Wednesday, 14 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                 #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान        


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

४३.सवाल

प्राणमय कोषले मनुष्यको प्राण उर्जाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।

जवाफ

उर्जाको शाव्दिक अर्थ बल तथा शक्ति हो । ब्रम्हाण्डमा स्थित हरेक वस्तु तथा पदार्थहरुको आ–आफ्नै प्रकारका उर्जा, बल तथा शक्ति हुन्छन् । सूर्य तथा अग्निको उर्जा ताप, प्रकाश र यसभित्र रहेका अनन्त प्राकृतिक गुणहरु हुन्; पानी तथा हावाको उर्जा शितलता, वहाव(करेन्ट) र यसभित्र रहेका अनन्त प्राकृतिक गुणहरु हुन्; खुर्सानी, कागती, उखुको उर्जा पिरो, अमिलो, गुलियो र यसभित्र रहेका अनन्त प्राकृतिक गुणहरु हुन्; र मनुष्यको उर्जा समग्रतामा प्रेम, शान्ति र यसभित्र रहेका अनन्त प्राकृतिक गुणहरु तथा प्रेम र शान्तिका प्राकृतिक गुण तथा अन्तरवस्तुहरु हुन् जसले मनुष्यलाई पूर्णतामा जीवन जिउन मद्धत गर्दछन् । जीवन जिउन मद्धत गर्ने उर्जालाई जीवन उर्जा(भाइटल फोर्स), प्राण तत्व तथा प्राण उर्जा भनिन्छ र सनतान अध्यात्म दर्शनको महत्वपूर्ण विषय कोष विज्ञानले मनुष्यको प्राण उर्जालाई प्राणमय कोश तथा उर्जा शरीर(इनर्जी बडी, एस्ट्रल बडी)को रुपमा व्याख्या तथा विश्लेषण गरेको छ । उर्जा शरीरको फैलावट नै मनुष्यको तेजो बलय(शरीरको प्रकाश) तथा आभामण्डल(औरा) हो । प्रमात्रा भौतिक विज्ञानको भाषामा क्वान्टम फिल्ड तथा इलेक्ट्रो मेग्नेटीक फिल्ड हो, यो मनुष्यको शरीरको वाहिर वरिपरि केही इन्चदेखि केही फिटसम्म सात रंगमा फैलिएको हुन्छ अदृश्य रुपमा, हाम्रा नांगा आँखाले देख्न सकिदैन तर भौतिक विज्ञानको विशेष प्रविधि(किर्लियन फोटोग्राफी)को माध्यमबाट देख्न सकिन्छ । सनातन अध्यात्म दर्शनको साधनाको मूल विज्ञान योग साधना(खासगरि योगासन, प्राणायाम, ध्यान)को माध्यमबाट पाँचवटै कोश विकसित भएको साधकले आफ्नो शरीरको प्रकाश, तेजो बलय तथा आभामण्डलको आकार र रंगहरु देख्न सक्दछ । जसको आभामण्लको रंग स्पष्ट तथा सफा छ र शरीरबाट वाहिर धेरै फैलिएको हुन्छ त्यस्तो व्यक्तिका सबै कोश तथा शरीरका सबै आयामहरु हरप्रकारले स्वस्थ, शुद्ध, सक्रिय, सनतुलित, व्यवस्थित, आरोग्य तथा विकसित रहेका हुन्छन् र जसको आभामण्लको रंग स्पष्ट तथा सफा छैन र शरीरबाट वाहिर धेरै फैलिएको छैन त्यस्तो व्यक्तिका कोश तथा शरीरका आयामहरु अस्वस्थ, अशुद्ध, निष्क्रिय, असन्तुलित, अव्यवस्थित तथा अविकसित रहेका हुन्छन् । मनुष्यको शारीरिक तथा मानसिक शरीरमा अस्वस्थतता तथा रोगहरु देखिनुपूर्व त्यसको संकेत तथा लक्षण उसको उर्जा शरीर तथा आभामण्डलमा आउछ हुन्छ र विस्तारै शरीर, मन, भावना, वुद्धि तथा चेतनामा प्रकट हुन्छ । 


सनातन अध्यात्म विज्ञानका प्रमुख विद्याहरु मध्य एक अत्यन्तै महत्वपूर्ण विषय कोश विज्ञानका अनुसार हरेक मनुष्य पाँच प्रकारका कोश तथा पाँच प्रकारका शरीरका आयामहरुको समग्र स्वरुप हो । मनुष्यको जीवनका सबै आयामहरुलाई हरप्रकारले सन्तुलित, व्यवस्थित तथा विकसित गर्न सबै कोश तथा शरीरका आयामहरुको उत्तिकै प्रभावकारी र महत्वपूर्ण भूमिका रहेको हुन्छ । अन्नमय कोशपछि दोस्रो तथा अर्को महत्वपूर्ण प्राणमय कोश हो जो एकप्रकारको चार्जर हो र यसको माध्यमबट अन्नमय कोशको क्षमता, प्रस्तुति, प्रभावकारिता, महत्व र मूल्य बढ्छ साथै भित्रका अरु कोशहरु– मनोमय कोश, विज्ञानमय कोश र आनन्दमय कोशको पनि क्षमता, प्रस्तुति, प्रभावकारिता, महत्व र मूल्य बढ्छ । दैनिक जीवनयापन गर्ने क्रममा विभिन्न क्रिया तथा गतिविधिहरुमा हरेकक्षण अन्नमय कोशको माध्यमबाट जीवन उर्जा तथा प्राण उर्जा खर्च भैरहेको हुन्छ र शरीर खालिहुदै गैरहेको हुन्छ, यसैकारण लगातार शारीरिक तथा मानसिक कामहरु गरिरहदा हामी थकित तथा गलित हुन्छौं र आरा मगर्ने इच्छा गर्छौं । यसरी शारीरिक शरीरबाट खर्च भएको उर्जाको निरन्तर आपूर्ति गर्ने काम प्राणमय कोश तथा प्राणीक शरीरले गर्ने गर्दछ र अन्नमय कोश तथा शारीरिक शरीरलाई उर्जाबिहिन भएर धेरै थकित तथा गलित हुन दिदैन, निरन्तर शक्ति तथा उर्जा प्रदान गरिरहन्छ ।  


प्रकृति तथा ब्रम्हाण्डमा दृश्यरुपमा अनन्त पदार्थहरु स्थित भए जस्तै अदृश्य रुपमा प्राण उर्जा पनि अनन्त रुपमा स्थित रहेको छ । मनुष्यले अदृश्य रुपमा श्वास–प्रश्वासको क्रिया अन्तर्गत अदृश्य वायुको माध्यमबाट अदृश्य प्राण उर्जा तथा जीवन उर्जा निरन्तर आफूभित्र लिरहेको हरेक श्वासमा ग्रहण तथा अवशोषण गरिरहेको हुन्छ र यही प्राण उर्जा नै मनुष्यको शरीरको वास्तविक उर्जा, बल तथा शक्ति हो र अन्य गतिविधिहरु जस्तो खानपान, व्यायाम आदिबाट प्राप्त गर्ने सहायक उर्जा हुन् जसले शरीरका आयामहरुलाई अझ सहजता प्रदान गर्न मद्धत गर्दछ । ब्रम्हाण्डबाट प्राप्त ब्रम्हाण्डिय महाशक्ति तथा प्राण उर्जाले मनुष्यको शारीरिक शरीरका साथै मानसिक, प्राणीक, भावनात्मक, वैद्धिक, आत्मिक अर्थात चेतनात्मक शरीरलाई सहि र सन्तुलित किसिमले आ–आफ्ना काम गर्न उर्जा तथा शक्ति प्रदान गर्दछ । सामान्य अवस्थामा सामान्य किसिमले श्वासको माध्यमबाट प्राण उर्जा हाम्रो शरीरले ग्रहण गरिरहेको हुन्छ तर योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका प्रयोगात्मक अभ्यासहरु खासगरि प्राणायाम साधनाका विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगातमक अभ्यासहरुको माध्यमबाट निरन्तर ग्रहण भैरहने प्राण उर्जाको आपूर्ति, गुणस्तर र प्रभावकारिता अझ धेरै बढाउन सकिन्छ । 


मनुष्यको कोश तथा शरीरका आयामहरुमा जति बढि गुणस्तरिय प्राण उर्जाको आपूर्ति र उपयुक्त प्रवाह हुन्छ उतिनै उसको शरीर स्वस्थ, मन एकाग्र, प्राणमा उमंग, भावना प्रेमल, वुद्धि सिर्जनशील, आत्मा अर्थात चेतना जाग्रित हुन्छ, साथै चेहरामा चमक, आँखमा तेज, स्वभावमा साहस, प्रकृतिमा मिलनसार, प्रवृत्तिमा पराक्रम आदि सकारात्मक गुणहरुले भरिदै जान्छ । जीवन स्वस्फुर्त ढंगले चल्न थाल्छ, हरप्रकारले सन्तुलित, व्यवस्थित र विकसित हुन्छ र यस्तो अवस्थामा व्यक्तिभित्र उचित अवसरको अभावमा सुसुप्त अवस्थामा रहेका उसको लुकेका प्रतिभा, क्षमता, सिर्जनशीतला, रचनात्मकता, नवीनताहरु प्रष्फुटित हुन्छन् र जीवका सबै आयामहरु पूर्णतामा विकास हुन्छन् । मनुष्यको जीवनमा यस्तो दिव्य अवस्था हासिल गर्न अन्नमय कोश र प्राणमय कोश भन्दा माथि तथा भित्रको अर्को तेस्रो मनोमय कोश तथा मानसिक र भावनात्मक शरीरको अत्यन्तै महत्वपूर्ण तथा प्रभावकारी भूमिका रहेको हुन्छ ।     


छिट्टै,

मनोमय कोषले मनुष्यको मनोदशा तथा भावदशाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।


शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ




शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३७

                                    #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान        



    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

४२.सवाल

अन्नमय कोषले शारीरिक शरीरको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।

जवाफ

अन्नमय कोशको शाव्दीक अर्थ अन्नबाट युक्त तथा अन्न ग्रहण गरेर निर्माण भएको परत तथा तह हो । मनुष्यको शारीरिक तथा स्थुल शरीर उसले दैनिक रुपमा ग्रहण गरेको भोजनबाट निर्मित भएको हुन्छ त्यसैले यो अन्नमय कोश हो र यो मनुष्य शरीरको सबैभन्दा वाहिर दृश्य रुपमा रहेकोे परत तथा तह हो । मनुष्यको शारीरिक शरीर लगायत ब्रम्हाण्डमा स्थित सबै पदार्थ तथा दृश्य विषयवस्तुहरु अन्नमय कोशका हिस्सा हुन्  किनकी ती सबै ब्रम्हाण्डमा स्थित रहेका अर्काथरिका प्रदार्थहरुबाट युक्त भएका तथा निर्मित भएका हुन्छन् । मनुष्यको भौतिक शरीर(मांसपेशी, अस्थि, अस्थिमज्जा, नशा, रगत आदि) अन्नहरुको सेवनबाट निर्मित भएको हुन्छ र अन्न ब्रम्हाण्ड तथा प्रकृतिको स्थुल भाग पृथ्वीमा उत्पादन हुन्छ, यसकारण अन्नमय कोशले पृथ्वी तत्वको प्रतिनिधित्व गर्दछ । मनुष्यको वास्तविक स्वरुप आत्मा अर्थात चेतना हो, आत्मा अर्थात चेतना मनुष्यका कोश तथा शरीरका आयामहरुको सबैभन्दा केन्द्र तथा चुरो भागमा स्थित रहेको हुन्छ र यो विभिन्न कोश तथा तहहरु, केन्द्रबाट वाहिर क्रमशः आनन्दमय(चेतना) कोश, विज्ञानमय(प्रज्ञा) कोश, मनोमय(मन, भाव) कोश, प्राणमय(जीवन उर्जा) कोश र सबैभन्दा वाहिरी तह तथा परत अन्नमय(दृश्य शरीर) कोशको माध्यमबाट वाहिरको संसारमा अभिव्यक्त तथा प्रकट हुन्छ उर्जा, विचार, भावनात्मक संवेग, तर्क तथा योजना, अन्तरज्ञान, संकल्प, आस्था आदिका रुपमा । मनुष्यको शरीरका पाँच आयाम तथा कोशहरु मध्य एउटा आयाम तथा कोश हो अन्नमय कोश तथा शारीरिक शरीर । सनातन अध्यात्मका अनुसार यी सबै कोश तथा शरीरका आयामहरुको आ–आफ्नै प्रकारका काम, गतिविधि, प्रभावकारिता तथा महत्व रहेका छन् र सबै एकसेएक महत्वपूर्ण र शक्तिशालि रहेका छन् । शरीरको बल, उर्जा तथा प्रभावकारिता भन्दा प्राण उर्जाको बल, उर्जा तथा प्रभावकारिता सयौं गुणा बढि रहेको मानिन्छ; प्राण उर्जाको बल, उर्जा तथा प्रभावकारिता भन्दा मन र भावको बल, उर्जा तथा प्रभावकारिता हजारौं गुणा बढि रहेको मानिन्छ; मन र भावको बल, उर्जा तथा प्रभावकारिता भन्दा प्रज्ञा तथा अन्तरज्ञानको बल, उर्जा तथा प्रभावकारिता दशौं हजार गुणा बढि रहेको मानिन्छ; र प्रज्ञा तथा अन्तरज्ञानको बल, उर्जा तथा प्रभावकारिता भन्दा आत्मा अर्थात चेतना तथा चैतन्यताको बल, उर्जा तथा प्रभावकारिता लाखौं गुणा बढि रहेको मानिन्छ । 


जुन कोश तथा आयामको जति बल, उर्जा, प्रभावकारीता र महत्व भएपनि यी सबै एकअर्काका अनन्य परिपूरक हुन्, एक कोशको कमजोरी तथा अनुपस्थितिमा अर्को कोशले आफ्नो काम तथा गतिविधि राम्ररी गर्न सक्दैनन् किनकी मनुष्य भनेको केबल शरीर, केवल जीवन उर्जा, केवल मन तथा भाव, केवल वुद्धि, र केवल आत्मा अर्थात चेतना मात्रले बनेको होइन यी सबै कोश तथा तत्वहरुको समिश्रणको समग्र स्वरुप हो । पाँच कोश मध्य चार कोशहरु अदृश्य तथा सुक्ष्म स्वरुपमा छन्, केवल अन्नमय कोश मात्र दृश्य तथा स्थुल स्वरुपमा छ र बाँकी चार प्रकारका सुक्ष्म कोशहरु अन्नमय कोशबाट वाहिरको संसारमा अभिव्यक्त तथा प्रकट हुन्छन् । अन्नमय कोशबिना बाँकी चार प्रकारका कोश तथा सुक्ष्म शरीरहरुको कुनै अस्तित्वनै रहदैन र चार प्रकारका कोश तथा सुक्ष्म शरीरहरुबिना अन्नमय कोश तथा शारीरिक शरीर पूर्णतामा वाहिरी संसारमा अभिव्यक्त हुन सक्दैन, यसकारण यी सबै एकआपसका परिपूरक हुन् र सबैको समान प्रभावकारिता तथा महत्व रहेको हुन्छ । मनुष्यको चार प्रकारका कोशहरु सबैभन्दा वाहिरी कोश तथा तह अन्नमय कोश तथा शारीरिक शरीरको माध्यमबाट मात्र वाहिरी संसारमा अभिव्यक्त हुन सक्ने भएकोले सनातन ज्ञान अध्यात्म विज्ञान, योग विज्ञान, कोश विज्ञान, तत्व विज्ञान, ग्रन्थी विज्ञान तथा आधूनिक विज्ञान सबैले मनुष्यको स्थुल शरीर तथा अन्नमय कोशलाई विशेष प्रकारले महत्व तथा प्राथमिकता प्रदान गरेका छन् । 


आजभन्दा हजारौं वर्षअघि रचना गरिएका सनातन अध्यात्म विज्ञानका शास्त्र तथा आध्यात्मिक साहित्यहरुमा भनिएको छ, “शरीर माध्यम खलु धर्म साधनम कर्म वा ।” अर्थात मनुष्य यस धर्तीमा सबैको कल्याण हुने सकारात्मक धर्म र कर्मका कार्य तथा गतिविधिहरु गरेर, आफ्नो शरीर, मन, प्राण, भाव, वुद्धि, चेतना शुद्ध गरेर, आफ्नो वास्तविक स्परुप आत्माको वोध तथा ज्ञान र आफ्नो आत्माको पनि वास्तविक मूलस्वरुप परमात्मा साक्षातकार गरेर आफूलाई मोक्षमा उपलव्ध गराउन तथा जन्म र मृत्युको दुःखदायी चक्र तथा सांसारिक जीवनको भवसागरबाट सदाकालागि पार हुन आएको हो र उसले गर्ने धर्म र कर्मका सबै प्रकारका क्रिया तथा गतिविधिहरु सुक्ष्म कोश तथा शरीरहरुको सशक्त सहायतामा अन्नमय कोश तथा शारीरिक शरीरको माध्यमबाट गर्दछ यसकारण शारीरिक शरीर तथा अन्नमय कोश अधिक महत्वपूर्ण छ र यहीनै सांसारिक मुक्ति तथा पारमार्थिक मोक्षको पहिलो आधार हो । मनुष्यले शारीरिक शरीरको माध्यमबाट अध्यात्म, योग तथा ध्यान साधना नगरिकन उसको प्राण उर्जा, मन तथा भाव, वुद्धि, आत्मा अर्थात चेतनाको शुद्धिकरण तथा विकास हुन सक्दैन र उसको जन्मको मूल उद्देश्य धर्म तथा कर्मका गतिविधिहरु गर्ने अनिवार्य कार्य पूरा हुन सक्दैनन् तसर्थ हरेक मनुष्यले आफ्नो अन्नमय कोश तथा शारीरिक शरीरको स्वास्थ्य, शुद्धता, सन्तुलनता तथा विकासका लागि अत्यावश्यक आहार–विहार–व्यवहार, उपचार, हेरविचार, सुख, सुविधा आदिको व्यवस्था पर्याप्त मात्रामा गर्नु अपरिहार्य हुन्छ । तर अन्नमय कोश तथा शारीरिक शरीर सबै धर्म रकर्महरु गर्ने एकमात्र प्रमुख माध्यम तथा मूलआधार हो भन्दैमा यसैको मात्र हेरविचार तथा विकासमा लागिपर्नु भन्ने कदापि होइन जुन वर्तमान समयमा हिजोआजका मनुष्यकहरुमा देखिदै आइएको छ, उनीहरु म तथा आफू भनेको केवल यही शारीक शरीर तथा अन्नमय कोश मात्र हो भन्ने मानेर यसैको मात्र हरप्रकारले स्याहार, हेरविचार तथा उपचार गर्दै आइरहेका छन् तर यो अपूर्ण तथा असन्तुलित अवस्था हो । जीवनलाई पूर्ण, सन्तुलित, व्यवस्थित तथा हरप्रकारले विकसित बनाउन हरेक मनुष्यले अन्नमय कोश तथा शारीरक शरीरको हेरविचार तथा विकासको साथ प्राणमय कोश तथा प्राणीक शरीर(जीवन उर्जा), मनोमय कोश तथा मानसिक र भावनात्मक शरीर(मनोविज्ञान), विज्ञानमय कोश तथा वौद्धिक शरीर(ज्ञान, प्रज्ञा) र आनन्दमय कोश तथा अत्मिक अर्थात चेतनात्मक शरीर(परमज्ञान, ब्रम्हज्ञान)को हेरविचार र विकासमा पनि उत्तिकै काम गर्नु अत्यावश्यक हुन्छ । 


यी सबै कोश तथा शरीरका आयामहरुको सहि व्यवस्थापन तथा उच्चतम विकास सन्तुलित जीवनशैली अर्थात आहार–विहार–व्यवहार अपनाएर र योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका आठ प्रकारका प्रक्रिया, विधि तथा पद्धतिहरु– यम, नियम, योगासन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिलाई दैनिक जीवनमा निष्ठापूर्वक प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरेर गर्न सकिन्छ । योग विज्ञान अत्यन्तै विहंगम विषय हो शुरुआति चरणमा योगासन, प्राणायाम र ध्यानको प्रयोगात्मक अभ्यास गर्न प्रारम्भ गरेर विस्तारै क्रमिक रुपमा योग विज्ञानका दार्शनिक अन्तरविषयहरुमा प्रवेश गर्न सकिन्छ । यसप्रकार सन्तुलित जीवनशैली र योग साधनाका विधिहरुको माध्यमबाट पाँचवटै प्रकारका कोश तथा शरीरका आयामहरुको उचित विकास भएको छ भने मात्र मनुष्य पूर्ण मानव बन्न सक्दछ र उसको जीवन हरप्रकारले सन्तुलित, व्यवस्थित तथा विकसित हुन्छ, उसको जीवनमा सुख, खुशी, समृद्धि, ऐश्वर्य, मानप्रतिष्ठा, शान्ति, आनन्द आउछ र उसको इहलोक र परलोक दुवै सुदृढ हुन्छ, नमरी स्वर्गको अनुभव गर्छ, उसको आध्यात्मिक विकास हुन्छ र मोक्षको अधिकारी हुन्छ । मनुष्यको जीवनमा यस्तो दिव्य अवस्था हासिल गर्न अन्नमय कोश भन्दा माथि तथा भित्रको अर्को दोस्रो प्राणमय कोश, प्राणीक शरीर, प्राण उर्जा तथा जीवन(भाइटल फोर्स)को अत्यन्तै महत्वपूर्ण तथा प्रभावकारी भूमिका रहेको हुन्छ ।  


छिट्टै,

प्राणमय कोषले मनुष्यको प्राण उर्जाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।


शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ




Tuesday, 13 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३६

                                 #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान        



    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

.सवाल

कोष विज्ञानका अन्तरविषयहरुले जीवनका सबै आयामहरुलाई व्यवस्थित गर्न मद्धत गर्दछ

जवाफ

संस्कृत वांगमयको शव्द ‘कोश’ का शाव्दिक अर्थ तथा परिभाषाहरु विभिन्न रहेका भएपनि सनातन अध्यात्म दर्शनको प्रमुख विषय योग दर्शनको कोश विज्ञान अन्तर्गत यसको अर्थ तथा परिभाषा ‘तह तथा परत’को अर्थमा लगाइएको छ । सनातन अध्यात्म दर्शनका मूलग्रन्थ तथा विज्ञानहरुका अनुसार मनुष्यको वास्तविक स्वरुप परमात्मा अर्थात परमचेतनाको अभिन्न अंश आत्मा अर्थात चेतना हो । आत्मा अर्थात चेतनाका पाँच प्रमुख कोश, तह तथा परतहरु रहेका छन् र आत्मा सबैभन्दा भित्र केन्द्रमा रहेको छ, यसैकारण मनुष्यको शरीरलाई पंचकोशिय शरीर भन्ने गरिन्छ किनकी मनुष्यको समग्र शरीर निम्न पाँच प्रकारका कोशहरुको समिश्रणबाट निर्मित भएको छ– (१)अन्नमय कोश तथा शारीरिक शरीर, (२)प्राणमय कोश तथा प्राणीक शरीर, (३)मनोमय कोश तथा मानसिक–भावनात्मक शरीर, (४)विज्ञानमय कोश तथा वौद्धिक शरीर, र (५)आनन्दमय कोश तथा आत्मिक अर्थात चेतनात्मक शरीर ।


मनुष्यको वास्तविक स्वरुप आत्मा अर्थात चेतना सबैभन्दा भित्र तथा केन्द्रमा रहेको छ जसलाई आनन्दमय कोश भनिन्छ । आनन्दमय कोश भन्दा वाहिर विज्ञानमय कोश रहेको छ, विज्ञानमय कोश भन्दा वाहिर मनोमय कोश रहेको छ, मनोमय कोश भन्दा वाहिर प्राणमय कोश रहेको छ, र प्राणमय कोश भन्दा वाहिर अन्नमय कोश तथा शारीरिक शरीर रहेको छ । मनुष्यको शरीरका तह, परत तथा आयामहरुलाई उदाहरणले बुझ्न प्याजको गानो तथा केराको थामलाई लिन सकिन्छ, जसरी प्याजको गानो तथा केराको थाममा वाहिरबाट भित्र तह–तह तथा परतभित्र परतहरु रहेका हुन्छन् र केन्द्रमा गुबो तथा चुरो रहेको हुन्छ त्यसैगरि मनुष्यको शरीरका तहहरु पनि कोश तथा परतहरुले बनेका छन् र सबैभन्दा भित्र तथा केन्द्रमा गुभो तथा चुरोका रुपमा आत्मा अर्थात चेतना रहेको छ आनन्दमय कोशको रुपमा । मनुष्यको आत्माको मूलस्वरुप प्रकाश हो तर यसको वाहिर क्रमशः विज्ञानमय, मनोमय, प्राणमय र अन्नमय कोशका परतहरु रहेकाले सामान्य मनुष्यले आत्माको वास्तविक तथा मूलस्वरुप प्रकाशलाई देख्न तथा अनुभव सक्दैन । निष्ठापूर्वक योग साधना गर्ने योगी तथा अध्यात्म साधक जसले आत्मा अर्थात चेतनाको विकास गरेर कोशका यी परतहरुलाई भेदन गरेको छ उसले मात्र आफ्नो आत्माको वास्तविक तथा मूलस्वरुप प्रकाशलाई देख्न तथा अनुभव गर्न सक्दछ ।


पंचकोश र सामान्य बुझाई

आम मनुष्यहरुको बुझाइमा ‘म’ तथा ‘आफू’ भनेको केवल शारीरिक शरीर हुँ भन्ने गलत बुझाई रहदै आएको छ । सनातन ज्ञान, विज्ञानका अन्तरविषयहरुको अज्ञानताका कारण केवल दृश्यमा रहेको शारीरिक तथा स्थुल शरीर तथा अन्नमय कोशनै आफू हो भन्ने गलत बुझाइ तथा भ्रम रहदै आएको हो । यही भ्रमका कारण अधिकांश मनुष्यहरु दृश्यमा रहेको यही देखिने शरीरलाई नै जतिसक्दो ख्वाउने, प्याउने, सेवा–सुविधा प्रदान गर्ने, पहिर्याउने, सिगार्ने तथा जतसिक्दो राम्रो देखाउने प्रयासमा तल्लीन रहेका छन् र यति गरे जीवन सहज तथा सरल ढंगले चलिहाल्छ भन्ने भ्रममा आफ्नो जीवनको अमूल्य समय खर्च गरिरहेका तथा खेर फालिरहेका छन् । यो अधूरो तथा अपूर्ण बुझाई हो, वास्तविकतामा अन्नमय कोश तथा शारीरक शरीर मनुष्यका कोश तथा हरीरका तह तथा परतहरुको सबैभन्दा वाहिरी हिस्सा तथा आयाम हो, यसभित्र अझै चार प्रकारका परत तथा आयामहरु रहेका छन् र ती सबै ‘म’ तथा ‘आफू’लाई प्रतिनिधित्व गर्ने तह तथा  प।तहरु हुन् जो शारीरिक शरीरको माध्यमबाट वाहिरी संसारमा अभिव्यक्त हुन्छन्, यसकारण शारीरिक शरीर तथा अन्नमय कोश आत्मा तथा आत्माका अरु चार प्रकारका कोश तथा सुक्ष्म आयामहरु वाहिरी संसारमा अभिव्यक्त हुन मद्धत गर्ने साधन तथा माध्यम मात्र हो । दृश्यमा रहेको शारीरिक शरीर तथा अन्नमय कोश भन्दा यसभित्र रहेका अदृश्य शरीर तथा कोशहरु अझ महत्वपूर्ण र शक्तिशाली हुन्छन् । अन्नमय कोशभित्र रहेका अदृश्य कोश तथा सुक्ष्म शरीरहरु सन्तुलित, व्यवस्थित तथा विकसित भए मात्र अन्नमय कोश तथा शारीरिक शरीरको सहि उपयोग हुन सक्दछ तथा शारीरिक शरीरको मूल्य तथा महत्व रहन्छ किनकी मनुष्यको शारीरिक शरीर केवल जन्म–जन्मको यात्रामा रहेको मनुष्यको आत्माको सवारी साधन मात्र हो जसमा आत्माको वास्तविक मूलस्वरुप प्रकाश अर्थात ठूला ‘म’ सवार भएको हुन्छ र यसले सानो म अर्थात शरीरलाई आफ्नो किसिमले चलाउदछ तथा आफ्नो नियन्त्रणमा राख्दछ । यसकारण अन्नमय कोश तथा शारीरिक शरीरलाई ‘म’ तथा ‘आफू’ मान्नु मनुष्यको केवल अहंकार र अज्ञानता मात्र हो किनकी वास्तविकतामा शारीरिक शरीर आत्माकै फैलावट तथा वाहिरी परत हो जुन आत्माको सन्तुलन, तथा विकास राम्रो भएको छ भने मात्र उच्चतामा वाहिरी संसारमा प्रकट हुन्छ दृश्य स्वरुपमा आफ्नो र अरु सबैको अनुभवमा आउने गरि । वास्तविक ‘म’ केवल मनुष्यको आत्मा अर्थात चेतना हो जो आनन्दमय कोश हो, बाँकी सबै कोश तथा शरीरहरु आत्मा अर्थात चेतनाका साधनहरु मात्र हुन् जसको माध्यमबाट आत्मा अर्थात चेतना वाहिरी संसारमा आफ्नो प्रकारले अभिव्यक्त तथा मुखरीत हुन्छ ।


सबै कोश तथा शरीरहरुको आ–आफ्नै प्रकारका काम र महत्व भएपनि यी सबै एक अर्काका परिपुरक हुन्छन् किनकी कुनै एक कोशको अभाव तथा असन्तुलन भएको अवस्थामा अर्का कोश तथा शरीरहरुले आ–आफ्ना काम तथा गतिविधिहरु राम्ररी गर्न सक्दैनन् । शारीरिक शरीर तथा अन्नमय कोशबिना प्राणमय कोश तथा प्राणीक शरीर, मनोमय कोश तथा मानसिक शरीर, विज्ञानमय कोश तथा वौद्धिक शरीर, आनन्दमय कोश तथा आत्मिक शरीरको केही अर्थ तथा महत्व रहदैन र यी कोशहरुबिना अन्नमय कोश तथा शारीरिक शरीरको केही अर्थ तथा महत्व रहदैन किनकी प्राण, मन तथा भाव, वुद्धि तथा ज्ञान, आत्मा अर्थात चेतनाको सन्तुलित तथा विकसित अवस्थामा मात्र अन्नमय कोश तथा शारीरिक शरीरले राम्ररी आफ्ना काम तथा गतिविधिहरु गर्न सक्दछ र अन्नमय कोश तथा शारीरिक शरीर सन्तुलित तथा विकसित छ भने मात्र यसभित्रका अरु कोश तथा शरीरहरु वाहिरी संसारमा अभिव्यक्त भएर आफ्ना काम तथा गतिविधिहरु राम्ररी गर्न सक्दछन् । सबै कोश तथा शरीरहरुको उत्तिकै तथा क्रमशः अझ बढि–बढि महत्व रहेको भएपनि सनातन अध्यात्म दर्शनले अन्नमय कोश तथा शारीरिक शरीरलाई विशेष महत्व तथा प्राथमिकता प्रदान गरेको छ, सनातन शास्त्रहरुमा भनिएको छ, “शरीर माध्यम खलु धर्म साधनम कर्म वा । अर्थात शरिरीक शरीर सबै धर्म र कर्म साधनाको माध्यम हो ।”


छिट्टै,

अन्नमय कोषले शारीरिक शरीरको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।

शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ






Monday, 12 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३५

                                 #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

४०.सवाल

सहस्रार चक्र मनुष्यको अध्यात्म जागरण तथा मोक्षको मूल आधारशिला हो ।

जवाफ

प्रमुख रुपमा आध्यात्मिक द्वार, परमानन्द र ब्रम्हज्ञान हासिल गर्नमा सहस्रार चक्रको विशेष प्रकारको महत्व र सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; दोस्रो स्वाधिष्ठान चक्र मनुष्यको मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, संकल्पशक्ति, पराक्रम, साहससंग सम्वन्धित छ; चौथो अनाहद चक्र मनुष्यको प्रेम केन्द्रित भावशक्ति, मैत्रीभाव, सम्बन्धसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; पाँचौ विशुद्धि चक्र मनुष्यको सिर्जनशिलता, वाक पटुता तथा वौद्धिकतासंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; छैठौं आज्ञा चक्र मनुष्यको इच्छापूर्ति, संकल्पशक्ति र कार्यसिद्धिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ र सातौं सहस्रार चक्र आध्यात्मिक द्वार, परमानन्द र ब्रम्हज्ञान हासिल गर्ने पराभौतिक तथा परालौकिक विषयसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ ।


सहस्रार चक्रको परिचय

संस्कृत वांगमयमा सहस्रारको शाव्दिक अर्थ हजारको संख्या हो त्यसैले हजार कमलपत्र सहस्रार चक्रको प्रतिकको रुपमा देखाइन्छ  र सबै कमलपत्रहरु कुनै न कुनै दिव्य शक्ति तथा सिद्धिहरुसंग जोडिएका छन् । सहस्रार चक्र जाग्रित भएको मनुष्यले चक्र जागरणको तह तथा अवस्था अनुसार यस चक्रसंग सम्वन्धित शक्ति तथा सिद्धिहरु प्राप्त गर्दै जान्छ । तलबाट माथितिरको क्रमसंख्यामा सातौं तथा अन्तिम सहस्रार चक्रलाई हजार कमलपत्र भएको मुकुट(क्राउन) चक्र र भ्रमरन्द्र पनि भनिन्छ । शास्त्रीय परिभाषा अनुसार भ्रमरन्द्रको अर्थ मोक्षको द्वार, ईश्वर प्राप्तिको मार्ग, आध्यात्मिक संसारमा प्रवेश गर्ने द्वार को रुपमा लिने गरिन्छ । ऋषिहरूको मत अनुसार सहस्रार चक्र र आज्ञा चक्रलाई सनातन अध्यात्म दर्शनमा दशौं द्वारको रुपमा मानिएको छ जहाँबाट मनुष्यले आध्यात्मिक जगतमा प्रवेश पाउछ । मनुष्यको मृत्यु पश्चात दाहसंस्कार कर्ममा गरिने शिर तथा भ्रमरन्द्र फुटाउने संस्कार दशौं द्वारसंग सम्वन्धित विषय हो । मनुष्यको प्राण नौ वटा द्वार(दुई कान, दुई नाक, दुई आँखा, दुई मल-मुत्र निश्काषन र एक मुख)मध्ये जहाँबाट गएको भएपनि शरीरमा अचेतन रुपमा प्राण थोरै पनि शेष रहेको छ भने भ्रमरन्द्रबाट जाओस र मृत व्यक्तिले मोक्ष प्राप्त गरोस भन्ने उद्देश्यले शिरको माथिल्लो भाग तथा भ्रमरन्द्रमा चिताको दाउराले हानेर चोट लगाइन्छ तथा टाउको फुटाइन्छ । सहस्रार चक्र मनुष्यको सुक्ष्म शरीरमा मेरुदण्डको अन्तिम बिन्दु तथा शिरको सबैभन्दा माथिल्लो भाग पुरुषहरुले टुप्पी राख्ने भुमरी परेको स्थान अर्थात भ्रमरन्द्रमा स्थित हुन्छ । सनातन शास्त्रहरूमा सहस्रार चक्रलाई अमृतको कलश(घडा) पनि भनिएको छ किनकि यही चक्र तथा यो चक्रसंग सम्वन्धित मनुष्यको भौतिक शरीरमा रहेको ग्रन्थीहरु मध्य सबैभन्दा सानो पियूष ग्रन्थी(पिटियोटरी ग्ल्याण्ड)बाट ऋषिहरूले नामाकरण गरेको दिव्यरस, अमृत तथा सोमरस निरन्तर टप्किन्छ र विशुद्धि चक्रमा गएर जम्मा भएर बस्छ । यही अमृत अर्थात सोमरसलाई सुधापान गरेर देवताहरू अजर-अमर भएका हुन् र ऋषिमुनिहरू पनि यही अमृत तथा सोमरसको सुधापान गरेर ज्ञानवान, प्रज्ञावान, विवेकशील, चिर यौवन, स्वस्थ तथा दीर्घायु, प्रकाशित, वुद्धत्व प्राप्त,  ब्रम्हज्ञानी बनेका हुन् । 


आधुनिक चिकित्सा विज्ञानले पनि मानेको तथा पत्ता लगाएको छ कि मनुष्यको मस्तिष्कमा एक प्रकारको विशेष द्रव्य रहेको हुन्छ जसलाई अंग्रेजीमा 'शेरिबो स्पाइनल फ्ल्युड' भनिन्छ, यो एक प्रकारको शरीरकालागि अति आवश्यक हर्मोन हो । यही द्रव्यले मस्तिष्कका विभिन्न केन्द्र, अङ्ग तथा स्नायु प्रणालीहरूलाई पोषण तथा संरक्षण प्रदान गर्दछ । यो अमृत, सोमरस, दिव्यरस, द्रव्य तथा हर्मोन सहस्रार चक्र स्थित पियूष ग्रन्थीबाट निरन्तर उत्पादन भइरहन्छ र सुषुम्ना नाडीको माध्यमबाट सूक्ष्म शरीरका सम्पूर्ण नाडीहरूमा सञ्चारित हुन्छ । यही द्रव्य तथा हर्मोनको माध्यमबाट मनुष्य शरीर र स्वास्थ्यका सबै आयामहरू स्वस्थ, सक्रिय, स्वच्छ र स्फुर्त रहन्छन् किनकी मनुष्यको पुरै शरीरलाई मस्तिष्कले सञ्चालन गर्दछ अथवा अर्को शव्दमा भन्नुपर्दा मस्तिष्कबाट आउने सन्देश तथा आदेशहरुलाई शरीरका विभिन्न अङ्गहरुले हुबहु अनुसरण गर्दछन् र शरीरका सबै नियमित प्रक्रियाहरु सुचारु हुन्छन् तर महत्वपूर्ण तथ्य यो हो कि मस्तिष्कलाई सञ्चालन गर्ने र सन्देश तथा आदेश दिने काम सहस्रार चक्रले गर्दछ । स्थुल शरीरका अङ्गहरूमा टाउको, मस्तिष्क, स्नायु प्रणाली, पियूष तथा तेस्रो चक्षु ग्रन्थी आदि सहस्रार चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् र मानसिक, भावनात्मक तथा चेतनात्मक रुपमा ज्ञान, प्रज्ञा, विवेक, स्वतन्त्र तथा खुल्ला सोच, खुशी, शान्ति, आनन्द, आस्थिकता, आध्यात्मिकता, परब्रम्ह तथा बम्हाण्डसंग्र एकाकार आदि सहश्रार चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् । सहस्रार चक्रले पुरै मस्तिष्क र मस्तिष्कका स्नायु प्रणालीहरुलाई एकसाथ जोडेर राख्छ, सबैतिर पोषण तथा संरक्षण प्रदान गर्छ र मनुष्यको शरीर, मन, भावना, चेतना सहि प्रकारले चल्न तथा व्यवस्थित हुन आवश्यक सन्देशहरु प्रवाह गर्दछ । सहस्रार चक्र मूलरुपमा मनुष्यको पारमार्थिक सत्यसंग सम्वन्धित आध्यात्मिक द्वार, परमानन्द र ब्रम्हज्ञानको केन्द्रविन्दु हो । सहस्रार चक्रले परमात्मा तत्व तथा परमज्योति, परमप्रकाशको प्रतिनिधित्व गर्दछ । सहस्रार चक्रको अलग्ग वीज मन्त्र उल्लेख नगरिएको भएपनि यस चक्रकालागि स्वयं परब्रम्हको प्रणव ध्वनि तीन अक्षरको सम्योजन(अ+उ+म) ‘अक्षर ब्रम्ह’, ‘शव्द ब्रम्ह’ तथा ‘नाद ब्रम्ह’ ‘ॐ’कार कै उच्चाहरण गर्ने गरिन्छ र सहस्रार चक्रका देवता स्वयं भगवान शिव हुन् । सहस्रार चक्रले सात प्रमुख योगमध्य सांख्य योग, पंचकोषमा आनन्दमय कोष, त्रिगुणमा सत्व गुण, नवग्रहमा वृहस्पति ग्रह, स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुमा पियूष ग्रन्थी(पिटियोटरी ग्ल्यान्ड) र चेतनात्मक तथा परम स्वास्थ्यको प्रतिनिधित्व गर्दछ । सहस्रार चक्रको रङ्ग निखरा सेतो, क्रिमी, फिका वैजनि तथा फिका गुलाफी रंगमा देखाइन्छ । पराभौतिक विषयहरुमा आध्यात्मिक विकास, परमानन्दको प्राप्ति, ब्रम्हज्ञान हासिल सहस्रार चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् ।


(१)सहस्रार चक्रको असन्तुलित अवस्थाका परिणामहरु

सहस्रार चक्र असन्तुलित, निष्क्रिय तथा संकुचन(ब्ल्क्ड)भएको छ भने यस्तो व्यक्तिलाई नियमित रूपमा रिंगटा लाग्ने; पुरै टाउको तथा आधा टाउको(माइग्रेन) दुख्ने; टाउको सम्वन्धि अन्य प्रकारका समस्याहरु हुने; तन्त्रिका प्रणाली (न्युरो सिस्टम) तथा नशनाडी प्रणाली (नर्भस सिस्टम)मा समस्या आउने; निन्द्रामा गडबडी आउने; छिट्टै थकान महसुस हुने; बेचैनी, उदासी, चिन्ता, तनाव, विषाद, अवषादको अवस्था हुने; स्मरण शक्तिमा कमी आउने; बारबार भ्रमित(कन्फ्युजन) हुने जस्ता समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखा पर्दछन् । यसकासाथै उत्साह तथा प्रेरणाशक्तिमा कमी आउने; असन्तुष्टि, बेखुसी भैरहने, दिक्क लाग्ने, नरमाइलो लाग्ने; जीवनमा आउने नियमित तथा प्राकृतिक परिवर्तनप्रति असन्तुष्टि तथा असहमति राख्ने; निराशा र नास्तिक भावको विकास हुने; अध्यात्म तथा धर्ममा रुचि नहुने; अरुप्रति सेवा उपकार, दया, करुणा भाव नजाग्ने; अरुको भलाई हुने कार्यहरु गर्नमा रुचि नहुने; आफ्नै जीवनप्रति उदाषिन हुने तथा वास्ता नहुने, रुचि घट्ने; नाता-सम्वन्धप्रति गैर जिम्मेदार हुने जस्ता असहज अवस्थाहरु देखिन्छन् ।


(२)सहस्रार चक्रको सन्तुलित अवस्थाका परिणामहरु

सहस्रार चक्र सन्तुलित, सक्रिय तथा जाग्रित भएको व्यक्तिको टाउकोका सबै अंगहरु, मस्तिष्क, स्नायु प्रणाली, पुरै शरीरका नसनाडी प्रणाली(नर्भस सिस्टम), मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक रुपले स्वस्थ, प्रवल स्मरण शक्ति, नयाँ कुरा सिक्ने तथा जान्ने उत्साह, स्वयंबाट प्रेरणा प्राप्ति, अत्यन्तै सिर्जनशील, सबै वातावरणमा मिल्न सक्ने खुल्ला सोच तथा विचार भएको प्रभावशाली व्यक्तितित्व हुन्छ । छान्दोग्य उपनिषदमा उल्लेख गरिएको छ, "सहस्रार चक्र सन्तुलित, सक्रिय तथा जाग्रित भएको मनुष्यलाई सबै प्रकारका शक्ति, सिद्धि तथा निधिहरु हासिल हुन्छन् ।" सन्त कविरले भन्नु भएको छ, "हृदयवीच अनहद बाजे मस्तकवीच फवारा ।" यहाँ फवाराको मतलब सहस्रार चक्रका सिद्धिहरूको सन्दर्भमा भनिएको हो । सहस्रार चक्र जागरण भएपछि साधकलाई आत्मज्ञान, तत्वज्ञान, ब्रह्मज्ञानको अनुभूति हुन्छ र ब्रम्हाण्डिय सर्वोच्च चेतना(सुपर कन्सिवसनेस अफ युनिभर्स)मा साधकको चेतना अर्थात् आत्मा पूर्णरूपमा एकाकार तथा समाहित हुन्छ । यसपश्चात ऊ सबै प्रकारका कर्मबन्धनहरूबाट मुक्त हुन्छ र मोक्षमा उपलव्ध हुन्छ अर्थात परमात्मामा सदाकालागि योगस्थ हुन्छ । सहस्रार चक्र जाग्रित भएको व्यक्ति जीवित अवस्थामै अर्थात भौतिक शरीरमा रहदा रहदै उसलाई मर्त्यलोक र ब्रह्मलोकको अनुभव तथा अनुभूति हुन्छ र उ भौतिक र पराभौतिक दुवै प्रकारका जीवन एकैसाथ जिइरहेको हुन्छ ।


सहस्रार चक्र प्रत्यक्ष रुपमा ब्रह्माण्डिय महाशक्तिसंग जोडिएको चक्र हो त्यसैले अस्तित्व तथा ब्रह्माण्डबाट पठाइएका सबै सन्देशहरु यही चक्रको माध्यमबाट साधकलाई प्राप्त हुन्छ । यही चक्रको ध्यान साधना गरेर ध्यान र समाधिको मार्ग हुदै साधकको व्यक्तिगत चेतना सर्वोच्च चेतना(सुपर कन्सिवस)संग एकाकार हुन्छ । त्यसैले मनुष्यको सहस्रार चक्रलाई सर्वोच्च चेतनाको केन्द्र तथा स्थान पनि भनिन्छ । जव मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डमा सबैभन्दा तल रहेको मूलाधार चक्रमा रहेको कुण्डलिनी शक्ति तथा ऊर्जा तलका सबै छ चक्रहरुलाई भेदन गर्दै सहस्रार चक्रमा पुग्छ तव साधकको कुण्डलिनी शक्ति पूर्णरुपमा जागृत हुन्छ र यही सहश्रार चक्रको जागृत अवस्था तथा कुण्डलिनी शक्ति जागरणको अवस्था हो, यसपश्चात साधमलाई मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन)मा उपलव्ध हुन्छ । सहस्रार चक्र सन्तुलित, सक्रिय तथा जाग्रित भएपछि साधक आफूलाई ब्रह्माण्ड र ब्रह्माण्डका सबै प्राणी, जीव, वनस्पति तथा पदार्थहरूसंग जोडिएको तथा एकाकार भएको, सबैमा आफू समाहित भएको तथा आफूमा सबै समाहित भएको प्रत्यक्ष रुपमा अनुभव तथा अनुभूति गर्न थाल्छ । प्राणी, जीव, वनस्पति, पदार्थ हरेकसंग उ संवाद गर्न, तिनीहरुको समवेदना आफूले सुन्न र आफ्नो समवेदना तिनीहरूलाई सुनाएर प्रत्यक्ष दोहोरो संवाद गर्नसक्छ । उसलाई राम्रोसंग पूर्ण ज्ञात हुन्छ कि जुन चेतना अर्थात आत्माको ऊर्जा उभित्र छ सबैभित्र त्यही चेतना अर्थात आत्माको ऊर्जा छ र सबैमा भएको उर्जा परमात्माको उर्जा हो, हामी सबै परमात्मा हौं अर्थात अद्वेत छौं, यहाँ कोहीबाट कोही पनि कत्तिपनि अलग छैन, सबै एउटै उर्जाबाट निर्मित भएका हौं । 


शारीरिक रुपमा शिरको सवभन्दा माथिल्लो भाग अर्थात भ्रमरन्द्रमा केही सलबलाए जस्तो तथा कमिला हिडेको जस्तो महसुस हुनु; स्पन्दन तथा धड्कन भएको जस्तो महसुस हुनु; टिकटिक आवाज आएको जस्तो महसुस हुनु; शिरमा तातो, चिसो भएको जस्तो महसुस हुनु; शिर पछाडि खिचिनु तथा पछाडि झुक्नु आदि लक्षणहरु सबै सहस्रार चक्रमा भएका सकारात्मक गतिविधिहरु हुन्, सहस्रार चक्र सक्रिय तथा जाग्रित भइरहेको अवस्था हो । मानसिक रुपमा सांसारिक कुराहरूसंग अलगाव हुनु; नाता, सम्बन्ध, मित्रहरूबाट दूर भएर एकान्तमा बस्न मन लाग्नु; निन्द्रामा परिवर्तन हुनु तथा कम निद्रामा पनि शरीर सन्तुलित हुनु; आहार, विहार, व्यवहारमा सकारात्मक परिवर्तन तथा बदलाव आउनु; असहजता तथा तनावपूर्ण अवस्थामा पनि शान्त भएर बस्नु; हरसमय आनन्दित तथा मस्त-मगन हुनु; अस्तित्वद्वारा निरन्तर दिशानिर्देश प्राप्त हुनु; आफूमा त्याग, सेवा, परोपकार, दया, करुणाको भावना जाग्रित हुनु आदि सबै चक्रमा सहस्रार जाग्रित आइरहेको कारण देखापर्ने सकारात्मक लक्षणहरु हुन्, यदि यस्तो अवस्था अनुभवमा आइरहेको छ तथा अनुभूति भैरहेको छ भने सहस्रार चक्र सन्तुलित छ र यसमा क्रमिक रुपमा सक्रियता तथा जाग्रिति आइरहेको छ भनेर बुझ्नुपर्छ ।


(३)सहस्रार चक्र सन्तुलित गर्ने उपाय

सहस्रार चक्र मनुष्यको शरीर, मन, भाव, वुद्धिसंग भन्दा चेतनासंग प्रत्यक्ष सम्वन्धित चक्र भएकोले यसलाई सक्रिय तथा जाग्रित गर्नकालागि विशेष प्रकारका योगासन तथा प्राणायाम अलग्ग रुपमा व्यवस्था गरिका नभएपनि उधोमुन्टो लगाउने प्रकारका योगासनहरु नभएपनि  र मस्तिष्कमा पर्याप्त अक्सिजन पुर्याउने तथा रत्त,संचार बढाउने प्रकारका साधना विधिहरुले चक्रको अवस्था सन्तुलन गर्न मद्धत गर्दछन् । सहस्रार चक्र चैतन्यता केन्द्रित भएकोले साधनामुखी गतिविधिहरु(धारणा, ध्यान, समाधि)को प्रयोगात्मक अभ्यासबाट र अन्य सानासाना गतिविधिहरुलाई निष्ठापूर्वक अनुशरण गरेर सहस्रार चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्न सकिन्छ । 


ॐकारको जप गरेर- सहस्रार चक्रको अलग्ग वीज मन्त्र उल्लेख नगरिएको भएपनि यस चक्रकालागि स्वयं परब्रम्हको प्रणव ध्वनि तीन अक्षरको सम्योजन(अ+उ+म) ‘अक्षर ब्रम्ह’, ‘शव्द ब्रम्ह’ तथा ‘नाद ब्रम्ह’ ‘ॐ’कार कै उच्चाहरण गर्ने गरिन्छ । ध्यान साधनामा बस्नु र ॐकारको उच्चाहरण शुरु गर्नु भन्दा पहिला सहस्रार चक्र तथा शिरको माथिल्लो भागमा चार औंलाले केहीबेर थपथपाउदा उक्त स्थानमा रक्तसंचार र उर्जाको प्रवाह बढ्छ र यसपश्चात ॐकारको उच्चाहरण शुरु गर्दा सहस्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह अझ तेजीले बढ्छ । ॐकारको जप मन्त्रोच्चाहरण गर्दा उत्पन्न हुने तरंगहरुले शिर तथा मस्तिष्कका अंग-अंग र स्नायु प्रणालीहरुमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र सहस्रार चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित हुन मद्दत मिल्छ ।


ध्यान साधनाका फरक-फरक विधिहरूको अभ्यास गरेर- ध्यान साधनाका फरक-फरक विधिहरूको अभ्यास गरेर सहस्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउन सकिन्छ । प्रमुखरुपमा ध्यानका मूल दुइ विधिहरु रहेका छन्- (१)साक्षी ध्यान(माइन्डफुलनेस), र (२)विषय केन्द्रित ध्यान । साक्षी ध्यान वर्तमान समयमा आफू वरपर भैरहेका समग्र गतिविधिहरुप्रति जागरुग भएर तथा ती सबै गसितविधिहरुको साक्षी भएर गर्ने गरिन्छ भने विषय केन्द्रित ध्यान विविध प्रकारका धारणाहरु- मन्त्रोच्चाहरण, तथ्य साधना(शरीरका अंगमा केन्द्रित), कथ्य साधना(कुनै स्थान, वस्तु, छविमा केन्द्रित), सत्य साधना(परमात्मा, आराध्य तथा इष्टदेव केन्द्रित) आदिमा ध्यान साधना गरिन्छ । ध्यानका फरकपरक विधिहरुबाट उत्पन्न हुने तरंगहरुले शिर तथा मस्तिष्कका अंग-अंग र स्नायु प्रणालीहरुमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र सहस्रार चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित हुन मद्दत मिल्छ ।


आफूलाई राम्रा सन्देश तथा आत्मसुझाव दिएर- ध्यान साधनामा आफूलाई राम्रा सन्देश तथा आत्मसुझाव दिनु अत्यन्तै प्रभावकारी हुन्छ । जस्तो कि म स्वस्थ छु..., म सुखी छु..., म खुशी छु..., म शान्त छु..., म आनन्दित छु..., म भाग्यमानी छु, म परमात्माप्रति समर्पित छु..., म परमात्माको साथ एकाकार छु..., मलाई परमात्माको आशिर्वाद प्राप्त छ आदि सकारात्मक सन्देशहरु बारबार दोहोर्यारहदा यी सबै सन्देशहरु मस्तिष्कमा गएर अवचेतन मनमा संचित हुन्छन्, यस्ता सकारात्मक सन्देशहरुले अवचेतन मनमा सकारात्मक सोच, विचार तथा व्यवहारहरु निर्माण गर्दछन् र त्यही अनुसार मनुष्यको व्यवहार, मन, भाव, कर्म निर्माण हुदै जान्छ र सबै सकारात्मक बन्दै जान्छ । यसरी सकारात्मक कर्महरूमा मनुष्यको जीवन संलग्न हुदै जान्छ र स्वतः सुख, खुशी, शान्ति र आनन्दको भाव बढ्दै जान्छ । आफूमा आएका सकारात्मक व्यवहार तथा कर्महरुबाट प्राप्त आनन्दले सहस्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र चक्रलाई सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्न मद्दत गर्दछन् ।


पूर्ण तथा अर्ध उपवास बसेर- आफ्नो दैनिक अवस्था तथा व्यवस्था मिलाएर पूर्ण उपवास, अर्ध उपवास(इन्टरमिटेन्ट फस्टीगं) राख्नु सहस्रार चक्र सन्तुलित राख्नकालागि अत्यन्त लाभदायक हुन्छ । उपवास राख्दा शरीरमा भोजनको भार कम हुन्छ र शरीरले पाचन प्रणालीमा लाग्ने समय तथा उर्जा बचत गर्दछ । शरीरको प्राकृतिक नियम अनुसार यसरी वचत भएको उर्जा उर्ध्वगमन भएर मस्तिष्कमा पुग्छ, शिरका अंगहरु तथा सहस्रार चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढ्न थाल्छ र सहस्रार चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित हुन मद्दत मिल्छ ।


योग विज्ञानको साधना गरेर- योग विज्ञानको साधना अन्तर्गत योगासनमा शीर्षासन, सर्वाङ्गासन, हलासनको प्रयोगात्मक साधना गर्नु लाभदायक हुन्छ । यस्ता उधोमुन्टो लगाउने प्रकारका योगासनहरुले शिर तथा शिरका हरेक अंगहरु र स्नायु प्रणालीमा रक्तसंचार बढाउँछन् । शिरका सबै अंग तथा भागहरुमा बढेको रक्तसंचारले सहस्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्दै जान्छ र चक्रका संकुचन तथा जकडनहरु खुल्न थाल्छन् र चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित हुन थाल्छ । अनुलोम-विलोम प्राणायामले मस्तिष्कमा प्राणवायु तथा अक्सिजनको मात्रा बढाएर सहस्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउछ । सिद्ध योगगुरुको सानिध्यमा रहेर तथा गुरु ज्ञानको निष्ठापूर्वक अनुशरण गरेर खेचरी मुद्राको अभ्यासको माध्यमबाट अमृत तथा सोमरसको सुधापान गर्दा साधकमा परमानन्द बढ्दै जान्छ र यसरी बढेको परमानन्दले सहस्रार चक्रलाई सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्न मद्दत गर्दछ ।


प्राकृतिक वातावरणको आनन्दमा रमेर- सूर्यको प्रकाश तथा तापमा बस्नु, ताजा हावा तथा वातावरणमा श्वाश-प्रश्वास फेर्नु, सादा तथा ताजा पानीमा समय लगाएर आनन्दको अनुभूति गर्दै स्नान गर्नु, प्राकृतिक सुन्दरता खासगरी हरियाली, निलो आकाश तथा जलाशयहरूको सुन्दर दृश्यको अवलोकन गर्नु, साहसिक भ्रमण गर्नु, खुल्ला प्राकृतिक वातावरण तथा स्थानमा यात्रा गर्नु, प्रकृतिको भरपुर आनन्द लिनु जस्ता साहसिक, रमणीय तथा रोमाञ्चक गतिविधिहरुबाट प्राप्त हुने सुख, खुशी, शान्ति तथा आनन्दका भावहरुले सहस्रार चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढाउछन् र सहस्रार चक्रलाई सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्न मद्दत गर्दछन् ।


आफूभन्दा ठूलाको आशिर्वाद लिएर- आफूभन्दा ठूला परिवारका, समाजका सदस्यहरु तथा साधु, सन्त, योगी, सदगुरुहरुको आशिर्वाद लिनु सहस्रार चक्रकालागि लाभदायक हुन्छ । ठूला व्यक्तित्वहरु खासगरि अन्तरज्ञान हासिल गरेका साधु, सन्त, योगी, सदगुरु तथा सिद्ध पुरूषहरुको हात शिरमाथि पर्दा तथा वहाँहरुको चरणमा शिर निहुर्याउदा सिद्ध पुरुषहरुको हात तथा गोडाका औंलाबाट संचारीत हुने सकारात्मक दिव्य ऊर्जाका तरङ्गहरुले सहस्रार चक्र र आज्ञा चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढाउछन् र यस्तो उर्जाले दुवै चक्रहरुलाई सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्न मद्दत गर्दछ ।


छिट्टै,
कोष विज्ञानका अन्तरविषयहरुले जीवनका सबै आयामहरुलाई व्यवस्थित गर्न मद्धत गर्दछ  ।


शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


Sunday, 11 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३४

                                 #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

.सवाल

आज्ञा चक्र मनुष्यको अन्तरज्ञान र संकल्पशक्तिको मूल आधारशिला हो

जवाफ

प्रमुख रुपमा मनुष्यको अन्तरज्ञान(इन्ट्युसन), विचारशक्ति, इच्छापूर्ति, संकल्पशीलता  कार्यसिद्धिमा आज्ञा चक्रको विशेष प्रकारको महत्व सकारात्मक प्रभावकारीता रहेको हुन्छ पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित ; दोस्रो स्वाधिष्ठान चक्र मनुष्यको मानसिक शरीरको खुशी शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित ; तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, संकल्पशक्ति, पराक्रम, साहससंग सम्वन्धित ; चौथो अनाहद चक्र मनुष्यको प्रेम केन्द्रित भावशक्ति, मैत्रीभाव, सम्बन्धसंग प्रत्यक्ष रुपमा सम्वन्धित ; पाँचौ विशुद्धि चक्र मनुष्यको सिर्जनशिलता, वाक पटुता तथा वौद्धिकतासंग प्रत्यक्ष रुपमा सम्वन्धित छैठौं आज्ञा चक्र मनुष्यको अन्तरज्ञान, विचारशक्तिइच्छापूर्ति, संकल्पशीलता  कार्यसिद्धिसंग प्रत्यक्ष रुपमा सम्वन्धित

 

आज्ञा चक्रको परिचय

तलबाट माथितिरको क्रमसंख्यामा छैठौं आज्ञा चक्रलाई सन्तहरूको मतअनुसार दिव्य चक्षुशिव नेत्र, तेस्रो आँखा(थर्ड आइ) तथादशम द्वारपनि भनिन्छ आज्ञा चक्र दुई चर्म चक्षु(छालाका आँखा) तथा दुई आँखीभौं अर्थात भ्रुमध्यको विचको सिधा मेरुदण्डको सबैभन्दा माथिल्लो भाग मस्तिष्को केन्द्रमा स्थित हुन्छ आज्ञा चक्र मूलरुपमा मनुष्यको अन्तरज्ञान, इच्छापूर्ति संकल्पशीलताको केन्द्रविन्दु हो आज्ञा चक्रलाई दृश्य रुपमा दुईवटा कमल पत्रको प्रतिकको रुपमा देखाइन्छ तर त्यसको पछिाडि ९८ वटा कमलपत्रहरु अदृश्य रुपमा रहेका हुन्छन्  यी सबै पत्रहरुको आ-आफ्नै अर्थ, मन्त्र, सिद्धिहरु र महत्व रहेका छन्  आज्ञा चक्रले आत्म तत्व तथा प्रकाश तत्वको प्रतिनिधित्व गर्दछ यो चक्रको वीज मन्त्र सर्वव्यापक, सर्वशक्तिमान स्वयं परमात्मा अर्थात परब्रम्हको प्रणव ध्वनि तीन अक्षरको सम्योजन(++), ‘अक्षर ब्रम्ह’, ‘शव्द ब्रम्हतथानाद ब्रम्ह’ ‘कार हो आज्ञा चक्रले सात प्रमुख योगमध्य ध्यान योग, पंचकोषमा आनन्दमय कोष, त्रिगुणमा सत्व गुण, नवग्रहमा शनि ग्रह, बाह्र राशिमा कर्कट सिंह राशि, स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुममा तेस्रो चक्षु ग्रन्थी(पिनियल ग्ल्यान्ड) आत्मिक स्वास्थ्यको प्रतिनिधित्व गर्दछ आज्ञा चक्रको रङ्ग गाडा निलो(निर तथा प्याजी) हुन्छ शरीरका अङ्गहरूमा आँखा, नाक, टाउको, मस्तिष्क तथा स्नायु प्रणली, पिनियल ग्ल्यान्ड आदि आज्ञा चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन्


(१)आज्ञा चक्रको असन्तुलित अवस्थाका परिणामहरु

लुकिछिपि, अरुबाट लुकाएर, छलेर तथा चोरीको शैलीमा गरिएका गलत तथा अनैतिक, अपराध बोध हुने, आत्मग्लानी हुने, प्राश्चियत हुने जस्ता काम, व्यवहार तथा गतिविधिहरुले आज्ञा चक्रमा ऊर्जाको नकारात्मक प्रवाह बढाउछ र चक्र असन्तुलित, अस्वस्थ, निष्क्रिय तथा अति सक्रिय हुन्छ । आज्ञा चक्र कमजोर, असन्तुलित तथा निष्क्रिय छ भने शारीरिक रुपमा हात, पाखुरा काम्ने र आँखा, नाक, टाउको, मस्तिष्क, स्नायु प्रणाली तथा मानसिक अवस्थासंग सम्वन्धित समस्या, विकार, अस्वस्थता तथा रोगहरू देखा पर्दछन् । मानसिक समस्या अन्तर्गत सामान्यतया अति धेरै नकारात्मक विचारहरु आउने, सबैकुरा भुल्ने बिमारी(अल्जाइमर), तनाव, चिन्ता, विषाद, अवषादको अवस्था आउने र निन्द्रामा समस्या देखिन सक्छ । आज्ञा चक्र जाग्रित गर्ने क्रममा जबरजस्ती तथा असावधानीका कारण  नकारात्मक किसिमले उर्जाको प्रवाह ज्यादा भयो भने चक्र ज्यादा सक्रिय हुन्छ र यस्तो अवस्थामा व्यक्ति क्रोधि, कामुक हुन सक्छ, भावनात्मक रुपले समवेदनाहिन हुनसक्छ । यस्तो व्यक्तिले आफ्नो मात्र भलाई हेर्ने, अरुको भावनाको संवेदना नबुझ्ने तथा अरुको भावनाको कदर नगर्ने, अरुको भावनाको संवेदना बुझ्न प्रयास नै नगर्ने स्वार्थी प्रकारको हुन्छ। आज्ञा चक्र वुद्धिको केन्द्र हो, चक्र ज्यादा सक्रिय भएको अवस्थामा व्यक्तिमा अति अहंकार, अहमता तथा म नै सर्वेसर्वा हुँ भन्ने मपाईंवादी व्यवहार देखिन सक्छ । आज्ञा चक्र ज्यादा सक्रिय भएको व्यक्ति रुखो बोल्ने, कठोर व्यवहार भएको, दिमागबाट चल्ने, भावना शुन्य भएको, अरुलाई होच्याएर र आफूलाई अत्यन्तै बढाइचढाइ गरेर बोल्ने प्रवृत्तिको हुन्छ । यस्तो व्यक्तिलाई टाउको दुख्ने, काम्ने, बिर्सिने, मानसिक तथा भावनात्मक असन्तुलन हुने जस्ता समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखिन्छन् । 


()आज्ञा चक्रको सन्तुलित अवस्थाका परिणामहरु

आज्ञा चक्र सन्तुलित, सक्रिय तथा जाग्रित छ भने यस्तो व्यक्ति अन्तरज्ञानी, दूरदर्शी, कुशल र संकल्पवान हुनुका साथै ज्ञानवान, प्रज्ञावान, विवेकशील तथा कुशाग्र वुद्धि भएको हुन्छ । उसको सोच्ने, विचार गर्ने, कल्पना गर्ने शक्ति, क्षमता तथा कार्यकुशलता उच्च हुन्छ र उसले गरेका हरेक निर्णय, योजना र कार्यहरुको प्रभावकारीता उच्चतम हुन्छ । उसका ज्ञान इन्द्रियहरुको देख्ने, सुन्ने, सुघ्ने, स्पर्श अनुभव गर्ने, स्वाद लिने क्षमता प्रवल हुन्छ । उसमा आफूले गरेका कल्पना, आफूले देखेका सपना तथा निर्माण गरेका योजनाहरु पूरा गर्ने अदम्य साहस र भरपुर क्षमता हुन्छ । चेहरा चम्किलो, उज्यालो, सुन्दर र उच्च व्यक्तित्व भएको हुन्छ । यस्तो व्यक्ति अत्यन्तै चलाख तथा जागरुक(अवेर) हुन्छ र उसमा एकाग्र हुने र शान्त रहने क्षमता, हरपल होसपूर्ण रहन सक्ने क्षमता, साक्षीभाव(माइन्डफुलनेस) तथा वर्तमानमा रहन सक्ने क्षमता अत्यन्त राम्रो हुन्छ । जति मात्रामा व्यक्ति एकाग्र, शान्त, जागरुक, साक्षी तथा वर्तमानमा रहन सक्छ उसको आज्ञा चक्र उति नै सन्तुलित, सक्रिय तथा जाग्रित हुन्छ । आज्ञा चक्र सक्रिय तथा जाग्रित भएको व्यक्तिमा सांसारीक जगतसंग सम्वन्धित धेरै प्रकारका शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक क्षमताहरु प्रष्फुटित हुनुको साथसाथ  पराभौतिक जगतसंग सम्वन्धित परालौकिक दिव्य शक्ति तथा सिद्धिहरू अनुभूतिमा आउन थाल्छन् । यस्तो व्यक्तिले सजिलै आफ्ना कुरा अरुलाई सम्झाउन, बुझाउन र मनाउन सक्छ । सजिलै अरुको मस्तिष्क, विचार तथा मनका कुरा पढ्न तथा जान्न सक्छ । परालौकिक दिव्य शक्ति हासिल हुनेहुनाले सुक्ष्म शरीरको माध्यमबाट आकाशिय यात्रा(एष्ट्रल ट्राभल) गर्न सक्षम हुन्छ ब्रम्हाण्डका अनन्त ज्ञानहरु जान्ने अवसर प्राप्त गर्छ ।


(३)आज्ञा चक्र सन्तुलित गर्ने उपाय

मनुष्यका सारा सम्भावना, क्षमता, प्रतिभा तथा सिर्जनशीलताहरु उसको सुक्ष्म शरीरमा रहेका उर्जाका मूलशक्ति केन्द्र सात चक्रहरुमा उचित वातावरणको अभावमा निष्क्रिय तथा सुसुप्त अवस्थामा रहेका हुन्छन् । यी सात चक्रहरु मनुष्यको उमेर सात वर्षको हुन्जेलसम्म खुल्ला अवस्थामा रहेका हुन्छन् र सात वर्षपछि प्राकृतिक रुपमा स्वतः बन्द हुन्छन् तर सात वर्षभित्रै तथा वाल्यावस्थामै चक्र जागरणको प्रक्रिया शुरु गराइदिने हो भने चक्र जागरण प्रक्रियाले निरन्तरता पाउछ र चक्र सधैं खुलिरहन्छन् साथै निरन्तर सन्तुलित, सक्रिय तथा जाग्रित भैरहन्छन् र जाग्रित चक्रहरुको सकारात्मक लाभ उसलाई जीवनभर प्राप्त भैरहन्छ । मनुष्यको सात वर्षको उमेरपछि चक्रहरु प्राकृतिक रुपमा  स्वतः बन्द भएपनि यी चक्रहरु केही मात्रामा सक्रिय तथा जाग्रित अवस्थामा नै हुन्छन् र यीनमा प्रकृति प्रदत्त आधारभूत ऊर्जा संचारीत भैरहेको हुन्छ । तसर्थ सबैले यो थाहा पाउनु अनिवार्य हुन्छ कि सनातन पुर्वीय अध्यात्म दर्शनले दशौं हजार वर्षअघिनै उजागर गरिसकेको सर्वकाल सान्दर्भिक भैरहेको अत्यन्तै महत्वपूर्ण विषय विभिन्न योगीक साधना का विधि तथा पद्धतिहरुको माध्यमबाट चक्रहरुमा सकारात्मक ऊर्जाको प्रवाह बढाएर चक्रमा निहीत निष्क्रिय तथा सुसुप्त अवस्थामा रहेका सबै प्रकारका सम्भावना, क्षमता, प्रतिभा, सकारात्मक गुण, रचनात्मक तथा सिर्जनशीलताहरु जाग्रित गर्न र जीवनमा त्यसको उच्चतम सदुपयोग गर्न सकिन्छ । जुनसुकै उमेर, लिंगका व्यक्तिहरुले जुनसुकै समयमा यसरी चक्रहरुमा सकारात्मक उर्जाको प्रवाह बढाएर चक्र सन्तुलित, सक्रिय तथा जाग्रित गरि आफ्ना सारा सकारात्मक गुणहरु स्वस्फुर्त रुपमा वाहिर प्रष्फुटित गर्न सकिन्छ । आज्ञा चक्र सन्तुलित, सक्रिय तथा जाग्रित गर्ने केही विधिहरु निम्नप्रकार रहेका छन्-


योगासन– शिर्ष आसन, शसक आसन, शिर, निधार तथा गर्धन झुक्ने आसनहरुको अभ्यास गर्नु पर्दछ । 

प्राणायाम– नाडीसोधन प्राणायाम, अन्तर र वहिर कुम्भक प्राणायाम, भ्रामरी प्राणायाम, उज्जायी प्राणायाम आदिको अभ्यास गर्नु पर्दछ ।

मुद्रा– ज्ञान मुद्रा, ध्यान मुद्रा, शाम्भवी मुद्रा आदिको अभ्यास गर्नु पर्दछ ।

क्रिया– बत्ती त्राटक, निलो अकाश त्राटक क्रियाको अभ्यास गर्नु पर्दछ । 

ध्यान– ‘ उँ’ वीज मन्त्रको ध्वनि उच्चाहरण गर्दै तथा सुन्दै मन्त्रमा एकाग्र भएर ध्यान गर्नु पर्दछ र आफ्नो आयाध्य देवको नाम तथा मन्त्र पज गर्नु पर्दछ । 

चक्रको रंगको कल्पना– गाडा निलो तथा प्याजी रंग, निलों कालोंप्याजी रंगका फूल–फल–तरकारी, गाडा निलो तथा प्याजी रंगका पहिरनको प्रयोग र ध्यान साधनामा रहदा यिनै विषयहरुको याद गर्नु पर्दछ ।

आनापान सती– लामो श्वास आज्ञा चक्रलाई याद गर्दै लिनु पर्दछ र आज्ञा चक्रलाई याद गरेर र यही  चक्रबाटै लामो गहिरो श्वास वाहिर छोड्नु पर्दछ ।

जीवनशैली– शुद्ध, ताजा, पोषणयुक्त आहार ग्रहण र पर्याप्त व्यायाम तथा विहार गर्नुका साथै खुल्ला आकाश, सूर्य, चन्द्रमा, तारा, नक्षेत्र, प्रकृतिको सम्पर्कमा आउनु पर्दछ विभिन्न प्रकारका काम तथा गतिविधिहरु गर्दै तथा फुर्सद निकालेर प्रकृतिको सयर गरेर । संधै सकारात्मक सोच, विचार, भाव, बोलि, कर्म, व्यवहार, चरित्र तथा आचरण गर्नु पर्दछ र आफूलाई संधै सिर्जनशील काममा लगाउनु पर्दछ, आफूले आफैंलाई सकारात्मक सुझाव तथा आन्तम सन्देश प्रदान गर्नु पर्दछ ।


छिट्टै,

सहस्त्रार चक्र मनुष्यको अध्यात्म जागरण तथा मोक्षको मूल आधारशिला हो ।


शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...