन्ने कुनै तत्व छैन तर चेतनाको अस्तित्व रहेको छ र मनुष्यको पूर्वजन्म तथा पूनरजन्महरु चेतनाको प्रवाह हुन्, चेतनाले नै विभिन्न शरीरहरुमा स्वरुप फेरिरहन्छ भन्ने मान्यता राख्दछ । भगवान बुद्धको महानिर्वाण पश्चात बौद्ध दर्शन तथा धर्म हिनियान र महायान दुई धारमा विभक्त भयो । हिनियान धारले बौद्ध दर्शनका वास्तविक तथा सम्यक मुल्य–मान्यताहरुलाई जस्ताको तस्तै लिएर अगाडि बढिरहेको छ तर महानयान सुधारवादी धार भएकोले यसमा धेरै परिवर्तन तथा सुधार आएका तथा ल्याइएका छन्, यसकारण यो सनातन वैदिक अर्थात हिन्दु धर्म तथा दर्शनका मूल्य–मान्यताहरु मुर्तिपूजा, शुन्यवाद तथा निराकार परमात्मा अर्थात परमचेतना, अद्वेत वेदान्तको सिद्धान्तसंग थोरबहुत नजिक रहेको पाइन्छ । जैन दर्शनले आत्मा र परमात्मा अर्थात इश्वरलाई मान्दछ र आत्मा नै विकसित भएर परमात्मा अर्थात इश्वर बन्नसक्छ भन्ने मान्यता राख्दछ । भगवान महावीर अन्त्य पश्चात जैन दर्शन तथा धर्म पनि श्वेताम्वर र दिगम्वर दुई धारमा विभक्त भयो र यी दुवै धार तथा मतहरु आ–आफ्नो मूल्य–मान्यता अनुसार अगाडि बढिरहेकाछन् । यी अवैदिक तथा नास्तिक मतहरुको दवदवाले खल्वल्याएका खराव अवस्थाहरु मिलाउन र सनातन दर्शनका मूल्य–मान्यताहरु सनातन समाजमा पुनः स्थापित गर्न पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रममा अर्को लहरको प्रारम्भ भएको थियो तेस्रो लहरका रुपमा ।        



छिट्टै, विस्तारमा

(३)तेस्रोे लहर– षटदर्शनको प्रादुर्भाव तथा सुत्र ग्रन्थहरुको प्रतिपादन (लगभग इशापूर्व २०००–०)

(४)चौथोे लहर– भक्ति आन्दोलन तथा पुनरोत्थान (इस्लाम आगमन र बहिर्गमनको कालखण्ड, लगभग सन् ७००–१७००)
(५)पाँचौ लहर– नव वेदान्त तथा नव हिन्दुवाद (इशाइको सक्रियता, पुनरजागरण तथा नवजागरण, १८औं शताव्दीको उत्तरार्ध, १९औं र २०औं शताव्दी)
(६)छैठौं लहर– नवयान, जे. कृष्णमूर्ति, ओशो रजनीश लगायत (अंग्रेजबाट स्वतन्त्र भएपछि वर्तमानसम्म, सन् १९५० यता...)

                                                               शिवोहम् योगपीठ




Wednesday, 25 February 2026

पूर्वीय सनातन दर्शन विकासक्रमको पहिलो लहर: प्रारम्भिक तथा वैदिक युग

डा. सिर्जना भण्डारी                                                      

                                         #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

७४.पूर्वीय सनातन दर्शन विकासक्रमको पहिलो लहर


प्रारम्भिक अवस्था तथा वैदिक युग

पूर्वीय सनातन दर्शनको प्रारम्भिक अवस्था तथा वैदिक युगलाई पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पहिलो लहर मानिएको छ तर यसको कालखण्ड कहिलेबाट प्रारम्भ भन्नेबारे पुष्टी हुने प्रकारका प्रामाणिक तथ्यहरु पाइएका छैनन् । पुष्टी हुनसक्ने तथा प्रामाणिक तथ्यहरुलाई आधार मानेर लगभग प्राचीनकालदेखि आजभन्दा ३५०० वर्षअघिसम्मको कालखण्डलाई मान्यता दिइएको छ पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको प्रारम्भिक अवस्था तथा वैदिक युगको रुपमा मान्यता दिइएको छ । यो प्राचीन कालखण्डमा गरिएका सनातन दर्शनको विकासका कामहरुलाई पुष्टि गर्ने प्रामाणिक तथ्यहरु पर्याप्त नभएको भएपनि प्राचीन कालदेखि इशापूर्व १५ औं शताव्दी अर्थात आजभन्दा ३५०० वर्षअघिसम्म आइपुग्दा पूर्वीय सनातन दर्शनका प्रमुख र महानतम शास्त्र तथा ग्रन्थहरु विराट सनातन वेद, उपनिषद, रामायण, पुराण, श्रीमद् भागवद् महापुराण तथा महाभारत, श्रीमद् भगवद् गीता आदि पूर्णरुपमा संग्रहित तथा प्रतिपादित भैसकेका थिए । 


पूर्वीय सनातन दर्शनका यी प्रमुख र महानतम शास्त्र तथा ग्रन्थहरुको उत्पति तथा रचना भएको समय तथा कालखण्डको सन्दर्भमा विभिन्न मतहरु रहेकाछन्, केही मतहरुले सनातन शास्त्र तथा ब्रम्हाण्डको सर्वश्रेष्ठ ज्ञान तथा विज्ञान वेद ९०–९५ हजार वर्ष अघिदेखिनै मानव सभ्यताको विकासक्रममा सैद्धान्तिक र व्यवहारिक रुपमा प्रयोग हुदै आइरहेको दाबी गरेकाछन् । केही मतहरुले उपनिषद, पुराण, इतिहास आदि सनातन ग्रन्थहरुको रचना १२ हजार, १० हजार, ७ हजार, ५ हजार वर्षअघिनै भैसकेका थिए भन्ने दाबी गर्दै आइरहेका छन् किनकी सनातन अध्यात्म विज्ञानले शास्त्रको मान्यता प्रदान गरेका सनातन वेद र वेदको व्याख्या गरिएका उपनिषदशरु विराट ज्ञान तथा विज्ञानहरुको संग्रह भएकोले यस्तो महान तथा विराट कार्य छोटो अवधिमा, सीमित अभ्यासहरु गरेर केही व्यक्तिहरुले मात्र गर्नसक्ने कार्य होइनन्, यस्ता कार्यहरु दशौंहजार वर्ष लगाएर, अनेक प्रकारका हजारौं खोज तथा अनुसन्धनहरु गरेर पुस्तौं–पुस्ताका हजारौं ऋषिमुनि, तपस्वी, योगी, साधु, सन्त, मनिषिहरुले अनवरत रुपमा गरेका तपस्या तथा साधनाका क्रममा स्वअनुभव तथा स्वअनुभूतिमा आएका गंभिर, रहस्यमय, परालौकिक ज्ञान तथा विज्ञानहरुलाई संग्रह गर्दै निरन्तर काम गरेका हुनाले यी महानतम सनातन शास्त्र तथा ग्रन्थहरु वर्तमान समयमा हाम्रो सामु यो स्वरुपमा उपलव्ध भएकाछन् र अध्यात्म विज्ञानको आकाशमा स्थपित भएका छन् इशापूर्व १५औं शताव्दी भन्दा निकै अघिदेखि नै । 


सनातन अध्यात्म आकाशका उच्च व्यक्तित्व महर्षि वेदव्यासले सनातन शास्त्र विराट वेदको संकलन गरेर एक सुत्रमा बाँधिदिनु भएको हो वहाँ वेदका प्रतिपादक तथा रचइता हुनुहुन्न किनकी सनातन वेद अकिर्तिक तथा अपौरुषिय विराछ तथा महान शास्त्र हो । महर्षि वेदव्यासले श्रीमद भगवद् गीता पनि महाभारतको युद्धभूमिमा परमात्माका १६ कलालेयुक्त भगवान श्रीकृष्ण र तत्कालीन समयका सर्वश्रेष्ठ धनुरधर अर्जुनको विचमा भएको दिव्य संवादलाई संकलन गरेर ग्रन्थ रुवरुपमा प्रतिपादन गर्नुभएको हो आफू स्वयंले रचना गर्नुभएको होइन । श्रीमद् भागवद् महापूराण अर्थात महाभारत सहित १८ पुराण, ब्रम्हसुत्र अर्थात वेदान्तसुत्र आदि महानतम सनातन ग्रन्थहरु वहाँ स्वयंले रचना गर्नुभएको हो । समुच्चा वेदान्त दर्शनको सबैभन्दा मूल ग्रन्थ ब्रम्हसुत्र ऋषि बादरायणको रचना मानिएको छ र वहाँनै महर्षि वेदव्यास हुनुहुन्थ्यो भन्ने दाबीहरु रहेकाछन् किनकी पूर्वीय सनातन दर्शनमा महर्षि वेदव्यास विराट योगदान पुर्याउनु भएका महान व्यक्तित्व मानिनुहुन्छ । तर सनातन अध्यात्म आकाशका अर्का उज्वलतारा तथा नव वेदान्त(नियो वेदान्त)का प्रमुख प्रणेता स्वामी विवेकानन्दको मतानुसार वेदव्यास कोहि एक व्यक्ति नभएर यो एक सत्ता तथा गुरु परम्परा हो र यो मत अत्यन्तै तार्किक र सान्दर्भिक छ किनकी कुनै एक व्यक्तिले अत्यन्तै लामो समय लाग्ने यतिका धेरै कामहरु गर्न सम्भव थिएन र हुदैन । यसकारण पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पृष्ठभूमि, प्रारम्भिक अवस्था, वैदिककाल तथा पहिलो लहर इशापूर्व १५औं शताव्दी भन्दा अगाडि निकैनै लामो समय रहेको हुनसक्ने अनुमान स्पष्ट रुपमा गर्न सकिन्छ यस सन्दर्भमा पर्याप्त प्रामाणिक तथ्यांकहरु उपलव्ध नभएका भएपनि किनकी सनातन षटदर्शन मध्यको एक न्याय दर्शनका अनुसार अनुमान पनि एउटा सशक्त प्रकारको प्रमाण नै हो ।  


प्रारम्भिक अवस्था तथा वैदिक युगका मूल शास्त्र- वेद र उपनिषद

सनातन वेदका प्रकार, चरण, वेदांग र यिनमा समाविष्ट अन्तरविषयहरु

ऋगवेद

सबैभन्दा प्राचीन शास्त्र ऋगवेदको उपवेद आयुर्वेद हो । ऋगवेदमा अधि+आत्म अर्थात परम+आत्म अर्थात परमात्मा, इश्वर, ब्रम्ह, परब्रम्ह, ब्रम्हाण्ड तथा ब्रमहाण्डको सृष्टि, ब्रम्हाण्डको अन्तिम सत्य तथा ब्रम्हाण्डको मूलश्रोत तथा मूलस्वरुप, यसलाई जान्ने विधि अर्थात अध्यात्म साधना तथा योग–ध्यान साधना, साधनाबाट परमात्मा साक्षातकार, परमात्मामा यनेगस्थ र मोक्ष तथा निर्वाणमा उपलव्ध आदि दिव्य तथा परालौकिक विषयका महाज्ञान तथा महाविज्ञानहरु समेटिएका छन् । यी विषयहरु र यिनको साधना तथा सैद्धान्तिक र व्यवहारिक अभ्याहिरुले मनुष्यको चित्त, आत्मा अर्थात चेतना तथा सुक्ष्म शरीरको शुद्धिकरण, विकास तथा जागरण गरेर परमात्मामा योगस्थ भएर सदाकालागि मोक्ष तथा निर्वाणमा उपलव्ध भई पारमार्थिक तथा आध्यात्मिक जीवनमा उच्चता हासिल गर्न मनुष्यलाई मद्धत गर्दछ । ऋगवेदको उपवेद आयुर्वेदले मनुष्यको कायाशुद्धि तथा आरोग्यतामा वढि प्राथमिकता प्रदान गरेको छ ताकि मनुष्यका स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु अर्थात उसको सांसारिक जीवन सबै अवस्थाहरु हरप्रकारले आरोग्य, व्यवस्थित तथा विकसित रहुन् र परमात्मा प्राप्तिकालागि उसले अनिवार्य रुपमा गर्नुपर्ने अध्यात्म साधना तथा योग–ध्यानका विधि तथा पद्धतिहरुको निष्ठापूर्वक प्रयोगात्मक अभ्यास तथा अनुशरण गर्न उसलाई उसको शारीरिक शरीर, मानसिक शरीर, प्राणिक शरीर, भावनात्मक शरीर, वौद्धिक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरले साथ, सहयोग तथा सहजता प्रदान गरुन् र उसले सहज ढंगले साधना गर्दै आफ्नो सांसारिक जीवनको साथसाथ पारमार्थिक तथा आध्यात्मिक जीवनमा पनि उल्लेख्य प्रगति गर्न सकोस् ।
 
यजुर्वेद

सनातन वेदका चारवटै भाग तथा प्रकारहरुको मूलध्यय मनुष्यलाई अध्यात्म साधना तथा योग–ध्यान साधनामा अभ्यस्त गराएर उसको सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गराएर परमात्मा साक्षातकारसम्म पुर्याउनु र सदाकालागि परमात्मामा योगस्थ गराउनु रहेको छ । ऋगवेदमा निराकार परमात्मा अर्थात इश्वरको साधनाको विषय उल्लेख गरिएको छ तर फरक–फरक मनुष्यहरुको प्रकृति र उसको आत्मा अर्थात चेतनाको स्तर तथा विकासको अवस्था फरक–फरक प्रकार तथा तहको हुनेहुनाले सबैलाई निराकार परमात्माको उपासना गर्न सहज हुदैन, उनीहरुले निराकार परमात्मालाई अनुभव तथा अनुभूतिमा उतार्ननै सक्दैनन् र यस्तो अवस्थामा प्रभावकारी ढंगले निराकार परमात्मा प्राप्तिकालागि गरिने अध्यात्म साधना तथा योग–ध्यान साधनाका विधि तथा पद्धतिहरु प्रभावकारी ढंगले गर्न सक्दैन् । यस्ता प्रकारका मनुष्यहरुकालागि यजुर्वेदमा समाविष्ट विषयहरु सहज र सजिलै बुझिने प्रकारका रहेका छन् । यजुर्वेदमा निराकार, अव्यक्त तथा निर्गुण परमात्माका स्वरुपहरुलाई आकार, व्यक्त तथा गुण स्रुपमा प्रस्तुत गरिएको छ भगवान, देवी–देवता, अवतार आदिका रुपमा र परमात्माका यी आकार, व्यक्त तथा गुण स्वरुपका भगवान, देवी–देवता, अवतार पुरुषहरु (सिद्ध आत्मा अर्थात चैतन्य चेतना)को उपासना तथा पूजा–अनुष्ठानका साधना विधिहरु कर्मकाण्ड संस्कार तथा देवकार्य र पित्रीकार्यहरु मार्फत विभिन्न संस्कार, संस्कृति, परम्परा आदिका रुपमा अलग–अलग किसिमले अनुशरण गर्न सकिाइएका तथा बताइएका छन् ताकी अध्यात्मका मुमुक्षुहरुलाई कर्मकाण्डका साधना विधिहरु– यज्ञ, पूजा, अनुष्ठान, भक्ति, सेवा, उपकार, दान, पुण्य आदि मार्फत उनीहरुको सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास हुन सकोस् र यहि माध्यमबाट परमात्मामा एकाकार तथा योगस्थ भएर सदाकालागि मोक्ष तथा निर्वाणमा उपलव्ध हुन सकोस् । 

सनातन अध्यात्म विज्ञानको दोस्रो महानतम शास्त्र यजुर्वेदको उपवेद धनुर्वेद रहेको छ र यसको मूल विषय राजनीति, कुटनीति, युद्धनीति तथा धर्मनीति आदि रहेको छ जसको माध्यमबाट समाजमा धर्मको हानि हुनबाट बचाएर नराम्रा शक्ति तथा विषयहरुलाई दवाएर राम्रा शक्ति तथा विषयहरुलाई फैलाएर समाज, राज्य, विश्व, प्रकृतिमा अमनचयन कायम गर्नु रहेको छ किनकी समाजमा विद्यमान रहेका खराव शक्ति तथा विषयहरुले बढावा पाए भने मनुष्यको जीवन कष्टकर हुने र उसले आफ्नो दैनिक जीवनयापन तथा सांसारिक जीवन र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गरेर आकारमा रहनुभएका भगवान तथा देवी–देवताहरुको यज्ञ, पूजा, अनुष्ठान, उपासना, तीर्थ तथा साधना गरेर निराकार परमात्मासम्म पुग्न मुस्किल हुन्छ । यसकारण धनुर्वेदका नीतिहरु मार्फत परिवार, समाज तथा राज्यमा शान्ति तथा अमनचयन, धर्म तथा अनुसासन स्थापना गरेर अध्यात्म मुमुक्षुहरुको परमात्मा प्राप्तिको मार्ग सहज गर्नु रहेको छ । भगवान श्रीकृष्णले श्रीमद् भगवद् गीतामा भन्नुभएको महावाणी यही भावको सन्दर्भमा रहेको छ, “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥” अर्थात जवजव धर्तीमा खराव शक्तिहरुका कारण अध्यात्म मुमुक्षु अर्थात साधु, सन्तहरुमाथि अन्याय हुन्छ तथा अधर्म बढ्छ तवतव तिनको रक्षा गरि धर्मको पुनःस्थपना गर्न म निराकार परमात्मा अवतार लिएर आकार स्वरुपमा धर्तीमा अवतरण हुनेछु, अमनचयन तथा न्याय तथा युद्ध तथा धनुर्वेदको नीति अनुसार योगी, साधु, सन्तहरुको रक्षा र धर्मको पुनरस्थापना गर्नेछु । 

सामवेद

सनातन अध्यात्म विज्ञानको तेस्रो महानतम शास्त्र सामवेदको उपवेद गन्दर्भवेद रहेको छ । काव्य, छन्द, लय, पाठ, जप, उच्चाहरण, राग, ताल, संगीत, गायन, नृत्य, भजन, किर्तन तथा सात्विक प्रकारका मनोरञ्जनहरुको साधना गरेर पनि आफ्नो सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गरेर परमात्मा साक्षातकार गर्न तथा परमात्मामा योगस्थ भएर सदाकालागि मोक्ष तथा निर्वाणमा उपलव्ध हुन सकिन्छ भन्ने ज्ञान तथा विज्ञानका विषयहरु सामवेद र यसको उपवेद गन्दर्भवेदमा समाविष्ट गरिएका छन् ।

अथर्ववेद

सनातन अध्यात्म विज्ञानको चौथो तथा सबैभन्दा कान्छो महानतम शास्त्र अथर्ववेदको उपवेद स्थापत्यवेद रहेको छ । मनुष्यको चेतना र सभ्यताको विकासक्रमसंग मेल खाने तथा सभ्यता विकासक्रमसंगै मनुष्यले खोजेको युग सान्दर्भिक परिपर्तन तथा विकासका गतिविधिहरु समाविष्ट रहेका छन् अथर्ववेदको उपवेद स्थापत्यवेदमा । आफ्नो रुचि अनुसारको कार्य तथा पेशा, व्यवसाय, अध्ययनमा कार्यकुशलता हासिल गरेर पनि मनुष्यले आफ्नो सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गरेर सुख, खुशी, शान्ति, आनन्दको माध्यमबाट पनि परमात्मा साक्षातकार गर्न तथा परमात्मामा योगस्थ भएर मोक्ष तथा निर्वाणमा उपलव्ध हुन सक्दछ भन्ने ज्ञान तथा विज्ञानका विषयहरु अथर्ववेद र यसको उपवेद स्थापत्यवेदमा समाविष्ट गरिएका छन् । वर्तमान विश्वमा व्यवहारिक रुपमा अभ्यास गर्दै आइएका इन्जिजियरिंग, गणित, कम्प्युटिगं, वास्तु शास्त्र, ज्योतिष शास्त्र, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, भौतिक शास्त्र, जैव शास्त्र, रसायन शास्त्र, निर्माण शास्त्र आदि विषयहरु अथर्ववेद र यसको उपवेद स्थापत्यवेदबाट निसृत भएर आएका हुन् ।


वेदका अंग- वेदांग

वेदलाई सबैले सहजै बुझ्न सक्नेगरि तथा वेदको अध्ययन अझ सहज बनाउने उद्देश्यले ६ प्रकारका वेदागंहरु निर्धारण गरिएका छन्– (१)शिक्षा– वेदको उच्चाहरुण गर्ने तरिका, (२)कल्प– कर्मकाण्ड अनुष्ठानका विधिहरु, (३)व्याकारण– शुद्ध भाषा विज्ञान, (४)निरुक्त– शव्दहरुको सहि अर्थ, (५)ज्योतिष– खगोल विज्ञान, र (६)छंद– शास्त्र पाठ गर्ने नियम ।  


वेदका चरण तथा उपश्रेणी

(१)संहिता (मन्त्र)- संहिता वेदको मूल तथा सबैभन्दा प्राचीन भाग हो जसमा देवताहरुको स्तुतिका मन्त्रहरु समावेश गरिएकाछन् । 
(२)ब्राम्हण (ग्रन्थ, कर्मकाण्ड)- ब्राम्हण संहिताका मन्त्रहरु गद्यमा गरिएको विवरण हो जसमा यज्ञ तथा अनुष्ठानहरुका विधि तथा विधानहरुका विस्तारमा व्याख्या गरिएको छ । वेदको ब्राम्हण चरण गराउने व्यत्तिलहरुनै पछिपछि गएर ब्राम्हण कहलाएका हुन् भन्ने तर्कसंगत मत रहदै आएकोछ ।,
(३)आरण्यक(रहस्य, दार्शनिक)- यी ग्रन्थहरुको अध्ययन वनमा गर्ने गरिन्थ्यो जसमा कर्मकाण्डहरुका उद्देश्य र प्रतीकवादका चर्चा गरिएकाछन्, र यी ग्रन्थहरु उपनिषदको पूर्वरुप मानिन्छ ।
 (४)उपनिषद(वेदांत, दर्शन)- उपनिषद वेदका अन्तिम भाग हुन जहाँ यज्ञ भन्दामाथि उठेर आत्मा, ब्रह्म, मोक्षका दार्शनिक ज्ञान दिइएकाछन् । जसलाई वेदान्छ पनि भनिन्छ ।


सनातन महान शस्त्र उपनिषद

उपंनिंषद.उपनिषद संस्कृत शव्द ‘उप’को अर्थ समिप, ‘नि’को अर्थ निष्ठापूर्वक, ‘षद्’को अर्थ बस्नु हो, समग्रमा गुरुको समिपमा बसेर परालौकिक रहस्यमय ज्ञान प्राप्त गर्नु भन्ने हो । सनातान ज्ञान विराट वेदको विस्तारमा व्याख्या गर्ने उपनिषदहरुका संख्या जम्मा १०८ रहेका पाइएछन्, तीमध्य १०, १२ वटा अत्यन्तै महत्वपूर्ण मानिन्छन् । बृहदारण्यक(यजुरवेदसंग सम्वन्धित) र छान्दोग्य(सामवेदसंग सम्वन्धित) उपनिषद सबैभन्दा पूराना मानिन्छन् । उपनिषदलाई वेदको अन्तिम भाग तथा हिस्सा मानिने हुनाले वेदान्तका रुपमा पनि सम्वोधन गर्ने गरिन्छ । उपनिषहरुमा अत्यन्तै गहिरा दार्शनिक ज्ञान, विज्ञानका विषयहरु– आत्मा, परमात्मा, इश्वर, ब्रम्ह, अद्वेत, ब्रम्हाण्ड, जगत, जीवन, कर्म, मोक्ष आदि परालौकिक मूल्य–मान्यताहरु रहेकाछन्, यसकारण उपनिषदहरु नै पूर्वीय सनातन आकाशका प्रमुख तथा सर्वोच्च दार्शनिक शास्त्र तथा दर्शनहरु हुन्् । प्राचीनकालदेखि आज पर्यन्त सारा मानव समुदायले मान्दै आइरहेका सबै धारणा तथा समग्र जीवनका सांसारिक तथा पारमार्थिक मूल्य–मान्यताहरु यिनै प्रमुख १०, १२ वटा उपनिषदहरुमा प्राचीनकालमै प्रतिपादन गरिसकिएको थियो । वर्तमान समयमा विश्वभरि प्रतिपादन गरिएका सबैप्रकारका ज्ञान, विज्ञान, सिद्धान्त, सुत्र तथा आविस्कारहरु सनातन शास्त्र वेद र उपनिषहरुबाट नै निसृत भएकाहुन् ।

छिट्टै, विस्तारमा
(२)दोस्रो लहर– वैदिक कर्मकाण्डहरुको विस्तार र अनियमितता (लगभग इशापूर्व ३०००–२०००)

(३)तेस्रोे लहर– षटदर्शनको प्रादुर्भाव तथा सुत्र ग्रन्थहरुको प्रतिपादन (लगभग इशापूर्व २०००–०)
(४)चौथोे लहर– भक्ति आन्दोलन तथा पुनरोत्थान (इस्लाम आगमन र बहिर्गमनको कालखण्ड, लगभग सन् ७००–१७००)
(५)पाँचौ लहर– नव वेदान्त तथा नव हिन्दुवाद (इशाइको सक्रियता, पुनरजागरण तथा नवजागरण, १८औं शताव्दीको उत्तरार्ध, १९औं र २०औं शताव्दी)
(६)छैठौं लहर– नवयान, जे. कृष्णमूर्ति, ओशो रजनीश लगायत (अंग्रेजबाट स्वतन्त्र भएपछि वर्तमानसम्म, सन् १९५० यता...)


                                                               शिवोहम् योगपीठ


Tuesday, 24 February 2026

पूर्वीय दर्शन र पाश्चात्य दर्शनको प्रादुर्भाव

डा. सिर्जना भण्डारी                 

                                     #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

७३.पूर्वीय दर्शन र पाश्चात्य दर्शनको प्रादुर्भाव


दर्शन र फिलोसोफीको विच रहेको अन्तर

सामान्यतया दर्शनको अंग्रेजीकरण फिलोसोफी भनेर बुझ्ने तथा बुझाउने गरिए पनि यी दुई शव्दहरुको वास्तविक अर्थ फरक रहेका छन् र एकले अर्कोलाई हुबहु परिभाषित पनि गर्दैनन् । संक्षेपमा भन्नुपर्दा मनुष्यको जीवनलाई सन्तुलित तथा मध्यमार्गी बन्न सिकाउने उसको स्वअनुभूतिमा आउने अन्तरज्ञान दर्शन हो र वाहिरबाट आउने वहिरज्ञान फिलोसोफी हो । ‘दर्शन’ त्यस्तो पराभौतिक ज्ञान तथा विज्ञान हो जो इन्द्रियातीत, मनातीत, भावातीत अनुभूतिहरुमा आधारीत हुन्छ जसलाई शव्द, वाणी, हाउभाउबाट अरुसमक्ष व्यक्त गर्न तथा बुझाउन सकिदैन । यसप्रकारका इन्द्रियातीत, मनातीत, भावातीत अनुभूतिहरु योग-ध्यान साधनाका विधिहरुको निरन्तर प्रयोगात्मक अभ्यासहरुको माध्यमबाट मानिसको शरीरलाई नै प्रयोगशाला बनाएर आर्जन गरिएका हुन्छन् । ‘फिलोसोफी’ त्यस्तो भौतिक इन्द्रियजनीत ज्ञान तथा विज्ञान हो जो इन्द्रियहरुको अनुभवहरुमा आधारीत हुन्छ र भौतिक प्रयोगशालाहरुमा भौतिक वस्तु तथा पदार्थहरुलाई प्रयोग तथा परिक्षण गरेर आर्जन गरिएको हुन्छ जसलाई सहजै शव्द, वाणी, हाउभाउबाट अरुसमक्ष व्यक्त गर्न तथा बुझाउन सकिन्छ । फिलोसोफीबाट प्रतिपादन भएको ज्ञान तथा विज्ञान सबैले सहजै बुझ्न सक्ने प्रकारको प्रमाण सहित हुन्छ र यसलाई बंग्याएर अर्थ तथा परिभाषा गर्न सकिदैन किनकी यस्तो ज्ञान तथा विज्ञान जान्न चाहेमा भौतिक प्रयोगशाला तथा पुस्तकहरुबाट प्रमाणसहित सहजै जान्न सकिन्छ तर दर्शनबाट प्रतिपादन भएको ज्ञान तथा विज्ञान सबैले सहजै बुझ्न नसकिने प्रकारको प्रमाणरहित हुनेहुनाले यसलाई हरकोहीले आफूखुशी अर्थ तथा परिभाषा गर्न र आफ्नो स्वार्थ अनुसार सजिलै तोडमरोड गर्न सक्दछ । 


युगऋषि श्रद्धेय ओशो रजनीशको परिभाषा अनुसार, ‘दर्शन’ बुद्धत्व तथा ब्रम्हज्ञानमा स्थित विकसित चेतना, सिद्ध आत्मा तथा चैतन्य महापुरुषहरुद्वारा गरिएको स्वअनुभव तथा स्वअनुभूतिका आधारमा प्रतिपादन गरिएको पराभौतिक, ब्रम्हण्डिय अर्थात परब्रम्ह अर्थात परमात्मा अर्थात इश्वर–गड–अल्ला अर्थात परमेश्वर अर्थात श्रेष्ठ तथा ब्राम्ही चेतनाको अस्तित्वका विषयहरुसंग सम्वन्धित ज्ञान तथा विज्ञान हो जुन आममानिसको बुझाइमा सजिलै आउन सक्दैन । यी विषयहरु मनुष्यको शरीर, मन, भाव, वुद्धि भन्दा परबाट आउने भएकोले मनुष्यको ज्ञान तथा कर्म इन्द्रियहरुको पकडमा आउदैनन्, अतिइन्द्रियहरु(इन्द्रिय भन्दा पर)को अनुभूतिमा मात्र आउन सक्छन् तर फिलोसोफी मनुष्यको शरीर, मन, भाव, वुद्धि तथा विचारबाट आउने भएकोले र भौतिक तथा सामाजिक प्रयोगशालाहरुमा वैज्ञानिक प्रयोगहरुद्वारा प्रमाणित गरिएका हुनेहुनाले मनुष्यका ज्ञान तथा कर्म इन्द्रियहरुको पकडमा सहजै आउन सक्छन् ।


दर्शन तथा फिलोसोफीका प्रकार र पादुर्भाव

मोटमोटी रुपमा विश्वको भूगोलको क्षेत्रगत विभाजनका आधारमा दर्शन तथा फिलोसोफी दुई प्रकारका रहेकाछन्– (१)पूर्वीय दर्शन तथा फिलोसोफी, र (२)पाश्चात्य दर्शन तथा फिलोसोफी । विश्वको भूगोलको पूर्वी क्षेत्र खासगरि एशिया महादेशका पूर्व, दक्षिणमा रहेका मुलुकहरु नेपाल, भारत, तिव्वत लगायतमा क्षेत्रहरुमा प्रतिपादन भएका तथा गरिएका ज्ञान, विज्ञानहरु पूर्वीय दर्शन तथा फिलोसोफी अन्तर्गत पर्दछन् र विश्वको भूगोलको पश्चिमी क्षेत्र खासगरि यूरोप र अमेरीका महादेशमा रहेका मुलुकहरु ग्रीस, बेलायत, उत्तर अमेरीका लगायतमा क्षेत्रहरुमा प्रतिपादन भएका तथा गरिएका ज्ञान, विज्ञानहरु पाश्चात्य दर्शन तथा फिलोसोफी अन्तर्गत पर्दछन् । मनुष्यको सभ्यता विकासका क्रममा विभिन्न कालखण्डहरुमा लामो समयको अन्तरालमा विश्वको राजनीति, भूगोल, अर्थव्यवस्था तथा सामाजिक व्यवस्थामा आएको उथलपुथल युक्त आमूल परिवर्तनका कारण वर्तमान समयमा पूर्वको तुलनामा पश्चिम जगत भौतिक तथा संरचनागत, विज्ञान प्रविधि तथा सूचना प्रविधिको विकासमा निकै अगाडि देखिएको भएपनि ज्ञान, विज्ञान, दर्शन तथा फिलोसोफीको प्रादुर्भावको ऐतिहासकि पृष्ठभूमि त्यति लामो रहेको पाइदैन जति पूर्वीय ज्ञान, विज्ञान, दर्शन तथा फिलोसोफीको रहेको पाइएकोछ । लिपिवद्ध गरिएको प्रामाणिकतालाई नै मात्र आधार मान्ने हो भनेपनि पूर्वीय ज्ञान, विज्ञान, दर्शन तथा फिलोसोफीको ऐतिहासिक पृष्ठभूमि इशापूर्व १५ औं शताव्दी तथा आजभन्दा ३५०० वर्षअघिदेखि रहेको पाइएकोछ भने पाश्चात्य ज्ञान, विज्ञान, दर्शन तथा फिलोसोफीको ऐतिहासिक पृष्ठभूमि इशापूर्व छैठौं शताव्दी तथा आजभन्दा २६०० वर्षअघिदेखि रहेको पाइएको छ । 


पूर्वीय दर्शनको विकास र विकासका लहरहरु

अपुष्ट प्रमाणहरुलाई आधार मान्दा पूर्वीय दर्शनको ऐतिहासिक पृष्ठभूमि सनातनदेखि नै रहदै आएको मानिन्छ र अन्य मान्यता तथा दाबीहरुलाई आधार मान्दा कतै ९० हजार वर्षअघिदेखि, कतै ७० हजार वर्षअघिदेखि वेदका ज्ञानहरु सनातन समाजमा श्रुती र सीमित मात्रामा लिपिका रुपमा सैद्धान्तिक तथा व्यवहारिक प्रयोगमा ल्याइएका थिए भन्ने मान्यता तथा दाबी रहेका छन् । पुष्ट प्रमाणहरुलाई आधार मान्दा पूर्वीय सनातन दर्शनको ऐतिहासिक पृष्ठभूमि आजभन्दा ३५०० वर्ष अघिदेखि मान्दै आइएकोछ । प्रामाणिक रुपमै सन्दर्भ सामग्रीहरु उपलव्ध रहेका छन् कि इशापूर्व १५ औं शताव्दीसम्म अर्थात आजभन्दा ३५०० वर्ष अघिदेखि पूर्वीय सनातन दर्शनको पृष्ठभूमिमा वेद, पुराण, रामायण, महाभारत, श्रीमद् भगवद् गीता आदि प्रमुख तथा महान सनातन ग्रन्थहरु पूर्णरुपमा संग्रहीत तथा प्रतिपादित भैसकेका थिए । यी तथ्यहरु प्रामाणसहित रहेकोले यो कालखण्डलाई पुर्वीय सनातन  दर्शनको ऐतिहासिक विकासक्रमको प्रारम्भिक अवस्था तथा पहिलो लहर(फस्ट वेभ)को रुपमा मान्यता दिइएकोछ । प्रारम्भिक अवस्था तथा पहिलो लहर लगायत पूर्वीय दर्शनका ६ लहरहरु आइसकेका छन् र वर्तमान समयमा छैंठौं लहर चलिरहेको छ । पूर्वीय सनातन दर्शनको ऐतिहासिक पृष्ठभूमिको व्याख्या तथा विश्लेषण गर्दा मुख्य रुपमा वैदिककालदेखि तथा उत्पतिकालदेखि आजसम्म भएगरेका सबैका काम तथा योगदानबारे अध्ययन गरिन्छ ।   


पूर्वीय सनातन दर्शनका लहर, विषय र कालखण्ड संक्षेपमा निम्नअनुसार रहेकाछन्– 
(१)पहिलो लहर– प्रारम्भिक अवस्था 
प्रमुख तथा महानतम सनातन ग्रन्थहरु पूर्णरुपमा संग्रहीत तथा प्रतिपादित भैसकेको अवस्था, लगभग आजभन्दा ३५०० वर्षअघि । 
(२)दोस्रो लहर– वैदिक कर्मकाण्डहरुको विस्तार र चरम अनियमितता (लगभग इशापूर्व ३०००–२०००)
(३)तेस्रोे लहर– षटदर्शनको प्रादुर्भाव तथा सुत्र ग्रन्थहरुको प्रतिपादन (लगभग इशापूर्व २०००–०)
(४)चौथोे लहर– भक्ति आन्दोलन तथा पुनरोत्थान (इस्लाम आगमन र बहिर्गमनको कालखण्ड, लगभग सन् ७००–१७००)
(५)पाँचौ लहर– नव वेदान्त, नव हिन्दुवाद, राष्ट्रियतावाद तथा समानतावाद (इशाइको सक्रियता, पुनरजागरण तथा नवजागरण, १८औं शताव्दीको उत्तरार्ध, १९औं र २०औं शताव्दी)
(६)छैठौं लहर– नवयान, जे. कृष्णमूर्ति, ओशो रजनीश लगायत (अंग्रेजबाट स्वतन्त्र भएपछि वर्तमानसम्म, सन् १९५० यता...)


छिट्टै, विस्तारमा
(१)पहिलो लहर– प्रारम्भिक अवस्था 
प्रमुख सनातन ग्रन्थहरु संग्रहीत भएर पूर्णरुपमा प्रतिपादित भैसकेको अवस्था, आजभन्दा ३५०० वर्षअघि । 

 शिवोहम् योगपीठ



पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...