Thursday, 10 October 2013

ध्यानमा ॐ मन्त्र उच्चाहरणको महत्व


                                                                     सिर्जना भण्डारी


वैदिक अध्यात्म जगतमा ॐ एक पवित्र ध्वनी हो। ॐ तीन अक्षर 'अ', 'उ', र 'म्' मिलेर बनेको हुन्छ।
'अ' को अर्थ उत्पन्न हुनु हो।
'उ' को अर्थ उठ्नु, उड्नु अर्थात विकास हुनु हो।
'म्' को अर्थ मौन हुनु अर्थात ब्रम्हलीन हुनु हो।


ॐ मन्त्र ध्यान गर्ने तरीका
पद्मासनमा  बसेर ध्यान गर्ने तरीका (click on image)


ब्रम्हमुहुर्तमा उठेर नित्यकर्म सकेपछि कुनै शान्त स्थानमा ॐ मन्त्र ध्यान गर्नुपर्छ। पद्मासनमा बसेर पेटबाट आवाज निकाल्दै ॐ उच्चाहरण गर्नुपर्छ। ॐ  मन्त्र उच्चाहरण जति सकिन्छ उति लामो तान्नु पर्छ र सास सकिएपछि एकछिन रोकीएर फेरी उही प्रक्रिया दोहोर्याउनु पर्छ।


ॐ मन्त्र उच्चाहरणका फाइदा
ॐ मन्त्र उच्चाहरण गर्ने मानिसको वरीपरी सकारात्मक उर्जा उत्पन्न हुन्छ। ॐ मन्त्र उच्चाहरण परमात्मासंग जोडीने उत्तम उपाय हो।
ॐ मन्त्र ध्यान हाम्रो मुर्त र अमुर्त जगतको जीवनलाई स्वश्थ्य र सहज बनाउने उत्तम उपाय हो।
ॐ मन्त्र ध्यान नियमित गर्नाले तनावबाट पुरै मुक्ती मिल्छ, मन र दिमाग शान्त हुन्छ।
ॐ मन्त्र ध्यानले अनुहारमा कान्ति र आँखामा चमक बढाउँछ।
ॐ मन्त्र ध्यानले थकानको निदान गरी शरीर र मनमा नयाँ उर्जा बढाउँछ।
ॐ मन्त्र ले पाचनतन्त्र (पाचन प्रक्रिया) मजबुत बनाउँछ।
ॐ मन्त्र उच्चाहरण  गर्दा गुञ्जने कम्पन ध्वनीले आफू स्वमंलाई नियन्त्रण गर्न सक्षम बनाउँछ।
ॐ मन्त्र उच्चाहरण गर्दा गुञ्जने कम्पन ध्वनीले मेरुदन्डको हड्डी मजबुत हुने उर्जा प्रदान गर्छ।
ॐ मन्त्र उच्चारण गर्दा गुञ्जने कम्पन ध्वनीको शक्तिले फोक्सो र स्वासप्रस्वास प्रक्रियामा सुधार ल्याउँछ।
ॐ मन्त्रको उर्जाले नकारात्मक विचारमाथि काबु राख्ने शक्ति प्रदान गर्छ।
ॐ मन्त्रको उर्जाले सांसारीकताबाट अलग राखेर आफू स्यमंलाई चिन्न, खोज्न र स्यमंसंग जोडीन मद्धत गर्छ।


                                     ॐ मन्त्र उच्चाहरण ध्वनी गुञ्जन (click on image)

शिवोहम् योगपीठका प्रकाशनहरु

शिवोहम् योगपीठका प्रकाशनहरु https://drive.google.com/file/d/1317SzIJV2bXkTra7Z8xjoSoZq17ow53d/view https://drive.google.com/file/d/19_aidwzt...