Wednesday, 15 May 2024

चीनबाट शुरु भएको नवयुग निर्माणको नमुना विकास पद्धति

  नवयुग निर्माणको नयाँ आयाम: स्वस्थ मानव, समृद्ध समाज!

                                       डा. सिर्जना भण्डारी*


"चीनको स्वस्थ मानव, समृद्ध समाज निर्माण गर्ने विविध आयामहरु मध्य मानवीय संसाधन चुस्त-दुरुस्त बनाउने उदेश्यले व्यवहारमा ल्याइएको सामाजिक तथा सांस्कृतिक विकास पद्धतिलाई नवयुग निर्माणको नमुना विकास मान्न सकिन्छ।"

प्रमुख विषय: स्वस्थ मानव; समृद्ध समाज; नवयुग निर्माण; सुविधायुक्त पार्कहरु 

परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाली राजदुतावासमा सेवा प्रदान गर्ने क्रममा सन् २०१६ देखि २०१९ सम्म चीनको बेजिङमा सेवा प्रदान गर्ने अवसर प्राप्त भयो। झन्डै सांढे तीन वर्षको बसाइ अवधिमा संसारलाई चकित पार्दै आएका चीनका आर्थिक विकासप्राविधिक विकास  सामाजिक तथा सांस्कृतिक विकासका विभिन्न नमुनाहरु हेर्न तथा अवलोकन गर्न  अनुभव संगाल्न श्रोतसाधन  समयले भ्याएसम्म चीनका केही प्रान्तका विभिन्न ग्रामीण क्षेत्रशहर उन्मुख ग्रामीण क्षेत्र  विकसित शहरहरुको भ्रमण गर्यौं  चीनले राष्ट्र निर्माण तथा राष्ट्रको समग्र विकासकालागि अवलम्वन गरेका विकासका विभिन्न नमुनाहरुको अनुभव संगाल्ने अमूल्य अवसर मिल्योआफू ग्रामीण महिला सशक्तिकरण तथा ग्रामीण विकासको विद्यार्थी भएकोले मेरो रोजाई ग्रामीण क्षेत्रनै हुने गर्दथ्यो प्राय। 

 

सन् १९६०को दशकमा भोकमरीकाकारण लाखौं नागरीकहरु गुमाएको आर्थिक रुपले अति विपन्न छिमेकी राष्ट्र चीनको आधुनिक विकासको इतिहास त्यति लामो छैन। सन् १९७८ मा भविस्यद्रष्टा, प्रतिभाशाली राजनेता देङस्याओपिङको नेतृत्वमा आएको आर्थिक विकासको दिर्घकालीन योजना तथा नीतिबाट विकासको क्षेत्रमा पाइला चाल्न शुरु गरेको राष्ट्र चीनले सांढे चार दशकको छोटो अवधिमा आर्थिकप्रविधिक  सामाजिक तथा सांस्कृतिक विकासको क्षेत्रमा उच्च सफलता हासिल गरेर सारा विश्वभरि विकासको नमुना पेश गरिसकेको छ। विकास निर्माणका यी विभिन्न नमुनाहरु मध्य स्वस्थ मानव, समृद्ध समाज निर्माणकालागि जनघनत्व बढि भएका चीनका प्रमुख ठूला तथा साना शहरहरुमा युग सान्दर्भिक नवयुग निर्माणको सामाजिक तथा सांस्कृतिक विकासको नमुना यहाँ प्रस्तुत गर्दछु-

 

ग्रामीण विकास र महिला सशक्तिकरणको चिनियाँ मोडल 

https://ekantipur.com/bibidha/2018/06/03/152802910365962727.html?author=1 

 

नवयुगको सहज परिभाषा युग सुहाउँदो तथा समय सान्दर्भिक समाजको निर्माण अर्थात नयाँ परिवेशको निर्माण गर्नु हो। हामीले वर्तमान समयमा अनुभव गर्दै आइरहेका विभिन्न परिस्थितिहरुराजनीतिकआर्थिकसामाजिकसांस्कृतिकआध्यात्मिकधार्मिक आदि अवस्थाहरुमा रहेका नकारात्मक पक्षहरु, चुनौती तथा समस्याहरुलाई न्युनिकरण गर्दै मानवीयतामा आधारीत सर्वकल्याणका कार्यहरु गरी हरेक प्रतिकुल परिस्थितिहरुलाई सकारात्मकतातिर लादै समय सान्दर्भिक तथा युग सुहाउँदो बनाउनु नवयुग निर्माण गर्नु हो। विश्व इतिहासको अध्ययन गर्दा प्राचीनमध्य तथा आधुनिककालमा तत्कालीन परिस्थितिहरुको माग अनुसार युग सुहाउँदो तथा समय सान्दर्भिक समाजको निर्माण गर्ने उदेश्यले कयौं पटक नवयुग निर्माणका सफल प्रयासहरु भएका   समयको आश्यकता अनुसार निरन्तर भइनैरहेका यस विषयसंग संवन्धित आख्यान तथा तथ्यांकहरुले उजागर गरेका छन्।

 

व्यक्ति स्वयंपरिवारसमाज तथा राष्ट्र हरेककालागि मानवीय संसाधन अत्यन्तै महत्वपूर्ण पक्ष हो। मानवीय संसाधन स्वस्थ, चुस्त-दुरुस्त तथा प्रभावकारी हुनकालागि हरेक मानव सुखीखुशीशान्तआनन्दित  हरप्रकारले समृद्ध हुनु अति आवश्यक हुन्छ तर बर्तमान समयमा करिव-करिव विश्वभरि नै उचित व्यवस्थापनको अभाव  विविध चुनौति तथा समस्याहरुका कारणहरुले सबैभन्दा बढि गिरावट तथा ह्रास मानवी संसाधनमै आइरहेकोछ  यो परिस्थितिले निम्त्याएका विभिन्न किसिमका शारीरिकमानसिकभावनात्मक तथा चेतनात्मक रोगहरुकाकारण  विश्वभरिनै अस्पतालहरुले बिरामी थेग्न नसक्ने अवस्था सिर्जना हुदै गैरहेकोछ।


विश्वमै सबै भन्दा बढि जनसंख्या भएको पुर्वी एशियन राष्ट्र चीनले विभिन्न रोगले ग्रसित आफ्ना बिरामी जनाताहरुको चाप अस्पतालले धान्न सक्न छाडेपछि यस सम्वन्धमा पर्याप्त अध्ययन तथा अनुसन्धान गरेर आएको निचोड अनुसार स्वस्थ मानवसमृद्ध समाज तथा नवयुग निर्माण गर्ने उदेश्यले दिर्घकालीन रुपमा नै योजना बनाएर अभियानको रुपमा बाटो, खोला, नहर छेउका खालि ठाउँहरु, सरकारी खालि जग्गाहरु र पूराना तथा बिपन्न बस्तीहरु हटाएर तथा सारेर टोल-टोलमा अनिवार्य रुपमा सबैकालागि विहान  साँझको सयर मैत्री, योग-व्यायाम मैत्रीह्वीलचेयर तथा बेबीकार्ट मैत्री पार्कहरुको निर्माण धमाधम गरिरहेकोछ केही वर्ष यतादेखि। उक्त पार्कहरुको संरक्षण टोल समिति स्वयंले गर्ने गरी सानातिना सूधारका कामहरु टोल समिति आफैंले तथा सामुदायिक सहयोगमा गर्ने  ठूलो सहयोग सरकारले गर्ने नीति तय गरेकोछ। प्राय सार्वजनिक खालि जमिनबाटोनहरखोला तथा नदीको किनार  व्यस्त सांघुरो शहरभित्र रहेका पूराना गरिवविपन्न तथा सुकुम्वासीहरु वसोवास गरेका बस्तीहरुका जनताहरुलाई सुलभ मूल्यमा नीजि वासस्थान एपार्टमेन्ट उपलब्ध गराएर उनीहरुलाई त्यहाँबाट सारेर शहरभित्र पार्क निर्माणकालागि उपयुक्त स्थानहरुको जोहो गर्दै आएकोछ।

 

पार्कमा सबैकालागि खासगरि विहान सबेरै उठ्न  साँझको खाना  बज्नु तथा सुर्यास्त हुनु अघिनै खाइसक्न र बेलुकाको खाना हल्का खान प्रोत्साहित गर्ने उदेश्यले विहान  साँझ दुवै समयमा  बजेदेखि नौ बजेसम्म सिपालु विषयगत प्रशिक्षकहरुको नेतृत्वमा शरीर झकझकाउन तथा तताउन नृत्य गर्न जोश बढाउने जोशिला गीत-संगीत तथा भजन-किर्तनहरु तथा झाँकीहरुहँसाउन जोक तथा स्टोरी टेलरहरुताइचीकम्फु-कराटेताइकन्दोका सामान्य अभ्यासहरु; ग्राउन्ड तथा पेपरमा क्यालीग्राफी लेखनका अभ्यासहरुविहान  साँझ सयर गर्न ब्लक ओछ्याइएका तथा ग्राभेल गरिएका फराकिला सहज बाटाहरुखालि गोडा हिंड्न मिल्ने दुवोघाँसप्रसस्त हरियाली तथा फूलविरुवाहरुसुन्दरता तथा व्यवसायकालागि पोखरीपोखरीमा सुन्दरता तथा व्यवसायकालागि कमलको फूल खेती  माछा मार्न बल्छी खेल्न मिल्ने व्यवस्थापानीका झरना तथा वाटर फाउन्टेनहरुटोल समितिबाट सित्तैमा माइक  लाउड स्पिकरको व्यवस्थाशरीर तन्काउन सबै उमेर समुहकालागि उपयुक्त हुने योग-ब्यायामका विभिन्न उपकरणहरुआराम तथा विश्राम गर्न मौलिक कला प्रस्तुत गर्ने अस्थाइ छाप्रोहरुचिलरेन्ड पार्कहरुसबैतिर पर्याप्त बत्ती  चार्जएवल विद्युत सर्किटहरुस्वच्छ पानी पिउने सुविधाट्वाइलेटको सुविधाकपाल काट्ने सुविधा; औषधी पसलतरकारी तथा दैनिक उपयोगका सामग्रीहरुको बजारहर्वल चिया-कफी ठेला स्ट्याण्डस्वच्छ  ताजा खाना मात्र बेच्न पाउने अर्थात प्रोसेस्ड तथा डिब्बाबन्द खाना बेच्न नपाइने ठेला रेस्टुरेन्टभट्मासको ताजा दुध/सोयामिल्कविभिन्न जडिबुटीका रसहरु फ्रि तथा शुल्क तिरेर सेवा प्रदान गर्नेघर फर्कन आवश्यक परे नजिकै ट्याक्सी स्ट्याण्ड आदिको व्यवस्था टोल समितिको स्वीकृतिमा राख्न पाइने व्यवस्था गरेकोछ चीनले अत्यन्तै व्यवस्थित ढंगले।

 

यसरी स्वस्थ मानवसमृद्ध समाज तथा नवयुग निर्माण गर्ने उदेश्यले निर्माण गरिएका सबै पार्कहरुमा सबै किसिमका सुविधाहरु उपलब्ध नभएपनि कुनै पार्कमा केही सुविधाहरु  कुनै पार्कमा केही सुविधाहरुको प्रयोग गर्न चाहने नागरीकहरुलाई अपर्याप्त तथा असुविधा नहुनेगरि उपलब्धता पर्याप्त मात्रामा गराइएकोछ। यस किसिमले निर्माण गरिएका पार्कहरु सबै उमेर समुहहरुकालागि रमाइलो तथा गुणस्तरीय समय बिताउन अत्यन्तै उपयोगी सावित भएका छन्। स्वस्थ मानवसमृद्ध समाज तथा नवयुग निर्माण गर्ने उदेश्यले निर्माण गरिएका पार्कहरुको प्रभावकारीता हेर्न तथा जाँच्न र भविश्यको नीति तथा योजना निर्माण गर्नकालागि विभिन्न समयमा गरिएका अध्ययन तथा अनुसन्धानका तथ्यांकहरुले जीवन व्यवस्थानको संघर्षमा व्यस्त किशोर तथा युवा पुस्ताहरुले सबैभन्दा कम लाभ लिएका  प्रौढबिरामी तथा वृद्ध-वृद्धाहरुले सबैभन्दा बढि लाभ लिएका तथ्यहरु उजागर गरेका छन्  ठूलो संख्याले स्वस्थ जीवन जीउन यस्ता गतिविधिहरु अत्यन्त आवश्यकप्रभावकारी तथा उपयोगी रहेको बताएकाकारण चीनमा यो कार्यलाई वर्तमान समयमा अझ द्रुत गतिमा अभियानको रुपमा अगाडि बढाइएकोछ। यस्ता पार्कहरु वर्तमान समयमा लगभग सहयोगदान तथा परोपकार गर्न चाहने मनकारी वर्गहरु तथा सम्पन्न वर्गहरु  विज्ञापन राखेर आफ्नो व्यवसायको प्रवद्र्धन गर्न चाहने व्यवसायिहरुको दान तथा सहयोगले नै पूर्णरुपमा चल्न थालिसकेकोछ  सरकारको लगानी तथा भूमिका गौंण हुदै गएकोछ। चीनको विकासका यस्ता नमुनाहरुबाट प्रभावित भएर दक्षिणपूर्वी एशियाका राष्ट्रहरुले पनि स्वस्थ मानवसमृद्ध समाज तथा नवयुग निर्माण गर्ने उदेश्यले हाल ठ्याक्कै यही नमुना विकास पद्धति शुरु गरिसकेका छन्, पंकिकार हाल म्यानमारमा रहेर प्रत्यक्षदर्शी भएर यो लेख लेखिरहेको छु। नवयुग निर्माण गर्ने सन्दर्भमा नेपालले पनि यो नमुना विकास पद्धतिको सिको गरेर स्वस्थ मानवसमृद्ध समाज तथा नवयुग निर्माण गर्ने कार्यमा सफलता हासिल गरि सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य नमुना काम गर्न सक्छ।

 

नवयुग निर्माण  नेपाल सन्दर्भ

वर्तमानको भागदौडप्रतिस्पर्धातनावग्रस्त जीवनयापनका कारण अस्तव्यस्त जीवनशैली जीउन बाध्यभएका सबै पूस्ताहरुलाई यस किसिमको जीवनशैलीबाट राहत प्रदान गर्न नेपालमा पनि नवयुग निर्माण गर्ने उदेश्यले नेपालको आधुनिक वैज्ञानिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानले सम्माननीय प्रधानमन्त्रीउपप्रधानमन्त्री तथा राज्यका प्रमुख दलका प्रमुख राजनेता तथा सदस्यज्यूहरु  राज्यको स्थाइ सरकार निजामती सेवाका उच्चपदस्त पदाअधिकारीज्यूहरुको समुपस्थितिमा भर्खरै लुम्बिनीमा सम्पन्न गरेका कार्यक्रमहरुराष्ट्रव्यापि विराट चक्र विज्ञानविराट अध्यात्म जागरण  आध्यात्मिक लुम्बिनी संकल्प पत्र जारी गरिएको  यसै पृष्ठभूमिमा टेकेर सरकारको नीति तथा कार्यक्रमहरुमा योगध्यानस्वजागरण   नेपाललाई शान्ति पर्यटन तथा विश्व शान्तिको केन्द्र बनाउने जस्ता सनातन अध्यात्मका महत्वपूर्ण विषयहरु समावेस गरिएको परिप्रेक्षमा चीनबाट शुरु भएको नवयुग निर्माणको यो नौलो नमुना विकास पद्धतिबाट सिकेर नेपालले आफ्नो आवश्यकता अनुकुल हुने किसिमले उपरोक्त गतिबिधिहरुका साथसाथ योगध्यान, व्यायाम तथा स्वजागरणका विविध आध्यत्मिक कार्यक्रमहरु गर्न मिल्ने सुविधायुक्त पार्कहरुको निर्माण गरी मानव संसाधनको उचित विकासका साथै सामाजिक तथा सांस्कृतिक विकासमा अग्रसर हुनु आजको प्राथमिक आवश्यकता बनाइनु पर्दछ।भौतिक रुपले सबै किसिमका सुविधाहरुले सम्पन्न पार्कहरु राज्य तथा राज्यका मातहतका निकायहरुबाट निर्माण गर्नसके यस सर्वकल्याणको कार्यमा जीवन विज्ञान प्रतिष्ठानका पशिक्षक अर्थात कल्याण मित्रहरुले आफ्नो अमूल्य श्रमदान गरेर स्वस्थ मानवसमृद्ध समाज तथा समय सान्दर्भिक नवयुग निर्माण गर्ने कार्यलाई सहजतापूर्वक अघि बढाउन सक्छौं।   bsirjana@gmail.com




-------------------------------

*ग्रामीण विकासमा विद्यावारिधी
*जीवन विज्ञान प्रशिक्षक

 

No comments:

Post a Comment

शिवोहम् योगपीठका प्रकाशनहरु

शिवोहम् योगपीठका प्रकाशनहरु https://drive.google.com/file/d/1317SzIJV2bXkTra7Z8xjoSoZq17ow53d/view https://drive.google.com/file/d/19_aidwzt...